Sunday, February 19, 2023

बार्सिलोनालाई ८ अंकको अग्रता

८ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार राति काडिजलाई २-० ले पराजित गरेको छ । यस जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ८ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि सर्जि रोबर्टो र रोबर्ट लेवान्डोस्कीले गोल गरे । सर्जिले लेवान्वस्कीको गोलका लागि असिस्ट गरे  ।

सर्जी रोबर्टोले ४३औं मिनेटमा गोल गरे भने लेवान्डोस्कीले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए ।

जितपछि बार्सिलोनाले २२ खेलबाट ५९ अंक जोडेको छ । समान खेलबाट रियलको ५१ अंक छ ।

ला लिगाकै अन्य खेलमा एट्लेटिको मड्रिडले एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गरेको छ भने सेभिया र रायो भालेकानोले १-१ को बराबरी खेलेका छन् ।



from Online Khabar https://ift.tt/UKgxT1b

No comments:

Post a Comment