Friday, May 31, 2024

धड़ाम से गिरी OnePlus के तगड़े कैमरे वाले फोन की कीमत, बैटरी और लुक दोनों कमाल

अगर आप वनप्लस पसद करते हैं और किसी नए फोन की तलाश में हैं तो आपके लिए वनप्लस के जबरदस्त फोन नॉर्ड CE3 5G को काफी कम दाम पर खरीदा जा सकता है. फोन के दाम में अच्छी कटौती हो गई है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/bZHpePv

आईसीसी टी-२० विश्वकप : समूह डी का सबै टोलीका प्रमुख अलराउण्डर

१८ जेठ, डालास । कुनै पनि क्रिकेट टोलीमा अलराउण्डरको भूमिका महत्वपूर्ण हुन्छ । सधैं प्रमुख ब्याटर वा बलर चल्छन् भन्ने हुँदैन । त्यस्तो अवस्थामा टोली अलराउण्डरमा निर्भर हुन्छ । टी-२० मा कुनै पनि भर हुँदैन । त्यसैले अलराउण्डरलाई टी-२० मा बढी प्राथमिकता दिइन्छ ।

आईसीसी टी-२० विश्वकप २०२४ मा विश्वका उत्कृष्ट अलराउण्डरहरु खेल्नेछन् । समूह डी मा नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । समूह डी मा सानदार प्रदर्शन गर्न सक्ने ५ प्रमुख अलराउण्डर यस प्रकार छन् ।

दीपेन्द्रसिंह ऐरी– नेपाल

नेपाली क्रिकेटका टाइगर दीपेन्द्रसिंह ऐरी थ्री डि क्रिकेटर हुन् । अर्थात उनले ब्याटिङ, बलिङमात्रै नभएर फिल्डिङबाट पनि खेल जिताउन सक्छन् । दीपेन्द्रले फिनिसरको भूमिका निर्वाहसँगै अफ स्पिन बलिङ गर्दछन् ।

खेलको अवस्था अनुसार खेल्ने खुबी भएका दीपेन्द्रको उत्कृष्ट प्रदर्शन विना यस विश्वकपमा नेपाललाई जित निकाल्न कठिन पर्दछ । दुई महिनाअघि कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए । गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरेका थिए । उत्कृष्ट फिल्डर समेत रहेका दीपेन्द्रले कुनै पनि समय बलिङ गर्न सक्छन् ।

दीपेन्द्र वर्तमान एशोसिएट क्रिकेटका एक उत्कृष्ट अलराउण्डर समेत हुन् । आईसीसीको टी-२० अलराउण्डरतर्फ १०औं स्थानमा छन् । २४ वर्षीय उनले नेपालबाट ६४ टी-२० आई खेलमा १ शतक र ९ अर्धशतकसहित १६२६ रन बनाउनुको साथै ३७ विकेट लिएका छन् ।

बास डि लिडे -नेदरल्यान्ड्स

नेदरल्यान्ड्सका बास डि लिडे वर्तमान एशोसिएट क्रिकेटका एक उत्कृष्ट म्याच विनर अलराउण्डर हुन् । इंग्ल्यान्डको धुरमबाट काउन्ट्री खेल्ने उनले मध्यक्रममा ब्याटिङसँगै मध्यगतिमा बलिङ गर्ने गर्दछन् ।

सन् २०२३ को आईसीसी उत्कृष्ट एशोसिएट अलराउण्डर अवार्ड उनले नै जितेका थिए । गतवर्ष नेदरल्यान्ड्सलाई एकदिवसीय विश्वकपमा पुर्‍याउनमा निर्णायक छनोट खेलमा उनले स्कटल्यान्डविरुद्ध १२३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।

विश्वकपमा पाकिस्तानविरुद्ध ६७ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । त्यस्तै २०२२ को टी-२० विश्वकपमा नेदरल्यान्ड्सलाई सुपर १२ मा पुर्‍याउन उनको योगदान महत्वपूर्ण थियो । लिडेले नेदरल्यान्ड्ससँग ३४ टी-२० आई खेलमा ४ अर्धशतकसहित ६७७ रन बनाउनुको साथै ३० विकेट लिएका छन् ।

सकिब अल हसन-बंगलादेश

बंगलादेशका कप्तान सकिब अल हसन विश्व क्रिकेटकै एक उत्कृष्ट अलराउण्डर हुन् । बंगलादेशका सर्वाधिक सफल अलराउण्डर उनले मध्यक्रममा ब्याटिङसँगै स्पिन बलिङ गर्ने गर्दछन् ।

सन् २००७ देखि सबै टी-२० विश्वकप खेल्दै समेत आएका छन् । ३७ वर्षीय अनुभवी अलराउण्डर सकिबसँग १२२ टी-२० आई खेलको अनुभव छ । उनले टी-२० आईमा १४६ विकेट लिनुको साथै २४४० रन बनाएका छन् । बंगलादेशलाई सुपर ८ सम्म पुग्न उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

वानिन्दु हसरंगा-श्रीलंका

कप्तान वानिन्दु हसरंगा श्रीलंकाका प्रमुख अलराउण्डर हुन् । उनले लेग स्पिनसँगै मध्यक्रममा राम्रो प्रदर्शन गर्ने गर्दछन् । वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट युवा स्पिनर समेत हुन् । उनीसँग बलिङमा थुप्रै भेरिएसन छ । २६ वर्षीय उनले ६५ टी-२० आई खेलमा ६५० रन बनाउनुको साथै १०४ विकेट लिएका छन् ।

मार्को यानसन- दक्षिण अफ्रिका

समूह डी को सबैभन्दा मजबुत टोली दक्षिण अफ्रिकाका युवा तीव्र गतिका बलिङ अलराउण्डर मार्को यानसन अर्को आशालाग्दा क्रिकेटर हुन् । छोटो समयमा उनले दक्षिण अफ्रिकाबाट राम्रो प्रभाव छाडि सकेका छन् । २३ वर्षीय बायाँ हाते बलर उनले ४ टी-२० आई खेलमा ६ विकेट लिएका छन् । तर उनीसँग विदेशी फ्रेन्चाइज लिग खेलेको अनुभव छ । तीव्र गतिसँगै उनले तल्लोक्रममा आक्रामक क्रिकेट खेल्ने गर्दछन् ।



from Online Khabar https://ift.tt/mq21gef

Thursday, May 30, 2024

टी–२० विश्वकपमा नेपालको ओपनिङ जोडी परिवर्तन सम्भव छ ?

१८ जेठ, अमेरिका (डालस) । आईसीसी टी–२० विश्वकप अघि ओपनर आसिफ शेख र कुशल भुर्तेलको खराब लय नेपाललाई चिन्ताको विषय बनेको छ । पछिल्लो ६ महिनायता प्रदर्शन कमजोर रहे पनि २०२१ देखि निरन्तर टोलीमा रहँदै आएका ओपनर कुशल र आसिफलाई नेपालले विश्वकपमा निरन्तरता दियो ।

तर, दुवैले आफ्नो लय समाउन सकेका छैनन् । त्यसको असर समग्र टोलीको ब्याटिङ र प्रदर्शनमा परेको छ । सन् २०२३ नोभेम्बर यता १६ टी–२० आई खेलमा कुशलको प्रदर्शन २६, ११, ३१, ०, ०, १२, २०, २, ५९, ५, २४, १२, ३२, ०, ०, ० रन छ ।

गत मे घरेलु मैदान टीयुमा वेस्टइन्डिज ए’विरुद्ध टी–२० खेलमा कुशलले १६, २, १, १३ रन तथा क्यानडासँग वार्मअप खेलमा १० रनमात्र जोडे ।

अर्का ओपनर तथा विकेटकिपर आसिफ शेखको ब्याटबाट पनि औसत रन निस्केको छ । सन् २०२३ नोभेम्बर यता आसिफले टी–२० आईमा ५, ६४, ६, ६, ३४, १, ८, ४७, ३२, ५२, ४०, २, ८ र ५ रनमा जोडेका थिए । टी–२० आई मान्यता प्राप्त खेलमा नोभेम्बर यता कुशल र आसिफको नाममा १–१ अर्धशतक छ ।

सन् २०२१ अप्रिलमा टीयु क्रिकेट मैदानमा डेब्यू खेलमा आसिफ र कुशलले टी–२० आई त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सविरुद्ध ओपनिङ गर्दै ११६ रनको शतकीय साझेदारी गरेका थिए । सुरुवात नै शतकीय साझेदारीबाट गरेका आसिफ र कुशलले त्यसपछि उक्त प्रदर्शनलाई निरन्तरता दिन सकेका छैनन् ।

त्यही त्रिकोणात्मक सिरिजमा मलेसियासँग १०२ र २०२३ मा सिंगापुरविरुद्ध ८५ रनको ओपनिङ साझेदारी गरेका थिए ।

अल अमरेतमा सन् २०२३ अप्रिलमा एसीसी प्रिमियर कपमा समूह चरणमा हङकङविरुद्ध ७० रनको साझेदारी गरेका थिए । त्यो नै आसिफ र कुशलले विदेशी भूमिमा टी–२० आईमा गरेको उच्च साझेदारी हो ।

यी दुई ओपनरले एसीसी प्रिमियर कपमा सेमिफाइनलमा यूएई, तेस्रो स्थानमा हङकङ र समूह चरणमा साउदी अरेबियासँग रनको खाता खोल्न सकेका थिएनन् । कतारसँग १८ र मलेसियासँग ४९ रनको साझेदारी गरेका थिए ।

त्यसपछि वेस्टइन्डिजसँग चौथो खेलमा शून्य र पाँचौं खेलमा १३ रनको साझेदारी गरेका थिए । यसै साता ह्युस्टन हरिकेन्ससँग दुई टी–२० अभ्यास खेलमा आसिफ र कुशलले ६ र ८ रनको साझेदारी गरेका थिए । क्यानडासँग १८ रनको साझेदारी गरेका थिए ।

विश्वकप अघि नेपालले ब्याकअप ओपनरमा अनिल साह, लोकेश बम र विनोद भण्डारीलाई हेरेको थियो । ब्याकअप ओपनरको रुपमा विश्वकप टोलीमा परेका अनिलले पछिल्ला खेलहरुमा तेस्रो नम्बरमा ब्याटिङ गरेका छन् ।

ओपनिङ जोडी परिवर्तनको सम्भावना छ ?

लगातार खराब प्रदर्शनले नेपाली टोलीमा ओपनर जोडी परिवर्तन गर्नुपर्ने आवाज उठ्न थालेको छ । मंगलबार नेपालले नेदरल्यान्ड्ससँग खेल्दै विश्वकप सुरुआत गर्नेछ ।

सुपर–८ को महत्वकांक्षी सपना राखेको नेपाललाई पहिलो खेलमा जित आवश्यक छ । तर विशाल योगफल बनाउन वा पूरा गर्न ओपनरले राम्रो सुरुवात दिनुपर्छ । सामान्य पदर्शनले एसोसिएट शीर्ष टोलीलाई हराउन कठिन पर्ने देखिन्छ ।

खराब लयमा भएका कुशल र आसिफको ओपनिङ जोडी निरन्तरता दिने वा परिवर्तन गर्ने नेपालले ठूलो जोखिम लिनुपर्छ । यदि परिवर्तन गर्न चाहेमा विश्वकप खेल्ने नेपालको १५ सदस्य टोलीमा अनिल र कुशल मल्ल विकल्पमा हुनेछन् ।

कुशल मल्लले नेपालबाट ३ टी–२० आई खेलमा ओपनिङ गर्दै ५५ रन बनाइसकेका छन् । सन् २०२० मा ज्ञानेन्द्र मल्लसँग ओपनिङ गर्दै कुशलले एसीसी इस्टर्न रिजनमा मलेसियासँग शून्य, हङकङसँग १९ र थाईल्यान्डसँग ३६ रनको अविजित इनिङ खेलेका थिए ।

उनले तेस्रो नम्बरमा टी–२० आईमा ९ खेलमा २५८ रन बनाएका छन् । सेप्टेम्बरमा मंगोलियाविरुद्ध १३७ रनको शतक तेस्रो नम्बरमै खेलेका थिए । कुशल विष्फोटक ब्याटर हुँदा पावर प्लेको फाइदा उठाउँदै राम्रो प्रदर्शन गर्न सक्छन् । अनिल टोलीका नियमित ओपनर नै हुन् ।

तर नेपालका कप्तान रोहित पौडेल टी–२० विश्वकपमा ओपनिङ परिवर्तन गर्न सही नहुने बताउँछन् ।

‘अब यो अन्तिम समयमा ओपनिङ जोडी परिवर्तन नगर्दा उत्कृष्ट हुन्छ जस्तो लाग्छ मलाई । डेढ वर्षदेखि सबैलाई सँगै लिएर आएका छौं’, कप्तान रोहित भन्छन्, ‘अन्तिम क्षणमा आएर परिवर्तन गर्दा त्यो माहोल नै बिग्रिन्छ । १/२ खेल तलमाथि हुन्छ । तर दुबै जनाले राम्रो गर्नेमा धेरै आशावादी छौं ।’

रोहित नियमित ओपनरकै खेल प्रदर्शन सुधार हुनेमा विश्वस्त देखिँदै थप्छन्, ‘मलाई ओपनर र तेस्रो नम्बरका ब्याटरले राम्रो सुरुवात दिनेमा विश्वास छ । सबै जनाले स्टेपअप गर्नुपर्छ । ओपनिङ एकदमै महत्वपूर्ण भूमिका हो । जुन टिमको ओपनिङ राम्रो हुन्छ त्यो दिन समग्र पूरा ब्याटिङ युनिटले मोमेन्ट्स अघि बढाउँछ ।’

नेपालले अन्तिम तयारीको रुपमा आईसीसी टी–२० वार्मअप खेल अमेरिकासँग आज साँझ ग्राण्ड प्रेरी भ्यू रंगशालामा खेल्दैछ । पहिलो वार्मअप खेलमा क्यानडाले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल १२० रनमा अल आउट हुँदै ६३ रनले पराजित भएको थियो ।

क्यानडा र अमेरिका दुबै राम्रो टोली भएको रोहित बताउँछन् । क्यानडाले आईसीसी विश्वकप लिग–२ मा गत मार्चमा स्कटल्यान्ड र युएईलाई समान दुबै खेलमा हराएको थियो । यसै साता अमेरिकाले बंगलादेशलाई ह्युस्टनमा ३ मध्ये सुरुआती दुई खेलमा हराएको थियो ।

उच्च मनोबलका साथ विश्वकपमा जानलाई पनि नेपालले घरेलु टोली अमेरिकालाई हराउनुपर्ने हुन्छ । तर न्युजिल्यान्डका पूर्व अलराउन्डर कोरी एन्डरसनजस्ता खेलाडी सम्मिलित अमेरिकालाई हराउन सहज हुनेछैन । बंगलादेशलाई हराउँदै उच्च मनोबलका साथ अमेरिका ह्युस्टनबाट डालस आएको छ ।

