Monday, September 30, 2024

गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

१५ असोज, गुल्मी ।  गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताए ।

मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन् । करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो साढे ३ बजे तिर करेन्ट लागेको थियो । मुसाले काटेर नाङगो बनाएको बिजुलीको तारमा अचानक छुन गई करेन्ट लागेको डिएसपी पोखरेलले बताए ।



from Online Khabar https://ift.tt/i6JWgKr

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५० रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८० रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १५ पैसा र बिक्रीदर चार रुपैयाँ १७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा कायम छ ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ आठ पैसा र बिक्रीदर २० रुपैयाँ १७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ९० पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ४९ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



from Online Khabar https://ift.tt/hTy21o6

Sunday, September 29, 2024

Amazon Sale: 25 हजार की रेंज में मिल रहा है 34,000 रुपये वाला तगड़ा Realme फोन

अगर बजट रेंज में कोई तगड़े फीचर्स वाला फोन खरीदने की सोच रहे हैं तो आपके लिए अमेज़न ग्रेट इंडियन फेस्टिवल सेल में कई ऑप्शन मिल जाएंगे. बेस्ट डील के तहत Realme GT 6T पर बड़ी छूट मिल रही है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/4CkD6QT

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ १८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ३० पैसा र बिक्रीदर १०४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा कायम छ ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ एक पैसा र बिक्रीदर २० रुपैयाँ १० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ पाँच पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



from Online Khabar https://ift.tt/HNVSfLG

ओमानमाथि नेपालको सहज जित

१४ असोज, काठमाडौं – नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएकोछ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो ।

१७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए ।

रफिउल्लाह १२ बलमा १ चौका र ४ छक्कासहित ३५, प्रतिक अथभले १५, खालिद कैल ११, जिशान मकसुद ६, आयन खान र अकिब इलियास २-२ रनमा आउट भए ।

नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले २, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

नेपालको जितमा तल्लोक्रममा गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित ४० रनको अविजित इनिङ खेलेका थिए। दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे ।

आसिफ शेख २२ बलमा १ चौका र २ छक्का तथा अनिल साहले २१ बलमा ३ चौका र १ छक्कासहित २७-२७ रन बनाए । देव खनाल र कप्तान रोहित पौडेल २-२ रनमा आउट भए ।

कुशल मल्ल २६ बलमा २ चौका र २ छक्कासहित ३० तथा कुशल भुर्तेल १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । सकिल अहमद, फयाज बट र जिशान मकसुदले १-१ विकेट लिए ।

नेपाल त्रिकोणात्मक टी-२० सिरिजमा पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । अव मंगलबार क्यानडा र बुधबार ओमानसँग खेल्नेछ ।

 



from Online Khabar https://ift.tt/zH3Mm8c

Saturday, September 28, 2024

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता   

१३ असोज, काठमाडौं । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

यो विपदमा समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको प्रवक्ता तिवारीले जानकारी दिए ।

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीको भनाइ छ ।

उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।



from Online Khabar https://ift.tt/QEf9yhY

खराब ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित

१३ असोज, काठमाडौं – नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो ।

नेपालका कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । अन्य कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन ।

ओपनर अनिल साह ९ र आसिफ शेख ८ रनमा आउट भए । देव खनाल ११, कुशल मल्ल १२, मध्यक्रममा झरेका कुशल भुर्तेल ७, दीपेन्द्रसिंह ऐरी ६, सोमपाल कामी १, सन्दीप लामिछाने १० र करण केसी ५ रनमा आउट भए ।

क्यानडाका कलिम सानाले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । साद बिन जाफरले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । प्रविन कुमार र अखिल कुमारले १-१ विकेट लिए ।

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । साद बिन जाफरले १८ बलमा ३ चौकासहित सर्वाधिक २३ रन बनाए । श्रेयस मोभ्भाले २३ बलमा १ चौका र १ छक्कासहित २२, आरोन जोनसन ९, नवनित धालिवाल १४, निकोलस किर्टोन ५ र हर्ष ठाकेरले १ रन बनाए ।

तल्लोक्रममा प्रविन कुमारले १३ बलमा २ छक्कासहित १९ तथा अखिल कुमारले १४ रन जोडे । नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए । डेब्यू गरेका बलर रिजन ढकालले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।

आईसीसी विश्वकप लिग २ मा नेपाल क्यानडासँग १०३ रन र ५ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा आइतबार राती ओमानसँग खेल्नेछ ।



from Online Khabar https://ift.tt/Qiw4Xt8

Friday, September 27, 2024

आज पनि निरन्तर झरी, जनजीवन अस्तव्यस्त

१२ असोज, काठमाडौं । आज शनिबारको दिन पनि निरन्तर झरी पर्ने मौसमविदले बताएका छन् । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ ।

केही दिनदेखिको अविरल वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविदले सुझाव दिएका छन् ।

नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ ।

काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन् । नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन् । राजमार्गहरु अवरुद्ध भएका छन् । सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ ।

नागढुंगामा खसेको पहिरो हटाउन नसक्दा सयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । गाडीहरुको लामो लाइन लागेको छ । उर्लिएको त्रिशूली नदी किनारमा रोकिन बाध्य भएकाहरु त्रासमा छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो समाचार तयार पर्दासम्म १७ स्थानका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको लेभलसम्म पुगेको छ ।

अरु त्यति नै संख्याका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको संकेत पुग्दै छ । त्यसैले खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

पाल्पाको अर्चलेमा २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा

यसैगरी यो समाचार तयार पार्दासम्म १०५ वटा वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाले चेतावनीको तह पार गरेको छ ।

पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा भएको छ ।

त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ ।



from Online Khabar https://ift.tt/BvVAN1Y

त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो

१२ असोज, काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिपर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिपर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिए । ‘साँझतिर एउटा एक्साभेटर र एउटा टिपर बगाएको थियो,’ उनले भने, ‘सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुईवटा टिपर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ ।’

नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिपर, दईवटा एक्साभेटर नदीको बीचमा फसेका थिए । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उनको भनाइ छ ।

ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिपर र एक्साभेटर नदीले बगाएको छ ।



from Online Khabar https://ift.tt/4zpbnFv

Thursday, September 26, 2024

कैलालीमा दशैं-तिहारमा साढे ८०० प्रहरी खटिने

११ असोज, धनगढी । कैलालीमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना बनाउँदै जिल्लाभर साढे आठ सय प्रहरी परिचालन गरिने जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले आम नागरिकलाई सुरक्षा दिनेगरि जनशक्तिको सही परिचालन, शीघ्र सेवा, तत्काल कारबाही र सहज पहलको उद्देश्यले जिल्लाभर शान्ति, सुरक्षा व्यवस्था मजबुत बनाउने गरी योजना तयार गरिएको जानकारी दिए ।

उनकाअनुसार दशैंदेखि छठ पर्वसम्म जिल्लामा चोरी, डकैती, जुवातास, मदिरा सेवन, लागुऔषध सेवन नियन्त्रण, अपराधिक घटना न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षा प्रदान गर्न नियमित चेकजाँच बढाइनेछ । त्यसका जागि सामान्य समय हुने चेकजाँचमा बृद्धि गरिनेछ ।

जिल्लाभर २६८ डिउटी परिचालन गर्ने योजना रहेको प्रहरीले जनाएको छ । जसमा सामान्य समयमा परिचालन हुनेभन्दा २१ डिउटी थप गरिएको छ ।

जिल्लामा प्रहरी उपरीक्षक(एसपी)को कमाण्ड हुनेगरि कार्यालय सुरक्षा, रिजर्व फोर्स, इलाका प्रहरी कार्यालयसम्म जनशक्तिअनुसार स्टेन्ट बाई, पिकेट, साइकल गस्ती, मोबाइल गस्तीसमेत परिचालन गरिने बिष्टले बताए ।

सुरक्षा योजनाअन्तर्गत क्युआरटी, जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट सादा पोशाकमा पनि छुट्टै टोली परिचालन, भारतबाट फर्किने तथा विभिन्न गन्तव्यमा जाने यात्रुको सहजीकरणका लागि सीमा नाकासहित १० ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरिने उनले बताए ।

उनकाअनुसार भारतबाट फर्किने यात्रुको सहजताका लागि त्रिनगर सीमा नाकासहितका सीमा क्षेत्रका पाँच स्थानमा पनि चेक प्वाइन्ट सञ्चालन गरिनेछ ।

मेला पर्व, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, मोबाइल पसल लक्षित गरेर गस्ती पेट्रोलिङ्क बढाइने पनि प्रहरीले जनाएको छ ।

जुवातास, मदिरा तथा लागुऔषध नियन्त्रणका लागि छुट्टै समूह बनाएर परिचालन गर्ने, बजार अनुगमनमा जिल्ला प्रशासनलाई सघाउन छुट्टै समूह र राजमार्ग क्षेत्रमा हुने भीभीआईपी र भीआईपीको स्कटिङ्क गर्न पनि छुट्टै टोली बनाइएको प्रहरी उपरीक्षक बिष्टले जानकारी दिए ।

दशैं, तिहार र छठ पर्वमा अपुग हुने जनशक्ति प्रदेश प्रहरी कार्यालयबाट माग गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



from Online Khabar https://ift.tt/CqpkHWF

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

‍११ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ २३ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २० पैसा र बिक्रीदर ९९ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ४० पैसा र चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा कायम छ ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० खरिददर १० रुपैयाँ

०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३ रुपैयाँ २४ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९७ पैसा र बिक्रीदर २० रुपैयाँ ०६ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २४ पैसा कायम छ ।

आजका लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५९ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ८६ पैसा कायम भएको छ।

खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।



from Online Khabar https://ift.tt/Zrw9nQv

Wednesday, September 25, 2024

सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन

१० असोज, काठमाडौं । नेपाल प्रहरीले कार्यालयमा सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै प्रहरीले सार्वजनिक सूचना निकालेर सात दिनभित्र उपस्थित हुन भनेको हो ।

