Wednesday, October 19, 2022

पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निसिमको शालिक स्थापना हुने

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको शालिक स्थापना गरिने भएको छ ।

बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप शालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

उनका अनुसार बीमा रकम बाहेक पनि मृतक खेलाडीलाई सरकारबाट राहत दिन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय पनि भएको छ । राष्ट्रिय खेलकुदमा हरेक खेलाडीको १० लाखको जीवन बीमा गरिएको छ ।

असोज ३० गते प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुँदै गर्दा सराङकोटमा भएको दुर्घटनामा नेपाल आर्मी क्लबका लागि खेलिरहेका उपाधि दावेदार निसिमको निधन भएको थियो ।



from Online Khabar https://ift.tt/cTGKn3w

No comments:

Post a Comment