Wednesday, August 31, 2022

चोलेन्द्रले बयानमा बोलेका १४ महत्वपूर्ण विषय

१६ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा बयान दिए । उनीसँगको बयान लिने क्रम नसकिएकाले आज बिहीबार पनि समितिले बयान लिंदै छ ।

बुधबार करिब साढे ३ घण्टा लामो बयानका क्रममा उनले मेरै परमादेशबाट बनेको सरकारका सांसदहरुले मलाई नै महाअभियोग लगाएको भन्दै यो घटनाले झसंग बनाएको बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली दुरदर्शी नेता भएको भनेर प्रशंसा पनि गरेका छन् । साथै उनले आफ्ना सहकर्मी न्यायाधीशहरुको नाम लिएर उनीहरुको चरित्रमा प्रश्न उठाएका छन् ।

बयानको क्रममा जबराले व्यक्त गरेका धारणाका मुख्य/मुख्य अंशहरु यस्ता छन्–

‘म ज्युँदो साक्षी हुँ’

प्रतिनिधिसभा विघटनको मुद्दापछि यो न्यायाधीश विघटनको पक्षमा छ, यो विपक्षमा छैन भन्ने काम भयो । सबै न्यायाधीश स्वतन्त्र हुन्छन्, आफ्नो विवेक प्रयोगमा स्वतन्त्र हुन्छन् भनिन्छ । तर विघटनको विषयमा अदालतमा स्वतन्त्रपूर्वक फैसला गर्न दिएको भए यो स्थिति आउने थिएन । मैले दुखका साथ भन्नुपर्छ । फैसला गर्न गराउन सबै प्रयोग भयो । म त त्यहाँको ज्यूदो साक्षी हो ।

प्रधानन्यायाधीश विघटनको विरुद्धमा हुनुहुन्छ भन्ने कुरा बाहिर आयो । संविधानको धारा १३६ ले प्रधानन्यायाधीशलाई न्यायप्रशासनको जिम्मेवारी सुम्पिएको छ । राजनीतिक मुद्दाहरुमा फरक दृष्टिकोण रहँदो रहेछ । व्यवहार फरक हुँदो रहेछ ।

न्यायाधीश कार्कीले दोहोरो भूमिका खेले 

न्यायाधीश हरिकृष्ण कार्की

न्यायाधीश हरिकृष्ण कार्कीले दोहोरो भूमिका खेल्नुभयो । छिनमा इजलासमा बस्नुभयो, हेर्दाहेर्दै जानुभयो । केपी शर्माले नियुक्त गरेको महान्यायाधीवक्ता हुँ, यो मुद्दामा म बस्दिनँ भन्नुभयो । उहाँको मुद्दा मैले हेर्दिनँ भन्नुहुन्छ । अर्कोतर्फ केपी ओलीजीले नियुक्त गरेका सबै मुद्दा हेर्नुहुन्छ । यस्ता द्वैध चरित्रका व्यक्तिहरु बारबाट आएर बारसँग मिलेर षडयन्त्र गरेर आज न्यायपालिकालाई यो अवस्थामा पुर्याउनुभयो ।

यहाँसम्म आउदा मलाई गौरवको विषय छ । म बोल्न त पाएँ । चिकेन हर्टेड (चल्लाको छाती जस्तो चित्त बनाएका) न्यायाधीशहरु भएपछि संस्था चल्दैन । बारलाई हरिकृष्ण र प्रकाशमानजीले नेतृत्व गर्नुभयो । त्यही कारणले यो स्थिति सिर्जना भयो ।

महाअभियोगले झसंगै बनायो

मैले प्रमाणहरु सबै सचिवज्यूलाई दिउँला । (प्रतिनिधिसभा विघटनका बेलामा) बारले बेञ्च गठनको विषयमा प्रश्न उठायो । पहिलोपटक मात्रै उठाउनुभएन, दोस्रो विघटनको मुद्दामा पनि न्यायाधीशहरुको विचमा बहस सुन्दासुन्दैको अवस्थामा प्रश्न उठाउनुभयो । केही न्यायाधीश बस्नुपर्छ, केही बस्नुहुन्न भन्ने कुरा आयो ।

दुईजना न्यायाधीशज्यूहरुले फलाना–फलाना बस्नुहुँदैन, उहाँहरु बस्ने हो भने हामी बस्दैनौं भन्नुभयो । बारलाई उठाउनुभयो, बारबाट पूर्णमान शाक्यजी आउनुभयो । पूर्णमानजीको विषयमा पनि मैले यो गरिमामय संसदमा जानकारी गराउनुपर्छ । उहाँले बरिष्ठको हिसाबले बेञ्च गठन भइदिए राम्रो हुन्थ्यो भन्ने कुरा उठाउनुभयो । मेरो विरुद्धमा महाभियोग आइसकेपछि म अहिले झसंग भएँ ।

बारलाई कारवाही गर्नुपर्नेमा मलाई महाभियोग ?

बारको दवावमा केही न्यायाधीशको राजनीतिक नियुक्ती भयो । यिनै न्यायाधीशको अगुवाइमा बेञ्च बहिस्कार भयो, अनि अहिले कारवाही हुनुपर्ने प्रधानन्यायाधीशलाई ? प्रधानन्यायाधीश विरुद्ध न्यायाधीशले हड्ताल गर्न मिल्छ ? यिनीहरु भ्रातृ संगठन हुन् ? तिनलाई कारवाही गर्नुपर्नेमा प्रधानन्यायाधीशलाई महाअभियोग लगाएको ? सर्वोच्चबाटै न्यायपालिकाभित्रै प्रधानन्यायाधीश र न्यायपालिकाभित्र निषेधित क्षेत्रमा नाराबाजी भयो । बारलाई कारवाही गर्नुपर्ने थियो कि प्रधानन्यायाधीशलाई महाभियोग लाग्नुपर्ने थियो ?

महाभियोग निस्तेज भइसक्यो

महाभियोग लाग्नुअघि धेरै ठाउँबाट आउनुभयो, जानुभयो । प्रधानन्यायाधीशले राजिनामा दिए हुन्थ्यो  भनेर जानुभयो । मैले विधि र प्रत्रियाबाट जान्छु भनेको हुँ । ७ दिनभित्र प्रक्रियामा गएन भने अधिवेशन टुंगिए पनि प्रस्ताव निष्कृय हुन्छ । त्यस अनुसार त म विरुद्धको प्रस्ताव निष्कृय भएको छ । कुनैपनि मानेमा यो स्विकारयोग्य होइन । अहिले सुनुवाइ गरिरहेको प्रस्ताव त निष्कृय भएको प्रस्ताव हो, तर म स्वीकार गरिरहेको छु ।

‘कार्की र राउतको चरित्रै खराब’

केही न्यायाधीशको चरित्र यति खराब थियो कि तिनको हकमा मैले प्रश्न गरें । न्यायाधीशको रुपमा प्रकाशमानसिंह राउत, यो कुरा नोट होस्, उसले तीनवटा गम्भिर अपराधको विषयमा मैले प्रश्न गरेको छु । मुद्दा हेर्दाहेर्दैमा राख्ने, अनि आफू बस्ने गरेको ठाउँ माथि बोलाएर मुद्दाको पक्षहरुलाई बार्गेनिङ गर्नुभयो । यो कुरामा मैले प्रश्न उठाएँ ।

न्यायाधीश प्रकाशमानसिंह राउत

त्यसपछि उहाँ हरेक साँझ भट्टीमा जाँड खाएपछि पीएएसओ र ड्राइभरमा मोटरमा हाल्नुपर्ने भएपछि मैले प्रश्न गरें ।  आफ्नै श्रीमतीलाई महिला हिंसा, सम्बन्धविच्छेद गर्न खोजेपछि मैले प्रश्न उठाएँ । या सुध्रिनुस् या राजिनामा दिनुस् भन्दा उहाँले आज बारसँग मिलेर यो अवस्था…।

अर्को अहिलेका दीपक कार्की, हरिकृष्णजीको प्रश्न गर्छु । बरिष्ठको हिसाबले मुद्दामा राख्यो, मुद्दाबाट पन्छिनुहुन्छ । मुद्दा हेर्दाहेर्दैमा महिनौं राख्नुहुन्छ, अनि पन्छिनुहुन्छ । हरेक पटक ।

कार्कीलाई प्रलोभन दिइयो

सर्वोच्च अदालतमा मैले कहिले पनि गुट–उपगुट बनाइनँ । सबै न्यायाधीश मेरो विपक्षमा रहेको भन्ने कुरा शतप्रतिशत गलत हो । मेरो विरुद्धमा महत्वाकांक्षामा लागेका न्यायाधीश मात्रै हुनुहुन्थ्यो ।

म पछाडिको व्यक्तिलाई तपाईंलाई प्रधानन्यायाधीश बनाइदिन्छु भनेपछि एउटा गुट तयार हुँदैन र ? यो त स्वभाविक हो नि । तपाईंले एक–डेढ महिना भए पनि दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन सहयोग गरिदिनुस् भन्नुभयो, मैले अस्विकार गरें । अहिले प्रधानन्यायाधीशलाई एक्लो बनाएर न्यायपालिकालाई अघि बढाउन सकिन्छ भन्ने भ्रम दललाई भयो, बारलाई भयो । अनि न्यायाधीशहरुमा महत्वाकांक्षा जाग्यो ।

म भन्दा पछाडिकोलाई महत्वाकांक्षा दिएर मैले काम गर्दैन भन्ने पारेर आज यो स्थिति पैदा गरियो । दोस्रो पदाधिकारीलाई महत्वाकांक्षा दिएर यो काम गरियो । यो गठबन्धनलाई यो प्रधानन्यायधीशले हिजो आज र भोलि सहयोग गर्ने छ भनेर भनेको भए यो स्थिति आउने थिएन ।

मेरै आदेशबाट बनेको सरकार

अदालतको परमादेशबाट सिर्जना भएको सरकार छ । त्यो सरकार, त्यसमा संलग्न दलले भन्नुपर्यो । यदि यो फैसला ठिक थियो भने यही फैसला गर्ने प्रधानन्यायाधीश बेठिक भएर महाभियोग कसरी आयो ?  म दुई पटक इजलासको नेतृत्व गरेर त्यसैले जारी गरेको आदेशका आधारमा बनेको परमादेशको सरकार हो नी । यो त परमादेशको आदेशबाट बनेको सरकार हो । अरु त विषय होइन । यही फैसला गराउन यत्रो गर्यो । एमालेबाट महाभियोगको प्रस्ताव आउनुपर्ने, गठबन्धनबाट आयो । यहि त मिलेन ।

ओली दुरदर्शी नेता 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली अति शालीन, अति दुरगामी नेता हुनुहुँदो रहेछ । उहाँलाई सबै सूचना थाहा रहेछ । यस्तो बदमासी गर्ने न्यायाधीशहरुलाई पनि उहाँले महाभियोग लिएर आउनु भएन ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

मैले त हात जोडेको थिएँ, मेरो गल्ती नै भयो, बस्छु भनेका न्यायधीशलाई राख्न सकिएन । बस्दिनँ भनेका न्यायाधीशहरुलाई राख्नुपर्ने अवस्था भयो । बारले न्यायाधीशहरुमा हस्तक्षेप गरे । मलाई त दुःख लागेको छ । छिनमै हेर्ने, छिनमै नहेर्ने भनेर जानुभयो ।

नेता नेपाल डराएर महाभियोग दर्ता 

फागुन १ गते माधव नेपालको मुद्दा (१४ जना सांसदको मुद्दा) थियो । गठबन्धनलाई सिध्याउन खोज्ने, छाती पिटेर यी हामीले महाभियोग ल्याएको हो भन्नुभयो । यी हामीले सिध्यायौं भन्नुभएको हो । यसरी अगाडि बढाउँदै लैजाँदा त भइहाल्छ नी । यो भन्दा बढ्ता दुःखद के छ र ?

विघटनमा सबैतिर कब्जा 

जनताको मुद्दामा निष्पक्षतामा कमी कमजोरी छैन । राजनीतिक मुद्दामा (विघटनका दुईटा मुद्दामा) मलाई सपनाजस्तो भएको छ, अहिले पनि । यो विषयमा मैले बोल्नै सक्दिनँ । पत्रपत्रिकादेखि लिएर, सडकदेखि लिएर, न्याायधीशहरुदेखि लिएर, बारदेखि कब्जा गरेको विषयमा मैले के बोल्ने ? त्यस्ता न्यायाधीशलाई कारवाही हुनुपर्नेमा अहिले प्रधानन्यायाधीशलाई ।

संसद विघटनको दुईवटा मुद्दा भनेको हुँ । सडक पुरै कब्जा थियो । बार पुरै कब्जा भएर गरेको फैसलाको विषयमा म बोल्दिनँ । संवैधानिक इजलासको नेतृत्व प्रधानन्यायधीशले लिने हो । फैसलालाई सही गरेकाले जिम्मेवारी मेरो पनि हो । वास्तविकता र अवास्तविकतामा फरक हो । सबैलाई कब्जा गरेको फैसलाको यो संविधानले पुष्टि गरेको छैन ।

मिडिया ट्रायल भयो

देशमा दुईपटक संसद विघटनको स्थिति भयो । हारजितको स्वभामानका लागि हामीले युद्ध गर्यौं । हामी राजनीतिक प्रणालीलाई जीत र हारलाई राखेर अघि बढ्दा समस्या आयो । पत्रपत्रिकामा प्रधानन्यायाधीश विघटनको पक्षमा छ, पुनःस्थापनाको पक्षमा छैन भन्ने आएका छन् । मिडिया ट्रायलमा लिएर गएर यी न्यायाधीश पक्षमा, यी–यी विपक्षमा भन्ने कुरा आएपछि महाभियोगको प्रस्ताव अघि बढ्यो । एकातिर सबै पत्रपत्रिकामा विरुद्धमा लेख्न लगाइयो, बारलाई विरुद्धमा लगाइयो । अनि न्यायाधीशलाई विपक्षमा उभिन लगाइयो । यो त सिंगो प्रधानन्यायाधीशलाई कमजोर र विस्थापन गराउन खोजियो ।

सबैसँग बयान लिनुपर्छ

चार पूर्वप्रधानन्यायाधीशहरुको बक्तव्य आएपछि न्यायाधीशहरु विभाजित भएका हुन् । सुशीलाजीको कार्यकाल पछाडि ११ न्यायाधीशको नियुक्ती बदर गर्न व्यापक पहल भयो । त्यसमा गोपाल पराजुली हुनुहुन्थ्यो । मैले नै नियुक्ती उल्ट्याउन हुँदैन भनेको हुँ ।

सर्वोच्च अदालतका सबै न्यायाधीशलाई एकपटक यहाँ बोलाऔं । किनभने उहाँले हड्ताल गरेर बस्नुभएको छ, बहिस्कार गरेर बस्नुभएको छ । त्यसले गर्दा उहाँहरुसँग व्यक्तिगत रुपमा एक–एक गरेर बोलाउनुपर्छ । मैले नै हरिकृष्णजीको समिति गठन गरेको हुँ । कार्यान्वयन नहुने भए गठन गर्थें र ?

नातेदारको सम्पत्ति  नखोजौं 

मेरो परिवारमा चार दाजुभाइ र चार दिदीबहिनी छौं । सबैका सन्तान जोड्दा ७७/७८ जना छौं । छोरा र बुहारीहरु छन् । मेरो छोरा–बुहारीको बाबु–आमा कलंकीमा स्थायी बसोबास हो । मेरो सम्पत्ति विवरण न्यायपरिषदबाट झिक्दा भइहाल्छ । नेपालको संविधानले सबै नागरिकलाई उमेर पुगेपछि स्वतन्त्र मान्छ । सबैको हरहिसाब खोज्न (हाँस्दै) मिलेन । (सबै नातेदारको सम्पत्तिको विषय) त सम्भावना भन्दा बाहिरको कुरा भयो । साहिलो मामाको छोरा हो । उच्च अदालतको न्यायाधीश लोहितचन्द्र शाह मेरो नातेदार हो ।



from Online Khabar https://ift.tt/SH8OuRP

बालकलाई यौन दुर्व्यवहार आरोपमा गैसस महासंघ मोरङका अध्यक्ष पक्राउ

१५ भदौ, विराटनगर । बालकमाथि अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा गैरसरकारी संस्था महासंघ मोरङको अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन् ।

१३ वर्षीय बालकलाई पटक-पटक अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा बुधबार साँझ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी  कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

विराटनगर १२ बाट पक्राउ परेका ढकालमाथि सोधपुछ भइरहेको श्रेष्ठले बताए । ‘बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोप छ’ उनले भने, ‘अनुसन्धान जारी छ ।’

ढकाल एजुकेशन हेल्पलाइनका अध्यक्ष हुन् । उनीलाई बिहीबार म्याद थप गरि अनुसन्धान गर्ने तयारी रहेको प्रहरीले बताएको छ ।



from Online Khabar https://ift.tt/YAmTSKG

दुर्घटना डाकिरहेका अग्ला पर्खाल

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका अहिले नक्सा र मापदण्ड मिचिएका संरचना हटाउने अभियानमा छ । यही बेला सामाजिक सञ्जालमा प्रश्न उठेको छ– मापदण्ड विपरीत अग्ला पर्खाल लगाउनेहरुलाई चाहिँ कहिलेसम्म छुट दिइरहने ?