उपस्थित हुँदा गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

गैरहाजिर भएकाहरुमा तीन जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हबल्दार र १९ जना प्रहरी जवानका छन् ।

हेर्नुहोस् सूचना–



from Online Khabar https://ift.tt/byC3h04

काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस खेलाडी

१० असोज, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ का लागि काठमाडौं स्पाइकर्सले टर्किस खेलाडी पेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

बायाँ हाते अपोजिट हिटर पेलिन एरोक्टे आफ्नो शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमताका लागि परिचित रहेकोले उनको आगमनले टिम बलियो हुने काठमाडौं स्पाइकर्सको विश्वास छ ।

पेलिनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी छिन् । उनले युरोपियन यू १६ च्याम्पियनसिप, यूरोपियन यू १७ च्याम्पियनसिप र विश्व यू १९ च्याम्पियनसिप जस्ता प्रतिष्ठित टुर्नामेन्टहरूमा टर्कीको उमेर समूहबाट खेलिसकेकी छन् । यस्तै उनले सन् २०२२ मा यू १८, यू १९ र यू २१ मा युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिइन् ।

पेलिनसँग क्लबस्तरमा टर्किस काडिनलार भलिबल लिग, टर्की कप, टर्की काडिनलार वन लिगी र टर्की कादिनलर भलिबल टु लिगी कपमा भाग लिएको अनुभव छ ।

राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले बीभीए यू १६ मा मोस्ट भ्यालुएबल प्लेयर, बीभीए यू १७ मा बेस्ट सर्भर र युरोपियन यू १७ च्याम्पियनसिपमा बेस्ट अपोजिट सहितका व्यक्तिगत अवार्डहरू पनि प्राप्त गरेकी छिन् ।

व्यक्तिगत र टिमको सदस्यको रूपमा प्राप्त उपलब्धिहरूको प्रभावशाली रेकर्डले उनमा भएको प्रतिभा र टर्की तथा अन्तर्राष्ट्रिय भलिबलमा उनको उज्ज्वल भविष्यलाई समेत संकेत गर्छ । २० वर्षीया पेलिनको उचाइ १९० सेन्टिमिटर छ ।

काठमाडौं स्पाइकर्सका सीओओ सुदिक्षा अधिकारीले बलियो र सन्तुलित टिम निर्माण गर्ने लक्ष्यसहित विदेशी खेलाडीहरुलाई भित्र्याएको र पेलिनको अनुबन्धले टिम बलियो भएको बताइन् । उनको अन्तर्राष्ट्रिय अनुभवले लिगमा काठमाडौं स्पाइकर्सलाई फाइदा पुग्ने अधिकारीको विश्वास छ ।

इडब्लुभिएलमा काठमाडौं स्पाइकर्समा अनुबन्ध भएपछि पेलिनले नेपालमा आएर खेल्न उत्सहित रहेको बताइन् । ‘यस्तो गतिशील र महत्वाकांक्षी टिमको हिस्सा हुन पाउँदा मैले सम्मानित महसुस गरेकी छु । भलिबल मेरो लागि खेल मात्र नभई प्रेम पनि हो,’ उनले भनिन्, ‘आफ्नो अनुभव नेपाल ल्याएर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाका लागि मद्दत गर्न म तयार छु । मैले एभरेष्ट महिला भलिबल लिगको भावनाको बारेमा पनि धेरै सुनेको छु र म आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु ।’

इन्फिनिटी ड्रिम्सको आयोजनामा यही असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने पहिलो संस्करणको इडब्लुभिएलमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्सले उद्घाटन खेलमा ललितपुर क्विन्ससँग खेल्दै लिगको यात्रा सुरु गर्नेछ ।



from Online Khabar https://ift.tt/9kF3DiW

नेपालमा भन्दा अष्ट्रेलियामा दशैं एक दिन ढिलो किन भयो ?

१० असोज, काठमाडौं । अष्ट्रेलियामा दशैंको टीका नेपालमाभन्दा एकदिन पछि परेको छ । नेपालमा यही असोज २६ गते (१२ अक्टुबर) दशैंको टीका परेको छ भने अष्ट्रेलियामा २७ गते (१३ अक्टुबर) मा टीका रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्यसचिव आचार्य लक्ष्मण पन्थीले अनलाइनखबरसँग भने, ‘अष्ट्रेलियामा विजया दशमी पर्वको दशमी तिथि उदयकालीन असोज २७ गते भएकाले २७ गते नै टीकाजमरा ग्रहण गर्नुपर्छ ।’

दशैंमात्र नभई तिहारको लक्ष्मी पूजा पनि नेपालमा भन्दा अष्ट्रेलियामा एक दिन पछि रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ । नेपालमा लक्ष्मीपूजा कात्तिक १५ गते अर्थात् अक्टुबर ३१ तारिकमा छ भने अष्ट्रेलियामा कात्तिक १६ गते अर्थात् नोभेम्बर १ तारिकमा छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अमेरिका, अष्ट्रेलिया लगायत देशका पञ्चाङ्ग (पात्रो) र दशैंको टीकाको साइत सार्वजनिक गर्दै आएको छ । यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक हुन भने बाँकी छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य समेत रहेका आचार्यका अनुसार कुन देशमा दशैंको टीकाको साइत कति बजे पर्छ भनेर शुक्रबार सार्वजनिक गरिने छ ।

पन्थीका अनुसार अष्ट्रेलियाको राजधानी क्यानबेरा, मेलबर्न, सिड्नी, एडिलेड, पर्थ, तास्मानिया सहित अमेरिका, भारत लगायतका विभिन्न शहरका लागि पनि छुट्टाछुट्टै साइत सार्वजनिक हुनेछ ।

नेपालमा भने यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

गत वर्ष अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अमेरिका र क्यानडामा नेपालमा भन्दा एक दिन अघि दशैंको टीकाको साइत सार्वजनिक गरेपछि खगोलविद् तथा सिद्धान्तज्योतिषी बीच विवाद भएको थियो ।

सूर्योदयकालीन समयको आधार

तिथि र टीकाको साइत तोक्दा स्थान विशेषको सूर्योदयको समयलाई समेत आधार मानिन्छ । अहिले अष्ट्रेलियामा नेपालमा भन्दा एक दिन पछि दशमी तिथि पर्नुमा राजधानी क्यानबेराको सूर्योदय समयको आधारमा भनिएको हो ।

ज्योतिषका जानकारहरुका अनुसार सूर्य र चन्द्रमाले तिथि बनाउँछन् । सूर्य र चन्द्रमा पश्चिमबाट पूर्वतर्फ गइरहेका हुन्छन् भने पृथ्वीमा रहेकाहरू पश्चिमबाट पूर्व गइरहन्छन् । यसले गर्दा तीनवटा चिजको गति फरक पर्छ । त्यसकारण नेपालमा रहने र विदेशमा रहनेहरुले भोग्ने तिथि फरक फरक हुन्छ ।

प्रवासमा धर्म, संस्कृति र परम्पराअनुसार धार्मिक गतिविधिमा सहजीकरण गर्दै आएको नेपाली हिन्दु समाज अष्ट्रेलियाका पण्डित प्रकाश ढोडारी चाडपर्वको तिथिमिति धार्मिक र ज्योतिषीय निर्णय अनुसार हुने बताउँछन् । 

साइत निकाल्दा सबैभन्दा बढी महत्त्व लग्नको हुन्छ । लग्नले ग्रह सबैभन्दा बलियो भएको क्षणलाई बुझाउँछ ।

‘नेपाल र अष्ट्रेलियाको समय करिब सवा चार घण्टाको फरक परेता पनि यस प्रकारका पर्वहरू तिथिका आधारमा मनाउनुपर्ने हुँदा यस वर्ष अष्ट्रेलियामा असोज २७ गते अर्थात अक्टोबर १३ गते आइतबार मात्र उदयकालीन दशमी तिथि परेकोले सोही दिन दशैंको टिका लगाउनुपर्ने भएको हो’ पण्डित ढोडारीले भने ।

धर्मशास्त्रमा उल्लेख भएअनुरुप नक्षत्र विजया दशमीको कारक नभएको र तिथिपरक आधारले नेपालमा विजया दशमी आश्विन २६ गते र अष्ट्रेलियामा २७ गते मनाउने निर्णय भएको उनको तर्क छ ।  

सदस्य सचिव पन्थीले अनलाइनखबरसँग भने, ‘अष्ट्रेलियामा १३ अक्टुबर (असोज २७ गते) को दिन ६ बजेर २४ मिनेटमा सूर्योदय हुन्छ । सूर्योदयपछि ९ बजेर ३३ मिनेट ७ घडी ५१ पलासम्म दशमी तिथि छ । दशैंको टीका दशमी तिथिकै दिन ग्रहण गर्नुपर्ने भएकाले नेपालमा भन्दा एक दिन ढिलो भएको हो ।’

उनले अगाडि भने, ‘नवमी तिथि चाहिँ सूर्योदयकालीन समयमा लगभग ११ घडी २७ पलामा छ । त्यो भनेको अष्ट्रेलियाको समय अनुसार लगभग ११ बजेर १ मिनेट हुन्छ । सूर्योदयकालीन समयमा नवमी तिथि सुरु भएपछि दशमी तिथि मध्याह्नमा मात्र सुरु हुन्छ ।’

नेपालमा भने २७ गतेको दिन बिहान ४ बजेसम्म दशमी तिथि छ । तर यो सूर्योदयकालभन्दा पछि भएकाले नेपालमा २६ गते नै दशैंको टीका लगाउनुपर्ने सदस्य सचिव पन्थीले बताए ।

उनका अनुसार दशैंको टीका ग्रहण गर्ने समय सूर्योदयकालीन समयको आधारमा तय गरिन्छ भने तिहारको टीका ग्रहण गर्ने समय मध्याह्नकालीन समयको आधारमा निश्चित गरिन्छ ।

साइत केहो ? किन आवश्यक छ ?

