Wednesday, February 15, 2023

एल्चेको पोष्टमा रियलको चार गोल

४ फागुन, काठमाडौं । करिम बेन्जेमाको दुई गोल मद्दतमा रियल मड्रिडले ला लिगामा एल्चेलाई ४-० ले पराजित गरेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा मार्को असेस्सियो र लुका मोडरिचले पनि एक-एक गोल गरे ।

खेलको आठौं मिनेटमै असेन्सियोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि बेन्जेमा दुई पेनाल्टी गोल गरेपछि रियलले पहिलो हाफमै ३-० को अग्रता बनायो ।

बेन्जेमाले ३१औं र पहिलो हाफको इन्जुरी टाइमा पेनाल्टीबाट गोल गरे । मोडरिचले ८०औं मिनेटमा गोल गरे ।

जितपछि रियलले २१ खेलबाट ४८ अंक जोड्दै शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ८ मा झारेको छ।

बार्सिलोना २१ खेलबाट ५६ अंकसहित शीर्ष स्थानमा छ ।



from Online Khabar https://ift.tt/jZfOWnk

No comments:

Post a Comment