Saturday, February 11, 2023

महेन्द्र उपाध्यायको उपन्यास ‘मिन्झारी’ लोकार्पण

२९ माघ, काठमाडौं । महेन्द्र उपाध्यायको पहिलो उपन्यास ‘मिन्झारी’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा एक कार्यक्रमबीच मिन्झारीको लोकार्पण गरिएको हो ।

कार्यक्रममा पूर्वसांसद शान्ता चौधरीले उपन्यासले कम्लहरी र थारु समुदायका मुद्दालाई सशक्त रुपमा चित्रण गरेको बताइन् ।

साहित्यकार नयनराज पाण्डेले उपन्यासमा प्रयोग गरिएको भाषा शैली र बिम्ब लेखकको खासियत भएको बताए ।

लेखक उपाध्यायले उपन्यासमा आफू हुर्केको समाजको वास्तविकता चित्रण गर्न खोजेको बताउँदै उपन्यास पढेर रचनात्मक सुझाव सल्लाह दिन आग्रह गरे ।

काबु क्रियशनद्वारा प्रकाशित उपन्यासको मूल्य ५७५ रुपैयाँ छ ।

लेखकको यसअघि एक गजल सङ्ग्रहसहित फुटकर रचनाहरू प्रकाशित छन् ।



from Online Khabar https://ift.tt/ZHNCtMl

No comments:

Post a Comment