ज्योतिष विज्ञहरुले आपसमा परामर्श र छलफलपछि साइत निर्धारण गर्छन् । विजया दशमी आफैंमा शुभ दिन मानिन्छ । तर त्यस दिनमा पनि सबैभन्दा उचित पल कुन हो भनेर खोज्नु नै साइत जुराउनु हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार टीकाको साइत शास्त्रीय हिसाबले गणित हेरेर निकालिन्छ ।

साइत निकाल्दा सबैभन्दा बढी महत्त्व लग्नको हुन्छ । लग्नले ग्रह सबैभन्दा बलियो भएको क्षणलाई बुझाउँछ । त्यसैले साइत निकाल्दा नौ वटै ग्रहहरु कुन समयमा कति बलवान् स्थानमा पुग्छन् भन्ने कुरा मापन गरिन्छ । ग्रहहरूको बल नाप्ने पद्धतिलाई नवमांश भनिन्छ।

नवमांशको आधारमा जुन समयमा ग्रह बलवान अवस्थामा पुगेको मानिन्छ त्यसैलाई उत्तम साइत भनिन्छ ।

त्यसो त विजया दशमीको टीका जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लिइन्छ । त्यसैले प्रसाद ग्रहण गर्न साइत हेर्न नपर्ने पनि बताइन्छ ।

तर राजकाज चलाउनेहरुले भने उत्तम साइतमै टीका जमरा ग्रहण गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा. बासुदेवकृष्ण कोइराला बताउँछन् । उत्तम साइतमै दशैंको टीका ग्रहण गरेमा शुभ फल मिल्ने विश्वास गरिन्छ ।

टीका लगाउनका निम्ति व्यावहारिकतालाई पनि हेर्नुपर्ने उनको भनाइ छ । ‘सकेसम्म साइतमै लगाउँदा राम्रो नसके आफ्नो व्यवहारिकता हेरेर पनि टीका लगाउँदा केही फरक पर्दैन,’ डा. कोइराला भन्छन्, ‘काम विशेष घरबाट चाँडै निस्किनुपर्ने छ भने साइतको अघि वा पछि पनि टीका लगाउँदा केही फरक पर्दैन । किनकि यो त शक्तिस्वरुपा देवी भगवतीको प्रसाद हो ।’

हेर्नुहोस् नेपालमा तय भएको दशैंको साइत-



from Online Khabar https://ift.tt/k3znNEi

Tuesday, September 24, 2024

क्यानडाले सन् २०२५ मा थप १० प्रतिशत विद्यार्थी भिसा कटौती गर्ने

९ असोज, काठमाडौं । अध्ययनका लागि क्यानडा जान खोज्ने नेपाली विद्यार्थीहरुका लागि बेखुसीको खबर छ । किनकि क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।

क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो । त्यसअनुसार यस वर्ष क्यानडा सरकारले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेको थियो ।

मंगलबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०२५ मा थप १० प्रतिशतले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा कटौती गरिने जानकारी दिएका हुन् । उनले सामाजिक सन्जाल एक्स (साविकको ट्वीटर)मा लेखेका छन्, ‘हामीले यस वर्ष ३५ प्रतिशत कम अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा जारी गर्दछौं र अर्को वर्ष त्यो संख्या थप १० प्रतिशतले घट्दैछ ।’

उनले आप्रवासी क्यानडाको अर्थतन्त्रका लागि फाइदाजनक भए पनि खराब व्यक्तिहरुले प्रणालीको दुरुपयोग गर्दै विद्यार्थीको रुपमा फाइदा लिने गरेकाले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसामा थप कटौती गर्न लागिएको स्पष्ट पारेका छन् ।

क्यानडाले सन् २०२४ का लागि करिब ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मात्र स्टुडेन्ट भिसा जारी गर्ने निर्णय गरेको थियो । क्यानडामा सन् २०२२ मा ८ लाख अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएका थिए । यो संख्या २०२३ को अन्त्यसम्ममा ९ लाख पुगेको थियो ।

विदेशी विद्यार्थीको संख्या उल्लेख्य बढ्दा क्यानडामा आवास, यातायात, रोजगारी लगायतका सेवाहरूमा समस्या देखिएका छन् । त्यसैले क्यानडा सरकारले नीतिगत परिवर्तन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थी भिसा कटौती गर्ने क्यानडा सरकारको निर्णयले नेपाली विद्यार्थी समेत प्रभावित हुनेछन् । तर क्यानडा सरकारको यो निर्णयबाट केवल स्नातक तहमा अध्ययन गर्न क्यानडा जान चाहने विद्यार्थीहरु प्रभावित हुने बताइन्छ । तर स्नातकोत्तर र विद्यावारिधी गर्न चाहने विद्यार्थीका लागि भने सीमा लागु नहुने जानकारहरु बताउँछन् ।



from Online Khabar https://ift.tt/AGmJCL5

पाँचबुँदे घोषणापत्र जारी गर्दै जलवायु अनुकूलन राष्ट्रिय सम्मेलन सम्पन्न

९ असोज, महोत्तरी । महोत्तरीको बर्दिवासमा आयोजित स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन छैटौं राष्ट्रिय सम्मेलन पाँचबुँदे घोषणापत्र र नौ बुँदे अपिल जारी गर्दै मङ्गलबार साँझ सम्पन्न भएको छ ।

विश्वव्यापी जलवायु परिवर्तनका कारण जोखिममा परेका समुदायको अधिकार र आवश्यकतामा आधारित समतामूलक नीति र कार्यका लागि सम्मेलनले जलवायु न्यायको वकालत गरेको छ ।

जारी घोषणापत्रमा मुलुकका सबै भूभागमा जलवायु परिवर्तनको असरले बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ । सम्मेलनले कार्बन उत्सर्जन न्यूनीकरणको लक्ष्य प्राप्त गर्न जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राख्न जोड दिएको छ ।

जलवायु परिवर्तनको असरले सबैभन्दा बढी जोखिममा परेका व्यक्ति र समुदायको जीवन र जीविकोपार्जनको सुरक्षा गर्न अहिलेसम्मका प्रयत्न अपर्याप्त रहेको ठहर गर्दै सम्मेलनले यस दिशामा राज्यका निकायको विशेष पहलकदमीको माग गरेको छ ।

यसैगरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धीअन्तर्गत अनुकूलनका लागि भइरहेका प्रयत्न र वार्ताहरु महत्वपूर्ण हुने सम्मेलनको ठहर छ ।

जलवायु अनुकूलन सिकाइ अभ्यास गरिरहेका किसान समूहहरु, यस क्षेत्रमा कार्यरत सामाजिक सङ्घसंस्थाहरु र स्थानीय तहका जनप्रतिनिधि सम्मिलित सम्मेलनको मङ्गलबार बिहान मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उदघाटन गरेका थिए । मुख्यमन्त्री सिंहले जलवायु अनुकूलनको अभ्यासलाई जीवन पद्धतिसँग जोड्न अपरिहार्य भएकामा जोड दिएका थिए ।

सम्मेलनले मुलुकमा जलवायु अनुकूलन कार्यक्रमको विस्तारका लागि यससम्बन्धी अभ्यास मानिस केन्द्रित र जलवायु न्यायको सिद्धान्तका आधारमा अवलम्बन गर्न सम्बद्ध सबैपक्षलाई आग्रह गर्दै नौबुँदे अपिल जारी गरेको छ ।

जसमा जलवायु सङ्कटभित्र गरिबी र असमानतासम्बन्धी चुनौती समाधान गर्न अनुकूलन कार्यक्रम हस्तक्षेपकारी हुनुपर्ने उल्लेख छ । खासगरी यससम्बन्धी नीति आधारभूत तहका जनतालाई हेरेर बनाइन सम्बद्धपक्षको ध्यानाकर्षण गराइएको छ ।

सम्मेलनका सहभागीले जलवायु अनुकूलन कार्यक्रमको प्रभावकारिताका लागि चुरे संरक्षणका स्पष्ट खाकासहितको मार्गचित्र आवश्यक रहेको सुझाएका छन् ।

सम्मेलनमा जलवायु अनुकूलनसँग जोडिएका गरिबी र असमानतालाई सम्बोधन गर्न अनुकूलन क्रियाकलापको प्रभावकारिता, अनुकूलन क्रियाकलापलाई बढावा दिन नीतिगत वातावरण निर्माण र स्थानीय अनुकूलन क्रियाकलापको विश्वव्यापी लक्ष्यसँग सम्बन्धबारे छुट्टाछुट्टै कार्यपत्रमाथि सघन छलफल गरिएको थियो ।

सत्रमा अध्येता तथा विज्ञहरु जगदीश भट्ट, सुमन चापागाईं र सोहनलाल श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि जलवायु विज्ञ अजय दीक्षित र प्रवीणमान सिंहसहितले टिप्पणी गर्दै थप सुझाव दिएका थिए ।

सम्मेलन जलवायु परिवर्तनका असर र अनुकूलनका प्रयत्नबारे बुझ्न निकै सहयोगी भएको धनुषाको मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकीले बताइन् ।

सम्मेलन जलवायु अनुकूलन अभ्यास र वातावरण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका १४ सामाजिक सङ्घसंस्थाले संयुक्त रुपमा आयोजना गरेका थिए ।



from Online Khabar https://ift.tt/6NrP8Au

झापामा घुससहित पक्राउ परे वडाध्यक्ष

९ असोज, काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्ली प्रसाद ओलीले घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेका हुन् ।

ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानसमेत पक्राउ परेका सहायक प्रवक्ता थपलियाले बताए ।

