Monday, October 31, 2022

अमेज़न, फ्लिपकार्ट या ऐपल स्टोर? जानें कहां सबसे सस्ता मिल रहा है iPhone 13

फेस्टिव सीज़न की डील मिस हो गई है तो परेशान होने की ज़रूरत नहीं है. ऐसा इसलिए क्योंकि ग्राहक अभी भी आईफोन 13 को काफी सस्ते में घर ला सकते हैं. आइए जानते हैं अमेज़न, फ्लिपकार्ट और ऐपल स्टोर के ऑफर के बारे में जिससे आप ये तय कर सकते हैं.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/7t4Tn3D

अनमोल केसीको फिल्म ‘छड्के २’ फागुन १९ मा रिलिज हुने

काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’को प्रदर्शन मिति घोषणा भएको छ ।

निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अनमोलसहित अमेरिकी कलाकार तथा निर्देशक इयान क्लेमर्ट पनि चित्रित छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा मुख्य भूमिकामा छन् । डेब्यु गर्ल रेशा आले मगर अनमोलको अपोजिटमा हुनेछिन् ।

फिल्मलाई ६० दिनको सेड्युलमा चितवन र मुस्ताङमा छायांकन गरिएको थियो । सन् २०१३ को फिल्म ‘छड्के’कै दोस्रो श्रृंखला रहेको फिल्म रिभेन्ज ग्याङस्टर फिल्म हो । तर, अघिल्लो भागसँग कुनैपनि सम्बन्ध नरहेको निर्देशक श्रेष्ठले बताए ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेको फिल्मको कार्यकारी निर्मातामा निर्वाणा फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।



from Online Khabar https://ift.tt/Mq6VenJ

iPhone से एकसाथ कैसे डिलीट किए जा सकते हैं कई Contacts, सीक्रेट है ये तरीका

आईफोन पर कॉन्टैक्ट को एकसाथ डिलीट करना आसान नहीं है. इसलिए आज हम आपको एक ऐसे तरीके के बारे में बताने जा रहे हैं जिससे कि आईफोन में मल्टीपल कॉन्टैक्ट को एकसाथ डिलीट किया जा सकता है....

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/iK2yrfQ

एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ ।

आज दिउँसो साढे एक बजे होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने नेकपा एमालेका कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । उनका अनुसार त्यहीँ लाइभ डिबेटको कार्यक्रम पनि हुनेछ ।

नेकपा एमालेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार समृद्धिको मार्गचित्र सहितको घोषणापत्र सार्वजनिक हुनेछ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।



from Online Khabar https://ift.tt/Gu2UTHo

नारायणी नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते 

१५ कात्तिक, कावासोती । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।

वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।

उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता-४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको हो ।

डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ ।

घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

राससबाट



from Online Khabar https://ift.tt/oSsLl03

अब दलहरुले चुनावी घोषणापत्र लेख्न बन्द गर्नुपर्छ : विष्णु सापकोटा (भिडियो)

मंसिर ४ को चुनावमा दलहरु आफैंले आफैंविरुद्ध लड्न गइरहेको चुनाव हो । विगत पाँच वर्षमा उनीहरुले जेसुकै बाचा गरेका भए पनि प्रकारान्तरले जनतालाई धोका दिएका छन् । भविष्यप्रति अलिकति पनि आशा नजगाई उनीहरु चुनावमा जाँदैछन् । यो दुर्भाग्य हो ।

एक किसिमले भन्ने हो भने उनीहरु केवल शक्तिमा पुग्न मात्रै यो चुनावमा सामेल भइरहेका छन् । कुनै सपना छैन । विश्वसनियता गुमाएर उनीहरु चुनावमा जाँदैछन् । तै पनि नागरिकलाई यिनैमध्ये कसैलाई छनोट गर्नुपर्ने बाध्यता छ ।

सबैभन्दा दुःखद पक्ष, वैकल्पिक राजनीतिको आशा टरेको छ । जसले विकल्प हौं भन्दै यसअघि भोट मागेका थिए, वैकल्पिक राजनीतिका वैधतालाई तिनैले सिध्याइदिए । अझ आफूलाई वैकल्पिक भन्नेहरुमध्ये केही त प्रष्टै प्रतिगामी छन् ।

यस अर्थमा आगामी चुनाव कुनै उत्सुकता बेगरको चुनाव बन्नेवाला छ । आवधिक चुनावको मूख्य काम भनेको नेतृत्व फेर्ने हो । यो चुनावले त त्यो काम पनि गर्दै छैन । हामीले विगत पाँच वर्षमा प्रतिपक्षी विनाको लोकतन्त्र भोगेर आयौं । अब पनि त्यही रीत चल्ने छ ।

त्यसैले अब दलहरुले घोषणापत्र लेख्न बन्द गर्नुपर्छ । अहिले घोषणापत्र, संकल्पपत्र, प्रतिबद्धतापत्रका नाममा जे लेखाइँदैछ, यसको कुनै काम छैन भनेर दलका नेताहरु स्वयमले विगतमा प्रमाणित गरिसकेका छन् ।

उनीहरु बेकारमा नो नट् अगेनमाथि खनिएका छन् । वास्तवमा यो पुराना शक्तिहरुविरुद्ध सानो विरोध र विकल्पको खोजी हो । यसले उठाएको चुरो कुरो लाई ध्यान दिए पुग्छ ।

उनीहरुले जोकोही आए पनि अहिलेको भन्दा केही न केही राम्रो नै आउला भनेर अपेक्षा राखेका छन् । लोकतन्त्रमा यस्तो भन्न पाइन्छ । मानिसले उनीहरुलाई विभिन्न शक्ति र समूहसँग जोडेर हेरे पनि उनीहरुको मर्मलाई ध्यान दिनु आवश्यक छ । प्रतिबद्ध लगाउने किसिमका वक्तव्य गैरजिम्मेवार छन् ।

विष्णु सापकोटाका बाँकी विचारहरु अनलाइनखबरको वैचारिक भिडियो स्तम्भ ओके २० मिनेट्स्‌मा ।



from Online Khabar https://ift.tt/VDz7uwH

Sunday, October 30, 2022

Netflix का ‘Profile Transfer’ फीचर भारत में शुरू, आपको क्या होगा फायदा और कैसे करें एक्टिवेट?

Netflix का प्रोफाइल ट्रांसफर फीचर भारत में उपलब्ध करा दिया गया है. कंपनी ने यह भी पुष्टि की है कि उसके भुगतान करने वाले ग्राहकों को अपग्रेड के संबंध में ईमेल मिलना शुरू हो गए हैं.अगर आप भारत में रह रहे हैं और आप अपनी नेटफ्लिक्स प्रोफाइल को एक अलग अकाउंट में ट्रांसफर करना चाहते हैं, तो आइए आपको बताते हैं कि आपको किन स्टेप को फॉलो करना होगा...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/Dz7StpZ

जल्द आ रहा है Oppo A-सीरीज़ का अब तक का सबसे पावरफुल स्मार्टफोन! खास फीचर्स हुए लीक

लीक हुई जानकारी से मालूम हुआ है कु फोन में अब तक की A सीरीज़ का सबसे हाई कैमरा काउंट मिलेगा और फास्ट वायर्ड चार्जिंग सॉल्यूशन दिया जाएगा. डिजिटल चैट स्टेशन ने वीबो पर और भी डिटेल शेयर की है, जिससे पता चला है कि चीन में इस फोन को Oppo A98 के नाम से पेश किया जा सकता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/EYfNowg

नटिङहमलाई ५ गोल गर्दै आर्सनल शीर्ष स्थानमा

१४ कात्तिक, काठमाडौं । प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनलले नटिङहम फरेस्टलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

यस जितपछि आर्सनल अंकतालिकामा पनि शीर्ष स्थानमा उक्लेको छ ।

आर्सनलले १२ खेलबाट ३१ अंक जोडेको छ । समान खेलबाट २९ अंक रहेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । नटिङहम भने ९ अंकसहित अन्तिम स्थानमा छ ।

घरेलु मैदान एमिरेट्समा भएको खेलमा आर्सनललाई जित दिलाउन रेइस नेल्सनले दुई गोल गरे । उनले एक गोलका लागि असिस्ट समेत गरे ।

यस्तै गाब्रीएल मार्टिनेली, थोमस पार्टे र कप्तान मार्टिन ओडेगार्डले एक/एक गोल गरे । गाब्रीएल जेससले दुई गोलका लागि असिस्ट गरेका थिए ।

लिगकै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टहमलाई १-० ले पराजित गरेको छ । घरेलु मैदान ओद्य्ड ट्राफोर्डमा युनाइटेडलाई ३ अंक दिलाउन मार्कुस रासफोर्डले एक मात्र गोल गरे ।

जितपछि १२ खेलबाट २३ अंक जोडेको युनाइटेड पाँचौ स्थानमा उक्लेको छ ।



from Online Khabar https://ift.tt/IdatjBG

दाङमा एजेण्डाविनै घरदैलोमा उम्मेदवार

१३ कात्तिक, दाङ । ४ मंसिरको चुनाव नजिकिएसँगै उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । गाउँ छिरेका उम्मेदवारसँग जनजीविका र दैनिकीसँग जोडिएका ठोस एजेण्डा छैनन् । बरु विपक्षी दललाई आरोप प्रत्यारोप गर्दै मतादाता आकर्षित गर्ने कसरतमा छन् ।

दाङ- २ मा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रेखा शर्मा दिनहुँ घरदैलोमा गइरहेकी छन् । शर्माले एमालेलाई प्रतिगमनकारी र संविधान विरोधी भएकाले चुनावमा हराउनु पर्ने कुरा मतदाताका माझ बताउने गरेकी छन् ।

शर्माले आफूहरु जनता र कार्यकर्ताहरुलाई गठबन्धनको मर्म र उद्देश्यबारे बुझाउँदै हिँडेको बताइन् । ‘यो निर्वाचन प्रतिगमनविरुद्धको लडाईं हो, लोकतन्त्र पक्षधर र विरोधीबीचको लडाई हो’ उनले भनिन्, ‘यही कुराहरु हामी जनतालाई बुझाइरहेका छौं ।’

दाङ-२ का एमाले उम्मेदवार महासचिव शंकर पोखरेल कात्तिक २ मा कामठाडौंबाट फर्केदेखि नेता, कार्यकर्ता र मतादतामाझमै छन् । महासचिव पोखरेल पनि गठबन्धनलाई परमादेशको सरकार र सत्ता स्वार्थको झुण्ड भनिरहेका छन् ।

निर्वाचन आउँन २१ दिनमात्र बाँकी हुदा पनि यहाँका मतदाताले दलको घोषणापत्र देख्न पाएका छैनन् । त्यसैले उनीहरु एकअर्काविरुद्ध आरोप प्रत्यारोपमा छन् ।

दाङ-३ मा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वली त केही महिना अघिदेखि नै घरदैलो र कार्यकर्ता भेटघाटमा छिन् । उनी मतदाताको दैलोदेखि, खेतबारी र मलामीसम्म पुगेकी छन् ।

उनकै प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले पनि चुनावको मुखमा दौडधुप बढाएका छन् । उनले पनि आफ्नो चुनावी घोषण पत्र अहिलेसम्म सार्वजनिक गरेका छैनन् । तर उनी मतदासँग भेटघाटमा दिनहुँ व्यस्त छन् ।

दाङबाट प्रतिनिधिसभाका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

मेटमणि चौधरी ।

दाङ-१ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र नेकपा एमालेकी शान्ता चौधरी, दाङ- २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा र एमालेबाट शंकर पोखरेल, दाङ- ३ मा कांग्रेसका दीपक गिरी र एमालेकी कोमल वली चुनावी प्रतिस्पर्धामा छन् । तर यी तीनै क्षेत्रका उम्मेदवारहरुको अहिलेसम्म चुनाव केन्द्रित थुप्रै कार्यक्रम भएपनि चुनावी घोषणा पत्र भने सार्वजनिक गरेका छैनन् । उनीहरु जिल्लामा आफ्नो मार्गचित्र र एजेण्डा दिन भन्दा विपक्षी उम्मेदवारलाई गाली गरेर भोट आकषिर्त गर्ने योजनामा छन् ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्रध्यापक टीकाराम उदासीले चुनावमा उम्मेदवारहरुले जनताका माझ आफ्नो मुद्दा लिएर जान नसकेको बताउँछन् ।

‘निर्वाचनमा जनताका आवश्यकता, जनजीविका र विकास निर्माणका एजेण्डाबारे छलफल र बहस हुनुपर्थ्यो’ उनले भने, ‘तर अहिले त्यसो देखिंदैन । उम्मेदवार जनताका आवश्यकता विषय भन्दा पनि आ-आफ्नै राजनीतिक स्वार्थले चुनावमा गएको देखिन्छ ।’

उम्मेदवार एजेण्डाविहीन रहेको पनि उदासीले बताए ।

नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्त चुनावको मुखमा सामाजिक सञ्जाल आरोप प्रत्यारोपले रंगिएको बताउँछन् । सामाजिक सञ्जाललाई आफ्ना नाराहरु जनता माझ पुर्‍याउने प्रभावकारी प्रविधिका रुपमा प्रयोग गर्नुको साटो गाली गलौच गर्ने माध्यमका रुपमा दुरुपयोग गरेको उनले बताए ।

यसले जनताहरु झन् आक्रोशित बनाएको उनी बताउँछन् । ‘उम्मेदवार जनताको आवश्यकतालाई बुझ्नै नचाहेको जस्तो देखिन्छ’ उनले भने, ‘बरु जनताको आक्रोशलाई मत्थर गर्ने नाममा विभिन्न चुनाव केन्द्रीय गतिविधि गरहेका छन् ।’ उनले नेताहरु सुध्रने प्रतिबद्धता गरेर जनता माझ जानुको विकल्प नभएको बताए ।



from Online Khabar https://ift.tt/o5hnkTO

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन गरिंदै, मधेश प्रदेशमा बिदा 

१४ काठमाडौं, धनुषा । आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक समापन गरिंदैछन् ।

छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका हुन् । छठमा सूर्यदेवको उपासना गरिन्छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधामका गङ्गासागर, धनुष सागरलगायत नदी/खोला किनार र पोखरीमा बर्तालुहरूले सूर्यलाई अर्घ्य दिएका थिए ।

निर्जल र निराहार व्रत बसेका बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अर्घ्य दिँदै गर्दा बर्तालुहरूले सूर्यलाई आफ्नो मनोकाङ्क्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् । यस दिनलाईं ‘सौँझकारक’ पनि भनिन्छ ।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका उनीहरूले आज बिहानै उदाउँदो सूर्यलाई अरंघ्य दिएका छन् । यससँगै छठको औपचारिक समापन हुँदैछ ।

मधेश प्रदेशमा आज सार्वजनिक बिदा 

 मधेश प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन सार्वजनिक बिदा दिएको छ ।

सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिएका हुन् ।



from Online Khabar https://ift.tt/rJBAUnt

Saturday, October 29, 2022

Google Pixel 7a के फीचर्स और कीमत लीक, पहली बार मिलेगी सिरेमिक बॉडी और टेलीफोटो कैमरा लेंस!

