Tuesday, February 28, 2023

छप्पड़ फाड़ ऑफर! आधी कीमत पर मिल रहा है Samsung का मुड़ने वाला फोन, प्रीमियम स्मार्टवॉच पर भी 50% छूट

अगर आपको भी नया प्रीमियम फोन खरीदने की मन है, लेकिन महंगी कीमत के चलते नहीं खरीद पा रहे हैं तो आपके लिए अच्छी खबर ऐसा इसलिए क्योंकि सैमसंग के मुड़ने वाले फोन और वॉच को आधे दाम में खरीदा जा सकता है...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3LSrbcP

चितवन–२ को उपनिर्वाचनका लागि १८ दल दर्ता

१७ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आगामी वैशाख २ गते हुने उपनिर्वाचनका लागि आयोगले यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ताको समय तोकेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक हप्ताको समयसीमा १८ दल दर्ता भएको जानकारी दिए ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दल दर्ता गरेका छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, नेपाली कांग्रेस (बीपी) मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनमुक्ति, नेकपा माओवादी समाजवादी, पुनर्जागरण पार्टी, मौलिक जरोकिलो, राष्ट्रिय मुक्ति आन्दोलन र जय जनमुक्ति पार्टीले पनि दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रास्वपाका सभापति रवि लामिछाने प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर  गत माघ १३ गते रविको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएको हो । १५ माघमा उनले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।

६ महिनाभन्दा बढी कार्यकाल रहँदै सांसदको पद रिक्त हुन गएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था अनुसार आगामी वैशाख २ गते चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगको तालिका अनुसार आगामी चैत २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।



from Online Khabar https://ift.tt/4CxhYVM

मस्को नजिक युक्रेनको ड्रोन दुर्घटना, रुस भन्छ- आक्रमणको असफल प्रयास

१७ फागुन, काठमाडौं । युक्रेनले रुसको राजधानी मस्को नजिक ड्रोनमार्फत् आक्रमणको प्रयास गरेको रुसी अधिकारीहरुले दाबी गरेका छन् ।

राजधानी मस्को नजिकको एक गाउँमा एउटा ड्रोन सोमबार मध्यरात दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । त्यो ड्रोन युक्रेनमा बनेको पाइएको छ । तर त्यसबाट कुनै क्षति भने भएको छैन । रुसले यो घटनालाई युक्रेनले गरेको आक्रमणको असफल प्रयास भनेर टिप्पणी गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनमा मस्कोका गभर्नर आन्द्रेइ बोरोब्योबको दाबी अनुसार मस्कोभन्दा करिब एक सय किलोमिटर दक्षिण-पूर्वमा पर्ने गुबास्तोब गाउँमा ड्रोन आक्रमण प्रयास भएको थियो । युक्रेनले मस्कोका बासिन्दालाई लक्षित गर्दै ड्रोनबाट प्रहार गरेको उनले आरोप लगाए ।

उनले भने, ‘युक्रेनले सोमबार मध्यरातिदेखि मंगलबार बिहानसम्म ड्रोन प्रहार गरिरह्यो र त्यसलाई असफल बनाउन रुस डटिरह्यो । त्यसबेला एउटा ड्रोन दुर्घटना भएको थियो ।’

त्यो समयमा रुसका टेलिभिजन च्यानल र रेडियो स्टेशनसमेत ह्याक भएको र त्यसमा युक्रेनको हात रहेको उनले आरोप लगाए । रुसी अधिकारीहरुका अनुसार सो समयमा सम्भावित क्षतिलाई रोक्न सेन्ट पिटर्सबर्गको विमानस्थल अस्थायी रुपमा बन्द समेत गरिएको थियो ।

मस्कोका गभर्नर बोरोब्योबले मानव बस्तीहरु सुरक्षित रहेको भन्दै घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । ड्रोन खसेको गुबास्तोब गाउँमा सहायताकर्मी र बम प्रतिरोधी टोली पठाइएको छ ।

रुसको वस्ती नजिक खसेका ड्रोन भनेर सामाजिक सन्जालमा फोटोहरु सार्वजनिकसमेत भएका छन् । त्यसको आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन । युक्रेनले पनि हालसम्म रुसको भूमिमा आक्रमण गरेको जिम्मेवारी नलिएको बीबीसीले जनाएको छ ।



from Online Khabar https://ift.tt/TXU2FRA

नया फोन आते ही कम हुई Xiaomi 12 Pro 5G की कीमत, 10,000 रुपये सस्ता हुआ फोन, अभी कर लें ऑर्डर

Xiaomi 12 Pro 5G फोन 10 हजार रुपये सस्ता हो गया है. चीनी ब्रांड ने इस फोन को पिछले साल लॉन्च किया था. फीचर्स की बात करें, तो फोन में 2K रिजोलूशन वाला 6.73-इंच AMOLED डिस्प्ले मिलता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/xdLC9NG

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू

१७ फागुन, काठमाडौं । आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ ।

निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि आज फागुन १७ गतेदेखि आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जानकारी दिएको हो ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्त ा गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

राष्ट्रपति चुनिएपछि मात्र उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने छ । त्यसैले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लाग्न बाँकी छ ।

कोकोलाई लाग्छ आचारसंहिता ?

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुनेछ ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबैलाई आग्रह गरेको छ ।

आचारसंहिता अन्तर्गत मतदानको ४८ घन्टा अघिदेखि सभा, जुलुस, नाराबाजीलगायत प्रचारप्रचार गर्न नपाउने व्यवस्था छ । साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल तथा अन्य कुनै साधन प्रयोग गर्न नपाउने भनिएको छ । बाजा, सार्वजनिक भोज, हुलहुज्जत गर्न नपाइने, हातहतियार लिएर हिँड्न नपाइने व्यवस्था आचारसंहितामा छ । मादक पदार्थ पनि निषेध गरिएको छ

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारलाई निर्वाचन खर्चको सीमा अधिकतम चार लाख रुपैयाँ तोकिएको छ । निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० जना गरी ८८२ जना मतदाता रहन्छन् ।



from Online Khabar https://ift.tt/wZHjhoz

मोबाइल के अंदर बह रहा लिक्विड देता है दिखाई, OnePlus लाया गजब हैंडसेट, आप भी देखकर कहेंगे WoW!

OnePlus 11 कॉन्सेप्ट फोन को सोमवार को कंपनी ने ऑनगोइंग मोबाइल वर्ल्ड कांग्रेस MWC 2023 के दौरान पेश किया है. वनप्लस का ये कॉन्सेप्ट स्मार्टफोन काफी खास है. क्योंकि, इसके रियर पैनल में एक्टिव लिक्विड कूलिंग सिस्टम दिया गया है. आइए जानते हैं इसकी बाकी डिटेल.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/WyuwUzN

Monday, February 27, 2023

अमेरिकामा असिनापानी सहितको आँधीले जनजीवन प्रभावित

१६ फागुन, काठमाडौं । असिनापानी सहितको आँधीले अमेरिकाका क्यालिफोर्निया लगायत राज्यको जनजीवन प्रभावित भएको छ । खराब मौसमका क्यालिफोर्निया, ओक्लोहामा, टेक्सास, मिसौरी लगायत राज्यको जनजीवन प्रभावित भएको हो ।

बीबीसीका अनुसार यी राज्यका धेरै घरहरु भत्किएका छन् । बिजुलीका खम्बा ढलेकाले विद्युत् आपूर्तिसमेत बन्द भएको छ । हालसम्म कम्तिमा १२ जना घाइते भएका छन् ।

सबैभन्दा बढी क्यालिफोर्निया राज्य प्रभावित भएको छ । ठाउँ–ठाउँमा बाढी र डुबानको अवस्था छ । सम्भावित क्षतिलाई रोक्न स्थानीय सरकारले समुद्री किनार बन्द गराएका छन् ।

क्यालिफोर्निया, टेक्सास र ओक्लाहोमामा करिब एक लाख जना बिजुलीविहीन अवस्थामा रहेको बीबीसीले उल्लेख गरेको छ । प्रभावित क्षेत्रका भिडियो फुटेजहरुमा चारपांग्रे सवारी साधन लडाएको र घरका छाना उडाएको देखिन्छ ।

मौसमविदहरुले अमेरिकाको मध्यपश्चिम क्षेत्रको मौसम एक हप्तासम्म खराब हुने पूर्वानुमान गरेका छन् ।

 



from Online Khabar https://ift.tt/TAglnv5

सरकारमा जान मेरो दाबी छैन : पूर्णबहादुर खड्का

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा नजाने बताएका छन् ।

कांग्रेसबाट सरकारमा जानेदाबी गरेको भन्ने चर्चा भएको बताउँदै उपसभापति खड्काले आफ्नो कुनै पनि कुरामा दाबी नभएको बताएका हुन् ।

गत पुस १० गते भत्किएको गठबन्धनलाई पुन:स्थापित गर्ने संकल्प पूरा गरिएको भन्दै उनले अब कुनै कुरामा आफ्नो दाबी नभएको बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘ पुस १० गते भत्काइएको गठबन्धनलाई पुन:स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएकोछ। अब मेरो दाबी कुनै कुरामा छैन ।’

नयाँ गठबन्धन बनेसँगै नेपाली कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्न चाहेको चर्चा चलेको थियो । उनले सोही विषयमा स्पष्टीकरण दिएका हुन् ।



from Online Khabar https://ift.tt/HvtmNud

विद्युत प्राधिकरणले ल्यायो ‘एनई एप’

१६ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने गरी मोवाइल एप सञ्चालनमा ल्याएको छ ।

ग्राहकका गुनासोसमेत व्यवस्थापन गर्न सजिलो हुने गरी मोबाइल एम ‘एनई एप’ सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ ।

यो एप प्रयोगका लागि मोबाइलको ‘प्ले स्टोर’मा गई ‘NEA Official App’ सर्च गरी डाउनलोड गर्न सकिनेछ ।

यो एपबाट मिटर रिडिङ, बिलिङ, मसहसुल भुक्तानी, चार्जिङ स्टेशनको जानकारी प्रदान गर्नुका साथै विद्युत आपूर्तिसम्बन्धी जानकारी दिइने प्राधिकरणले जनाएको छ ।

सेवा लिन सरल र सहज हुने भएकोले यो एपको प्रयोग गर्न प्राधिकरणले सेवाग्राहीमा अपिल गरेको छ ।



from Online Khabar https://ift.tt/Rj0OhYl

राष्ट्रपति चुनाव : आज उम्मेदवारी फिर्ताको समय

१६ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचन लड्न नचाहने उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् ।

उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्मको समय निर्धारण गरिएको छ । आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । तर उनीहरुले उम्मेदवारी फिर्ता लिने सम्भावना कम छ । दुवै उम्मेदवारहरुविरुद्ध उजुरी र दावी विरोध पनि परेको छैन ।

उम्मेदवारी फिर्ता लिने समय सकिएपछि आजै साँझ ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जानकारी दिइन् ।

राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिंदै छ ।

 



from Online Khabar https://ift.tt/A9LKcdY

2 हजार रुपये से कम में आई ये धमाकेदार वॉच, जबरदस्त है लुक, NoiseFit Crew को देगी टक्कर

Fire-Boltt Phoenix Pro स्मार्टवॉच को भारत में लॉन्च कर दिया गया है. ये एक बजट स्मार्टवॉच है. इसमें 100 से ज्यादा स्पोर्ट्स मोड्स दिए गए हैं. साथ ही ब्लूटूथ कॉलिंग का भी फीचर मौजूद है. ये नई वॉच बजट सेगमेंट में Noise की एक हालिया वॉच को टक्कर देगी. आइए जानते हैं इसके बाकी फीचर्स.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/rGRwuZS

Sunday, February 26, 2023

एमालेले बोलायो सचिवालय बैठक

१५ फागुन, काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ ।

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको सन्दर्भमा आज ११ बजे पार्टी सचिवालयको बैठक बस्न लागेको जानकारी दिएका छन् ।

राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने बताएका थिए । आइतबार परराष्ट्रमन्त्री पौड्याललाई अन्तिम समयमा जेनेभा जान रोक लगाइएपछि एमाले सरकारबाट बाहिरिनुपर्ने आवाज पुनः उठेको छ ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारमा रहने कि नरहने भन्ने विषयमा आजको बैठकमा छलफल हुनसक्ने बताइन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने बताए ।

नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग हुनेछ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

एमालेको समर्थनमा गत पुस १० गते प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डले कांग्रेससहितको आठ दलीय गठबन्धन बनाएपछि एमाले उनीसँग रुष्ट छ । सोही आठ दलीय गठबन्धनले कांग्रेसका पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाएको हो । त्यसलगत्तै एमालेमा सरकारबाट हट्ने कि नहट्ने भन्ने भइरहेको छ । राप्रपाले भने सरकारबाट बाहिरिंदै समर्थन पनि फिर्ता लिइसकेको छ ।



from Online Khabar https://ift.tt/uBFvtcC

लिग टु : यस्तो छ यूएई र पीएनजीसँग नेपालको विगत, नामिबिया र अमेरिकाको पनि नजर

१५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित शृंखला आजदेखि यूएईमा सुरु हुँदैछ ।

यी तीन देश सम्मिलित शृखंला हुन लागेको यो दोस्रो पटक हो । यसअघि गत वर्ष मार्चमा यूएईमै यी तीन टोलीबीच शृंखला भएको थियो । यो खेल पीएनजीको मैदानमा हुनुपर्ने भए पनि प्राविधिक कारणले यूएईमै खेलाउन लागिएको हो । लिग टुमा तीनवटै टिम आफ्नो आठौं शृखंला खेल्दैछन् । यसपछि नवौं तथा अन्तिम शृखंला नेपालमा हुनेछ ।

लिग टुमा शीर्ष तीनमा रहँदै आगामी जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्नका लागि नेपाल र यूएई होडमा छन् । त्यसैले घरेलु टोली यूएई र नेपाललाई यो शृखंला महत्वपूर्ण छ ।

लिग टुको पुछारमा रहेको पीएनजीले सात टिममध्ये अन्तिममै रहने निश्चित छ र ओडीआई मान्यता गुमाउने पनि पक्का छ ।

नेपालको लक्ष्य सकेसम्म शीर्ष तीनमा रहेर ओडिआई मान्यता कायम राख्दै जिम्बावेमा विश्वकप छनोट खेल्नेछ । त्यहाँसम्म पुग्न नसके पनि कम्तीमा लिग टुको शीर्ष पाँचमा रहेर ओडीआई मान्यता कायम राख्ने अभियानमा छ ।

त्यसैले यूएईमा घरेलु टोली र पीएनजी विरुद्ध हुने दुवै खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपालले शीर्ष तीनको सम्भावना कायम राख्न कम्तीमा पनि यूएईमा तीन खेल जित्नैपर्नेछ ।

लिग टुमा नामिबिया र अमेरिकाको नजर

हाल यूएई २८ खेलबाट २९ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट नेपाल २६ अंकसहित छैटौं स्थानमा छ ।

स्कटल्याण्ड सबै ३६ खेल खेल्दै ५० अंक जोडेर लिगको च्याम्पियन बनिसकेको छ । ३६ खेल खेलिसकेका ओमान पनि ४४ अंक जोडेर स्कटल्याण्डसँगै विश्वकप छनोटमा पुगिसकेको छ ।

३६ खेलबाट ३९ अंक जोडेको नामिबिया तेस्रो र ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छन् ।

अमेरिका शीर्ष तीनको होडबाट बाहिरिसकेको छ र पीएनजीसँगै आगामी मार्चमा नामिबियामा हुने प्लेअफ क्वालिफायर खेल्ने पक्का छ ।

सबै खेल खेलिसकेपनि नामिबिया र अमेरिकाको नजर अब हुने दुई शृखंलामा हुनेछ । तेस्रो स्थानमै रहेर विश्वकप छनोट खेल नामिबियालाई बाँकी १२ खेलमा आफू अनुकूल नतिजा आउनुपर्नेछ । यस्तै अमेरिकालाई ओडिआई मान्यता जोगाउन पाँचौ स्थानमै रहनुपर्नेछ ।

तर नेपालले बाँकी ८ मध्ये ५ खेल मात्रै जिते पनि अमेरिकालाई पछि पार्दै पाँचौ स्थानमा पुग्नेछ । लिग टुको शीर्ष पाँचमा रहनेले मात्र ओडिआई मान्यता जोगाउनेछन् ।

यूएई र पीएनजीसँग नेपालको इतिहास

नेपालले अब खेल्न लागेको यूएई र पीएनजी परिचित टिम हुन् । नेपालले दुवै टिमसँग लिग टु र दुई पक्षीय ओडीआई शृंखला समेत खेलिसकेको छ ।

नेपालले यूएई र पीएनजी दुवैसँग २-२ पटक ओडीआई शृंखला खेल्दा मिश्रति नतिजा निकालेको छ । दुवै टिमविरुद्ध नेपालले एक पटक शृखंला जित्दा एक पटक पराजित भएको छ ।

यस्तै लिग टुमा भने नेपालले यूएईलाई हराउन सकेको छैन भने पीएनजीसँग लिग टुमा नेपाल अपराजित छ ।

समग्रमा नेपालले यूएईसँग ९ खेल खेल्दा ४ खेल जितेको छ भने ५ खेलमा पराजित भएको छ ।

पीएनजीसँग ६ खेल खेल्दा नेपालले ४ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ । पीएनजी विरुद्धको दुवै खेल नेपालले घरेलु मैदानमै गुमाएको थियो ।