घुस लेनदेनको सूचना टेलिफोनमार्फत् पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट टोली खटिएको थियो । दुवैजनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।



from Online Khabar https://ift.tt/JeEjgRf

Monday, September 23, 2024

धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति

८ असोज, म्याग्दी । यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् ।

विश्वको सातौं अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट रु १६ लाख ८९ हजार ३० सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।

गत वसन्त याममा तीन समूहका २२ पुरुष र आठ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । सोबापत रु ७१ लाख ७० हजार सात सय ५० शुल्क सङ्कलन भएको विभागले जनाएको छ ।

आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहनुभएका धवलागिरि गाउँपालिका-४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए ।

पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन् । उनीहरुबाट रु चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ आरोहण शुल्क प्राप्त भएको छ ।

शरदमा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।

शरद् याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका तीन सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरि हो ।

पुथा हिमचुली नौ जना, अन्नपूर्ण चौथो पाँच, थाकर गो इस्ट चार, पुङ्गी पाँच, कुम्भकर्ण छ, अरनीको चुली तीन, अपी छ र मकालु पहिलो आरोहण गर्न दुई जनाले अनुमति लिएका छन् ।

शरदयाममा नेपालका हिमाल आरोहणका लागि सबैभन्दा बढी चीनका ६१ जनाले अनुमति लिएका विभागले जनाएको छ ।

गत वसन्तयाममा नेपालका ३० वटा हिमाल आरोहणका लागि एक हजार दुई जनाले अनुमति लिएका थिए । उनीहरुले ६८ करोड ९९ लाख ७५ हजार तीन सय ११ आरोहण शुल्क तिरेको विभागको वेबसाइटमा उल्लेख छ ।



from Online Khabar https://ift.tt/Nb8CpE9

मिथिला क्षेत्रमा आजदेखि निर्जल उपवास सुरु   

८ असोज, जलेश्वर (महोत्तरी) । मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने ‘जितिया पर्व’ महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै सोमबारदेखि यो पर्व सुरु भएको हो ।

धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि बुधबार साँझ ५ बजेसम्म बर्तालुहरु अन्नपानी नखाएर उपवास बस्ने गर्दछन् ।

श्री जानकी भित्ते पात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा सोमबार ‘ओगठन’ (दरखाने), आज जितिया व्रत र भोलि साँझ ५ बजे व्रत पारण (समापन) विधि गरिन्छ ।

तिथिअनुसार यस वर्ष सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत नहा खा विधि सम्पन्न भई आज भोलि दिनभरि उपवास बसेर बुधबार साँझ व्रत समापन गरिने परम्परा रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले जानकारी दिए ।

व्रत बस्नुअघि सोमबार महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्यपदार्थ) र पिना प्रसादका रुपमा चढाएर परिवारका सबै सदस्यलाई खुवाएर आफूले खाएका उनले बताए ।

सयौं बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवरमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने प्रचलन रहेको पण्डित पाठकले जानकारी दिए।

व्रतको पहिलो दिन सोमबार पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ (कोदो) भनिन्छ ।

आज बिहानै काग कराउनुअघि पहिल्यै व्रती (बर्तालु) महिला ओगठन सम्पन्न गर्नुपर्ने हुन्छ । ओँगठनपछि उपवासको क्रम सुरु हुने भन्दै यसलाई पर्वको मुख्य अंश र मुख्य जितिया भन्ने गरिएको पण्डित पाठकले बताए ।

आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्व रहेको जलेश्वर नगरपालिका–८ का पण्डित बद्रीनारायण झाले बताए ।

सन्तानको दीर्घ जीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले बताए । ‘यसले मिथिलाका महिलाको सांस्कृतिक भूमिका, महत्व र आस्था उजागर गर्छ’, उनले भने ।

उनका अनुसार पितृ पक्षमा मनाइने यो पर्वमा महिलाले दिवङ्गत पितृको सम्झनामा पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र मानिने उनको भनाइ छ ।

‘राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै जनालाई दैत्यबाट फिर्ता ल्याइदिएको जनविश्वाससहित महिलाले शालिवहानलाई ‘जितुमाहन’ नामकरणगरी राजाको सम्झनामा उपवास बस्न थालेका पौराणिक कथन रहेको छ’, प्राध्यापक रायले भने ।



from Online Khabar https://ift.tt/d2pSaUj

Sunday, September 22, 2024

प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा आधा घन्टा भेटवार्ता

७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा आधा घन्टा भेट भएको छ ।

प्रधानमन्त्री स्रोतका अनुसार ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो ।

भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन् । उनले भेट फलदायी भएको उल्लेख गरेका छन् ।

भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र दुवै देशका परराष्ट्र सचिवहरु सेवा लम्साल र विक्रम मिश्री पनि सहभागी थिए ।

परराष्ट्रका प्रवक्ता अमृत राई र न्युयोर्कस्थित राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा पनि सहभागी थिए ।

भेटमा दुई देशका बीचमा देखिएका कतिपय अष्पष्टताहरुलाई कुटनीतिक संयन्त्र बनाएर समाधान गर्ने सहमति भएको छ । यसअघि नै बनेको इपिजी नै सक्रिय गराउने वा नयाँ संयन्त्र बनाउने भन्नेबारे स्पष्ट हुन सकेको छैन ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले अनलाइनखबरसँग कुरा गर्दै दुवै देशका प्रधानमन्त्रीबीच राम्रो भेटवार्ता भएको बताए ।

ओली चाैथोपल्ट प्रधानमन्त्री बनेपछि भारतीय समकक्षी मोदीसँग यो पहिलो भेटवार्ता हो ।

प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बे, कतारका राजकुमार शेख सबाह लगायतसँग पनि साइडलाइन भेटवार्ता गरेका छन् ।



from Online Khabar https://ift.tt/TAchBdt

नेपालको लगातार तेस्रो हार

७ असोज, काठमाडौं – क्यानडाले आईसीसी विश्वकप लिग-२ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएकोछ ।१८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए । परगत सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रन बनाए ।

दोस्रो विकेटलाई परगन र नवनीतले १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरे । नेपालका सन्दीप लामिछाने २, करण केसी, गुलशन झा र ललित राजवंशीले १-१ विकेट लिए ।

त्यसअघि किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १८१ रनमा अल आउट भएको थियो ।

सन्दीप लामिछानेले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाएका थिए । गुलशन झाले ५६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । एक समय २७।१ ओभरमा ८७-७ को अवस्थामा पुगेको नेपाललाई सन्दीप र सोमपालले आठौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।

करण केसीले २८ बलमा २ चौका र १ छक्कासहित २४, अर्जुन साउद १०, आसिफ शेख २, भीम सार्की र रोहित पौडेल ४(-४ रनमा आउट भए । आरिफ शेख १०, अनिल साह १ र सोमपाल कामी २१ रनमा आउट भए ।

क्यानडाका कलिम सानाले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । हर्ष थाकेर २, डिलोन हेलिगर, प्रवीन कुमार र साद बिन जाफरले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३ र दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो । नेपालले अव अन्तिम खेल मंगलबार ओमानसँग खेल्नेछ ।

नेपाल ७ खेलमा १ मा जितसहित २ अंकका साथ सातौं स्थानमाछ । क्यानडा ११ खेलमा ७ मा जित र ४ मा हारसहित १४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ ।

 



from Online Khabar https://ift.tt/xSU6Avi

नेपालले क्यानडालाई दियो १८२ रनको लक्ष्य

६ असोज, काठमाडौं – नेपालले आईसीसी विश्वकप लिग -२ मा घरेलु टोली क्यानडालाई १८२ रनको लक्ष्य दिएकोछ । किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १८१ रनमा अल आउट भयो ।

नेपालका सन्दीप लामिछानेले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाए । उनी हर्ष ठाकेरको बलमा क्याच आउट भएपछि करिअरको पहिलो अर्धशतक बनाउन चुकेका थिए ।

गुलशन झाले ५६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । एक समय २७.१ ओभरमा ८७-७ को अवस्थामा पुगेको नेपाललाई सन्दीप र सोमपालले आठौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।

करण केसीले २८ बलमा २ चौका र १ छक्कासहित २४, अर्जुन साउद १०, आसिफ शेख २, भीम सार्की र रोहित पौडेल ४-४ रनमा आउट भए । आरिफ शेख १०, अनिल साह १ र सोमपाल कामी २१ रनमा आउट भए ।

क्यानडाका कलिम सानाले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । हर्ष थाकेर २, डिलोन हेलिगर, प्रवीन कुमार र साद बिन जाफरले १-१ विकेट लिए ।

 

 



from Online Khabar https://ift.tt/bJZFSWz

Saturday, September 21, 2024

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् ।

उनले शनिबार साँझ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । स्थानीय समय अनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज साइडलाइन भेटवार्ता गर्ने तयारी गरेका छन् । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

राष्ट्रसंघको महासभा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अमेरिका प्रस्थान गरेका थिए ।

उनी कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९ः४५ बजे न्यूयोर्क पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डिसीस्थित नेपाली दूतावासका कार्यावाहक राजदूत कुमारराज खरेल, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत चक्र सुवेदी लगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली १४ गते स्वदेश फर्किनेछन् ।



from Online Khabar https://ift.tt/wSUszAO

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७८ पैसा र बिक्री दर ९१ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २९ पैसा र बिक्री दर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ २१ पैसा र बिक्री दर १०३ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ २४ पैसा र बिक्री दर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ०४ पैसा र बिक्री दर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ७३ पैसा र बिक्री दर ३१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।

साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ९६ पैसा र बिक्री दर २० रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ १२ पैसा र बिक्री दर १७ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपैयाँ २० पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५४ रुपैयाँ ०१ पैसा र बिक्री दर तीन सय ५५ रुपैयाँ ६१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



from Online Khabar https://ift.tt/pWsUXag

Motorola का छप्पर फाड़ ऑफर, सेल वाले दाम पर अभी से ऑर्डर कर सकते हैं ये 2 फोन

Flipkart big billion days sale Offer: मोटोरोला कुछ ऐसे फोन को लिस्ट किया है, जिन्हें फ्लिपकार्ट बिग बिलियन डेज़ सेल 2024 में सस्ते में खरीदा जा सकता है. जानिए टॉप 2 डील के बारे में.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/kAd0Sow

Friday, September 20, 2024

अल्जाइमर्समा परिवारको भूमिका कस्तो हुनुपर्छ ?

