Tuesday, February 21, 2023

लिभरपुलविरुद्ध रियल मड्रिडको शानदार पुनरागमन

१० फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा रियल मड्रिडले लिभरपुललाई ५-२ ले पराजित गरेको छ ।

लिभरपुलको मैदानमा दुई गोलले पछि परेको अवस्थामा रियलले शानदार पुनरागमन गर्दै पाँच गोल गरेको हो ।

घरेलु मैदान एनफिल्डमा डार्विन नुनेजले चौथो र मोहमद सालहले १४औं मिनेटमा गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाएका थिए ।

तर त्यसलाई लिभरपुलले जोगाउन सकेन । पहिलो हाफमै रियलका भिनिसियस जुनियरले दुई गोल गर्दै रियललाई खेलमा फर्काए । भिनिसियसले २१औं र ३६औं मिनेटमा गोल गरेपछि रपहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा रियलले तीन गोल फर्कायो ।

एडर मिलिटाओले ४७औं मिनेटमा गोल गर्दै रियललाई ३-२ को अग्रता दिलाए । त्यसपछि करिम बेन्जेमाले ५५औ र ६७औं मिनेटमा गोल गर्दै रियललाई शानदार जित दिलाए ।

यस्तै अर्को खेलमा इटालियन क्लब नापोलीले जर्मन क्लब एनट्राट फ्रांकफर्टलाई २-० ले हरायो ।

नापोलीका लागि भिक्टोर ओसिमहेनले ४०औं र डि लरेन्जोले ६५औं मिनेटमा गोल गरे ।

फ्रांकफर्टका कोलो माउनीले ५८औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।



from Online Khabar https://ift.tt/Fv2StTP

No comments:

Post a Comment