भूमिगत पार्किङ हुनुपर्ने बेसमेन्ट व्यवसायिक प्रयोजनमा लगाउनेमाथि कारवाही चलाएको महानगरपालिकालाई धेरैले विदेशी कूटनीतिक नियोग र सरकारी कार्यालयहरुका फुटपाथ मिचेका, अग्ला र असुरक्षित पर्खाल पनि हटाउन आग्रह गरेका छन् ।

संघीय राजधानी काठमाडौंमा देशको मुख्य प्रशासनिक अड्डा सिंहदरबार र विश्वविद्यालय, अस्पताल, होटल, उद्योग र व्यवसायिक प्रतिष्ठानदेखि विदेशी दूतावास/कूटनीतिक नियोगसम्मले सडक र पेटीसँग जोडेर अग्ला पर्खाल बनाएका छन् । यी पर्खाल कति सुरक्षित छन् भनेर न नियमित जाँच गरिन्छ न त मर्मत सम्भार ।

यीमध्ये कतिपय पर्खाल मापदण्ड विपरीतका छन् भने कति जीर्ण बनिसकेका छन् । यसले धेरै सवारी साधन र पैदलयात्रुलाई जोखिममा पारिरहेको छ ।

मध्यबानेश्वर निवासी राजेश थापा सरकारी कर्मचारी हुन् । कार्यालयबाट पाइने कुपन लिएर उनी सधैं भद्रकालीस्थित नेपाली सेनाको रुपुमर्दिनी पेट्रोल पम्पमा तेल हाल्न जान्छन् । बाइकमा तेल हाल्नका लागि कोल्टे परिसकेको पर्खालमै आड लागेर लाइन बस्नुपर्दा सधैं डर लाग्ने उनी बताउँछन् । ‘पल्लोसाइडको ठूलो रुखले धकेलेर होला, कोल्टे परेको अग्लो पर्खाल अब ढलिहाल्छ कि जस्तो देखिन्छ, पर्खाल पनि चिराचिरा परेको छ,’ उनी भन्छन्, ‘सुरक्षामा दत्तचित्त भएको भन्ने नेपाली सेनाले आफ्नै पेट्रोल पम्पको ढल्न लागेको पर्खालमा चाहिं किन ध्यान नदिएको होला भन्ने लाग्छ ।’

यसैगरी टोखाका श्रीनिवास सापकोटा मोटरसाइकलमा दैनिक कपुरधारा–लैनचौर भएर घर–कार्यालय गर्छन् । यो उनका लागि सबभन्दा छोटो बाटो हो । उनी भन्छन्, ‘बेलायती र भारतीय दूतावासको पर्खालबीचबाट गुज्रँदा सधैं मन थर्कमान हुन्छ– यही बेला भूकम्प आयो भने ?’ १ असोज २०६८ मा बेलायती दूतावासको पर्खाल ढलेर ३ जनाको ज्यान गएको घटना उनलाई झस्काउने कारण हो ।

सिक्न नचाहेको पाठ

बेलायती दूतावासले भत्केको पर्खाललाई उचाइ थपेर नयाँ बनायो । काठमाडौं उपत्यका विकास प्राधिकरणले त्यसलाई रोक्ने प्रयत्न गरेपनि काठमाडौं महानगरपालिकाको तत्कालीन नेतृत्वले बोल्ने आँट गरेन । नेपाल सरकार पनि थाहा नपाएझैं गरेर बस्यो ।

त्यो घटनाबाट पाठ नसिक्दा नबदलिएको पर्खाल निर्माणको मनपरीको अझ डरलाग्दो दुष्परिणाम ६ वर्षपछि नै भोग्नुपर्यो । १२ वैशाख २०७२ को महाभूकम्पमा पर्खालहरु ढलेर काठमाडौंमा दर्जनौंले ज्यान गुमाए । २९ वैशाखको परकम्पमा पनि नारायणहिटी दरबार, राष्ट्रिय नाचघर, दरबार हाइस्कुल लगायत विभिन्न ठाउँका अग्ला पर्खाल ढल्दा १४ जनाको ज्यान गयो ।

महाभूकम्पमा असुरक्षित ठहरिएका यस्ता पर्खाल मर्मत गर्ने वा उचाइ घटाउनेतर्फ भने सरकारले ध्यान दिएन । न विदेशी नियोग, न त निजी व्यवसायिक भवन घरधनीहरुले यो विषयलाई महत्व दिए ।

त्यसपछि २०७६ असार २७ गते सिंहदरबारको पूर्वतर्फको पर्खाल भत्किंदा धन्न जम्मा एकजना पैदलयात्रु घाइते भए । त्यसपछि पनि सरकारले सिंहदरबारको पर्खालको उचाइ घटाउनेबारे सोचेन । जबकी, पर्खालले सबथोक सुरक्षित गर्छ भन्ने हुँदैन ।

सरकार सिंहदरबारको भत्किएको भाग पहिलेकै उचाइमा पुर्याएर ढुक्क बस्यो । चौतर्फी विरोधपछि पश्चिमतर्फको पर्खालको उचाइ घटाए पनि अरु भागबारे पुनर्विचार गरेन ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका एक अधिकारी अग्ला पर्खालबारे नेपालमा सजगता शून्य भएको बताउँछन् । जस्तो– गत असार १४ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–१०, चित्तपोलमा कान्छा श्रेष्ठको घरको आँगनमा लगाइएको १२ फिट अग्लो पर्खाल भत्किंदा सडकमा हिँडिरहेकी नारायणदेवीको थापा ज्यान गयो ।

‘हाम्रो कार्यालयको पर्खाल मापदण्ड भित्र र सुरक्षित छ’, उनी भन्छन्, ‘अरु सरकारी निकाय भने जोखिमयुक्त अग्ला पर्खालभित्र सुरक्षित महसुस गरेझैं देखिन्छन् । यो मानसिकता नै मापदण्ड लागू गर्न नदिने ‘पर्खाल’ बनेको छ ।’

उनको बुझाइमा, नेपालमा पर्खाललाई महत्व दिने प्रवृत्ति सरकार, समाज सबैतिर छ । ‘अग्लो पर्खालमा बिमसहित दह्रो पिलर हाल्दैनन्, जग नै नराखी वा कमजोर राखेर बनाउँछन्,’ उनी भन्छन्, ‘इँटा वा ब्लकको थुप्रोले बनेको पर्खालभित्र सुरक्षित छु भनेर बस्ने चलन छ ।’

नागरिकले नक्सा विपरीत पर्खाल बनाउँदा पनि सम्बन्धित निकायहरु मौन देखिने गरेको ती अधिकारी बताउँछन् । उनका अनुसार, होचो कंक्रिट पर्खाल बनाएर त्यसमाथि जाली राख्ने क्रम बढेको छ ।

मापदण्ड छ, पालना छैन

काठमाडौं महानगरपालिकाको भवन निर्माण इजाजत विभाग प्रमुख सुरज शाक्य महाभूकम्पमा अग्लो पर्खालले गरेको क्षतिका कारण अहिले उचाइ मापदण्ड परिवर्तन भएको बताउँछन् ।

बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, २०७२ ले सीमा पर्खाल बनाउँदा स्वीकृति दिंदा सामान्यतः १.२ मिटर अग्लो गारोमाथि ०.६ मिटर अग्लो जाली राख्न भनेको छ । त्यसभन्दा अग्लो जाली राख्नेले पूरै पर्खालको स्ट्रक्चरल डिजाइन गर्नुपर्ने व्यवस्था मापदण्डमा छ ।

सरकारी वा कूटनीतिक निकायले सुरक्षाहेतु अग्लो पर्खाल बनाउनुपर्ने भए गृह मन्त्रालयको सिफारिससहित स्ट्रक्चरल डिजाइन राखेर निवेदन दिनुपर्छ । अन्यथा, स्थानीय निकायले नक्सा स्वीकृत गर्दैन । तर, यो मापदण्ड पालना भएको छैन ।

सुरक्षा संवेदनशीलता भएका कार्यालयहरुमा बनेका पुराना पर्खाल पनि असुरक्षित स्वरुपमै कायम छन् । कतिपय निजी आवासका पर्खाल पनि सडकमा हिंड्नेका लागि जोखिमयुक्त छन् ।

साधारण पर्खाल लगाइएको लैनचौरको समाजकल्याण परिषद भवनमा उपराष्ट्रपतिको कार्यालय राखिएपछि पर्खालको उचाइ आकाशिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा युनिटहरुले पनि पर्खाल अग्ल्याएका छन् ।

राजधानी शहरका मूल सडक र गल्लीहरुमा यस्ता पर्खालहरुको धराप छ । सुरक्षा र गोपनीयताका नाममा ठडाइएका यस्ता पर्खाललाई दुर्घटना कुरिरहेको धराप देख्छन् उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारी ।

‘हामीकहाँ पर्खाल हैन, ग्रेटवाल नै बनाउने चलन छ, त्यो पनि सडकको सेटब्याक समेत नछोडी’, उनी भन्छन्, ‘यस्ता पर्खालभित्र कार्यालय वा घर कति सुरक्षित छन् थाहा छैन, तर सडकमा हिँड्ने मान्छे र गुड्ने सवारीका लागि भने धराप बनेका छन् ।’

उनका अनुसार युरोप–अमेरिकातिर भने मुख्य प्रशासनिक केन्द्रहरुमा होचा पर्खाल वा फलामे बार राखिएका हुन्छन् । नेपालमा यस्तो अभ्यास नगरेको सिंहदरबारको सिको अन्य तमाम निकायले गरेको तिवारी बताउँछन् ।

‘आफ्नो मुलुकमा असल अभ्यास गरेका अमेरिकी, जर्मन, रुसी लगायत दूतावासले पनि नेपालमा मापदण्ड ग्रेटवाल ठड्याएका छन्’, उनी भन्छन्, ‘यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्ने दायित्वमा रहेको नेपाल सरकार उनीहरुकै सिकोमा देखिन्छ ।’

ललितपुर महानगरपालिकाले सरकारी कार्यालय र कलेजहरुका अग्ला पर्खाल हटाएर फलामे बार लगाउने अभियान गत वर्षबाट सुरु गरेको छ । ललितपुरका सबै सरकारी कार्यालयले त्यसलाई कार्यान्वयन गरेका भने छैनन् ।

अग्ला पर्खालहरुले शहरको सौन्दर्यमा समेत बाधा गरिरहेको मान्छन्, मेयर चिरिबाबु महर्जन । ‘त्यसैले, पर्खाल हटाएर त्यसभित्रको सुन्दरता देखाउन हरित परियोजनाका रुपमा फलामका बार राख्ने अभियान चलाएका हौंं’, उनी भन्छन् ।

काठमाडौं महानगरपालिका भने अग्ला पर्खालबारे अहिलेसम्म अनिर्णित छ । अन्य नगरपालिकाहरुले पनि अग्ला पर्खालहरुलाई होचा र बलियो बनाउन चासो दिएका छैनन् ।

यद्यपि, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अग्ला पर्खालमा पनि ध्यान गएको बताए । अनलाइनखबरसँग उनले भने, ‘मापदण्ड विपरीतका संरचना हटाउने अभियानका क्रममा अग्ला र असुरक्षित पर्खालमा पनि महानगरको ध्यान गएको छ ।



from Online Khabar https://ift.tt/hdA0W3l

बझाङमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

१६ भदौ, चैनपुर । बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका-९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् ।

केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिए ।

ओखेडाको घटनास्थलमै मृत्यु भएको हो । बुङ्गल नगरपालिका-६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/B4duXVi

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एक जनाको मृत्यु   

१६ भदौ, चौतारा । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् ।

मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किंदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । उनकी आमा र बहिनी भने सकुशल रहेका छन् ।

खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन् । मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन् ।



from Online Khabar https://ift.tt/7VB3cbT

आज ऋषिपञ्चमी, तीजको व्रत समापन गरिंदै

१६ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।

महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

आज स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।

सप्तऋषिको पूजा गरेसँगै तीज व्रत समाप्त भएको मान्यता छ ।



from Online Khabar https://ift.tt/UHpM9sm

राप्रपासँग तालमेल गर्दा समस्यामा पर्ने एमाले नेताहरू

१६ भदौ, काठमाडौं । सत्तारुढ दलहरुले गठबन्धन गरेपछि दबावमा परेको नेकपा एमालेले साना पार्टीहरुसँग तालमेलको प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीकै अग्रसरतामा पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेलको प्रयत्न भइरहेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ एमालेसँग तालमेलबारे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले छलफल गरिरहेको बताउँछन् । ‘पार्टीले अध्यक्षलाई जिम्मा दिएको हो, उहाँले नै कुराकानी गरिरहनुभएको छ’, श्रेष्ठ भन्छन् ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने कुराकानी भइरहे पनि २२ भदौ अगाडि यसबारे कुनै निर्णय नहुने बताउँछन् । ‘तलबाट आएको सिफारिस हेरेपछि थप निर्णय हुन्छ, त्यसअघि केही हुन्न’, उनी भन्छन् ।

चुनावी तालमेलबारे ओलीसँग लिङ्देनले बालकोट पुगेरै यसअघि कुराकानी गरेका थिए । राप्रपाका महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले पनि ओलीसँग भेटेका थिए । दुवैतिरका नेताहरू तालमेल हुनेमा बढी विश्वस्त छन् । त्यसको कारण भने सत्तारुढ दलहरुले गठबन्धन गरेकाले एमाले र राप्रपा दुवैलाई तालमेलको खाँचो छ ।

अझ अध्यक्षद्वय ओली र लिङ्देन दुवैले झापामा चुनाव जित्न एकअर्काको मत चाहिने भएकाले पनि तालमेलको सम्भावना बढी छ । राष्ट्रिय रुपमै पनि तालमेल गर्न अरु बलियो दल बाँकी छैन । स्थानीय चुनावमा वीरगञ्ज महानगरसहित केही स्थानमा एमालेसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सत्ता गठबन्धनसँगै नजिकिएको छ ।

तर राप्रपासँग तालमेल गर्दा एमालेका केही प्रभावशाली नेताहरू समस्यामा पर्ने देखिन्छन् । किनकि राप्रपाको जनमत राम्रो भएको र ठूला नेता रहेको निर्वाचन क्षेत्रमा दाबी गर्ने पक्का छ । ०७४ मा पनि राप्रपाले नेपाली कांग्रेससँग त्यस्तै गरेका थिए ।

तालमेलको अप्ठ्यारो

तालमेल गर्दा राप्रपाले १५ देखि २० सिटसम्म एमालेसँग माग्ने तयारी गरेको छ । त्यसरी दाबी गर्दा अध्यक्ष लिङ्देन प्राथमिकतामा पर्ने नै भए । उनी झापा–३ बाट चुनाव लड्दै आएका छन् । ०७४ मा पनि वाम गठबन्धनको समर्थनमा लिङ्देनले यही क्षेत्रबाट कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । यसपटक तालमेल हुँदा झापा–३ लिएर बाँकी क्षेत्रमा एमालेलाई समर्थन गर्नेछन्, त्यसको लाभ झापा–५ बाट ओलीले पाउनेछन् ।

तर राप्रपाले दाबी गर्ने अन्य क्षेत्रमा पनि एमाले नेतृत्वलाई आफ्नै नेता मनाउन सजिलो पर्ने देखिँदैन । मंगलबार मात्रै मोरङ–३ बाट राप्रपाले रेखा थापाको नाम सिफारिस गरेको छ । पार्टी महामन्त्री पदमा कुन्ती शाहीसँग पराजित थापा राप्रपाभित्र प्रभाव राख्ने नेतामा पर्छिन् । तर उनलाई मोरङ–३ एमालेले छोड्न सजिलो छैन ।

यो क्षेत्रबाट ०७४ को चुनावमा भानुभक्त ढकालले जितेका थिए । ढकाल ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहे । ओलीलाई लगातार साथ दिने नेतामा पर्छन्, ढकाल ।

राप्रपाबाट चुनाव लडिरहने अर्का नेता पशुपति शमशेर राणा हुन् । उनी पञ्चायतकै अवधिदेखि सिन्धुपाल्चोकबाट चुनाव लड्दै आएका छन् । ०७४ को चुनावमा उनी सिन्धुपाल्चोक–२ बाट उम्मेदवार थिए । कांग्रेसको समर्थनमा उम्मेदवार रहेका राणा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसँग पराजित भए ।

तामाङले ०७० मा पनि राणालाई पराजित गरेका थिए । ०६४ को चुनावमा पनि राणा भन्दा तामाङले धेरै मत ल्याएपनि माओवादीका दावा लामाले जितेका थिए । ०६९ मा उपाध्यक्ष अशोक राईको नेतृत्वमा एउटा समूह बाहिरिँदा र ०७७ मा एमाले विभाजन हुँदा पार्टी नेतृत्वलाई साथ दिएका कारण तामाङलाई पञ्छाएर राणालाई टिकट दिनु एमालेलाई सजिलो छैन ।

