Wednesday, June 1, 2022

युक्रेन फिफा विश्वकप छनोटको संघारमा

१९ जेठ, काठमाडौं । स्कटल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै युक्रेन फिफा विश्वकप छनोटको संघारमा पुगेको छ ।

कतार विश्वकप २०२२ छनोटअन्तर्गत बुधबार रातिको प्लेअफ सेमिफाइनलमा स्कटल्यान्डलाई हराएर युक्रेनले वेल्सविरुद्धको फाइनल भेट पक्का गरेको हो । वेल्सलाई हराएमा युक्रेन कतार विश्वकपमा पुग्नेछ ।

युक्रेनले विश्वकप छनोटका लागि पाँचौपटक खेले पनि प्लेअफ पार गर्दै अघिल्लो चरण प्रवेश गरेको यो पहिलो पटक हो ।

बुधबार राति भएको खेलमा युक्रेनका लागि ३३ औं मिनेटमा एन्ड्री यार्मोलेन्को, ४९ औं मिनेटमा रोमन यारेम्चुक र इन्जुरी समयमा आर्टिम डोभयकले गोल गरे ।

स्कटल्याण्डले ७९ औं मिनेटमा एकमात्र गोल फर्कायो । स्कटल्याण्डका लागि कलुम म्याकग्रेगरले गोल गरेका हुन् ।

रुस-युक्रेन युद्धका कारण यो खेल सरेको थियो।



from Online Khabar https://ift.tt/FprUX5l

No comments:

Post a Comment