आज २१ सेप्टेम्बर, ‘टाइम टु एक्ट डिमेन्सिया’ भन्ने नाराका साथ विश्व अल्जाइमर्स डे मनाइँदैछ । अल्जाइमर्स अर्थात् बिर्सने रोग । विश्वभर मानिसको औसत आयु बढेसँगै यो रोगबाट प्रभावितको संख्या पनि बढ्दै गएको छ ।

विश्व अल्जाइमर्स एसोसिएसनका अनुसार अहिले विश्वमा ५ करोड ५५ लाख मानिस यो रोगबाट पीडित छन् । नेपालमा यसको यकिन तथ्यांक छैन । तर अस्पतालमा जँचाउन पुग्ने ६५ वर्षभन्दा माथिका व्यक्तिमध्ये १० प्रतिशतमा बिर्सने समस्या देखिएको छ । अर्थात् नेपालमा पनि यो रोगको समस्या बढिरहेको छ ।

लक्षण के के हुन्छन् ?

बुवाआमा तथा आफन्तले बुढ्यौलीतिर ढल्किंदै जाँदा बिस्तारै पुराना कुरा भुल्ने गरेको हामी सबैले देख्दै–भोग्दै आएका छौं । ‘यो सबै उमेरका कारणले त हो नि’ भनेर बेवास्ता गर्ने गरिन्छ । तर बेवास्ताभन्दा पनि समयमा पहिचान गरेर राम्रो हेरचाह आवश्यक हुन्छ ।

यो रोग लागेका मानिसमा आफूलाई रोग लागेको थाहा हुँदैन । रोगको पहिचान नै परिवारजन, छिमेकी, साथीभाइले गर्ने गर्छन् । बिरामीले सुरुमा हालका कुरा बिर्सने, तर पुराना कुरा सम्झिने हुन्छ । व्यवहार र सामाजिक शैलीमा परिवर्तन आउँछ । त्यसपछि बिस्तारै धारा खुला छाड्ने, शौचालय फ्लस गर्न बिर्सने, पूजापाठ गर्न अप्ठेरो हुने, खाना पकाउने तरिकामा परिवर्तन हुने हुन्छ । समस्या बढ्दै गएपछि आफन्त बिर्सने, सामान किन्न जाँदा अलमलिने, आत्मविश्वास घट्दै जाने हुन्छ । कहिलेकाहीं एकछिनअघि खाना खाएको समेत बिर्सने हुन्छ ।

यो रोगले तत्काल ज्यानको जोखिम हुँदैन । तर लामो समय ओछ्यानमा रहने, शारीरिक क्रियाकलाप तथा हिंडडुल कम गर्ने जस्ता कारणले निमोनिया तथा संक्रमणको जोखिम बढी हुने, खाना सर्कने जस्ता कारणले मृत्युको जोखिम बढ्दै जान्छ । तर प्रत्यक्ष रुपमा यसकै कारण मृत्यु हुँदैन ।

अल्जाइमर्सको कारण

अल्जाइमर्सका बारेमा नागरिक सचेतना निकै न्यून छ । प्राय: यसलाई मानसिक समस्याका रुपमा चित्रित गर्ने गरिन्छ । तर यो मानसिक नभई मस्तिष्कमा लाग्ने रोग हो । प्रोटिन शरीरका लागि अन्त्यन्त आवश्यक हुन्छ । तर नचाहिने प्रोटिनहरु मस्तिष्कको नसामा जम्मा भएको अवस्थामा यसका कोषिकाहरुले नै काम गर्न सक्दैनन् । यसरी मष्तिस्कमा केही न केही खराबी भएका कारण अल्जाइमर्स रोग लाग्छ ।

तर यसको यकिन कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । ६५ वर्षभन्दा कम उमेरका व्यक्तिमा अल्जाइमर्स देखिनु वंशाणुगत कारण मानिन्छ, जसलाई ‘अर्ली अन-सेट अल्जाइमर्स’ भनिन्छ । तर प्राय: ६५ वर्षभन्दा बढी उमेरका मानिस यो रोगको जोखिम समूहमा पर्छन् । साथै जीवनशैली राम्रो छैन, स्वस्थकर खाना छैन, नियमित शारीरिक अभ्यास छैन भने अल्जाइमर्स हुने जोखिम बढ्छ । वातावरणीय हिसाबले पनि अल्जाइमर्स हुने प्रवृत्ति घटबढ हुनसक्छ ।

परिवारको भूमिका के ?

अल्जाइमर्समा सबैभन्दा ठूलो भूमिका नै परिवारको हुन्छ । बिरामीलाई चौबीसै घण्टा निगरानी गर्नुपर्ने हुनसक्छ । दिसापिसाबमा समस्या आउन सक्छ । परिवारले राम्रो हेरविचार गर्‍यो भने बिरामीलाई पनि सहज हुन्छ । तर रिस देखायो, बिरामीकै गल्ती देखाइयो, बिरामीमा चिडचिडाहटको स्थिति सिर्जना गरियो भने रोग अझ बढ्दै जाने हुन्छ । कहिलेकाहीं बाटो नै बिर्सने भएकाले यस्ता बिरामीलाई एक्लै घरबाट बाहिर जान दिनुहुन्न ।

नेपाली समाजमा वृद्ध उमेरका व्यक्तिका लागि खासै धेरै गतिविधि गरिंदैनन् । तर सानातिना काममा व्यस्त बनाइराख्ने, सामाजिक अन्तरक्रिया बढाउने हो भने सुरुवाती अवस्थाका बिरामीलाई केही हदसम्म समस्या कम हुनसक्छ ।

नियमित शारीरिक अभ्यास, योगा, राम्रो जीवनशैली र खानपान भयो भने केही रोकथाम गर्न सकिन्छ । रोग बढ्न नदिन औषधि पनि चलाउने गरिन्छ । तर महत्वपूर्ण कुरा भनेको जीवनशैलीमा सुधार तथा सचेतना नै हो ।

सरकारले सम्बोधन नगरेको अल्जाइमर्स

६५ वर्षभन्दा माथिका उमेर समूह बढी जोखिममा पर्ने गरेका र समस्या दिनहुँ बढ्दै गए पनि यो रोगलाई सरकारले नीतिगत रुपमा केही सम्बोधन गरेको छैन । कुनै अध्ययन, अनुसन्धान पनि भएका छैनन् । तर हामीले आफ्नो तहबाट प्रयास गरिरहेका छौं । अध्ययन गर्न पनि विदेशकै पद्धतिमा भर पर्नुपर्ने अवस्था छ ।

हामीले अहिले युनिभर्सिटी अफ मिसिगनसँग मिलेर अध्ययनका लागि आफ्नै पद्धति विकास गर्ने प्रयास गरिरहेका छौं । किनभने बिर्सने रोग लाग्नेबित्तिकै अल्जाइमर्स भन्न मिल्दैन, त्यसका लागि परीक्षण गर्नुपर्छ । त्यसका लागि नेपालमै मिल्दोजुल्दो अध्ययन पद्धतिको विकास गरिरहेका छौं ।



from Online Khabar https://ift.tt/ge7hmOb

अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो, यस्तो छ अन्यको मूल्य

५ असोज, काठमाडौँ । शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । शुक्रबार यसको मूल्य एकको खरिददर १३३ रुपैयाँ ६० पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा कायम भएको थियो ।

यस्तै, युरोपियन यूरोको आजको मूल्य एकको खरिदर १४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा कामय भएको छ भने शुक्रबार यसको एकको खरिददर १४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७४ पैसा निर्धारण भएको थियो ।

केन्द्रीय बैङ्ककानुसार शुक्रबार युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३९ पैसा कामय भएकामा आज एकको खरिदर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ १२ पैसा कायम भएको छ ।

यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २१ र बिक्रीदर १०३ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा कायम छ ।

राष्ट्र बैङ्ककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०४ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।    ्

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०५ पैसा छ ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १२ पैसा र बिक्रीदर १७ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ २० पैसा र बिक्रीदर ४३९ रुपैयाँ १७ पैसा छभने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

राष्ट्र बैङ्कले यस विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दरभने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।



from Online Khabar https://ift.tt/CLdIDQt

Thursday, September 19, 2024

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, यस्तो छ भ्रमण तालिका

४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् ।

संयुक्त राष्ट्रसंघको महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा छलफल हुने छ ।

प्रधानमन्त्री ओलीले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्ने छन् ।

असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

यसैगरी असोज १० गते उनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य : सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन् ।

साथै समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

अमेरिका भ्रमण क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले असोज ६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गर्ने तयारी पनि गरेका छन् । यद्यपि यसको टुंगो भने लागिसकेको छैन ।

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् ।



from Online Khabar https://ift.tt/SvFalDA

iPhone 16 का इंतजार हुआ खत्म, इस तारीख से आप खरीद सकेंगे फोन

यह पहली बार है जब कंपनी आईफोन प्रो सीरीज को पिछले संस्करण की तुलना में कम कीमत पर बेच रही है, जिसका मुख्य कारण हालिया बजट में आयात शुल्क में कटौती है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/tPRMg2m