राप्रपा नेता दीपक बोहरा व्यवस्थापन गर्न पनि एमाले नेताहरुले त्याग गर्नुपर्ने देखिन्छ । ०७४ को चुनावमा रुपन्देही–२ मा बोहरा एमालेका तत्कालीन उपमहासचिव घनश्याम भूसालसँग पराजित भएका थिए । तर एमाले र राप्रपाबीच तालमेल भएमा र बोहराले यही क्षेत्र रोजे, भूसालले छोड्नुपर्ने हुन्छ ।

तर गएको स्थानीय चुनावमा रुपन्देही–१ र २ मा पनि राप्रपाले राम्रो मत पाएको छ । यदि बोहराले यसमध्ये एउटा क्षेत्र रोजेमा त्यसको असर एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सचिव छविलाल विश्वकर्मालाई पर्नेछ । विश्वकर्मा रुपन्देही–१ र पौडेल रुपन्देही–२ बाट जितेका थिए ।

अघिल्लोपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित विक्रम पाण्डे यसपटक पनि आकांक्षी छन् । चितवन–३ मा पाण्डेको प्रभाव राम्रो भएकाले त्यही क्षेत्र एमालेसँग माग गर्नेबारे स्वभाविक अनुमान गर्न सकिन्छ । तर पाण्डेलाई यो क्षेत्र छोड्दा एमालेबाट आकांक्षी रहेका देवी ज्ञवालीसहित नेताहरु टिकट पाउनबाट बञ्चित हुनेछन् ।

नुवाकोटमा राप्रपा नेता प्रकाशचन्द्र लोहनीले दाबी गर्ने सम्भावना छ । नुवाकोट एमाले उपमहासचिव विष्णु रिमालको जिल्ला हो । तर अहिलेसम्म उनी चुनाव नलडेकाले राप्रपासँग तालमेल हुँदाको असर हालका सांसद नारायण खतिवडालाई पर्न सक्छ ।

राप्रपाका शीर्ष नेता धवल शमशेर राणाका निम्ति बाँके–२ छोड्दा एमालेले पशुपति दयाल मिश्रलाई मनाउनुपर्ने हुन्छ । ०७४ मा मोहमम्द इस्तियाक राईसँग मिश्र पराजित भएका थिए । त्यसबेला सूर्य चिह्नबाट उम्मेदवारी दिए पनि मिश्र एमाले थिएनन् । तर अहिले एमालेमै प्रवेश गरेका छन् । यदि यो क्षेत्र धवललाई छोड्नुपरे मिश्र समस्यामा पर्नेछन् ।

तुलनात्मक राम्रो प्रभाव रहेको राजधानी काठमाडौंमै पनि राप्रपाले दाबी गर्ने तयारी गरेको छ । काठमाडौं–४ मा राप्रपाको बढी जोड छ । आफ्नो जनमत राम्रो रहेकाले एमालेको समर्थन यही क्षेत्रमा हुनुपर्ने राप्रपाका नेताहरु बताउँछन् ।

तर यो क्षेत्र राप्रपालाई दिएमा एमाले नेता राजन भट्टराईले त्याग गर्नुपर्ने हुन्छ । ०७४ को चुनावमा भट्टराई कांग्रेस महामन्त्री गगन थापासँग पराजित भएका थिए । यसपटक पनि उम्मेदवार बन्ने तयारीमा भट्टराई छन् ।

यसबाहेक राप्रपा महामन्त्री कुन्ती शाही दैलेख–२ बाट उम्मेदवार बन्ने चाहनामा रहेको बताइन्छ । कर्णाली प्रदेशमै दैलेखमा एमालेका प्रभाव राम्रो रहेकाले राप्रपालाई छोड्ने पक्षमा स्थानीय नेताहरु देखिदैनन् ।

तर गएको स्थानीय चुनावमा चार स्थानीय तहका प्रमुख र ६२ वडाध्यक्ष जितेको राप्रपासँग तालमेल गर्नु एमालेका निम्ति क्षति कम गराउने बाँकी विकल्प देखिन्छ । राप्रपा पनि एमालेसँग तालमेल गरेर राष्ट्रिय पार्टी बन्ने चाहनामा छ ।

०७४ को चुनावमा वाम गठबन्धनको समर्थनमा लिङ्देनले प्रत्यक्षतर्फ जिते पनि समानुपातिक तर्फ तीन प्रतिशत मत पुर्‍याउन सकेको थिएन । यसपटक भने राप्रपा थ्रेसहोल्ड कटाउँदै राष्ट्रिय दल बन्ने तयारीमा छ । गएको स्थानीय चुनावमा राप्रपाका वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत संख्या साढे तीन लाख छ ।



from Online Khabar https://ift.tt/gZV4LW5

Tuesday, August 30, 2022

SALE: Nothing Phone 1 फिर से सेल के लिए उपलब्ध, खरीद पर पाएं 1500 रुपये की छूट

नथिंग फोन 1 को सेल के लिए फ्लिपकार्ट पर कई बार उपलब्ध कराया जा चुका है, और अब फिर से फ्लिपकार्ट पर इसका स्टॉक आ गया है. फ्लिपकार्ट पर Nothing Phone 1 को ऑफर के साथ उपलब्ध कराया जा रहा है. ग्राहकों को खरीद पर 1500 रुपये का डिस्काउंट दिया जा रहा है

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/FU9ktsL

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

१५ भदौ, चितवन । पहिरो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान साढे आठ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन् ।

सवारी साधनहरूलाई लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोधसमेत गरेको छ ।



from Online Khabar https://ift.tt/0yXmpbO

फ्लिपकार्ट पर सस्ती कीमत पर मिल रहा है Samsung का 6000mAh बैटरी वाला दमदार फोन

सेल के अलावा फ्लिपकार्ट पॉपुलर ब्रांड के फोन पर डिस्काउंट उपलब्ध कराता है, जो कि बैंक ऑफर, एक्सचेंज ऑफर के साथ बेस्ट डील पर आते हैं. इसी बीच बता दें कि फ्लिपकार्ट से सैमसंग गैलेक्सी F22 को कम कीमत पर खरीदा जा सकता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/mI2bxFe

अफगानिस्तान एसिया कपको सुपर फोरमा

१५ भदौ, काठमाडौं । अफगानिस्तान यूएईमा भइरहेको एसिया कप क्रिकेटको सुपर फोचमा पुग्ने पहिलो टिम बनेको छ ।

समूह बी अन्तर्गत मंगलबार सारजहामा भएको आफ्नो अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो ।

समूह मा लगातार दोस्रो जित निकालेको अफगानिस्तान अपराजित रहेर सुपर फोरमा पुगेको हो । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले पराजित गरेको थियो ।

अब श्रीलंका र बंगलादेशबीद्बको विजेता टिम सुपर फोरमा पुग्नेछ ।

बंगलादेशले दिएको १२८ रनको लक्ष्य अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

अफगानिस्तानका लागि नाजिबुल्लाह जद्रानले आक्रमक ब्याटिङ गर्दै अविजित ४३ रन बनाए । उनले १७ बल खेल्दै एक चौका र ६ छक्का प्रहार गरे ।

यस्तै इब्राहिम जद्रानले ४१ बल खेल्दै चार चौका मद्दतमा अविजित ४२ रन जोडे । हज्रातुल्लाह जाजईले २३ रन बनाए ।

बंगलादेशका लागि शकिब अल हसन, मोसादेक होसेन र मोहम्मद साइफुदिनले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

बंगलादेशका लागि मोसादेक होसेनले ३१ बल खेल्दै चार चौका र उक छक्का मद्दतमा अविजित ४८ रन बनाए । महमुदुल्लाहले २५ रन जोडे ।

अफगानिस्तानका मुजिब उर रहमान र रासिद खानले तीन/तीन विकेट लिए । चार ओभर बलिङ गर्दा मुजिवले १६ र रासिदले २२ रन खर्चिए ।

एसिया कपमा आज भारत र हङकङबीच खेल हुँदैछ । पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत आजको खेल जित्दै सुपर फोरमा पुग्ने लक्ष्यमा छ । 



from Online Khabar https://ift.tt/eXcy4UM

Tips-Tricks: YouTube Shorts वीडियो को फोन में कैसे करें डाउनलोड, ये है आसान तरीका...

कई बार हमें कोई यूट्यूब शॉर्ट्स पसंद आता है तो हम उसे दूसरों को भी दिखाना चाहते हैं. ऐसे में हमें यही नहीं पता होता है कि उसे कैसे डाउनलोड किया जाए. आइए हम आपको पास एक ऐसे तरीके के बारे में बताते हैं जिससे कि आप अपने फोन पर डाउनलोड कर सकते हैं.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/vbNoPYh

रोल्पामा बस्ला कांग्रेस-माओवादी पिरती ?

१५ भदौ, रोल्पा । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पामा नेपाली कांग्रेस र माओवादी सधै प्रतिद्वन्द्वी रहे । १० वर्ष लामो सशस्त्र द्वन्द्वकालमा राज्य पक्षबाट ७६२ र माओवादी पक्षबाट १६५ जनाको ज्यान गएको थियो । राज्य पक्षवाट मारिएका गरिएका अधिकांश माओवादी कार्यकर्ता तथा समर्थक थिए भने माओवादीवाट हत्या गरिएका अधिकांश कांग्रेस कार्यकर्ता ।

कांग्रेस नेतृत्वको पहलमा माओवादी शान्ति प्रक्रिया आयो, तर रोल्पामा दुई दलको सम्बन्ध उस्तै रहृयो । कतिसम्म भने दुवै दल एउटै सरकारमा रहेर चुनावी तालेमल गर्दा पनि रोल्पामा कांग्रेस र माओवादीको प्रतिद्वन्द्वीता कायमै रहृयो ।

३० वैशाखको स्थानीय चुनावमा कांग्रेस र माओवादीसहित सत्तारुढ दलले देशभर तालमेलको प्रयास गरे । तर रोल्पामा कांग्रेसले केही पालिकामा एमाले मिलेर माओवादीलाई हराउन खोज्यो भने माओवादी केन्द्रले केही पालिकामा एकीकृत समाजवादीको साथ लिएर कांग्रेस-एमालेको चुनौती सामना गर्‍यो ।

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने माओवादी कांग्रेस सम्बन्ध सुधार गर्न तयार देखिएका छन् । रोल्पामा पानी वारावारको अवस्थामा रहेका कांग्रेस र माओवादीका रोल्पाली नेताहरुले सहकार्यको हात बढाउने छनक लिएका छन् ।

माओवादी केन्द्र, रोल्पाले स्थानीय तहस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम गरिरहेको छ भने नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान चलाइरहेको छ । उम्मेदवार सिफारिस गर्नुअघि दुवै दलका नेताहरु सिट बाँडफाँटका लाागि सम्वादमा पनि छन् । ‘सधै पानी बाराबारको अवस्थामा रहेका कांग्रेस र माओवादी, रोल्पा रुकुममा पनि मिले भन्ने सन्देश दिने गरी काम गरिरहेका छौं,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमगर भन्छन् ।

वडाध्यक्षको उम्मेदवारले पाएको मतका आधारमा हेर्दा माओवादी केन्द्रले ४० हजार ७९१ मत पाएको छ । कांग्रेसले २४ हजार ६६४, एमाले १५ हजार ३०१, राप्रपाले १२१८ र एकीकृत समाजवादीले ९५० मत प्राप्त गरेको छ ।\

कांग्रेसबाट प्रदेश सभापति पुन आफैं प्रतिनिधिसभा सदस्यको उम्मेदवारका आकांक्षी हुन् । २०७४ मा माओवादी केन्द्रबाट वर्षमान पुन निर्वाचित भएका थिए । कांग्रेस प्रदेश सभापति पुनका अनुसार माओवादी नेताहरूले उनलाई प्रदेशसभा रोज्न आग्रह गर्दै आएका छन् । उनले भने, ‘माओवादी केन्द्रका नेताहरुलाई अन्य निर्वाचन क्षेत्रमा गएर उम्मेदवार बन्न कांग्रेसलाई जत्ति अप्ठयारो छैन । त्यसैले रोल्पा कांग्रेसलाई छाडदिन आग्रह गरेको छु ।’

तर संगठन र जनमतका हिसाबले माओवादीको जनाधार भएका जिल्ला भएकाले गठबन्धन गर्दा प्रतिनिधिसभा छाड्नुपर्ने अवस्था आउनसक्छ भने उनले बुझेका छन् । भन्छन्, ‘कांग्रेसको पनि संगठन कमजोर संगठन छैन । प्रतिनिधिसभा माओवादीलाई दिने र प्रदेश सभा कांग्रेसले लिने गरी तालमेल हुनसक्छ ।’

माओवादी केन्द्रले भने यसबारे केही बोलेको छैन । वहालबाला सांसद वर्षमान पुन स्वभाविक दावेदार भए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी पनि आकांक्षी छन् ।

२०७४ सालको प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले वामगठबन्धन बनाएर चुनाव लडेका थिए ।

वाम गठवन्धनका साझा उम्मेदवार पुनले कांग्रेसका अमरसिंह पुनलाई २० हजारभन्दा बढी मतान्तरले हराएका थिए । पुनले ४२ हजार ८४ मत प्राप्त गरेका थिए, जुन कुल मतको ६४.४५ प्रतिशत हो । कांग्रेसका अमरसिंह पुनले २० हजार ३३७ मत पाएका थिए । एकीकृत राप्रपा राष्ट्रवादीका रामबहादुर वली क्षेत्रीले एक हजार १९१ मत पाउँदा राष्ट्रिय जनमोर्चाका मेघनाथ विष्टले ६५६ मत पाएका थिए । निर्वाचनमा ८ जना उमेदवारले प्रतिस्पर्धा गरेका थिए ।

समानुपातिक तर्फ माओवादीले २७ हजार २२० मत प्राप्त गरेको थियो । कांग्रेसले १५ हजार ८४७ र एमालेले १० हजाार ५४५ मत प्राप्त गरेका थिए । राप्रपाले १८३३, राप्रपा प्रजातान्त्रिकले ६७५, राष्ट्रिय जनमोर्चाले ४३८, मालेले १०५९ र एकीकृत राप्रपा राष्ट्रवादीले ३३४ मत प्राप्त गरेका थिए ।

३० वैशाखको स्थानीय चुनावमा माओवादी केन्द्रले १० मध्ये ७ स्थानीय तहको अध्यक्ष र उपाध्यक्ष जितेको थियो । कांग्रेसले २ अध्यक्ष र ३ उपाध्यक्ष जित्दा नेकपा एमालेले १ अध्यक्ष जितेको थियो । ७२ वडामध्ये माओवादीले ४८, कांग्रेसले १४, एमालेले ८, एकीकृत समाजवादी र स्वतन्त्रले १/१ वडाध्यक्ष जितेका थिए ।

वडाध्यक्षको उम्मेदवारले पाएको मतका आधारमा हेर्दा माओवादी केन्द्रले ४० हजार ७९१ मत पाएको छ । कांग्रेसले २४ हजार ६६४, एमाले १५ हजार ३०१, राप्रपाले १२१८ र एकीकृत समाजवादीले ९५० मत प्राप्त गरेको छ ।

मुख्य प्रतिस्पर्धी कांग्रेस, माओवादीलाई सघाउने मनस्थितिमा पुगेपछि एमाले भने आसन्न निर्वाचनमा दुवै दलको मत तानेर आफ्नो भोट बढाउने रणनीतिमा जुटेको छ । दुवै पार्टीका असन्तुष्ट कार्यकर्ताको मत तान्न सक्दा विगतमा प्राप्त गरेकोभन्दा धेरै मत प्राप्त गर्ने एमाले रोल्पाको वुझाइ छ ।



from Online Khabar https://ift.tt/ISVEt2H

Monday, August 29, 2022

5 हज़ार रुपये तक सस्ता मिल रहा है 6000mAh बैटरी वाला Redmi फोन, मिलेगी 6GB RAM

नया फोन खरीदने की प्लानिंग कर रहे हैं तो आप रेडमी 10 प्राइम 2022 को कम दाम में घर ला सकते हैं. Mi.कॉम पर दी गई जानकारी के मुताबिक फोन को 10,499 रुपये में उपलब्ध कराया जा रहा है. इसपर 4,500 रुपये तक की छूट दी जा रही है. इसके अलावा HDFC और SBI कार्ड के ज़रिए 500 रुपये का इंस्टेंट डिस्काउंट पाया जा सकता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/l0c7mh5

सांस्कृतिक पर्वलाई सम्बर्धन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन् ।

साथै उनले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

हिन्दू धर्मावलम्वी नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वको अवसरमा एक शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।

