Thursday, February 9, 2023

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हिमपात हुने

२७ माघ, काठमाडौं । देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली भएको छ ।  तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लागेको छ ।

आज प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

शनिबार पनि प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका  पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार पहाडी भू-भागमा  आंशिक बदली भए पनि हिमपात र वर्षाको सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ ।

 



from Online Khabar https://ift.tt/OgL2I4m

No comments:

Post a Comment