गूगल Pixel 7a की डिटेल लीक हो गई है. ये एक मिड-रेंज स्मार्टफोन होगा, जिसे 2023 तक लॉन्च किया जाएगा. लीक हुई जानकारी से मालूम हुआ है कि Pixel 7a, Pixel लाइनअप में सिरेमिक बॉडी वाला पहला Google फोन हो सकता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/xsYqfm5

कैलालीमा आगलागीबाट ६ पसल जले

१३ कात्तिक, धनगढी । कैलालीको चौमाला बजारमा शनिबार साँझ भएको आगलागीबाट ६ वटा पसल जलेको प्रहरीले जनाएको छ ।

गौरीगंगा नगरपालिका-१ मा रहेको चौमाला बजारस्थित हिमाल मोबाइल ग्यालरीमा अचानक विद्युतको लाइन सर्ट भएर भएको आगलागीमा ६ पसल जलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले आगलागीबाट दुई वटा किराना पसल, दुई वटा मोबाइल पसल, एउटा हार्डवेयर पसल र एउटा होटल जल्दा एक करोडभन्दा बढीको क्षति भएको जानकारी दिए ।

डीएसपी जोशीकाअनुसार स्थानीय बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा भाडा, लत्ता कपडा होटलका समान जलेर एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा दुई वटा फ्रिजलगायतका सामान जल्दा करिब १५ लाख, पारस सापकोटाको मोबाइल ग्यालरीका इलेक्ट्रोनिक समानलगायत जलेर १० लाखको क्षति भएको छ ।

हिमाल पुन मगरको मोबायल ग्यालरीको इलेक्ट्रोनिक समानलगायत जल्दा १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र सोही ठाउँका टंकप्रसाद आचार्यको सुज सेन्टरको जुत्ता, चप्पल लगायतका समान जलेर ३० लाख बराबरको क्षति भएको डीएसपी जोशीले जानकारी दिए ।

शनिबार साँझ लागेको आगो नम्बर ४३ रिजर्भ गण बनबेहडाको टोली, गोदावरी र घोडाघोडी नगरपालिकाको दमकलको सहयोगमा अबेर राति मात्र आगो नियन्त्रणमा आएको थियो ।



from Online Khabar https://ift.tt/ZaNiQ6X

8 हज़ार रुपये से भी सस्ता हुआ 5000mAh बैटरी वाला ये ‘BestSeller’ फोन, Flipkart पर ऑफर

अगर आप भी कोई नया बजट स्मार्टफोन खरीदने की प्लानिंग कर रहे हैं तो आपके लिए अच्छी खबर है. ऐसा इसलिए क्योंकि फ्लिपकार्ट पर पोको C31 को काफी सस्ते में उपलब्ध कराया जा रहा है. आइए जानते हैं क्या है बेस्ट डील...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/6Xe1z0c

भ्यालेन्सियालाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा, लेवान्डोस्कीको निर्णायक गोल

१३ कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा शनिबार राति बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ । यस जितले बार्सिलोना शीर्ष स्थानमा उक्लेको छ ।

बार्सिलोनाको १२ खेलबाट रियल मड्रिडसमान ३१ अंक छ । तर गोलअन्तरमा बार्सिलोना अघि छ । रियलले एक खेल कम खेलेको छ ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले इन्जुरी टाइममा निर्णायक गोल गरेका थिए ।

भ्यालेन्सियाको मैदानमा भएको खेलमा लेवान्डोस्कीले इन्जुर टाइमको तेस्रो मिनेटमा रफिन्हाको पासमा गोल गरे ।

भ्यालेन्सियाका सामुएल लिनोले ५०औं मिनेटमा गोल गरेपछि भिएआरले मान्यता नदिँदा अग्रता लिने अवसर गुमाएको थियो ।



from Online Khabar https://ift.tt/tX4rnzG

सूर्यदेवको आराधना गरी मनाइँदै छठ

१३ कात्तिक, काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । अर्थाभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

 व्रतविधि    

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना¬) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठपूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताए ।

‘षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ’, उनले भने ।

कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छालारोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।

विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा विगतका केही वर्ष यो बिदा काटिएकामा गत वर्षदेखि फेरि सरकारले बिदा दिन सुरु गरेको छ ।

छठपर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।

छठका बर्तालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् ।



from Online Khabar https://ift.tt/NnSCA0j

Friday, October 28, 2022

न्यान्सी पेलोसीका पतिमाथि आक्रमण, अवस्था गम्भीर

१२ कात्तिक, काठमाडौं । अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीका श्रीमान् पाउल पेलोसीमाथि आक्रमण भएको छ । पेलोसीको सन फ्रान्सिस्कोस्थित घरमा घुसेर आक्रमणकारीले हथौडाले ‘आक्रमण’ गरेको बीबीसीले खबर लेखेको छ ।

आक्रमणपछि उनलाई अस्पतालमा भर्ना गरेर शल्यक्रिया गरिएको छ । आक्रमणमा परी ८२ वर्षीय पाउल पेलोसीको टाउकोको हड्डी भाँचिएको छ । साथै, उनको दाहिने पाखुरा र हातमा गम्भीर चोट लागेको छ । पल पेलोसीका प्रवक्ता ड्र्यू ह्यामिलका अनुसार आक्रमण शुक्रबार बिहान भएको हो ।

४२ वर्षीय आक्रमणकारीले जबरजस्ती पेलोसीको घरमा पसेपछि न्यान्सी पेलोसीलाई भेट्न माग गरेको बताइएको छ । हत्या प्रयासको आरोपमा ती व्यक्ति पक्राउ परेका छन् । उनी घरको पछाडिको ढोकाबाट पसेका थिए । आक्रमणको कारण भने खुल्न सकेको छैन ।

सन फ्रान्सिस्को प्रहरी प्रमुख विलियम स्कटले पाउलमाथि ४२ वर्षीय डेभिड डिपेपले आक्रमण गरेको बताए । घर पसेपछि उनले न्यान्सी कहाँ छ भन्दै चिच्याएका थिए । प्रहरी घटनास्थलमा पुग्दा हतौडा समातिरहेका पावल भाग्न खोजिरहेका थिए । प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिन टाउकोमा प्रहार गरेको थियो ।

आक्रमण हुँदा पल पेलोसीकी पत्नी न्यान्सी पेलोसी राजधानी वासिङ्टन डिसीमा थिइन् । घटनाको जानकारी पाएलगत्तै उनी त्यहाँबाट अस्पताल पुगेकी छिन् ।

प्रवक्ता ह्यामिलका अनुसार पल पेलोसीको आक्रमणपछि जुकरबर्ग सान फ्रान्सिस्को जनरल अस्पतालमा शल्यक्रिया गरिएको छ र चिकित्सकहरूले पूर्ण निको हुने आशा व्यक्त गरेका छन् ।



from Online Khabar https://ift.tt/8OtVDdP

WhatsApp पर Group में जुड़े लोगों के लिए आ रहा है नया फीचर, मैसेज के साथ दिखेगी Photo

वॉट्सऐप पर ग्रुप चैट के लिए नया फीचर आ रहा है. इस अपडेट में यूज़र्स को ग्रुप चैट में मैसेज भेजने वाले पार्टिसिपेंट के मैसेज बबल के साथ उसकी प्रोफाइल फोटो भी दिखाई देगी. फीचर अभी डेवलपमेंट स्टेज पर है, और इसे कुछ लकी बीटा टेस्टर्स के लिए ही पेश किया गया है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/FbRZsCB

8GB RAM के साथ आता है Redmi का ये 5G फोन, मिलेगा FHD+ AMOLED डिस्प्ले और कई खासियत

Redmi Note 12 5G को लॉन्च कर दिया गया है. इस फोन की सबसे खास बात इसकी बैटरी, 120Hz का डिस्प्ले और इसका दमदार प्रोसेसर है. फोन को मिडनाइट डार्क, मिरर पोर्सिलेन व्हाइट और ट्रिम ब्लू कलर ऑप्शन में पेश किया गया है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/QRj5NOB

नवंबर में लॉन्च होगी Realme 10 सीरीज, दमदार लुक के साथ मिलेंगे जबर्दस्त फीचर्स

स्मार्टफोन ब्रांड Realme ने पुष्टि कर दी है कि वह Realme 10 सीरीज नवंबर 2022 में लॉन्च करेगी. Realme 10 Pro एक कर्वड डिस्प्ले के साथ आएगा, जिसमें 2.3 मिमी मोटी चिन होगी.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/dwGoJWU

OnePlus के 150W फास्ट चार्जिंग वाले दमदार 5G फोन पर बंपर छूट, 5,000 रुपये कम हुई कीमत!

फेस्टिव सीज़न के बाद वनप्लस अभी भी अपने फोन पर ऑफर्स की भरमार दे रहा है. दरअसल वनप्लस.इन से मिली जानकारी के मुताबिक वनप्लस 10T 5G को काफी अच्छी डील पर घर लाया जा सकता है. ग्राहक इस फोन पर 5,000 रुपये का इंस्टेंट डिस्काउंट पा सकते हैं…

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/B4p7RUZ

बुवाको अनुहारमा खुसी हरायो, मेरो भोट खसाल्ने जाँगर

म गाउँको सामान्य परिवारमा जन्मेको मान्छे। झन्डै १०/११ वर्षको थिएँ होला, देशमा कुनै एउटा आवधिक निर्वाचन चलिरहेको थियो। गाउँलाई चुनावी माहोलले निकै तताइरहेको थियो। तर मलाई चुनाव के हो भन्ने थाहा थिएन। सबैको घर-घरमा विभिन्न पार्टीका झन्डाहरू फरफराउँथे। घर, पर्खाल, धारा, सार्वजनिक स्थल आदिका भित्तामा विभिन्न पार्टीका पम्प्लेटहरू टाँसिएका हुन्थे। सार्वजनिक स्थलहरूमा चर्को-चर्को स्वरमा राजनीतिक गफहरू हुन्थे तर म केही पनि बुझ्दिनथें।

गाउँमा विभिन्न र्‍याली, प्रदर्शन तथा सभाहरू हुन्थे। गीत गाउने बजाउनेका साथै चर्को-चर्को आवाजमा भाषणबाजी हुन्थ्यो। त्यो देख्दा मलाई एकदमै रमाइलो लाग्थ्यो। हामी साना केटाकेटी जुन पार्टीको र्‍याली आए पनि उनीहरूको पछि-पछि लाग्थ्यौं।

हामीलाई पढाउने सरहरू पनि काँधमा झन्डा बोकेर फलानो पार्टी जिन्दावाद! जिन्दावाद ! भन्दै माइकिङ गर्नुहुन्थ्यो। हामी साथीहरू मिलेर पनि जिन्दावाद! जिन्दावाद ! भन्थ्यौं।

त्यति मात्र होइन, कहिलेकाहीं त साथी-साथी मिलेर स्कुल जाने तथा फर्कने बेलामा बाटोमा र खेल्ने मैदानमा पनि हामीलाई थाहा भए जति पार्टीहरूको नाम उच्चारण गर्दै चर्को-चर्को स्वरमा सबैलाई जिन्दावाद ! जिन्दावाद! भन्थ्यौं।

हाम्रो घरमा पनि चुनाव लागिसकेको थियो। मेरो बुवाले पनि घरको धुरीमा सानो झन्डा टाँग्नु भएको थियो। एकदिन गाउँकै एक राजनीतिक पार्टीको सभामा एकजना दाइले मलाई घरमा भएको भन्दा अलिक ठूलो झन्डा दिनुभयो। हेर्दा राम्रो लाग्यो। घरमा आएर धुरीको अर्को कुनामा लगेर टाँगें। बेलुका बुवाले त्यो झण्डा कहाँबाट ल्यायौ, निकाल, हाम्रो पार्टीको होइन भन्नुभयो।

मैले सोधें, ‘हामी कुन पार्टीको हो त बुवा ?’

बुवाले सबै कुरा मलाई बुझाउने गरी सम्झाउनुभयो। अनि बल्ल थाहा भयो कि सबैजनाको एउटै पार्टी हुने रहेनछ। त्यसपछि त मैले नि नबुझी-नबुझी आफ्नो पार्टीको गुणगान गाउन थालें। किनकि गाउँको माहोल नै त्यस्तै थियो।

यसरी केही दिनपछि निर्वाचनको समय आयो। हामी केटाकेटीलाई घरमै छोडेर घरका सबै सदस्यहरू भोट हाल्न झन्डै एक घन्टा उकालो हिंडेर बिहान सबेरै गाविस भवनमा जानुभयो। वल्लो गाउँ, पल्लो गाउँका पनि सबैजसो मानिस भोट हाल्न सबेरै गएका थिए। घरमा रहेका गाई, भैंसी, बाख्रा जस्ता पशु–चौपायाहरूलाई अघिल्लो दिनबाट नै खानेकुराहरूको प्रबन्ध सबै जनाले गरेका थिए। गाउँमा केटाकेटी र हिंड्न नसक्ने वृद्ध-वृद्धाहरू मात्र थिए।

मलाई त्यही समयमा लागेको थियो- मैले पनि भोट हाल्न पाए। तर अहिले थाहा भयो म त बालिग भएको रहेनछु।

हुनत हाम्रो संविधान पनि उस्तै छ। देशमा लोकतान्त्रिक पद्धतिको अभ्यास भइरहेको छ। सबै जनताले आफ्नो व्यक्तिगत स्वतन्त्रता प्रयोग गर्दै सक्षम प्रतिनिधि छनोट गर्ने अधिकार पनि रहेको छ। तर नागरिकले वैधानिक रूपमा एउटा पनि उम्मेदवार योग्य छैनन् भनी बहिष्कार गर्न पाउने स्वतन्त्रता सम्बन्धी अधिकार छैन

हाम्रो घरमा ब्याट्रीबाट चल्ने एउटा रेडियो थियो। त्यतिबेलासम्म गाउँमा बिजुली पुगिसकेको थिएन। बुवाले निर्वाचन परिणाम थाहा पाउन सबै काम छाडेर रेडियो नेपाल सुनेर बस्नुभयो। वरिपरिका राजनीतिक दर्शन मिल्ने छिमेकीहरू पनि हाम्रो घरमा जम्मा हुन्थे। निर्वाचनको भोलिपल्टबाट मतगणना सुरु भयो।

केही दिनपछि निर्वाचनको परिणाम आयो। संयोगवश बुवाले नै भोट हालेको पार्टीको उम्मेदवारले जित्यो। मलाई अझै पनि अचम्म लाग्छ कि आफूले भोट हालेको पार्टीको उम्मेदवारले जित्दा मेरो बुवा यति धेरै खुसी हुनुभयो कि खुसीको कुनै सीमा नै रहेन। तर अहिले यिनै खराब नेताहरूले गर्दा लाखौं बुबाहरूको मुहार दु:खी छ।

मैले माध्यमिक शिक्षा हासिल गर्ने क्रममा कक्षा–१० को सामाजिक शिक्षा पुस्तकमा बालिग मताधिकारबारे अध्ययन गरें। मलाई झनै एकपटक भोट हाल्न पाए हुने भन्ने कौतूहलता जागेर आएको थियो।

वि.सं. २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा मैले पहिलोपटक मतदान गर्ने अवसर पाएको थिएँ। त्यतिबेला मलाई पहिलो पटक मतदान प्रक्रियामा सहभागी हुन पाउँदा छुट्टै आनन्दको महसुस भएको थियो।

मलाई योग्य तथा अयोग्य उम्मेदवार र कुन राम्रो राजनीतिक दल केही पनि थाहा थिएन। म राम्रो उम्मेदवार छनोट गर्नु भन्दा पनि मतदान गर्न पाउनुमा नै खुसी थिएँ। मैले हाम्रो घरको सदस्यहरूले जुन-जुन चिन्हमा भोट हाल्नुभयो, त्यही अनुसरण गर्दै तिनै चिन्हहरूमा मतदान गरें।