नेपालले दुवै टिमसँग पछिल्लो खेल घरेलु मैदानमा खेलेको थियो । गत मार्चमा पीएनजी विरुद्ध घरेलु मैदानमा दुई खेलमा पराजित भएको नेपालले यूएईविरुद्ध नोभेम्बरमा भएको पछिल्ला दुई खेल भने जितेको थियो ।

गत नोभेम्बरमा घरेलु मैदानमा नेपाल र यूएईबीच तीन खेलको ओडिआई शृखंला भएको थियो । जसमा पहिलो खेलमा पराजित भए पनि नेपालले पुनरागमन गर्दै त्यसपछिका दुई खेल लगातार जितेर शृखंला कब्जा गरेको थियो ।

पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । तर त्यसपछि नेपालले दोस्रो खेल ३ विकेट र तेस्रो खेल ६ विकेटले जितेको थियो ।

गत वर्ष मार्चमा यूएईमा भएको लिग टु शृखंलामा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । तर लिग टुमा नेपाल यूएईसँग दुवै खेलमा पराजित भएको थियो । यूएईविरुद्ध नेपाल पहिलो खेलमा ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।

लिग टु पछि मार्चमै नेपालमा भएको नेपाल र पीएनजीबीचको दुई खेको शृखंला भने पीएनजीले जितेको थियो । घरेलु मैदानमा भएको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित भएको थियो ।

पहिलो खेलमा २९३ रनको लक्ष्य पछ्याउने क्रममा ६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा २७८ रन बनाउँदै ३ विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा रोहित पौडेलले १२६ रन बनाए पनि नेपालले लक्ष्य भेट्टाउन सकेन । यस्तै दोस्रो खेलमा दीपेन्द्र सिंह ऐरीले १०५ रन बनाएका थिए ।

नेपाल र पीएनजीबीच २०२१ सेप्टेम्बरमा ओमानमा पहिलो पटक दुई पक्षीय ओडिआई शृंखला भएको थियो । जसमा नेपालले दुवै खेल जितेको थियो । नेपालले पीएनजीलाई पहिलो खेलमा २ विकेटले र दोस्रो खेलमा १५१ रनले हराएको थियो ।

नेपाल भर्सेस पीएनजी हेड टु हेड

खेल : ६
नेपाल विजयी : ४
पीएनजी विजयी : २

नेपाल पीएनजी खेलको नतिजा

नेपाल टुर टु ओमान २०२१ सेप्टेम्बर : नेपाल २ विकेटले विजयी
नेपाल टुर टु ओमान २०२१ सेप्टेम्बर : नेपाल १५१ विकेटले विजयी
क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : नेपाल २ विकेटल विजयी
क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : नेपाल ७ विकेटले विजयी
पीएनजी टुर टु नेपाल २०२२ मार्च : पीएनजी ६ रनले विजयी
पीएनजी टुर टु नेपाल २०२२ मार्च : पीएनजी ३ विकेटले विजयी

नेपाल-यूएईको हेड टु हेड

खेल : ९
नेपाल विजयी : ४
यूएई विजयी : ५

नेपाल यूएई खेलको नतिजा

एसिया कप छनोट २०१८ अगस्ट : यूएई ७८ रनले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी : यूएई ३ विकेटले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी : नेपाल १४५ रनले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी : नेपाल ४ विकेटले विजयी
क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : यूएई ४८ रनले विजयी
क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : यूएई ९९ रनले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : यूएई ८४ रनले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : नेपाल ३ विकेटले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : नेपाल ६ विकेटले विजयी



from Online Khabar https://ift.tt/NunDrlA

यू-१९ विश्वकप छनोटमा नेपालले आज हङकङसँग खेल्ने

१५ फागुन, काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो तेस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

छनोट प्रतियोगिता यसअघिका दुवै खेल जित्दै नेपाल अपराजित छ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यस्तै  दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको । कुवेतविरुद्ध कप्तान देव खनाल र अर्जुन कुमालले शतक बनाएका थिए भने आकाश चन्दले ६ विकेट लिएका थिए ।

हङकङले भने यसअघि एक जित र एक हारको नतिजा निकालेको छ ।

पहिलो खेलमा कुवेतमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।

आजै यूएई र कुवेत तथा सिंगापु र मलेसियाबीच खेल हुनेछ ।

नेपाल र यूएई लगातार दुई खेल जित्दै अंकतालिकामा अगाडि छन् । रनरेटको आधारमा यूएई शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।



from Online Khabar https://ift.tt/pzwjROB

आज मगर एकता दिवस, केही पालिकामा सार्वजनिक विदा

१५ फागुन, काठमाडौं । मगर समुदायले आज ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछन् । दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाहरुले सार्वजनिक विदा दिएका छन् ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।

स्थापना दिवस परम्परागत भेषभुषासहितको ¥याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाचसहित मनाइने नेपाल मगर संघका सचिव हेमन्त बुढाथोकीले बताए ।

मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिनुपर्ने, नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । तर आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

तर केही पालिकाहरुले भने फागुन १५ गते सार्वजनिक विदा दिने निर्णय गरेका छन् । गुल्मी जिल्लाका चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।

यसैगरी मगर समुदायको बाक्लो उपस्थिति रहेको तनहुँको म्याग्दे गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले पनि आज सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।



from Online Khabar https://ift.tt/h5WfrIu

धूम मचाने आ रहा OnePlus का सस्ता फोन, मिलेगा 50 MP कैमरा, प्रोसेसर भी होगा दमदार

OnePlus Nord 3 फोन की लॉन्च टाइमलाइन सामने आ गई है. कंपनी इस फोन को इस साल मिड-जून या जुलाई पेश कर सकती है. वनप्लस नॉर्ड 3 में ट्रिपल रियर कैमरा सेटअप दिया जाएगा. फोन में 6.72 इंच बड़ी AMOLED डिस्प्ले मिल सकती है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/qzfgAw7

Saturday, February 25, 2023

मड्रिड डर्बी बराबरीमा सकिँदा रियललाई घाटा

१४ फागुन,  काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत शनिबार राति भएको मड्रिड डर्बीमा दोस्रो स्थानको रियल र चौथो स्थानको एट्लेटिकोले १-१ को बराबरी खेलेका छन् ।

१० खेलाडीको एट्लेटिकोसँग बराबरीमा रोकिँदा रियललाई उपाधि होडमा घाटा लागेको छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ७ अंकले पछि छ र बार्सिलोनाले अझै एक खेल खेल्न बाँकी छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले अन्तिम समयमा बराबरी गोल फर्काएको थियो ।

खेलको ६४औं मिनेटमा एन्जल कोरेअ रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि एट्लेटिको दश खेलाडीमा झरेको थियो । तर ७८औं मिनेटमा जोस जिमिनेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । यद्यपि एट्लेटिकोले अग्रता जोगाउन भने सकेन । रियलका लागि टिनएजर अल्भारो रोड्रिगेजले ८५औं मिनेटमा गोल गर्दै खेल बराबरी गर्दै रियललाई हारबाट जोगाए ।

बराबरीपछि रियलको २३ खेलबाट ५२ अंक भएको छ । लिग लिडर बार्सिलोनाको २२ खेलबाट ५९ अंक छ । आइतबार बार्सिलोनाले अल्मेरियालाई हराएमा रियलमाथि १० अंकको अग्रता बनाउनेछ ।

एट्लेटिको मड्रिड भने २३ खेलबाट ४२ अंकसहित चौथो स्थानमै छ । एट्लेटिको तेस्रो स्थानको रियल सोसिडाडभन्दा जम्मा एक अंकले पछि छ ।

आइतबार राति नै सोसिडाड भ्यालेन्सियासँग १-० ले पराजित हादा एट्लेटिकोलाई फाइदा भएको छ ।



from Online Khabar https://ift.tt/Twn0aGS

धूम मचाने आ रहा Realme GT 3 फोन, ट्रांसपेरेंट पैनल के साथ आएगा डिवाइस, कैमरा भी होगा शानदार

रियलमी अपने नए फोन Realme GT 3 को 240W फास्ट चार्जिंग टेक्नोलॉजी के साथ लॉन्च करेगी. Realme ने हाल ही में पुष्टि की है कि वह 28 फरवरी को MWC 2023 में फोन लॉन्च करेगी.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/E1q9LiW

ऋणले डुबेका किसान प्याज बेच्न गए, ५१२ किलो प्याजको जम्मा २ भारु पाए

बजारमा प्याजको भाउ कुनैबेला निकै चर्को हुन्छ । तर कुनैबेला भाउ यति तल र्झछ कि किसानले लागत मूल्यको शून्य बराबर प्रतिफल पनि पाउँदैनन् ।

पछिल्लो समयमा भारतमा प्याजको मूल्यमा भारी गिरावट आउँदा किसानहरु यस्तो पीडाबाट गुज्रिरहेका छन् । महाराष्ट्रका किसानहरू झनै पीडित छन् ।

महाराष्ट्रको सोलापुरमा एकजना किसानको दर्दनाक पीडा हालै सार्वजनिक भएको छ । सोलापुर र उस्मानावादको सीमानामा दिनरात मेहेनत गरेर उब्जाएका ५१२ किलो प्याज बिक्री गर्दा उनले जम्मा २ भारु रकम मात्रै पारेका छन् ।

स्थानीय किसान तुकाराम चव्हाणले आफ्नो २ एक्कड खेतमा हजारौं रुपैयाँ खर्च गरेर उब्जाएको ५ क्विन्टलभन्दा बढी प्याज बेचेर जम्मा २ रुपैयाँ भारु बँचाएका छन् ।

वास्तवमा उनले प्रतिकिलो १ भारुमा प्याज बेच्न बाध्य भए । गाडीभाडा तथा अन्य सबै लागत खर्च कटाउँदा ५ क्विन्टल प्याजको जम्मा २ भारु मात्रै बचत भयो । ऋणले डुबेका तुकाराम त्यो घटनाबाट मर्माहत बने र आँशु झारे ।

एजेन्सी



from Online Khabar https://ift.tt/gVkoWQ9

रूसले पाइपलाइन तेल आपूर्ति रोक्योः पोल्याण्ड

१४ फागुन, वार्सा । पोल्याण्डको ऊर्जा समूह ‘पीकेएन अर्लेन’ले आफ्नो अन्तिम सम्झौताअनुसार ओर्लेनको आवश्यकताको १० प्रतिशत हिस्सा ओगटेको ड्रुज्बा पाइपलाइनमार्फत रुसी तेल प्राप्त गर्न बन्द गरेको शनिबार घोषणा गरेको छ ।

‘पोल्याण्डतर्फको ड्रुज्बा पाइपलाइनबाट हुने आपूर्ति रूसी पक्षले रोकेको छ,’ पोल्याण्डको कम्पनीमार्पत् एएफपीले प्राप्त गरेको विज्ञप्तिमा भनिएको छ ।

यो कदमले पोल्याण्डका ग्राहकहरूलाई आपूर्तिमा असर नपार्ने भन्दै अर्लेनले अब सबै पेट्रोलियम पदार्थको आपूर्ति सामुद्री मार्गबाट हुने जनाएको छ ।

हालसम्म अर्लेनले आफ्नो इन्धन आवश्यकताको करिब १० प्रतिशत रूसी पाइपलाइनमार्फत र बाँकी सामुद्रिक मार्गबाट अन्य देशबाट आयात गर्दै आएको थियो ।

युक्रेनमा रूसको युद्धलाई लिएर युरोपेली सङ्घ (ईयू) ले नयाँ चरणको प्रतिबन्ध लगाउने सहमति गरेको एक दिनपछि यो कदम चालिएको हो । सिन्ह्वा



from Online Khabar https://ift.tt/qH7LdRT

Friday, February 24, 2023

अर्थतन्त्रको समस्या : ‘स्टेरिङ’ घुमाउनुपर्ने मोड पत्तो नपाउँदाको नतिजा

मैले अर्थ मन्त्रालय सम्हाल्दा र छोड्दाको तुलनात्मक अवस्थाबाट विषय सुरु गर्नु उचित हुन्छ ।

अर्थ मन्त्रालय सम्हाल्दै गर्दा श्वेतपत्रमार्फत अर्थतन्त्रको संरचनात्मक समस्या जे-जे छन् भनेको थिएँ, ती समस्या पाँच वर्षभन्दा कमको अवधिमा हल हुने अवस्थाका थिएनन् । अढाइ वर्षमा मैले सरकार छोडें ।

हाम्रो बाहृय क्षेत्र, आयात र निर्यातको संरचना, उत्पादनको सम्बन्ध, कृषि र सेवा उद्योगको संरचनाको कुरासहित बजेटमा उल्लेख नभएका र बजेटले सिर्जना गरेबाहेकका दायित्वहरू कति छन् भनेर मैले श्वेतपत्रमा भनेको थिएँ ।

त्यसलाई कतिले आफूलाई गाली गरेको भन्ने ठाने । तर, त्यो चाहिं हैन । कसैलाई गाली थिएन, जे भएको हो त्यही भनिएको थियो । जस्तो उदाहरणका लागि हामीले उच्च आर्थिक वृद्धि गर्न खोज्यौं भने त्यसले उच्च आयात माग्छ र निर्यात नहुने र आयात मात्रै प्रतिस्थापन गर्ने वस्तुको उत्पादन गरेर हुने आर्थिक वृद्धिले चालु खाता घाटा र बाहृय क्षेत्र भुक्तानी घाटा हुन्छ । र, कुनै अवस्थामा आर्थिक वृद्धिको गियर ३/४/५ मा पुगे पनि विस्तारै २/३ तिर झार्नुपर्ने हुन्छ । मैले त्यही कुरा भनेको थिएँ । आज पनि त्यही अवस्था हो । अहिले कलिकति सुधार भएको छ ।

अर्कोतर्फ सरकारको वित्त व्यवस्थापनमा जहिले पनि चुनौती हो । पूँजीगत खर्च कमजोर हुने र चालु खर्च बढ्ने कुरा त छँदैछ । मैले पूँजीगत खर्च हुन नसक्ने कारणबारे केही कुरा भनेको थिएँ, त्यसलाई सुधार गर्न कोसिस पनि भएको थियो । तर, यो लामो समयदेखि जे चलिरहेको छ है भनेर मैले संकेत गरेको थिएँ ।

यसैगरी दातृ निकायसँगको सम्बन्ध जटिल हुन्छ । सहायता दिन मुलुकहरूको स्वार्थ हुन्छ । हाम्रो राष्ट्रिय स्वार्थ हुन्छ भने उनीहरूको पनि केही स्वार्थ त हुन्छ नै । आफ्नो करदाताले तिरेको पैसा निःशुल्क रूपमा त त्यसै बाँड्दैन नि दाताले !

तर, यसलाई हामीले राष्ट्रिय हितअनुसार कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा चुनौती हुन्छ भनेर मैले भनेको थिएँ । हाम्रो प्राथमिकता हामीले तय गर्न सकेनौं भने उनीहरूको प्राथमिकताले प्रश्रय पाउँछ नै ।

हाम्रो औद्योगिक तथा कृषिको संरक्षणमा समस्या छ । नेपाल-भारत वाणिज्य सन्धि वा १९५० को सन्धिकै कारणले हाम्रो श्रम बजार पनि सुरक्षित गर्न सक्दैनौं । हाम्रो कृषि बजार पनि संरक्षित गर्न सक्दैनौं । त्यो कुरा पनि मैले उठाएको थिएँ ।

श्वेतपत्रमा नभने पनि उत्तरतर्फ पारवहन सम्झौता त भयो, व्यापार सम्झौता पुरानो हो । त्यो ६७ वर्षअघिको कानुनबाट निर्देशित छ । त्यसो हुनाले नेपाल-चीन व्यापारलाई वैध रूपबाट अघि बढाउनुपर्छ भन्ने कुरा पनि थिए ।

मैले मन्त्रालय छोडिरहँदा कोभिड महामारीको अवस्था थियो । तुलनात्मक रूपमा सामान्य अवस्था थिएन । पहिलो दुई वर्ष ठीकै थियो, तेस्रो वर्षमा केही चाप पर्‍यो । पहिलो दुई वर्षको दोस्रो वर्ष हुँदा तेस्रो वर्ष ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि भइरहेको थियो । अर्थतन्त्र त्यतिले नै ‘ओभर हिटिङ’ अर्थात् अर्थतन्त्रका कतिपय सूचना बढी चाप पर्न थालेको अवस्था थियो ।

चालु खाता घाटा बढ्दै जाने, भुक्तानी सन्तुलनमा चाप पर्ने अवस्था त्यो बेलामा पनि थियो । त्यसैले हामीले दोहोरो अंकको आर्थिक वृद्धिको रहर मात्रै गरेर हुँदैन । त्यो आर्थिक वृद्धि निर्यातले सिर्जना गरेको मात्रै टिकाउ हुनेरहेछ । हैन, हामी विदेशी सामान ल्याएर आफैं उत्पादन र खपत गर्छौं भन्दा विदेशी मुद्रा सञ्चिति घटाउँदै लैजान्छौं । अनि ९/१०/११ महिनाको आयात धान्न पुग्ने सञ्चिति आयातको माग दोब्बर हुँदा त सकिने बेर नै लाग्दैन । निर्यातले थेग्दैन भने त आयातका कारण सञ्चिति शून्य हुनेभयो ।

हामी सेवा क्षेत्र, रेमिट्यान्स पर्यटनको कुरा त गर्छौं । यो अहिलेका लागि आवश्यक हुन् । तर, हामीले के भ्रम पाल्न हुँदैन भने आपूर्ति पक्षको मात्रै कुरा हैन । माग पक्षको पनि कुरा हो । पर्यटनलाई मुख्य परिचालक बनाएर आर्थिक वृद्धि हासिल गर्न सक्दैनौं ।

