Friday, June 3, 2022

भारतले रुससँग तेल आयात गर्नु कुनै ठूलो भूल होइन : जयशंकर

२१ जेठ, स्लोभाकिया । युरोपको राजनैतिक आँखाबाट हेर्दा रूसबाट कच्चा तेल आयात गर्नु हुँदैन भन्नु स्वभाविक भए पनि भारतका लागि यो सम्भव नभएको भारतका विदेशमन्त्री एस जयशंकरले बताएका छन् ।

शुक्रबार ग्लोबसेक–२०२२ ब्राटिस्लाभा फोरममा बोल्दै भारतका विदेश मन्त्री जयशंकरले भने, ‘हामी मानिसहरूलाई रुसी तेल किन्न पठाउँदैनौं, उनीहरूलाई बजारबाट उत्कृष्ट तेल खोजी गर्दा रूसी उत्पादनले पनि स्थान पाउने गरेको हो ।’

जयशंकरले रूसबाट युरोपले निरन्तर ग्याँस खरिद गरेको भन्दै भारतले तेल आयात गर्नु कुनै ठूलो भूल नभएको बताए ।

उनले एक प्रश्नको जवाफमा भने, ‘रुसी ग्यास खरिद गर्नु भनेको युद्धलाई आर्थिक सहयोग गर्नु होइन, किनकि यो भारतबाट आउने भारतीय पैसा र फन्ड मात्र होइन । यूरोप आउने ग्यास पनि रोकिएको त छैन नि ।’

‘कच्ची तेलको आयात बढ्नुमा विश्व बजारमा देखिएको तेल अभाव र यसको प्रभाव हो’ भारतीय विदेशमन्त्रीले भने, ‘तेलबजारमा तेलको अत्यधिक अभाव छ र तेलमा सबैको पहुँच कठिन छ, भारतजस्तो देश ले अरुबाट तेल लिएर नियमितबाहेकका अरु कुनै मुलुकलाई तेल बेचेमा प्रश्न सान्दर्भिक ठहरिने छ तर यसो गरिएको छैन ।’

यूरोपको समस्या विश्वको समस्या भए पनि विश्वका समस्या यूरोपको समस्या होइनन् भन्ने मानसिकताबाट यूरोप पछि हट्नुपर्नेमा उनले जोड दिए ।

मन्त्रीले गहुँ निर्यातमा कटौती गर्न हालै गरिएको कदमको बचाव र औचित्य पुष्टि गर्दै भारतीय गहुँ भण्डारण गरिएको र यो अनुमानित व्यापारका लागि प्रयोग गरिएको उनले बताए ।

‘धेरैजसो हाम्रा छिमेकी बङ्गलादेश, श्रीलङ्काजस्ताकम आय भएका देशहरू र खाडीमुलुक जस्ता परम्परागत क्रेताहरू हुन् । उनीहरूले हामीबाट नियमित रूपमा किनमेल गर्छन् । यमन र सुडानले हामीबाट किन्छ’ उनले भने, ‘हामीले देखेको कुरा के भने कम आय भएका क्रेताहरूलाई अभावमा पारिएको छ । भारतले वास्तवमा गहुँ किनबेचको लागि भण्डारण गरिरहेका हो । हाम्रो सद्भावका आधारमा उनीहरूले समस्या महशुस गर्ने छैनन् ।’

विदेशमन्त्री जयशंकरले गहुँ निर्यात रोक्नुको कारण घरेलु मूल्य नियन्त्रण रहेको प्रस्ट पारे । ‘हामी अनावश्यक व्यक्ति वा फर्मलाई भारतीय बजारमा खुला पहुँच दिने छैनौं । हामी अझै पनि यो गर्न खुला छौं जहाँ हामीले आपूर्ति गरेको गहुँ चाहने योग्य देश देख्छौं, हामीले २३ देशहरूमा गहुँ निर्यात गरेका छौं’ उनले भने, ‘यस वर्ष निर्यातको दर, गत वर्षको जस्तै अवधिसम्म हेर्नुहोस् । सन्तुलित नै रहनेछ ।’

एएनआईबाट



from Online Khabar https://ift.tt/9Q3uth0

No comments:

Post a Comment