Wednesday, September 18, 2024

गुलशनको सानदार अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

३ असोज, काठमाडौं – गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ ।

२२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक रन बटुले । दोस्रो बलमा सकिल अहमदको ब्याटबाट एज लागेर विकेटकिपरकै छेऊबाट चौका गएको थियो । तेस्रो बल सोमपालले डट राखेका थिए । चौथो बलमा एक रन बटुले । त्यसपछि दुई बलमा दुई रन चाहिँएको थियो ।

पाँचौं बलमा कलिमुल्लाहले चौका हान्दै ओमानलाई रोमान्चक जित दिलाए । सकिल १७ र कलिमुल्लाह ६ रनमा नट आउट रहे । ओमानका जतिन्दर सिंहले ४९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए । कश्याप प्रजापतिले ५२ बलमा ४ चौकासहित ३६ रनको योगदान दिए ।

ओमानलाई ओपनर कश्याप प्रजापति र जतिन्दर सिंहले १६.१ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । सन्दीपले जतिन्दरलाई एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।

२० औं ओभरको दोस्रो बलमा आरिफ शेखले आसिफ शेखबाट कश्यापलाई क्याच गराउँदै नेपाललाई खेलमा फर्किने संकेत दिए । कप्तान अकिब इलियास ३३ बलमा ५ चौकासहित २९ रनमा गुलशन झाको बलमा करण केसीबाट क्याच आउट भएपछि ओमान २४.३ ओभरमा ११३-३ को अवस्थामा थियो ।

गुलशन झाको बलमा आयन खान ९ रनमा क्याच आउट भए । तीव्र गतिका बलर करण केसीको ३४ औं ओभरको पहिलो बलमा प्रतिक अथभले २६ रनमा विकेटकिपर अर्जुन साउदबाट क्याच आउट भए । करणले नगरेपनि विकेटकिपरको अपिलमा उनी आउट भएका थिए । करणको अर्को ओभरमा खराब सट खेल्दै खालिद कैल १७ रनमा सोमपालबाट क्याच आउट भए ।

त्यसपछि ओमानको इनिङ शोएब खानले सम्हाल्लेका थिए । गुलशनको बलमा एज लागेर अर्जुन साउदबाट शोएब २६ रनमा क्याच आउट हुँदा ओमान ४१.३ ओभरमा १८९-७ को अवस्थामा थियो । त्यसपछि बलर हुँदा नेपालको जितको सम्भावना ह्वात्वै बढेको थियो ।

जय ओडेरालाई करण केसीबाट क्याच गराउँदै गुलशनले आफ्नो अन्तर्राष्टिय करिअरमा पहिलो पटक पाँच विकेट पूरा गरे । गुलशनले १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिए । करण केसीले १० ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।

 

त्यसअघि किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो ।

कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेलेका थिए । तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । जसक्रममा उनले ४६ औं ओभरमा ओमानका कप्तान अकिब इलियासलाई समान दुई चौका र छक्कासहित २३ रन प्रहार गरेका थिए ।

एक समय १३.१ ओभरमा ३१-३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि रोहित र आरिफ शेखले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट भए । ओपनर अर्जुन साउद ५, भीम सार्की, आरिफ शेख ११-११ तथा अनिल साह ३ रनमा आउट भए ।

सोमपाल कामीले ८ बलमा २ छक्कासहित २० तथा सन्दीप लामिछाने १५ बलमा ११ रन जोडे । ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले २-२ विकेट लिए । सकिल अहमद र शोएब खानले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । नेपालले अव आइतबार क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ ।

नेदरल्यान्ड्स ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमाछ । क्यानडा ९ खेलमा ५ मा जितसहित १० अंकका साथ दोस्रो स्थानमा छ । युएई ४ खेलमा अंक विहीन हुँदै पुछारमा छ । नेपाल ६ खेलमा १ मा जितसहित २ अंकका सात सातौं स्थानमा छ । ८ टोली सहभागी लिग-२ का शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।



from Online Khabar https://ift.tt/rQcj6Ib

गुलशन र रोहितको अर्धशतकमा नेपालले ओमानलाई दियो २२१ रनको लक्ष्य

३ असोज, काठमाडौं – युवा अलराउण्डर गुलशन झा र कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग–२ मा ओमानलाई २२१ रनको लक्ष्य दिएकोछ । किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनायो ।

नेपालका कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको महत्वपूर्ण इनिङ खेले । तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको आक्रामक इनिङ खेले । गुलशनले ४६ औं ओभरमा ओमानका कप्तान अकिब इलियासलाई समान दुई चौका र छक्कासहित २३ रन प्रहार गरेका थिए ।

एक समय १३.१ ओभरमा ३१-३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि रोहित र आरिफ शेखले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट भए । ओपनर अर्जुन साउद ५, भीम सार्की, आरिफ शेख ११-११ तथा अनिल साह ३ रनमा आउट भए ।

सोमपाल कामी ८ बलमा २ छक्कासहित २० रनमा रन आउट भए । सन्दीप लामिछाने १५ बलमा ११ रनमा नट आउट रहे । ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले २-२ विकेट लिए । सकिल अहमद र शोएब खानले १-१ विकेट लिए ।

 

 



from Online Khabar https://ift.tt/2v5Jwsn

Tuesday, September 17, 2024

आज अधिकांश भागमा मौसम सफा रहने  

२ असोज, काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतयामौसम सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हुरीको चल्ने सम्भावना छ ।

यसैगरी आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।



from Online Khabar https://ift.tt/bdE95rs

कैसे काम करता है पेजर, स्मार्टफोन से अलग क्यों, यहां है हर सवाल का जवाब

लेबनान में मंगलवार को एक साथ 1000 से ज्यादा पेजर में धमाका होने से सनसनी फैल गई. आतंकवादी समूह हिजबुल्लाह को निशाना बनाने वाले पेजर्स के सिलसिलेवार विस्फोट में 2500 से अधिक लोग घायल हो गए हैं.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/3L0TuWM

Monday, September 16, 2024

आजदेखि रास्वपाको राष्ट्रिय भेला सुरु हुँदै, प्रथम अधिवेशनको मिति तय गर्ने

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । भेला पौने बिहान ९ बजे घण्ट बजाएर उद्घाटन हुनेछ ।

भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ ।

सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।

यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ ।

भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी हुनेछन् । निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक/उपसंयोजक, प्रदेशको समिति/विभाग, केन्द्रीय समिति/विभाग/ आयोगहरूबाट प्रतिनिधित्व रहनेछ ।

भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने रास्वपाले अपेक्षा राखिएको छ ।

आज पहिलो दिन संगठन विभाग प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ ।

पार्टी सभापति लामिछानेको प्रतिवेदन भने बुधबार पेस हुनेछ ।



from Online Khabar https://ift.tt/WXOq8x7

कैलाली कारागारमा बन्दीको मृत्यु

१ असोज, धनगढी । कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ ।

हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका-४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिएन । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/Pc9FTiD

खराब ब्याटिङसँगै नेपाल क्यानडासँग ओडीआईमा पहिलो पटक पराजित

१ असोज, काठमाडौं – नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो ।

२५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए ।

ओपनर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए । क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २-२ विकेट लिए । सादविन जाफरले १ विकेट लिए ।

त्यसअघि किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । एक समय ४० ओेभरमा १४९-५ को अवस्थामा रहेको क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोड्दै बलियो योगफलमा पुगेको थियो ।

कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेले । नवनीत धालिवालले ९० बलमा ४ चौकासहित ४८, आरोन जोनसन १०, परगत सिंह १७, हर्ष थाकेर २७, डिलोन हेलिगर ३० र साद बिन जाफरले १७ रन बनाए ।

नेपालका सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए । सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १-१ विकेट लिए । नेपालले बुधबार ओमानसँग खेल्नेछ । नेपाल लिग २ मा ५ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । क्यानडा भने ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा पुगेको छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ ।



from Online Khabar https://ift.tt/PIy8lmM

Sunday, September 15, 2024

संवैधानिक परिषद्को बैठक बस्दै

३१ भदौ, काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । २८ भदौको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो ।

आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुने छ ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण आगामी १९ असोजबाट अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदले सिफारिस गर्ने छ ।

संविधानको धारा २८४(३) मा प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, उक्त प्रावधान कार्यान्वयन भने भइरहेको छैन ।

२८ भदौमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि आठ न्यायाधीशको नाम न्याय परिषदले सिफारिस गरेको जानकारी गराएका थिए ।

न्यायपरिषदले वरियताअनुसार प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको नाम न्यायपरिषद्ले संवैधानिक परिषद्समक्ष सिफारिस गरेको छ ।

रोलक्रम नमिचिएमा वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने अहिलेसम्मको परम्परा अनुसार प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बन्ने छन् ।



from Online Khabar https://ift.tt/DibuYjo

डोटीमा बलात्कार मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ

३१ भदौ, धनगढी ।  डोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।

दिपायल सिलगढी नगरपालिका-७ उडीतोला बस्ने ४७ वर्षीय  रामबहादुर खड्कालाई १० वर्षपछि आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खड्कालाई जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी भीमलाल भट्टराईले ३० साउन २०७२ देखि फरार रहेका खड्कालाई दिपायल सिलगढी नगरपालिका-७ सिलगढी-साफे सडकखण्डमा शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा पक्राउ गरिएको बताए ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत डोटीमा पु गरिएको उनले बताए ।



from Online Khabar https://ift.tt/B0ckyDx

Saturday, September 14, 2024

ताप्लेजुङमा भूकम्पको धक्का

३० भदौ, काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ ।

शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको  हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प भएको थियो ।



from Online Khabar https://ift.tt/McIU7L6

दुबली पतली बॉडी वाले फोन पर मिल रही है तगड़ी छूट, लुक देख कर दे बैठेंगे दिल

अगर आप बजट रेंज में कोई बढ़ियां फोन तलाश कर रहे है तो आपके लिए अमेज़न पर दमदार सेल की शुरुआत हो गई है. सेल में ग्राहकों को एक से बढ़ कर एक डिस्काउंट मिल रहा है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/CYqBFbD