रेमिट्यान्सलाई हामी खेर गयो भन्छौं । तर, विप्रेषण पठाउने मान्छेको वर्ग, उसको ऋण, आम्दानी, आम्दानीको प्रतिफल, पारिवारिक अवस्था र उसको प्राथमिकता हामी बिर्सन्छौं । उसले खाद्य सुरक्षा, शिक्षा, छोराछोरीको लालनपालन, शिक्षादीक्षा, स्वास्थ्य उपचार र घडेरी तथा आवासमा खर्चिन्छ । आवासको अधिकार त संविधानले मौलिक हक नै भनेको छ । त्यसलाई हामीले दुरुपयोग भनिरहेका छौं । उसले देश फर्किंदा एउटा मोबाइल र टिभी लिएर आउँदा त्यसमा हामी अलि बढी नै सशंकित हुन्छौं ।

कुरा के भने वस्तु निर्यात नभई सेवाको मात्रै निर्यातबाट धेरै समयसम्म बाहृय क्षेत्रको सन्तुलन कायम हुँदैन । सेवा क्षेत्रमा नै जाने हो भने पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै निर्यात गर्न सक्ने हो भने हुन्छ । राम्रा सेवा दिने शिक्षा तथा स्वास्थ्य संस्थाहरू यहाँ हुनुपर्‍यो । त्यो सेवा क्षेत्रबाट पनि सेवा निर्यात गर्ने अवसर हामीलाई छ । त्यसमा धेरै गर्न सकेका छैनौं । हामी मेडिकल कलेज नै खोल्न दिंदैनौं । शिक्षामा पनि विश्वविद्यालय खोल्नुपर्नेमा ‘परामर्शदाता’ मात्रै धेरै खोल्छौं । यी कारणले अर्थतन्त्रले लिनसक्ने लाभ पनि गुमाइरहेको छ ।

कोभिड महामारीको बीचमा हामीले धेरै राहत दिनुपर्‍यो । सरकार यस्तो संवेदनशील अवस्थामा पुग्यो कि कोभिडको नाममा सबै प्रकारका छूट दिनुपर्ने भयो । विदेशमा भएका सबै नेपालीलाई निःशुल्क रूपमा हवाईजहाजमा ल्याउनुपर्नेदेखि उपचार गर्नुपर्नेसम्मका अवस्था आए । कोभिडको उपचार त हामीले गर्‍यौं पनि । होल्डिङ सेन्टर र क्वारेन्टाइनहरू बनाउनुपर्ने भयो । त्यसलाई राष्ट्रिय चुनौती भन्ने किसिमले गइरहँदा सरकारको बजेट, मौद्रिक नीतिबाट खुकुलो नीतिहरू लियौं ।

एकपटक नीति खुकुलो गरेपछि त्यसलाई बाँध्न र कठोर बनाउन एकदमै गाह्रो हुन्छ । अहिलेको अवस्था के हो भने कोभिडका बेला कोभिड पछाडिको स्थितिमा पनि हामीले कस्न सकेनौं । व्यवसायीहरू अप्ठेरोमै रहिरहे । केही व्यवसायीले त कोभिडकै समयमा लाभ लिए, कुनै व्यवसाय केही मात्रै सकसमा परे, कोही त धरासायी नै भए । हामीले सबैलाई एकै प्रकारको जस्तो व्यवहार गर्दै गयौं र लामो समयसम्म त्यसलाई निरन्तरता दिंदा पछिल्लो चरणमा हामी अर्थतन्त्र धान्न नसक्ने अवस्थामा पुग्यौं ।

मौदि्रक नीति खुकुलो गरियो, बजेटबाट करका दरहरूमा सहुलियत दियौं । अहिले त बहाना भयो । कोभिड पछाडि अर्थतन्त्र उदीयमान छ, एकदमै छिटोछिटो माथि आइरहेको छ, यही बेला हो हामीले कोभिडको बेला भएको नोक्सानीलाई पूर्ति गर्न सक्छौं भनेर काम गर्‍यौं ।

तर, पूरा चलायमान भइसकेर आर्थिक वृद्धि ६ प्रतिशतको वरिपरि हुन्छ भनेर सरकारको निकायले भनिसक्दा पनि सहुलियतका नीतिहरू पुनरावलोकन भएनन् । कोभिडको कुन सहुलियत अब दिनहुन्न र कुनलाई निरन्तर गर्नुपर्छ भनेर सरकारले छनोटपूर्ण नीति लिएन । त्यसका कारण धान्न नसक्ने अवस्थामा हामी पुग्यौं ।

त्यसको गाली गभर्नरले पनि खाए, अर्थमन्त्रीले पनि खाए । हामीले छोडेको ‘लिगेसी’ सहुलियत नै हो । हामीलाई गाली गरे पनि हुन्छ । तर, अर्थतन्त्रलाई अलि परसम्म हेर्न सक्ने मान्छे व्यवस्थापनमा भयो भने यहाँ अर्थतन्त्रको गाडीको ‘स्टेरिङ’ घुमाउने भन्ने थाहा पाउन सक्थ्यो । त्यो मोड साथीहरूले थाहा पाउनुभएन । त्यो नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय दुवै निकायले थाहा पाएनन् ।

त्यसैले तपाईंहरूले गतिका साथ सहुलियत दिंदै जानुभा’थ्यो, हामीले निरन्तरता दियौं, के बिगार्‍यौं भन्न चाहिं पाइन्छ । तर, यदि म नै भइरहेको भए यो स्थितिमा यहाँनेरबाट फर्किनुपर्छ है भनेर भन्थें होला नि त !

हाम्रो अर्थतन्त्रले कृषिबाट सेवा क्षेत्रमा फड्को मार्‍यो । अर्थतन्त्रमा कृषिको योगदान २२/२३ प्रतिशत र सेवाको ६०/६१ प्रतिशतको छ । बीचको उद्योग क्षेत्रको योगदान घट्दै गइरहेको छ । यदि कुनै एकदमै उदीयमान अर्थतन्त्र हो भने सेवा क्षेत्रले नै सुरुदेखि ठाउँ लिन्छ । सिंगापुर, हङकङ र केही अरेबिक मुलुकमा कृषिको योगदान नै रहेन, सेवा क्षेत्रले नै त्यहाँको अर्थतन्त्र चलायमान गराउने हो ।

विगतमा बाहृय क्षेत्रको अवस्था अर्थ मन्त्रालयले नबुझेको हो या त राष्ट्र बैंकले बुझाउन नसकेको हो । अब त्यो पक्षमा सुधार गरियो भने अर्थतन्त्रका समस्या समाधानतिर लैजान सकिन्छ । त्यसका लागि तालमेल मिलाउनै पर्छ

हामी त शताब्दीऔंदेखि कृषि र जमिनमा आधारित अर्थतन्त्रबाट आएका हौं । त्यहाँनेर हामीले कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न जतिसुकै कोसिस गरे पनि सफल भइरहेका छैनौं । निरन्तर चलिरहेको समस्या त्यो पनि हो ।

अनुदान पनि बढाइएको छ, उत्पादकत्व भने बढाउन सकेका छैनौं । २०६६/६७ मा रासायनिक मलको अनुदान डेढ अर्ब थियो । अहिलेको बजेटले २५ अर्बभन्दा बढी व्यवस्था गरेको होला । मैले सुनेको अब थप २०/२५ अर्ब नै थप्नुपर्ने अवस्था छ । झण्डै रासायनिक मलको अनुदान मात्रै ५० अर्बको हुने सम्भावना छ । त्यो ५० अर्ब बराबरको उत्पादन बढाउने कृषि सामग्री, सिंचाइ, प्रविधि, बीउमा केही नगरेर मलमा मात्रै अनुदान बढाएर नतिजा आउँदैन । त्यसैका कारण कृषि क्षेत्र एक खालको तनावमा छ ।

उद्योगको जग हाम्रो कहिल्यै बलियो भएन । यहाँ अधिकांश उद्योग नेपाल र भारतबीचको भन्सार र विनिमय दरको लाभ उठाउन मात्रै खुलेका हुन् । कृषिमा आधारित जुट, धान-चामल मिल, तेल मिल र हस्तकलाका उद्योग हाम्रा परम्परागत उद्योग हुन् । ती बाहेक कि त दातृ निकायले बनाइदिएका हुन्, कि नेपाल र भारतबीचको भन्सार, कर र विनिमय दरको फरकको लाभ उठाउन खुलेका हुन् । म्याग्नेसाइट जस्ता चिजका उद्योग लामो समय चल्दैनन् भन्ने हामीले त्यही बेला पनि बुझेका हौं ।

भारतमा आएको कोटा ‘स्पिल’ भएर विगतमा हामीले लाभ उठाएका थियौं । पश्मिना केही हदसम्म हाम्रो उत्पादन हो । सोयाबिन र पाम आयलको अहिलेको उद्योगको जग नै थिएन । मूल्य अभिवृद्धि उहाँहरूले कसरी ३० प्रतिशत पुर्‍याउनुभएको छ, भारतले पनि तेस्रो मुलुकबाट ल्याएर निर्यात गर्न दिन मानेको छ, यसमा भारतलाई धन्यवाद नै भन्नुपर्छ ।

पछिल्ला दिनमा खानीमा आधारित उद्योगहरू आए । सिमेन्ट उद्योग हाम्रै जग हो । फलामको छड, प्लाष्टिकका उद्योग पनि छन् । प्लाष्टिकमा केही मूल्य अभिवृद्धि भए पनि फलाममा खासै छैन । १०/१५ प्रतिशत मूल्य अभिवृद्धिमै औद्योगीकरण गर्छु भनियो भने त्यसले आयातको आकार मात्रै बढाउँछ । अन्त्यमा औद्योगीकरण, कृषिको आधुनिकीकरण र सेवा क्षेत्रको निर्यात गर्ने जे भने पनि आयातमै चाप पर्छ । त्यो मैले त्यतिबेला पनि भनेको तिएँ, अहिले त यो चाप यति बढ्यो कि सरकारले आयात प्रतिबन्ध नै गर्नुपर्‍यो । उहाँहरूले त्यसो गर्दा पनि अलिकति हचुवा, अलिकति विभेदपूर्ण ढंगले गर्नुभयो भन्ने थियो । त्यो हेर्दा पनि देखिन्थ्यो ।

संवेदनशील भनिएका कतिपय वस्तुको आयात कायम रहने अवस्था थियो । तर, गुट्खा र पेय पदार्थ जस्ता औचित्यहीन वस्तुको आयात खोल्यौं । आयात प्रतिबन्ध लगाउँदा र खोल्दा नै विवेकपूर्ण निर्णयहरू देखिएनन् ।

मूलतः के हो भने व्यापारको यो खालको शैली हुनुहुँदैन । व्यापारलाई नियन्त्रण गर्ने ४०/५० वर्षअघि हाम्रा परम्परागत औजार हुन् ती । अहिलेको औजार त भन्सारको मूल्यांकन, भन्सार दर, ब्याजदर, प्रतीतपत्र, नगद मार्जिनसहितका मौद्रिक नीतिहरू हुन् । राष्ट्र बैंक र सरकार मिलेर यस्ता नीतिहरू लिनुपर्नेमा राष्ट्र बैंक एलसी बन्द गर्ने भन्ने र उद्योग वाणिज्य आपूर्ति मन्त्रालय भने आयात प्रतिबन्ध लगाउने अवस्थासम्म देखियो । यो विश्व व्यापार संगठनको नियमभन्दा बाहिरको कुरा हो । यस्तो कुराले हामी विश्व समुदायमा आलोच्य भयौं ।

समाधानको बाटो

मूलतः यी समस्या हामीले नै जन्माएका हौं । मान्छेहरूले ‘विश्वभर नै सन् २०२३ भरि आर्थिक मन्दी हुन्छ रे’ भन्दै मलाई सोध्नुहुन्छ । अन्तर्राष्ट्रिय जगतबाट हामीलाई प्रभाव पार्ने दुई वटा बाटा छन्, एउटा सोझै र अर्को भारतमार्फत ।

पर्यटक नआउलान्, विदेशी सहायता कम होला, विप्रेषण ल्याउने श्रमिकको माग कम होला भन्ने जस्ता कुरा सोझै प्रभाव पर्ने हो । श्रम बजार केही कमजोर रहन्छ कि भन्नेबाहेक अरू कुरामा त्यति ठूलो मुद्दा बन्छ जस्तो मलाई लाग्दैन ।

भारतको अर्थतन्त्र कसरी जान्छ भन्ने कुरा महत्वपूर्ण हो । अहिले पनि त भारत ६/७ प्रतिशतको आर्थिक वृद्धिमै चलिरहेको छ । अनुमान पनि त्यस्तै छ । त्यसो हुँदा बाहृय क्षेत्रबाट छिमेकी मुलुकमा आएको अस्थिरता वा आर्थिक संकटले हामीलाई सीमान्तकृत असर पार्ने कुरा सामान्य नै हो ।

ठूलो कुरा देशभित्रकै समस्या हुन् । हामीले यो चालु आर्थिक वर्षमा त अत्यन्त विस्तारकारी बजेट बनायौं । आन्तरिक र बाहृय कारणले स्रोतका सीमा छन् । व्यापारमा नियन्त्रण गर्नुपर्ने अवस्था छ । राजस्व त्यति उठ्दैन ।

राजस्व नउठेपछि खर्च गर्ने क्षमता पनि बन्दैन । त्यसैले पनि ठूलो आकारको बजेट बनाउनुहुन्न । मौदि्रक नीति पनि अलि कसिलो बनाउँदै लैजानुपर्छ भनेर त मैले एक वर्षअघिदेखि भन्दै आएको थिएँ । समस्या हामीले सिर्जना गरेका हौं, हामीले नै समाधान गर्न सक्थ्यौं ।

मैले वर्तमान अर्थमन्त्रीलाई भेटेर पहिलो अर्थ प्रशासनलाई चुस्तदुरुस्त राख्नुपर्‍यो भनेको छु । चुनाव सुरु भएदेखि यता सीमा प्रशासन र भन्सार व्यवस्थापन त छैन नै भन्दा हुने अवस्था थियो । सबै खुल्लमखुला त भयो । त्यहाँ व्यवस्थित गर्नै पर्‍यो ।

बजेट लेख्ने, भाषण पनि गर्ने र त्यसपछि असीमित स्रोत सुनिश्चित गर्दै दायित्व सिर्जना गर्दै जाने कुरा गलत हुन्छ । बजेटमा नभएका कार्यक्रम हाल्दै र स्रोत सुनिश्चित गर्दै जाने कुरा रोक्नैपर्‍यो । मैले अर्थमन्त्रीलाई यो कुरा रोक्दा यो वर्ष दुःख भए पनि अर्को वर्ष सजिलो हुन्छ भनेको छु ।
थप बजेट दिंदै र अर्को वर्षको दायित्व थप्दै जाने हो भने त अर्को वर्ष त फस्छ नि ! जस्तो प्रदेश-१ मा अति धेरै स्रोत सुनिश्चित गरिदिएका कारण स्रोत नपुगेर अर्को वर्ष बजेटको आधार नै घटाउनुपर्‍यो । अरू कतिपय ठाउँमा पनि त्यो समस्या आयो । संघमा पनि यस्तो अवस्था नआओस् कि अहिले त संशोधनबाट बजेटको आधार घटाइएको छ, कुनै दिन बजेटमै आधार घटाउनु परोस् । ठेक्कापट्टा भएको छैन भने सुनिश्चित गरिएका आयोजना खारेज गर्नुपर्‍यो । मैले पनि ४-५ खर्बका आयोजना स्थगित नै गरेको हो । उपाय नै थिएन । नयाँ सरकार आएको छ, नयाँ म्यान्डेट छ, उसलाई त काम गर्ने ठाउँ नै हुँदैन । निर्वाचनपछि आएको सरकारलाई त केही ठाउँ चाहियो नै ।

अहिलेको समस्या हल गर्न मूलतः दुई वटा कुरामा बढी ध्यान दिनुपर्‍यो । चालु खर्च नियन्त्रण गर्ने, मौदि्रक नीतिमा राष्ट्र बैंकले केही कडाइ गर्नेसम्म केही हदसम्म ठीक हो ।

राष्ट्रिय समस्या समाधान गर्न संघले सबै कुरा गर्नुपर्ने, तर प्रदेश र स्थानीय तहलाई समस्याले छुँदै नछुने अवस्था छ । स्वायत्त सरकारका रूपमा समानीकरण अनुदान खुरु-खुरु दिनुपरेको छ । सबै किसिमका अनुदान दिंदै जाने तर तल खर्च नगर्ने, स्रोत थुपि्रने, त्यही स्रोत पालिकाहरूले बैंकमा लगेर राख्ने अवस्था छ ।

तर, संघको सरकारले १०/११ प्रतिशतका दरले ब्याज तिरेर आन्तरिक ऋण लिनुपर्ने अवस्था छ । त्यही पैसा तल चालु खातामा निब्र्याजी बस्ने अवस्था छ । यस्ता चक्करहरू आर्थिक व्यवस्थापनको हिसाबले ठीक छैनन् । मेरो सुझाव के छ भने तल खर्च भएको छैन भने कुनै कानुनी व्यवस्था संशोधन गरेर ५० प्रतिशत अनुदान स्वतः जाने र ५० प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा जाने व्यवस्था गर्नु उपयुक्त हुन्छ । यसले संघीयतामा कुनै पनि प्रकारको नोक्सानी वा प्रतिबद्धतामा कमी हुँदैन । तल गएर निष्त्रिmय रूपमा पूँजी बस्नु पनि त राम्रो हैन । खर्च गर्न नसक्नेले क्षमताका आधारमा मात्रै लिने र दिने व्यवस्था गर्न सके कमसेकम संघको बजेट केही हदसम्म सन्तुलनमा आउँछ ।