त्यस्तै दोस्रोपटक स्थानीय निकाय निर्वाचन-२०७४ को निर्वाचन प्रक्रियामा भाग लिएँ। घर-घरमा चुनावी घोषणापत्र बोकेर आउने उम्मेदवारहरूको विचार सुन्दा अब हाम्रा दु:खका दिन साँच्चिकै सकिएछ कि जस्तो लाग्थ्यो। विभिन्न दलका उम्मेदवारहरूमध्ये आफूलाई योग्य लागेका उम्मेदवारहरूलाई मतदान गरें। यसरी अब गाउँ-गाउँमा सिंहदरबार आउने भयो भनेर विभिन्न जनप्रतिनिधिहरूलाई स्थानीय सरकारमा पुर्‍याइयो।

फेरि, तेस्रो पटक सङ्घीय संसद तथा प्रदेश सभा निर्वाचन-२०७४ को निर्वाचन प्रक्रियामा भाग लिएँ। उक्त चुनावमा पनि विभिन्न आशाहरूका साथ विभिन्न प्रतिनिधिहरूलाई सरकारमा पठाइयो।

त्यस्तै हालसालै सम्पन्न स्थानीय तह निर्वाचन-२०७९ को निर्वाचन प्रक्रियामा समेत सहभागी भएर जनप्रतिनिधि छनोट गरियो।

तर यो पालि कुनै पनि उम्मेदवारलाई भोट हाल्दा यो मनमा खुसी भने पटक्कै छाएन। यसपटक निर्वाचन प्रक्रियामा भाग लिएको चौथो पटक हो।

अब फेरि, प्रतिनिधिसभा निर्वाचन २०७९ मङ्सिर ४ गते हुँदैछ। निर्वाचनमा उठेका उम्मेदवारहरूको राजनीतिक पृष्ठभूमि र विगतको व्यवहारलाई नियाल्दा मलाई किन-किन यसपालि पटक्कै भोट हाल्न मन लागेको छैन।

मुलुकको संविधानले सबै नागरिकहरूलाई भोट हाल्ने अधिकार दिएको छ। तर भोट नदिने वा नकारात्मक मत सम्बन्धी कुनै पनि अधिकारको व्यवस्था गरेको छैन।

पहिले त चुनाव आउँदा पाँच वर्षको एक चोटि आउने हो, मतदान गर्नुपर्छ भन्ने लाग्थ्यो। आफ्नो संवैधानिक हकको प्रयोग गर्दै असल लोकतान्त्रिक प्रणालीको अभ्यास गर्नुपर्छ जस्तो लाग्थ्यो। मनमा एक किसिमको खुसी छाउँथ्यो। कुशल, क्षमतावान र देशप्रेमी प्रतिनिधि छनोट गर्नुपर्छ जस्तो लाग्थ्यो।

अहिले मलाई लाग्छ- लोकतान्त्रिक अभ्यासको यति लामो इतिहास पुग्यो, हामीले धेरै जनप्रतिनिधि छनोट गर्‍यौं। त्यसको बदलामा हामीले के पायौं ? हामीले केको लागि हो प्रतिनिधि छनोट गरेको ? किन भोट माग्न आउने उम्मेदवारहरू र हामी सर्वसाधारण नागरिकहरूको आर्थिक हैसियत समान छैन ? फेरि उनीहरूको भन्दा हामीले धेरै मिहिनेत गरेका छौं।

मुलुक आम बेरोजगारी समस्याले ग्रसित छ। आज लाखौं युवाको श्रम कौडीको मूल्यमा अरबका खाडीहरूमा शोषण भएको छ। देशका राम्रा प्रतिभाहरू युरोप र अष्ट्रेलियामा पलायन भएका छन्। देशमा रहेका बेरोजगार युवाहरूलाई पार्टीको अन्धभक्त बनाएर प्रयोग गरिएको छ। यहाँ जागिर पाउन पार्टीको झन्डा बोकेर हिंड्नुपर्छ। दिनहुँ व्यापार घाटाले मुलुकको अर्थतन्त्र नै संकटग्रस्त देखिन्छ। देशमा चरम महङ्गी छ। सर्वसाधारण नागरिकहरूको दैनिक जीवनयापन चलाउन धौ–धौ देखिन्छ। आम नागरिकहरू बीचमा चरम आर्थिक असमानता छ।

देशमा भ्रष्टाचारले बलियो जरा गाडेको छ। आम बहुसंख्यक जनताको अवस्था दयनीय छ। आर्थिक वृद्धि र आर्थिक विकासको गति कछुवाको गतिमा हिंडेको छ। सामाजिक न्याय र कानुनी राज्यको सिद्धान्त मरिसकेको छ। यहाँ संविधानले प्रत्याभूत गरेका नागरिकहरूको अधिकार समेत खोसिएको छ।

कहिलेकाहीं सोच्ने गर्छु, यतिका धेरै उम्मेदवारहरू छनोट गरेर आखिर हामीले के पायौं ? हाम्रा बुवाहरूले पनि धेरै प्रतिनिधि छनोट गर्नुभयो। मैले पनि झन्डै चारवटा निर्वाचनमा भाग लिएर केही प्रतिनिधिहरू छनोट गरें। अहिलेसम्म आउँदा विभिन्न राजनीतिक व्यवस्थाहरू फेरिए। तर घरपरिवार, समाज र देशको आर्थिक अवस्था कुनै पनि परिवर्तन आउन सकेन। उनै पुराना राजनीतिक पार्टीका उम्मेदवारहरूलाई आखिर फेरि पनि विश्वास गर्ने आधारहरू के छन् ?

अहिले त मुलुकमा चुनाव आउँदैछ भन्दा पनि उराठ जागेर आउँछ। उफ् ! फेरि पनि भोट हाल्न जानुपर्ने होला !

हुनत हाम्रो संविधान पनि उस्तै छ। देशमा लोकतान्त्रिक पद्धतिको अभ्यास भइरहेको छ। सबै जनताले आफ्नो व्यक्तिगत स्वतन्त्रता प्रयोग गर्दै सक्षम प्रतिनिधि छनोट गर्ने अधिकार पनि रहेको छ। तर नागरिकले वैधानिक रूपमा एउटा पनि उम्मेदवार योग्य छैनन् भनी बहिष्कार गर्न पाउने स्वतन्त्रता सम्बन्धी अधिकार छैन।

मुलुकको संविधानले असल लोकतान्त्रिक प्रणालीको अभ्यास गर्ने गरी ‘राइट टु रिजेक्ट’ को व्यवस्था गर्न सकेको छैन। निर्वाचन प्रक्रियामा संलग्न कुनै पनि उम्मेदवारलाई म भोट दिन्न (नकारात्मक मत) भन्ने मतदाताको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ। कम्तीमा कुनै पार्टीबाट जित्ने उम्मेदवारले सकारात्मक कुल मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था गर्नुपर्छ।

यसबाट ‘राइट टु रिकल’ अर्थात् मतदान गर्ने जनताले जनप्रतिनिधिको व्यवहारमा अविश्वास लागेमा कुनै पनि समयमा पुरानै अवस्थामा फिर्ता बोलाउन सक्ने व्यवस्था गरेमा नेपाली जनताले सार्वभौम सम्पन्न राज्यको महसुस गर्ने थिए। साथै यस्तो व्यवस्था कायम भएमा राज्यका हरेक निर्वाचनहरूमा हामी जस्ता सर्वसाधारण नागरिकहरूलाई खुसी प्रदान गर्दै आफूले चाहेको कुशल, क्षमतावान र देश प्रेमी उम्मेदवार छनोट गरी असल लोकतान्त्रिक पद्धतिको अभ्यास भएको महसुस हुनेथियो। त्यस्तै कुनै पनि राजनीतिक दल र उम्मेदवारप्रति यो हदसम्म वितृष्णा सिर्जना हुने थिएन।

अत: मुलुकलाई लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा स्थापना गराई स्वतन्त्रता, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशातर्फ डोर्‍याउन राइट टु रिजेक्ट र राइट टु रिकलको संवैधानिक व्यवस्था गराउन जुनसुकै राजनीतिक दलका सदस्यहरू कटिबद्ध हुन आवश्यक छ। जहाँ आधुनिक लोकतान्त्रिक प्रणालीको अभ्यासमार्फत जनताले आफ्नो मनले रोजेको कुशल, क्षमतावान र देशप्रेमी जनप्रतिनिधि छनोट गर्न सकून्। साथै नेपाली जनताले सार्वभौमसत्ता सम्पन्न राज्यको महसुस गरुन्।

(व्यवस्थापनमा स्नातकोत्तर लेखक पोखराको सिद्ध बराह उमाविमा अध्यापन गर्छन्।)



from Online Khabar https://ift.tt/cUxTq8J

सुनसरीमा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

११ कात्तिक, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइले जानकारी दिए ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाईते भएका थिए ।

गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/e6ru3WN

Thursday, October 27, 2022

अगले महीने लॉन्च होगा Moto X40 स्मार्टफोन, कम कीमत में मिलेगा पावरफुल प्रोसेसर

मोटोरोला अगले महीने Moto X40 स्मार्टफोन लॉन्च कर सकती है. यह फोन स्नैपड्रैगन 8 जेन 2 प्रोसेसर से लैस हो सकता है. कंपनी Moto X40 में पीछे की तरफ 60-मेगापिक्सल का प्राइमरी कैमरा ऑफर कर सकती है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/NF6YzZQ

साताको मौसम : हिमपातदेखि वर्षाको सम्भावना   

११ कात्तिक, काठमाडौं । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । विभागका अनुसार अधिकांश भू–भागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ ।



from Online Khabar https://ift.tt/jcitr3Z

Galaxy M13 स्मार्टफोन पर भारी छूट, 10,499 में आपका हो सकता डिवाइस, जानिए कैसे?

6000mAh बैटरी वाले सैमसंग के Galaxy M13 फोन पर इस समय बंपर छूट मिल रही. ग्राहक इसे 10,499 रुपये में अमेजन से खरीद सकते हैं. अमेजन Galaxy M13 पर 30 प्रतिशत की भारी छूट दे रही है. वहीं, अन्य ऑफर का इस्तेमाल करके ग्राहक गैलेक्सी M13 की कीमत को और भी कम कर सकते हैं.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/AHj83i7

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार   

११ कात्तिक, जोमसोम (मुस्ताङ) । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू-परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ ।

धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो ।

पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ । यहाँ सबैभन्दा बढी सार्क र तेस्रो मुलुकबाट पर्यटक आउने गर्दछन् । पछिल्लो समय आन्तरिक पर्यटकले मुस्ताङमा भीड लाग्ने गरेको छ ।

खासगरी मुस्ताङ मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको जोमसोमस्थित होटल मुस्ताङ ताजका सञ्चालक योगेश शेरचनले बताए ।

सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमान्थाङलगायतका दृश्यले पनि धेरैलाई लोभ्याउने गर्छ । पर्यटकको उल्लेख्य उपस्थितिले स्थानीय अर्थतन्त्रमा फाइदा पुगेको छ । मुस्ताङ नेपालका लागि मात्र नभएर विश्वकै लागि चर्चित बन्न पुगेको छ । विदेशी पर्यटक विशेषतः भिरैभिर पहाडैपहाडको बीचमा साइक्लिङ गर्न रुचाउँछन् ।

पोखरा–बागलुङ राजमार्गलाई मालढुङ्गामा छाडेर बेनी, तातोपानी, रुप्से हुँदै जोमसोम पुगिन्छ । कालीगण्डकी तर्दै पहाड चढ्दै बगर झर्दै जाँदा बाटोमा देखिने हरिया डाँडाका त्यसमाथिबाट बग्ने झरनाको प्रकृतिको मनमोहक सुन्दरताले सहजै मन भुलाउँछ ।

मुस्ताङ सदरमुकाम जोमसोम हो । यसको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछ । अन्नपूर्ण हिमशृङ्खलाको उत्तरमा पर्ने भएकले यहाँ एकदमै कम पानी पर्दछ । यसको करिब–करिब बीच भाग भएर कालीगण्डकी नदी बग्दछ । प्रायः बस्ती यही नदीको किनारमा अवस्थित छन् ।

हरेक वैशाख र साउनमा जिल्लामा चौँरीको आलो रगत खाने पर्व पनि लाग्छ, नजिकका जिल्लाका बासिन्दाको यहाँ भीड लाग्छ । पोखरादेखि २० मिनेटको हवाई यात्रामा मुस्ताङ सदरमुकाम जोमसोम पुगिन्छ । त्यहाँबाट यातायातका साधनमार्फत करिब एक घण्टामा मुक्तिनाथ पुग्न सकिन्छ । पोखराबाट बसबाटै मुक्तिनाथ जाने हो भने १० घण्टाको यात्रा तय गर्नुपर्छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण मुस्ताङमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माणले गति लिन थालेपछि मुस्ताङको मुहार थप उज्यालिँदै गएको होटल मुस्ताङ मोनालिसाका सञ्चालक विजय हिराचनले जानकारी दिए ।

धवलागिरि, नीलगिरिलगायतका हिमालको काखैमा रहेको मुस्ताङमा सडक कालोपत्र गरिएपछि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । पक्की सडकले यात्रुलाई सुविधा हुनुका साथै मुस्ताङको सौन्दर्यलाई समेत थप टेवा पुर्‍याएको स्थानीयले बताएका छन् ।

जोमसोमबाट कागबेनीसम्मको सडकको रौनक फेरिएको छ । नयाँ–नयाँ डिजाइनका घर बन्ने क्रम बढेको छ भने नदी तथा खोलामा पुल बनिरहेका स्थानीय छेप्तेन गुरुङले बताए ।

कागबेनीमा होटल चलाउँदै आएका गुरुङका अनुसार मुस्ताङमा याक गुम्बा, निलगिरि, धौलागिरिलगायत हिमाल, ताल, कागबेनी, मुक्तिनाथ मन्दिर, गुम्बा, उपल्लो मुस्ताङमा रहेका धुले पहाड, नेपाल र चीनबीचको सिमाना, स्याउबारीलगायत हेर्न पर्यटक आउने गरेका छन् ।

पछिल्लो समय होटल तथा लजको सङ्ख्या वृद्धि हुने क्रम बढेको छ । स्थानीय तहहरूले आ–आफ्नो पालिकामा विकास गर्ने प्रतिस्पर्धाका कारण मुस्ताङको मुहार फेरिँदै गएको छ ।



from Online Khabar https://ift.tt/FmlN7Vt

एलन मस्क बने ट्वीटरको मालिक, सीईओ अग्रवालसहित कर्मचारी बाहिरिए

११ कात्तिक, काठमाडौं । एलन मस्कले स्वामित्व लिएसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारीको बहिर्गमन भएको छ ।

बिहीबारमात्रै मस्क ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । त्यसलगत्तै ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्थाले जनाएका छन् ।

सीईओलगायतका कर्मचारी आफैंले राजीनामा दिएर बाहिरिएका हुन् वा मस्कले ‘फायर’ गरेका हुन् भन्ने खुलेको छैन । केही समय अगाडिमात्रै मस्क र अग्रवालले एकअर्कालाई आलोचना गरेका थिए ।

यसअघि मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने सम्झौता गरेका थिए । तर, त्यसपछि सम्झौताबाट पछि हटेका थिए । उनी पछि हटेपछि ट्वीटर अदालत पुगेको थियो ।