‘सबै एसोसिएट टोलीले विकास गरेका छन् । समान सन्तुलन छन् । अमेरिकासँगको खेल पनि क्यानडासँग खेलको त्यहिँ मैदान र पिचमा छ । विकेटको फाइदा लिदै योजना अनुसार काम गर्नुपर्छ’, कप्तान रोहित भन्छन् ।



from Online Khabar https://ift.tt/ckIoQYT

रिडी–तम्घास सडकखण्ड आजदेखि १६ असारसम्म दिनहुँ १२ घण्टा बन्द हुने

१८ जेठ, गुल्मी । आजदेखि रिडी–तम्घास सडकखण्ड पुनः एक महिनासम्म बन्द गरिएको छ । स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम भइरहेकाले सडक बन्द गर्न गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ । यो समय अवधिमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–रिडी सडक खण्डको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ । गएको चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ । सडकको केही ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका काम बाँकी छ ।

सवारी साधनको चाप बढेसँगै पुरानो बाटो साँघुरो भएकाले रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडकखण्ड विस्तार गरिँदै छ । सोही योजना अन्तर्गत पहिलो चरणमा रिडीदेखि राजासम्म २५ किलोमिटर सडक स्तरोन्नतीसँगै कालोपत्रे हुन लागेको हो ।

सडकमा समानान्तर इलाइट जेभीले काम गर्दै आएको छ । सडकमा कटिङ्ग र स्तरोन्नतीको काम गर्न करिब २२ वटा डोजर प्रयोग गरिएको छ । राजमार्गमा ७० प्रतिशत कटिङ्गको काम सकिएकोे समानान्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले बताए ।

२०७९ साल फागुन २८ गते सम्झौता भएको सडक विस्तारको काम २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद छ । १ अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक बिस्तारको ठेक्का सम्झौता भएको छ ।

वैशाख महिनाको अन्तिमसम्म ३५ प्रतिशत भौतिक प्रगती र ३० प्रतिशत वित्तीय प्रगति भएको मदन भण्डारी सडक आयोजनाले जनाएको छ ।



from Online Khabar https://ift.tt/2uW6yHo

नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द

१८ जेठ, डालास (अमेरिका) । वर्षाको कारण अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द भएको छ । ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनुपर्ने थियो ।

तर अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर टस लगत्तै मैदानमा वर्षा भएको थियो । वर्षा रोकिएपछि मैदानका कर्मचारीले काम गरेका थिए । तर पुनः वर्षा हुन थालेपछि खेल रद्द भएको हो ।

नेपाल पहिलो वार्मअप खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो । यसै मैदानमा नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ ।

नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।



from Online Khabar https://ift.tt/nubIC3Q

Wednesday, May 29, 2024

घोडाघोडी क्षेत्रमा भेटियो नयाँ प्रजातिको चरा

१७ जेठ, घोडाघोडी (कैलाली) । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ ।

घोडाघोडी आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ ।

घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए । उनका अनुसार यो प्रजातिको चरा भारत र बङ्गलादेशबाट गर्मी याममा नेपाल आउने गर्छन् ।

यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको सङ्ख्या ३८१ पुगेको छ । गर्मी याममा बसाइँ सर्ने चराको प्रजाति, सङ्ख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पन्छी संरक्षण सङ्घको समन्वयमा चरा गणना गरिएको हो ।



from Online Khabar https://ift.tt/deTja6f

बजेटमा नछुट्ने एउटा कार्यक्रम जो कहिल्यै कार्यान्वयन भएन

१६ जेठ, हेटौंडा । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने घोषणा दोहोर्‍याए ।

बजेट वक्तव्यको २८२ नम्बर बुँदामा भनिएको छ, ‘बन्द अवस्थामा रहेको विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग र गोरखकाली रबर उद्योग लगायतका उद्योग सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याइनेछ ।’

हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने विषयमा हरेक वर्षजसो बजेटमा उल्लेख हुने गरेको छ भने मन्त्रीहरुले पनि बेलाबेलामा मन्त्रालयस्तरबाट निर्णय गर्ने गरेका छन् ।

२०३६ सालमा चीन सरकारको करीब २० करोड रुपैयाँ लगानीमा खोलिएको हेटौंडा कपडा उद्योग २०५७ सालयता बन्द छ । हरेकजसो उद्योगमन्त्रीले हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने भन्दै अध्ययन समिति बनाउने र आफूले पनि स्थलगत अध्ययन गर्दै आइरहेका छन् । तर हालसम्म पनि उद्योग सञ्चालनका लागि ठोस काम हुन सकेको छैन ।

हेटौंडा कपडा उद्योगको तत्कालीन कपडा बुनाइ विभागमा काम गरेका प्रकाश पौडेलले बजेटमा गरिएको यो घोषणा पत्याएका छैनन् । ‘भावनात्मक रुपमा मात्रै बजेटमा सम्बोधन भएको छ । यतिका वर्षसम्म राज्यले चाहँदा उद्योग पुनः सञ्चालन हुन नसक्ने भन्ने हुँदैन’ पौडेल भन्छन् ।

कपडा उद्योग चल्दा ६-७ सय जनाले रोजगारी पाउने हुनाले चलाउँदा सरकारलाई नै फाइदा हुने पूर्वकर्मचारी पौडेलको भनाइ छ । ‘हामी पूर्वकर्मचारीहरु धेरैले २-३ महिना प्राविधिक सहयोगका लागि स्वयंसेवकको रुपमा काम गर्छौ । हामीलाई जागिर पनि दिनु पर्दैन्थ्यो । अहिलेको बजारमा ६ सय जनाले रोजगारी त पाउँथे’, उनी भन्छन् ।

चरम राजनीतिकरण र प्रशासनिक कमजोरीको कारण बन्द भएको उद्योग उद्योगमन्त्री हुँदा अष्टलक्ष्मी शाक्य, महेन्द्रप्रसाद यादव, अनिलकुमार झा, महेश बस्नेत, नवीन्द्रराज जोशी, मातृका यादवलगायतले सञ्चालन गर्ने घोषणा गरे ।

०६५ सालमा डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने र त्यसबाट उत्पादित कपडा नेपाली सेना, नेपाल प्रहरी र निजामती कर्मचारीको पोसाकमा प्रयोग गर्ने भन्दै उद्योग सञ्चालनको लागि ८ करोड रुपैयाँ अनुदान दिएका थिए ।

उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले कपडा उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययनको लागि कार्यदल बनाएकी थिइन् । कार्यदलले उद्योग सञ्चालनको विभिन्न मोडल सहितको प्रतिवेदन बुझाएको थियो । तर, त्यसबेला नौ महिनामै सरकार ढलेपछि काम अवरुद्ध भयो ।

०७० सालमा तत्कालीन माओवादीको हेटौंडा अधिवेशनको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौंडा कपडा उद्योग जसरी पनि सञ्चालन गरिछाड्ने भाषण गरे ।

तर, त्यसैबेला, सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद् भने उद्योग खारेज गरेर उद्योगको भवन र भौतिक पूर्वाधारवापतको रकम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा शेयरको रुपमा लगानी गर्ने निर्णयमा पुगिसकेको थियो ।

हाल कपडा उद्योग रहेको १८८ रोपनी जग्गामा विभिन्न साना तथा मझौला करिब एक दर्जन उद्योग सञ्चालनमा आउन सक्छन् । तर, जीर्ण भवन र खिया लागेका मेसिन भवनभित्र बन्द कोठामा थन्किएका छन्

०७३ सालमा कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उद्योग मन्त्रालयको जिम्मेवारी पाएका नवीन्द्रराज जोशीको ध्यान पनि हेटौंडा कपडा उद्योगमा पुग्यो । उनले उद्योग सञ्चालनमा ल्याउनको लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न योजना आयोगका पूर्वसदस्य डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरे ।

कार्यदलले नेपाली सेनालाई संलग्न गराएर कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने रायसहितको प्रतिवेदन मन्त्रीलाई बुझायो । नेपाली सेनाको नेतृत्वमा हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने भन्दै नेपाली सेनाका प्रतिनिधि समेत रहने गरी मन्त्रालयले कार्यदल बनायो ।

यो कार्यदलले पनि लगानी र व्यवस्थापन सरकारले गर्ने र सञ्चालन नेपाली सेनाले गर्ने गरी उद्योग चलाउनुपर्ने सुझाव सहित प्रतिवेदन बुझायो । उद्योगमा भएका ४८० वटा मेसिनमध्ये करिब दुईसय वटा मेसिन मर्मतपछि सञ्चालन गर्न सकिने र अरु काम नलाग्ने अवस्थामा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

उद्योग पुनः सञ्चालनको लागि करिब ५० वटा नयाँ मेसिन खरिद गर्नुपर्ने र ३० करोड लगानी भए उद्योग सञ्चालन हुन सक्ने तथ्य सहितको प्रतिवेदनमा छ । तर, प्रतिवेदन माथि मन्त्रालयमा गहन छलफलसँगै कार्यन्वयनको प्रक्रिया अघि बढाइएको छैन ।

हरेक मन्त्री जिम्मेवारीमा आएपछि नयाँ काम देखाउने होडका कारण अध्ययन कार्यदल बनाइहाल्छन् तर, समयक्रमसँगै यो विषय ओझेलमा पर्ने गरेको छ ।

कपडा उद्योगसँग छैन पर्याप्त जग्गा

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेटौंडा कपडा उद्योग अहिले सरकारी अभिलेखबाटै हटिसकेको छ । १२ माघ २०७९ को मन्त्रिपरिषद्ले हेटौंडा कपडा उद्योगको भवन तथा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड (आईडीएम) लाई हस्तान्तरण गरी लिमिटेडमा सरकारको सेयर कायम गर्ने निर्णय गरेको थियो ।

त्यसअनुसार उद्योगको २५६ रोपनी जमिनको मूल्य २० करोड १९ लाख र भवन तथा भौतिक पूर्वाधारको मूल्य ८ करोड १२ लाख रुपैयाँ मूल्यांकन गरिएको थियो । त्यो बराबर सेयर रकम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा सरकारका नाममा कायम गर्ने निर्णय त्यसबेला भएको थियो ।

उद्योगको प्लान्ट तथा मेसिनरीलगायत मूल्य ८ करोड १४ लाख रुपैयाँ कायम गरी त्यसमध्ये ७ करोड रुपैयाँ सरकारले लिने र बाँकी लिमिटेडलाई वार्षिक ५ प्रतिशतका दरले लगानी गर्ने निर्णय पनि भएको थियो ।

मन्त्रिपरिषद्कै निर्णयबमोजिम खारेज भएको कपडा उद्योगको विवरण कम्पनी रजिस्ट्रारको कार्यालय र उद्योग विभागबाट पनि हटाइसकिएको छ ।

अब उद्योगको स्वामित्वमा न कुनै जग्गा छ, न भवन र मेसिनरी । त्यति मात्रै होइन, विगतमा हेटौंडा कपडा उद्योगको भवनले चर्चेको जमिनबाहेक बाँकी जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अन्य २३ उद्योगीलाई भाडामा लगाइसकेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

२० फागुन २०७१ मा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले विस्तारित औद्योगिक क्षेत्र (हेटौंडा औद्योगिक क्षेत्र-२) को शिलान्यास गरेका थिए । २० बिघा १२ कठ्ठा ८ धुर जग्गामा आईडीएमले औद्योगिक क्षेत्र विस्तार गरेको थियो ।

उद्योगको कुल जमिनमध्ये साउथ एसियन ब्रुअरी प्रालिले सबैभन्दा धेरै १०५ रोपनी, अविनाश एग्स प्रालिले ९.७५ रोपनी भाडामा लिएका छन् । उद्योग परिसरको २४३ रोपनीमध्ये ५५ रोपनी जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले अन्य उद्योग सञ्चालनका लागि भाडामा दिएको छ ।

उद्योग परिसरभित्र एपेक्स इन्डस्ट्रिज, मकवानपुर बेभरेज प्रालि, मदरल्यान्ड एग्रिकल्चर इन्जिनियरिङ प्रालि, गढीमाई हाइड्रोमेकानिकल इन्जिनियरिङ वर्कसप, सहयात्री जीप उद्योग, लक्ष्मी पेन्ट्स उद्योग, कुलायन होम एप्लायन्स इन्डस्ट्रिज प्रालि, नाथ फुड्स इन्डस्ट्रिज प्रालि र सशस्त्र प्रहरी बल, नेपाल मुद्दती तथा सेवा गुल्मले ५५.९८ रोपनी जग्गा भाडामा लिएर उद्योग चलाइरहेका छन् ।

हाल कपडा उद्योग रहेको १८८ रोपनी जग्गामा विभिन्न साना तथा मझौला करिब एक दर्जन उद्योग सञ्चालनमा आउन सक्छन् । तर, जीर्ण भवन र खिया लागेका मेसिन भवनभित्र बन्द कोठामा थन्किएका छन् । ठाउँ खाली गर्न नसक्दा उद्योगीलाई थप जग्गा भाडामा दिन नसकिएको व्यवस्थापन कार्यालय हेटौंडाले बताउँदै आएको छ ।



from Online Khabar https://ift.tt/CSOgkuF

Tuesday, May 28, 2024

अर्थपछि सबैभन्दा धेरै बजेट शिक्षामा, कार्यक्रम कार्यान्वयनमा सन्देह

१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयपछि सबैभन्दा धेरै शिक्षामा बजेट छुट्टाएको छ । आफूले सम्हालेको मन्त्रालयलाई २ खर्ब २२ अर्ब ८६ करोड बजेट छुट्याएका अर्थमन्त्री वर्षमान पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

शिक्षामा चालु आर्थिक वर्षको बजेटको तुलनामा आगामी वर्ष २७ करोड रुपैयाँभन्दा बढी प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने योजना सरकारको छ । चालु आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा शिक्षाका लागि ४ खर्ब ८ अर्ब रुपैयाँ हस्तान्तरण गरेको सरकारले यस वर्ष ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ ।

अर्थमन्त्री पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेट वक्तव्यमा शिक्षामा गुणात्मक सुधारलाई समृद्धिको आधार ठानिएको छ । त्यस अनुसारका विभिन्न कार्यक्रम समावेश गरिएको छ ।

उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड, दिवा खाजामा ८ अर्ब ३९ करोड र प्राविधिक शिक्षातर्फ १ अर्ब ५९ करोडलगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

अपांगमैत्री, लैंगिक संवेदनशील र सुरक्षित एक हजार कक्षा कोठा निर्माणका लागि २ अर्ब ५० करोड, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड र विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षाविद् प्रा.डा.बालचन्द्र लुइँटेल बजेट सकारात्मक भए पनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण हुँदै आएको बताउँछन् । उनी भन्छन्, ‘कुनै पनि योजना कार्यान्वयन गर्ने क्षमता कमजोर छ । त्यसैले बजेट राम्रो छ तर कार्यान्वयनमा सन्देह रहन्छ ।’

छात्रवृत्ति विस्तार सकारात्मक

सरकारले आगामी आर्थिक वर्षदेखि अति विपन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि छात्रवृत्ति विस्तारको कार्यक्रम ल्याएको छ । यसअघि कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएकोमा आगामी वर्ष २०८१/८२ देखि कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई दिइने बजेटमा उल्लेख छ ।

यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुने सरकारले दाबी गरेको छ । विद्यालय तहमा दिइने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड विनियोजन भएको छ ।