मितव्ययिताको कुरामा संघले प्रदेश र स्थानीय तहलाई अनुरोध गर्ने भाषा छ होला । संघमा गाडी नकिन्ने, अतिरिक्त खर्च नगर्ने भनेपछि तल त्यही भइरहेको छ । प्रदेश र स्थानीय तहको पहिलो पाँच वर्षको खर्चकै कारण हामीले दुःख गरेर ल्याएको संघीयतामाथि नै प्रश्न उठ्न थालेको हैन र ? त्यसैले अब प्रदेश र स्थानीय तहले पनि मितव्ययिताको नीतिनियम त जारी नै गर्नुपर्‍यो । त्यो जारी गर्न बाध्य पार्ने व्यवस्था नै गर्नुपर्‍यो ।

एक तिहाइ बजेट त तल नै खर्च हुन्छ । संघका त अधिकांश अनिवार्य दायित्वको कुरा छन्, विदेशी ऋण तिर्दिनँ भन्न सकिंदैन । पेन्सन, सामाजिक सुरक्षा भत्ता जस्ता दायित्व संघमा छ । खर्च नियन्त्रण गर्नलाई तल अलिकति ठाउँ छ, त्यो गरिदिने हो भने राम्रो हुन्थ्यो ।

अर्को महत्वपूर्ण राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको समन्वयको कुरा हो । राष्ट्र बैंक केन्द्रीय बैंक मात्रै हैन, सरकारको आर्थिक सल्लाहकार पनि हो । त्यो हैसियत राख्न पनि सक्नुपर्छ, कतिपय कुरा दबाव दिएर गराउन पनि सक्नुपर्छ र अर्थ मन्त्रालयले सुन्न पनि सक्नुपर्छ । आर्थिक सल्लाहकारका रूपमा सुझाव दिन, सही कुरा सुन्न र ग्रहण गर्न सक्ने अवस्था अर्थ मन्त्रालयभित्र पनि हुनुपर्छ । विगतमा केही समय त्यो भएन । त्यही परिस्थितिले पनि केन्द्रीय बैंक एकातिर र अर्थ मन्त्रालय अर्कोतिर जाने भयो । अर्थतन्त्रका परिसूचकले संयम मागिरहेको बेला बजेट चाहिं अस्वाभाविक आकारको आयो । बाहृय क्षत्रेमा अढाइ खर्बको भुक्तानी असन्तुलनको अवस्थामा ८ प्रतिशतको आर्थिक वृद्धि त अर्थशास्त्र पढेको सामान्य मान्छे पनि कल्पना गर्न सक्दैन । त्यो ८ खर्बको आर्थिक वृद्धि गर्न कति खर्बको आयात गर्नुपर्छ ? त्यो सामान्य रूपमा बुझ्न सकिने कुरा हो । हाम्रो उत्पादन संरचनामा आयात नबढाई यस्तो वृद्धि सम्भव नै हुन्न ।

विगतमा बाहृय क्षेत्रको अवस्था अर्थ मन्त्रालयले नबुझेको हो या त राष्ट्र बैंकले बुझाउन नसकेको हो । अब त्यो पक्षमा सुधार गरियो भने अर्थतन्त्रका समस्या समाधानतिर लैजान सकिन्छ । त्यसका लागि तालमेल मिलाउनै पर्छ ।

(कुराकानीमा आधारित)



from Online Khabar https://ift.tt/2tCbPQ7

राष्ट्रपतिको मनोनयन दर्ता आज

१३ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ ।

मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ ।

राष्ट्रपति निर्वाचन आगामी २५ गते हुँदैछ । यही फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भएपछि त्यसअघि निर्वाचन गर्न लागिएको हो ।

राष्ट्रपति निर्वाचनसँगै नयाँ गठबन्धन बनेको छ । आठ राजनीतिक दलहरूले निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका छन् ।

गठबन्धनले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छैन ।



from Online Khabar https://ift.tt/hIua0U3

2 हज़ार रु सस्ता हुआ Samsung का सबसे पावरफुल फोन, मिलेगी 8GB RAM, 6000mAh, ताबड़तोड़ हो रही बिक्री

अगर आप बड़ी बैटरी वाला कोई नया फोन खरीदने की सोच रहे हैं तो आपके लिए काफी अच्छा मौका है. ऐसा इसलिए क्योंकि सैमसंग गैलेक्सी F13 की कीमत में कटौती हो गई है. जानें नई कीमत के बारे में.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/GHR2Mzc

द्वन्द्वग्रस्त प्यालेस्टाइनको विश्वकप सपना, इजरायलको ज्यादती बावजुद विश्वकप खेल्ने अठोट

प्यालेस्टाइन टोलीले हालसम्म विश्वकप खेलेको छैन। तर सन् २०२२ को विश्वकपमा त्यस क्षेत्रको उपस्थिति भने थियो। समर्थकहरू सञ्चार संस्थाले अन्तर्वार्ता लिइरहेका बखत फ्री प्यालेस्टाइन भन्दै कराए। क्वाटरफाइनल चरणमा पोर्चुगललाई स्तब्ध बनाएसँगै खुशियालीमा मोरक्कन खेलाडीहरूले प्यालेस्टाइनको झण्डा फहराए।

सन् २०२२ को विश्वकपमा मोरक्कोले सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्रको नाममा रेकर्ड बनाएको थियो। सन् १९४८ मा इजरायलको स्थापना भएदेखि नै इजरायल र प्यालेस्टाइनबीच मध्यपूर्वमा निरन्तर तनावको स्रोत बनेको छ। सन् १९६७ मा गाजा र पूर्वी जेरूसेलम इजरायलले कब्जा गरेपछि तनाव झन् बढ्दो छ।

इजरायल राज्य बनेको क्षणलाई प्यालेस्टाइनहरू नक्बा भन्छन्। अरबीमा यसको अर्थ विपत्ति हो। ७ लाख प्यालेस्टाइनहरू भागेर गएपछि इजरायल बनेको उनीहरू बताउँछन्। यता इजरायलीहरू त्यस दिनलाई स्वतन्त्रता दिवसका रूपमा मनाउँछन्। त्यसैले उनीहरूबीच एक-आपसमा भीडन्त भइरहन्छ।

इजरायलको गतिविधिले प्यालेस्टाइनको समग्र गतिविधिलाई असर पुर्‍याएको प्यालेस्टाइनहरू बताउँछन्। फुटबल पनि त्यसबाट अछुतो नरहेको प्यालेस्टाइन गोलकिपर रामी हमादको भनाइ छ। तमाम संकट र खतराका बीच प्यालेस्टाइनले फुटबलमा आफ्नो गतिलो उपस्थिति जनाउने हमादको विश्वास छ। ‘चाहे खेलाडीहरू गिरफ्तार परून् वा मारिउन् वा प्रतिबन्धमा परून् तर फुटबलमा आफ्नो जादू देखाउन खेलाडीहरू प्रतिबद्ध छन्। सन् २०२३ मा एएफसी एशिया कपको छनोट चरणमा हाम्रो टोलीले यस कुरालाई प्रमाणित गरिसकेको छ’, उनले भने।

सन् २०२२ मा प्यालेस्टाइनका २३ वर्षीय फुटबलर अहमद दरामेगलाई इजरायली रक्षा बलले गोली हानी हत्या गर्‍यो। इजरायलले उनको हत्या गरेपछि गाजाको सशस्त्र समूह हमासले अहमद आफ्नो सदस्य रहेको दाबी गरेको थियो।

प्यालेस्टाइन खेलाडीहरूलाई इजरायलले गिरफ्तार पनि गरेको छ। सन् २००९ मा इजरायली अधिकारीहरूले फुटबलर महम्मद सराजलाई गैरकानुनी लडाकू नीति अन्तर्गत गिरफ्तार गरेर प्रशासनिक नजरबन्दमा राखेको थियो। त्यस नीति अनुसार इजरायली अधिकारीहरूले प्यालेस्टाइनहरूलाई अनिश्चितकालसम्म हिरासतमा राख्न सक्छन्। सराज सन् २०१२ मा प्यालेस्टाइन नीति विरुद्ध आमरण अनशन बसे। त्यस अनशनपछि मात्रै उनलाई इजरायलले रिहा गरेको थियो।

सराजलाई इजरायलले इस्लामिक जिहादी समूह भएको आरोप लगाएको थियो। इजरायली आरोपको खण्डनमा सराज भन्छन्, ‘मलाई लगाइएका सम्पूर्ण अभियोगहरू म अस्वीकार गर्छु। म एक स्वतन्त्र फुटबलर हुँ र आफ्नो खेलमार्फत प्यालेस्टाइनको न्यायको लागि पहल गर्छु। इजरायली अन्यायको विरोध र विश्व शान्तिको कामना गर्छु।’

गत वर्षको एएफसी कपको क्वालिफायरमा प्यालेस्टाइनले सफल नतिजा निकाल्यो। फिलिपिन्सलाई ४-० ले स्तब्ध बनाएको प्यालेस्टाइनले मंगोलिया र यमनलाई पनि हरायो। खेलाडीहरूलाई विभिन्न बाधा–व्यवधान रहे पनि राष्ट्रको पक्षमा नतिजा निकाल्ने र अब विश्वकप खेल्ने सपना प्यालेस्टाइनले लिएको छ। ‘राष्ट्रिय टोलीले विश्वकपमा छनोट हुने सपना राखेको छ र यसलाई सफल बनाउनेछौं’, हमाद भन्छन्।

प्यालेस्टाइन खेलाडीहरुका लागि एउटै चुनौती भनेको इजरायली सेनाले प्यालेस्टाइन खेलाडीहरूलाई दिने पहिचान हो। इजरायलले कब्जा गरेको वेस्ट बैंक र गाजाका बासिन्दाका लागि हरियो परिचयपत्र दिइएको छ। यस्तै जेरूसेलममा रहेका प्यालेस्टाइनका लागि नीलो कार्ड दिइएको छ। इजरायलको प्रशासनले भ्रमण अनुमति नदिएसम्म उनीहरू एकअर्काको इलाकामा जान पाउँदैनन्।

फुटबल खेल्नका लागि प्यालेस्टाइन खेलाडीहरूले विशेष पासका लागि आवदेन दिनुपर्छ। ती आवेदन इजरायलले अस्वीकृत गर्न पनि सक्छ। सन् २०१९ मा गाजाका फुटबल टोलीलाई वेस्ट बैंक आउन इजरायलले अनुमति दिएको थिएन।

प्यालेस्टाइन फुटबल एशोसिएसनका अध्यक्ष जिब्रिल राजूब इजरायलको दमनका बावजुद पनि आफूहरूले खेलमा राम्रो सुधार गरेको बताउँछन्। इजरायलको यस गतिविधिलाई आफूहरूले फिफामा निरन्तर उठाइरहेको उनको भनाइ छ। ‘इजरायलको क्रूर कब्जा र दमनबारे हामीले फिफामा बारम्बार कुरा उठाउँदै आएका छौं।

लण्डनमा आधारित एक संस्थाले गरेको सर्वेक्षण अनुसार प्यालेस्टाइन राहदानी विश्वकै कमजोरमा पर्छ। त्यस राहदानी बाहकले विश्वका ३८ देशमा मात्रै आगमनलगत्तै भिसा पाउँछन्। यसकारण पनि खेलाडीहरूलाई छनोट चरणमा सहभागी हुनका लागि झन्झट छ। अधिकांश प्रतियोगिता रद्ध गर्न उनीहरू बाध्य छन्।

सन् २००७ मा सिंगापुरलाई हराएको प्यालेस्टाइन राष्ट्रिय टोली फिफा २०१० को छनोट चरणमा उपस्थित हुनसकेन। गाजातर्फका खेलाडीलाई इजरायलले अनुमति नदिंदा उपस्थित हुन नसकिएको प्यालेस्टाइनले जवाफ पठायो। प्यालेस्टाइन टोली आउन नसक्दा सिंगापुर स्वत: छनोट भयो।

यात्राको राजनीति

३० जना रहेका प्यालेस्टाइन टोलीलाई ट्युनिसियाका पूर्व फुटबल खेलाडी मकरम डाबुले प्रशिक्षण दिन्छन्। यात्राको राजनीति विभाजनकारी हुनसक्ने उनी बताउँछन्। हाम्रो तालिम केन्द्र वेस्ट बैंकमा छ। म त्यहाँ जान र तालिम दिन सक्छु। तर म गाजामा जान सक्दिनँ तिनीहरू पनि वेस्ट बैंकमा आउन सक्दैनन्’, डाबु भन्छन्।

गाजामा सन् २००७ देखि इजरायली र इजिप्टियन सेनाले जमिन, हवाई र समुद्री रूटमा नाकाबन्दी गरेको छ। त्यस क्षेत्रमा कूटनीतिज्ञ, पत्रकार र सहायता सम्बन्धी काम गर्ने संस्थाका कर्मचारीलाई मात्रै प्रवेश दिइन्छ। ‘प्रशिक्षण शिविर वा खेलहरूमा भाग लिने सन्दर्भमा आवागमनको स्वतन्त्रता गाह्रो छ। स्वीकृति लिनै एकदिन भन्दा बढी लाग्छ’, डाबुले भने।

यस विषयमा फिफाका प्रवक्ता भन्छन्, ’भिसाको विषयमा आयोजक राष्ट्रकै भूमिका प्रमुख हुन्छ। यद्यपि एएफसी एशियन कपको हकमा एएफसी र फिफाको प्रतियोगिताको हकमा फिफा जिम्मेवार हुन्छ।’

वेस्ट बैंक, जेरूसेलम, गाजा, इजिप्ट र पोर्चुगलमा आफ्ना खेलाडीहरू छरिंदा प्यालेस्टाइन फुटबल टोलीले विभिन्न चुनौतीको सामना गरिरह्यो। तर हाल, यात्रा प्रतिबन्धको बावजुद प्यालेस्टाइन टोली सन् २०२४ को एशिया कपलाई लिएर आशावादी छ।

सन् २०२१ मा डाबु प्रशिक्षक भएर आएदेखि प्यालेस्टाइन टोलीको खेलमा विस्तारै सुधार आएको छ। ‘विगत केही महिनादेखि हामीले उल्लेखनीय उपलब्धि हात लगाउँदै आएका छौं। एशियन कपमा छनोट हुनु हाम्रा लागि निकै महत्वपूर्ण क्षण हो’, डाबुले भने।

सन् २०२२ मा एएफसीले फिफा २०२६ का लागि ३२ बाट ४८ राष्ट्रलाई सहभागी गराउने बतायो। सन् १९९८ पछि एशियाली टोलीका लागि अब चारस्थान थपिएको छ। अब आठ वटा एशियाली मुलुक विश्वकपमा छनोट हुनेछन्। सन् २०२६ को विश्वकपमा एशियाली मुलुकको संख्या बढ्ने भएसँगै यसले प्यालेस्टाइन टोलीमा नयाँ संभावनाको आशा जगाएको छ। सन् २०२३ मा एएफसी खेल्नुअघि प्यालेस्टाइनले वेस्ट एशियन फुटबल फेडरेसनमा आफ्नो कौशल देखाउनेछ। यी दुवै प्रतियोगिता विश्वकप छनोट खेल्नुअघिका महत्वपूर्ण खेल हुनेछन्। ‘सन् २०२६ को विश्वकपको छनोट चरणमा हामीले राम्रो खेल्नेछौं भन्नेमा आशावादी छु। राष्ट्रिय टोलीबाट सेन्टर ब्याकमा खेल्ने यासिर हम्मद भन्छन्।

 फुटबलप्रतिको प्रेम

 प्यालेस्टाइन टोली एशिया कपको खेलका कारण उर्जामा छ। हम्मद सन् २०२६ को विश्वकपका लागि निकै आशावादी छन्। उनी प्यालेस्टाइन पिता र स्पेनी आमाका सन्तान हुन्। आफ्नो फुटबल करियरमा पिताले नै प्रोत्साहन गरेको उनी बताउँछन्। ‘जब मेरो बुवा प्यालेस्टाइनबाट स्पेन जानुभयो, त्यहाँ उहाँले फुटबल खेल्नुभयो र उहाँमा यो खेलप्रति असाध्यै लगाव बस्यो। त्यसैले होला सानैदेखि म पनि यो खेलप्रति असाध्यै आकर्षित थिएँ’, उनले भने।

सिंगापुरविरूद्धको खेलमा हम्मदले गोल गरेका थिए। स्पेनी नागरिकताधारी उनी स्पेनबाटै खेल्न पाउँछन्। तर उनी राष्ट्रिय खेलहरू प्यालेस्टाइनबाट खेल्ने गर्छन्। ‘म प्यालेस्टाइन भएकोमा गर्व गर्छु त्यसैले प्यालेस्टाइनबाट खेल्दा जति मज्जा अन्त खेल्दा आउँदैन। मेरो खेल एकप्रकारले न्यायको लागि लडाइँ पनि हो’, हम्मद भन्छन्।

फिफा २०२६ को बाटो तयका लागि महाद्वीपीय छनोट खेलको यात्रा नोभेम्बर १६ बाट सुरू हुनेछ। एशियन कपको लागि राष्ट्रिय टोली छनोट भएपछि प्यालेस्टाइन फुटबल एशोसिएसनले खेलाडीको मेडिकल कार्यक्रमका लागि सहयोग जुटायो। त्यसमा चिकित्सक, पोषणविद् र फिटनेश प्रशिक्षक छन्। ‘एक कुशल खेलाडी बन्नका लागि शारीरिक र मानसिक तन्दुरूस्ती आवश्यक छ। हामीले दुवै तरिकाले आफूलाई फिट राखेपछि मात्रै राम्रो प्रदर्शन गर्न सक्छौं’, सहिन भन्छन्।