मस्कलाई अदालतले अक्टोबर २८ (शुक्रबार)सम्म सम्झौता कार्यान्वयन गर्न सीमा तोकिदिएको थियो । अदालतले तोकेको सीमा अगावै उनले सुरुको मूल्य अनुसार नै ट्वीटरको स्वामित्व लिएका हुन् ।

बिहीबार मात्रै हेडक्वाटर पुगेका मस्कले आफ्नो एकाउन्टमा पनि ‘चिफ ट्वीट’ लेखेका छन् ।



from Online Khabar https://ift.tt/QbmAnKW

हेटौंडाका पत्रकार कौशल पाण्डेकाे निधन

११ कात्तिक, हेटौंडा । हेटौंडाका वरिस्ठ पत्रकार कौशल पाण्डेकाे ७५ वर्षकाे उमेरमा बिहीबार साँझ निधन भएकाे छ । हेटौंडा- ४ कमलडाँडास्थित निवासमा उनकाे निधन भएको हो ।

उनकाे लिभर सिरोसिसको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यकाे अनुसार केही समयदेखि उनकाे स्वास्थ्य अवस्था जटिल थियाे । उनकाे पार्थिव शरीर आज शुक्रबार अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गाैतमले जानकारी दिए ।

पाण्डे २०५८ सालमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्ष भएका थिए । क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय सल्लाहकार पाण्डे साहित्यकारको रुपमा पनि परिचित छन्।

हेटौंडाबाट प्रकाशन हुने प्रयास अर्धसाप्ताहिककाे प्रकाशक सम्पादक रहेका उनी प्रेस काउन्सिल पुरस्कारबाट पुरस्कृत र सम्मानित भएका थिए ।



from Online Khabar https://ift.tt/5WoGlTZ

Wednesday, October 26, 2022

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक   

१० कात्तिकऽ भरतपुर । नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण अलपत्र परेको हो ।

सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ । सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले बताए । उनले भने, ‘नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ । एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ ।’

जेभीले नेपाल सरकारबाट विसं २०७९ चैत २५ गतेसम्मको म्याद पाएको छ । धेरै समय लागिसकेकाले अब चैत कुर्न नपर्ने ठाकुरको भनाइ छ । उनका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ । करिब ३.१ किलोमिटर रहेको सडक निर्माणका लागि सम्झौता विसं २०७५ वैशाख २६ गते भएको थियो ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग यसको सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो । दश मिटर चौडाइको यस बाटो निमार्णका लागि सडकको दुवैतर्फ छदेखि सात फिट गहिरो ढल खनिएको छ ।

सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माणकार्य प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एक योजना हो । जसका लागि रु ६८ करोड २३ लाख १५ हजार आठ सय २४ मा सम्झौता भएको थियो ।

सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक र कचपचेचोकसम्मको बाटोको ठेक्का रकम भने ७१ करोड ३८ लाख ३५ हजार पाँच सय ७४ रहेको सहरी विकास कार्यालयका इञ्जीनियर पुजन न्यौपानेले बताउनुभयो । कार्यालयले अब रु २१ करोड भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।



from Online Khabar https://ift.tt/8Qg6Kdb

Amazon सेल: Samsung से लेकर Realme तक, ये है मोबाइल फोन पर मिलने वाली बेस्ट Deals

अगर आपसे दिवाली सेल ऑफर छूट गए हैं, तो आप 26 अक्टूबर तक Amazon Smartphone Upgrade Days डेज़ सेल में मिलने वाली मोबाइल डील का फायदा पा सकते हैं. सेल में Xiaomi, Realme, Tecno और Samsung जैसे ब्रांड के फोन को 40% की छूट पर उपलब्ध कराया जा रहा है....

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/L2DzBIl

तारकेश्वरमा जुवाखालबाट ८ जना पक्राउ

१० कात्तिक, काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वरमा ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका पैयौटारस्थित भीमबाबु केसीको घरमा बुधबार राति साढे ११ बजे जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १६ थान कौडा र नगद दुई लाख ४६ हजार ६८० रुपैयाँ बरामद गरिएको छ ।

प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  ।



from Online Khabar https://ift.tt/IvLN8GQ

सम्झनामा देउसी भैलो

पाँच दिनसम्म मनाइने तिहारको हरेक दिनको आफ्नै महत्व छ । काग, कुकुर, गाई, लक्ष्मी, गोरु र अन्त्यमा दाजुभाई दिदीबहिनीको पूजा गरेर तिहार मनाइन्छ । नेपालीले मनाउने हरेक चाडपर्वको आ-आफ्नै महत्व र विशेषता छन् । चाडपर्वमा टाढा रहेका आफन्त-परिवारका सदस्यसँग भेटघाट हुन्छ र न्यास्रो मेटाउने माध्यम बनिदिन्छ ।

मेरो लागि पनि यिनै पर्वले परिवारसँगको भेटघाट जुराइदिने गरेको छ । काम, जिम्मेवारीको व्यस्तताले अलग भएका परिवारसँग समय बिताउने माध्यम बनको छ ।

यसपालिको तिहारमा पनि नवलपरासीमा छु । कर्मथलो सपनाको नगरी काठमाडौंले चाडपर्वमा भने रोक्न सक्दैन । स्वर्गजस्तै घर, खाना, आफन्तको माया र यसले दिने आत्मीयता अन्त कतै नभेटिने रहेछ ।

तिहार नजिकिँदै गर्दा मलाई देउसी भैलोसँग गाँसिएका अनेकौं स्मृति ताजा भएर आउँछ । बाल्यकाल र किशोर अवस्थामा देउसी भैलोसँग जोडिएर मज्जाले रमाइलो गरिन्थ्यो । तर अहिले पहिलाको जस्तो रमाइलो नै कहा हुन्छ र ! आजकल त साइत हेरेर टिका लगायो, खाना खायो, एकछिन घरभित्र रमाइलो गर्यो, अनि तिहारलाई बिदा गर्यो । यत्ति औपचारिकतामा तिहार सक्किइहाल्छ आजकल ।

मेरो मात्रै अनुभूति हो कि सबैको, मलाई थाहा छैन, तर आजकल मलाई तिहार अलि बढी औपचारिक बनेर बिदा हुन्छ कि जस्तो लाग्छ । उमेर र पारिवारिक जिम्मेवारी थपिएर मलाई यस्तो लागेको हो कि, यो साझा अनुभव हो ? मेरो बाल्यकालमा तिहारको रौनक नै अर्कै हुन्थ्यो । सहरबाट गाउँ आउने मानिसको लस्कर हुनेगथ्र्यो । भरिभराउ र रमाइलो गाउँ । हरेक घरमा के पाकेको छ, कसरी रमाइलो गरिरहेका छन्, सबै थाहा हुन्थ्यो । अहिले त चार कोठाको सीमामा तिहार खुम्चिने गरेको छ । देउसी भैलोमा पनि पहिलाको जस्तो मौलिकता र मिठास बाँकी रहेन ।

मेरो बाल्यकाल कास्कीमा बित्यो भने किशोर अवस्था नवलपरासीमा । रंग रमाइलो स्कुल पढ्ने उमेरमै धेरै हुनेरहेछ । पोखरामा मैले प्राथमिक तहसम्म अध्ययन गरेँ । हाम्रो परिवार नेवार समुदायको बीचमा बस्थ्यो । बाबाको दिदीबहिनी नभएकाले तिहारमा नवलपरासी जाँदैनथ्यौं ।

अघिपछि भिडभाड हुने सहर चाडपर्व आएसँगै एकाएक सुनसान हुने गर्छ । घरबेटीहरु घरभित्रै पर्व मनाउने, भोज खाने गर्थे । देउसी भैलाको टोली आउँदा मात्र म बाहिर निस्केर हेर्थेँ । मान्छेहरु रंगिबिरंगी पोसाकमा सजिएर, क्यासेट र बाजागाजा बोकेर आउँथे । भैलो भट्याउने, नाच्ने र दक्षिणा थापेर आशिष दिएर र्फकन्थे । घरबेटीको छोराछोरी, मेरो दाइ र म पनि भैलो खेल्थ्यौं । दुई तीन घण्टा खेलेको भैलोको पैसा बाँडेर लिन्थ्यौं ।

त्यतिबेला माओवादीको जनयुद्ध चलिरहकाले हामीलाई धेरै बेर बाहिर रहने अनुमति थिएन । हामी नजिक नजिक भैलो खेलेर फर्किहाल्थ्यौं । पाँच छ जना मिल्यो । अलिअलि भट्यायो । एकछिन खेल्यो, घर फर्कियो ।

व्यवस्थाले हामीलाई पैसा कमाउने मेसिन बनाएको छ । भावना गौण पक्ष बनेको छ । अब त्यति रमाइलो चाड स्मृतिमा मात्र सीमित भएको छ । विगत सम्झेर रोमाञ्चित हुँदै अहिले रुख्खासुख्खारुपमा चाड मनाउनुको विकल्पै बाँकी रहेन

२०५९ मा हामी नवलपरासी सर्यौं । बाबाले आफ्नै थलोमा व्यवसाय गर्ने भनेर पोखरा छाड्नुभयो ।

अब म नयाँ परिवेशमा पुगेँ । गाउँको परिवेश फरक थियो । सम्बन्ध अनौपचारिक । टाढा टाढा घर भए पनि म नजिक । आपसी सहयोग र समन्वय । अर्मपर्व । परिवेश नै नयाँ, जीवनशैली पनि नयाँ । मानिसहरु एकअर्कासँग खुलेर बोल्ने, सबैको घरमा गाईभैसी, बाख्रा, घरमा ठूलो परालको टौवा ।

सार्वजनिक धारामा पानी थाप्नको लागि मिलेर पालो कुथ्र्यौं । च्याउ, जिब्रे साग खोज्न होस् या घास दाउरा गर्न मानिस समूह बनाएर जंगल जान्थ्यौं । यी सबै अभ्यास मेरा लागि नौलो थिए । सुरुमा केही समय गाह्रो भयो तर विस्तारै विस्तारै म नयाँ परिवेश र जीवनशैलीसँग अभ्यस्त हुँदै गएँ । पराई लागेका मान्छे आफ्ना बने । मैले धेरै साथी बनाउने मौका पनि पाएँ ।

हाम्रो गाउँको नाम दुर्गाटोल । हामीले त्यहाँ लालीगुराँस युवा क्लब गठन गर्यौं । ७० जना सदस्य रहेको क्लबले हरेक वर्ष तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गर्थ्यो ।

गाउँको मेरो पहिलो तिहार थियो । यति ठूलो समूहमा देउसी भैलो खेलेको पनि पहिलो अनुभव । क्लबले दशैं सकिए लगत्तै तिहारको लागि नाच सिकाउने गथ्र्यो । मेरो ठूलो बुबाकी छोरी सदीक्षा दिदी नाच्न धेरै सिपालु । उहाँले नै हामी सबैलाई सिकाउनुभयो । क्लबका प्रत्येक सदस्यलाई फरक फरक जिम्मेवारी दिइन्थ्यो । समूहमा नाच्ने, एक्लै नाच्नेको गीत फरक फरक हुन्थ्यो । अन्य सदस्यहरु गीत भर्ने, साउण्ड सिस्टम चलाउने प्रविधिको जिम्मा कसैलाई, नाइकेले देउसी भट्याउने । दक्षिणा, चामल, फलफूल आदिको व्यवस्थापनको जिम्मा अन्य केहीलाई ।

रातिसम्म चल्ने देउसी भैलो कार्यक्रमको सुरक्षा जिम्मा नवराज, कृष्ण, दीपक दाइ, समिक्षा, रिता, अनु दिदीले लिनुहुन्थ्यो । मेरो उमेर समूहकाले भट्याउने, टोली नेताको लयमा लय मिलाउने, फरक फरक गीतमा सामूहिक नाचगान गर्ने । गाउँका सबै केटाकेटी एकैठाउँमा जम्मा हुने, सबै उमेर समूहका मानिस भेला हुँदा त्यहाँ माया ममता, अभिभावत्व सबै हुन्थ्यो । सहरमा त्यस्तो कहाँ पाउनु ?
हामी यही रकम सदुपयोग गर्दै बाबा बर्दगोरिया धाममा वनभोज खान जान्थ्यौं । बाँकी रकम गाउँकै विकासमा खर्च हुन्थ्यो । केही क्लबको खातामा रहन्थ्यो ।

मैले सहरमा भन्दा गाउँमा स्वतन्त्रता बढी पाएँ । गाउँ गएको पाँच वर्षसम्म मैले लगातार देउसी भैलो खेलेँ । तिहार मेरो लागि उत्सव बन्थ्यो । त्यतिधेरै नाच्न नआउने भएकोले म पछिपछि बसेर साथ दिन्थेँ । देउसी भैलोको तयारी १५ दिन अघिबाटै हुनेगथ्र्यो । कसरी नाच्ने, कसरी गाउने, कसले के गर्ने ? कुन लुगा लगाउने ? यस्तै तयारीमा धेरै दिन बित्थे । राम्रो प्रस्तुतिका लागि हामी निकै मेहनत गर्थ्यौं ।

समय सधैं एकनाश रहेन । क्लबका सिनियर दाइहरु रोजगारीका लागि बिस्तारै गाउँ छाड्न थाले । कोही अध्ययनका लागि बाहिरिए । रोजगारीका लागि उहाँहरु संसारका धेरै देशहरुमा फिंजारिनु भएको छ । सदस्य घटेसँगै क्लबको कामकाज सुस्त हुनथाल्यो । नतिजा अहिले त क्लब नै बन्द छ ।

युवाविहीन जस्तै बनेको गाउँमा पहिलेको जस्तो रौनक बाँकी छैन । चाडपर्व सकिनासाथ आफ्नै काममा र्फकने हतारो छ सबैलाई । रमाइलो जमघट गर्ने, साँस्कृतिक कार्यक्रम सबै लोभ भएका छन् । अहिले चाड चार कोठा भित्र सीमित भएको छ ।

देउसी भैलो, गोठालो जाने, कबड्डी र चुंगी खेल, वनभोज जस्ता कामहरु अहिले एकादेशको कथा बनिसकेको छ । अब त देउसी भैलोको रमाइलो काँचको पर्दामा बन्द भएको छ । हाम्रो मौलिक संस्कृति लोपोन्मुख बनेको छ । हाम्रा जीवनशैली अन्त कतैबाट प्रभावित छ ।

व्यवस्थाले हामीलाई पैसा कमाउने मेसिन बनाएको छ । भावना गौण पक्ष बनेको छ । अब त्यति रमाइलो चाड स्मृतिमा मात्र सीमित भएको छ । विगत सम्झेर रोमाञ्चित हुँदै अहिले रुख्खासुख्खारुपमा चाड मनाउनुको विकल्पै बाँकी रहेन ।

जहाँ छौं, जस्तो छौं, रमाऔं । तिहारको सबैलाई शुभकामना !



from Online Khabar https://ift.tt/HPUMInu

आज भाइटीका, उत्तम साइत ११ : ३७ बजे

१० कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ : ३७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।



from Online Khabar https://ift.tt/uF2zkT7

Tuesday, October 25, 2022

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी   

९ कात्तिक, भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो ।

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, ‘गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो ।’

कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उनले बताए । तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने पाख्रिनको विश्वास छ । जसबाट रु छ लाखभन्दा माथि आम्दानी हुने उहाँले बताउनुभयो । पाख्रिनले १८ वर्षदेखि व्यवसायीकरुपमा सयपत्री फूलको उत्पादन गर्दै आएका छन् ।