अति विपन्न र सीमान्तकृत वर्गका बालवालिकालाई दिँदै आएको छात्रवृत्ति विस्तार गर्ने योजना सकारात्मक भएको शिक्षाविद्हरु बताउँछन् । शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला अति विपन्न र सीमान्तकृत वर्गका लागि छात्रवृत्ति कार्यक्रम यो बजेटको सकारात्मक पक्ष भएको बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक कमलराज देवकोटाले पनि विद्यालयको हकमा छात्रवृत्ति, कक्षाकोठा निर्माण र खाजाको लागि तोकेर बजेट विनियोजन हुनु सकारात्मक भएको बताए ।

सिक्ने–सिकाउने कार्यक्रम

सरकारले आगामी आर्थिक वर्ष ‘साथीबाट सिक्ने, साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो अवधारणागत रुपमा सकारात्मक भएपनि व्यवहारगत चुनौतीपूर्ण रहेको उप–प्राध्यापक देवकोटा बताउँछन् ।

उनी भन्छन्, ‘यदि शिक्षा मन्त्रालय अन्तर्गत तयार गरिएको सिकाइ चौतारीलाई विस्तारित गर्न सकियो र प्रविधिको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई उपयोगी बनाउन सकियो भने सम्भव छ ।’

विद्यालय  शिक्षादेखि नै आफ्नो रूचि र क्षमता अनुरूप भावी अध्ययनका क्षेत्र र पेशा छनोट गर्न सहजीकरणका लागि करियर काउन्सिलिङ कार्यक्रम सञ्‍चालन गर्ने सरकारको घोषणा छ । यस कार्यक्रमबाट एक लाख विद्यार्थी लाभान्वित हुने सरकारको दाबी छ ।

एकीकृत भान्सा घर अव्यवहारिक

सरकारले आगामी वर्ष सात प्रदेशका एक–एक स्थानीय तहमा एकीकृत भान्छाको अवधारणा अनुरुप ‘मेगा किचन’ सञ्चालन गर्ने जनाएको छ । यसको स्पष्ट कार्ययोजना सार्वजनिक भएको छैन ।

हालसम्म सरकारले दिवा खाजा मार्फत स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने नीति अंगालेको छ । विद्यालयको दिवा खाजामा एकीकृत भान्साघरको नयाँ योजनाले स्थानीय तहलाई पनि दिवा खाजा कार्यक्रममा सहभागी गराउने, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने कुराको नीतिसँग बाझिनसक्ने आशंका कतिपयको छ ।

उप–प्राध्यापक कमल देवकोटालाई त यो नीति आपसमा बाझिएको जस्तो लाग्छ । ‘स्थानीय उत्पादन भनिसकेपछि त त्यहीँको अभिभावक, समुदायले उत्पादन गरेको चिज विद्यालयको भान्साघरमा पकाएर विद्यार्थीले उपयोग गर्ने भनिएको हो’, उनी भन्छन्, ‘तर सरकारले त फेरि एकीकृत भान्सा घर नाम दिएर कुनै व्यापारीलाई सञ्चालन गर्न दिन खोजेको जस्तो देखियो ।’

सरकारले एकीकृत भान्साघर कसैलाई ठेक्का मार्फत चलाउन दिए बेथिती देखिने उनको आशंका छ ।

शिक्षाविद् कोइराला एकीकृत भान्साघर सञ्चालन गर्न सम्भव नहुने बताउँछन् । उनी भन्छन्, ‘एक ठाउँमा पकाएर पालिकाका सबै बालबालिकालाई खाजा खुवाउने भन्ने बुझिन्छ । त्यसो हो भने हाम्रो भौगोलिक अवस्था र विद्यालयको दूरीका कारण सम्भव देखिँदैन ।’

अर्थमन्त्री वर्षमान पुनले कर्णाली प्रदेशका हुम्ला जुम्ला, मुगु डोल्पा र कालिकोटमा दिँदै आएको दिवा खाजा रकम वृद्धि गरेको घोषणा गरेका छन् ।

विश्वविद्यालय गाभ्न अध्ययन

सरकारले विश्‍वविद्यालय गाभ्ने वा पुनर्संरचना गर्नेबारे अध्ययन गर्ने पनि घोषणा गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा विकास गर्ने घोषणा गरेको छ ।

विश्वविद्यालयका अनुसन्धान केन्द्रलाई ज्ञान र प्रविधि हस्तान्तरण गर्ने सम्वाहकका रूपमा विकास गरिने पनि सरकारको घोषणा छ । नेपाली विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठान र विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठान बीचको सहकार्यमा विद्यार्थी–विद्यार्थीबीच नवीनतम् ज्ञान, सीप र प्रविधि आदानप्रदान गर्ने विषय पनि बजेटमा छ ।

अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थीलाई भिसा प्रक्रियामा सहजीकरण गरिने मन्त्री पुनले घोषणा गरेका छन् ।

सहुलियतपूर्ण शैक्षिक कर्जा

सरकारले चिकित्सा शिक्षा, कृषि, इन्जिनियरिङ, सूचना प्रविधि लगायतका उच्च शिक्षा अध्ययनका लागि चक्रीय कोष मार्फत सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ ।

कृषि, इञ्जिनियरिङ, सूचना प्रविधि, स्वास्थ्य सेवा लगायतमा जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनशक्तिको प्रक्षेपण गरी शिक्षण संस्थालाई प्रदान गरिएको कोटामा पुनरावलोकन हुने भएको छ ।

आगामी वर्ष धनगढीमा अवस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्‍चालन गर्ने योजना छ । पोखरा, बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने कार्य अघि बढाउनुको साथै उदयपुर, मोरङ, पर्सा र चितवनमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने बजेटमा उल्लेख छ ।

आईटीका विद्यार्थीलाई इन्टर्नको व्यवस्था

बजेटमा सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था गर्ने घोषणा गरिएको छ । स्टार्ट अप उद्यमीसँगको सहकार्यमा विद्यालयको पूर्वाधार प्रयोग गरी कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सीप र रोजगारीमा आवद्ध गरिने घोषणा पनि अर्थमन्त्री पुनले गरेका छन् ।

सरकारले स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने व्यवस्था मिलाउने र सरकारी डेटा सेन्टरको स्तरोन्नती गर्ने घोषणा पनि गरेको छ । निजी क्षेत्रबाट सञ्चालित डाटा सेन्टरको लागि भने मापदण्ड तयार गर्ने भनिएको छ ।

कक्षाकोठा निर्माणका लागि २ अर्ब ५० करोड

अपांगमैत्री, लैंगिक संवेदनशील र सुरक्षित एक हजार कक्षाकोठा निर्माणका लागि आगामी आर्थिक वर्षका लागि २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै पिछडिएको क्षेत्र र समुदायलाई प्राथमिकतामा राखेर ५०० विद्यालयमा खानेपानी र शौचालय निर्माण गर्ने भनिएको छ । सरकारले बजेटमा नै निश्चित रकम तोकिएपछि कार्यान्वयन हुने सम्भावना बढी हुने भएकाले यसलाई सकारात्मक मान्न सकिने शिक्षाविद्हरु बताउँछन् ।

भूगोल, जनसांख्यिक परिवर्तन र विद्यालय संख्यालाई आधार मानी सबै विद्यालयको नक्साङ्कन गर्ने तथा स्थानीय  तहसँगको समन्वयमा शिक्षक दरबन्दी मिलान तथा तहगत समायोजन गर्ने सरकारको घोषणा छ ।

बालविकासका १ हजार ५०० शिक्षकलाई बुटक्याम्प

सरकारले प्रारम्भिक बालविकास शिक्षाको गुणस्तर वृद्धि गर्न बालविकासका १ हजार ५०० शिक्षकलाई बुटक्याम्पमा सहभागी गराउने घोषणा गरेको छ ।

विद्यार्थी परिचयपत्रलाई घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीसँग आवद्ध गर्ने, विद्यार्थी भर्ना, स्थानान्तरण र छात्रवृत्ति कार्यक्रमलाई व्यवस्थित गर्ने घोषणा पनि गरेको छ ।

हाल सञ्‍चालित ५ सहिद स्मृति विद्यालयलाई मूलप्रवाहीकरण गरी सञ्‍चालन गर्ने र यी विद्यालयमा अनाथ बालबालिका अध्ययन गराउने पनि अर्थमन्त्रीको घोषणा छ ।

प्राविधिक शिक्षातर्फ १ अर्ब ५९ करोड

सरकारले बजारमा उच्च माग तथा पारिश्रमिक भएका क्षेत्र पहिचान गरी सीपयुक्त प्राविधिक जनशक्ति उत्पादन गर्न जोड दिने घोषणा गरेको छ ।

त्यस्तै प्राविधिक धारको उच्च शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम सञ्‍चालन गर्ने पनि बताएको छ । प्राविधिक शिक्षाका लागि १ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

विश्वविद्यालय एकीकृत ऐन तर्जुमा

विश्वविद्यालयको स्थापना, सञ्‍चालन र व्यवस्थापनमा एकरूपता कायम गर्न विश्‍वविद्यालय एकीकृत ऐन तर्जुमा गर्ने बजेटमा उल्लेख छ । विश्‍वविद्यालय अनुदान आयोगको पुनर्संरचना गरी उच्च शिक्षामा समन्वय, अनुदान व्यवस्थापन, गुणस्तर सुनिश्चितता तथा प्रत्यायन, राष्ट्रिय योग्यता परीक्षण, मापदण्ड निर्धारण, अनुगमन तथा नियमन लगायतका काम प्रभावकारी बनाउने विषय पनि बजेटमा छ ।

उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायका उप–प्राध्यापक कमलराज देवकोटा शिक्षा क्षेत्रको बजेट ‘सोलोडोलो’ भएको बताउँछन् ।

‘विश्वविद्यालयमा बजेट कसरी कार्यान्वयन गर्ने भनेर छुट्टिएको छैन । समग्रमा स्तरोन्नती गरिनेछ, राष्ट्रिय अनुसन्धान केन्द्रको रुपमा विकास गरिने छ भनिएको छ तर कुन कामका लागि कति भनेर निश्चित बजेट छुट्याएको छैन’, उनले भने ।

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला यस वर्षको बजेटमा शिक्षा सुधारका लागि उल्लेख्य योजना नरहेको बताउँछन् । उनी भन्छन् ‘बजेट राम्रो छ शिक्षा सुधारका लागि नयाँ केही छैन । कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नुपर्छ ।’



from Online Khabar https://ift.tt/U5hHtGs

₹13000 से कम दाम में मिल रहा है धाकड़ 6000mAh बैटरी वाला फोन, कमाल का कैमरा

मोटोरोला के हाल ही में लॉन्च हुए मोटो g54 5G को काफी सस्ते में खरीदा जा सकता है. आइए जानते हैं कितने कम दाम पर घर ला सकते हैं मोटोरोला का नया फोन....

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/BiR9HJS

रेमल चक्रवात : भारतको मिजोरममा पहिरोमा परी २७ जनाको मृत्यु

१६ जेठ, काठमाडौं । भारतको मिजोरम राज्यमा रेमल चक्रवातबाट २७ जनाको मृत्यु भएको छ । सो क्षेत्रमा पानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ ।

मिजोरममा रेमल चक्रवातको प्रभावका कारण भारी वर्षा भएको थियो । सोही वर्षापछि पहिरो गएको र पहिरोमा च्यापिएर २७ जनाको मृत्यु भएको मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएको हो ।

मिजोरम प्रहरीका प्रमुख अनिल शुक्लाले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारी अनुसार रेमल चक्रवातका कारण धेरै स्थानमा बिजुलीका खम्बा र रुखहरुसमेत उखेलिएका छन् ।

सरकारले पहिरोमा ज्यान गुमाएकाका परिवारलाई चार–चार लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने जनाएको छ । साथै विपद कोषमार्फत् १५ करोड रुपैयाँ छुट्याएको छ ।

 



from Online Khabar https://ift.tt/jlQtHSX

ऋण पासोले महत्त्वाकांक्षाको घाँटी ङ्याकेको बजेट

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको १८ खर्ब ६० अर्बबराबर बजेटको सबैभन्दा ठूलो विशेषता भनेको ‘ऋणको पासो’ हो ।

आगामी आवका लागि सरकारले ऋणको सावाँ–ब्याज भुक्तानी गर्न ४ खर्ब ५८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये ३ खर्ब ६७ अर्ब सावाँ भुक्तानी गर्न वित्तीय व्यवस्था शीर्षकका राखिएको छ । त्यस्तै ब्याज भुक्तानीका लागि चालु खर्चमा ९१ अर्ब विनियोजन गरिएको छ ।

सरकारले आगामी आवमा उठाउने लक्ष्य राखेको ५ खर्ब ४८ अर्बमध्ये अधिकांश रकम ऋणको फिर्तामा नै खर्च हुने देखिन्छ । सावाँ–ब्याज भुक्तानीका लागि विनियोजन भएको रकम कुल आन्तरिक तथा वाह्य ऋणको ८४ प्रतिशत देखिन्छ ।

यसरी ऋणको सावाँ–ब्याजमा मात्रै यति ठूलो रकम खर्च गर्नु भनेको देश ऋणको पासोमा परेको अर्थमा बुझ्नुपर्ने अर्थशास्त्री डा. माणिकलाल श्रेष्ठ बताउँछन् ।

‘चालु खर्चलाई पुनर्संरचना गर्न नसक्नु तथा ऋणको सावाँ–ब्याज भुक्तानीमा ठूलो रकम प्रयोग गर्नुपर्दा सरकारले पूँजीगत खर्च बढाउन सकेको छैन,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘ऋणको प्रयोग पनि प्रतिफल आउने परियोजनामा हुने गरेको छैन ।’

पूर्वअर्थ सचिव रामेश्वर खनाल पनि ऋणको सावा– ब्याज भुक्तानीका लागि नै अत्यन्तै धेरै बजेट विनियोजन गर्नुपरेकाले बजेट सन्तुलन बिग्रिएको बताउँछन् ।

‘कुल बजेटको २५ प्रतिशत त साँवा–ब्याजमा नै विनियोजन गर्नुपरेको छ,’ उनले भने, ‘अहिले बजेटको आकार जति बढेको हो, त्यसैले बढाएको देखिन्छ ।’

आन्तरिक ऋण र सावाँ–ब्याज फिर्तामा सरकारले अनावश्यक ठूलो रकम विनियोजन गरेको त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग प्रमुख डा. रेशम थापा बताउँछन् ।

‘पूँजीगत खर्च वित्तीय व्यवस्थाभन्दा एक रुपैयाँ भए पनि बढी हुनुपथ्र्यो,’ उनले भने, ‘वाह्य ऋणभन्दा आन्तरिक ऋण कम हुनुपथ्र्यो ।’

सरकारले पूँजीगत खर्च बढाउने ‘स्पेस’ सिर्जना गर्न चालु खर्चलाई कम गर्न सक्ने सुविधा थियो । तर, विगतका सरकार जस्तै यो सरकारले पनि त्यो जोखिम लिएन ।

‘अर्थमन्त्रीले मितव्ययिताको कुरा गर्नुभएको छ । तर, चालु खर्च प्रणालीलाई पूरा परिवर्तन गर्न आवश्यक छ, अर्थात् यसमा ‘रिबेन्चमार्किङ’ गर्न आवश्यक छ । तर, कुनै सरकार पनि त्यो गर्न तयार छैनन्,’ उनले भने ।