राष्ट्रिय टोलीमा पोषणविद्को समेत साथ रहने भएपछि टोलीले उच्च प्रदर्शन गर्ने विश्वास सहिनको छ। उनी स्वयं पोर्चुगिज लिगमा चम्किरहेका छन्। सहिनसँगै प्यालेस्टाइन फुटबल एशोसिएसनले पनि आफ्नो राष्ट्रिय टोली अब विश्वव्यापी मापदण्ड अनुसार प्रशिक्षणमा रहेर राम्रो नतिजा निकाल्नेमा आश्वस्त छन्।

पूर्वाधारका परियोजना

प्यालेस्टाइनले फिफाको सदस्यता सन् १९९८ मा लिएको थियो। यद्यपि पीएफए र फिफाको सम्बन्ध सुमधुर छैन। पीएफएले फिफामा इजरायली ज्यादतीविरुद्ध कैयौं उजुरी दिएको छ। फिफाले इजरायलको नियन्त्रणमा रहेको प्यालेस्टाइन खेलकुदलाई आफूहरूले केही गर्न नसक्ने जवाफ दिएको छ। सन् २०१५ मा पीएफएले इजरायली फुटबल एशोसिएसनको सदस्यता खारेजीका लागि फिफासँग माग राखेको थियो। इजरायली सरकारले प्यालेस्टाइन खेलाडीलाई बन्धक बनाएर अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गरेकाले फिफाले दण्डित गर्नुपर्ने उसको माग थियो।

फिफाले इजरायलले कुनै पनि कानुनको उल्लंघन नगरेको बतायो भने पीएफएलाई उजुरी फिर्ताको दबाव पनि दियो। यो तनावका बीच पीएफएले फिफाबाट २१ करोड डलर बराबरको सहयोग पाएको छ। ‘प्यालेस्टाइनमा फूटसल बनाउनेदेखि रंगशाला निर्माणमा फिफाले सहयोग गरिरहेको छ’, फिफाले भनेको छ।

विश्वकपमा मोरक्कोको सफलताले हौसिएको प्यालेस्टाइन

सन् २०१३ मा युरोपियन फुटबल संघले अण्डर २१ च्याम्पियनसिपको आयोजना इजरायललाई दिने निर्णय गर्‍यो। धेरै मानवअधिकारवादी संघ–संस्थाले त्यसको विरोध जनाएका थिए। फिफा २०२६ आउन अझै तीन वर्ष बाँकी छ। तर गएको विश्वकपमा मोरक्कोको प्रदर्शनबाट प्यालेस्टाइन पनि हौसिएको छ। ‘हाम्रो टोलीलाई तयार बनाउनका लागि हामीसँग योजनाहरू छन्। त्यही योजनालाई कार्यान्वयन गर्दै एशिया कपदेखि विश्वकप छनोटसम्म हामी राम्रो नतिजा निकाल्नेछौं’, पीएफएका महासचिव अबु हिलालले भने।

एशियाका लागि थपिएको कोटामा आफूहरूले स्थान बनाउने प्रशिक्षक डाबुको भनाइ छ। ‘मोरक्कोले राम्रो नतिजा निकाल्दा हामीले पनि नसक्ने भन्ने हुँदैन। सन् २०२६ को थपिएको कोटामा हामी पर्छौं नै र विश्वकपमा छनोट भएरै छाड्नेछौं’ डाबु भन्छन्, ‘मोरक्कोको झैं जादु हामी पनि देखाएरै छाड्छौं।’



from Online Khabar https://ift.tt/reLUMxi

नए कलर ऑप्शन में आ सकता आईफोन 15, प्रो मॉडल के रंग में होगा बदलाव, लीक हुई जानकारी

एक रिपोर्ट के अनुसार ऐपल iPhone 15 सीरीज नए कलर ऑप्शन में पेश कर सकती है. रिपोर्ट के मुताबिक कंपनी आईफोन 15 का वैनिला मॉडल डार्क पिंक और लाइट ब्लू कलर में लॉन्च कर सकती है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/vmqntp0

भलिबललाई आफ्नो पहिलो प्रेम मान्ने उषा

१३ फागुन, काठमाडौं । भाग्य होस त उषा भण्डारीको जस्तो । अरू परिवारमा भए, आफ्ना छोरीछोरीले अर्कै केही बाटो रोजे हुन्थ्यो भन्ने इच्छा हुँदो हो ।

उषाको परिवार चाहन्थ्यो, आफ्ना छोरी खेलाडी नै होस । अहिले पनि उनीसँग बुबा गजेन्द्र भण्डारीसँगै परिवारको त्यो जमात छ, जसले छोरीको खेल जीवन सफल होस भनेर दिनरात लागिरहेको हुन्छ । त्यसैले पनि उषा भन्छिन्, ‘मेरो लागि त परिवार नै सबथोक ।’

हामी कुरा गरिरहेका छौं, भलिबलको उदयमान १८ वर्षीय खेलाडी उषाको ।

सुन्दर छिन् उनी । मन्द मुस्कान गज्जब छ । उनी नेपाली महिला भलिबलमा ग्ल्यामर भित्र्याउन पनि उत्तिकै सक्षम छिन् । खेल क्षेत्रलाई यो चाहिन्छ पनि । परिवारमा उनी सबैभन्दा कान्छी त भइन नै, भलिबलकी पनि उनी कान्छी नै हुन् ।

सैले मायाले कान्छी भन्दा मख्ख पनि पर्छिन् । हल्का पुलपुलिएर हुर्केकी थिइन्, परिवारको एउटै इच्छा थियो, आफ्ना यिनै छोरीले खेलेर देशको नाम राखोस । अब कोही खेलाडीले यो भन्दा बढी के नै चाहन्छन् र भने ?

तनहुँकी उषा पुलिसबाट खेलिन्छन् र पुलिसले पछिल्लो समय प्राप्त गरेका सफलतामा उनी एक प्रमुख खेलाडी हुन् । ओपन स्पाइकरको भूमिकामा खेल्छिन् । उचाइ रहेको छ, पाँच फिट सात इञ्च भन्दा केही बढी । ‘जम्प’ पनि गज्जब छ ।

एक प्रकारले अलराउन्डर पाराकी खेलाडी हुन् । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेफ स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीको नाम मनोनयन गरेकोमा यसपल्ट उनी पनि परेकी छिन् ।

मनोनयनमा पर्ने अन्य खेलाडीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवान लामा रहेका छन् । जति बेला यसबारे उनले पहिलो पल्ट जानकारी पाए, घरमा आराम गरिरहेकी थिइन् । लाग्यो, सपना हो । अभैm लाग्छ, यो सपना नै हो । तर उनलाई के पनि थाहा छ भने उनले सपना देखेकी पनि थिइन्, कुनै दिन यो अवार्डको मनोनयनमा पर्ने । भन्छिन्, यो होडमा नेपाली भलिबल, यसका प्रशंसक र अनि पुलिस परिवार उनको साथमा हुनेछ नै ।

सानोमा उनको रूचि अरू मै खेलमा थियो, बुबाले भलिबलमै डोहोर्‍याए । बुबालाई लागेको थियो, यो खेलमा उनको भविष्य छ । नभन्दै उनी सन् २०१९ आइपुग्दा नपुग्दै राष्ट्रिय टिममा परिन । अवसर थियो, १३ औं दक्षिण एसियाली खेलकुद ।

उनी भर्खर १४ वर्षकी थिइन् । त्यही उमेरमा ऐतिहासिक रजत पदक जितिन् । सन् २०२१ यता त उनी राष्ट्रिय टिमकी नियमित सदस्य भएकी छिन्, नियमित मात्र होइन्, महत्वपूर्ण पनि । पुलिसलाई च्याम्पियन बनाउनको उनको योगदानबारे त कति मात्र चर्चा गर्ने ?

त्यही वर्ष बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन भलिबलमा नेपाल च्याम्पियन हुँदा त्यसकी प्रमुख सदस्य थिइन् । नेपाली महिला भलिबल वृत्तमा उनीबारे चर्चा छेडिनु पर्छ, सुन्न पाइन्छ, उनी यो खेलमा ‘लामो रेसका घोडा’ हुन ।

उनले अझै लामो समय खेल्न सक्छिन्, अझ उनीबाट राष्ट्रिय टिममा कुनै न कुनै दिन कप्तानको पनि अपेक्षा गर्न सकिन्छ । साँच्चै नेपाली भलिबलका लागि धेरै योगदान दिन सक्ने बाटोमा छिन्, उषा ।

माल्दिभ्समा व्यावसायिक भलिबल खेलेको पनि उनीसँग अब राम्रै अनुभव भइसकेको छ । माल्दिभ्समा उनी कति धेरै लोकप्रिय छिन् भने उनको नाम लिएर समर्थकहरू खुसीले झुम्ने गर्छन् ।

केही बेर उनीसँग भलाकुसारी गर्नु पर्छ, साहै मिजासिला देखिन्छिन् । उनी भन्छिन्, ‘मन मिल्नेसँग साह्रै नजिकिने बानी पनि छ ।’ उनी आफ्ना आमा बुबाको सबैभन्दा नजिक छन् नै, अचेल भलिबललाई आप्mनो पहिलो प्रेम पनि मान्छिन् । अब उनलाई पिपुल्स च्वाइस अवार्डमा उनलाई विजेता बनाउने काम तपाई खेल प्रेमीको हो, धेरै भन्दा धेरै मत दिएर ।



from Online Khabar https://ift.tt/Pv7NHYs

दुनिया में कौन-से रोबोट बिकते हैं सबसे ज्यादा? जिन कामों से ऊब चुका इंसान, वो काम फ्री में खुशी-खुशी करेंगे 'चिट्टी'

रोबोट्स सभी ने फिल्मों में जरूर देखा होगा. रजनीकांत की मशहूर फिल्म रोबोट में 'चिट्टी' का किरदार भी सबको खूब पसंद आया था. आजकल कई सेक्टर्स में रोबोट्स का इस्तेमाल होने भी लगा है. इस बीच PLOS ONE साइंटिफिक जर्नल में एक चौकाने वाली रिपोर्ट सामने आई है. जो कहती है कि इंसानों को ऊबाउ लगने वाले घरेलू कामों में रोबोट्स ज्यादा जगह लेंगे.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/yWxQ8oM

आपका मोबाइल डेटा होता है तेजी से खत्म? कहीं ऑन तो नहीं है यह सेटिंग, ऐसे करें बंद

How to Save Mobile Data: ऑटोमेटिक अपडेट्स में अच्छी खासी मात्रा में डेटा खर्च होता है. ऐसे में आपका मोबाइल डेटा जल्द खत्म हो जाता है. आप इस सेटिंग को डिसेबल कर सकते हैं और डेटा बचा सकते हैं.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/OKrFvWz

Thursday, February 23, 2023

रुस–युक्रेन युद्धको वार्षिकी : नेपालसहित १४१ देशले गरे रुसको भर्त्सना

१२ फागुन, काठमाडौं । संयुक्त राष्ट्र संघको महासभाले युक्रेनमाथि रुसले गर्दै आएको आक्रमण रोक्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित गरेको छ ।

यो प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत दिए । रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले भने प्रस्तावको विपक्षमा मतदान गरे । चीन, भारत, इरान, दक्षिण अफ्रिका लगायतका ३२ देश भने तटस्थ बसेका थिए ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज एक वर्ष पूरा भएको छ । यही युद्धको वार्षिकीत्सवको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमाथि रुसले गरेको आक्रमणको भर्त्सना गरेको छ । महासभाले लडाइँ रोकेर विनाशर्त युक्रेनबाट रुसी सेना फिर्ता गर्नुपर्ने र सक्दो चाँडो शान्ति कायम गर्नुपर्ने प्रस्तावलाई अत्यधिक मतका साथ पारित गरेको छ ।

रुसले युक्रेनका चारवटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेपछि बढेको तनाव युद्धमा परिणत भएको थियो ।

२०२२ को फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण सुरु गरेका थिए । त्यसयता दुवै तर्फका सेनामा ठूलो क्षती भएको छ । रुसी आक्रमणबाट युक्रेनका थुप्रै सर्वसाधारण पनि मारिएको, कयौं मानिसहरु छिमेकी देशमा विस्थापित भएको र शहरहरु खण्डहरमा परिणत भएका मिडिया रिपोर्टहरु सार्वजनिक भएका छन् ।



from Online Khabar https://ift.tt/wRFZ5iM

बार्सिलोनालाई हराउँदै म्यानचेष्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

१२ फागुन, काठमाडौं । बार्सिलोना विरुद्ध पुनरागमन जित निकाल्दै म्यानचेष्टर युनाइटेडले युरोपा लिग फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ ।

नकआउट चरणको लागि भएको प्लेअफ अफको दोस्रो लेगमा बार्सिलोनालाई २–१ ले हराउँदै युनाइटेडले समग्रमा ४–३ को जित हात पारेको हो । घरेलु मैदानमा युनाइटेडले एक गोलले पछि परेर पनि दुई गोल फर्काएको थियो । पहिलो लेगको खेल २–२ को बराबरिमा सकिएको थियो ।

ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगको खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर त्यसलाई कायम राख्न सकेन । युनाइटेडले दोस्रो हाफमा दुई गोल फर्कायो । ४७ औं मिनेटमा युनाइटेडका लागि फ्रेडले बराबरी गोल गरे । त्यसपछि ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।

बार्सिलोना सन् १९९८/९९ को सिजन पछि पहिलो पटक युरोपियन प्रतियोगिताको अन्तिम १६ मा पनि पुग्न नसकेको यो पहिलो पटक हो । इटालियन क्लब युभेन्ट्स र स्पानिस क्लब सेभियाले पनि युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएका छन् ।

एन्जल डि मारियाले ह्याट्रिक गरेपछि युभेन्ट्सले दोस्रो लेगमा नान्ट्सलाई ३–० ले हराउदै समग्रमा ४–१ को जित निकाल्यो । यस्तै सेभिया दोस्रो लेगमा पीएसभी आइन्डहोभनसँग २–० ले पराजित हुनका बाबजुत पनि समग्रमा ३–२ को नतिजासहित अन्तिम १६ मा पुगेको हो । पहिलो लेगमा सेभिया ३–० ले विजयी भएको थियो ।

यस्तै जर्मनीको युनियन बर्लिन र बायर लेभरकुजन, इटलीकै रोमा, फ्रान्सको रेन्स र पोर्चुगलको स्पोर्टिङ सिएफले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।



from Online Khabar https://ift.tt/TGzNeRw

पुराने पीसी पर नहीं चल रही है विंडोज 11, Tiny11 का करें इंस्टॉल, नहीं आएगी कोई दिक्कत

अगर आपको डिवाइस में विंडोज 11 नहीं चल रही है, तो अब आप Tiny11 का इस्तेमाल कर सकते हैं. विंडोज 11 का एक अनऑफिशियल स्ट्रिप-डाउन वर्जन है. यह विंडोज 11 के मुकाबले काफी लाइट है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/1609RSm

दलहरुको आज निर्णायक वार्ता

१२ फागुन, काठमाडौं । राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न सक्रिय राजनीतिक दलका शीर्ष नेताहरुको आज निर्णायक वार्ता हुँदैछ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्नेछन् । त्यसअघि नेपाली कांग्रेससँग पनि वार्ताको तयारी छ ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले आज बिहान कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । हिजो माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको हो । आजको बैठकले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूँताउने तयारीलाई औपचारिकता दिने नेताहरु बताउँछन् ।

कांग्रेससहितको बैठक राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने र पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा केन्द्रित हुने अर्का एक नेताले बताए । २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु आजै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।

प्रधानमन्त्री प्रचण्डले आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने भने पनि त्यो औपचारिकतामा मात्र सीमित हुने सम्भावना छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन तोडिने संकेत गरिसकेका छन् । उनले एमालेसमेत सहभागी वर्तमान सरकारले फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने भनेर गरेको निर्णय गलत भएको सार्वजनिक टिप्पणी गरिसकेका छन् ।



from Online Khabar https://ift.tt/AewnLGC

Wednesday, February 22, 2023

लामखुट्टे नियन्त्रणका लागि वीरगञ्जमा ‘स्प्रे र फगिङ’ सुरु

११ फागुन, वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि  फगिङ र पम्प स्प्रेमार्फत विषादी छर्न सुरु गरेको छ ।

गर्मी सुरु भएसँगै वीरगञ्जमा लामखुट्टेको प्रकोप बढ्न थालेपछि नियन्त्रणका लागि  ‘फगिङ र पम्प स्प्रे’ मार्फत विषादी छर्न सुरु गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले  बुधबारदेखि ‘फगिङ र पम्प स्प्रे’ गर्न थालिएको जानकारी दिए ।

पहिलो दिन महानगरपालिकाको वडा नं. १, २ र ३ फगिङ गरिएको र वडा नम्बर ४ मा पम्प स्प्रे गरिएको उनले बताए ।

फगिङ्ग मेसिनबाट हावामा मट्टीतेलमा विषादी मिसाएर धुवा छर्ने गरिएको छ भने  र खुल्ला नालामा  पम्पले स्प्रे गरिन्छ ।

बिहान १० बजेदेखि नै पम्पमा विषादीसहितको घोल बनाएर नाला तथा पानी जमेका स्थानमा छर्कने गरिएको अधिकृत मियाले बताए ।

उनका अनुसार फगिङ्ग मेसिनबाट  बेलुका ५ बजेपछि धुवाँ छोडिन्छ ।

चैत ६ गतेसम्म ३२ वटै वडामा  लामखुट्टे मार्ने  विषादी छर्कनेगरि तालिका बनाइएको छ ।

लामखुट्टेको लार्भा मार्न बिहान र दिउँसोको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने र वयस्क लामखुट्टे मार्न बेलुका  फगिङ्ग गर्ने गरिएको महानगरपालिकाले जनाएको छ ।

वीरगञ्जमा चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा  लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिकाले वर्षमा दुईपटक विषादी छर्ने गरेको छ ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन विषादी छर्न सुरु गरिएको मेयर राजेशमान सिंहले बताए ।



from Online Khabar https://ift.tt/7jvDVOy

१५ जिल्लामा आजदेखि २५ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

११ फागुन, काठमाडौं । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान १५ जिल्लामा सुरु भएको छ । आज फागुन ११ गतेदेखि २५ गतेसम्म अभियान सन्चालन हुने छ ।

झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सन्चालन भएको हो ।

दुई वर्ष उमेर पूरा गरेका सबैले यो औषधि खानुपर्छ । तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीहरुले भने हात्तीपाइले रोग विरुद्धको औषधि खान नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तालिमप्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राख औषधि खुवाउने भएकाले आफूलाई पायक पर्ने स्थानमा गएर औषधि खान मन्त्रालयले अनुरोध गरेको छ ।

औषधि सेवनले हाम्रो शरीरमा हात्तीपाइले रोगको परजीवि भए नस्ट गर्ने र हात्तीपाइले रोगबाट बचाउने स्वास्थ्यकर्मीको भनाइ छ । लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग लागेमा खुट्टा, स्तन र अण्डकोष सुन्निन्छ र मानिसको ज्यान पनि जानसक्छ ।



from Online Khabar https://ift.tt/Sjv8zF1

आ गया है AC खरीदने का वक्त, 5 बातों का रखें ध्यान, वरना होगा नुकसान!