खासगरी नेपालमा भाद्र शुक्ल पक्ष तृतीयाका दिनलाई भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै हिन्दू महिलाहरूले हरितालिका तीज पर्व मनाउने भए पनि हालका दिनमा नेपालमा सबै धार्मिक समुदायले यस पर्वलाई पारिवारिक सु–स्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासकासाथ श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।

प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास लिएका छन् ।

साथै उनले यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रुपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।



from Online Khabar https://ift.tt/5KZ1v2n

नए अवतार में भारत आया Oppo का बजट स्मार्टफोन, मिलेगी 6GB RAM, 50 मेगापिक्सल कैमरा

ओप्पो A77 को नए अवतार 6जीबी रैम+128जीबी स्टोरेज के साथ पेश किया गया है, जिसकी कीमत 16,499 रुपये रखी गई है. इस फोन को स्काई ब्लू और सनसेच ऑरेन्ज कलर ऑप्शन के साथ पेश किया गया है. फोन के बाकी फीचर्स पिछले वेरिएंट की तरह ही है. इस फोन की सबसे खास बात इसकी 5000mAh बैटरी, 50 मेगापिक्सल कैमरा है. आइए जानते हैं कैसे हैं इसके सभी फीचर्स...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/Sz9HtB1

तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ : राष्ट्रपति   

१४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

हरितालिका (तीज) को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने बताइन् ।

‘महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु,’ उनले सन्देशमा उल्लेख गरेकी छन् ।

उनले हरितालिका (तीज) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यका लागि कामना गर्नु व्यक्त गरेकी छन् ।

‘हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रही आएको पाइन्छ’ उनको सन्देशमा भनिएको छ, ‘परापूर्वकालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ ।’

आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्नु अति आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ ।

तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बन्न गएको पक्षलाई हामी सबैले मनन गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन्, ‘हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङगतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु ।’



from Online Khabar https://ift.tt/ciFfuZd

आज हरितालिका तीज व्रत, महिलालाई बिदा

१४ भदौ, काठमाडौं । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् ।

आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ ।

अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । पछिल्लो समय भने तीज केही भड्किलो भएको संस्कृतविद्हरू बताउँछन् ।

आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।

अटल सौभाग्यको कामनाका लागि व्रत बस्ने गर्छन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।



from Online Khabar https://ift.tt/4Pg36TO

Sunday, August 28, 2022

मोहना नदीको बाढीले खतराको तह नाघ्यो, सतर्कता अपनाउन आग्रह

१३ भदौ, धनगढी । कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पानीको सतह ३ दशमलव ६ मिटर पुगेपछि खतरा मानिदै आएकोमा सोमबार बिहानसम्म बढेर ३ दशमलव १५ मिटर पुगेको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा आइतबारदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले कान्द्रा, मोहना, खुटिया लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनुको साथै होचा ठाउँमा डुबान हुन सक्ने भएकाले बिहान ८ बजेसम्मै सतर्क रहन विभागले जनाएको छ ।



from Online Khabar https://ift.tt/YkdN6eE

3 हज़ार रुपये सस्ता मिल रहा है Redmi का धांसू 5G स्मार्टफोन, मिलेगी 67W फास्ट चार्जिंग

रेडमी K50i 5G को कम दाम में उपलब्ध कराया जा रहा है. Mi.कॉम से मिली जानकारी के मुताबिक फोन को 25,999 रुपये के शुरुआती कीमत पर उपलब्ध कराया जा रहा है, जो कि इसके 6जीबी रैम और 128जीबी स्टोरेज की कीमत है. खास बात ये है कि फोन पर ICICI बैंक कार्ड के ज़रिए 3,000 रुपये का इंस्टेंट डिस्काउंट पाया जा सकता है. साथ किसी भी डेबिट और क्रेडिट कार्ड पर 1,500 रुपये का डिस्काउंट दिया जा रहा है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/IyU1GnV

लगातार तेस्रो जितसहित रियल शीर्ष स्थानमा, बेन्जिमाको दुई गोल

१३ भदौ, काठमाडौ । रियल मड्रिडले स्पानिस ला लिगाका लगातार तेस्रो जित निकाल्ने क्रममा स्पानयोललाई ३-१ ले पराजित गरेको छ ।

स्पानयोलको मैदानमा भएको खेलमा रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे भने भिनिसियस जुनियरले एक गोल गरे ।

भिनिसियसले १२औं मिनेटमा गोल गर्दै रियलला२ अग्रता दिलाएका थिए । तर जोसेलुलुले ४३औं मिनेटमा स्पानयोलका लागि बराबरी गोल फर्काए ।

बराबरीतर्फ अघि बढिरहेको खेलको ८८औं मिनेटमा बेन्जिमाले गोल गरेपछि रियलले २-१ को अग्रता बनायो । इन्जुरी टाइमको १०औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसअघि इन्जुरी टाइममा स्पानयोलका बेन्जामिन लेसोमेट रातो कार्ड पाउद मान बाहिरिएका थिए ।

लगातार तेस्रो जितपछि ९ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लेको छ । रियल बेटिसको पनि समान ९ अंक भए पनि गोल अन्तरमा रियल मड्रिड अघि छ ।



from Online Khabar https://ift.tt/Lqsjulb

फोन कॉल से लेकर मैसेज तक ऐसे झांसे में लेते हैं जालसाज़, साइबर फ्रॉड से बचाएंगे ये 6 तरीके

टेक्नोलॉजी इतनी फास्ट हो गई है कि हर काम फोन से घर बैठे हो जाता है, और यही वजह है कि कई जालसाज आपको ठगने की फिराक में रहते हैं. एक बार आप इन स्पैम कॉल्स या मैसेज के झांसे में आ गए तो आपकी सारी निजी जानकारी इन साइबर ठगों के हाथ पड़ने का खतरा हो सकता है. ऐसे में हम यहां आपको कुछ खास उपाय बता रहे हैं, जिससे आप इन साइबर ठगों से बच सकते हैं.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/UaY8zq3

केनको दुई गोलमा टोटनहम विजयी

१३ भदौ, काठमाडौं । ह्यारी केनको दुई गोल मद्दतमा टोटनहमले प्रिमियर लिगमा नटिङहम फरेस्टलाई २-० ले पराजित गरेको छ ।

यस सिजन तेस्रो जित निकालेको टोटनहम लिगमा अपराजित छ । फरेस्टको मैदानमा टोटनहमलाई जिताउन केनले पाँचौ र ८१औं मिनेटमा गोल गरे ।

जितपछि चार खेलबाट १० अंक जोडेको टोटनहम तेस्रो स्थानमा उक्लेको छ । फरेस्ट चार खेलबाट ४ अंकसहित १४औं स्थानमा छ ।



from Online Khabar https://ift.tt/4wcdPCb

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको दोस्रो जित

१३ भदौ, काठमाडौं । काठमाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल भाल्लोडोलिडलाई ४-० ले पराजित गरेको छ ।

लेवान्डोस्कीले लगातार दोस्रो खेलमा दुई गोल गर्दा बार्सिलोनाले पनि लिगमा लगातार दोस्रो खेल जितेको हो । यसअघि रियल सोसिडाडलारुई ४-१ ले हराउदै लेवान्डोस्कीले ला लिगामा गोलको खाता खोल्नुका साथै दुई गोल गरेका थिए ।

यस सिजन लगातार दोस्रो जित निकाल्दै अपराजित रहेको बार्सिलोनाले तीन खेलबाट ७ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लेको छ ।

घरेलु मैदान क्याम्प नोउमा लेवान्डोस्कीले २४औं र ६४औं मिनेटमा गोल गरे । यस्तै पेड्रीले ४३औं र र्जि रोवर्टोले इन्जुरी टाइममा गोल गरे ।

बार्सिलोनाका नयाँ खेलाडी जुल्स कोन्डेले यसै खेलबाट ला लिगामा डेब्यु समेत गरे ।



from Online Khabar https://ift.tt/F8dIPfK

Saturday, August 27, 2022

जंगीलाललाई छैन टिकटको डर

१२ भदौ, जनकपुरधाम । मधेसकेन्द्रित दलहरु मिलेर बनेको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)मा अध्यक्ष मण्डलका संयोजकमध्ये एक थिए महिन्द्र राय यादव । राजपाको महासचिव थिए जंगीलाल राय । दुवै एउटै जिल्ला सर्लाहीका नेता पनि हुन् ।

एउटै जिल्ला, एउटै पार्टीका दुई नेताबीच सम्बन्ध राम्रो हुन सकेन । २ असोज २०७४ मा हुने स्थानीय तहको निर्वाचन नजिकिंदा टिकट वितरणलाई लिएर मतभेद सुरु भयो । अध्यक्ष मडलका सदस्य रायले राजेन्द्र महतोसँग मिलेर मनोमानी गरेको भन्दै जंगीलाल पार्टी छाड्ने निष्कर्षमा पुगे । ६ कात्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरे ।

२०७४ मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा महिन्द्र राय यादवसँगै सर्लाही क्षेत्र नम्बर २ बाट चुनाव लडे । यद्यपि पराजित भए । २९ हजार १९१ मत ल्याएर महिन्द्र राय यादव निर्वाचित हुँदा जंगीलाललाई १८ हजार ९७६ मतमा चित्त बुझाउनुपर्‍यो ।

जबकि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा महिन्द्र र जंगीलाल दुवैले चुनाव जितेका थिए । महिन्द्र क्षेत्र नम्बर ४ र जंगीलाल ५ बाट लडेका थिए । तत्कालिन तराई मधेश सद्भावना पार्टीका अध्यक्ष रहेका महिन्द्रले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई हराए । जंगीलालले भने तराई मधेश लोकतान्त्रिक पार्टीबाट क्षेत्र नम्बर ५ मा जितेका थिए ।

अब को उम्मेदवार ?

पछिल्लो ५ वर्षमा जंगीलालले कांग्रेसमा आफ्नो पकड बनाएका छन् । महिन्द्र राजपाबाट जनता समाजवादी पार्टी (जसपा) हुँदै पछिल्लो पटक नेपाल समाजवादी पार्टी (नेसपा) मा पुगेका छन् । डा. बाबुराम भट्टराईले जसपाबाट अलग भएर नबाएको नेसपामा महिन्द्र पनि अध्यक्ष छन् ।

नेताहरुका अनुसार सर्लाही २ मा सांगठनिक हिसाबले हेर्ने हो भने नेसपाको भोट छैन, तर महिन्द्रको व्यक्तिगत मत छ । त्यसमाथि नेसपाले माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमति गरेको नेसपाले टिकट दिर्नैपर्ने सूचीमा महिन्द्रलाई पनि राखेको छ ।

जंगीलाल भने यो क्षेत्रबाट आफूले टिकट पाउनेमा विश्वस्त छन् । महिन्द्र राय यादवले टिकट पाउने कुनै आधार नै नरहेको उनी बताउँछन् । ‘उहाँ जसपा छोडेर अर्काे पार्टीमा जानुभयो’ उनले भने, ‘यो ठाउँमा त जसपाले क्लेम गर्नसक्छ, महिन्द्र राय यादवले क्लेम गर्नै मिल्दैन ।’

सर्लाही २ को टिकटका लागि महिन्द्र रायले माओवादीको चुनाव चिन्ह रोजेको भएपनि नपाउने उनको तर्क छ । ‘गठबन्धन हुँदा सर्लाहीमा माओवादीले एउटा सिट पाउनसक्छ, जहाँ अघिल्लो पटक जितेको थियो’ उनले भने, ‘त्यो क्षेत्रमा आफ्ना उम्मेदवारलाई टिकट नदिई प्रचण्डजीले महिन्द्रजीलाई दिनुहुन्छ भने भन्नु केही छैन ।’

२०७४ को निर्वाचनमा क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका उम्मेदवार रामेश्वर राय यादव निर्वाचित भएका थिए । २२ हजार ३६७ मत ल्याएर रामेश्वर निर्वाचित हुँदा नेपाली कांग्रेसका हरेशकुमार महतो १४ हजार ९२९ मत ल्याएर दोस्रो भएका थिए ।

सर्लाही क्षेत्र नम्बर २ मा सदरमुकाम मलंगवासहित हरिपूर्वा नगरपालिका, कोडैना, पर्सा र ब्रह्मपुरी गाउँपालिका छ । सबै पालिकामा गत स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले जित हात पारेको छ ।

यो क्षेत्रका ४९ वडामध्ये २३ वटामा कांग्रेसले नै जित हात पारेको छ । पछिल्लो ५ वर्षमा दिनरात काम गरेर उपलब्धि समेत देखाइदिएको भन्दै जंगीलाल भन्छन्, ‘यसैले पार्टीले मलाई टिकट दिनेमा विश्वस्त छु ।



from Online Khabar https://ift.tt/lPEvNbr

6 हज़ार रुपये से भी सस्ता हुआ 5000mAh बैटरी वाला ये बजट एंड्रॉयड फोन, मिलेगा HD+ डिस्प्ले

बिग बचत धमाल सेल में स्मार्टफोन को कम दाम में उपलब्ध कराया जा रहा है. फ्लिपकार्ट सेल से मिली जानकारी के मुताबिक MarQ M3 Smart को ग्राहक 7,999 रुपये के बजाए 5,999 रुपये में उपलब्ध कराया जा रहा है. इस फोन की सबसे खास बात कम कीमत में 5000mAh बैटरी और 6.1 इंच का HD+ डिस्प्ले है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/I8awKNl

हालान्डको ह्याट्रिकमा सिटीको पुनरागमन जित

१२ भदौ, काठमाडौं । एर्लिङ हालान्डले दोस्रो हाफमा ह्याट्रिक गरेपछि प्रिमयर लिगको साविक विजेता म्यानचेष्टर सिटीले दुई गोलले पछि परेको स्थिति उल्टाएर क्रिस्टल प्यालेसलाई ४-२ ले पराजित गरेको छ ।

शनिबार घरेलु मैदानमा भएको खेलमा सिटी आधा घण्टामै दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा पुनरागमन गरेको हो । जहाँ हालान्डले २० मिनेटभित्रै ह्याट्रिक गरे ।

एतिहाड स्टेडियममा चौथो मिनेटमै सिटीका जोन स्टोन्सले आत्मघाती गोल गरेपछि क्रिस्टल प्यालेसले अग्रता बनाएको थियो । २१ औं मिनेटमा जोचिम एण्डरसनले गोल गर्दै क्रिस्टल प्यालेसको अग्रता दोब्बर पारे ।

क्रिस्टलले पहिलो हाफको अग्रता कायम राख्न सकेन भने सिटी दोस्रो हाफमा खेलमा फर्कियो ।

खेलको ५३ औं मिनेटमा सिटीका बर्नार्डो सिल्भाले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसपछि हालान्डले खेलको ६२ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।

हालान्डले ७०औं र ८१औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे भने सिटीलाई ४-२ को जित दिलाए ।

जितपछि सिटीले चार खेलबाट १० अंक जोडेको छ । क्रिस्टल प्यालेसको चार खेलबाट ४ अंक नै छ ।



from Online Khabar https://ift.tt/FzlAViR

Samsung अक्टूबर में पेश कर सकता है Android 13, इन स्मार्टफोन को मिलेगा नया अपडेट!

