Saturday, August 13, 2022

धनगढीमा एक जना मृत भेटिए

२९ साउन, धनगढी । कैलालीको धनगढीमा एक जना मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित मोहनापुल–अत्तरीया ६ लेन सडक खण्डको दायाँ तर्फको लेनभन्दा बाहिर एक जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत भेटिनेमा राजपुरकै ३५ वर्षीय छिता राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनी शनिबार राति करीब ८ बजे मृत भेटिएका हुन् ।

घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेन्द्र बहादुर बम नेतृत्वको टोली खटाइएको छ ।



from Online Khabar https://ift.tt/1QIhcfD

No comments:

Post a Comment