सर्दी का मौसम भारत में लगभग चला गया है और अब तपने वाली गर्मी दस्तक देने वाली है. ऐसे में ज्यादातर लोग अपने घरों में AC का इस्तेमाल करते हैं. अगर आप उनमें से हैं जो एक नया AC खरीदने के बारे में सोच रहे हैं तो हम आपको यहां कुछ जरूरी बातें बताने जा रहे हैं, जिनका आपको ध्यान रखना है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/bk6RAXj

सैमसंग के यूजर्स को झटका! Galaxy Z Fold5 में नहीं मिलेगा एस पेन स्लॉट, सामने आई बड़ी वजह

Galaxy Z Fold5 में कंपनी 108MP का प्राइमरी रियर कैमरा दे सकती है. हालांकि, फोन में इन-बिल्ट स्टाइलस पेन (एस पेन) स्लॉट नहीं होगा. जानकारी के मुताबिक फोल्ड 5 में एक नया हिंज डिजाइन होगा जो क्रीज को कम करेगा. फोन के इस साल की दूसरी छमाही में लॉन्च होने की उम्मीद है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/UDr0XCe

कृषि औजार कारखानामा आविष्कार केन्द्रले जगाएको आशा

११ फागुन, वीरगञ्ज । २०५९ सालदेखि बन्द वीरगञ्जस्थित कृषि औजार कारखानामा हिजोआज राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर र प्राविधिकको चहलपहल छ ।

गत ११ असोजमा सरकारले कृषि औजार कारखाना सञ्चालनका लागि महावीर पुन नेतृत्वको आविष्कार केन्द्रसँग सम्झौता गरेको थियो ।

कारखानाभित्र आविष्कार केन्द्रका स्वयंसेवी खटिएपछि बेल्चा, गैती, कुटो, पाटे कुटो, चुच्चे कुटो, कल्टिभेटर (ट्याक्टरमा लगाउने हलो) लगायत कृषि सामग्री नमुनाका रुपमा उत्पादन गर्न थालिएको छ ।

मेकानिकल इन्जिनियर प्रज्वल कोजु औजार बनाउने, परीक्षण गर्ने र नमुना निकाल्ने कामले गति लिएको बताउँछन् । कृषि औजार कारखानामा अहिले कोजुकै नेतृत्वमा आविष्कार केन्द्रका १३ जनाको टोली खटिएको छ ।

टोलीले पहिलो चरणमा त्यहाँका ५४ वटा मेसिन मर्मत सम्भारपछि चल्न सक्ने/नसक्ने अवस्था जाँचेर त्यसको रिपोर्ट अर्थ मन्त्रालयमा पनि बुझायो । दोस्रो चरणमा माघ १० गतेदेखि काम लाग्ने मेसिन मर्मत गरेर कृषि औजार उत्पादन, परीक्षण र नमुना निकाल्ने काम भइरहेको छ ।

इन्जिनियर कोजुका अनुसार, ५४ मध्ये ४८ वटा मेसिन चल्ने अवस्थामा छन् । ‘यीमध्ये कुनले कति कालसम्म काम दिनसक्छ भनेर एक-एकको परीक्षण पनि गरिरहेका छौं’, उनी भन्छन्, ‘दुईवटा ठूला प्लानर मेसिन, अर्को एउटा ठूलो सेयरिङ मेसिन र ठूलो पावर हृयामर चाहिँ लगभग काम नलाग्ने अवस्थामा छन् । तिनको पनि थप परीक्षण गरिनेछ ।’

आरनबाट उद्देश्यमा पुगिदैन

कारखाना निरीक्षण गर्न गत जेठ २१ जेठ गते वीरगञ्ज आएका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले भनेका थिए, ‘खेतीका लागि चाहिने औजार बनाउने कारखाना यसरी बन्द गरेर कृषि उत्पादन कसरी वृद्धि हुन्छ ?’

त्यस्तो भाषणको क्रममा उनले अब सरकारले कृषि औजार मात्र हैन, वीरगञ्ज चिनी कारखाना पनि चलाउने बताएका थिए । वीरगञ्जका लागि शर्माको त्यो भनाइ नौलो थिएन । हरेक अर्थमन्त्री वा उद्योग मन्त्री त्यस्तै प्रतिवद्धता जनाउँथे । कृषि औजार कारखाना चलाउने विषय कुनै पनि बजेट भाषणमा छुटेको थिएन ।

अर्थमन्त्री शर्माको एउटा निर्णय भने फरक रहृयो । उनले महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई वीरगञ्जको कृषि औजार कारखाना चलाउने जिम्मेवारी दिए । त्यसअनुसार, ११ असोजमा सम्झौता पनि भयो । अहिले त्यसको परिणाम पनि देखिन थालेको छ ।

३० वर्ष बन्द भएको यो कारखानाबाट केही थान औजारको परीक्षण उत्पादन हुँदा पनि निकै उत्साहको वातावरण बनेको छ । खासमा यी सामानले यतिका वर्ष खिया लागेर रहेका डाईहरु जाँच्ने इन्जिनियर कोजु बताउँछन् । कारखानामा यस्ता १०० भन्दा बढी डाई छन् ।

‘नमुना औजार परीक्षण गर्दा काम नलाग्ने देखिए पुराना डाई र मेसिन हटाएर नयाँ राख्नुपर्ने हुन्छ’, कोजुले भने, ‘कुन मेसिनले कति लामो समय काम दिन्छ या कुनलाई विस्थापन नै गर्नुपर्छ भन्ने कुरा नमुना परीक्षणबाटै निश्चित हुन्छ । नयाँ मेसिन र विद्युत क्षमता वृद्धिका लागि रकम आवश्यक पर्छ ।’

यसमा पनि विजुली आपूर्ति चाहिँ अहिल्यै बढाउनपर्ने केन्द्रका अध्यक्ष महावीर पुन बताउँछन् । उनका अनुसार, केन्द्रको अनुरोधमा अहिले विद्युत प्राधिकरणले ६५ केभीए ट्रान्सर्फमर जडान गरिदिएको छ । यति क्षमताले एक पटकमा तीन वटा मात्र मेसिन चल्छ ।

मजाले काम गर्न ४-५ सय केभीएको ट्रान्सर्फमर जडान र ६० वर्ष पुरानो वायरिङ सिस्टम परिवर्तन हुनपर्ने उनी बताउँछन् । ‘दुई-चार वटा कम्प्युटरबाट चल्ने स्वचालित मेसिन -सीएमसी) थपिनुपर्छ । त्यसमा ३०-४० करोड जान्छ’, अध्यक्ष पुन भन्छन्, ‘हातकै भरमा काम गर्ने हो भने आरन जस्तो भएर उद्देश्यमा पुगिदैन ।’

सरकारले दिएन पैसा

असोज ११ गते भएको सम्झौताअनुसार कृषि औजार कारखाना नेपाल सरकारकै मातहतमा रहन्छ, राष्ट्रिय आविष्कार केन्द्रले १० वर्ष मात्र चलाउँछ । सरकारले सहसचिवको नेतृत्वमा सञ्चालक समिति गठन गरेर चलअचल सम्पत्तिको अभिलेख तयार पार्न लगाइ कारखाना केन्द्रलाई जिम्मा दिने सम्झौतामा उल्लेख छ ।

सञ्चालक समितिले आविष्कार केन्द्रको कार्य योजना स्वीकृत गर्ने, जीर्ण कारखानाको मर्मत सम्भार र नयाँ मेसिनरी औजार थप्न सिफारिस गर्ने तथा अर्थ मन्त्रालयले बजेट दिने सम्झौता छ ।

कारखानाको कम्पाउण्डभित्र आविष्कार केन्द्रले छुट्टै अनुसन्धान केन्द्र र तालिम केन्द्र पनि खोलेर संचालन गर्ने, कारखानामा विभिन्न कृषि औजार उत्पादन गर्ने, ती औजार बिक्री वितरणको रकमबाट सम्पूर्ण खर्च र कर कट्टा गरी बचेको नाफाको ५० प्रतिशत केन्द्रलाई र ५० प्रतिशत सरकारी राजस्वमा जाने सम्झौता छ ।

कृषि औजार कारखानाको रेखदेख कोष तथा लेखा नियन्त्रक कार्यालय वीरगञ्जले गर्दै आएको छ । कार्यालयका तत्कालिन प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीले कारखाना पुनः सञ्चालन गर्न आवश्यक बजेट निकासा गरिदिन ०७९ मंसिर १४ गते अर्थ मन्त्रालयलाई पत्र पठाएका थिए ।

सम्झौता अनुसार आविष्कार केन्द्रले पनि सिभिल, मेकानिकल, इलेक्टि्रकल वर्क र अन्य खर्चको विस्तृत लागत अनुमान कारखाना सञ्चालन, अनुगमन तथा समन्वय गर्नका लागि गठित समितिमा पेश गरेको थियो । मंसिर ९ गते बसेको समितिको तेस्रो बैठकले पनि २५ करोड ६० लाख रुपैयाँ बजेट निकासाका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको तत्कालिन प्रमुख कोष नियन्त्रक कार्की बताउँछन् ।

पहिलो चरणको सिभिल वर्कमा ६ करोड २५ लाख, मेकानिकलतर्फ ५ करोड ७० लाख, इलेक्ट्रोनिकतर्फ १३ करोड ४० लाख र अन्य प्रशासनिक खर्चमा २५ लाख लाग्ने आविष्कार केन्द्रको अनुमान थियो । तर, हालसम्म अर्थले यो बजेट दिएको छैन ।

मर्मतका आवश्यक सामान खरिद, विद्युत खपत र स्वयम्सेवकलाई खानामा समेत गरी २५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको केन्द्रले जनाएको छ । खाना आफैंले पकाएर खाने गरेपनि सामान किन्दा रकम खर्च भइरहेको इन्जिनियर कोजुले बताए ।

‘मोटरको बेरिङ बिग्रेको हुन्छ, त्यसको लागि पैसा छुट्याएको छैन भनेर त्यसै बस्ने कुरा भएन’, उनी भन्छन्, ‘खानै पर्‍यो, बिजुली चलाउनै पर्यो । त्यसमै यत्रो खर्च भइसकेको छ ।’

खर्च धान्न सक्दासम्म काम गरिरहने केन्द्रका अध्यक्ष पुनले बताए । ‘सञ्चालक समितिले अर्थमा बुझाएको फाइल अगाडि बढेजस्तो छैन’, उनले भने ‘सरकारले पैसा नदिए आविष्कार केन्द्रले जहिलेसम्म धान्न सक्छ, काम गर्छ ।’

सुखद विगत, दु:खद अन्त्य

नेपाली कृषिलाई आवश्यक पर्ने सबै किसिमका औजार उत्पादन गर्ने उद्देश्यले तत्कालीन सोभियत सरकारको सहयोगमा २०२४ सालमा वीरगञ्जको पिप्रामा कृषि औजार कारखानाको स्थापना भएको थियो । मुख्य सडक छेउमै ५ बिघा जमिनमा कारखाना र अर्को ५ बिघामा आवास गृह छ ।

कारखानाले देशका विभिन्न स्थानमा बिक्री डिपो र डिलर राखेर कृषि औजार बिक्री गर्दै आएको थियो । वायुसेवा निगम, नेपाल टेलिकम, विद्युत प्राधिकरण, दुग्ध विकास संस्थान, वीरगञ्ज चिनी कारखाना लगायतलाई चाहिने औजार पनि यहीँ बन्थे ।

यो कारखानाले नेपालको कृषिमा यान्त्रिकरण सुुरु गर्न ठूलो योगदान पुर्‍याएको थियो । तर, पञ्चायतकालदेखि नै घाटाका कारण निरन्तर ओरालो लागेको कारखाना २०५९ सालमा बन्द नै भयो । २०५४ सालमा कारखानाको ६५ प्रतिशत शेयर निजी क्षेत्रलाई बिक्री गरेर सञ्चालनको जिम्मा समेत दिइयो ।

त्यसअनुसार, १७ जेठ ०५४ मा सम्पूर्ण मेसिनरी, भवन, उत्पादित सरसामान, गाडी, डिपो र कारोबार नियन्त्रणमा लिएका रेशमलाल बैध, हेटौंडाका उदयमोहन श्रेष्ठ, पाटनका जोग्यलाल ताम्राकारले सञ्चालन गर्नुको साटो बिक्री गरेको  कारखानाका पुराना कर्मचारीहरु बताउँछन् ।

अबको चुनौती अनि अवसर

कृषि औजार कारखाना चल्यो भने भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यो कारखाना बन्द हुनुको एउटा कारण भारतबाट सस्तोमा आउने कृषि सामग्री पनि भएको वीरगञ्जका जानकारहरु बताउँछन् ।

उनीहरुका अनुसार, स्वदेशी उद्योग जोगाउन भारतबाट आउने त्यही किसिमका सामग्रीमा भन्सार बढाउन सकिन्छ । वीरगञ्ज कलेजका अध्यक्ष डा. दीपेन्द्र चौधरी कृषि औजार कारखानालाई कृषि औजारमै सीमित गरियो भने टिकाउन गाह्रो हुने बताउँछन् ।

‘देशको अहिलेको आवश्यकता नबुझी पहिलेकै सामानमा सिमित गरियो भने कारखाना चलाए पनि टिकाउन मुश्किल पर्छ’, उनी भन्छन्, ‘पहिलेको कृषि औजार कारखानामा पावर टि्रलर बन्दैनथ्यो, तर अहिले नेपाली किसानलाई त्यो पनि चाहिन्छ ।’

यसकारण यो कारखानामा अब कृषि सामग्री मात्र नभई विकास निर्माणका उपकरणदेखि हेभी इक्युपमेन्टसम्म बनाउने सोच राख्नुपर्ने डा. चौधरीको मत छ ।



from Online Khabar https://ift.tt/nwQ5m6H

मौसम बदली, हल्का वर्षा र हिमपातको सम्भावना

११ फागुन, काठमाडौं । मौसम पुन: बदली भएको छ । पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली भएको हो ।

आज प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार पनि मौसम बदली हुनेछ । शुक्रबार प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार  पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाका उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 



from Online Khabar https://ift.tt/x7dLJil

Tuesday, February 21, 2023

लिभरपुलविरुद्ध रियल मड्रिडको शानदार पुनरागमन

१० फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा रियल मड्रिडले लिभरपुललाई ५-२ ले पराजित गरेको छ ।

लिभरपुलको मैदानमा दुई गोलले पछि परेको अवस्थामा रियलले शानदार पुनरागमन गर्दै पाँच गोल गरेको हो ।

घरेलु मैदान एनफिल्डमा डार्विन नुनेजले चौथो र मोहमद सालहले १४औं मिनेटमा गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाएका थिए ।

तर त्यसलाई लिभरपुलले जोगाउन सकेन । पहिलो हाफमै रियलका भिनिसियस जुनियरले दुई गोल गर्दै रियललाई खेलमा फर्काए । भिनिसियसले २१औं र ३६औं मिनेटमा गोल गरेपछि रपहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा रियलले तीन गोल फर्कायो ।

एडर मिलिटाओले ४७औं मिनेटमा गोल गर्दै रियललाई ३-२ को अग्रता दिलाए । त्यसपछि करिम बेन्जेमाले ५५औ र ६७औं मिनेटमा गोल गर्दै रियललाई शानदार जित दिलाए ।

यस्तै अर्को खेलमा इटालियन क्लब नापोलीले जर्मन क्लब एनट्राट फ्रांकफर्टलाई २-० ले हरायो ।

