Saturday, August 13, 2022

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

२९ साउन, दाङ । दाङमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुरका  २६ वर्षीय निराजन पोखरेल रहेका छन् ।

शनिबार साथीहरूसँग घोराही उपमहानगरपालिका–२ स्थित अर्जुन खोला र मसोट खोलाको दोभानमा नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख,  एसपी सुरेश काफ्लेले बताए ।

दिउँसो नुहाउने क्रममा मान्छे डुबेको सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर  डिएसपी नवीन बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो ।

खोज तलास गर्ने क्रममा पोख्रेलको शव खोचमा अड्किएको अवस्थामा फेला परेको थियो ।मृतक निराजन आफ्ना अन्य दुई जना साथीसहित पौडी खेल्न पुगेको प्रहरीको भनाइ छ ।



from Online Khabar https://ift.tt/wV9nDsd

No comments:

Post a Comment