नई लीक रिपोर्ट से जानकारी मिली है कि One UI 5 अपडेट सबसे पहले गैलेक्सी S22 के लिए अक्टूबर महीने में पेश किया जाएगा. SuperRoader के टिप के मुताबिक सैमसंग OneUI 5 का स्टेबल वर्जन मिड-अक्टूबर में पेश किया जाएगा.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/U1bc2zt

बर्नमाउथको पोष्टमा लिभरपुलको ९ गोल

१२ भदौ, काठमाडौं । लिभरपुलले प्रिमियर लिग फुटबल इतिहासकै सबैभन्दा ठूलो जितको कीर्तिमान बराबरी गर्दा शनिबार बर्नमाउथलाई ९-० ले पराजित गरेको छ ।

यस सिजन राम्रो सुरुवात गर्न नसकेको लिभरपुलले शनिबार घरेलु मैदान एनफिल्डमा गोलको वर्षा गर्दै सिजनको पहिलो जित समेत हात पारेको छ । सुरुवाती दुई खेलमा बराबरी खेलेको लिभरपुल अघिल्लो खेलमा म्यानचेष्टर युनाइटेडसँग पराजित भएको थियो ।

लिभरपुललाई फराकिलो जित दिलाउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले दुई-दुई गोल गरे । यस्तै हार्भे इलियट, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, भर्जिल भान डाइक र फाबियो कार्भाल्होले एक-एक गोल गरे ।

बर्नेमाउथका क्रिस मेपहमले एक आत्मघाती गोल गरे ।

लिभरपुलले पहिलो हाफमै पाँच गोल गरेको थियो भने दोस्रो हाफमा चार गोल थपेको थियो ।

पहिलो जितपछि लिभरपुलले चार खेलबाट ५ अंक जोडेको छ ।

यसअघि म्यानचेष्टर युनाइटेडले इस्बिच टाउन र साउथह्याम्पटनलाई तथा लेस्टर सिटीले साउथह्याम्पटनलाई नै समान ९-० ले हराएको थियो ।



from Online Khabar https://ift.tt/kUuWodw

स्टर्लिङको २ गोलमा चेल्सीलाई राहत

१२ भदौ, काठमाडौं । रहिम स्टर्लिङले दुई गोल गरेपछि चेल्सीले एक खेलाडी कम भएर पनि प्रिमियर लिगमा शनिबार लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ ।

यसै समयरमा म्यानचेष्टर सिटीबाट चेल्सी आएका स्टर्लिङले चेल्सीका लागि लिगमा पहिलो गोल गरेका हुन् ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा २८ औं मिनेटमा कोनोर गल्लाघेर रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

तर चेल्सीले त्यसका बावजुत पनि जित निकाल्यो र नायक बने स्टर्लिङ ।

स्टर्लिङले ४७ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ६३ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले २-० को अग्रता बनायो ।

लेस्टरका लागि ६६ औं मिनेटमा हार्भे बार्न्सले एक गोल फर्काए ।

जितपछि चेल्सी चार खेलबाट ७ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । चार खेलबाट लेस्टरको एक अंक मात्र छ ।



from Online Khabar https://ift.tt/NsvQXlS

Friday, August 26, 2022

भारतीय फुटबलमाथि फिफाको निलम्बन हट्यो

११ भदौ, काठमाडौं । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)माथिको निलम्बन विश्व फुटबल महासंघ फिफाले दुई साता नबित्दै फिर्ता लिएको छ ।

शनिबार बिहान फिफा काउन्सिलले भारतीय फुटबलमाथि लागेको सबै निलम्बन फिर्ताको निर्णय गरेको हो । भारतको सर्वोच्च अदालतले कार्यकारी समिति निर्माण गरेपछि तेस्रो पक्षको हस्तक्षेप ठहर गरी फिफाले गत साउन ३१ गते निलम्बन गरेको हो ।

‘अदालतबाट स्थापित कमिटीको नियन्त्रणबाट  एआइएफएफ स्वतन्त्र भएको हामीले पाएका छौं । फिफा र एएफसीले त्यहाँको आगामी परिस्थितिबारे पनि निगरानी राख्नेछ’ फिफाको वक्तव्यमा भनिएको छ, ‘हामी निर्धारित समयमै निर्वाचन गराउन एआइएफएफलाई सहयोग गर्नेछौं ।’

फिफाले आगामी अक्टोबर ११ देखि ३० सम्म हुने तय भएको फिफा यू-१७ महिला विश्वकप पूर्वनिर्धारित मिति र स्थानमै हुने जनाएको छ ।

निलम्बन हटेसँगै आसन्न साफ महिला च्याम्पियनसिपमा पनि भारतको सहभागिता निश्चित छ । यसपल्ट दक्षिण एसियाका सातै देशको सहभागिता तय भएकोमा भारतीय फुटबलमाथि निलम्वनले संसय बढेको थियो ।

साफ महिला च्याम्पियनसिप भदौ २१ देखि असोज ३ सम्म काठमाडौँमा हुँदैछ ।



from Online Khabar https://ift.tt/akM4hpK

धूम मचाने आ रहा Tecno Pova Neo 2 स्मार्टफोन, 6GB रैम के साथ मिलेगी 7000mAh बैटरी

टेक्नो भारत में जल्द ही एक नया स्मार्टफोन लॉन्च करने जा रही है. कंपनी अपनी Spark और Camon सीरीज में फोन लॉन्च कर सकती है. कंपनी भारत में इस साल के अंत में अपने नए बजट स्मार्टफोन के रूप में Tecno Pova Neo 2 लॉन्च करेगी. टिपस्टर पारस गुगलानी ने खुलासा किया है कि कंपनी डिवाइस में 4 जी की पेशकश करेगी. टिपस्टर ने सटीक लॉन्च तिथि का खुलासा नहीं किया, लेकिन आगामी Tecno स्मार्टफोन स्पेसिफिकेशंस की जानकारी दे दी है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/oUw4Sv1

27 अगस्त को भारत में लॉन्च होंगे OnePlus Nord वायर्ड इयरफोन, जानिए क्या है खासियत

वनप्लस नोर्ड वायर्ड ईयरफोन भारत में 27 अगस्त को लॉन्च होंगे. इस बात की घोषणा कंपनी ने की है. लॉन्च की तारीख की घोषणा करने के अलावा वनप्लस ने ईयरफोन के डिजाइन को भी टीज किया है. साथ ही ईयरफोन के स्पेसिफिकेशंस की जानकारी भी दी है. वायर्ड ईयरफोन वनप्लस नॉर्ड बड्स सीई और वनप्लस नॉर्ड बड्स के बाद नॉर्ड सीरीज का तीसरा ऑडियो प्रोडक्ट होगा.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/vslIPSV

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

११ भदौ, काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात  कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।

सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।

कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशे औंसी भन्ने गरिएको हो ।

बुबाको मुख हेर्ने दिन पनि आजै

आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।

आजका दिन बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।

पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्णमा आज मेलासमेत लाग्छ ।



from Online Khabar https://ift.tt/xCR0kjZ

आज मोती जयन्ती मनाइँदै

११ भदौ, काठमाडौं ।नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो ।

श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए ।

३० वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ ।

थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले विसं १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए।



from Online Khabar https://ift.tt/nYxy2TU

Thursday, August 25, 2022

Google की बड़ी कार्रवाई, प्ले स्टोर से 2000 इंस्टेंट लोन ऐप्स हटाए, जानिए पूरा मामला

गूगल ने इंस्टेंट लोन सर्विस देने वाले 2,000 से अधिक ऐप्स पर बैन लगा दिया है. इन ऐप्स ने कंपनी की Play Store नीतियों का उल्लंघन किया है. जिन ऐप्स पर प्रतिबंध लगाया गया है, उनमें ऐसी सेवाएं शामिल हैं जो विशेष रूप से भारतीय बाजार में ही फल-फूल रही थीं.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/jFmZeoy

करिम बेन्जिमा बने युरोपको उत्कृष्ट खेलाडी

१० भदौ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् ।

टर्कीको इस्तानबुलमा बिहीबार राती भएको च्याम्पियन्स लिग २०२२/२३ को ड्र कार्यक्रममा अवार्डको विजेता घोषणा गरिएको हो ।

३४ वर्षीय बेन्जिमाले आफ्नै क्लबका गोलकिपर थिबाउट कोर्तवा र म्यानचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनालाई पछि पारे ।

गत सिजन रियललाई च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउने क्रममा बेन्जिमाले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

‘म निकै खुशी छु’ अवार्ड ग्रहण गरेपछि बेन्जिमाले भने , ‘मैले पहिलो पटक यो अवार्ड जितेको हुँ । तर मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको टिमको लागि ट्रफी जित्नु हो ।’

रियलकै कार्लो एन्सेलोट्टीले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते ।

पुरुषको कोच अफ दि इयरको अवार्डमा एन्सेलोटीले म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला र लिभरपुलका योर्गेन क्लोपलाई पछि पारे ।

एन्सेलोटीले गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।

महिलातर्फको बार्सिलोनाकी एलेक्सिया पुटेलासले प्लेयर अफ दि इयर अवार्ड जितिन् । यस्तै महिलातर्फको कोच अफ दि इयरको अवार्ड सरिना विग्मानले जितिन् ।

इटालीका पूर्वखेलाडी तथा प्रशिक्षक एरिगो साच्चीलाई यूईएफए प्रेसिडेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।



from Online Khabar https://ift.tt/mvneUXb

Moto G72 की लॉन्च टाइमलाइन लीक, मिल सकता है 48MPट्रिपल रियर कैमरा

मोटोरोला का Moto G72 फोन कथित तौर पर जल्द ही भारत में लॉन्च होने जा रहा है. हालांकि चीनी ब्रांड ने अभी तक फोन लॉन्च की आधिकारिक तारीख की पुष्टि नहीं की है, लेकिन एक ताजा लीक के अनुसार, स्मार्टफोन सितंबर या अक्टूबर में भारत में अपनी शुरुआत करेगा. इसमें 8GB तक रैम और 48-मेगापिक्सल कैमरा मिल सकता है. Moto G72 को हाल ही में मॉडल नंबर XT2255 के साथ अलग-अलग सर्टिफिकेशन प्लेटफॉर्म पर देखा गया है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/HNDvCnc

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

१० भदौ, काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ ।

बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ-आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन आज बैठक बस्न लागेको हो ।

उक्त बैठकमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेस गरेका थिए ।

कांग्रेसमा भने सिटका विषयमा सबै नेताहरूको एउटै मत छैन । महामन्त्री गगन थापाले १०० सिटबाट तल नझर्ने अडान लिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवाले भने लचकता देखाएका छन् ।

१६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।



from Online Khabar https://ift.tt/jNEoS8R

बालेनको ‘एक्सन’ले पोखराका मेयरलाई दबाब

१० भदौ, पोखरा । पोखराको व्यस्त बजार क्षेत्र चिप्लेढुंगा चोकमै छ, सेलवेज टावरको अन्डरग्राउन्डसहितको अग्लो भवन ।

टावरले महानगरबाट अन्डरग्राउन्डलाई पार्किङका लागि नक्सा पास लिएको छ तर अहिले त्यहाँ पसलहरू सञ्चालन छन् ।

सेलवेज टावरमात्रै होइन, पोखराकै न्युरोड, नयाँबजार, महेन्द्रपुल क्षेत्रका हाराती, बतास, सीता, रामकृष्णलगायत झन्डै २ दर्जन बढी व्यापारिक भवनका अन्डरग्राउन्ड छ तर, प्रयोजनविपरीत प्रयोग भइरहेका छन् । ती अन्डरग्राउन्डमा कुनैमा दोहोरी साँझ सञ्चालनमा छन् भने कुनैमा सवारीसाधन वर्कसपदेखि लिएर सुपरमार्केटसम्म ।

बढ्दो सवारीसाधन प्रयोगकर्तासँगै अहिले पोखरा महानगरमा पार्किङ मुख्य समस्याका रुपमा देखा परिरहेको छ । खुला तथा सार्वजनिक ठाउँ अभावका कारण महानगरले सडकलाई नै ठेक्का दिएर शुल्क असुलिरहेको छ ।

पार्किङलाई व्यवस्थित गर्न भवन आचारसंहिताले अन्डरग्राउन्ड पार्किङ प्रयोजनकै लागि प्रयोग गरिनुपर्ने व्यवस्था गरेको छ ।

तर, घरधनीले उक्त प्रयोजनकै लागि नक्सा पास लिए पनि पोखरा महानगरमा अधिकांश भवनले नियमविपरीत व्यापारिक प्रयोजन गरिरहेका छन् । जसले गर्दा सवारी धनीले हैरानी खेप्नु परेको त छ नै, शुल्क तिरेरै भए पनि पार्किङ गर्न पाउँदैनन् ।

अन्डरग्राउन्डसहितको भवन बनाएका घरधनीलाई व्यापारिक नभई पार्किङ प्रयोजनका लागि प्रयोग गर्ने प्रेरित गर्न महानगरले २ वर्षअगाडि नै राजश्व छुटको व्यवस्था गरेको थियो । जसमा उनीहरुले तिरिरहेको राजश्वमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । तर, फितलो अगुगमन र नीतिका कारण कार्यान्वयनमा भने आएको छैन ।

महानगरले आर्थिक वर्ष ०७६/७७ देखि अन्डरग्राउन्ड बन्ने भवनलाई एकतला एक तला बराबरको राजश्व छुटको सुविधासमेत ल्याएको थियो ।

महानगरका कर्मचारीका अनुसार अन्डरग्राउन्डसहितका नयाँ-पुराना सबै भवनले भने महानगरदेखि राजश्व छुट सुविधा लिन्छन् ।

तर, जुन प्रयोजनका लागि उनीहरुले राजश्व छुट लिएका हुन्, त्यो पालना नगरी प्रयोजनविपरीत व्यापारिक प्रयोग गरिरहेका छन् । महानगरले पटकपटक सूचना जारी गरेर प्रयोजनानुसार नै अन्डरग्राउन्ड प्रयोग गर्न सूचना पनि दिँदै आएको छ । तर, कार्यान्वयनमा भने आउन सकेको छैन ।

महानगरले एक महिना अगाडि मात्रै एक महिनाको समय दिएर अन्डरग्राउन्डको व्यापारिक संरचना हटाउन सम्बन्धित घरधनीलाई पत्राचार गरेको थियो । तर, घरधनीले अटेर गरेपनि पुनः तीन दिन अगाडि पत्राचार गरेको छ ।

पोखरा महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलका अनुसार पोखरामा करिब २५० वटा अन्डरग्राउन्डसहितका भवन छन् । तर, त्यसमध्ये करिब ६० वटा भवनले मात्रै प्रयोजनअनुरुप अन्डरग्राउन्डलाई पार्किङका रुपमा प्रयोग गर्दै आएका छन् ।

‘अन्डरग्राउन्डसहित बनेका भवनमध्ये लेकसाइड क्षेत्रमा सबैभन्दा बढी जेको लागि बनाइएको हो, त्यसकै लागि (पार्किङ) प्रयोग गरिरहेका छन्,’ पौडेलले भने, ‘त्यहाँ धेरै होटल, रेस्टुरेन्ट भएकाले स्वभाविक पनि हो ।’

तर, लेकसाइड क्षेत्रबाहेक पोखराको मुख्य बजार क्षेत्र मानिने पोखरा वडा नम्बर ४, ८, ६ र १२ का ठाउँमा भने अन्डरग्राउन्ड व्यापारिक रुपमा प्रयोग हुँदै आएको छ । ‘दुई वर्षअघिबाटै हामीले अन्डरग्राउन्डलाई पार्किङकै लागि प्रयोग गर्नेहरुलाई राजश्व छुटको पनि व्यवस्था गरेका छौैं,’ उनले भने, ‘तर, कोर एरिया न्युरोड, महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्रमा धेरैले मानेका छैनन् ।’

काठमाडौंमा बालेनको ‘एक्सन’ले पोखराका मेयरलाई प्रश्नैप्रश्न

काठमाडौं महानगर मेयर बालेन्द्र साह (बालेन)ले अन्डरग्राउन्डमा प्रयोजनविपरीत बनेका व्यावसायिक र अवैध संरचना धमाधम हटाउन थालेपछि चर्चामा छन् । तर, यही समस्या पोखरा महानगरमा पनि छ ।

मेयर बालेन्द्रले काठमाडौंमा भवनको अन्डरग्राउन्डमा प्रयोजनविपरीतका संरचना धमाधम भत्काउन थालेपछि पोखरेलीले पनि प्रश्न सोध्न थालेका छन्, ‘पोखरामा कहिले सुरु हुन्छ ?’