नापोलीका लागि भिक्टोर ओसिमहेनले ४०औं र डि लरेन्जोले ६५औं मिनेटमा गोल गरे ।

फ्रांकफर्टका कोलो माउनीले ५८औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।



from Online Khabar https://ift.tt/Fv2StTP

सस्ते एंड्रॉयड वाले दाम पर मिल रहा महंगा वाला iPhone, खरीदने के लिए दौड़े ग्राहक, नोट कर लें ऑफर

अगर आपका सपना आईफोन लेने का है, और ज़्यादा कीमत की वजह से नहीं खरीद पा रहे हैं तो आपके लिए फ्लिपकार्ट पर खास ऑफर मिल रहा है. डिस्काउंट डील के तहत आईफोन को एंड्रॉयड की कीमत पर खरीदा सकता है...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/HLDq3xk

अडानी समूहको बदमासी सार्वजनिक हुँदा नवीकरणीय ऊर्जा उत्पादनको मोदी महत्वाकांक्षामा धक्का

दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकलाई हरित उर्जाको केन्द्र बनाउने महत्वांकाक्षा अघि सारेका थिए। सन् २०७० सम्म मुलुकलाई कार्बन न्युट्रल बनाउने महत्वांकाक्षा मोदीको थियो।  वायुमण्डलमा हरितगृह ग्यास थप्ने मुलुकको सूचीमा भारत विश्वकै तेस्रो मुलुक हो। तर मोदीले सन् २०७०सम्म यसलाई शून्य झार्ने घोषणा गरेका थिए।

सन् २०३० सम्म भारतले खपत गर्ने मध्ये ५० प्रतिशत  स्रोत नवीकरणीय ऊर्जाको हुने मोदीको प्रतिवद्धता थियो। मोदीको यो योजनाको लाभ विश्वकै तेस्रो तथा एशियाको सबैभन्दा धनी व्यक्ति गौतम अडानीले उठाए। हरित ऊर्जाका लागि ७० अर्क डलर लगानी गर्ने र सन् २०३०भित्र हरित ऊर्जाका लागि विश्वकै खलाडी बन्ने उनको योजना थियो।

अडानीले त्यस रकमलाई  हाइब्रिड नवीकरणीय ऊर्जा उत्पादन, ब्याट्री तथा सोलार उत्पादन, वायु ऊर्जा र हरित हाइड्रोजन उत्पादनमा लगानी गर्ने योजना बनाएका थिए।

मोदीको महत्वाकांक्षाबाट लाभ लिन अग्रसर अडानीलाई अहिले ठूलो झड्का लागेको छ। अडानीका कम्पनीहरूको अधिक मुल्यांकन गरिएको खुलासा भएपछि उनलाई झड्का लागेको हो । अमेरिकी अनुसन्धान कम्पनी हिडनवर्गले जनवरी २४ मा प्रतिवेदन सार्वजनिक गरेपछि अडानीमाथि लगानी गर्न तम्सिएका वित्तिय संस्थाहरूले लगानी नगर्ने घोषणा गरेका छन्।

अडानीले यो विषयलाई अस्वीकार गरेपनि लगानीकर्ताहरूले भने यो विषयमा झूठो ठहर नभएसम्म लगानी नगर्ने बताएका छन्। केही वित्तिय संस्थाहरूले अडानी समुहको धरौटी लिएर रकम निकासाका लागि अस्वीकार गरेका छन्।

अडानी समूहको योजनामा ४ अर्ब डलर लगानीको प्रतिवद्धता जनाएको फ्रान्सेली टोटल इनर्जीज कम्पनीले अडानी समूहमाथिको अभियोग झूठो रहेको प्रमाणित नभएसम्म लगानी नगर्ने बताएको छ। कम्पनीको अधिक मुल्यांकनबारे अडानी समूहका प्रवक्ताले बीबीसीले भनेका छन्- ‘हामी माथि लागेका आरुोप निराधार हुन्। हामीले कुनै पनि कम्पनीको अधिक मुल्यांकन गरेर लगानीकर्ताहरूलाई भ्रममा पारेका छैनौँ।’

विज्ञहरूले पनि अहिले वकिसित घटनाक्रमबाट नवीकरणीय ऊर्जा उत्पादनका लागि पर्ने असरबारे टिप्पणीको लागि हतारो हुने बताएका छन्। ‘हरित ऊर्जा उत्पादनका लागि ठूलो लगानी गर्न सक्ने अडानी समूहनै हो। अरू कम्पनीहरूलाइ लगानी जुटाउननै समस्या हुनसक्छ। यसले प्रधानमन्त्री मोदीको महत्वाकांक्षामा असर पुर्याएपनि नवीकरणी ऊर्जा उत्पादनको गतिलाई ठप्प भने पार्ने छैन,’ऊर्जा विज्ञ विभूती गार्ग भन्छन्।

कोइला अभावले समस्यमा पर्न सक्छ भारत

आगामी दशकमा भारतको ऊर्जा संक्रमण विश्वमा सबैभन्दा ठूलो हुनेछ।  १ अर्ब ४० करोड जनसंख्या रहेको भारतमा अहिले पनि ऊर्जाको संकट छ। भारतमा हरेक वर्ष लण्डन जत्रो सहर थपिन्छ। यस्तै औद्योगिकरण पनि बढिरहेको छ। यस्तै जलवायु परिवर्तनका कारणपनि गर्मी अत्यधिक छ।

यस्तै विजुली गाडीतर्फ बढ्दै गएको आषकर्षणले पनि ऊर्जाको माग बढ्ने निश्चित छ। भारतमा आगामी पाँच वर्षमा विद्युतको माग दोब्बरले बढ्ने निश्चित छ। भारत कोइला उत्पादन र उपभोगका लागि विश्वकै दोस्रो ठूलो मुलुक हो।

एक तिहाई ऊर्जा अझै पनि कोइलाबाट उत्पादन हुन्छ भने भारतले थर्मल प्लान्टको संख्या पनि थपिरहेको छ। आगामी दिनमा आवश्यक पर्ने ऊर्जाको स्रोत नवीकरणीय ऊर्जा बनाउने योजना भारतले बनाएको हो।

सन् २०७० सम्म हरित गृह ग्यास उत्सर्जन शू्यमा झरा्न भारतले सन् २०३० सम्म प्रत्येक वर्ष १ सय ६० अर्ब डल खर्चगर्नुपर्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको प्रतिवेदन छ। यो रकम हाल भइरहेको लगानीको तीन गुणा बढी हो।

अडानीका अलावा हरित ऊर्जामा अम्बानीको रिलायन्स समूहले पनि ८० अर्ब डलरको परियोजना अघि बढाएको छ। यस्तै टाटा ग्रुपले पनि यसका लागि योजन अघि सारिरहेको छ। भारतमा ऊर्जाको माग धान्नका लागि यसमा अझै लगानीगर्ता आवश्यक पर्ने विज्ञहरू बताउँछन्। ‘माग अनुसारको आपूर्तीका लागि अझै धेरै लगानीकर्ता आवश्यकता छ,’ विज्ञ अश्विनी स्वेन भन्छन्।

कम्तिमा पनि एक दर्जन ठूला लगानीकर्ता आवश्यक पर्ने उनको भनाइ छ।

के अडानी समूहले १ सय अर्ब डलरको क्षतीलाई पूर्ती गर्न सक्छ?

अडानी समूहमाथिको लगानी नआउने अवस्था अन्यका लागि अवसर हुने अष्ट्रेलियाका विज्ञ टिम बक्ली बताउछन्।’यो विषयले अरू लागनीकर्तालाई अवसर दिएको छ। घरेलु सीप र क्षमताको अधिक उपयोग गर्दै अन्तर्राष्ट्रिय लगानी भित्र्याउने अवसर उनीहरूलाई छ,’ टिमले भने।

भारतको ऊर्जा उत्पादनको क्षमता ४ सय गिगावाट छ। तर सन् २०३० सम्म  भारतले ५ सय गिगावट ऊर्जा उत्पादनको लक्ष्य राखेको थियो। यो ठूलो महत्वाकांक्षा हो। ऊर्जाको माग धान्न हालसम्म कोइला र पेट्रोलियम पदार्थमा निर्भर भारतका लागि यो लक्ष्य हाँसिल गर्न निकै चुनौतीपूर्ण छ।

ऊर्जा विज्ञ स्वेनका अनुसार भारतले अब कोइलाबाट ऊर्जा उत्पादन गर्न बन्द गर्दै नवीकरणीय स्रोततर्फनै ध्यान केन्द्रित गर्नुपर्छ। भारतमा सिँचाइको पाचौँ ठूलो मागको क्षेत्र सिँचाइ हो। सिँचाइका लागि सोलार प्रयो गर्नुपर्ने सुझाव गार्ग दिन्छिन् ‘नवीकरणीय उर्जामा भारतको प्रगति उल्लेखनीय छ। केही ढिलाइ र सुस्तता हुँदा यसले नवीकरणीय उर्जाको वृद्धिमा बाधा पुर्‍याउनु हुँदैन,” गार्ग भन्छिन्।

– बीबीसीबाट



from Online Khabar https://ift.tt/TtVWa68

मौसम बदली, वर्षा र हिमपातको सम्भावना

१० फागुन, काठमाडौं ।मौसम आज पनि बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा आंशिकदेखि सामान्य प्रभाव परेको हो ।

आज प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली  रहनेछ।

प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।प्रदेश नं १, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार पनि प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



from Online Khabar https://ift.tt/DjEsVZi

आज लॉन्च होगा 7 जीबी रैम वालाInfinix Smart 7, बेहद सस्ता होगा फोन, मिलेगी 6,000mAh की बैटरी

इंफीनिक्स आज भारत में Infinix Smart 7 फोन पेश करेगी. कंपनी इस फोन को दो कलर ऑप्शन में पेश कर सकती है. इसका एक पेज फ्लिपकार्ट पर लाइव हो गया है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/C2UPLmb

Monday, February 20, 2023

भातको चासो छैन भात खाने डाँडामा   

९ फागुन, ढोरपाटन । करिब एक दशक अगाडिसम्म भात खाने डाँडा विकट गाउँ थियो । अहिले बजार बनेको छ । अग्लो डाँडैभरि ठूला–ठूला घर भवन बनेका छन् भने वरपर भिराला जमीन छन् । यी जमिनमा अहिले गहुँ, मकै, फापर र कोदो फल्छन् । यहीँ उत्पादन भएका खाद्यबालीबाट स्थानीयवासी जीवन निर्वाह गर्छन् । खाद्यान्न अपुग भए नजिकैको पसलबाट किन्छन् । भात खाने डाँडामा पहिले खेतीपाती राम्रो नहुँदा खाद्य सङ्कट पर्थ्यो ।

खाद्य सङ्कट पर्दा जाँदा स्थानीय बजार झरेर खाद्यान्न जोहो गर्नुपथ्र्यो । पहिले विकट भात खाने डाँडा अहिले पूरै बदलिएर सुगम बनेको छ ।

पहिलेको जस्तो अहिले खाद्य सङ्कटसमेत नपर्ने स्थानीय सङ्गम घर्तीमगर बताउँछन् । पहिले मुलाको धजरा, घ्यूलगायतका स्थानीय उत्पादन लिएर गाउँलेहरू पाङ, बलेवालगायतका ठाउँमा गएर धान साटेर ल्याई उपभोग गर्ने गरेको उनको भनाइ छ । तर अहिले लेकाली धान लगाए गाउँमै चामल उत्पादन गर्न सकिने उनी बताउँछन् ।

बाली राम्रो उत्पादन नहुँदा स्थानीयवासीले ‘बाली पूजा’ गर्ने गर्थे । त्यो चलन अहिले पनि छ । यहाँ हरेक वर्ष चैत महिनामा बाली सप्रियोस् भन्दै ‘बाली पूजा’ गर्दै आएको उनको भनाइ छ ।

अनिकालको अन्त्य होस् र सहकालको सुरुआत होस् भनी गाउँलेले ‘बाली पूजा’ गर्ने गरेको स्थानीय घर्तीले बताए । यो पूजा परापूर्वकालदेखि चल्दै आएको उनी बताउँछन् । गाउँमा उत्पादन राम्रो हुँदै गएपछि अहिले भात खाने डाँडामा भातको खासै चाख नभएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘पहिले दशैँ, तिहार र मुख्य चाडपर्वमा मात्रै भात खाने चलन थियो, यो गाउँ दुर्गममा हुँदा चामल ल्याउन टाढा–टाढा जानुपर्थ्यो, यहाँ धान उत्पादन हुँदैनथ्यो, अरु बाली पनि राम्रो उत्पादन नभएपछि स्थानीयले ‘बाली पूजा’ गर्दै गर्ने गर्थे, जो अहिले पनि गरिन्छ, आधुनिकीकरणले गर्दा अहिले उत्पादन राम्रो हुँदै गएको छ, पहिलेको जस्तो खाद्यान्नको दुःख हुँदैन ।’

स्थानीय ६२ वर्षीय डिलबहादुर घर्तीले यहाँ गाउँले जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भात खाने डाँडा’ भनिएको बताउँछन् ।

अहिले पनि अर्गलगाउँका गाउँले बाली पूजाका लागि चामल उठाउने र उपयुक्त दिन पारेर पूजा गरी सामूहिकरूपमा भात खाने चलन रहेको उनको भनाइ छ ।

स्थानीय बाली पूजा गरेरमात्रै नयाँ बाली भित्र्याउने गर्छन् । ‘यो चलन त धेरै सयौँ वर्ष पहिलेदेखि चल्दै आएको हो, हाम्रो पुर्खाले मनाउँदै आएको परम्परा अहिले हामी पनि मनाउँछौं, पहिले चामलको खाँचो निकै हुन्थ्यो, नजिक पाइँदैनथ्यो, गहुँ, जौँ पनि राम्रो नहुँदा समस्या हुन्थ्यो’, घर्तीमगरले भने, ‘बाली पूजा नगरेसम्म नयाँ बाली भित्र्याउँदैनौँ, हिउँदे बाली भित्र्याउनुभन्दा पहिले बाली पूजा गर्नुपर्छ ।’

गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले पहिले यस ठाउँ निकै विकट रहेको र यहाँ चामल ल्याउन नसक्दा स्थानीयवासीले गाउँमै उत्पादन भएका खाद्यान्नबाट जीवन चलाएको बताए ।

गाउँमा चामल नआउँदा भात खाने डाँडामा बाली पूजा हुने र त्यहाँ गाउँलेहरू जम्मा भएर भात पकाएर खाने गरेको हुँदा यस ठाउँको नाम भात खाने डाँडा हुनु गएको उनको भनाइ छ ।

उनले भात खाने डाँडासँग परम्परा र संस्कृतिसमेत जोडिएको बताए । यहाँ अन्य बेला पनि विभिन्न मेला महोत्सव र धार्मिक क्रियाकला अहिले पनि हुने गरेको बताउँछन् ।

भात खाने डाँडासँगै स्थानीयको जीवनस्तरसमेत परिवर्तन हुँदै गएको बताए । उनले परम्परागत पेसालाई परिवर्तन गरेर स्थानीयवासी नयाँ प्रविधिसँग जोडिएर पेसा–व्यवसाय गर्न थालेको र उनीहरूको आर्थिक अवस्था पनि सुदृढ बन्दै गएको बताउँछन् ।

उपाध्यक्ष रोका भन्छन् , ‘भात खाने डाँडा मात्रै फेरिएको छैन, यहाँका मदजुर, किसान तथा सबै वर्गको जीवनस्तर पनि फेरिएको छ, पहिले यो ठाउँ जङ्गल नै थियो, पछिपछि विकास हुँदै गयो, अहिले एउटा बजारको स्वरुप लिएको छ, सडक सञ्जालले जोडिएपछि विकासका थुप्रै ढोका खुलेका छन्, हामीले पनि जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर विकास गरिरहेका छौँ ।’

अहिले ताराखोला गाउँपालिकाको केन्द्र पनि भात खाने डाँडामै छ । त्यसले गर्दा यहाँ ठूलो परिवर्तन आएको छ । ठाउँले मुहार फेरेपछि स्थानीयसमेत खुसी छन् ।

स्थानीय देवबहादुर खत्री भन्छन्, ‘भात खाने डाँडा सुनसान थियो, पहिले यहाँ घर पनि थिएनन्, मान्छेको आवतजावत निकै कम थियो, अहिलेको जस्तो मोटरगाडी चल्दैनथे, सरकारी अफिसमा काम परे दिनभर लगाएर बागलुङ पुग्नुपथ्र्यो ।’

उनले घर जग्गाको तिरो तिर्न र सामान्य प्रशासनिक कामका लागि आफूहरू घण्टौँ लगाएर बागलुङ बजार पुग्न बाध्य भएको स्मरण गर्दै दैनिक उपभोग्य सामानको जोहो गर्न पनि गलकोट झर्नुपरेको बताउँछन् ।

घर्तीले अहिले भात खाने डाँडाको मुहार पूरै फेरिएको भन्दै डाँडैभरि घर बनेको बताए । गाउँपालिकाको केन्द्र नै भात खाने डाँडामा बनेपछि विकासले गति लिएको उनको भनाइ छ ।

स्थानीय तलिकुमारी रोकाले भात खाने डाँडा सडकले जोडिएपछि गाउँ बजार हुनुका साथै सहरका धेरै सुविधा गाउँमै आउन थालेको सुनाइन् ।

उनले पहिले खानेपानीको निकै समस्या भोग्नुपरेको स्मरण गर्दै अहिले घर–घरमा धारा बनेको बताउँछिन् ।उतिबेला गाउँमा कोही बिरामी परे डोकोमा बोकेर अस्पताल पुर्‍याउने गरेको जनाउँदै अहिले गाडीमा हालेर समयमै उपचार गर्न लैजान सकिने उनको भनाइ छ ।

उनी भन्छिन्, ‘सेवा–सुविधा लिन लागेको त बल्लै त हो नि, नत्र त कयौँ वर्ष यहाँका मान्छेले दुःख भोग, घाँस दाउरा, मेलापात गरेरै जिन्दगी चलाए, हामीभन्दा अगाडिका पुर्खाले त झन् कति दुःख पाए होलान् ?’



from Online Khabar https://ift.tt/E2LwP37

2 हज़ार रु सस्ता हुआ सबसे यूनिक डिज़ाइन वाला स्मार्टफोन, किसी एंड्रॉयड फोन के पास नहीं है ऐसी बॉडी

भारत में कई एंड्रॉयड फोन है, लेकिन ट्रांसपेरेन्ट बैक वाला सिर्फ एक ही फोन Nothing Phone 1 है. फ्लिपकार्ट पर चल रही सेल के तहत इस फोन को अच्छे डिस्काउंट पर उपलब्ध कराया जा रहा है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/EsjkbT5

रुग्ण आयोजनामा उपप्रधानमन्त्री श्रेष्ठको चासो, ठेकेदारले के भने ?