चितवनमा यो पेसा गरेका पाख्रिनले पाँच वर्ष भयो । धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थिए । यसका लागि उनले शिक्षण पेसासमेत छोडे । बीस वर्ष अगाडि उहाँले काठमाडौँको लगनखेल स्थित बालविद्या गृहमा इतिहास र भूगोल विषय पढाउँथे । मानविकी सङ्कायमा स्नातक गरेका पाख्रिनले कक्षा १० सम्मका विद्यार्थीलाई अध्यापन गराउँथे । तर, उनलाई शिक्षण पेसाले आत्मसन्तुष्टि भने दिन सकेन ।

उनी भन्छन्, ‘फूलसँग रमाउने मेरो रुची हो । सानैदेखि फूल प्रति मेरो मोह नै छ । मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ । जब मैले शिक्षण पेसा गरे यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छोडेँ ।’

यसपछि पनि पाख्रिनले फूल खेतीमा व्यावसायिक रुपमा लाग्ने सोचेका थिएन । उनले छ वर्ष क्रिष्टल इन्स्टिच्युट कमलपोखरी काठमाडौंमा फोटो सम्बन्धी पढे । यसले पनि उनको तिर्खा मेट्न सकेन । अन्ततः दुईवटा काम छोडेपछि पाख्रिनले आफूलाई चाहेको गन्तव्य पहिल्याए । पुष्प किसान बन्ने निधो गरे  । त्यसयता उनी फूलसँग नाता गासेर रमाउँदै छन् । यो व्यवसाय गर्नका लागि उहाँलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ । उनीहरुका दुई छोरी र दुई छोरा छन् ।

फूलको माग पुर्‍याउन धौधौ    

पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बनेका छन् । ‘फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । १० हजार माला मात्र बेचे मुनाफा रु दुई लाख हुन्छ । चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्‍याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन’, उनले भने ।

बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ । फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हास्यास्पद कुराबाहेक केही नभएको उनको भनाइ छ ।

रोजगारीको राम्रो अवसर    

६२ वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसकेका छन् । जो अहिले व्यावसायिकरुपमा फूलखेती गरिरहेका छन् । पाख्रिनसँगै सात जनाले स्थायी रोजगारी पाएका छन् । मौसमी रोजगारी धेरैले पाउने गरेको कामदार बताउँछन् । जसले खाली समय उपयोगसँगै आर्थिकरुपमा सबल बनाउन सहयोग पुगेको भीममाया रानामगर बताउँछन् ।

‘विगत तीन वर्षदेखि फूल गोडमेल, फूल टिप्ने, माला उन्ने, औषधि राख्नेलगायतको काम गर्दै आएका छौँ । घर खर्च, छोराछोरीको टिफिन खर्च आफैँले पुर्‍याउन सक्दा खुसी लाग्छ’, उनले भने । भीममायासँगै सन्तमाया थापामगर, विसरा थापामगर, फूलमाया रानामगर, सीता सुवेदी, सुमित्रा भण्डारीलगायत पाख्रिनको फूलबारीमा काम गर्दै आएका छन् । उनीहरुलाई घरपरिवारको रोकटोक छैन ।

स्थानीय सीता सुवेदी भने उद्योग व्यवसाय धेरै भए मौसमी बेरोजगार बन्नुनपर्ने बताउनुहुन्छ । तीन महिनादेखि पाख्रिनको फूलबारीमा काम गर्दै आएकी सुवेदीले अन्यबेला खाली बस्नुपर्ने गुनासो गरिन् । ‘आफ्नै लगानी गरेर केही गरुँ भने रकम छैन । केही व्यवसाय छन् तर बाह्रै महिना काम दिन सक्दैनन् । काम नपाएको समयमा खाली बस्नु पर्छ’, उनले भनिन् ।

फ्लोरी कल्चर एशोसिएशन चितवनका अनुसार जिल्लामा अहिले ३५ देखि ४० बिघामा सयपत्री फूलको खेती गरिएको छ । यसले जिल्लाको ८० प्रतिशत माग पूरा गर्ने फ्लोरी कल्चर एशोसिएशनका कोषाध्यक्ष सुलभ श्रेष्ठले जानकारी दिए ।

मखमली फूल भने कमै लगाइएको छ । जिल्लामा १२ जना व्यावसायिकरुपमा फूल खेती गर्दै आएका छन् । तिहार लक्षित पुष्पखेती गर्ने किसान गरी एक सय बढी रहेको श्रेष्ठको भनाइ छ ।



from Online Khabar https://ift.tt/PMWEtjn

4 हज़ार रुपये से भी सस्ता हुआ Redmi का HD+ डिस्प्ले वाला ये स्मार्टफोन, Mi Clearance सेल में ऑफर...

शियोमी की Clearance Sale लाइव हो गई है, और ऐसे में अगर आपका बजट कम है और आप सिर्फ बेसिक यूज़ के लिए नया फोन खरीदना चाहते हैं तो हम आपको बता रहे हैं ऐसी डील के बारे में जिससे आपकी जेब पर बिलकुल भी असर नहीं पड़ेगा.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/04Op6m8

चेल्सी, पीएसजी, डर्टमण्ड र बेनफिका नकआउट चरणमा, युभेन्ट्स बाहिरियो

९ कात्तिक, काठमाडौं । इंग्लिस क्लब चेल्सी, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), जर्मन क्लब बोरुसिया डर्टमण्ड र पोर्चुगिज क्लब बेनफिका युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । खराब लयमा रहेको इटालियन क्लब युभेन्टस भने समूह चरणबाटै बाहिरिएको छ ।

चेल्सी समूह विजेता

समूह जी अन्तर्गत सोमबार राती भएको खेलमा साल्जवर्गलाई २-१ ले पराजित गर्दै चेल्लसी समूह्य विजेता बनेर अन्तिम १६ मा पुगेको हो । चेल्सीका लागि माटेयो कोभासिच र काई हाभार्ट्जले गोल गरे । साल्जरव्गका एडामुले एक गोल गरे ।

जितपछि ५ खेलबाट १० अंक जोडेर चेल्सी एक खेल अघि नै समूह विजेता बनेको छ । साल्जवर्ग ६ अंकसहित तेस्रो स्थानमा छ । यस्तै डिनामो जाग्रेवलाई ४-० ले हराएको एसी मिलानको ७ अंक छ । अब एसी मिलान र साल्जवर्गबीच हुने खेलको विजेता समूह उपविजेता बनेर अन्तिम १६ मा पुग्नेछ ।

सिटीसँग बराबरीपछि डर्टमण्ड पनि अन्तिम १६ मा

समूह जी को खेलमा म्यानचेष्टर सिटीसँग गोलरहित बराबरी खेलेको डर्टमण्ड सिटीसँगै अन्तिम १६ मा प्रवेश गरेको छ । सिटी यसअघि नै नकआउट चरणमा पुगिसकेको थियो । यस्तोमा घरेलु मैदानमा सिटीलाई रोक्दै डर्टमण्डले पनि समूह चरण पार गर्‍यो । बराबरीको नतिजाले दुवै टोलीलाई फाइदा भयो । सिटी समूह विजेता र डर्टमण्ड समूह उपविजेता बन्ने पक्का भयो ।

सिटीको ११ र डर्टमण्डको ८ अंक छ । कोपनहेगनलाई ३-० ले हराएको सेभियाल भने युरोपा लिगका लागि छनोट भएको छ । सेभियाको ५ अंक छ । २ अंक मात्र रहेको कोपनहेगन भने समूह्य चरणबाटै बाहिरिएको छ ।

पीएसजीको शानदार जित, युभेन्टस बाहिरियो

लियोनल मेस्सी र किलियन एमबाप्पेले दुई दुई गोल गरेपछि मकाई हाइफालाई ७-२ ले पराजित गर्दै पीएसजी समूह एचबाट नकआउट चरणमा प्रवेश गरेको छ ।

मेस्सी र एमबाप्पेले दुई दुई गोल का लागि असिस्ट पनि गरे । नेमार र कार्लोस सोलरले एक एक गोल थपे भने सोन गोल्डबर्गले आत्मघाती गोल गरे । मकाईका लागि दुवै गोल अबदोउलाय सेकले गोल गरे ।

यसै समूहको अर्को खेलमा युभेन्टसमाथि ४-३ को शानदार जित हात पार्दै बेनफिका पनि अन्तिम १६मा प्रवेश गरेको छ ।

पीएसजी र बेनफिकाको समान ११ अंक छ । अन्तिम चरणको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

बेनफिकालाई जित दिलाउन राफा शिल्भाले दुई तथा जाआओ मारियो र एन्टोनियो सिल्भाले एक एक गोल गरे ।

युभेन्ट्सका लागि मोइस केन, अर्काडिउस मिल्लिक र वेस्टन मेकन्नीले गोल गरे ।

युभेन्ट्स र मकाई हाइफाको समान ३ अंक छ ।

रियल मड्रिडलाई हराएपछि लाइपजिगको सम्भावना

समूह एफमा जर्मन क्लब आरबी लाइपिजगले स्पानिस क्लब रियल मड्रिडमाथि ३-२ को शानदार जित निकाल्यो । यस जितपछि लाइपजिगको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ ।

रियल यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।

लाइपजिगको जितमा जोस्को गाभार्डियल, क्रिस्टोफर एनकुन्कु र टिमो वेर्नरले गोल गरे । रियलका लागि भिनिसियस जुनियर र रोड्रिगोले गोल गरे ।

जितपछि लाइपजिग ५ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा छ । सेल्टिकसँग बराबरी खेलेपछि साख्तर डोनेस्क ६ अंकसहित तेस्रोमा छ ।

अब लाइपजिगलाई नकआउट चरणमा पुग्न साख्तरसँग बराबरी खेल पनि पर्याप्त हुनेछ । सेल्टिक भने समूह चरणबाटै बाहिरिएको छ ।



from Online Khabar https://ift.tt/Xzdlnqx

Apple Mac को मिला लेटेस्ट OS अपडेट, यूज़र्स को मिल गए ये नए फीचर; ऐसे करें डाउनलोड

ऐपल का नया macOS Ventura पेश कर दिया गया है. macOS वेंचुरा मेल ऐप में ईमेल भेजने को Undo करने की क्षमता प्रदान करता है. यूज़र्स मेल ऐप में सेंड शेड्यूल भी कर सकते हैं. नए OS से मैक के लिए एक नया क्लॉक ऐप, मैक के लिए वेदर ऐप और एक नया रिडिज़ाइन किया गया सेटिंग्स ऐप मिलेगा.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/rL6P0Hb

डेंगु संक्रमित बुटवलका पत्रकार टेक मास्कीको मृत्यु

९ कात्तिक,बुटवल । बुटवलका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ ।

दुई सातघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रानाको आज बुधबार बिहान मृत्यु भएको हो ।

स्याङजाको कालिगण्डकी गाउँपालिका ३ बिर्घा स्थायी घर भएका रानालाई डेंगुसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो ।

बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वकार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए ।

स्वर्गीय रानाले दुई दशक लामो पत्रकारितामा निश्कलंक र स्वच्छ छवि बनाएका थिए । केही वर्ष अघि क्यान्सरका कारण श्रीमती गुमाएका रानाका दुई छोरी र एक छोरा छन् ।

घरको आर्थिक अवस्था कमजोर भएका रानाको मृत्युसँगै तीनजना छोराछोरीको पालनपोषण र शिक्षा दिक्षामा चुनौती थपिएको छ।



from Online Khabar https://ift.tt/Rk6BA3f

नेपाल संवत् ११४२ सुरु, आजै म्ह: पूजा

९ कात्तिक, काठमाडौँ । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।

म्हः (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

यस वर्ष मङ्गलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले मङ्गलबार म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने बुधबार गर्दैछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ । रासस



from Online Khabar https://ift.tt/CWFEtbc

Monday, October 24, 2022

Samsung की FOMO सेल! काफी सस्ता मिल रहा है 6000mAh बैटरी वाला बजट स्मार्टफोन

सैमसंग FOMO सेल में ग्राहक प्रीमियम से बजट रेंज और मिड-रेंज के स्मार्टफोन को भी कम दाम में घर ला सकते हैं. ऐसे में अगर आप भी कोई नया पावरफुल स्मार्टफोन खरीदने की प्लानिंग कर रहे हैं तो आपके लिए कई बेस्ट ऑफर है. दरअसल सैमसंग की FOMO सेल में गैलेक्सी F13 को सस्ते में घर ला सकते हैं....

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/MYiSdbI

कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

८ कात्तिक, धनगढी । कैलालीमा घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका लक्ष्मी पूजाका लागि कोठा बत्ती बाल्ने क्रममा गौरीगंगा नगरपालिका वडानम्बर ५ को अण्डैया शिविर बस्ने ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँया हातमा करेन्ट लागेर गम्भीर भएका मगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।



from Online Khabar https://ift.tt/ew5LUlr

Google Pixel 7 सीरीज़ फोन को मिला Clear Calling फीचर, ऐसे कर सकते हैं डाउनलोड

गूगल ने अपने पिक्सल 7 सीरीज़ फोन में नया ‘Clear Calling’ फीचर रोलआउट किया है. कंपनी ने ये फीचर अपने लेटेस्ट बीटा अपडेट के साथ दिया है. गूगल के ब्लॉगपोस्ट के मुताबिक क्लियर कॉलिंग फीचर मशीन लर्निंग के ज़रिए ऑटोमैटिकली बैकग्राउंड नॉइस को फिल्टर आउट कर देगा, यानी कि हटा देगा.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/RtWNOVk

माझी बस्तीमा आशा न उत्साह

८ कात्तिक, पर्वत । पोखरा बेनी सडक खण्डको मालढुंगामा ठूलो पहाडमुनि कालीगण्डकीको किनारमै एउटा बस्ती छ- माझी बस्ती । १५० परिवार बसोवास गर्ने यो बस्तीमा तीन सय हाराहारीमा मतदाता छन् ।

जिल्लामा राजनीतिक दलका नेता तथा कार्यकर्ता मंसिर ४ को चुनावमा आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै गाउँ घर घुमिरहँदा र गाउँ घरका मान्छे तिहारको रौनकमा रमाइरहँदा यो बस्तीमा न त तिहार आएको छ न चुनाव नै ।

बस्तीका बासिन्दा कालीगण्डकी तीरमा बालुवा चाल्दै र गिट्टी कुट्दै गरेका देखिन्छन् । बिहानदेखि बेलुकीसम्म नै गिट्टी नकुट्ने हो भने बिहान बेलुकीको छाक टार्न नै धौ-धौ छ यहाँका माझी समुदायलाई ।

‘न कुनै चार्डपर्वको रमाइलो न कुनै आश न कुनै चुनावको उत्साह हामीलाई’, माझीबस्तीको सामुहिक बोली हो यो ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मा पर्ने यो कालिगण्डकी तीरको बस्तीमा आउने नेताहरुले घाउका लागि मलम होइन नुनचुक लिएर आउने गरेको बताउँछन् उनीहरु ।

चुनावका समयमा भोट माग्न आउनेले कालिगण्डकी नदी किनार र सडकको पहिरोले जोखिममा परेको बस्तीलाई उचित ठाउँमा स्थानान्तरण गर्ने आश्वासन मात्र दिएको काम नगरेको मैना गुरुङको गुनासो छ । ‘के माग्नी हो माग हामी सबै पूरा गर्छौं, हामीलाई भोट देउ भन्छन्,’ उनी भन्छिन, ‘अनि चुनाव जितेपछि अर्को चुनावसम्म देखा नै पर्दैनन् ।’