पोखराका वातावरणविद् अनिल सुवेदीले पोखराको अन्डरग्राउन्डसहितको भवनमा पार्किङको व्यवस्था कहिले गर्ने भन्दै पोखराका मेयरलाई प्रश्न गरेका छन् । काठमाडौंका मेयर बालेन्द्र ‘एक्सन’मा उत्रिएपछि पोखरा मेयर आचार्यमाथि पनि दबाब सिर्जना भएको छ ।

‘काठमाडौंका मेयर बालेन्द्रजीले जस्तै पोखरा महानगरभित्र बनेका अवैध भौतिक संरचना, बाटो मिचिएका स्थानहरुको व्यवस्था, अन्डरग्राउन्ड स्पेस भएका भवनमा पार्किङको व्यवस्था आदि विषयमा काननुबमोजिम हाम्रा मेयर सा’बसहितका टिम कहिले आफ्नै पोखरेली स्टाइलमा उत्रिनुहन्छ होला ?’ उनले प्रश्न गरेका छन् ।

पोखराका बद्रीनाथ घिमिरेले काठमाडौंका मेयर बालेन्द्रको काम गर्ने ‘स्प्रिट’ देखेर पोखराका मेयरलाई पनि जाग्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘बालेन्द्रको स्प्रिट देखेर पोखरका मेयरलाई लाज लाग्नुपर्ने हो,’ उनले भनेका छन् ।

नागरिक समाजका अगुवा रामबहादुर पौडेलले पोखराका मेयर पनि आँट गर्नुपर्ने बताएका छन् । ‘काठमाडौंका मेयरले झैं सडक किनारमा निर्मित अवैध संरचना भत्काउन अभियान थाल्ने हो भने पोखरालाई अवश्य व्यवस्थित बनाउन सकिन्छ,’ उनले भने, ‘पोखराका मेयरले आँटेको खण्डमा हामी साथ दिन तयार छौं ।’ यस्ता थुप्रै प्रश्न मेयर धनराज आचार्यमाथि सामाजिक सञ्जालमार्फत गरिरहेका छन् ।

‘एक महिनाअघि पत्र पठायौं, फेरि पठाउँछौं अटेरीलाई कारबाही गर्छौं’

पोखरा महानगर मेयर धनराज आचार्यले अन्डरप्राउन्डलाई पार्किङ प्रयोजनका लागि मात्रै प्रयोग गर्न र त्यहाँ खडा गरिएका व्यापारिक संरचना हटाउन एक महिनाअगाडि नै चिठी पठाएको तर, घरधनीले अटेर गरेको बताएका छन् ।

‘पोखरामा जति पनि पार्किङ प्रयोजनका लागि बनेका अन्डरग्राउन्ड भवन छन् । उहाँहरुलाई एक महिनाभित्र खाली गर्नुहोला भनेर चिठी पठायौं’ मेयर आचार्यले अनलाइनखबरसँग भने, ‘अहिले त्यहाँ वसलहरु चलेकाले उहाँहरुलाई समय दिनैपर्‍यो, सार्नुपनि पर्‍यो । त्यसलाई हामीले फेरि पत्राचार गरेका छौं । त्यो छिट्टै खाली हुन्छ ।’

आचार्यले फेरि ३५ दिने सूचना जारी गर्ने र अटेरी गरेकोे खण्डमा कारवाही गरिने चेतावनी दिएका छन् । अन्डरग्राउन्डको व्यापारिक संरचना प्रयोजनअनुरुप प्रयोग गर्न समेत उनले सुझाएका छन् ।

‘अन्डरग्राउन्ड खाली गरिसकेपछि उहाँहरुले जे प्रयोजनका लागि बनाउनु भएको हो, त्यसैका निम्ति प्रयोग गर्नुपर्छ । पेइङ पार्किङ गर्ने कि पर्सनल पार्किङ गर्ने, उहाँहरुको इच्छा हो,’ मेयर आचार्यले भने, ‘त्यहाँ पुगेर पब्लिकले गर्ने होइन । तर, त्यो पार्किङ प्रयोजनलाई प्रयोग हुनुपर्‍यो ।’



from Online Khabar https://ift.tt/kn6TZXV

Wednesday, August 24, 2022

काठमाडौं महानगरले कोटेश्वरका ट्रस्ट हटाउँदै

९ भदौ, काठमाडौं । काठमाडौको कोटेश्वर प्रहरी चौकीबाट उत्तर तर्फ जाने बाटोमा बनाइएको ट्रस्ट हटाइने भएको छ ।

आज बिहीबार बिहान ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेको छ ।

दिउँसोसम्म न हटाए महानगर आफैले हटाउने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

उनले आज दिउँसो नै ट्रस्ट भत्काउने उनले बताए । नक्सा पास बिना सडक नै ढाकेर ट्रस्ट बनाएकोले भत्काउन लागेको पाण्डेले बताए ।

यसअघि महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्ड पार्किमा सञ्चालित पसलहरु, काठमाडौं मल, आरबी कम्पलेक्स, रञ्जना गल्लीलगायत क्षेत्रका अनधीकृत संरचना हटाएको थियो ।



from Online Khabar https://ift.tt/vcX4Pdm

26 अगस्त को लॉन्च होगा Redmi Note 11 SE, दमदार फीचर्स से लैस है बजट फोन

रेडमी नोट 11SE स्मार्टफोन भारत में 26 अगस्त को लॉन्च होगा. यह फोन फ्लिपकार्ट पर 31 अगस्त से बिक्री के लिए उपलब्ध होगा. यह फोन नोट लाइनअप का छठा स्मार्टफोन होगा.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/OR6nuz8

एमालेको पोलिटव्युरो बैठक बस्दै

९ भदौ, काठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने छ ।

बैठकमा शुक्रबार (भोलि) देखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौं बैठकका एजेण्डा र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे पोलिटव्युरोलाई जानकारी गराउने छन् ।

आगामी मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको नेकपा एमालेले चरणबद्ध बैठकहरु राखेको छ । ७ भदौमा स्थायी कमिटी बैठक राखेको एमालेले आज ९ गते पोलिटब्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ । एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटीसमेत गठन गरिसकेको छ ।

पार्टी कमिटीका चरणबद्ध बैठक रहेको भन्दै एमालेले आग्रह गरेअनुसार प्रतिनिधि सभा बैठक पनि भदौ १३ गतेसम्म स्थगित गरिएको छ ।



from Online Khabar https://ift.tt/3iH2GUX

Apple iPhone 14 की लॉन्चिंग से पहले आई खुशखबरी! काफी सस्ते मिल रहे हैं ये पुराने मॉडल

उन ग्राहकों के लिए अच्छी खबर है जो नए आईफोन पर पुराने मॉडल के सस्ते होने का इंतज़ार करते हैं. अगर आप एक आईफोन खरीदने की प्लानिंग कर रहे हैं, तो ये आईफोन खरीदने का सही समय है. दरअसल Amazon पर iPhone 13, iPhone 12 को भारी छूट पर उपलब्ध कराया जा रहा है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/z9LYQZ7

अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई नेपालको आग्रह

९ भदौ, काठमाडौं । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका हुन् ।

भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री खड्काले त्यतिन्जेल भर्ती रोक्न आग्रह गरेका थिए । मन्त्रालय स्रोतका अनुसार मन्त्री खड्काले बुधबार राजदूत श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर भर्ती रोक्न भनेका थिए ।

अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भर्ती गर्न भारतीय सेनाले बिहीबार रुपन्देहीको बुटवलमा र भदौ १६ गते धरानमा प्रारम्भिक छनौट प्रक्रिया सुरु गर्ने योजना सार्वजनिक भएको थियो ।

के हो अग्निपथ योजना ?

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सन् २०२२ को जुन महिनामा अग्निपथ योजना सार्वजनिक गरेका थिए ।

यस योजना अन्तर्गत भारतीय सैनिकमा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने छ । सेनामा भर्ती भएकाहरुलाई ‘अग्निवीर’ भनिने छ ।

भर्ती भएकाहरुलाई पहिलो वर्ष ४ लाख ७६ हजार भारु दिइने छ । यो चौथो वर्षसम्म बढेर ६ लाख ९२ हजार रुपैयाँसम्म पुग्ने छ । यसको अतिरिक्त जोखिम भत्ता पनि दिइने छ ।

चार वर्षपछि २५ प्रतिशत सेनामा स्थायी जागिरे हुनेछन् भने ७५ प्रतिशतको जागिर समाप्त हुने छ । चार वर्ष सेवा अवधि पूरा गरेर घर फर्किनेहरुलाई ११ लाख ७ हजार भारु उपदान पनि दिइने छ । यसमा कर लाग्ने छैन ।

विरोध

चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुने र यसबाट भविष्य बिग्रिने भन्दै युवाहरुले भारतमा विरोध प्रदर्शन गरेका थिए । खासगरी उत्तर प्रदेश, बिहार, तेलंगना लगायत राज्यमा भएका प्रदर्शनले हिंसात्मक रुप लिएका थिए । कतिपय पूर्व सैनिक अधिकारीहरुले पनि यो योजनाले राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने भन्दै विरोध गरेका समाचार सार्वजनिक भएका थिए ।

बीबीसीका अनुसार करिब १४ लाख जवान काम गर्ने भारतीय सेना भारतको एउटा मुख्य रोजगारदाता समेत हो जसका लागि बर्सेनि दशौं लाखले आवेदन दिन्छन् । बर्सेनि झण्डै ६० हजार जना सैनिक सेवानिवृत्त हुन्छन् । ती स्थान पूर्ति गर्न भर्ती योजनाहरू सञ्चालन गरिन्छ ।

भारतीय सेनामा भर्ती गर्न नेपालमा पनि भर्ती केन्द्रहरु खुल्ने गरेका छन् । भारतीय सेनामा भर्ती भएका नेपालीहरु गोर्खा सैनिकको रुपमा चर्चित छन् । अग्निपथ योजनामा चार वर्ष सेवा गरेर नेपाली युवाहरु बेरोजगार भएमा उनीहरुलाई के गर्ने भन्नेबारे नेपाल सरकारको धारणा बनेको छैन ।



from Online Khabar https://ift.tt/7YgQF3f

पुरातात्विक महत्वको दूर्गाको मूर्ति अमेरिकाबाट नेपाल फर्काइँदै

९ भदौ, काठमाडौं । पुरातात्विक महत्वको दूर्गाको एक मूर्ति अमेरिकाबाट नेपाल फर्काइने भएको छ ।

म्यानहटन जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष समारोह आयोजना गरी दूर्गाको १३.२५ इन्चको उक्त मूर्ति न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासका अधिकारीलाई हस्तान्तरण गरिसकिएको छ । समारोहमा म्यानहटन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्रागले कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमलाई मूर्ति हस्तान्तरण गरे ।

१४ औंदेखि १८ औं शताब्दी पुरानो अनुमान गरिएको उक्त मूर्ति १९६० मा काठमाडौं उपत्यकाबाट हराएको थियो । उक्त मूर्तिलाई सन् २०२२ को मार्चमा एक निजी घरमा लिलामीमा राखेको पाइएको थियो । त्यसको मूल्य करिब १२ हजार अमेरिकी डलर तोकिएको थियो ।

महावाणिज्य दूतावास, म्यानहटन जिल्ला महान्यायाधिवक्ताको कार्यालय, अमेरिकाको होमल्याण्ड सेक्युरिटी अनुसन्धान विभाग र नेपालको पुरातत्व विभागले यसको पुनः प्राप्तीमा सहयोग गरेका थिए ।



from Online Khabar https://ift.tt/AhvkWxJ

शेखर पक्षलाई टिकटका लागि सकस

९ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनमा प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटबारे सहमति हुन सकेको छैन । कार्यदलका सदस्यहरुका अनुसार पहिले कुन दलले कति सिट लिने भन्ने टुंगो गर्नुपर्छ । त्यसपछि कुन–कुन निर्वाचन क्षेत्र भन्ने तय हुनेछ ।

नेताहरुका अनुसार जुन मापदण्डका आधारमा सिट बाँडफाँट गरेपनि गठबन्धनको ठूलो दल नेपाली कांग्रेस प्रतिनिधिसभाको १६५ सिटमा सबभन्दा बढी हिस्सेदार हुनेछ भन्नेमा विवाद छैन । कांग्रेसले जति सिट पाएपनि आफ्नो समूहका धेरैले टिकट नै नपाउने हो कि भन्ने त्रास डा. शेखर कोइराला समूहमा देखिएको छ ।

१४औं महाधिवेशमा सभापति लडेका डा. शेखर कोइरालाले ४० प्रतिशत कटाएका थिए । सुरुमा भागबण्डाको राजनीति नगर्ने बताए पनि पार्टी सभापति शेरबहादुर देउवाले समान व्यवहार नगरेको भन्दै यो समूहले केन्द्रीय सदस्य मनोनयन, भ्रातृ संगठनको पदाधिकारी मनोनयन लगायतका ४० प्रतिशत पाउनुपर्ने माग राखेको थियो ।

तर देउवाले २३ जना केन्द्रीय सदस्य मनोनित गर्दा शेखर पक्षबाट दुईजना मात्र परे भने पाँच भ्रातृ संस्थाको अध्यक्ष संस्थापन पक्षबाट मात्र बनाए । गठबन्धनलाई उच्च प्राथमिकता दिएका देउवाले आफ्नै पार्टीभित्र ‘पावर शेयरिङ’ नगर्ने संकेत देखाएको भन्दै शेखर समूहका एक नेता भन्छन्, ‘शेखर, गगन लगायतका हो भने ८÷१० चर्चित अनुहारलाई टिकट दिएर बाँकी पेल्ने सम्भावना छ ।’

सत्ता गठबन्धनमा अडान लिएर प्रतिनिधिसभाको १०० सिट कांग्रेसले लिनुपर्ने र त्यसको ४० प्रतिशत आफूहरुले पाउनुपर्ने डा. शेखर समूहका नेताहरुको माग छ ।

पदाधिकारीलाई नै चुनौती

यो समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापालाई टिकटको चिन्ता छैन । कोइरालाको क्षेत्र मोरङ–६ हो । यो क्षेत्रमा केन्द्रीय सदस्य डिला संग्रौला र रमेशजंग रायमाझी आकांक्षी छन् । दुबै संस्थापन पक्षका हुन्, तर कोइरालाको टिकट खोसेर उनीहरुलाई दिने अवस्था नभएको नेताहरु बताउँछन् ।

महामन्त्री थापालाई काठमाडौं–४ मा टक्कर दिने दोस्रो व्यक्ति नभएकाले उनको टिकट सुनिश्चित जस्तै छ । अरुको हकमा भने यति सहज छैन ।

उपसभापति धनराज गुरुङको क्षेत्र स्याङ्जा–१ हो । २०७४ को चुनावमा गुरुङको साटो पूर्वसांसद राजु थापाले टिकट पाएका थिए । जिल्ला सभापति समेत रहेका थापा अहिले शेखर समूहमै छन् । थापालाई रोकेर टिकट हात पार्न उपसभापति गुरुङलाई सहज छैन ।

सहमहामन्त्री जीवन परियारको निर्वाचन क्षेत्र कास्की–१ हो । २०७० मा समानुपातिकबाट सांसद भएका परियार २०७४ मा प्रदेशसभातर्फ १ (क) मा उम्मेदवार बनेका थिए । त्यो बेला प्रदेश र प्रतिनिधिसभामा दलिततर्फ टिकट पाउने उनी एक्ला थिए । उनी यो पटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनाव लड्न चाहेका छन् । तर टिकटका लागि उनले गठबन्धनसँगै पार्टीभित्र पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।

पूर्वसांसद यज्ञबहादुर थापा र जिल्ला सभापति ईश्वरदत्त बराल पनि आकांक्षी छन् । यद्यपि शेखर समूहमै रहेका थापा टिकटलाई लिएर सहमहामन्त्री परियार र आफ्नो बीचमा समस्या नआउने बताउँछन् ।

अर्का सहमहामन्त्री बद्री पाण्डे बाजुराका हुन् । दोस्रो संविधानसभामा समानुपातिक सांसद रहेका पाण्डे पछिल्लो पटक राष्ट्रियसभा सदस्य थिए । यो पटक उनी प्र्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।

संस्थापन पक्षका कविराज पण्डितको पनि टिकटमा दाबी छ । पूर्वजिल्ला सभापति समेत रहेका उनी २०७४ मा एमालेका लालबहादुर थापासँग पराजित भएका थिए । सुदूरपश्चिमबाट सभापति बाहेकका एक्ला पदाधिकारी भएकाले पाण्डेलाई रोक्न यो पटक कविराजलाई सहज नभएको नेताहरु बताउँछन् ।

शीर्ष तहमै डर

अर्जुननरसिंह केसी, डा. रामशरण महत र बलबहादुर केसी शेखर समूहका शीर्ष नेताहरु हुन् । उनीहरु सबै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहन्छन् ।

केसी नुवाकोट–२ मा उम्मेदवार हुँदै आएका छन् । यो पटक संस्थापन पक्षका बहादुरसिंह लामाको पनि दाबी छ । टिकटका लबिइङ गर्दै उनी महामन्त्री गगन थापाकहाँ समेत धाउन थालेका छन् । ‘देउवाको समूहमा भएकाले उनलाई सभापतिलाई विश्वासमा लिनसक्छु भन्ने छ,’ एक नेता भन्छन्, ‘अर्जुननरसिंह केसीलाई प्रत्यक्षमा दाबी नगर्न अनुरोधका लागि महामन्त्री कहाँ पुगेका हुन् ।’

अनलाइनखबरसँग कुरा गर्दै सांसद लामाले नुवाकोट–२ मा आफू उठ्ने दाबी गरे । ‘अर्जुननरसिंह दाइले अघिल्लोपटक मलाई अन्तिमपटक छोडिदेउ भन्नुभएको हो । अर्को पटक चुनाव लड्दिन भन्नुभएको थियो’ कांग्रेस नेता लामाले भने, ‘नुवाकोट–२ मा मैले धेरै काम गरेको पनि छु । उठ्ने म नै हो ।’

नुवाकोट–१ मा लामो समय डा. रामशरण महतले चुनाव लडे । २०६४ र २०७४ मा पराजित भएका उनी यो पटक पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन चाहन्छन् । तर प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौं क्षेत्र नम्बर–५ छाडेर नुवाकोट–१ मा दाबी गरेका कारण रामशरण महत दबावमा छन् ।

बलबहादुर केसीको क्षेत्र सोलुखुम्बु हो । गत निर्वाचनमा उनी माओवादी केन्द्रका हेमराज राईसँग पराजित भएका थिए । अघिल्लो निर्वाचनमा जसले जितेको छ, उसले पाउने भागबण्डा भयो भने यो क्षेत्र कांग्रेसकै भागमा पर्दैन । कांग्रेसले पाइहालेको अवस्थामा पनि केसीसँगै संस्थापन पक्षका आङ्गेलु शेर्पाको पनि दाबी छ । ‘उहाँ (बलबहादुर) अब समानुपातिक बस्नुपर्छ’ शेर्पाले अनलाइनखबरसँग भने, ‘सोलुखुम्बुमा कांग्रेसको उम्मेदवार म हुँ, उहाँलाई छोड्न सकिन्नँ ।’

