Saturday, August 20, 2022

सेल्टा भिगोको पोष्टमा रियलको चार गोल

५ भदौ, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा शनिबार राति सेल्टा भिगोलाई ४-१ ले हराएको छ । लगातार दुई जितपछि रियल ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

सेल्टाको मैदानमा रियलका लागि करिम बेन्जिमा, लुका मोडरिच, भिनिसियस जुनियर र फेडेरिक भलभर्डले एक एक गोल गरे ।

सेल्टाका लागि आएगो आसपासले पेनाल्टीमा एक गोल गरे । अन्य खेलमा ओसासुनाले काडिजलाई २-० रियल बेटिसले मालाेर्कालाई २-१ ले हराएको छ । दुवैको यो लगातार दोसो जित हो।



from Online Khabar https://ift.tt/ZbkXgMf

No comments:

Post a Comment