नेताहरुले आफ्नाका लागि मात्र काम गरेको तर जनताका लागि कुनै काम नगरेको उनीहरुको आरोप छ । ‘अहिलेसम्म कसैले केही गरेनन् बस्तीमा आउँछन् भोट माग्छन्,’ बालुवा र ढुंगामा पसिना बगाएर ४ दशक बिताएकी भद्रकाली श्रेष्ठ भन्छिन्, ‘मलाई भोट दिएर जिताउनुहोस भनेर सपना देखाउँछन् । चुनावमा जितेर उनीहरु चिल्लो कारमा हिँड्छन् । हाम्रा दुख ज्युँका त्युँ नै छन् ।’

३ पदक चुनाव जितेका नेपाली कांग्रेसका अर्जुन जोशीलाई पराजित गर्दै २०७४ को निर्वाचनमा पर्वतबाट पदम गिरी निर्वाचित भएका थिए । यो पटक पनि उनीहरु दुई जना नै प्रतिस्पर्धामा छन् ।

र दुवैले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, दीर्घकालीन रोजगारीको अवसरको ग्यारेण्टीलाई चुनावी नारा बनाएका छन् । तर उनीहरु जसले जिते पनि आफूहरुलाई केही नहुने माझी बस्तीको साझा बुझाइ छ ।

विगतमा खोला किनारबाट ढुक्कसँग बालुवा गिट्टी निकाल्न पाउने गरेका उनीहरु अहिले नगरपालिकाले आफूहरुको रोजीरोटी खोसेको बताउँछन् । नगरपालिकाले कालीगण्डकी नदीबाट बालुवा गिट्टी निकाल्न नपाउने निर्णय गरेकोमा उनीहरु असन्तुष्ट छन् ।  नगरपालिकाको ननिकाल्न भने पनि उनीहरुले आफ्नो काम भने छाडेका छैनन् ।



from Online Khabar https://ift.tt/9Gnw4j6

दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति भएको अनुमान

८ कात्तिक, दाङ । दाङको घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ  । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ ।

न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करडौंको क्षति भएको अनुमान गरिएको छ ।

राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणामा आएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।



from Online Khabar https://ift.tt/v0eJAYs

स्वतन्त्रको चेपुवामा गठबन्धनका उम्मेदवार

७ कात्तिक, बलरा (सर्लाही) । सर्लाही–४ मा हामी पुग्दा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह काठमाडौं जाने जहाज चढ्न सिमरा एअरपोर्ट पुगेका थिए । टेलिफोन संवादमा उनले भने, ‘मेरो बहुत राम्रो प्रभाव छ नपत्याए स्थानीय बासिन्दालाई सोध्नुहोस् ।’

बलरा नगरपालिका–५ सुदामा टोल नजिकैको सानो बजारमा चिया पसलमा भेटिएका दुई युवकसँग कुराकानी ग¥यौं ।
कुराकानीको बिट मारेर उनीहरु आआफ्नो मोटरसाइकल बस्दा थाहा भयो अमरेशका प्रचारक रहेछन् । किनभने मोटरसाइकलको अघिल्तिर अमरेश सिंहको फोटो टाँसिएको थियो । अमरेशले मतदातालाई ‘कन्भिन्स’ गर्न युवाहरुलाई यसैगरी मोटरसाइकलमा खटाएका रहेछन् ।

उसो त सर्लाही–४ का लागि अमरेश सिंहको नाम नयाँ होइन । यही क्षेत्रबाट उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भइसकेका छन् । तेस्रो पटकमा चाहिँ उनी स्वतन्त्र हैसियतमा छन् ।

सर्लाहीमा कांग्रेसभित्र दखल राख्ने नेता थिए अमरेश । तर १४ औं महाधिवेशनमा प्रतिनिधि छनोट प्रक्रियादेखि कांग्रेसको राजनीतिमा उनको ग्रह बिग्रियो । पार्टीले टिकट नदिएपछि स्वतन्त्र लड्नुबाहेक उनले उपाय देखेनन् ।

कुनै बेला पार्टीमा संगै खट्ने र एकअर्कालाई सघाउने सहयात्री नागेन्द्रकुमार यादव अमरेशकै प्रतिस्पर्धी छन् । नागेन्द्रलाई नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका सत्ता गठबन्धनमा रहेका दलको साथ छ ।

नागेन्द्र निवर्तमान प्रतिनिधिसभा सदस्य एवम् पार्टीको पूर्वजिल्ला सभापति हुन् । उनलाई सभापति जिताउन अमरेशले सघाएका थिए । कुनै बेला अमरेशको निकट मानिने वीरेन्द्र सिंह पनि अहिले नागेन्द्रसंगै छन् ।

सत्तारुढ गठबन्धनको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार यादव

संस्थापन पक्षमा लागेका उनीहरुको पार्टीमा बोलवाला चलेपछि कांग्रेसभित्रको राजनीतिमा अमरेश पाखा परेको चर्चा सर्लाही–४ मा छ । प्रतिनिधिसभा निर्वाचनमा टिकटको आश गरेका अमरेशलाई क्षेत्रबाट कारवाहीको सिफारिस भएपछि उनी आफ्ना पुराना सारथीहरुका विरुद्ध बागी उठेका हुन् ।

सत्ता गठबन्धनमै रहेको दल माओवादी केन्द्रका नेता शिवपुजन रायले पनि छोरी मधुमाला यादवलाई स्वतन्त्र उम्मेदवार बनाएर गठबन्धनको अवज्ञा गरेका छन् ।

कांग्रेसमा भाडभैलो र प्रदेशससभामा पनि टिकट नपाएपछि शिवपुजनले आफ्नी छोरीलाई स्वतन्त्रबाट उम्मेदवार उठाएका हुन् ।

शिवपुजन राय र छोरी मधुमाला ।

०६३ को मधेश आन्दोलनदेखि राजनीतिमा सक्रिय शिवपुजन २०६४ को संविधानसभा निर्वाचनमा तत्कालिन सर्लाही–६ मा मधेशी जनअधिकार फोरम नेपालबाट निर्वाचित भए ।

कांग्रेसका अमरेश सिंहलाई पराजित गर्दै उनले जित निकालेका थिए । त्यतिबेला उनी रातो पासपोर्ट दुरुपयोग प्रकरणमा मुछिए । २०७० को चुनावमा उनी किसान छापबाट प्रतिस्पर्धा गरे, तर पराजित भए ।

२०७४ मा माओवादी पार्टीमा प्रवेश गरेर उनले सर्लाही ४ बाटै टिकट पाए पनि अन्तिम समयमा उनको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरिदियो ।

३० वैशाखको स्थानीय चुनावमा शिवपूजन रामनगर गाउँपालिका अध्यक्षमा आफ्ना कान्छा छोरा राजाबाबु यादवलाई चुनाव जिताए भने यति बेला छोरी मधुमालालाई उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

यो क्षेत्रमा अमरेश र शिवपुजनबीच शक्तिको लडाईं बेलाबेला चलिरहन्छ । यस क्षेत्रमा अमरेश सिंहको जस्तै प्रभाव शिवपुजनको पनि छ । यसपालि छोरीले दिएको स्वतन्त्र उम्मेदवारीमार्फत् प्रतिस्पर्धामा आएका शिवपुजनले आफ्नो प्रतिस्पर्धी अमरेशलाई नै मानेका छन् ।

नेताहरुबीचको प्रतिष्ठाको लडाईंले स्वतन्त्र उम्मेदवारहरु प्रतिस्पर्धा गरिरहेका बेला सत्ता गठबन्धन र एमाले जसपा गठबन्धनका आधिकारिक उम्मेदवारहरु भने दबाबमा देखिएका छन् ।

२०५६ को संसदीय चुनावमा सर्लाही ४ बाट जितेका नागेन्द्र निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । उनी २०७४ को निर्वाचनमा समानुपातिक पद्धतिबाट सांसद भएका थिए । उनी पाँचदलीय गठबन्धनका संयुक्त उम्मेदवार बनेका छन् ।

यो क्षेत्रमा कांग्रेस महामन्त्री गगन थापा चुनाव लड्ने चर्चा थियो । संस्थापन पक्षकै भएका कारण नागेन्द्रले टिकट पाए ।

सर्लाही ४ मा गठबन्धन कांग्रेस–माओवादीको मात्रै छैन, एमाले र जसपाको पनि छ । जसपाका उम्मेदवार राकेश मिश्र २०७४ को निर्वाचनमा उनी यसै क्षेत्रमा राजपाबाट उम्मेदवार थिए र अमरेश सिंहसँग पराजित भएका थिए ।

अमरेशले २९ हजार ६७५ मतसहित निर्वाचित हुँदा राकेश २८ हजार १३६ मतमा सीमित भएका थिए । अन्यले उम्मेदवारले जमानत समेत जोगाउन सकेनन् ।

राजपा फोरम गठबन्धनका उम्मेदवार रहेका राकेशलाई शिवपूजनको उम्मेदवारी अन्त समयमा खारेज हुँदा बाम गठबन्धनको समेत मत परेको चर्चा हुने गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा २० जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये नौ जना त स्वतन्त्रमात्रै छन् ।

गत स्थानीय तह निर्वाचनमा सर्लाही ४ भित्र पर्ने वडाहरुमा कांग्रेसको २३ हजार १३१, माओवादी केन्द्रको १८ हजार ६६५, लोसपाको १४ हजार ७३१, एमालेको ११ हजार ६७४, जसपाको ६ हजार ४३३, जनमत पार्टीको २ हजार ६१२, एकीकृत समाजवादीको ६०९ मत आएको थियो ।

उम्मेदवारहरु के भन्छन् ?

अमरेशकुमार सिंह, स्वतन्त्र

यति ग्यारेन्टी गर्छु कि म जित्छु । यहाँ जति बाटो, पुल लगायतको विकासको काम भएको छ । लगातार सांसद भएर मैले नै गरेको छु । सांसदमा जोडदार बोलेपछि मलाई कांग्रेसले टिकट दिएन भनेर जनतामा व्यापक आक्रोश छ । ममाथि अन्याय भएको जनताले भनिरहेका छन् । गठबन्धनकै दुवै उम्मेदवार बहरिया हुन् । यो क्षेत्रमा कसैको घर नै छैन ।

यो क्षेत्रमा दुईजनाको मात्रै प्रभाव छ, मेरो र शिवपुजन रायको । मेरो प्रतिस्पर्धा स्वतन्त्र उठेकी शिवपुजनकी छोरी मधुमालासंग हुन्छ । हामी गठबन्धनको बागी हौं । त्यसैले गठबन्धन जित्ने अवस्था न्यून छ ।

म ३० वर्षदेखि राजनीतिमा छु । १५ वर्षदेखि निरन्तर चुनाव जित्दैछु । त्यसैले यो क्षेत्रको आवश्यकता मैले बुझ्छु ।

मधुमाला यादव, स्वतन्त्र

मैले स्वतन्त्रपूर्वक उम्मेदवारी दिएकी हुँ । बुवाले मलाई उठाउनुभएको होइन, जनताले उठाएको हो । युवामा परिवर्तनको चाहना छ, त्यसैले उनीहरुले मलाई परिवर्तनकै लागि उम्मेदवार बनाएका हुन् ।

शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार, दाइजो प्रथा अन्त्य गर्ने प्रयास, महिलामाथि भइरहेको हत्या हिंसाविरुद्ध आवाज उठाउने छु । यहाँको एकएक समस्याको लागि सदनमा आवाज उठाउँछु । जुन यहाँबाट जितेर गएका कसैले केही गरेका छैनन् ।

नागेन्द्रकुमार यादव, नेपाली कांग्रेस

मेरो जित्ने प्रमुख आधार गठबन्धनको मत हो । कांग्रेसका बागी अमरेश सिंह र माओवादीबाट शिवपुजन रायकी छोरी स्वतन्त्र उठे पनि मलाई खासै फरक पर्दैन । गठबन्धनको ५६ हजार मत छ । यदि ५–७ हजार मत घटे पनि दुईवटा प्रदेशसभा सदस्यसहित तीनैजना चुनाव जित्छौं ।

शिवपुजन (कि छोरी मधुमाला) लाई केही मुठीभर कार्यकर्ताले मत दिन्छन् । यसपटक जमानत जोगाउन सक्दैनन् । अमरेश सिंहको पछाडि कति जनता छन् र ? उनी कांग्रेस नै छैनन् भने कांग्रेसको मत कसरी पर्छ ?

विगतमा पनि उनको काम पटक पटक जनताले हेरिसकेका छन् । म विगतमा पनि यही क्षेत्रबाट लडेको छु, जितेको छु । अहिले बाहिरिया भनेर हल्ला फैलाइँदै छ । जनता झुक्किदैनन्, यो क्षेत्रमा म जित्दै छु ।

राकेश मिश्र, एमाले जसपा गठबन्न

मेरो जित्ने प्रमुख आधार किसान आन्दोलन हो । पहिला सरकारले उखु किसानलाई दिएको अनुदान उद्योगीको खातामा आउँथ्यो । हाम्रो आन्दोलनले अब किसानको खातामा आउन थालेको छ ।

मेरो आन्दोलन बेथितीविरुद्ध हो, यसमा सारा किसान, जनता, वुद्धिजिवीको साथ छ । विगतमा थोरै मतले हारेको थिएँ ।

यसपटक सत्ता गठबन्धनमा बागी उम्मेदवारहरु छन् । हाम्रोमा त्यस्तो कुनै समस्या छैन । अमरेश सिंहले जहिल्यै पनि धाँधली गरेर जिते । यसपटक मैले जित्ने प्रवल सम्भावना छ ।



from Online Khabar https://ift.tt/gW10du8

Sunday, October 23, 2022

रोल्पामा महिला समूहको व्यवसायिक फूल खेतीले कृतिम माला विस्थापित हुँदै

७ कात्तिक, रोल्पा । रोल्पाका महिलाहरुले फूल खेती गर्न थालेपछि प्लाष्टिकका कृतिम फूलमाला विस्थापित हुन थालेको छ ।

सुनिलस्मृति गाउँपालिका-२ खुंग्रीका महिलाहरूले सुरु गरेको सामूहिक पुष्प खेतीले प्लाष्टिकका कृतिम माला विस्थापित हुन पुगेको हो ।

सवणर्ावती स्वावलम्वन समूहका २८ जना महिलाहरू मिलेर सुरु गरिएको उक्त पुष्प खेती करिव डेढ रोपनी जग्गामा लगाइएको छ । तिहारलाई लक्षित गरेर ५५५ जातको पुष्प खेती गरिएको छ । अहिले फूल फूलेका छन् ।

फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पुष्प खेती सुरु गरिएको सुवणर्ावती स्वावलम्वन समूहका अध्यक्ष गीता योगीको भनाइ छ । ‘समूहमा आवद्ध महिलाहरूको आयआर्जनमा समेत टेवा पुर्‍याउने उद्देेश्यले पुष्प खेतीको सुरुआत गरेका हौं,’ योगीले भनिन ।

हाल प्रतिकिलो पाँच सय रुपैयाँका दरले बिक्री भइरहेको फूल बाह्रै महिना लगाउने गरी तयारी गरिहेको अध्यक्ष योगीले बताइन् । यसका लागि हामीलाई प्राविधिक सहयोगको आवश्यकता परेको छ ।

