Wednesday, October 26, 2022

तारकेश्वरमा जुवाखालबाट ८ जना पक्राउ

१० कात्तिक, काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वरमा ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका पैयौटारस्थित भीमबाबु केसीको घरमा बुधबार राति साढे ११ बजे जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १६ थान कौडा र नगद दुई लाख ४६ हजार ६८० रुपैयाँ बरामद गरिएको छ ।

प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  ।



from Online Khabar https://ift.tt/IvLN8GQ

No comments:

Post a Comment