यस्तो छ आजको विनिमय दर

३० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ १६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको छ ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ३४ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ९३ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



from Online Khabar https://ift.tt/S27COJP

Friday, September 13, 2024

राकेश रोहितका १० कविता

प्रेम र पर्यावरणलाई आफ्नो काव्य चेतनामा उनेर कवितामा पस्किने खुबीका कारण पछिल्लो छिमलमा पाठक र श्रोताका प्रिय भइरहेका भारतीय कवि राकेश रोहितका १० अनूदित कविता :

१) मैले ऊसँग कुरा गरें

मसँग भन्नलाई केही थिएन

अनि सुन्नलाई न कोही

मैले देखें मेरो आँखामा

एउटा आँसु झुन्डिरहेको थियो

मैले ऊसँग कुरा गरें

ऊ शनैःशनै: बहन थाल्यो।

 

२)  मैले उसलाई भेटें एक दिन

मैले उसलाई भेटें एक दिन

जसलाई कसैले हाँसिरहेको देखेन

एक विश्वप्रसिद्ध पेन्टिङमा उसका

मुस्कुराहटका विम्बहरू छन्

मैले एकदिन उसका बन्द आँखालाई चुमेको थिएँ

त्यो अँध्यारोमा मोती बर्सिने रात थियो।

३) चरा, झरी, सपना रुख

घाममा बसिरहेका चराहरूलाई

झरीको सपना आउँछ

एकदिन सपनामा झरी पर्छ

अनि फर्किन्छन् चराहरू रुखमा !

४) तिम्रो याद जस्तो कलरव

एउटा चरा रुखमा बसेको छ

एउटा याद मेरो मनमा छ

थाहा छैन आवाज कसको आउँछ ?

थाहा छैन यो कलरव कसको हो ?

५) माटोमा लुकेको कविता

तपाईं कहाँ मेरो हृदयले भनेको मान्नुहुन्छ ?

माटोमा लुकेको कविताको रहस्य केवल फूल जान्दछन् !

६) बस्नलायक यो संसार

केही कथाहरूले हामीलाई मान्छे बनायो

केही कविताहरूले उदासीमा थाम्यो हात

संसार यसै भएन बस्ने लायक

युगौंदेखि,

सुन्दर फूलहरूको बिरुवा बचाउँदै आएका छन् केही मानिस ।

७) कठपुतली अनि कहानी

के तपाईंले कहिल्यै कठपुतलीको नाच देख्नुभएको छ ?

चमकदमक अनि रङहरूले सजिएका

मञ्चमा नाँच्ने गर्छन् उनीहरू,

तर उनीहरूको भित्र कुनै कथा हुर्किंदैन ।

उनीहरू, जसको भित्र कुनै कथा हुर्किंदैन

कठपुतली बनिजाने गर्छन् !

८) कविता छ त्यसैले

कविता छ

त्यसैले बाँचिरहेका छन्

केही मान्छे

नत्र उनीहरू रहने थिएनन्,

रहने थिएनन्,

रहने थिएनन् !

९) खुसीको पेन्सिल

एकदिन एउटा बच्चाले मसँग

बडो अबोध प्रश्न गर्‍यो-

‘जुन पेन्सिलले हामी

खुसी लेख्न सक्छौं

त्यसले हामी

दु:ख किन लेख्छौं ?’

१०) दुई शब्द

दुईटा मात्र शब्द छन् संसारमा !

एक जुन तिमी भन्दछौ,

एक जुन म लेख्दछु !!

अनुवाद : बिकेश कविन



from Online Khabar https://ift.tt/wXriLFM

एउटा मानिसले समाजलाई दिने योगदान कति हो ?

नारायणी देवकोटा

पछिल्लो समय ‘हेर्ने कथा’ ले युट्युबमा प्रसारण गरेको हराएका वर्ष नामक श्रव्यदृश्य सामग्रीलाई लिएर नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच चर्को वादविवाद भएको देखियो । यो छलफल वा विवादमा विभिन्न पृष्ठभूमि र पेशागत आवद्धता भएका व्यक्तिहरूको सहभागिता देखियो ।

पेशागत रूपमा पत्रकारिता गरिरहेका व्यक्ति वा समूहहरू सीमान्तकृत समुदायको एक व्यक्तिमाथि श्रव्यदृश्य निर्माण गरेको तथ्यको प्रशंसामा देखिए भने एउटा अर्को वर्ग भने पत्रकारको समाजप्रतिको उत्तरदायित्व केवल सामग्री बनाएर त्यसलाई प्रसारण गर्ने र बेच्नेमा मात्र सीमित हुन्छ कि आफूले उठाएको विषय वा व्यक्तिको समस्याको समाधानको जिम्मा पनि पत्रकारकै हुन्छ भन्ने कोणबाट प्रश्नहरू उठे । अधिकतर विवाद त्यो सामग्रीबाट आर्जन हुने आर्थिक लाभको हिस्सा सामग्रीको केन्द्रमा रहेका प्रकाश तामाङले पनि पाउनुपर्छ वा उनको घर बनाइदिनेसम्मका काम हेर्ने कथा टिमले गर्नुपर्छ भन्ने कुरामा भएको देखियो ।

यो विवादले एकातिर पत्रकारिताको दायरा, सीमा र सीमितता कति हो भन्ने प्रश्न त उठायो नै साथै समाजलाई एउटा व्यक्तिले गर्न सक्ने योगदान कति हो भन्ने बृहत्तर प्रश्नलाई पनि छलफलमा ल्याइदियो । किनभने, पत्रकारिता बाहेक पनि ठ्याक्कै यस्ता प्रकारका विवाद हरेक कार्यक्षेत्रमा लगनशील भएर काम गरिरहेका धेरै व्यक्तिले सामना गर्नु परिरहेको हुन्छ । व्यक्तिगत रूपमा म आफैंले पछिल्लो आठ वर्षदेखि यस्ता विवाद आफ्नो पेशागत काम गर्दा भोगिरहेकी छु । पहिला एनजिओकर्मीको रूपमा काम गर्दा, पछि एक शिक्षकको रूपमा काम गरिरहँदा र कहिलेकाहीं लेखकका रूपमा पनि ।

सरकारले वा सामाजिक कामको जिम्मेवारी लिएका व्यक्तिले समाजलाई हिंड्नुपर्ने बाटोमा हिंडाइरहेको छ कि छैन भन्ने विषयमा नागरिक समाजले काम गर्ने हो

पछिल्लो समय शिक्षकहरूले सामना गरिरहेको सवाल ‘शिक्षकको समाजप्रतिको दायित्व के हो ?’ भन्ने हो । शिक्षकको सबैभन्दा पहिलो दायित्व विश्वविद्यालयले निर्माण गरेको पाठ्यक्रमलाई तोकिएको समयमा तोकिएको ढाँचामा पढाएर सक्ने हो । र, राम्रो विद्यार्थीलाई सकेसम्म शैक्षिक क्षेत्रमा अगाडि बढाउने हो । व्यक्तिको पेशागत दायित्व नै उसको सामाजिक दायित्वमा पर्नुपर्ने हो । तर, पछिल्लो पाँच वर्षमा म कैयौं यस्ता राम्रा विद्यार्थीसँग जोडिएकी छु, जो कक्षा पनि मुस्किलले आउन पाउँछन्, पढ्न पाएको खण्डमा पढाइ पनि राम्रो छ, पढेका विषयमा बुझाइ पनि राम्रो छ, लेखाइ पनि राम्रो छ तर, परीक्षामा उनीहरूको राम्रो नम्बर आउँदैन । कक्षामा नआउँदा छुटेका विषयमा सोध्न उनीहरू प्रायः सार्वजनिक विदाका दिनमा मलाई फोन गर्छन् । कैयौं पटक मलाई झर्को लाग्छ (झर्को लाग्नुको कारण मलाई पनि विदाको दिन आफ्नो परिवारसँग बिताउन मन लाग्छ) । तर फेरि म कैयौं पटक आफैंलाई सम्झाउँछु, ‘मैले दुईचार घण्टा पढाइदिए त उनीहरू पास हुन्छन् नि !’

कैयौं प्राध्यापकका साप्ताहिक विदा विद्यार्थीका प्रश्न फोन वा भिडियो कलमा सुन्ने र उनीहरूले जागिर गर्न खोजेको ठाउँमा रिकमेन्डेसन लेटर लेखिदिने गर्दा नै बितिरहेको हुन्छ । मैले एकदमै सम्मान गर्ने कैयौं प्राध्यापकका कैयौं यस्ता विद्यार्थी छन्, जो एउटा रिकमेन्डेसन लेटर नपाएका कारण पाउन लागेको स्कलरसिप गुमाएको झाेंक वर्षौंसम्म बोकेर हिंडिरहेका छन् । विद्यार्थीको उक्त झोंक जायज हो कि होइन ? विद्यार्थीको पक्षमा उभिएर हेर्दा जायज हो, एउटा शिक्षकको सामाजिक दायित्वमा एउटा प्रश्नको उत्तर वा एउटा रिकमेन्डेसन लेटर सामान्य कुरा हो । तर, शिक्षकको पक्षमा उभिएर हेर्दा उक्त दायित्व छनोटपूर्ण हो । रुचि र समय भए लेखिदिने हो । यस्ता विषयमा गफगाफ हुँदा केही सिनियरहरू भन्नुहुन्छ, ‘विद्यार्थीको बीचमा प्रिय शिक्षक बन्नु भनेको नदुःखेको टाउको डोरी लगाएर दुःखाउनु हो ।’