तिहारको समयमा देश बाहिरबाट आयातित प्लाष्टिकका कृतिम माला विस्थापित गर्दै स्थानीय जातका सयपत्री फूलको प्रवर्द्धन गर्ने आफूहरूको लक्ष्य रहेको समूहमा आवद्ध महिलाहरुको भनाइ छ ।

आफूहरुले सुरु गरेको पुष्प खेतीवाटै फूल किन्न थालेसंगै प्लाष्टिकका कृत्रिम माला बिक्री वितरण हुन छाडेको सुवर्णावती स्वावलम्वन महिला समूहको भनाइ छ ।

आफ्नै घर आगनमा पुष्प खेती गर्न सकिने प्रशस्तै सम्भावना रहे पनि फूलकै लागि हरेक वर्ष ठूलो धनरासी विदेशिने गरेका कारण यसलाई रोक्ने प्रयासस्वरुप आफूहरूले सामूहिक पुष्प व्यवसाय गरेको महिला समूहको भनाइ छ ।

खुंग्रीबाट रोल्पा सदरमुकाम लिवाङ, सुलिचौर प्यूठानको भिग्रीलगायतका मूख्य व्यापारिक केन्द्रहरु नजिकै पर्दछन । यसका साथै प्यूठानको विजुवार, दाङको भालुवाङ, लमही पनि पुष्प व्यवसायका लागि नजिकका बजार हुन ।



from Online Khabar https://ift.tt/Zy7AqCO

कैलाली–२ : एमालेलाई छैन सजिलो

७ कात्तिक, धनगढी । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई प्रतिनिधि सभाको टिकट दिएन । माधवकुमार नेपाल समूहले गरेको अन्तरसंघर्षमा साथ दिएका र वाम गठबन्धनको पक्षमा मत राख्ने अरुले पनि एमालेबाट टिकट पाएनन् । झपट रावल भने अपवादमा परे ।

एमालेले उनलाई कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । सहजै टिकट पाए पनि चुनाव जित्न भने उनलाई सजिलो देखिएको छैन ।

कैलाली–२ मा झपट रावलसहित ९ जना उम्मेदवार छन् । मुख्य प्रतिस्पर्धा चाहिँ एमालेका रावल, सत्ता गठबन्धनका भगत बडुवाल र नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीबीच हुने देखिन्छ ।

माओवादी केन्द्रका बडुवाल २०६४ सालको संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट भारी मतका साथ विजयी भएका थिए । माओवादी विभाजन हुँदा उनी मोहन वैद्यतिर लागे । त्यसपछि विप्लव समूहमा पुगेका उनी स्थानीय चुनाव अगाडि माओवादी केन्द्रमा फर्किएका थिए ।

चौधरीको दल नयाँ भए पनि उनी परिचित नै अनुहार हुन् । तत्कालीन फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा पुगेका उनी २०७४ को चुनावमा प्रदेशसभा सदस्यको उम्मेदवार थिए । कैलाली २ (२) मा उम्मेदवार बनेका उनले वाम गठबन्धनका साझा उम्मेदवार नन्दकुमार साउदलाई कडा टक्कर दिएका थिए । उनी ८४५ मतान्तरले दोस्रो भएका थिए । यो पटक उनी नागरिक उन्मुक्तिबाट प्रतिनिधिसभा सदस्यकै लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीले आफ्नी श्रीमतीको नेतृत्वमा गठन गरेको नागरिक उन्मुक्ति पार्टीको कैलालीमा राम्रै प्रभाव छ । एमालेका कैलाली अध्यक्ष रतनबहादुर थापा समेत पार्टी प्रवेश गरेर महासचिव बनेका छन् । थापा आफैं प्रदेशसभा सदस्यका लागि २(१) मा उम्मेदवार छन् ।

तीन जनाको जित्ने दाबी

यद्यपि तीनै जना उम्मेदवार आफू जित्ने दाबी गर्छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार माओवादीका बडुवाल गठबन्धनमा आवद्ध दलहरुसँगको मतभार जितको पहिलो आधार भएको बताउँछन् । भन्छन्, ‘जनताले प्रतिगामी निर्णय गर्ने विपक्षी र पहिचानको मुद्दा बोकेर मान्छेहरुलाई ब्ल्याकमेलिङ गर्नेहरुलाई पनि सबक सिकाउने पक्का छ ।’ एमाले र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु दोस्रो बन्ने प्रतिस्पर्धामा रहेको उनको दाबी छ ।

तर बडुवालले दाबी गरेजस्तो सहजै नतिजा आउनेमा नेताहरु शंका गर्छन् । बडुवाल पछिल्ला वर्षहरु सक्रिय राजनीतिमा नहुनु, मतदातासँग सम्बन्ध टुट्नु र गठबन्धनका दलहरुमा देखिएको असन्तुष्टि उनका लागि चुनौती भएको एक नेताले बताए ।

एमाले उम्मेदवार रावल पनि आफूले नै चुनाव जित्ने दाबी गर्छन् । राजनीतिक दलका हिसाबले आफू मात्र एकल उम्मेदवार भएको भन्दै उनले भने, ‘हामी स्पष्ट धारण र मुद्दाका साथ चुनावमा गएका छौं, अरुहरुसँग मुद्दा छैन । कोही जात र समुदाय विशेषको आडमा आएका छन् भने कोही एक्लै चुनाव लड्न ल्याकत नभएपछि गठबन्धनको नाममा आएका छन् । सबैलाई यहाँका जनताले जवाफ दिनेछन् ।’

उनी निवर्तमान सांसद पनि हुन् । २०७० सालमा दोस्रो संविधानसभामा एमालेबाट जितेका मोहनसिंह राठौर २०७४ मा कांग्रेसतिर लागेपछि रावलले टिकट पाए र चुनाव पनि जिते । आफूले जनतासँग गरेका प्रतिबद्धता इमानदारीपूर्वक पूरा गर्न भूमिका खेलेको र संसदमा आवाज बुलन्द गरेकाले पनि मत पाउने उनको दाबी छ ।

३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा पनि यहाँ एमाले ठूलो दल पनि हो । तर सत्तारुढ दलहरुको गठबन्धनका कारण उनलाई सहज छैन ।

नागरिक उन्मुक्तिका अरुण चौधरी भने आफ्ना प्रतिस्पर्धी दुबै परीक्षण भइसकेकाले जनताले आफूलाई अवसर दिने बताउँछन् । ‘सँगै प्रतिस्पर्धामा रहेका दुवै जना नेताहरु टेष्टेड हुनुहुन्छ, चौधरीले अनलाइनखबरसँग भने, ‘अहिले मतदाताले परिवर्तन खोजेका छन् । त्यसको विकल्प म मात्रै हो । मलाई जनताले अनुमोदन गर्नेछन् ।’

चौधरी आफ्नो जित्ने मुख्य आधार आफूले गरेको काम सँगसँगै उत्पीडनमा पारिएको थारु र दलित समुदायको मत तथा पुराना दलसँगको वितृष्णा भएको सुनाउँछन् । ‘यो क्षेत्रमा करीब ३५ हजार थारु समुदायको मत छ । २६ हजार खसे पनि मैले २० हजार मत पाउँछु । यति मत पाएमा म चुनाव जित्छु,’ चौधरीले भने, ‘अझै दलित समुदायको मत पनि धेरै पाउँछु ।’

यस्तो छ, स्थानीय तहको मतभार

कैलाली क्षेत्र नम्बर २ मा बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिकाका साथै मोहन्याल गाउँपालिकाका ६ वडा र जानकी गाउँपालिकाका ४ वटा वडा पर्छन् । स्थानीय तहको नतिजालाई हेर्दा कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा एमाले सबभन्दा ठूलो दल हो । एमालेका वडाध्यक्ष उम्मेदवारहरुले पाएको मत १७ हजार ८८३ छ ।

कांग्रेसका वडाध्यक्षले पाएको मत १३ हजार १२१ छ । माओवादी केन्द्रले ७ हजार ९२० मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३ मत मात्रै पाएको देखिन्छ । यहाँ राप्रपाले २ हजार १५१, एकीकृत समाजवादीले २ हजार ०२१ र जसपाले ६०६ मत ल्याएको छ ।



from Online Khabar https://ift.tt/Y4pNgiy

Smartphone की बैटरी की दुश्‍मन हैं आपकी ये आदतें, तुरंत बदलिए इन्‍हें और देखिए फर्क

Tech Tips -आज स्‍मार्टफोन (Smartphone) हमारी सबसे बड़ी जरूरत बन चुका है. अब तो ऐसा लगता है कि जैसे इसके बिना हमारा जीवन अधुरा है. स्‍मार्टफोन से हमें सबसे ज्‍यादा तब शिकायत होती है, जब इसकी बैटरी जल्‍दी जवाब दे जाती है. लेकिन, इसके लिए केवल हमारा फोन दोषी नहीं है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/XoFRdqN

आज नरक चतुर्दशी, कुकुर तिहार

७ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन्  ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।

नरक चतुर्दशी

आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् गौतमले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रुपमा मनाइन्छ ।



from Online Khabar https://ift.tt/8TuG4NR

iPhone से एंड्रॉयड में चैट का बैकअप कैसे करें ट्रांसफर? यहां देखें स्टेप बाय स्‍टेप प्रोसेस

DIY - आईफोन से एंड्रॉयड का चैट बैकअप करना काफी थकाऊ काम है. इसलिए आप पहले चयन कर लें कि क्या ट्रांसफर करना है और क्या नहीं. आपको जो चैट महत्वपूर्ण लगे उसे ट्रांसफर करें बाकी को रहने दें.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/f3TWS8J

Saturday, October 22, 2022

काठमाडौं-८ : कोर एरियाको साँघुरो प्रतिस्पर्धा

६ कात्तिक, काठमाडौं । काठमाडौंको ‘कोर एरिया’ कहलिएको काठमाडौं क्षेत्र नम्बर ८ को चुनावी मैदानमा दर्जन बढी उम्मेदवार छन् । साँघुरा गल्लीबीच प्राचीन शहरी बनोट भएको यो क्षेत्रको मुख्य प्रतिस्पर्धा पनि साँघुरै छ ।

काठमाडौं महानगरपालिकाको १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडा मिलेर बनेको छ काठमाडौं- ८ । यसमध्ये महानगरको वडा नम्बर १९, २०, २३, २४ कोर सिटमा पर्छ भने वडा नम्बर १३ को पनि आधाआधी । यो क्षेत्रबाट सांसद बन्न एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, नेकपा एमालेका शिवसुन्दर राजवैद्य, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका सुमन सायमी प्रतिस्पर्धामा छन् ।

व्यवसाय गर्दागर्दै सामाजिक अभियानमा जोडिएका सायमी गत वैशाखमा काठमाडौं महानगरको मेयर प्रतिस्पर्धा गरेका थिए । बालेन शाह मेयरमा चुनिंदा सायमीले करिब १४ हजार मत पाएका थिए । मेयर प्रतिस्पर्धामा पाएको त्यही मतलाई सायमी संसदीय चुनावमा आफूले जित्ने आधारका रूपमा अथ्र्याइरहेका छन् ।

‘स्थानीय चुनावमा मैले पाएको १४ हजार मतलाई जग बनाउँदै मैले यो पटक उम्मेदवारी दिएको हुँ । त्यो मत मेरो संसदीय उम्मेदवारीका लागि एउटा इँटा हो’, सायमीले अर्थ्याए ।

श्रेष्ठद्वयसँग भने संसदीय अनुभव छ । यही क्षेत्रबाट २०७४ को चुनाव जितेर संसदमा पुगेका जीवनराम श्रेष्ठ यतिखेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिरहेका छन् । विराजभक्त तत्कालीन विवेकशील साझाबाट समानुपातिक सांसद भएर प्रदेश सभामा पुगेका थिए ।

एमालेका शिवसुन्दर भने जिल्ला समन्वय समिति, काठमाडौंको प्रमुख भइसकेका व्यक्ति हुन् ।

निर्वाचन आचारसंहिता नहुँदो हो त उम्मेदवारहरू यतिबेला चुनावी र्‍यालीमा व्यस्त हुन्थे । आचारसंहिताले १५ दिन मात्र चुनावी र्‍याली गर्ने समय तोकेकाले उम्मेदवारहरू ‘कोठे बैठक’ मा व्यस्त छन् । ‘म मात्र होइन, सबै उम्मेदवार कोठे बैठकमा व्यस्त छन्’, सायमी सुनाउँछन् ।

कोठे बैठक जात्रा, पर्व र अरू सांस्कृतिक कर्म गर्ने/गराउने गुठीका मानिसहरूसँग भइरहेको छ ।

‘किनभने गुठीले यो क्षेत्रमा प्रभाव पार्छ’, विराजभक्तले सुनाए । इन्द्रचोकका स्थानीय विराजभक्त काठमाडौं- ८ का गुठीहरूसँग आफ्नो राम्रो दोस्ती रहेको दाबी गर्छन् । यस्तै दाबी गठबन्धनका उम्मेदवार जीवनरामको पनि छ । भन्छन्, ‘गुठीका साथीहरूसँग भेटघाट भइरहेको छ । सबैले मलाई नै सहयोग गर्नुहुन्छ ।’

सुमन सडक विस्तारको विरोधमा आफूले उठाएको आवाज, गुठी विधेयक विरुद्धको संघर्ष र अरू सामाजिक कामले गुठीको मात्र होइन, सबैको मन जितेको दाबी गर्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्तले सत्ता गठबन्धनका उम्मेदवार जीवनरामलाई आफ्नो मुख्य प्रतिस्पर्धी ठानेका छन् । जीवनराम नै किन त ?

