Saturday, October 15, 2022

युक्रेनको ऊर्जा उत्पादन केन्द्रमा रुसको आक्रमण, बिजुली खपत कम गर्न आह्वान

३० असोज, काठमाडौं । युक्रेनको राजधानी किएभ नजिकको एक पावर प्लान्ट (ऊर्जा उत्पादन केन्द्र)मा रुसले मिसाइलबाट आक्रमण गरेको छ । यो आक्रमणपछि युक्रेन सरकारले बिजुलीको खपत कम गर्न आह्वान गरेको छ ।

युक्रेनमा बिजुली आपूर्ति गर्ने सरकारी संस्था युक्रेनर्जोले स्थानीय समय अनुसार साँझ ५ बजेदेखि राति ११ बजेसम्मको समयमा कम बिजुली प्रयोग गर्न भनेको हो ।

राजधानी किएभवासीलाई मात्र नभई जाइटामिर, चर्कासी र चेर्निहाइबका बासिन्दालाई पनि बिजुली खपत कम गर्न भनिएको छ । उनीहरुलाई धेरै बिजुली खपत हुने विद्युतीय उपकरण प्रयोग नगर्न र अत्यावश्यक बाहेकका स्थानका बत्ती नबाल्न भनिएको छ ।

युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख काइरिलो तिमोशेन्कोले बिजुली बचाउन नसकिएमा समस्या पर्ने र मैनबत्तीको सहरा लिनुपर्ने बताएका छन् ।



from Online Khabar https://ift.tt/FRvO927

No comments:

Post a Comment