Saturday, August 20, 2022

लगातार तीन खेल जित्दै आर्सनल शीर्ष स्थानमा

५ भदौ, काठमाडौं । कप्तान मार्टिन ओडेगार्डको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा उत्कृष्ट लय कायम राख्दै शनिबार राति बर्नमाउथलाई ३–० ले पराजित गरेको छ ।

लण्डन क्लबको यो लगातार तेस्रो जित हो । लगातार तेस्रो जितपछि ९ अंक जोड्दै आर्सनल शीर्ष स्थानमा उक्लेको छ ।

बर्नमाउथको मैदानमा भएको खेलमा कप्तान ओडेगार्डले खेलको पाँचौं र ११ औं मिनेटमा गोल गरेका थिए । दोस्रो गोलका लागि गाब्रिएल जेससले सहयोग गरे ।

वलियम सालिबाले ५४ मिनेटमा उत्कृष्ट गोल गरे । जेससले ७२ मिनेटमा गोल गरे पनि भिएआरले मान्यता दिएन ।



from Online Khabar https://ift.tt/Pa7FDZE

No comments:

Post a Comment