सरकारले आगामी वर्ष ११ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो चालू आव संशोधित अनुमानको १० खर्ब ६७ अर्ब ४९ करोडमा सीमान्त वृद्धि गरिएको हो । तर, सार्वजनिक खर्च पुनरावलोकन आयोगले सिफारिस गरेअनुरूप वा अन्य कुनै माध्यमले चालु खर्च घटाउन सकिने श्रेष्ठ बताउँछन् ।

राजस्व वृद्धिको लक्ष्य धेरै ठूलो नभए पनि यथार्थ प्राप्तिका हिसाबले ठूलो राखिएको खनाल बताउँछन् ।

‘यो वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) को १७ प्रतिशत हाराहारी राजस्व उठ्ला । आगामी वर्ष २३ प्रतिशत पु¥याउने लक्ष्य निर्धारण गरिएको छ, जुन त्यति विश्वासिलो देखिन्न,’ पूर्वअर्थ सचिव खनालले भने ।

यद्यपि, जुन आकारको बजेट आयो, त्यसलाई रकमका हिसाबले सन्तुलित नै मान्नुपर्ने उनी बताउँछन् ।

सरकारले कर्मचारीको तलब तथा वृद्धभत्ता नबढाएर पनि बजेटलाई सन्तुलनमा राखेको उनको भनाइ छ ।

करमा प्रतिगमन

अर्थमन्त्री वर्षमान पुनले करसम्बन्धी व्यवस्थामा अझै प्रतिगमन नै गरेका छन् । सरकारले गत वर्षदेखि आलु, प्याज, स्याउलगायत तरकारी एवम् फलफूलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो । देशभित्रका सबैजसो किसान भ्याटको दायरामा नपर्ने हुनाले उनीहरूले भ्याट तिर्नुपर्दैनथ्यो । तर, विदेशबाट आयातित वस्तुमा भने भन्सार बिन्दुमै भ्याट पनि तिर्नुपर्ने हुन्थ्यो ।

त्यसो हुँदा त्यो व्यवस्थाले स्वदेशी किसानलाई संरक्षण गथ्र्यो । तर, प्राविधिक विषय बुझ्दै नबुझी आलुप्याजमा पनि कर लगाएको भन्ने भाष्यबाट प्रभावित भएर उनले ती वस्तुमा लगाएको भ्याट खारेज गरिदिएका छन् ।

यस्ता वस्तुमा भ्याट खारेज गरे पनि सरकारले भन्सार महसुल र अग्रिम आयकर भने बढाएको छ । यसअघि भ्याट लाग्ने यस्ता वस्तुमा १.५ प्रतिशतमात्र अग्रिम आयकर लाग्ने गरेकोमा अब भन्सार बिन्दुमै भन्सार प्रयोजनका लागि कायम मूल्यमा १० प्रतिशत अग्रिम आयकर असुल गरिने भएको छ ।

यसका साथै अर्थमन्त्री पुनले माओवादीभित्रै उनका प्रतिस्पर्धी जनार्दन शर्माले तीन वर्षअघि ल्याएको स्टिल उद्योगमा स्पन्ज आइरनमा भन्सार छुट दिने नीति पनि उल्ट्याइदिएका छन् ।

सरकारले स्टिल उद्योगको कच्चापदार्थ स्पन्ज आइरनमा लाग्दै आएको १ प्रतिशत भन्सार दर बढाएर २.५ प्रतिशत पु¥याएको छ । विदेशबाट आयात हुने स्क्र्याप फलाममा शून्य भन्सार रहेकोमा त्यसलाई १ प्रतिशत पु¥याइएको छ । त्यति मात्रै होइन, विदेशबाट बिलेट आयात गर्दा लाग्दै आएको अन्तःशुल्क पनि पुनले हटाइदिएका छन् ।

सरकारको यो नीतिले अब बढी मूल्य अभिवृद्धि हुने मेल्टिङ उद्योगहरू मारमा पर्ने छन् भने विदेशबाट तयारी बिलेट ल्याएर छड उत्पादन गरिरहेका केही सीमित उद्योगलाई भने फाइदा हुनेछ ।

‘यो परिवर्तनपछि बिलेट र स्पन्ज आइरनबीच रहेको भन्सार दरको फरक करिब १ प्रतिशतमा झरेको छ, यसले मेल्टिङ मिलहरूमा भएको करिब ३६ अर्ब लगानी जोखिममा परेको छ,’ एक उद्योगीले भने ।

अर्कातिर, विद्युतीय सवारी (ईभी) मा लाग्दै आएको भन्सार तथा अन्तःशुल्कमा बजेटले गरेको वृद्धि पनि करको सिद्धान्त अनुकूल देखिँदैन । बजेटले इन्ट्रि लेभलदेखि विलाशिताका ईभीसमेत सबैमा १० प्रतिशतले करको दर बढाएको छ ।

इन्ट्री लेभलका ईभीमा १० प्रतिशत भन्सार मात्रै लाग्दै आएकोमा अब अन्तःशुल्क र भन्सार गरेर २० प्रतिशत लाग्ने भएको छ । यस हिसाबले त्यो तहमा करको दर शतप्रतिशत बिन्दुले बढेको हो । तर, लक्जरी ईभीमा पनि १० प्रतिशत बिन्दुले मात्रै कर बढेको छ ।

सरकारले ईभीमा करको दर बढाएर राम्रो नगरेको पूर्वअर्थ सचिव खनाल बताउँछन् । ‘एउटा निश्चित समयसम्म यसलाई सहुलियत दिनुपथ्र्यो, अमेरिकाले पनि २ लाख युनिट विक्री गरुन्जेलसम्म कर छुट दिन्छु त्यसपछि दिन्न भन्छ । संसारका अन्य मुलुकमा पनि त्यही हो,’ उनले भने, ‘तर, नेपालमा सरकारले उल्टो नीति लियो ।’

‘हावादारी कार्यक्रम’ मा बजेट विनियोजन

बजेटले नमुना विकास अभियानका रूपमा भरतपुर–बुटवल–पोखरा–मुग्लिङ–भरतपुरलाई तीनवटा कोणमा राखी ‘गण्डकी आर्थिक त्रिभुज’ परियोजना प्रस्ताव गरेको छ ।

निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक इकोसिस्टम निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गर्न यस्तो प्रस्ताव गरिएको बजेटमा उल्लेख छ ।

त्रिभुज परियोजना अन्तर्गत नारायणघाट–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योग केन्द्र, मुग्लिङ–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योग केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट लगायत घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योग केन्द्रका रूपमा विकास गरिने उल्लेख छ ।

यो परियोजनाका लागि सरकारले २ अर्ब बजेट पनि विनियोजन गरेको छ । तर, हालसम्म यो परियोजनाको सम्भाव्यता अध्ययनसमेत भएको छैन ।

‘सम्भाव्यता अध्ययन नै नभएको सपनाको परियोजनामा बजेट छुट्याएर पहिलो कुरा त खर्च नै हुँदैन, भई नै हाल्यो भने पनि त्यसले प्रतिफल दिन्छ कि दिँदैन, टुंगो हुँदैन,’ एक उच्च सरकारी अधिकारी नै भन्छन् ।

बजेटले यस्ता अनेक सपनाका आयोजनामा रकम छुट्याएको छ ।

सरकारले केही पपुलिस्ट कार्यक्रम लुकाएर बजेटमा राखेको छ । उदाहरणका लागि अयोग्य लडाकुका लागि वितरण गर्ने करिब ८० करोड रुपैयाँलाई शान्ति कोषका नाममा राखिएको छ ।

अर्कातिर, बजेटले सांसदहरूसँग संकलन गरेका परियोजनाबारे  भाषणमा उल्लेख गरेको छैन । तर, जसरी भौतिक पूर्वाधार र सहरी विकासका क्षेत्रमा बजेट बढेको छ, त्यसले ती परियोजना रातो किताबमा इन्ट्री गरिएको हुन सक्ने एक सांसदले शंका गरे ।

अर्कातिर, विप्रेषणको पैसा प्रयोग गरेर ‘सोभरेन वेल्थ फन्ड’ बनाउने भन्ने घोषणा पनि अपरिपक्व भएको खनालको भनाइ छ । ‘विप्रेषण सरकारको पैसा होइन, यो त जनताको पैसा हो । जनताको पैसाबाट कसरी सरकारले आफ्नो वेल्थ फन्ड बनाउने हो, बुझ्न सकिएको छैन,’ उनले भने ।

त्यति मात्रै होइन, विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योगलगायत कबाडी उद्योगलाई पुनः सञ्चालन गर्ने ‘कबाडी घोषणा’ फेरि एकपटक बजेटमा परेको छ ।

आईटीलाई प्राथमिकता

नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गरिने र १० वर्षमा आईटी निर्यात ३० खर्ब पु¥याउने गरी महत्त्वाकांक्षी सूचना प्रविधि दशक घोषणा गरिएको छ ।

त्यसका लागि काठमाडौं उपत्यका र बुटवलमा आवश्यक पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्‍चालन गर्ने र त्यस्तो पार्कमा तीन वर्षका लागि आईटीको काम गर्ने व्यक्ति तथा कम्पनीलाई निःशुल्क वर्क स्टेसन सञ्‍चालन गर्न दिने पनि बजेटमा घोषणा छ ।

आईटी क्षेत्रमा सरकारले दिएको प्रोत्साहन राम्रो भएको डा. श्रेष्ठ बताउँछन् । ‘संसार अहिले विस्तारका सीमा नभएकामा उद्यमतिर गरिरहेको छ, आईटी पनि त्यसमध्ये एक हो । तर, सरकारले गरेको घोषणाले कस्तो नतिजा दिन्छ भन्न गाह्रो छ,’ उनी भन्छन् ।

यसका साथै औद्योगिकीकरण पनि बजेटले प्राथमिकतामा राखेको पूर्वसचिव खनाल बताउँछन् । निजगढदेखि ढल्केबरसम्मलाई नेपाली गलैंचा करिडोर, सल्यान–रुकुमको शारदा नदी आसपास क्षेत्रलाई कृषि करिडोर, जुम्ला हिमा नदी र तीला नदी आसपास क्षेत्रलाई मार्सी धान करिडोर, बारा कोल्बीदेखि सिम्रौनगढ सडक आसपास क्षेत्रलाई माछा करिडोरका रूपमा विकास गरिने घोषणा गरिएको छ । यसरी करिडोर घोषणा गर्नुलाई खनाल सकारात्मक मान्छन् ।



from Online Khabar https://ift.tt/YD9okb0

Monday, May 27, 2024

कम दाम में फिर कहां मिलेंगे ये खास ईयरबड्स, बिना रुके 50 घंटे तक चलेगा म्यूजिक

अगर आप कोई नया ईयरबड खरीदने की प्लानिंग कर रहे हैं तो आपके लिए अमेज़न पर खास ऑफर चल रहा है. ऑफर के तहत ब्रांडेड ईयरबड्स को काफी कम दाम पर घर लाया जा सकता है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/VhSWvYw

कमजोर ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित

१५ जेठ, डालास । नेपाल आईसीसी टी-२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ ।

१८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेलले सुरुवात देखिनै संघर्ष गरेका थिए । तीव्र गतिका बलर डिलोन हेलिगरको पाँचौं ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर श्रेयस मोभ्भाबाट क्याच आउट भए । कुशलले १६ बलमा २ चौकासहित १० रन जोडे ।

त्यसपछि अनिल साहले १६ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै आउट भए । स्पिनर साद विन जाफरको बलमा रोहित पौडेल टप एज लागेर विकेटकिपरबाट १ रनमा क्याच आउट भए । त्यसअघि जाफरले आसिफ शेखलाई २२ रनमा एलबीडब्लू धरापमा पारे । उनले २२ बलमा ३ चौका प्रहार गरे ।

सन्दीप जोरा ६, गुलशन झा डक र सोमपाल कामी ४ रनमा आउट हुँदा नेपालको हार पक्का बनेको थियो ।

डिलोन हेलिगरले २.३ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । जेरेमी गोर्डन र साद बिन जाफरले २-२ विकेट लिए । कलिम साना र परगत सिंहले १-१ विकेट लिए ।

त्यसअघि ग्राण्ड पेरी स्टेडियम डालासमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।

अन्तिम ओभरमा करण केसीलाई २१ रन प्रहार गर्दै क्यानडाले मोमेन्ट्स आफ्नो पक्षमा लैजानुको साथै बलरलाई राम्रो योगफलदिएको थियो ।

निकोलस किर्टोनले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए । रविन्द्रपाल सिंहले अन्त्यमा १७ बलमा १ चौका र ४ छक्कासहित ४१ रनको आक्रामक अविजित इनिङ खेले । डिलोन हेलिगर ७ बलमा २ चौकासहित १३ रन नट आउट रहे ।

ओपनर आरोन जोनसन र नवनीत धलिवालले २.४ ओभरमा २२ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । आरोन जोनसन ८ बलमा २ चौकासहित १० रनमा आसिफ शेखबाट क्याच हुन पुगेका थिए ।

दोस्रो विकेटका लागि निकोलस किर्टोन र धलिवालले ६१ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । धलिवाल २७ बलमा ४ चौकासहित ३२ रनमा आउट हुँदा क्यानडा ९.५ ओभरमा ८३-२ को अवस्थामा थियो ।

त्यसपछि भने नेपालले लगातार विकेट लिँदै खेलमा फर्किएको थियो । तर, अन्त्यमा नेपालको डेथ ओभर समस्याको फाइदा उठाउँदै क्यानडाले राम्रो योगफल तयार पार्‍यो ।  परगत सिंह १३, श्रेयस मोभ्भा र साद विन जाफर २-२ रनमा आउट भए ।

नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशीले १-१ विकेट लिए । नेपालले दोस्रो वार्मअप खेल यसै मैदानमा बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।



from Online Khabar https://ift.tt/gHradEs

iOS 18: ऐपल का सबसे बड़ा ओएस अपडेट, आईफोन यूजर्स AI से बना सकेंगे इमोजी

Apple iOS 18: टेक दिग्गज ऐपल जल्द ही अपना नया ऑपरेटिंग सिस्टम वर्जन आईओएस 18 रोल आउट करने वाला है. ब्लूमबर्ग के मार्क गुरमन के मुताबिक, आईओएस 18 में कस्टम एआई इमोजी का ऑप्शन भी मिलेगा.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/VRKi80b

Sunday, May 26, 2024

नारायणगढ-मुग्लिन सडकमा ३ बस र एउटा ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २२ जना घाइते

१४ जेठ, चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत् भरतपुर महानगरपालिका वडा नं. २९ मा चारवटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २२ जना यात्रु घाइते भएका छन् ।

परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ वर्षीय एक युवकको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

काठमाडौंबाट प्युठान जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट बर्दिवासतर्फ जाँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस आइतबार राति साढे १२ बजेतिर एकैठाउँमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बस र ट्रक सुरुमा ठोक्किएपछि अन्य सवारी साधनहरु पनि त्यहीँ ठोक्किएका थिए ।

दुर्घटनाका घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । दुर्घटनास्थलबाट सबै सवारी साधनहरु हटाएर आज बिहान करिब ५ बजेदेखि सडक दुईतर्फी रुपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको घाइतेहरू

१. प्युठान नौबहिनी गाउँपालिका-७  का २८ वर्षीय सुधन के.सी (मध्यम अवस्था)

२. प्युठानको प्युठान नगरपालिका- १० का ३६ वर्षीय निरज के.सी (मध्यम अवस्था)

३. प्युठानकै मल्लरानी गाउँपालिका-२ बस्ने ३६ वर्षीया निर्मला भुषाल (सख्त घाइते)

४. प्युठानकै गौमुखी गाउँपालिका-७ का २५ वर्षीय सुरज सुनार (प्रहरी परिसर ललितपुरमा कार्यरत) (मध्यम अवस्था) .