गठबन्धन विचारहीन भएको लामो व्याख्या सुनाउँदै जीवनरामलाई प्रतिस्पर्धी ठान्नुको मूल कुरो सुनाए विराजभक्तले, ‘उहाँहरूको संगठन ठूलो छ । त्यसमाथि अहिले त गठबन्धन पनि छ ।’

संगठन बेगर युवा र थोरबहुत नाम कमाएका व्यक्तिहरूलाई लिएर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका विराजभक्तले प्रतिस्पर्धीको बलियो संगठनबीच आफ्नो संगठन शून्यतालाई चुनौती मानेका छन् ।

सुशासन, शून्य भ्रष्टाचार जस्ता एजेण्डा मात्र होइन, स्थानीय स्तरका सडक विस्तार, संस्कृति, सम्पदा, गुठी, जात्रा, पर्व, ट्राफिक जस्ता अधिकांश मुद्दामा कोर एरियाका चारै जना उम्मेदवारबीच भाषा र प्रस्तुति बाहेक ठूलो भिन्नता छैन

सुमन सायमी भने ठूला दलको संगठनलाई चुनौती मान्दैनन् । चुनाव जित्नका लागि संगठन नै नचाहिने पुष्टि स्थानीय चुनावमा बालेन, हर्क साम्पाङ र गोपी हमालले गरिसकेको उदाहरण पेश गर्छन् । आफूले राम्रो काम गरेकै कारण २० दिनको तयारीमै स्थानीय चुनावमा सम्मानजनक मत ल्याएको सुनाउँदै सायमी भन्छन्, ‘कसले कहाँ पुगेर कति काम गरेको छ भन्ने जनताले देखेका छन् । आज संगठनले होइन, कामले मत पाउने हो ।’

सत्ता गठबन्धन र एमालेको संगठनको शक्ति चिरेर आफू सांसद बन्नेमा ढुक्क सुनिए सायमी । विराजभक्तको बुझाइ भने बेग्लै छ । ‘भोट दिन्न कसैले भन्दैनन्’ विराजभक्त इमानदार सुनिन्छन्, ‘सबैले दिन्छु नै भन्छन् । तर धेरैजसो मतदाता आफन्त, नातेदार, साथीभाइ र तिनका परिवार हुन्छन् ।’

मतदाताको नाडी छामिरहेका उम्मेदवारहरू यतिखेर चुनाव जित्ने रणनीति बनाउन व्यस्त छन् ।

स्थानीय चुनावमा युवासम्म आफ्ना कुरा पुर्‍याउन नसकेको, सामाजिक सञ्जालको सदुपयोग गर्न नसकेको र घरमूलीसँग संवाद गर्न नसक्दा चुनाव हारेको ठानेका सायमी अघिल्ला चुनावको कमजोरी सच्याउँदैछन् । नेवा समाज र सडक विस्तारका क्रममा घरजग्गा गुमाएकाहरूसँग झन् नजिकिने प्रयासमा लागेका छन् सायमी ।

सायमी सडक विस्तारका क्रममा घरजग्गा गुमाएकाहरूलाई संसदमा पुगेर सडक विस्तारको नीति फेर्ने वाचा सुनाउने सोचमा छन् । ‘सडक आन्दोलन र अभियानले मात्र नहुने रहेछ’ सायमीले आफ्नो चुनावको मूल मुद्दा सुनाए, ‘अब भने संसदमा गएर नीति, नियम र कानुन नै बदल्नुपर्ने आवश्यकता महसुस गरें ।’

चुनाव हारेर पनि बालेन शाहको विजय र्‍यालीमा देखिएका सायमीले यतिखेर बालेनसँग पनि मत बझाइरहेका छन् । महानगरले बांगेमुढाको सामुदायिक भवन भत्काएपछि उनले बालेनको खुलेर विरोध गर्न थालेका छन् । ‘कानुन बन्नुभन्दा पहिले बसेको बस्तीलाई गैरकानुनी कसरी भन्ने ?’ सायमी भन्छन्, ‘त्यस्ता बस्तीलाई व्यवस्थित पो गर्ने हो । जबर्जस्ती गरेर उठिबास लगाउनु त भएन नि !’

कमेडियन अपूर्व क्षितिज पक्राउ र रूपा सुनारको मुद्दामा पनि सुमन चर्को सुनिने गरेका छन् ।

अपूर्वलाई कारबाही गर्नुपर्ने मागमा आफ्नो नैतिक समर्थन मात्र भएको बताउँदै सायमी भन्छन्, ‘अपूर्वले मलाई पक्रन्छन् भनेर थाहा पाउँदापाउँदै यस्तो गर्‍यो जस्तो लाग्छ ।’ नेवा समुदायमाथि गरेको टिप्पणीलाई लिएर पक्राउ परेका अपूर्व हालै साढे २ लाख धरौटीमा छुटेका छन् । २०७८ असारमा कोठा खोज्ने क्रममा रूपा सुनारमाथि जातीय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई पनि ‘स्टि्रङ अपरेसन’ गरेर फसाइएको सायमीको आरोप छ ।

विराजभक्त भने जातीय मुद्दाको खिलाफमा देखिएका छन् । काठमाडौं- ८ बाट जातीय भोटले मात्र चुनाव नजितिने बताउँदै सायमी भन्छन्, ‘हामी समावेशी समाज हौं, कोर एरिया भनेर जातीय साइडबाट मात्र हेरिनुहुन्न ।’

उनी आफूले प्रदेशसभा सदस्यमा हुँदा गरेका काम र नयाँ योजना लिएर मतदातामाझ जाने तयारीमा छन् । एकीकृत समाजवादीका जीवनराम पनि आफूले मन्त्री हुँदा गरेका घोषणा, नयाँ योजनासहित मतदातामाझ जाने योजना बनाइरहेका छन् । जीवनराम योजना मात्र होइन, सत्ता गठबन्धनको नेपाली कांग्रेस र माओवादीको संगठनलाई पनि आफ्नो पक्षमा ल्याउन छलफल, बैठक गर्दैछन् । ‘गठबन्धनका साथीहरूसँग छलफल गरिरहेको छु’ जीवनरामले सुनाए, ‘उहाँहरूलाई पनि चुनावमा सक्रियतापूर्वक लाग्न भनिरहेको छु ।’

एमाले उम्मेदवार शिवसुन्दरले पार्टी नेतृत्वको सरकारले गरेका कामलाई एजेण्डा बनाएका छन् ।

विवेकशील अभियानबाट आएका विराजभक्त स्वतन्त्र उम्मेदवार बन्न सक्थे, तर रवि लामिछाने नेतृत्वमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएर घण्टी चिहृन लिएका छन् ।

सायमीले पनि चलाखीपूर्वक लौरो चुनाव चिहृन लिएका छन् । यो चिहृन हाम्रो नेपाली पार्टीको हो । ‘वैकल्पिक तथा स्वतन्त्र शक्तिको अभियान’ चलाएका सायमीले दलबाट उम्मेदवारी दर्तापछि पनि आफूलाई स्वतन्त्र उम्मेदवारकै रूपमा चिनाउने गरेका थिए । निर्वाचन आयोगले बारम्बार स्पष्टीकरण सोधेपछि भने उनी र उनको समूहले आफ्नो दलको नाम लिन थालेका छन् ।

पार्टी अपरिचित भए पनि विराजभक्त र सायमी दुवै काठमाडौं-८ का मतदाताका लागि नौला होइनन् । कतिपय मतदाताले भने विराजभक्त र सायमीमध्ये एक जना मात्रै उम्मेदवार भएको भए हुन्थ्यो भन्ने भावना पनि व्यक्त गरिरहेका छन् । विराजभक्त र सायमीमध्ये एकजना मात्र चुनाव उठ्ने विषयमा छलफल नभएको पनि होइन । तर को उम्मेदवार हुने भन्नेमा मिल्न सकेन ।

विरजभक्त, सायमीले भन्दा पहिले नै आफूले प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेको बताउँछन् ।

भन्छन्, ‘उहाँ -सायमी) स्थानीय चुनावमा लड्नुभयो । म त्यतिखेर संसदीय चुनावको तयारीमा थिएँ ।’ शुभचिन्तकले आफूलाई स्थानीय चुनावमा लड्न भने पनि संसदीय चुनाव लड्ने तयारी गरिरहेको कारण आफू स्थानीय चुनावमा नउठेको विराजभक्तको दाबी छ ।

सायमी भने राष्ट्रिय स्वतन्त्र पार्टीले धोका दिएको बताउँछन् । विराजभक्त र आफूले उठाएका धेरै मुद्दा समान भएको बताउँदै सायमी भन्छन्, ‘उद्देश्य एउटै भने राजनीतिमा संस्कार देखाउनुपर्ने थियो । संस्कार नभएको हुनाले एउटै मुद्दाका मान्छे दुईतिर उठे ।’

संसदीय चुनाव लड्न विराजभक्तभन्दा आफू पहिले आएको दाबी गर्दै सायमी भन्छन्, ‘म पहिला आएको हो, विराजजी पछि आउनुभयो । फेरि रवि-लामिछाने)जीले भद्र सहमति गरेको तोड्नुभयो । म उठ्ने ठाउँमा आफ्नो उम्मेदवार उठाउँदिन भन्नुभएको थियो तर, घण्टी नै बोकाएर पठाउनुभयो ।’

एमाले विभाजनसँगै एकीकृत समाजवादीतिर गएका जीवनराम आफ्नो मत नघट्ने दाबी गर्छन् । किनकि आफ्नो दल तुलनात्मक रूपमा कमजोर भए पनि सत्ता गठबन्धनको कांग्रेस र माओवादी केन्द्रको साथ छ । लामो समयदेखि नेपाली खेलकुदमा आवद्ध श्रेष्ठ नेपाल ओलम्पिक कमिटी अध्यक्ष पनि हुन् ।

शिवसुन्दर राजवैद्य, जीवनरामले पार्टी छाडे पनि समर्थक, शुभचिन्तकले पार्टी नछाड्ने बताउँछन् ।

सुशासन, शून्य भ्रष्टाचार जस्ता एजेण्डा मात्र होइन, स्थानीय स्तरका सडक विस्तार, संस्कृति, सम्पदा, गुठी, जात्रा, पर्व, ट्राफिक जस्ता अधिकांश मुद्दामा कोर एरियाका चारै जना उम्मेदवारबीच भाषा र प्रस्तुति बाहेक ठूलो भिन्नता छैन ।



from Online Khabar https://ift.tt/iqQvKY6

64 मेगापिक्सल कैमरे वाले Realme के 5G स्मार्टफोन पर पाएं बड़ी छूट, आज है आखिरी दिन

अगर आप 5जी फोन खरीदने की प्लानिंग कर रहे हैं तो आपके लिए अच्छा मौका है. दरअसल फ्लिपकार्ट बिग दिवाली सेल में रियलमी 9 प्रो 5जी को 21,999 रुपये के बजाए सिर्फ 18,999 रुपये में उपलब्ध कराया जा रहा है. इस फोन की सबसे खास बात इसका 64 मेगापिक्सल ट्रिपल कैमरा और FHD+ डिस्प्ले है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/QnwBr1p

प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !

६ कात्तिक, धनगढी । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ ।

भागेश्वर गाउँपालिका-५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निणर्य बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,’ थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वडा कमिटीले ती माग सम्बोधनका सम्बन्धमा अब जिल्लास्तरका नेताहरुसँग नभएर सोझै प्रधानमन्त्री शेरबहादुर देउवासँगमात्र कुरा गर्ने कुरासमेत उल्लेख गरिएको छ ।



from Online Khabar https://ift.tt/TqZeulx

Xiaomi Diwali Sale! भारी छूट पर घर ला सकते हैं Redmi का दमदार Laptop, मिल रही हैं बेस्ट डील

Diwali with Mi में मिलने वाले बेस्ट ऑफर की बात करें तो ग्राहक यहां से RedmiBook 15 Pro को भी काफी कम दाम में घर ला सकते हैं. सेल में RedmiBook 15 Pro को 59,999 रुपये के बजाए सिर्फ 35,999 रुपये में उपलब्ध कराया जा रहा है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/leyfgoh

यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै

६ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व अन्तर्गत आज काग तिहार मनाइँदै छ ।

यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

काग तिहारको अवसरमा आज काठमाडौंमा काग सम्मेलन आयोजना गरिएको छ । आज शान्तिबाटिकामा १९औं काग सम्मेलनको आयोजना गरिएको छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ ।

शनिबार नै कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले बेलुकी यमदीपदान सुरु गरिएको थियो । त्रयोदशी तिथि आज आइतबार बेलुकी ५: ०४ बजेसम्म छ ।

त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । आज बेलुकी ५:०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु भएको हो ।

धनवन्तरी जयन्ती पनि आजै परेको छ । धनत्रयोदशी (धनतेरस) भने शनिबार नै मनाइएको छ ।

तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । सोही दिन बेलुकी लक्ष्मीपूजा गर्नुपर्नेछ ।

गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ ।

कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।

तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १० गते नै गरिन्छ ।



from Online Khabar https://ift.tt/glu9KQt

Friday, October 21, 2022

प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्षनेताहरु जनकपुर जाँदै

५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्षनेताहरू आज मधेश प्रदेशको राजधानी जनकपुरधाम जाँदैछन् ।

गठबन्धनमा आबद्ध दलका मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम जान लागेका हुन् ।

कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



from Online Khabar https://ift.tt/WRX0Cl4

रानीमहल नियाल्दै र्‍याफ्टिङ सरर

५ कात्तिक, तानसेन । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्‍याफ्टिङ) नखेली मनले मानेन ।

पहिलो पटक रानीमहल आउनुभएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्‍याफ्टिङको आनन्द लिए ।  ‘पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो”, पौडेल भन्छन्, ‘प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ ।’

तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गेचट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकहरु आकर्षित भएका हुन् ।

रानीमहलमा दैनिक दुई सयभन्दा वढी आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमण गर्ने गर्दछन् । जसमा दैनिक १५ देखि २० जनाले साहसिक जलयात्रा गर्दछन् ।

स्याङ्जा विर्घाकी १६ वर्षीय नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरे पनि साहसिक जलयात्रा भने गर्नुभएको थिएन । उनी भन्छन् , ‘मेरो घर नजिकै भएर पनि यहाँ (र्‍याफ्टिङ) सुविधा छ, भन्ने थाहा थिएन ।’ चौथो पटक रानीमहल आउँदा अरू साथीहरुले जलयात्रा गरेको देखेर आफूले पनि यसको मज्जा लिएको उनी बताउँछन् ।

तेजकुमारी एडभेन्चर प्रालिले रानीमहलदेखि रीडी (रुरु धाम) सम्म साहसिक जलयात्रा चलाएको छ । रानीमहल सेरोफेरो एक किलोमिटरमा रु पाँच सय र रुरुधामसम्म रु दुई हजार शुल्क तिरेर साहसिक जलयात्रा गराइएको सञ्चालक कृष्ण क्षेत्री बताउँछन् ।

जलयात्राका लागि दुईवटा बोट सञ्चालनमा छन् । सुरक्षालाई कायक, हेलमेट, लाइफ ज्याकेट र बीमाको व्यवस्था गरिएको छ । “¥याफ्टिङ भनेपछि पर्यटक डराउने गर्नुहुन्छ’, क्षेत्री भन्छन्, “सबैखाले सुरक्षा प्रबन्ध, पानीको बहाव अध्ययन गरेर मात्र खेलाइन्छ ।’

प्रेमको प्रतीक र नेपालको ताजमहल भनेर चिनिने रानीमहलमा उदाउँदो र अस्ताउँदो सूर्यसँगैको रानीमहल हेर्न पर्यटक आउँछन् ।

कालीगङ्गाको तटमा बसेर रानीमहललाई नियाल्दै, सांसारिक दुःख, कष्ट र सुर्तालाई भुल्न प्रेम गर्ने जोडीहरु यहाँ आउछन् । यहाँ सञ्चालित साहसिक जलयात्रालाई व्यवस्थित गर्न सीमाना जोडिएका तानसेन नगरपालिका, बगनासकाली र कालीगण्डकी गाउँपालिकाले दीर्घकालीन योजना बनाएका छन् ।

बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीका अनुसार रुरुधामदेखि रानीमहल र रानीमहलदेखि राम्दीसम्म साहसिक जलयात्रा सञ्चालन गर्ने योजना छ ।

अग्ला पहाडको खोंचबाट कालीगण्डकी नदी रानीमहलको आड भएर बहन्छ । उत्तरतर्फ बग्ने भएकाले यसलाई उत्तरवाहिनी नदीका नामले समेत चिनिन्छ ।

जिल्ला सदरमुकाम तानसेनबाट नजिक भएर पनि मोटरबाटोको असुविधाले आन्तरिक पर्यटकको रोजाइमा रानीमहल कम पर्ने गर्दथ्यो ।

पछिल्लो समय मोटरबाटोको स्तरोन्नतिले यातायात सहज भएपछि आन्तरिक पर्यटकको रोजाइमा यो क्षेत्र पर्ने गरेको छ ।

पाल्पाको तानसेनमा प्याराग्याइडिङ र रिब्दीकोट–४ भैरवस्थानमा जिपलाइन जस्ता अन्य साहसिक खेल सञ्चालन हुँदै आएका छन् ।



from Online Khabar https://ift.tt/0o5vqCm