डा. मिनेन्द्र रिजाल मोरङ–२ बाट निर्वाचित सांसद हुन् । उनी यो पटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्न चाहन्छन् । तर पटक–पटक समानुपातिक सांसद भएकी सुजाता कोइरालाले पनि यही क्षेत्रमा उम्मेदवार बन्न चाहेकी छन् । उनी कांग्रेसको १४औं महाधिवेशनमा प्रकाशमान सिंह समूहबाट उपसभापति लडेकी थिइन् ।

चन्द्र भण्डारीको निर्वाचन क्षेत्र गुल्मी–१ हो । उनी यो पटक पनि चुनाव लड्न चाहन्छन् । देउवा पक्षीय केन्द्रीय सदस्य चन्द्रबहादुर केसीको पनि गुल्मी–१ मै दाबी छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुको निर्वाचन क्षेत्र दार्चुला हो । गत निर्वाचनमा उम्मेदवार रहेका विक्रमसिंह धामी र जिल्ला सभापति ललितसिंह बोहरा पनि दावेदार छन् । धामी र बोहोरा दुबै संस्थापन समूहका हुन् ।

केन्द्रीय सदस्यलाई पनि छैन सजिलो

केन्द्रीय सदस्य डा. गोविन्द पोखरेललाई प्युठानमा टिकट पाउनेमा झिनो आश छ । अघिल्लो पटक वाम गठबन्धनसँग प्रतिस्पर्धा गरेका उनी यो पटक स्वाभाविक दावेदार हुन् । तर नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि प्युठानबाटै उम्मेदवार हुन चाहेका छन् ।

गठबन्धनका अन्य दलले टिकट पाए जित निकाल्न नसकिने कांग्रेस नेताहरु दाबी छ । ‘स्थानीय तहमा पहिलो शक्ति हामी हौं । अरु दलले टिकट पाए पनि यहाँ जित्दैनन्,’ लुम्बिनी प्रदेशका सहमहामन्त्री निमा गिरीले भनिन्, ‘प्युठानको विकासको लागि कांग्रेसले नै जित्नुपर्छ भन्ने मान्यता स्थानीयमा छ ।’

शेखर पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतमले २०७४ को चुनावमा बर्दिया–१ मा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई हराएका थिए । उनी यो पटक पनि बर्दिया–१ मै उठ्न चाहन्छन् । तर माओवादी केन्द्रको चुनाव चिह्न लिन सहमत भएका गौतम प्युठानमा उम्मेदवार बन्ने अवस्था नरहे बर्दिया फर्किन सक्छन्, जतिबेला सञ्जय संकटमा पर्नेछन् ।

केन्द्रीय सदस्य मधु आचार्यले काभ्रे–२ मा टिकट सुरक्षित गर्न कञ्चन वादेलाई साथ लिनुपर्ने हुन्छ । वादे कांग्रेसको बागमती प्रदेशका महामन्त्री हुन् । लामो समय आचार्य र बादे एउटै समूहमा थिए । १४औं महाधिवेशनमा प्रकाशमान सिंहले छुट्टै समूह बनाएपछि बादे पनि अलग भएका छन् ।

राजेश्वर खनाल र जीतनारायण श्रेष्ठ (दायाँ)

 

केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङ चितवन–३ बाट चुनाव लड्न चाहन्छन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र भएकाले उनीहरुले टिकट पाउने सम्भावना कमजोर छ । चितवन–२ बाट वर्तमान जिल्ला सभापति राजेश्वर खनाल र पूर्वसभापति जीतनारायण श्रेष्ठले दाबी गरेका छन् । खनाल र श्रेष्ठको गृह क्षेत्रमा देउवा निकट केन्द्रीय सदस्य उमेश श्रेष्ठको पनि दाबी छ ।

बझाङमा केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइली र अर्जुन जंगबहादुर सिंहको दाबी छ । स्नेही र सिंह यसैपटक केन्द्रीय समितिमा विजयी भएका हुन् । सिंह पूर्वराजदूत समेत हुन् । ‘म प्रदेशमा चुनावमा उठ्दिनँ । प्रकाशको पनि दाबी छ, मेरो पनि रहन्छ,’ सिंहले भने, ‘प्रकाशले टिकट पाए मैले सहयोग गर्छु ।’

धनुषा–२ बाट रामकृष्ण यादव पुनः उम्मेदवार हुन चाहन्छन् । उनी गत निर्वाचनमा यही क्षेत्रमा पराजित भएका थिए । यो पटक उनीसँगै शेखर समूहकै दिनेश प्रसैैलाको पनि दाबी छ । केन्द्रीय सदस्य मुक्ताकुमारी यादव पनि टिकटको दावेदार हुन् ।

डा. चन्द्रमोहन यादव धनुषा–४ बाट चुनाव लड्न चाहन्छन् । तर संस्थापन पक्षबाट सहमहामन्त्री निर्वाचित भएकाले महेन्द्र यादवलाई रोकेर टिकट पाउन उनलाई सहज छैन । गत निर्वाचनमा महेन्द्र यादव प्रतिनिधिसभा र चन्द्रमोहन धनुषा–४ (क) मा उम्मेदवार बनेका थिए । दुबैले पराजय भोगे ।

शेखर पक्षीय केन्द्रीय सदस्य राजीव कोइराला प्रदेशसभामा सुनसरी–२ (ख) बाट निर्वाचित भएका थिए । प्रदेश–१ मा संसदीय दलको नेता समेत बनेका कोइराला सुनसरी–२ बाट यो पटक उनी प्रतिनिधिसभाको चुनाव लड्न चाहन्छन् । ‘प्रदेशमा पनि हेरियो । संघतिर जानुपर्छ भनी साथीहरुको सुझाव छ,’ कोइरालाले भने ।

संस्थापन पक्षीय केन्द्रीय सदस्य राजिव ढुङ्गाना र गत निर्वाचनमा विजयी सिताराम मेहता पनि दाबेदार छन् । नेताहरुका अनुसार मुख्यमन्त्रीको सुनिश्चितता हुने अवस्थामा भने कोइराला प्रदेशसभामा प्रतिस्पर्धा गर्न तयार देखिएका छन् ।

सरिता प्रसाईंले झापा–२ बाट उम्मेदवार बन्ने इच्छा देखाएकी छन् । प्रदेश १ का सभापति उद्धव थापा र केशवकुमार बुढाथोकीले पनि यही क्षेत्रबाट चुनाव लड्न चाहेका छन् । दुबै कृष्ण प्रसाद सिटौला निकट हुन् । त्यसैले थापा प्रदेश सभातिर जान सहमत भएपनि टिकटका लागि प्रसाईंले बुढाथोकीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

गुरुराज घिमिरेले मोरङ–४ मा दाबी गरेका छन् । तर महेश आचार्य पनि यही क्षेत्रका हुन् । पटक–पटक टिकट प्राप्त गर्नुका साथै मन्त्री समेत बनेका आचार्य समानुपातिकमा बसेर यो क्षेत्र आफ्नो लागि छोड्नुपर्ने घिमिरे बताउँछन् ।

मोरङ सभापति डिगबहादुर लिम्बुलाई मोरङ–१ बाट उम्मेदवार बन्न कठिन नभएको जिल्ला तहका नेताहरु बताउँछन् । संस्थापन पक्षबाट उक्त क्षेत्रमा दाबी गर्ने बलियो व्यक्ति नभएकाले लिम्बु पुनः उम्मेदवार हुने सम्भावना छ ।

कास्कीका देवराज चालिसे क्षेत्र नम्बर–२ का आकांक्षी हुन् । संस्थापन पक्षबाट गुरु बरालको दाबी छ । तर गत निर्वाचनमा पराजित भएका चालिसेलाई गुरुले रोक्ने सम्भावना कम भएको जिल्ला तहका नेताहरु बताउँछन् । यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ मा जान चाहेकाले काठमाडौं–२ मा प्रतिमा गौतमको सम्भावना देखिएको छ भने तेजुलाल चौधरीलाई सप्तरी–४ मा गठबन्धनबाहेक अरु चुनौती छैन ।

विकास लामालाई सिन्धुपाल्चोक–२ मा आफ्नै समूह तथा संस्थापनको चुनौती छ । शेखर समूहबाट जिल्ला सभापतिमा प्रतिस्पर्धा गरेका वंशीलाल तामाङ र संस्थापन पक्षका नीमा लामा पनि दाबेदार हुन् । लामा प्रदेश सभा सदस्य समेत हुन् ।

शेखर समूहबाट लुम्बिनी प्रदेशको सभापति बनेका अमरसिंह पुन रोल्पाबाट प्रतिनिधि सभा उम्मेदवार हुन चाहन्छन् । तर माओवादीको बलियो पकड भएको यो क्षेत्र कांग्रेसले पाउने सम्भावना कम छ । भुपेन्द्रजंग शाही कालीकोटबाट उम्मेदवार हुन चाहन्छन्, तर उनका लागि गठबन्धन बाधक बन्न सक्छ ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी दोलखाबाट संघीय संसदका लागि उम्मेदवारको आकांक्षा देखाएका छन् । केन्द्रीय सदस्य जीप छिरिङ लामा र कुन्दनराज काफ्ले पनि छन् । दोलखामा संस्थापन पक्षका केन्द्रीय सदस्य लामा प्रत्यक्षमा प्रतिस्पर्धा नगर्ने मनस्थितिमा छन् । तर कृष्णप्रसाद सिटौला निकट काफ्लेले दाबी छाडेका छैनन् ।



from Online Khabar https://ift.tt/A6LTHxr

टी-२० अन्तर्राष्ट्रिय शृंखला : यस्तो छ नेपाल र केन्याको हेड टु हेड

९ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले  केन्यासँगको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल आज (बिहीबार)खेल्ने तालिका छ ।

नेपाल र केन्याबीच पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन लागेको हो । यस्तै टी-२० क्रिकेटमा नेपाल र केन्या झण्डै एक दशकपछि पहिलो पटक खेल्न लागेका हुन् । नेपालले अफ्रिकन राष्ट्र केन्या भ्रमण गरेको पनि यो पहिलो पटक हो । नेपालका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको लागि पनि नेपाली टिमबाट यो पहिलो शृंखला हुनेछ ।

यद्यपी भिसा समस्या कारण नेपाली टिमका ११ खेलाडी मात्र हाल केन्या पुगेका छन् । ११ खेलाडीसहित १४ जनाको टोली मंगलबार केन्या पुगेको हो । बाँकी खेलाडी नेपालको खेलअघि नै नैरोबी पुग्ने छन् ।

नेपाल र केन्या दुवै टिमको टी-२० अन्तर्राष्ट्रिय मान्यता भएपछि हुन लागेको पहिलो खेलले दुई देशबीचको सम्बन्ध अझ बलियो हुने विश्वास लिइएको छ । नेपालले केन्यामा पाँच टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेल खेल्ने तालिका छ ।

टी-२० मा हेड टु हेड

नेपाल र केन्याबीच सन् २०१३ पछि पहिलो पटक टी-२० फर्म्याटमा खेल हुन लागेको हो । एकदिवशीयमा नेपाल र केन्या पछिल्लो पटक सन् २०१८ मा खेलेका थिए । तर टी-२० मा भने लामो समयपछि यी दुई टोली भिड्न लागेका हुन् । सन् २०१३ मा युएईमा भएको टी-२० विश्वकप क्वालिफायरमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको थियो । त्यस खेल खेलेका एक मात्र खेलाडी ज्ञानेन्द्र मल्ल अहिले नेपाली टिममा छन् ।

त्यसका खेलमा खेलेका शेम एनगोचे, एलेक्स ओबान्डा, कोलिन्स अबुया, राकेप पटेल, एलिजाह ओटिएनो र नेहेमिह ओडएम्बो अहिले पनि केन्याको टिममा छन् । त्यो खेल नेपालको लागि धेरै अर्थपूर्ण पनि थियो ।

शरद भेषावकरले उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई जिताएका थिए । अन्तिम ओभरमा जितका लागि नेपाललाई १७ रन आवश्यक थियो । शरदले अन्तिम ओभरमा तीन छक्कासहित २० रन प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।

कप्तान पारस खड्का र सुबास खकुरेलले ५४-५४ रन अनि शरदको अविजित २३ रन मद्दतमा नेपालले १८३ रनको लक्ष्य दुई अगावै ४ विकेट गुमाएर पूरा गरेको थियो । त्यही खेलबाट शरदले मिस्टर फिनिसिरको उपनाम पाएका थिए । शरदको उत्कृष्ट फिनसिङले केन्याका राकेप पटेलको शतक नै छायामा परेको थियो ।

त्यसअघि सन् २०१२ मा भएको टी-२० विश्वकप क्वालिफायरमा पनि नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । एकदिवशीयतर्फ भने सन् २०१८ फेब्रुअरीमा नामिबियामा भएको विश्वक क्रिकेट लिग डिभिजन टुमा नेपाल र केन्याबीच खेल भएको थियो । उक्त खेल नेपालले ३ विकेटले जितेको थियो ।



from Online Khabar https://ift.tt/4fCleL6

Tuesday, August 23, 2022

व्हिसलब्लोअर का आरोप- twitter ने स्पैम और बॉट्स को लेकर US रेगुलेटर्स को किया गुमराह

Twitter Whistleblower Complaint: ट्विटर के पूर्व सुरक्षा प्रमुख पीटर जाटको ने व्हिसलब्लोअर के तौर पर गवाही देते हुए दावा किया है कि ट्विटर ने अपने प्लेटफॉर्म पर मौजूद ऑटोमेटेड बॉट्स की गिनती भी कम आंकी है. माना जा रहा है कि जाटको के इस दावे से एलन मस्क को काफी फायदा पहुंच सकता है, क्योंकि मस्क ने ट्विटर पर बॉट्स को लेकर गलत जानकारी देने का आरोप लगाया है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/dgsrRhA

अनिल झा माधव नेपालसँग भिड्ने, राजेन्द्र महतो के गर्लान् ?

८ भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाटै दोहोरिन चाहेका छन् ।

२०७० सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्ण यादवलाई हराउँदै सांसद निर्वाचित भएका उनी यस पटक क्षेत्र परिवर्तन गर्नेमा मनस्थितिमा छैनन् । ‘म यसै क्षेत्रबाट निर्वाचन लड्ने तयारी गर्दैछु’ नेता झाले भने, ‘यो क्षेत्र छाड्ने कुरै भएन ।’

रौतहट–१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पनि निर्वाचन क्षेत्र हो । उनी पछिल्लो पटक यो क्षेत्रबाट २०७० सालमा निर्वाचित भएका थिए । २०७४ सालमा भने उनी काठमाडौं–२ बाट निर्वाचित भएका थिए । तर ४ मंसिरमा हुने निर्वाचनमा उनी रौतहटबाट उठ्ने तयारीमा रहेको एकीकृत समाजवादीका नेताहरु बताउँछन् ।

अनिल झा रौतहट–१ बाट २०७४ सालको निर्वाचनमा २१ हजार ८५ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण यादवले १५ हजार ४८४ मत प्राप्त गरेका थिए ।

लोसपाका पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारी पनि पुरानै क्षेत्रबाट चुनाव लड्ने बताउँछन् । अनलाइनखबरसँगको कुराकानीका क्रममा नेता भण्डारीले भने, ‘म महोत्तरी–२ र अध्यक्ष (महन्थ ठाकुर) पनि पुरानै क्षेत्र महोत्तरी–३ बाट चुनाव लड्ने तयारी गरिरहेका छौं ।’

२०७४ को निर्वाचनमा भण्डारी ३० हजार ७२२ मत ल्याएर महोत्तरी २ बाट निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण यादवले १३ हजार ९७४ मत प्राप्त गरेकी थिइन् ।

यस्तै, महोत्तरी–३ बाट महन्थ ठाकुर २७ हजार ५ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता विजयकुमार चौधरीले ८ हजार ९७७ मत प्राप्त गरेका थिए ।

राजेन्द्र महतोको अन्योल ?