५. अर्घखाँची शीतगंगा नगरपालिका- ८ की २९ वर्षीया पवित्रा दर्लामी (सामान्य)

६. प्युठानको झिमरुक गाउँपालिका-७ का २८ वर्षीय पुरन गिरी (मध्यम अवस्था)

७ प्युठानकै प्यूठान नगरपालिका-८ का २० वर्षीय समिर केएम (मध्यम अवस्था)

८. प्युठानकै सरुमारानी गाउँपालिका-३६ वर्षीय तारापती बुढाथोकी (मध्यम अवस्था)

९. प्युठानकै सरुमारानी-४ की ३५ वर्षया मुनादेवि बुढाथोकी (मध्यम अवस्था)

१०. प्युठानकै ऐरावती गाउँपालिका-६ की ५६  वर्षीया मनदेवि थापा (सख्त घाइते)

११. प्युठानकै ६० वर्षीय पदम थापा (सामान्य) ।

१२. प्युठानकै प्युठान नगरपालिका-१० का २१ वर्षीय सुशील के.सी (मध्यम अवस्था)

१३. प्युठानकै प्युठान नगरपालिका-४ की १७ वर्षीया प्रतिभा भण्डारी (मध्यम अवस्था)

१४. प्युठानकै प्युठान नगरपालिका- ८ की १८ वर्षीया सलिसा थापा (मध्यम अवस्था)

१५. प्युठानकै प्युठान नगरपालिका-१ का ३८ वर्षीय प्रकाश केसी (मध्यम अवस्था)

१६. प्युठानकै प्युठान नगरपालिका-८ की ५३ वर्षीया पार्वता के.सी (मध्यम अवस्था)

१७. प्युठानकै नौबहिनी गाउँपालिका-३ का ३२ वर्षीय गौरव झाँक्री (सख्त घाइते)

१८. प्युठानकै गौमुखी गाउँपालिका-३ का २९ वर्षीय दिपक सुनार (सामान्य)

१९. अर्घाखाँचीको शीतगंगा नगरपालिका- ८ का ४९ वर्षीय लामबहादुर दर्लामी (मध्यम अवस्था)

२०. प्युठानकै प्युठान नगरपालिका-८ का २५ वर्षीय सन्तोष के.सी. (सख्त घाइते)

२१. ट्रकको सह-चालक, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- २१ वर्षीय राजन सुवेदी (सख्त घाइते)

२३. ट्रक चालक, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का २६ वर्षीय सुवास कार्की (सामान्य घाइते, उनी डिस्चार्ज भएपछि प्रहरीको नियन्त्रणमा छन् ।)

तस्वीर :Mugling Bazar  फेसबुक पेजबाट ।



from Online Khabar https://ift.tt/aTGdJ9r

कोलकातालाई तेस्रो पटक आईपीएलको उपाधि

१४ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो ।

११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे । रहमानउल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६/६ रन बनाए ।

हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एक/एक विकेट लिए । त्यसअघि चेन्नेइको घरेलु मैदान चेपौकमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबाद १८.३ ओभरमा ११३ रनमा अल आउट भएको थियो ।

हैदराबादका प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए । एडेन माक्ररम २०, नितेश कुमार रेड्डी १३ र हेनरिक क्लासेनले १६ रन बनाए ।

कोलकाताका आन्द्रे रसेलले २.३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले दुई/दुई विकेट लिए । वैभव आरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले एक/एक विकेट लिए ।

लिगमा कोलकाता लिगमा १४ खेलमा ९ मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा थियो । हैदराबाद १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहेको थियो ।

कोलकाताले पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै फाइनलमा पुगेको थियो । हैदराबादले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।



from Online Khabar https://ift.tt/TQU7JeP

Saturday, May 25, 2024

जनकपुरमा पोखरीमा डुबेर २ बालकको मृत्यु

१३ जेठ, जनकपुरधाम । धनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शनिबार बिहान १० बजेतिर घर नजिकैको साहुजी पोखरीमा नुहाउने क्रममा दुवै जना बालक डुबिरहेको देखेपछि स्थानीयले सिकिस्त अवस्थामा उद्धार गरेका थिए ।

उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएमा शनिबार चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए ।

दुवै बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



from Online Khabar https://ift.tt/Psk6hLF

नेपाली खानामार्फत बेल्जियममा पर्यटन प्रवर्द्धन

१३ जेठ, बार्सिलोना । नेपाली खानालाई विदेशमा चिनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बेल्जियममा तेस्रो खाना महोत्सव (फूड फेस्टिवल) सम्पन्न भएको छ ।

नेपाली व्यवसायी संघ बेल्जियमको आयोजनामा शनिबार लुभेन सहरमा फूड फेस्टिवल सम्पन्न भएको हो।

नेपालका विभिन्न भेगमा खाइने थरीथरीका खानाका परिकारहरूसहित १४ वटा खानाका स्टलहरु राखिएको थियो ।

हस्तकलाका सामग्रीलाई व्यवस्थित अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले दुई वटा स्टलहरु हस्तकलाका सामानहरु सजाइएको थियो ।

स्टलमा आएर चासो राख्ने विदेशीलाई नेपाली खाना पकाउन प्रयोग हुने भाँडाकुँडा, मसलाबारे पनि जानकारी दिइएको व्यवसायी संघ बेल्जियम महासचिव जगदिश सापकोटाले जानकारी दिए ।

खाना महोत्सवको उद्घाटन लुभेन नगरपालिका मेयर मोहमद रुद्वानीले गरेका थिए ।

उनले लुभेनमा १५६ भन्दा बढी देशका मानिसहरु बस्दै आएको भन्दै नेपालीसँग झनै घनिष्ट सम्बन्ध रहेको बताए । मेयर रुद्वानीले नेपाल र नेपालीसँग सधै यस्तै सम्बन्ध रहोस् भन्ने इच्छा प्रकट गरे ।

बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले नेपाली खानाको मात्रै नभई नेपालको संस्कृति र नेपाली आत्मीयता विदेशीले महसुस गरेको बताए ।

युरोपियन युनियनका लागि राजदूत समेत रहेका भण्डारीले भने, ‘फेस्टिवलमा खानाको अलवा नेपाली विभिन्न उत्पादनहरुको पनि प्रदर्शन गरिएको छ । यी  कार्यक्रमले दुई देशका जनतालाई एक आपसमा जोड्ने पुलको रुपमा काम गर्नेमा म विश्वस्त छु।’

उनले १५ भन्दा बढी देशका राजदूतहरुसहित बेल्जियम तथा युरोपियन युनियनका अधिकारीहरुले पनि फेस्टिवल को अवलोकन गरेको अनलाइनखबरलाई बताए।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले नेपाली खानालाई विदेशीसामु चिनाउन पाउदा नेपालको पहिचान झल्कने बताइन्। ‘व्यवसायिक संघ बेल्जियमसँग एनआरएन पनि मिलेर सहकार्य गरिरहेका छौं । हामीले आर्थिकदेखि सबै खाले सहयोग गरेका छौं। यसले नेपाली खानामार्फत नेपालको पर्यटन प्रवर्द्धन हुनेमा पनि विश्वस्त छौं,’ अध्यक्ष सापकोटाले भनिन्।

नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरनकुमार खवासले नेपाली खानालाई विश्वमाझ चिनाउन र नेपाली पहिचान झल्कने यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । ‘सन् २०१९ मा पहिलो पटक आन्त्रोपनमा, सन् २०२२ र  २०२४ मा लुभेनमा फुड फेस्टिवल आयोजना गरिएको हो,’ अध्यक्ष खवासले भने, ‘यस्ता कार्यक्रमले आगामी दिनमा नेपालका उत्पादनहरु विदेशमा सहज रुपमा पुर्‍याउन मद्दत मिल्ने विश्वास लिएका छौ‌।’

फूड फेस्टिवल को संयोजन गरेका व्यवसायी कासी दनैले सुरुवाती दिनहरुमा कार्यक्रमको तयारी गर्न अप्ठयारो रहेको बताए ।

नेपाली ब्यबसायी संघ बेल्जियमका उपाध्यक्ष समेत रहेका उनले स्थानीय निकायबाट नियम परिवर्तनको कुरा राखेपछि सुरुवातमा तयारी गर्न जटिल रहेको सुनाए । ‘कार्यक्रममा उपस्थिति बढी हुने हुँदा सुरक्षाको मापदण्डदेखि लिएर धेरै कुराहरुमा सजग गर्दै अगाडि बढ्यौं,’ उनले भने, ‘अन्तत सोचे भन्दा राम्रो उपस्थिति रह्यो । नेपालको पर्यटन प्रर्वद्धन गर्न हामी पूर्ण रुपमा सफल भएका छौं।’

व्यवसायी संघ बेल्जियमका महासचिव जगदिश सापकोटाका अनुसार फूड फेस्टिवलमा ५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए । सयभन्दा बढी नेपाली बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

मध्यान्न १२ बजे सुरु भएको महोत्सव राति ८ बजेसम्म चलेको थियो । ३० हजार युरो अनुमानित खर्च हुने ठानिएको महोत्सवमा नेपाल झल्कने श्रव्यदृश्य समेत देखाइएको थियो ।



from Online Khabar https://ift.tt/ueEad1q

उत्कृष्ट बलिङसँगै ह्युस्टनमाथि नेपालको जित

१३ जेठ, ह्युस्टन । उत्कृष्ट बलिङसँगै नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले हराएको छ । योसँगै नेपालले दुई खेलको सिरिज क्लिनस्वीप पनि गरेको छ ।

१२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भयो । जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । इमरान खान जुनियर र लाहिरु मिलान्था १६/१६ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक/एक विकेट लिए ।

त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाउन सकेको थियो । कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाएका थिए । ओपनर कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे । नेपालका कुनै पनि ब्याटरले क्रिजमा जमेर राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर इमरान शेखको बलमा ओपनर आसिफ शेख कभरमा अली शेखबाट एक रनमा समातिन पुगेका थिए । कोर्ने ड्राइको बलमा अनिल साह ४ रनमा एज लागेर विकेटकिपर लाहिरु मिलान्थाबाट क्याच आउट भए ।

कुशल भुर्तेल जिआ शाहजादको बलमा कट एण्ड बोल्ड हुन पुगे । कुशल मल्ल जिआको बलमा लङअफमा ६ रनमा अलीबाट क्याच भएका थिए । त्यसपछि गुलशन झा १४ रनमा आउट भए । उस्मान शिनवारीको योर्कर बलमा रोहित बोल्ड भएका थिए । सन्दीप जोरा र सोमपाल कामी १२/१२ रन बनाए ।

ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । कोरी ड्राई र उस्मान शिनवारीले एक/एक विकेट लिए ।

पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । नेपाल अव डालास जानेछ । नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग आईसीसी टी–२० विश्वकप वार्मअप खेल खेल्नेछ । त्यसपछि विश्वकप सुरु हुनेछ ।

विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । नेपालले ४ जुनमा डालासमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।



from Online Khabar https://ift.tt/hdivYVE

Friday, May 24, 2024

ह्युस्टन हरिकेन्समाथि नेपालको जित

१२ जेठ, ह्युस्टन् । नेपालले पहिलो टी-२० अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ ।

१४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनायो ।

अन्तिम ६ बलमा हरिकेन्सलाई जितको लागि १० रन चाहिएको थियो । तीव्र गतिका बलर करण केसीले अन्तिम ओभरमा ३ रन खर्चेर एक विकेट लिंदै नेपाललाई जित दिलाए । त्यसअघि १९ औं ओभरमा अभिनाश बोहराले १४ रन खर्चेका थिए ।

हरिकेन्सबाट लाहिरु मिलान्थाले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए । अली शेख २३, स्मित पटेल १९ आर्कषित गोमेल १८ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले एक/एक विकेट लिए ।

त्यसअघि प्रेरी भ्यू कम्पलेक्स ह्युस्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालका तेस्रो नम्बरका ब्याटर अनिल कुमार साहले ३८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए ।

नेपालको सुरुवात भने राम्रो हुन थिएन । ओपनर कुशल भुर्तेल ६ बलमा १ रन तथा आसिफ शेख ६ बलमा ४ रनमा आउट भएका थिए । दुवै ओपनर क्याच आउट हुँदा नेपाल २.२ ओभरमा ९/२ को अवस्थामा थियो ।

त्यसपछि अनिल र रोहित पौडेलले तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । स्पिनर अली शेखको बलमा स्वीप खेल्ने धुनमा रोहित २३ रनमा एलबीडब्लू आउट भए । रोहितले १८ बलमा २ चौका प्रहार गरे ।

चौथो विकेटका लागि अनिल र कुशल मल्लले ३० रनको साझेदारी गरेका थिए । कुशल मल्ल जिआ शाहजादको १३ औं ओभरको अन्तिम बलमा लङअफमा १२ रनमा नौमानबाट क्याच आउट भए । लगत्तै अर्को ओभरमा अनिल जोस ट्रम्पलाई ठूलो सट खेल्ने धुनमा डीप मिडविकेटमा जियाबाट क्याच आउट भएका थिए ।

गुलशन झा १८ बलमा ३ चौकासहित २० रनमा आउट भए । सन्दीप जोरा १५ बलमा ३ चौकासहित २१ रनमा आउट भए । करण केसी ५ बलमा १ छक्कासहित १० रनमा नट आउट रहे ।

ह्युस्टन हरिकेन्सका उस्मान शिनवारीले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । इमरान खान जुनियरले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जोश ट्रम्प, अली शेख र जिया जाहजादले एक/एक विकेट लिए ।

नेपालले दोस्रो खेल शनिबार हरिकेन्ससँग नै खेल्नेछ ।



from Online Khabar https://ift.tt/o25H6va

फोन का कवर ही घोंट देगा मोबाइल का 'गला', अगर गर्मी में न किया यह काम

Phone Cover Problem : महंगा फोन खरीदते ही सबसे पहले उस पर मोटा सा कवर चढ़ाने की जल्‍दी रहती है. इससे आपका फोन टूट-फूट और स्‍क्रैच से तो बच जाएगा, लेकिन कवर से दूसरे कई नुकसान होते हैं. गर्मी में तो यह आपके फोन को बुरी तरह डैमेज भी कर सकता है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/6JhNYj1

गुल्मीको भंगारीका बासिन्दा सति घाटु नाँचको संरक्षणमा जुट्दै

१२ जेठ, गुल्मी । पश्चिम क्षेत्रअन्तर्गत गुल्मीमा सति घाटु नाँचलाई विशेष रुपमा मनाउने गरिएको छ । पारम्पारिक लोक सँस्कृति मानिने यस नाँच स्थानीय देवीदेवतासँग प्रत्यक्ष जोडिएको हुन्छ ।

मगर र गुरुङ जातिमा प्रचलित सति घाटु नाँच वैशाख पूर्णिमाको दिनबाट विधिपूर्वक पूजा गरेर सुरु भएको छ । यो नाच वैशाख पूर्णिमाको दिनबाट सुरु भएर जेठको औंसीमा सम्म नाच्ने गरिन्छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका–१३ भंगारी क्षेत्र सति घाटु नाँचको लागि प्रख्यात ठाउँ मानिन्छ । सति घाटु नाँच मादल र गीतको तालमा नाचिने शास्त्रीय नाच हो ।

