Thursday, October 20, 2022

दाजुले भीरबाट धकेलिदिंदा भाइको मृत्यु

४ कात्तिक, बुटवल । अर्घाखाँचीमा एक वृद्धले भीरबाट धकेलेर आफ्नै भाइको हत्या गरेका छन् ।

भूमिकास्थान नगरपालिका १ खलाधाराको भीरबाट ७४ वर्षीय हिम बहादुर गमालले धकेलिदिंदा सोही ठाउँका ७० वर्षीय वीर बहादुर गमालको मृत्यु भएको हो । हिमबहादुर र वीरबहादुर सहोदर दाजुभाइ हुन् ।

हिम बहादुर गमालले कात्तिक २ गते बेलुकी अन्दाजी ७ बजे बाटोमा हिंड्दै गर्दा लेनदेको विवादपछि भीरबाट धकेलेका थिए । उनीहरु वडा नं ४ धापानीस्थित एक बैंकबाट बृद्ध भत्ता बुझेर फर्किरहेका थिए ।

अनुसन्धानका क्रममा दाजुभाइबीच लेनदेनको विषयमा विवाद भएको र दाजुले धकेलिदिंदा भीरबाट खसेर भाइको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए । भीरबाट लडेर मृत्यु भएका गमालको शव बिहीबार फेला परेको थियो ।

घटनामा दाजु हिम बहादुर दोषी पाइएपछि उनलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक घिमिरेले बताए ।

 



from Online Khabar https://ift.tt/NOQqT0v

No comments:

Post a Comment