Monday, October 31, 2022

एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ ।

आज दिउँसो साढे एक बजे होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने नेकपा एमालेका कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । उनका अनुसार त्यहीँ लाइभ डिबेटको कार्यक्रम पनि हुनेछ ।

नेकपा एमालेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार समृद्धिको मार्गचित्र सहितको घोषणापत्र सार्वजनिक हुनेछ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।



from Online Khabar https://ift.tt/Gu2UTHo

No comments:

Post a Comment