कन्याहरुमा देवीदेवता चढेपछि नाच्ने क्रममा कन्याहरु बेहोसी हुने गर्छन् । यो क्रममा मादलको ताल र गीत बिग्रेमा कन्या बेहोस भइरहने साथै ताल र गीत मिलेमा बेहोसीपन हट्ने मान्यता रहिआएको छ ।

यो नाच मगर र गुरुङ जातिमा प्रचलित छ । घाटु नाच आवश्यक विषयवस्तुमा पूर्वतयारी गरेर प्रदर्शन गर्ने गरिन्छ ।

रितपूर्वक नाचिने सति घाटु नाँचलाई गुल्मीको यो ठाउँमा विशेष महत्वका साथ हेरिन्छ ।

नाचका क्रममा कन्याहरुमा देवि देवता बोलाउने र छोड्ने पनि गीतका माध्यबाट नै हुने गर्दछ ।

पूर्खाहरुले मौखिक रुपमा हस्तातरण गर्दै आए पनि यसको कुनै लिपी बद्ध तथ्याङक भने छैन् । तर, भंगारीका गुरुङ र मगर समुदायले पछिल्लो १० वर्ष यता सति घाटु नाचलाई व्यवस्थित रुपमा प्रदर्शन गर्दै आएको घाटु नाँच संयोजक यज्ञमूर्ति थापा श्रीसले बताए ।

उनले परम्परादेखि चलरिहेको लोक संस्कृतिलाई केही कार्यक्रमहरुमा बोलाए प्रर्दशन पनि गर्ने गरेको उनले बताए । यो नाच नाच्नाले गाउँमा प्राकृतिक विपत्तिहरु नआउने भन्ने पुरानो मान्यता पनि रहिआएको श्रीसले बताए ।

यो नाचले सामाजिक सद्भाव पनि राख्ने गरेको स्थानीयको भनाइ छ । पारस्पारिक सम्बन्ध स्थापित गराउन यो नाचले सहयोग स्थानीयको विश्वास छ ।

देवीदेवताको स्वरुपमा नाच्ने र गाउने गरी यो सँस्कृति कायम नै छ । यसको संरक्षणमा स्थानीय सरकारले पनि सहयोग गर्दै आएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

उनले यसको संरक्षणमा नगरपालिकाले कुनै पनि कमी नराख्ने पन्थीले बताए ।

अघिल्लो पुस्तामा यो नाँच निकै चर्चामा थियो । तर, हाल आएर लोपन्मुख अवस्थामा पुगेको छ ।

हरेक वर्ष श्रीपञ्चमीमा सुरु भई वैशाख पूर्णिमाको दिन भव्यताका साथ प्रदर्शन गर्ने र जेठ औंसीमा घाटु नाँचको समापन गर्ने गरिन्छ । सति घाटु नाँचको प्रर्दशनसँगै विभिन्न परिकारहरु समेत खाने प्रचल रहेको छ ।

भंगारी क्षेत्रमा यो सँस्कृतिको संरक्षण गरेसँगै यहाँ होमस्टे संचालन गरिएको छ । सति घाटु नाँच संरक्षणको लागि वडा तहबाट पनि विभिन्न रचनात्मक सहयोग हुँदै आएको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ का वडाअध्यक्ष हुमाबहादुर बस्नेतले बताए ।

वडा भित्रका कला संस्कृतिको संरक्षणमा नगरपालिकाले संरक्षण गर्दै आएको उनले बताए ।



from Online Khabar https://ift.tt/1fHCQaM

Thursday, May 23, 2024

भारतको महाराष्ट्रमा केमिकल फ्याक्ट्रीमा आगो लाग्दा ८ जनाको मृत्यु

११ जेठ, काठमाडौं । भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् ।

मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत र घाइतेको निःशुल्क उपचार गर्ने बताएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार महाराष्ट्रको ठाणे जिल्लास्थित औद्योगिक विकास निगम क्षेत्रको अमुदान केमिकल्सबाट आगलागी सुरु भएको थियो । आगोले वरपरका अन्य ७ फ्याक्ट्रीमा पनि क्षति पुगेको छ ।

स्थानीयबासीलाई पनि आगोले क्षति पुर्याएको भन्दै त्यहाँबाट केमिकल फ्याक्ट्रीलाई स्थानान्तरण गर्ने मुख्यमन्त्री सिन्धेले बताएका छन् ।



from Online Khabar https://ift.tt/jrH24vL

सहकारी प्रकरण : संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन सकस, बैठक आज पनि

११ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ८ बजे बस्ने तयारी छ ।

हिजो बैठकमा कार्यदलका सदस्यहरुबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरुको परामर्शपछि आज बिहान पुनः बैठक बस्न लागेको हो ।

हिजोको बैठकमा सत्ता पक्ष एमाले र रास्वपाले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सानो पाइला लगायतका सहकारीको नाम उल्लेख गर्ने तर उपप्रधानमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने प्रस्ताव गरेका थिए । यो प्रस्तावमा कांग्रेस लचक भएको र शीर्ष नेताहरुसँग छलफल गरेर पुनः बैठक बस्ने सहमति अनुसार शुक्रबार बिहान बैठक बस्न लागेको एमाले नेता महेश बर्तौलाले जानकारी दिए ।्

कार्यदलमा रहेका नेपाली कांग्रेसका सांसद जीवन परियारका अनुसार सत्तापक्षले गृहमन्त्रीको नाम नराखीकन पनि छानबिनको दायरा फराकिलो बनाउन सकिन्छ भन्ने प्रस्ताव गरेको भन्दै गोलमटोल भाषाले छानबिन अगाडि बढ्न नसक्ने बताएका थिए ।

झण्डै दुई महिना लामो विवाद र संसदमा निरन्तरको अवरोधपछि ५ जेठमा प्रमुख दलका शीर्ष नेताहरुले संसदीय छानबिन समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल बनाएका थिए । कार्यदलमा एमाले प्रमुख सचेतक बर्तौला, कांग्रेस सहमहामन्त्री परियार र रास्वपा सांसद शिशिर खनाल छन् । कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की पनि कार्यदलको बैठकमा नियमित सहभागी हुँदै आएका छन् ।

कार्यदलको बैठक दिनहुँजसो बस्दै आए पनि संसदीय समितिको कार्यादेशमा सहमति जुट्न सकेको छैन ।

आज संसदीय समितिको कार्यादेश टुंगो लगाएर सहज ढंगले संसद बैठक सन्चालन गर्ने तयारी सत्ता पक्षको छ । आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची छ ।



from Online Khabar https://ift.tt/ur7jgwS

Wednesday, May 22, 2024

गौतमबुद्धको त्याग, विचार  र अभ्यास अनुकरणीय छ : प्रधानमन्त्री   

१० जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताृका छन् ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं जन्मजयन्तीका अवसरमा आज शुभकामना दिंदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए ।

प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ भन्दै प्रधानमन्त्रीले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफूले आमनेपाली जनताको सकारात्मक भूमिकाको अपेक्षा गरेको उनले बताए । ‘आजका सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ’, शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

प्रधानमन्त्री दाहालले बुद्ध जयन्तीले बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भ्रातृत्व भावनालाई आत्मसात् गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भनी कामनासमेत गरे ।

उनले बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ ।



from Online Khabar https://ift.tt/xGdM0XQ

राजस्थानले क्वालिफायर खेल्ने, बेंगलुर बाहिरियो

१० जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स क्वालिफायरमा पुगेको छ । तेस्रो हुँदै प्लेअफमा पुगेको राजस्थानले रोयल च्यालेन्जर्स बेंगलुरलाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो ।

अहमदाबादमा बुधबार राति भएको इलिमिनेटर खेलमा राजस्थानले बेंगलुरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गरेको हो ।

लिग चरणमा दोस्रो हुँदै प्लेअफमा पुगेको हैदराबाद कोलकातासँग पराजित भएको थियो । विजयी भएको कोलकाता भने फाइनल पुगिसकेको छ ।

इलिमिनेटर खेलमा बेंगलुरले दिएको १७३ रनको लक्ष्य राजस्थानले ६ विकेटको क्षतिमा १९ ओभरमै भेटाएको हो ।

राजस्थानका यशस्वी जैसवालले ४०,  रियान परागले ३६, सिमरन हेटमायरले २६  र टम कोहलर-क्याडमोरले २० रनको योगदान गरे ।

बेंगलुरका मोहम्मद सिराजले २, लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान एक/एक विकेट दिलाए ।

पहिले ब्याटिङ गरेको बेंगलुरले ८ विकेट गुमाएर १७२ रन बनाएको थियो । रजत पतिदरले ३४, विराट कोहलीले ३३, महिपाल लोम्रोरले ३२ र क्यामरन ग्रीनले २७ रन जोडेका थिए ।

राजस्थानका आवेश खानले ३, रवीचन्द्रण आश्विनले २, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजभेन्द्र चहलले एक/एक विकेट लिए ।

दोस्रो क्वालिफायर खेल शुक्रबार हुनेछ । यो खेल जित्ने टोलीले आइतबार कोलकातासँग फाइनल खेल्नेछ ।



from Online Khabar https://ift.tt/lrLgXuy

Tuesday, May 21, 2024

कोलकाता आईपीएलको फाइनलमा, हैदराबाद ८ विकेटले पराजित

९ जेठ, काठमाडौं । कोलकाता नाइट्स राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनल प्रवेश गरेको हो ।

पहिले ब्याटिङ गरेको हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कोलकाताका कप्तान श्रेयस ऐयरले सर्वाधिक ५८, वेंकटेश ऐयरले ५१ रन,  ओपनर रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन जोडे ।

हैदराबादका कप्तान प्याट कमिन्स र नटराजनले समान एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा सबै विकेट गुमाएर १५९ रन बनाएको थियो । हैदराबादका राहुल त्रिपाठीले ५५, हेनरिच क्लासनले ३२, प्याट कमिन्सले ३० रन बनाए । अन्य ब्याटर भने चल्न सकेनन् ।

कोलकाताका मिचेल स्टार्कले तीन,  वरुण चक्रवर्तीले दुई विकेट, वैभव अरोरा, हर्षित राना,  आन्द्रे रसेल र सुनिल नरिनले एक/एक विकेट लिए ।

पराजित भए पनि हैदराबादलाई फाइनल प्रवेशका लागि अझै एक अवसर छ ।

हैदराबादले राजस्थान रोयल्स र बेंगलुरबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटर खेल आज हुँदैछ भने क्वालिफायर शुक्रबार हुँदैछ ।

आईपीएलको फाइनल खेल आइतबार हुनेछ ।



from Online Khabar https://ift.tt/qfGrHVo

इस सस्ते फोन में मिलता है 16 मेगापिक्सल सेल्फी कैमरा, देख कर हर कोई हुआ फिदा

अगर आप कोई नया किफायत दाम वाला कोई नया फोन खरीदने की सोच रहे हैं तो आपके लिए रियलमी P1 5G पर 2000 रुपये की छूट दी जा रही है. आइए जानते हैं ऑफर और फोन के सभी फीचर्स के बारे में.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/E84ANbs

Monday, May 20, 2024

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

८ जेठ, काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ । बैठक आज बिहान नौ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको छ । सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।

गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।

संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानमा छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत छैनन् । कार्यदलमा आइतबार पटक–पटक गरी सात घण्टाभन्दा बढी समय छलफल भए पनि सहमति जुटेको थिएन । यही विवादका कारण संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ भने संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।

नेपाली कांग्रेसले आफ्ना माग पूरा गराउन सत्ता पक्षलाई दबाब दिने उद्देश्यले मंगलबार पनि वेल घेर्दै संसद बैठकमा नाराबाजी गरेको थियो । त्यही नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए ।



from Online Khabar https://ift.tt/DLWbrw6

संसदीय समितिले सेनापति बोलाउने कि रक्षा मन्त्री ?

संसद्का महत्वपूर्ण खम्बा मानिन्छन् संसदीय समितिहरू । संसद्मा ह्विप लाग्छ तर समितिमा सबै राजनीतिक दलका सदस्यले आफ्ना कुरा खुला रूपमा राख्न पाउँछ, त्यहाँ दलको ह्विप लाग्दैन । संसद्ले पास गर्ने जुनसुकै विधेयकका विषयमा संसदीय समितिमा गम्भीर छलफल हुन्छ/हुनुपर्छ ।

विधेयकहरू कसरी प्रस्तुत गर्ने भन्ने विषयको बहस समितिमा टुंगिएपछि मात्र संसद्मा टेबुल गर्ने परम्परा छ । विधेयक एकैपटक संसद्मा पेश गर्दा टुंगोमा पुर्‍याउन कठिन हुन्छ भनेरै संसदीय समितिको परिकल्पना गरिएको हो ।

अब राजनीतिक दलले कुन विषयमा बोल्ने/नबोल्ने भनेर संसदीय समितिमा पनि ह्विप लगाउनुपर्ने अवस्था उत्पन्न भएको छ । समितिका सदस्यले बोल्न लागेको विषयबारे दललाई पूर्व जानकारी दिनुपर्ने परम्परा थालनी गर्नु आवश्यक छ ।

आफूले बोल्ने विषयले मुलुक र समाजमा कस्तो प्रभाव पार्छ भन्ने बारेमा जनप्रतिनिधि चनाखो हुनुपर्छ । बोल्ने विषयमा सदस्यको पूर्ण दख्खल हुनैपर्छ । दलको ह्विप लाग्दैन, बोल्ने अधिकार छ भनेर संसदीय समितिमा जथाभावी बोल्ने संस्कार अन्त्य गर्नुपर्छ ।

जनप्रतिनिधिमा विषयगत विशेषज्ञताको खाँचो छ । संसदीय समितिको मूल्य र मान्यता कायम गर्न पनि सदस्यको प्रस्तुति गुणात्मक हुनुपर्छ, दलका प्रतिनिधिका रूपमा बसेपछि सहभागिता अर्थपूर्ण हुनुपर्छ । सांसद्को बोलीको प्रभाव र मूल्य हुनुपर्छ । उसको अभिव्यक्तिले कसैको मानमर्दन हुनुहुँदैन ।

अब विज्ञतामा आधारित भाष्य निर्माण गरौं । विज्ञता भएको मान्छे बोल्न चाहनु स्वाभाविक हुन्छ पनि । विषयगत ज्ञान र क्षमताको अभाव छ भने जनप्रतिनिधि भन्दैमा हरेकले जुनसुकै विषयमा बोल्नुको अर्थ हुन्न । विज्ञता विनाको सहभागिता संसद् वा समितिहरूले खोजेका होइनन् । जुन विषयको संवेदनशीलताबारे कुनै जानकारी छैन, त्यसबारे सार्वजनिक खपतका लागि बोल्नु असंसदीय अभ्यास हो ।