९ फागुन, काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशभरीका रुग्ण आयोजनाबारे चासो व्यक्त गरेका छन् ।

उत्तर–दक्षिण व्यापारीक मार्ग विस्तार आयोजना निर्देशनालय, पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) राजमार्ग निर्देशनालय र सडक सुधार तथा विकास आयोजना निर्देशनालय अन्तर्गतका कतिपय खण्डहरू रुग्ण आयोजनामा परेपछि उपप्रधानमन्त्री श्रेष्ठले सम्बन्धित निर्माण व्यवसायीहरूलाई मन्त्रालयमै बोलाएर चासो व्यक्त गरेका हुन् ।

सोमबार व्यवसायीहरूसँग भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले तोकिएको समयमै र गुणस्तरमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको र व्यवसायीहरूले पनि समयमै गुणस्तरीय कार्य गर्ने प्रतिबद्धता जनाएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, निवर्तमान महानिर्देशक अर्जुनजंग थापा तथा हुलाकी सडक निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र उत्तर दक्षिण तथा व्यापारिक मार्ग निर्देशनालयका प्रमुखहरू समेत सहभागी थिए ।

छलफलमा मातहतका निकायबाट देशैभरीका रुग्ण आयोजनाको अवस्थाबारे जानकारी लिंदै उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायीलाई ती आयोजना रुग्ण बन्नुको कारणबारे जिज्ञासा  राखेका थिए । आफ्ना समस्या पनि खुलेर राख्न सुझाव दिँदै उनले ‘रुग्ण परियोजना कहिलेसम्म सम्पन्न हुन्छ ?’ भनेर प्रश्न गरेका थिए । ‘काम ओगटेर बसेकाले काम नभएको हो कि मन्त्रालयले सहजीकरण नगरेर वा भुक्तानी र कर्मचारीको समस्याले ?’ प्रश्न गर्दै उनले भने, ‘सकारात्मक दृष्टिकोणका साथ यी समस्या समाधान गर्ने र चाँडो परिणाम ल्याऔं भन्ने हाम्रो ध्येय छ ।’

त्यसक्रममा निर्माण व्यवासायीले विविध समस्या देखाउँदै अब भने निर्धारित समय र गुणस्तरमै काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

लमही–घोराही–तुल्सीपुर चारलेन सडक खण्ड बनाउने जिम्मा पाएको तथ्य इन्जिनियरिङ कम्पनीले ८ मार्चसम्म उल्लेख्य प्रगति नगरे ठेक्का तोडिने भएको छ ।

हरेक १५–१५ दिनमा निर्देशनालय प्रमुखबाट रुग्ण आयोजनाको प्रगति विवरण लिइने उपप्रधानमन्त्री श्रेष्ठले बताए । केही साता अघिमात्रै उपत्यका केन्द्रित केही रुग्ण आयोजनाबारे यस्तै छलफल भएको थियो । त्यसपछि त्यहाँ कामले गति लिएको थियो ।

कहाँको अवस्था कस्तो छ ?

हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत ७ वटा आयोजना रुग्ण रहेको र मोहना खेला, डोकेबजार, बेलौरी, धाइजी,  कञ्चनपुर सडकमार्गको जिम्मा पाएको शर्मा राजेन्द्र जेभीले असार मसान्तसम्म निर्माण सक्ने प्रतिबद्धता गरेको छ ।

यसैगरी धाँधर खोला पुल र पतरी खोला पुल निर्माणको जिम्मा पाएको लोहनी ब्रदर्सले १० दिनमा कामलाई गति दिने बताएको छ । नत्र ठेक्का नै तोडिने सहमति भएको छ ।

हुलाकी अन्तर्गत नै गोपीगञ्ज, नारायणचोक, परासीचोक सडकखण्ड निर्माणको जिम्मा पाएको कञ्चनजंघा बिरुवा शिवशक्ति जेभीले २५ दिनमा काम सक्ने बताउँदा कमला नदी पुल बनाउने जिम्मा लिएको पप्पु–लुम्बिनी जेभीले नयाँ डिजाइन प्राप्त भएपछि काम थाल्ने प्रतिबद्धता गरेको छ ।

हुलाकी राजमार्ग अन्तर्गतको मनमत, कलैया, मतिरर्वा सडक बनाउने ठेक्का लिएको सप्तकोशी जलाधार ओमसाही जेभी र मोहना, डोकेबजार, बेलौरी धाइजी कतिपय खण्ड निर्माणको जिम्मा पाएको बाबाहंश सिद्धिशाही कम्पनी सम्पर्कमा आएको छैन ।

यसैगरी सडक सुधार तथा विकास आयोजना अन्तर्गत भेडेटार, राँके सडक निर्माणको जिम्मा पाएको आप्को इन्फ्रा इन्डियाले चालु आवमा २५ किलोमिटर र आगामी वर्षको अन्त्यसम्म सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता गरेको छ ।

लमही–घोराही–तुल्सीपुर चारलेन सडक खण्ड बनाउने जिम्मा पाएको तथ्य इन्जिनियरिङ कम्पनीले ८ मार्चसम्म उल्लेख्य प्रगति नगरे ठेक्का तोडिने भएको छ । यसअघि दाङ २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएलगत्तै माओवादी नेता रेखा शर्माले सडक विभाग र ठेकेदारका प्रतिनिधिहरुको संयुक्त बैठक बसालेर ठेक्का तोड्ने चेतावनी दिएकी थिइन् ।

मुडे, चरिकोट सडक बनाउने काम चैतसम्म सक्ने निर्माण कम्पनी सुनौला खिम्तीले जनाएको छ ।

यसैगरी एआईपीएल शैलुङ जेभीले बनाइरहेको भक्तपुर नगरकोट सडकको निर्माण कार्य चैतसम्म सकिने छ । दिनेशचन्द्र शंकर माली जेभीले बसन्तपुर, पपरादी सडकको काम असार मसान्तसम्म ४५ प्रतिशत सक्ने बताएको छ ।

यता मध्यपहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत आरुघाट, ओख्ले सडक असार मसान्तसम्म सकिने रसुवा इलाइट सूर्य जेभीले जनाएको छ । जोरसाल, तमोर, संक्रान्ति, म्याङलुङ सडकका विभिन्न खण्ड सम्बन्धित  निर्माण कम्पनीहरूले आउने असार मसान्तसम्म सक्ने जनाएका छन् ।

यो खण्डमा भरत, मैनाचुली, सिद्धिशाही, कन्टेक, गौरीपार्वती, कोशी लगायत निर्माण कम्पनीले काम गरिरहेका छन् । मध्यपहाडी अन्तर्गतनै हिले, लेगुवा सडक निर्माणको जिम्मा पाएको रौतामाई सन्तोषी बिरुवा जेभीले जेठसम्म काम सक्ने जनाएको छ ।

यसैगरी खण्डुवा खोलामा पुल निर्माण कार्य वैशाख १५ मा सकिने बिरुवा गल्वा जेभीले जनाएको छ । भोजपुर, दिक्तेल सडकको काम असारभित्र सकिने भरत मैनाचुली सिद्धिशाही जेभीको प्रतिबद्धता छ ।

सिरुवा कन्स्ट्रक्सनले बनाइरहेको पंखु खोला पुल जेठसम्म निर्माण सम्पन्न हुनेछ । यसैगरी देउरी, सामरी भञ्ज्याङ, कटुञ्जे सडकको जिम्मा पाएको लुम्बीनी मृत सञ्जीवनी जेभीले असारसम्म काम सक्ने प्रतिबद्धता गरेको छ ।

यसैगरी पाटीहाल्ने, रुकुमकोट सडकको काम असारसम्म सकिनेछ । सो कामको जिम्मा मरत महादेव खिम्ति जेभीले पाएको छ । रुकुम पूर्वको काँक्री मैकोट खण्डको ३८ किलोमिटर सडक चौडा गरी ग्राभेल स्तरमा उन्नती गर्ने कामको जिम्मा पाएको पप्पु कोशी न्यौपाने जेभीको ठेक्का तोडिएको छ ।

ओख्ले, घ्याम्पेसाल, खहरे सडक बनाउँदै गरेको एमपी एसपी एफईसीसी जेभीले असारसम्म र पिपलटार देउडी सडकको जिम्मा पाएको गौरीपार्वती महालक्ष्मी नागार्जुन् जेभीले पनि असारभित्रै काम सक्ने बताएका छन् ।

उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तगर्तत खहरे खोला पुल र रुप्से खोला पुल रुग्ण छन् । यी पुल बनाइरहेका सिरुवा कन्स्ट्रक्सन र गजुरमुखीसँगको ठेक्का तोडिसकिएको छ । झैते, कोरोला सडक बनाइरहेको तामाङ गौरीपार्वती कोशी न्यौपाने जेभी, घासा, जोमसोम, कोरोला बनाइरहेको पप्पु गौरी पार्वती कोशी न्यौपाने जेभी, मिर्मी फलेबास कुस्मा सडकखण्ड निर्माण गरिरहेको सूर्य कन्स्ट्रक्सनले असार मसान्तसम्म काम सक्ने बताएका छ ।

हिल्सा सिमिकोट सल्लीसल्ला रोड र सिमिकोट खर्बु हुम्ला बनाइरहेका अनक कविन्द्र माउन्टेन जेभीले जग्गा विवाद समाधान भए काम सक्ने प्रतिबद्धता गरेका छन् । धुलिखेल निशान जेभीले यांगर खोलाको पुलका लागि चीनबाट सामान आइसकेको र असारभित्र काम सक्ने बताएको छ ।

कञ्चनजंघा बिरुवा जेभीले बुटवल बेलहिया सडकको काम असारसम्म सक्ने बताएको छ । जोमसोम कागबेनी बनाइरहेको रौता आत्रेय सारस जेभी भने सम्पर्कमा आएको छैन ।



from Online Khabar https://ift.tt/FfMVdtU

आज ग्याल्पो ल्होछार मनाइँदै, सार्वजनिक बिदा

९ फागुन, काठमाडौँ  । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होछार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धानदाता टीका शेर्पाको भनाइ छ । उनका अनुसार ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन् ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।

ग्याल्बो ल्होछारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।



from Online Khabar https://ift.tt/P9fIhg4

अन्नमा आधारित पूरक बाल आहार बनाउँदा गुणस्तर मापदण्ड पालना गर्नुपर्ने

९ फागुन, वीरगञ्ज । नेपाल सरकारले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड तय गरेको छ । पुस तीन गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको मापदण्ड फागुन २ गते राजपत्रमा समेत प्रकाशन भइसकेको छ ।

नेपाल राजपत्रको भाग ५ मा अन्नमा आधारित पूरक बाल आहार (Cereal Based Complementary Foods for Infants and Young Children) शीर्षकमा प्रकाशित गुणस्तर मापदण्ड ६ महिनापछि लागू गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए ।

अन्नमा आधारित पूरक बाल आहारमा सुख्खा तौलको आधारमा अन्नको मात्रा कम्तिमा २५ प्रतिशत, शक्ति (Energy Density) कम्तिमा ४ किलो क्यालोरी प्रति ग्राम, सोडियमको मात्रा प्रति १०० ग्राममा ३०० मिलीग्राम भन्दा कम हुनुपर्ने र कुनै पनि कृत्रिम रङ्ग तथा अन्य हानिकारक पदार्थ मिसाउन नपाइने भनी मापदण्डमा उल्लेख गरिएको छ ।

पूरक बाल आहारको उत्पादन, प्रशोधन, प्याकेजिङ्ग, हृयाण्डलिङ्ग, भण्डारण तथा ढुवानीमा स्वच्छता सम्बन्धी मापदण्ड नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोके बमोजिम गर्न र प्याकेजिङ्ग र लेबलिङ्ग सम्बन्धी व्यवस्था अनुसार खाद्य ग्रेडको प्याकेजिङ्ग सामग्रीमा शिलबन्दी गरी प्याक गर्नुपर्ने व्यवस्था मापदण्डमा गरिएको छ ।

पूरक बाल आहारको लेवलमा स्वच्छता र गुणस्तरसम्बन्धी भ्रामक सूचना दिने खालको कुनै प्रकारको चित्र, वाक्य वा शब्दहरु उल्लेख गर्न नपाइने र प्याकेजिङ्ग तथा लेवलिङ्गमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्याकेजिङ्ग तथा लेवलिङ्गसँग नझुक्किने गरि भिन्न किसिमको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा हेलेन केलर इन्टरनेश्नलको प्राविधिक सहयोगमा मापदण्ड तयार गरिएको थियो ।

हेलेन केलर इन्टरनेश्नलको बाल आहार मूल्यांकन तथा अनुसन्धान कार्यक्रमको अधिकृत बबिता अधिकारीले मापदण्ड कार्यान्वयनमा आएपछि ६ महिना पछिका बालबालिकाको स्वास्थ्यलाई लिएर भइरहेको गलत अभ्यास रोकिने बताइन् ।

‘बजारमा ६ महिना पछिका बालबालिकालाई दिने पुरक आहारमा विभिन्न खाले गलत अभ्यास विद्यमान छ । लेबलिङमा समस्या छ, बालबालिकादेखि वृद्ध उमेरका लागि खुवाउन मिल्छ, बिरामीलाई पनि खुवाउन सकिन्छ भनेर लेखिएको हुन्छ,’ उनले भनिन्, ‘मापदण्ड अनुसार ६ महिनादेखि ३६ महिना भन्दा तलका लागि मात्रै लिटो भनेर बनाउन पाइन्छ, प्रोटिन, आइरन, सुगरको मात्रा पनि तोकिए अनुसारकै हुनुपर्छ । मापदण्ड अनुसार नभएको पाइएमा कानुन बमोजिम कारबाही पनि हुन्छ ।’

उनका अनुसार संस्थाले सन् २०१७ मा काठमाण्डौंका विभिन्न मलहरुमा अध्ययन गर्दा पुरक आहारको नाममा बालबालिकाको स्वास्थ्यमा गम्भीर लापरबाही हुने गरेको पाइएको थियो । तर नियमन गर्नका लागि कुनै पनि व्यवस्था नै थिएन । मापदण्ड लागु भएपछि नियमन गर्नका लागि बाटो खुल्ने उनले बताइन् ।



from Online Khabar https://ift.tt/ftxYHPV

ब्लूटूथ कॉलिंग सपोर्ट के साथ लॉन्च हुई ये नई स्मार्टवॉच, एक बार चार्ज करने पर चलेगी 7 दिन, कीमत जान नहीं होगा यकीन!

Gizmore ने भारत में अपने पोर्टफोलियो को विस्तार देते हुए एक नई स्मार्टवॉच को लॉन्च कर दिया है. ये नई वॉच Gizmore Cloud है. ये एक बजट स्मार्टवॉच है, जिसमें ब्लूटूथ कॉलिंग जैसे फीचर्स दिए गए हैं. आइए जानते हैं इसके बाकी के स्पेसिफिकेशन्स.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/nkJmBSg

Sunday, February 19, 2023

फोन को रात भर चार्जिंग पर लगा छोड़ना कितना सही? बैटरी पर क्या होता है असर, हैरान करने वाली है रिपोर्ट

हमने अपने आसपास कभी न कभी तो नोटिस किया होगा कि लोग फोन को पूरी रात के लिए चार्जिंग पर लगा कर छोड़ देते हैं. मगर क्या आपने कभी सोचा है कि ऐसा करने पर क्या होता है और बैटरी पर इसका क्या असर पड़ता है?

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/UoyTSua

बार्सिलोनालाई ८ अंकको अग्रता

८ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार राति काडिजलाई २-० ले पराजित गरेको छ । यस जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ८ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि सर्जि रोबर्टो र रोबर्ट लेवान्डोस्कीले गोल गरे । सर्जिले लेवान्वस्कीको गोलका लागि असिस्ट गरे  ।

सर्जी रोबर्टोले ४३औं मिनेटमा गोल गरे भने लेवान्डोस्कीले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए ।

जितपछि बार्सिलोनाले २२ खेलबाट ५९ अंक जोडेको छ । समान खेलबाट रियलको ५१ अंक छ ।

ला लिगाकै अन्य खेलमा एट्लेटिको मड्रिडले एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गरेको छ भने सेभिया र रायो भालेकानोले १-१ को बराबरी खेलेका छन् ।



from Online Khabar https://ift.tt/UKgxT1b