Monday, August 22, 2022

लिभरपुलमाथि म्यानचेष्टर युनाइटेडको जित

७ भदौ काठमाडौं । प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले लिभरपुललाई २-१ ले पराजित गरेको छ । लगातार दुई हारपछि यस सिजन युनाइटेडको यो पहिलो जित हो ।

यस्तै नयाँ प्रशिक्षक एरिक टेन हागले पनि लिगमा पहिलो जितको स्वाद लिएका छन् ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि जाडोन सान्चोले १६औं र मार्कुस रासफोर्डले ५३औं मिनेटमा गोल गरे । लिभरपुलका लागि मोहमद सलाहले ८१औं मिनेटमा एक गोल फर्काए ।

पहिलो जितपटि तीन खेलबाट ३ अंक जोडेर युनाइटेड पूछारको स्थान छाड्दै १४औं स्थानमा उक्लेको छ ।

लिभरपुल भने अझै जितविहिन छ । यसअघि दुई खेल बराबरी खेलेको लिभरपुल तीन खेलबाट २ अंकसहित १६औं स्थानमा छ ।



from Online Khabar https://ift.tt/TeK6947

No comments:

Post a Comment