विनोद न्यौपाने

पछिल्लो पटक संसद्को मानवअधिकार तथा परराष्ट्र समितिले आफ्नो अपरिपक्वता देखायो । समितिको नेतृत्वलाई संवेदनशील र गम्भीर विषयमा कसरी प्रस्तुत हुने भन्ने ज्ञान र विवेक हुनुपर्छ । मिडियाका प्रतिनिधि समेत उपस्थित समितिको बैठकमा प्रधान सेनापतिलाई बोलाएर रणनीतिक गोपनीयता लगायत विविध विषयका संगीन प्रश्न सोध्नु संसदीय अभ्यास र परम्परा भित्र पर्दैन । संसारका कुनै पनि मुलुकमा यस्तो अभ्यास हुन्न । सेनाले सुरक्षा र राष्ट्रिय महत्वका विषयमा समितिको बैठकमा उपस्थित भएर बहस गर्दैन र गर्नुहुँदैन ।

किनकी समितिको बैठकमा मिडियाको पहुँच भएपछि सबै विषय जस्ताको तस्तै बाहिर आउँछन् । सेनापतिलाई बोलाएर समितिमा प्रश्न सोध्ने परम्पराले गलत सन्देश प्रवाह हुन्छ । यहाँनेर मिडियाको पनि इथिक्स हुन्छ/हुनुपर्छ । मुलुक र नागरिकप्रति मिडिया उत्तरदायी हुनुपर्छ ।

समितिको बैठकमा कुनै सदस्यले चर्को कुरा गर्‍यो भने मिडियाले पनि त्यसैलाई बढाइँचढाइ गरी सार्वजनिक खपतका लागि बाहिर ल्याउनु जिम्मेवार शैली होइन । कुन कुरा सार्वजनिक गर्ने/नगर्ने भन्ने सामान्य सिद्धान्तको ख्याल मिडियाले पनि गर्नुपर्छ । यस्ता विषयमा मिडिया पनि चुक्नुहुँदैन ।

सेनापतिलाई संसदीय समितिमा बोलाएर जुनसुकै प्रश्न सोध्दा सुरक्षा संवेदनशीलतामा कस्तो प्रभाव पर्छ भन्ने समितिले मात्रै होइन, मिडियाले पनि बुझ्नुपर्छ । सेन्सरसिपको मूल्य र महत्व यस्तै अवस्थामा देखाउने हो ।

हो, सेना नागरिक नियन्त्रणमा हुनुपर्छ । त्यसका आफ्नै मूल्य र मान्यता छन् । नागरिक एजेन्सी भनेका प्रधानमन्त्री र रक्षामन्त्री हुन् । सामान्यतया सेनाबारे उठेका प्रश्नको उत्तर रक्षामन्त्रीले दिने हो ।

सेनाका कामकारबाहीबारे प्रश्न उठेका छन् वा विशेष परिस्थिति नै निर्माण भएको छ भने त्यसबारे सेनापतिलाई बोलाएर प्रधानमन्त्री र रक्षामन्त्रीले बहस गर्न सक्छन् । त्यसैका आधारमा रक्षामन्त्रीले संसदीय समितिका सदस्यले उठाएका प्रश्नको उत्तर दिन सक्छन् ।

सेनापतिलाई साधारण बिषयमा पनि समितिको बैठकमा बोलाएर अरुलाई जस्तै प्रश्न सोध्ने कामले भोलिका दिनमा गलत नजिर स्थापित हुनसक्छ । सानो प्रश्न उठ्ने बित्तिकै सेनापति गुहार्ने शैली उपयुक्त होइन । समितिका सभापतिले यस्ता विषयमा बहस चल्दा ख्याल गर्नुपर्छ ।

राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता रक्षाको गहन जिम्मेवारी बोकेको सेनाप्रति जतिबेला पनि प्रश्न गर्नुअघि जनप्रतिनिधिले एकपटक सोच्नुपर्छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय जगत्मा सैनिक कूटनीति मार्फत मुलुकको पहिचान कायम राख्ने सेनाले पनि राजनीतिक दलका नेता/सांसदले झैं बोल्ने हो भने कस्तो अवस्था उत्पन्न होला ? त्यो विचार गर्नुपर्छ ।

सेनाले शान्ति मिसन मार्फत हासिल गरेको सफलता मुलुकको कूटनीतिको अंग भएको छ । यो अवस्थामा मुलुकभित्र सेनाप्रति अविश्वास पैदा गराउने गतिविधिलाई राजनीतिक क्षेत्रले पनि मलजल गर्नुहुन्न । राष्ट्रसंघको छातामुनि बसेर सेनाले नेपाली कूटनीतिलाई सघाएको छ । शक्ति मुलुकसँग सम्बन्ध बिग्रिन नदिन मुलुकका पक्षमा आफ्ना कुरा दृढ विश्वासका साथ राख्दै आएको छ ।

हामीले देखेका छौ कि– राष्ट्रिय सुरक्षाको जगेर्ना, मुलुकमा आइपर्ने विपत्तिमा सेना सधैं नागरिकको साथमा छ । राजनीतिक दल र सर्वसाधारणले कुनै विपत्ती थाहा पाउँदासम्म सेना उद्धारमा खटिइसकेको हुन्छ । तसर्थ देशको रक्षाकवच बनिरहेको नेपाली सेनालाई विवादमा तानेर संसदीय अभ्यासको उपहास गर्नुहुन्न ।



from Online Khabar https://ift.tt/6TsXIPr

Sunday, May 19, 2024

फ्लिपकार्ट पर बड़ी सेल, सस्ते मिल रहे हैं फ्रिज, धड़ल्ले से होने लगी बिक्री

अगर आप कोई नया फ्रिज खरीदने की सोच रहे हैं तो आपके लिए फ्लिपकार्ट पर जबरदस्त डील दी जा रही है. आइए जानते हैं कौन सी फ्रिज को कितने कम दाम पर घर लाया जा सकता है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/RV9yUmd

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, रोक्ने प्रयासमा कांग्रेस

७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् ।

जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेलाई पत्र पठाएर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ ।

२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए ।

उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए । तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाएका थिए ।

सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसदीय समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने चेतावनी दिएको छ । त्यसको रणनीति बनाउन कांग्रेसले आज बिहान संसदीय दलको बैठकसमेत बोलाएको छ ।



from Online Khabar https://ift.tt/cuqY1B4

Saturday, May 18, 2024

सहकारी ठगी : संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका लागि आज बिहान साढे ८ बजे कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ ।

सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर समितिको कार्यादेश टुंगो लागेको छैन ।

कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

रास्वपा नेता शिशिर खनालले आज बिहान साढे ८ बजे कानुन मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको जानकारी दिए । ‘संसदीय समितिको टिओआर के हुने भन्ने विषयमा हामी छलफल गर्दैछौं,’ उनले भने ।



from Online Khabar https://ift.tt/6C3NJt4

बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो

६ जेठ, काठमाडौं । लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।

आफ्नै मैदानमा शनिबार राति भएको खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो ।

चेन्नेइ, दिल्ली र लखनउको पनि समान १४ अंक भए पनि नेटरनरेटमा तीन टिमलाई पछि पार्दै बेंग्लुरु चौथो स्थानमा रहन सफल भएको हो ।

२०१ रन बनाएर पराजित भएको भए पनि चेन्नेइ प्लेअफमा पुग्ने थियो । तर, २१९ रनको लक्ष्य पछ्याएको चेन्नेइले ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनायो ।

चेन्नेइका रचिन्ल रवीन्द्रले ६१, रवीन्द्र जडेजाले ४२, अजिङ्क्या राहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए ।

बेंग्लुरुका यश दयालले २, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । बेंग्लुरुका कप्तान फ्याफ डु प्लेसिसले ५४, विराट कोहलीले ४७, रजत पतिडरले ४१, क्यामरन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रनको योगदान गरे ।

चेन्नइका शार्दुल ठाकुरले २, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले एक/एक विकेट लिए ।

यसअघि आईपीएलको प्लेअफका चारवटै टोलीको टुंगो लागिसकेको छ ।

१९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् । यो पनि आजै टुंगो लाग्नेछ ।

आज दिउँसो पौने ४ बजे हैदराबादले पञ्जाबसँग खेल्नेछ भने राजस्थानले राति पौने ८ बजे कोलकत्तासँग खेल्नेछ ।



from Online Khabar https://ift.tt/OJRyuXa

Friday, May 17, 2024

भारत का पहला फोन जिसमें दी गई 6000mAh बैटरी, सस्ता 108MP कैमरा देख लोग खुश

अगर आप कोई बजट रेंज वाला नया फोन खरीदने की सोच रहे हैं तो आपके लिए बाज़ार में कई मोबाइल ऑप्शन हैं. लेकिन आज हम के लिए एक खास डील की जानकारी लाए हैं जिसके तहत इंडिया के पहले 6000mAh बैटरी फोन को काफी सस्ते में खरीदा जा सकता है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/nPt2jeK

२० करोडसम्मका स्वदेशी उद्योगलाई ब्याज अनुदान दिइँदै, यस्तो बन्यो कार्यविधि

५ जेठ, काठमाडौं । सरकारले लघु, घरेलु तथा साना उद्योग र अधिकतम २० करोडसम्म स्थिर पूँजी भएका मझौला उद्योगलाई व्यावसायिक कर्जाको ब्याजमा अनुदान दिने भएको छ ।

चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमा घोषणा गरिएको ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ कार्यान्वयन गर्दै सरकारले कर्जाको ब्याज अनुदानमा दिने तयारी गरेको हो ।

सरकारले हालै ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१’ स्वीकृत गरेको छ ।

कार्यविधि अनुसार उत्पादनमूलक, कृषि तथा वन पैदावारमा आधारित लघु, घरेलु तथा साना उद्योग र २० करोडसम्म स्थिर पूँजी भएका मझौला उद्योगले सम्बन्धित उद्योगबाट उत्पादन हुने वस्तु उत्पादन वा प्रशोधनका लागि लिएको व्यावसायिक कर्जामा ब्याज अनुदान पाउने भएका हुन् ।

बजेटले आन्तरिक उत्पादन र उपभोग प्रोत्साहन गर्न भन्दै उक्त कार्यक्रम घोषणा गरेको थियो । जसमा भनिएको थियो, ‘स्वदेशी कच्चापदार्थमा आधारित लघु, घरेलु, साना र मझौला उद्योगलाई प्रशोधन र प्रविधि स्तरोन्नतिका साथै भण्डारण र बजारीकरणमा सहयोग गरिने छ ।’

कृषि, तयारी पोसाक, औषधि, फुटवेयर लगायत उच्च आन्तरिक खपत भएका उद्योगलाई प्रोत्साहन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

यस कार्यक्रमका लागि सरकारले चालु आवमा ५० करोड रुपैयाँ विनियोजन गरेको छ । सोही कार्यक्रम मार्फत सरकारले सरकारी निकायमा स्वदेशमा उत्पादित वस्तु प्रयोग मिलाइने समेत घोषणा गरेको थियो ।

कार्यविधि अनुसार विनियोजित बजेटको ६० प्रतिशत ब्याज अनुदानमा उपयोग गरिने भएको छ । बजेटको ४० प्रतिशत रकम भने उत्पादनमूलक, कृषि तथा वन पैदावारमा आधारित लघु, घरेलु तथा साना उद्योग र २० करोडसम्म स्थिर पूँजी भएका मझौला उद्योगलाई सम्बन्धित स्थानीय तहमार्फत प्रविधि हस्तान्तरण गरिने भएको छ ।

उद्योगले कति पाउनेछन् ब्याज अनुदान ?

कार्यविधि अनुसार लघु, साना र मझौला उद्योगले लिएको कर्जामा लाग्ने ब्याजमध्ये ५ प्रतिशत ब्याज अनुदान पाउने भएका छन् । तर, महिलामात्र सञ्चालक रहेका उद्योगले लिएको कर्जामा भने ६ प्रतिशत ब्याज अनुदान दिइने छ । उद्योग भने सरकारले निश्चित मापदण्ड तोकी छनोट गर्ने भएको छ ।

२१ दिनको म्यादसहित प्रस्ताव मागिने

ब्याज अनुदान तथा प्रविधि हस्तान्तरण प्राप्त गर्न चाहने यस्ता स्वदेशी उद्योगसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव माग्ने भएको छ ।

मन्त्रालयमा कार्यक्रम कार्यान्वयन इकाइ राखिने र सोही इकाइमार्फत यो कार्यक्रम कार्यान्वयन गरिने भएको छ । २१ दिनको समय राखेर मन्त्रालयले यस्तो प्रस्ताव आह्वान गर्ने भएको छ ।

अन्य निकायबाट सोही प्रकृतिको सहुलियतपूर्ण कर्जा सुविधा नलिएका, प्रचलित कानुन अनुसार कालोसूचीमा नपरेका र नियमानुसार दर्ता भएका उद्योगहरूले प्रस्ताव गर्न सक्ने भएका छन् ।

यसका लागि सम्बन्धित स्थानीय तहबाट भने सिफारिस चाहिने भएको छ । मन्त्रालयमा रहेको कार्यक्रम कार्यान्वयन इकाइ प्रमुख संयोजकत्वमा रहेको प्रस्ताव मूल्यांकन समितिले सिफारिस गर्ने भएको छ ।

यी आधारमा छानिने छन् उद्योग

कार्यविधि अनुसार उद्योगको गत वर्षको उत्पादन क्षमता, उद्योगले सिर्जना गरेको रोजगारी संख्या, उद्योगले प्रयोग गरेको कच्चापदार्थको प्रतिशत, उद्योगबाट भएको निर्यात प्रतिशत, व्यावसायिक निरन्तरता, महिलाबाट सञ्चालित उद्योग, वातावरणीय प्रभाव न्यूनीकरण उपाय अपनाइएको आधार समेतलाई ध्यानमा राखेर उद्योग छनोट गरिने कार्यविधिमा उल्लेख छ ।

छनोट भएकामध्ये ५० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने प्रस्तावकमध्ये सबैभन्दा धेरै अंक प्राप्त गर्ने उद्योगलाई यो अनुदान दिइने छ ।

त्यसमा पनि लघु र घरेलु उद्योग ५० प्रतिशत, साना उद्योग ३५ प्रतिशत र मझौला उद्योग १५ प्रतिशतका दरले छनोट गरिने भएको छ । छनोट भएका उद्योगलाई सम्झौताका लागि १५ दिनको समय दिइने छ ।

सम्झौता भएका प्रस्तावकलाई नेपाल राष्ट्र बैंकले ब्याज अनुदान रकम सम्बन्धित प्रस्तावको बैंक खातामा पठाउने भएको छ । प्रविधि हस्तान्तरण भने स्थानीय तहले खरिद गरी प्रदान गर्ने भएको छ ।

कुनै प्रस्तावकले पेस गरेको विवरण झुटो ठहरिए सरकारले सरकारी बाँकी सरह असुलउपर गर्ने गरी कार्यविधिले अधिकार दिएको छ ।

कस्ता उद्योगलाई लक्षित गरी दिन लागिएको हो अनुदान ?