२०७४ को निर्वाचनमा चर्चित उम्मेदवार मध्येका एक थिए राजेन्द्र महतो । आफ्नो सर्लाहीको निर्वाचन क्षेत्र छाडेर धनुषा–३ बाट उम्मेदवारी दिएका उनले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । महतोले ३० हजार ७४२ मत पाउँदा निधिले २७ हजार ८२८ मत पाएका थिए ।

राजेन्द्र महतो

तर महतो यसपटक धनुषा–३ बाट उम्मेदवारी दिने मनस्थितिमा छैनन् । उनले कूटनीतिक भाषामा पार्टीले निर्णय नगरिसकेको बताउने गरेका छन् । ‘पार्टीले जहाँबाट उम्मेदवारी दिने भन्छ, त्यहींको उम्मेदवार बन्ने हो । अहिले त्यस्तो कुनै निर्णय गरिसकेका छैनौं’ उनले भने ।

लोसपा नेता उमाशंकर अरगरिया पनि पुरानै निर्वाचन क्षेत्र धनुषा–२ बाटै उम्मेदवारी दिने तयारीमा छन् । २०७४ सालमा तत्कालिन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अरगरिया ३२ हजार ४४ मत ल्याएर जित्दा वाम गठबन्धनका उम्मेदवार रामचन्द्र झा १८ हजार ७ सय १५ मत ल्याएर दोस्रो भएका थिए । ‘म धनुषा क्षेत्र नम्बर २ बाटै चुनाव लड्छु’ उनी भन्छन्, ‘यस क्षेत्रका जनताले पुनः जिताउनेमा आशावादी छु ।’

लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल २०७४ को निर्वाचनमा बारा क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

यस पटक कहाँबाट निर्वाचन लड्ने भन्ने निर्क्योल भइनसकेको उनी बताउँछन् । उनले पार्टीले जहाँबाट, जुन तहमा लड्न निर्देशन दिन्छ, आफू त्यसकै निम्ति तयार रहेको बताए ।

२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताहरु सबैले चुनाव जितेका थिए । त्यतिबेला राजपा अध्यक्ष मंण्डलमा रहेका नेतामध्ये राजकिशोर यादव हाल जनता समाजवादी पार्टी (जसपा)मा र महिन्द्र राय यादव नेपाल समाजवादी पार्टी (नेसपा)मा छन् ।

लोसपाले मधेश प्रदेशलाई आफ्नो आधार क्षेत्र मान्दै आएको छ । नेता अनिल झा प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि आफ्नो सिट आउन सक्ने भएपनि आधार क्षेत्र मधेश प्रदेश नै भएको बताउँछन् ।

नेता शरतसिंह भण्डारी पहिलेको निर्वाचनमा भन्दा राम्रो परिणाम ल्याउने गरी तयारी गरेको बताउँछन् । ‘हामी निर्वाचनको तयारीमा लागिपरेका छौं’, उनले भने, ‘अहिलेको अवस्थाभन्दा हामी कमजोर हुँदैनौं । यो भन्दा राम्रो परिणाम पनि आउन सक्छ ।’

गठबन्धनकै भर

२०७४ को निर्वाचनमा सम्पूर्ण शीर्षस्थ नेताले जित्नुको प्रमुख आधार थियो गठबन्धन । तत्कालिन राजपा र संघीय समाजवादी फोरमबीच चुनावी गठबन्धन बनेको थियो । यो गठबन्धनले सार्थकता पाउँदा दुबै पार्टीका शीर्ष नेताहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जित हात पारे ।

२०७४ को निर्वाचनमा गठबन्धन बनाएका यी दुई दल अहिले दुईतिर छन् । तत्कालिन संघीय समाजवादी फोरम (अहिलेको जनता समाजवादी पार्टी) सत्तारुढ गठबन्धनमा छ भने अहिलेसम्म लोसपा एक्लै छ । एक वर्षअघिसम्म यी दुई दलको एकता भएर नै जसपा बनेको थियो । पछि पूर्व राजपाका नेताहरु बाहिरिएर लोसपा बनाएका छन् । लोसपाका नेता गजेन्द्र मण्डल ४ मंसिरको निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्ने बताउँछन् ।

नेता भण्डारी पनि सत्तारुढ गठबन्धनसँगै कुराकानी भइरहेको बताउँछन् । ‘यो गठबन्धनसँग धेरै कुरामा सहमत छौं । त्यही भएर गठबन्धन हुन्छ’ उनले भने । एमालेले नागरिकता विधेयकको विरोध गरेकाले उनीहरुसँग गठबन्धन हुने सम्भावना नभएको उनी बताउँछन् ।



from Online Khabar https://ift.tt/NsMW9lo

व्हिसलब्लोअर का आरोप- twitter ने स्पैम और बॉट्स को लेकर US रेगुलेटर्स को किया गुमराह

Twitter Whistleblower Complaint: ट्विटर के पूर्व सुरक्षा प्रमुख पीटर जाटको ने व्हिसलब्लोअर के तौर पर गवाही देते हुए दावा किया है कि ट्विटर ने अपने प्लेटफॉर्म पर मौजूद ऑटोमेटेड बॉट्स की गिनती भी कम आंकी है. माना जा रहा है कि जाटको के इस दावे से एलन मस्क को काफी फायदा पहुंच सकता है, क्योंकि मस्क ने ट्विटर पर बॉट्स को लेकर गलत जानकारी देने का आरोप लगाया है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/d7KyPA1

नयाँ गन्तव्यमा नेपाली श्रमिकको चासो, ठगिने जोखिम पनि बढ्दै

८ भदौ, काठमाडौं । रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा गत बुधबार काठमाडौं महानगरपालिका–९, सिनामंगलस्थित प्रेसटिज एचआर म्यानपावर प्रालिका सञ्चालक छविलाल भट्टराई पक्राउ परे ।

रोमानियाको कुनै कम्पनीमा आकर्षक रोजगारी दिलाउने प्रलोभन देखाएर रकम कुम्ल्याएपछि फरार भएका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनले पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको छ ।

रोमानियामा आकर्षक रोजगारी दिलाउने लोभ देखाएर ठगेको आरोपमा भूमिराज पराजुलीलाई पक्राउ गर्न गत साउनमा वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो । पराजुलीले जनही २ लाख ९० हजार रुपैयाँ ठगेको भन्दै गत २० असारमा १४ जनाले विभागमा उजुरी दिएका थिए ।

विभागका अनुसन्धान अधिकृत कृष्णकुमारी भण्डारीद्वारा हस्ताक्षरित पत्रमा दमक–१० (५) बस्ने ३२ वर्षीय पराजुलीलाई पक्राउ गरि मेडिकल जाँच गराई विभागमा उपस्थित गराइदिन भनिएको छ ।

पछिल्ला दिनमा रोमानिया पठाइदिने नाममा ठगी बढ्दो छ । यसको मुख्य कारण हो, रोमानिया जाने नेपालीको बढ्दो संख्या र त्यसैलाई देखाएर सल्बलाएका मानवतस्कर समूह ।

पछिल्लो वर्ष मलेसिया, कोरिया र खाडी बाहेकका देशमा पनि धेरै नेपाली रोजगारीका लागि पुगेका छन् । रोमानिया, साइप्रस, माल्दिभ्स, पोल्यान्डजस्ता देशमा धेरै नेपाली श्रमिक पुग्दै छन् । ती देशमा श्रमिक जाने क्रम बढेपछि श्रमिकलाई पठाउने नाममा ठग्नेदेखि पुर्याएर अलपत्र पार्नेसम्मका घटना पनि बढेका छन् ।

नयाँ गन्तव्यमा नेपालीको ध्यान

गत आर्थिक वर्ष ०७८/७९ मा नेपालबाट ६ हजार ४२३ नेपाली नयाँ श्रम भिसामा रोजगारीका लागि रोमानिया पुगे । आव ०७७/७८मा यो संख्या १ हजार ९५४ मात्रै थियो ।

३ लाख ५४ हजार ६६० जना श्रमिक नयाँ भिसा लगाएर विदेशिएको बितेको वर्षमा रोमानिया जाने नेपालीको संख्या २२८ प्रतिशतले बढ्यो । गत वर्ष रोमानिया फर्किन श्रम स्वीकृति नवीकरण गर्नेको संख्या १ हजार ५७ रह्यो । यसरी नेपालीको प्रमुख श्रम गन्तव्यमा दक्षिण कोरिया र ओमानलाई उछिनेर सातौं स्थानमा आइपुग्यो, रोमानिया ।

एक म्यानपावर व्यवसायीका अनुसार रोमानिया र पोल्याण्ड जस्ता देशले विदेशी लगानी भित्र्याउन विभिन्न नीति लिएपछि त्यहाँ श्रमिकको माग बढेको हो । ती देशमा सस्तो मूल्यका श्रमिकको खोजी ज्यादा छ ।

विदेशिनेमध्ये ९०.१ प्रतिशत नेपाली मलेसियासहित खाडी देश पुगिरहेका छन्, अहिले पनि । त्यसबाहेकका देशमा जाने नेपाली पनि बढ्न थालेका छन् ।

साइप्रस जान पनि नेपालीहरुको तछाडमछाड छ । एक वर्षमा ३ हजार २२२ जना नेपाली साइप्रसमा रोजगारीका लागि पुगेका छन् । अघिल्लो वर्ष यस्तो १ हजार ३ थियो । गत वर्ष साइप्रस फर्किन ९५९ जनाले पुनः श्रम स्वीकृति लिए ।

साइप्रस अहिले नेपालीको प्रमुख गन्तव्यको सूचीको १०औं स्थानमा छ ।  साइप्रस घरेलु महिला कामदारको आकर्षणमा छ ।

दक्षिण एसियाली मुलुक माल्दिभ्समा पनि रोजगारीका लागि जाने नेपालीको संख्या बढेको छ । एक वर्षका बीचमा २ हजार ७३५ जना नेपालीले माल्दिभ्समा जागीर पाएका छन् । योसँगै माल्दिभ्स नेपालीको प्रमुख श्रम गन्तव्यको सूचीमा ११औं स्थानमा उक्लिएको छ ।

आव ०७७/७८मा माल्दिभ्स जाने नेपाली श्रमिकको संख्या १ हजार ९ थियो । माल्दिभ्स फर्किन १ हजार १२१ जनाले श्रम स्वीकृति नवीकरण गरेका थिए । माल्दिभ्समा मुख्यतः होटल क्षेत्रमा काम गर्न जाने नेपालीको संख्या बढेको छ ।

पोल्यान्ड पनि नेपाली श्रमिकको नयाँ श्रम गन्तव्य बन्ने क्रममा देखिन्छ । गत वर्ष १ हजार ५१२ जना नेपाली नयाँ श्रम भिसामा पोल्याण्ड पुगे । सोभन्दा अघिल्लो वर्ष यो संख्या ४५३ थियो ।

पोल्यान्ड गत वर्ष प्र्रमुख श्रम गन्तव्यको सूचीमा १३औं स्थानमा रह्यो । पोल्यान्डमा फर्किन ३५३ जनाले श्रम स्वीकृति नवीकरण गरेको तथ्यांक छ ।

त्यस्तै, नेपालीहरु जाने श्रम गन्तव्यको सूचीमा टर्की १६औं स्थानमा छ । एक वर्षका बीचमा ८५६ नेपाली श्रम स्वीकृति लिएर टर्की पुगेका छन् । टर्कीका लागि १५३ जनाले श्रम स्वीकृति नवीकरण गरेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समय मलेसिया र खाडीबाहेकका देशमा वैदेशिक रोजगारीमा जानेहरू बढ्दै गएका छन् । कोरोना महामारीपछि म्यानपावर कम्पनीहरुले अन्य गन्तव्यबाट डिमान्ड ल्याउन थालेका थिए ।

वर्षमा एक सय जना श्रमिक नपठाए अनुमतिपत्र खारेज हुने व्यवस्थाका कारण म्यानपावर कम्पनीहरुले नयाँ गन्तव्य खोज्ने कसरत बढाएका छन् । महामारीकै वर्ष पनि रोमानिया र साइप्रस जाने श्रमिकको संख्या बढेको थियो ।

अझ यस्ता देशमा जाने श्रमिकबाट धेरै रकम असुल्न पाइने भएपछि केही म्यानपावरले त्यताबाट माग ल्याउन जोडबल लगाएका छन् ।

एक म्यानपावर व्यवसायीका अनुसार रोमानिया र पोल्याण्ड जस्ता देशले विदेशी लगानी भित्र्याउन विभिन्न नीति लिएपछि त्यहाँ श्रमिकको माग बढेको हो । ती देशमा सस्तो मूल्यका श्रमिकको खोजी ज्यादा छ ।

रोमानिया, पोल्यान्ड, साइप्रस जस्ता देश पुग्ने नेपालीसँग म्यानपावर कम्पनीले ‘युरोपियन मुलुक भन्दै’ चर्को सेवा शुल्क असुल्ने गरेका छन् ।

नेपाल सरकारले रोमानिया ३५ हजार, पोल्यान्ड ८० हजार ४०० र साइप्रसका लागि ८० हजार रुपैयाँ सेवा शुल्क तोकेको छ । तर, यो शुल्कमा श्रमिक जान पाइरहेका छैनन्  । गतिलो आम्दानी हुने प्रलोभनमा १० लाख रुपैयाँसम्म बुझाएर नेपालीहरु त्यहाँ पुगिरहेका छन् ।

‘भिसाको ग्यारेन्टी गर्न सक्दैनौं, प्रयास गर्दा कसैको लाग्छ, कसैको लाग्दैन,’ ती म्यानपावर व्यवसायी भन्छन्, ‘कमाइ राम्रो हुन्छ, कति जोगाउन सक्छन् भन्ने श्रमिककै हातमा हुन्छ ।’

रोमानियासहितका देशबाट धेरैजसो कृषि, पशुपालन, उद्योग, होटल र निर्माण क्षेत्रका लागि श्रमिकको माग आउने गरेको छ । दक्षता नचाहिने भएकाले धेरै नेपाली ती देशमा जान लोभिएका छन् ।

महिनामा ५०० डलरभन्दा बढी कमाइ हुने र ओभरटाइभ पनि पाइने लोभ देखाएर नेपाली श्रमिकहरुलाई रोमानिया, पोल्यान्ड, टर्की जस्ता देशमा पठाइँदैछ । ती मुलुकबाट आएको माग प्रमाणीकरण गर्न भने सास्ती हुने गरेको व्यवसायीहरु बताउँछन् ।

‘रोमानियाको माग प्रमाणीकरण गर्न भारत जानुपर्ने अवस्थाले संस्थागत माग पनि व्यक्तिगत तवरमा आउँछ,’ एक म्यानपावर सञ्चालक भन्छन्, ‘यस्ता श्रम गन्तव्यमा श्रमिक नठगिने वातावरण बनाउन सरकारले काम गरेको छैन ।’

विज्ञ भन्छन्– नयाँ र सुरक्षित गन्तव्यको विकल्प दिनुपर्छ

वैदशिक रोजगार विज्ञहरु कामदारलाई नयाँ–नयाँ सुरक्षित गन्तव्यको विकल्प दिनुपर्ने बताउँछन् । यसका लागि सरकारी पहलदकमी हुनुपर्ने उनीहरुको मत छ ।

वैदेशिक रोजगार मामिलाका जानकार मधुविलाश पण्डित नयाँ देशको नाम सुन्नासाथ हामफालेर जाने नेपाली श्रमिकको प्रवृत्तिले जोखिम बढाएको बताउँछन् ।

‘झन् युरोपमा भने पछि त नेपालीहरु मरिहत्ते गरेर जति पनि पैसा तिरेर तयार हुन्छन्,’ उनी भन्छन्, ‘त्यहाँ कति कमाएर कति बचाउन सकिन्छ भन्ने ध्यान उनीहरुमा हुँदैन ।’

कतिपय म्यानपावर र एजेन्टहरुले श्रमिकलाई युरोप छिर्ने ढोका खोल्ने प्रलोभन देखाउँछन् । यसले गर्दा पनि सरकार र श्रमिक दुबै पक्ष नयाँ गन्तव्यबारे सचेत हुनपर्ने विज्ञहरुको मत छ ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ नयाँ श्रम बजारबारे सुक्ष्म अध्ययन–विश्लेषण गर्नुपर्ने बताउँछन् । मलेसिया र खाडी जाने चलनमा रमाइरहन नहुने बताउँदै उनी भन्छन्, ‘नयाँ गन्तव्य खोज्न ढिलाइ गर्न हुँदैन ।’

अहिलेसम्म जुन देशमा जे जस्तो माग आउँछ, त्यसैमा पठाउने गरिएको भन्दै उनले यस्तो अवस्था बदल्नुपर्ने बताए ।

‘कामदारलाई दक्ष बनाएर पठाउनुपर्छ । व्यावसायिक सीप दिन सकेमात्रै श्रमिकको क्षमता बढ्ने भएकाले तिनको जीवनस्तर सुधारिन्छ,’ डा. गुरुङ भन्छन्, ‘अदक्ष र अर्धदक्ष कामदार वैदेशिक रोजगारमा जाँदा रेमिट्यान्स निर्वाहमुखी भइरहेको छ । सीप सिकाएर पठाउन सके अहिलेभन्दा कैयौं गुणा रेमिट्यान्स आउँछ ।’

खाडी मुलुकमा मात्रै केन्द्रित गरेर वैदेशिक रोजगारबाट नेपाल उँभो नलाग्ने भन्दै उनी बढी कमाइ हुने देशमा कामदार पढाउन पहल गर्नुको विकल्प नभएको तर्क गर्छन् । ‘सबैजसो देशमा नेपाली नियोग छन्, तर वैदेशिक रोजगारी उनीहरूको प्राथमिकतामा परेको छैन । यसमा पहल जरुरी छ,’ डा. गुरुङ भन्छन्, ‘दूतावासले त्यहाँको श्रम बजार अध्ययन गरेर नेपाललाई फाइदा पुग्ने गरी श्रमिक पठाउने व्यवस्था गर्न आवश्यक छ ।’



from Online Khabar https://ift.tt/iazjbVu