मन्त्रालयका अनुसार स्वदेशी कच्चापदार्थमा आधारित दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग, प्राथमिक कृषि उपजको प्रशोधन तथा उत्पादन (दूध, तरकारी, फलफूल, माछा, मासु तथा खाद्यान्न) गर्ने उद्योगले यसमा प्रस्ताव पेस गर्न सक्ने भएका छन् ।

अलैंची, अदुवा, चिया, कफी, मसला लगायत प्रशोधन गर्ने उद्योग, स्वदेशी कच्चापदार्थमा आधारित जैविक एवम् प्रांगारिक मल उत्पादन गर्ने उद्योग, जडीबुटी प्रशोधन तथा आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योग लगायतले प्रस्ताव पेस गर्न सक्ने भएका छन् ।



from Online Khabar https://ift.tt/zH70qi5

मुम्बइ अन्तिम खेलमा लखनउसँग पराजित

५ जेठ, काठमाडौं । आईपीएलको लिगचरणबाट बाहिरिसकेको मुम्बइ इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ ।

घरेलु मैदान वानखेडेमा शुक्रबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित गरेको हो ।

लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो । ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

अन्य ब्याटरहरू डेवाल्ड ब्रेभिसले २३, कप्तान हार्दिक पाण्ड्याले १६ र इशान किसनले १४ रन जोडे ।

लखनउका नवीन उल हक र रवि विश्नाइले दुई/दुई तथा क्रुनाल पाण्ड्या र मोहसिन खानले एक/एक विकेट लिए ।

यसअघि  लखनउले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । निकोलन पुरनले २९ बलमै ७५ रनको महत्वपूर्ण पारी खेले भने केएल राहुलले ५५ रनको योगदान गरे । मार्कस स्टोइनिसले २८ र आयुष बडोनीले २२ रन थपे ।

मुम्बइका लागि नुवान थुसारा र पियुष चावलाले समान तीन/तीन विकेट लिए ।

यो हारसँगै मुम्बइ अंकतालिकाको पुछारमा रहँदै लिग चरणबाट बाहिरिएको छ भने लखनउ छैटौं स्थानमा छ ।



from Online Khabar https://ift.tt/wirxPmf

Thursday, May 16, 2024

कांग्रेसले बोलायो संसदीय दलको बैठक

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नु अघि रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर त्यो मागलाई सत्ता साझेदार दलहरुले मानेका छैनन् । सत्ता पक्ष र प्रतिपक्षको अडान यथावत भएपछि संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।

विहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए ।

विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा एमाले पनि रोष्टममा उत्रिएको थियो । त्यसक्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।

सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए पनि कांग्रेसले विरोध जारी राखेपछि लामिछानेले बोल्न पाएका थिएनन् ।



from Online Khabar https://ift.tt/dHmZisX

नेपाललाई एक खेल अगावै सिरिज

४ जेठ, काठमाडौं । नेपालले दोस्रो टी-२० अभ्यास खेलमा विनवार्डस भोलक्यानोजलाई ४९ रनले हराएको छ । योसँगै सिरिज नेपालले एक खेल अगावै जितेको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

१ सय ८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८.५ ओभरमा १३० रनमा अल आउट भयो। ओपनर तथा कप्तान किमानी मेलिउसले सर्वाधिक ५० रन बनाए । ओपनरले ७.४ ओभरमा कुनै विकेट नगुमाई ७३ रन बनाएको अवस्थाबाट नेपालले सानदार पुनरागमन गरेको थियो ।

नेपालका गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले १/१ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । अनिल कुमार साहले २७ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५० रन बनाए । रोहित पौडेलले ३३ बलमा २ चौका र १ छक्कासहित ४१ रन बनाए । कुशल भुर्तेल २८ बलमा ४ चौका र १ छक्कासहित ३८, आसिफ शेख शून्य र दीपेन्द्र २६ रनमा आउट भए ।

तेस्रो खेल शनिबार हुनेछ । आईसीसी टी-२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो । वेष्टइण्डिजमा तीन खेलपछि नेपाल अमेरिका जाने छ ।

नेपालले २२ र २३ मेमा ह्युस्टन हरिकेन्ससँग दुई खेल खेल्नेछ । त्यसपछि डालासमा आईसीसी टी-२० विश्वकप वार्मअप खेलमा २७ मे मा क्यानडा र ३० मेमा अमेरिकासँग खेल्नेछ । त्यसपछि १ जुनदेखि विश्वकप सुरु हुनेछ ।



from Online Khabar https://ift.tt/7iBpLe8

प्रतिनिधि सभाको बैठक आज बस्दै

४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

विहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए ।

विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा एमाले पनि रोष्टममा उत्रिएको थियो । त्यसक्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।

सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए पनि कांग्रेसले विरोध जारी रहेपछि लामिछानेले बोल्न पाएनन् ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर त्यो मागलाई सत्ता साझेदार दलहरुले मानेका छैनन् ।



from Online Khabar https://ift.tt/OcZ64EJ

Wednesday, May 15, 2024

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

पहिले–पहिले मानिसहरू भन्थे— ‘छारेरोग लागेकालाई जुत्ता सुँघाउनुपर्छ ।’ तर, यो एकदमै पुरातन र अवैज्ञानिक बुझाइ हो । हुनसक्छ, त्यसबेला यसबारे मान्छेमा ज्ञान थिएन । कोही अचानक बेहोश भएमा जुत्ता सुँघाउने गरियो र उक्त व्यक्ति तंग्रिए होलान् । यो संयोग मात्र हो ।

छारेरोग लागेका व्यक्ति जब बेहोश हुन्छ, सामान्यतः त्यो केही सेकेन्डको लागि मात्र हुन्छ । केही गर्नै पर्दैन, आफैं होश खुल्छ । तर, कसैमा यो अवधि लम्बिन सक्छ र समस्या जटिल बन्न सक्छ । कतिपय अवस्थामा मृत्यु नै पनि हुनसक्छ ।

तर, हामीकहाँ छारेरोग आम समस्या जस्तो भइसकेको छ । मैले दिनमा ५० जना बिरामी हेरें भने त्यसमध्ये ११ देखि १५ प्रतिशतमा छारेरोगको कुनै न कुनै समस्या देखिएको छ । यो सामान्य संख्या होइन ।

भनिहालौं, अब छारेरोगको उपचार नयाँ एवं उन्नत प्रविधिबाट सुरु भएको छ । यो सुरुवात नेपालकै जेठो अस्पताल वीर अस्पतालबाट भएको हो । सो प्रविधिलाई ‘भेसल नर्भ स्टिमुलेशन’ भनिन्छ । यसले छारेरोग भएकालाई सम्भावित जोखिमबाट बचाउँछ । यो एकदमै सामान्य शल्यक्रियाबाट जडान गरिने प्रविधि हो ।

तर, हामीकहाँ धेरैलाई यसबारे थाहा छैन । त्यसैले मानिसहरू छारेरोग बोकेरै बाँचिरहेका छन् ।

डीप ब्रेन स्टिमुलेशन भनेको के हो ? यसले कसरी काम गर्छ ? यो प्रविधि जडान गर्न कति खर्च लाग्छ ? यावत् प्रश्नको जवाफ खोज्नुअघि सरल भाषामा छारेरोगलाई बुझौं ।

के हो छारेरोग ?

हाम्रो शरीरका गतिविधिलाई नियन्त्रण गर्न मस्तिष्कमा तरंग पैदा हुनेगर्छ । सो तरंग पैदा गर्ने संयन्त्रमा कहिलेकाहीं खराबी आउन सक्छ । यस्तो अवस्थामा शरीरको कुनै अंग चलाउन नसक्ने हुनसक्छ । वा बेहोश हुनसक्छ । यस स्थितिलाई छारेरोग भन्ने गरिएको छ ।

अहिले छारेरोगले धेरैलाई सताएको छ । यही कारण हामीकहाँ यो आम समस्या मानिन्छ ।

छारेरोग किन हुन्छ ?

छारेरोग हुनुमा धेरै कारण छन् । मस्तिष्कमा कुनै पनि समस्या भएमा जस्तो; संक्रमण, ट्युमर, ब्रेन ह्यामरेज छारेरोग हुनसक्छ । कतिपय अवस्थामा जन्मजात पनि यो समस्या आउन सक्छ । छारेरोग भएकामध्ये ८० प्रतिशतको रोग पत्ता लाग्छ । बाँकीको के कारणले भएको हो भन्ने थाहा हुँदैन । त्यसलाई हामी इडियोपेथिक सिजर डिसअर्डर भन्छौं ।

१. कीराको फुल

एक किसिमको कीराको फुल (अण्डा) खाना र पानीको माध्यमबाट हाम्रो पेटमा पुग्छ । त्यो सूक्ष्म अण्डा रगत हुँदै दिमागसम्म पुग्छ । दिमाग यस्तो छ कि, त्यहाँ उक्त कीराको अण्डा पुगेपछि मर्छ । यद्यपि त्यो मरे पनि फर्कने बाटो छैन ।

त्यसले दिमागमा एउटा दाग बनाइदिन्छ । त्यही कारणले हाम्रो देशमा धेरैजसोलाई छारेरोग देखिएको हो ।

२. ब्रेन ट्युमर

ब्रेन ट्युमर छ भने पनि छारेरोगको लक्षण देखिन्छ । ट्युमर, जसले मस्तिष्कलाई असर गरेको हुनसक्छ ।

३. टाउकोमा चोटपटक

टाउकोमा कुनै पनि किसिमको चोटपटक लागेको छ भने त्यसले मस्तिष्कमा असर गर्छ ।

४. ब्रेन ह्यामरेज

छारेरोग हुनुको एउटा कारणमा ब्रेन ह्यामरेज पनि हो ।

मस्तिष्कभित्र अर्बौं संख्यामा नसा हुन्छन्, बिजुलीको तार जस्तै एकअर्कामा जेलिएका । उक्त तारमा कुनै खराबी भएमा पनि छारेरोग देखापर्छ ।

छारेरोग कसलाई हुन्छ ?

यो समस्या जो–कोहीलाई हुनसक्छ । यसमा उमेरको कुनै सीमा छैन । बुढापाका, तन्नेरी, किशोर मात्र होइन शिशुलाई पनि हुनसक्छ । कतिमा जन्मनसाथ यो समस्या हुनसक्छ । कतिमा मृत्युको अघिल्लो दिनसम्म पनि यो समस्या हुनसक्छ । यो जहिले पनि र जसलाई पनि सताउन सक्ने समस्या हो ।

यसको जटिलता के छ ?

छारेरोगकै कारण मृत्यु हुने भन्ने हुँदैन । तर, छारेरोग लागेका कतिपयमा लामो समयसम्म बेहोश हुने जोखिम हुन्छ । यसरी बेहोश हुँदा मस्तिष्कमा अक्सिजन प्रवाह हुन पाउँदैन । यही कारण मान्छेको मृत्यु हुनसक्छ ।

त्यस्तै कतिपय व्यक्ति घाँस–दाउरा गर्न जंगलमा पुगेका हुनसक्छन्, भीर पहरामा काम गरिरहेका हुनसक्छन्, बार्दली, घरको छानो, भित्तामा रंगरोगन वा कुनै काम गरिरहेका हुनसक्छन्, पौडी खेलिरहेका हुनसक्छन् । यस्तो अवस्थामा अचानक बेहोश हुँदा दुर्घटना हुने जोखिम उच्च हुन्छ ।

अब के गर्ने त ?

अवश्य पनि छारेरोगको औषधि खानुपर्छ । यदि ट्युमरले त्यस्तो समस्या ल्याएको हो भने त्यसको शल्यक्रिया गर्नुपर्छ । मस्तिष्कमा रगत जमेको छ भने शल्यक्रिया गर्नुपर्छ । जे समस्या हो, त्यस अनुसार उपचार गर्नुपर्छ ।

छारेरोगको औषधि एक हप्ता, वा महिना दिन खाएर पुग्दैन । सामान्यतः यसको औषधि कम्तीमा पनि दुई वर्षसम्म निरन्तर रूपमा खानुपर्छ । त्यसपछि क्रमशः घटाउँदै बन्द गरिन्छ ।

यसको पनि एउटा, दुईवटा होइन धेरै औषधि छन् । पहिलेको भन्दा अहिलेको औषधि धेरै राम्रो छ । सुरुमा त एउटा औषधि दिएर हेर्ने हो । त्यसले काम गरेन भने दुईवटा, चारवटा औषधि पनि दिनुपर्छ । त्यस्तो अवस्थामा पनि औषधिले काम गरेन भने फेरि अरू उपचार खोज्नुपर्छ ।

हामीले सामान्य हिसाबले के बुझ्नुपर्छ भने कुनै पनि व्यक्तिलाई दुई वटा औषधि खान दिंदा छारेरोग नियन्त्रण भएन भने विकल्प खोज्नुपर्छ । यस्ता व्यक्तिका लागि नयाँ–नयाँ उपचार प्रविधि आएको छ । जस्तो एउटा हो, भीएनएस । यो भनेको भेजल नर्भ स्टिमुलेशन ।

भीएनएस के हो ? 

हाम्रो मस्तिष्कसँग जोडिएको एउटा नसा हुन्छ, जुन मुटुसम्म पुग्छ । त्यसैमा एउटा तार जोडिन्छ, जसलाई तरंग दिन छातीभन्दा अलि माथि ब्याट्री जडान गरिन्छ । साथै हामीले उनीहरूको हातमा घडी लगाइदिएका हुन्छौं ।

अक्सर छारेरोग लागेको मान्छेलाई यसले सताउन लागेको क्षण थाहा हुन्छ । जब उनीहरूलाई छारेरोगले सताउन लाग्यो भन्ने शंका लाग्छ, तब नाडीको घडीलाई छातीसम्म पु¥याउनुपर्छ । यसो गरेपछि छारेरोग हराएर जान्छ वा एकदमै सामान्य असर मात्र गर्छ ।

वीर अस्पतालमा भीएनएस सेवा 

अहिले यो सेवा हामीले वीर अस्पतालमा सुरु गरेका छौं । धेरैले यसको उपचार पनि लिइरहेका छन् । यसरी प्रविधिबाट जतिले उपचार गराएका छन्, त्यसको नतिजा एकदमै राम्रो छ ।

यो प्रविधि त्यही बिरामीका लागि उपयुक्त हुन्छ, जसलाई औषधिले काम गरेको छैन ।

यसरी भेजल नर्भ स्टिमुलेशनले छारेरोगको उपचारमा ठूलो फड्को मारेको छ । तर, दुःखलाग्दो कुरा यसबारे नेपालमा त्यति सचेतना छैन । साथसाथै यो खर्चालु पनि भएकाले मान्छेहरू उपचार गर्न डराउँछन् ।

अहिले हामीले वीर अस्पतालमा यसको उपचार निःशुल्क गरिदिएका छौं । तर, यसको सामग्री महँगो हुन्छ । सामानको मूल्य मात्र ८–१० लाख बराबर हुन्छ । यत्तिको पैसा सामान्य नेपालीले उपचारमा खर्च गर्न त्यति सम्भव पनि नहोला ।

त्यसो भए के गर्ने त ?

यसका लागि सरकारले आफ्नो दायित्वबोध लिनुपर्छ । हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यसबारे कुरा गरेका छौं । हामी न्युरो सर्जनहरू गएर सर्वसाधारणलाई यो उपचार सहज बनाइदिनका लागि स्वास्थ्य सचिवसँग आग्रह गरेका छौं । उनले आश्वासन दिएका छन् । यदि सरकारले नै आवश्यक सरसामानमा छुट वा सुविधा दिएमा छारेरोगका बिरामीले धेरै ठूलो राहत पाउनेछन् ।

फोटो–भिडियो : शंकर गिरी  |   ग्राफिक्स : अरुण देवकोटा   |  भिडियो सम्पादन : नवराज महरा 



from Online Khabar https://ift.tt/LEUpitB