एउटा व्यक्तिले आकाश थाम्ने होइन भन्ने भनाइलाई आत्मसात् गरेर हेर्ने हो भने एउटा व्यक्तिले व्यवस्थाले गर्ने सबै काम गरिदिनुपर्छ भन्ने आग्रह गलत हो

समाजशास्त्र विषयको कुरा गर्ने हो भने, पेशागत रूपमा समाजशास्त्रका विद्यार्थीलाई समाजका आफूले अध्ययन गर्ने हरेक परिघटनाका सामाजिक सम्बन्धका कारण र सामाजिक सम्बन्धमा आउने परिणाम विश्लेषण गर्न सिकाइन्छ । अर्थात् कुनै पनि घटना किन घटिरहेको छ र त्यसले सामाजिक सम्बन्धमा भविष्यमा कस्ता असरहरू पार्न सक्छन् भन्ने खुट्याउने कुरा । त्यो कारण र परिणाम राम्रो हो कि होइन, त्यस परिघटनामा सरकारले वा समाजले के गर्नुपर्र्छ भनेर सुझाव दिने काम पेशागत रूपमा समाजशास्त्रीको होइन । समाजलाई सही या गलत (सही र गलतका समाज, व्यक्ति, समय र परिस्थिति अनुसार फरक-फरक व्याख्या हुन सक्छ) दिशामा लैजाने भनेर निर्णय गर्ने, योजना बनाउने, कार्यान्वयनमा लैजाने काम राजनीति गर्ने व्यक्तिहरूको हो ।

सरकारले वा सामाजिक कामको जिम्मेवारी लिएका व्यक्तिले समाजलाई हिंड्नुपर्ने बाटोमा हिंडाइरहेको छ कि छैन भन्ने विषयमा नागरिक समाजले काम गर्ने हो । नागरिक समाजले सरकारलाई दबाव दिने वा समाजमा जनचेतना जगाउने काम गर्ने हो । तर, समाजशास्त्री पनि त यही समाजका हिस्सा हुन् । उनीहरूको पनि समाजप्रति नैतिक दायित्व छ र समाजमा भएको विभेदमा समाजशास्त्रीहरूले निरन्तर आवाज उठाउनुपर्छ भन्ने मान्यता पनि बलियो छ ।

समाजशास्त्रीको सामाजिक दायित्वबारे अमेरिकन सोसियोलजिकल एशोसिएसनका पूर्व अध्यक्ष माइकल बुरवेले सन् २००४ मा दिएको सार्वजनिक समाजशास्त्र माथिको प्रेसिडेन्सियल नोट महत्वपूर्ण मानिन्छ । र, यो पनि भनिन्छ, संवेदनशील समाजशास्त्री अन्ततः लेफ्ट (तथाकथित कम्युनिस्ट वा मार्क्ससिस्ट भनिने पार्टीको सदस्यता बोक्ने व्यक्ति होइन, सीमान्तकृतप्रति संवेदनशील र सीमान्तकृतका लागि लड्ने भन्ने अर्थमा) बन्छ । तर, समाजका तमाम विभेद विरुद्ध लड्ने वा नलड्ने भन्ने विषय व्यक्तिको पेशाभन्दा बढी नैतिक दायित्व हो । नैतिक दायित्वका लागि भनेर पेशागत दायित्व वा जिम्मेवारीमा लिएका काम छोडेर हिंड्न मिल्दैन ।

अरूका लागि गर्नुपर्ने योगदानको सवाल व्यक्ति आफैंले सोच्ने र छनोट गर्ने कुरा हो । यो एउटाले अर्कोलाई थोपर्ने कुरा होइन

देश र समाजको व्यवस्था बलियो हुने हो भने हरेक व्यक्तिले आफ्नो पेशागत, पारिवारिक जिम्मेवारी भन्दा पर गएर हरेक दिन सामाजिक दायित्व निभाउन आवश्यक पर्दैन । हाम्रो जस्तो व्यवस्थाले लय नसमातेको समाजमा हरेक पेशामा रहेका व्यक्तिले सामाजिक दायित्वको भारी बोक्नुपर्ने बाध्यता छ । तर, सामाजिक दायित्वको नाममा एउटा व्यक्तिले आकाश (दुनियाँ समाजको सबै भार) थाम्नुपर्छ भन्ने चाहिं होइन । उसले जति सक्छ त्यति मात्रै गर्ने हो । यदि एउटा व्यक्तिले आकाश थाम्ने होइन भन्ने भनाइलाई आत्मसात् गरेर हेर्ने हो भने एउटा व्यक्तिले व्यवस्थाले गर्ने सबै काम गरिदिनुपर्छ भन्ने आग्रह गलत हो । साथसाथै सामाजिक दायित्व अर्को व्यक्तिले निभाउनुपर्छ भन्दै गर्दा जो जसको लागि सामाजिक दायित्व जोडिने हो उसको जिम्मेवारी पनि सँगै जोडिएर आउँछ ।

साथै, जो व्यक्तिका लागि भनेर हामीले काम गरिरहेका छौं, उसलाई त्यो मन परिरहेको छ कि छैन ? उसको सोच र बुझाइ अनुसार भइरहेको छ कि छैन ? उसलाई त्यो आवश्यकता महसुस भइरहेको छ कि छैन ? यी ध्यान दिनुपर्ने पक्ष त हुन् तर यिनको कुनै ठोस दायरा पनि छैन । त्यसैले सीमाहीन दायित्वको भारभन्दा अगाडि आफ्नो पेशागत जिम्मेवारीलाई नै पहिलो प्राथमिकतामा राख्नु जरूरी छ । बाँकी कसैको लागि लड्ने कि नलड्ने, अरूलाई सहयोग गर्ने कि नगर्ने भन्ने सवाल नितान्त व्यक्तिगत कुरा हुन् ।

कति मानिस आफ्नै समस्यासँग लड्दालड्दै थाकेर लड्न छाड्छन् । कति आफूले लडिरहेको मुद्दालाई अदालतमा छोडेर ‘अब म यो विषयमा बोल्दिनँ’ भन्छन् र कतिले बाँचिरहेको जीवन नै बाँच्न मन नलागेर समाप्त गर्छन् भने अरूका लागि गर्नुपर्ने योगदानको सवाल व्यक्ति आफैंले सोच्ने र छनोट गर्ने कुरा हो । यो एउटाले अर्कोलाई थोपर्ने कुरा होइन ।



from Online Khabar https://ift.tt/1emkXDM

Thursday, September 12, 2024

सकसपूर्ण मुक्तियात्रा : बाढी, कटान र पहिरोको चुनौती

२८ भदौ, म्याग्दी । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ ।

पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मुस्ताङमा तीर्थयात्रीसहित आर्थिक वर्ष २०८०/८१ सडकमार्ग भएर चार लाख २७ हजार पाहुना भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । पृथक भूबनोट, ताल, गुफा, गुम्बा, धार्मिकस्थल, स्याउ बगैँचा, जनजीवन, रहनसहन र संस्कृतिले पर्यटक लोभ्याइरहेको मुस्ताङ पुग्न भने सहज छैन ।

भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरलानाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्ड मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक हो । विसं २०६३ मा मार्ग खुलेको यो सडकले गण्डकी प्रदेशको पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी र पर्वत खण्ड स्तरोन्नतिमा भएको ढिलाइले स्थानीयवासी, पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष लीलाराम गौतमले बताए। ‘मुस्ताङ पुगेपछि सडक सहज भए पनि मालढुङ्गाबाट बेनी हुँदै मुस्ताङको घाँसासम्मको सडक निर्माणले पूर्णता नपाएको, पहिरो, कटान र बाढीको जोखिमले सास्ती बनाएको छ’, उनले भने, ‘धार्मिक हिसाबले मुक्ति पाउन र प्रकृतिसँग रमाउन मुस्ताङको यात्रा गर्नेहरूलाई म्याग्दी खण्डमा भएको सकसले नराम्रो सन्देश प्रवाह भएको छ ।’

दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति विस २०७३ मा सुरु भएको आयोजनाको आठ वर्षमा ८४ प्रतिशत भौतिक प्रगति भएको छ । रु १० अर्ब लागत अनुमान गरिएको यो सडक आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२/८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ ।

एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ४८ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताए ।

चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल ठेक्का प्रक्रियामा जान बाँकी छ । मालढुङ्गाबाट कागबेनीसम्म आठवटा खण्डमा कालोपत्र गर्ने ठेक्का सम्झौता भएकामा तीनवटा सकिएको र पाँचवटा जारी रहेको छ । बेनी, तातोपानी र रुप्सेमा तीनवटा अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गरिएको छ ।

सडकको क्षेत्राधिकारभित्र रहेको घरटहरा, पूर्वस्वीकृति नलिई जथाभावी शाखा सडक निर्माण गरिनु, कमजोर भूबनोट, नदी कटान र बाढीपहिरो, सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा रोक लगाउनु आयोजना निर्माणमा ढिलाइका कारण भएको आयोजना प्रमुख झाले बताए ।

बाढी, कटान र पहिरोको चुनौती

बेनी–जोमसोम–कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि पहिरो, कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौतीका रूपमा देखिएको छ । पहिरो र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ । यात्रीलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्यभार बढेको छ । बाढी, कटान र पहिरो नियन्त्रणको काम तत्काल गर्न नसके नियमित यातायात सञ्चालन गर्न समस्या हुनुका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको छ ।

आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद चापागाईँका अनुसार बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत १४ ठाउँमा ठूला पहिरो छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोला, वडा नं २ माझखर्क, कुनौटो, रिठाबोट, वडा नं ३ मा पर्ने बैसरी, चमेरे र गलेश्वरपारि राहुघाटमा पहिरोले सडक निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको महभिर, नागढुङ्गा, भुरुङभिर, वडा नं ६ मा पर्ने टिम्मुरेभिर क्षेत्रको साँघुरो भूगोल, छेउकै कालीगण्डकी नदी र बारम्बार खस्ने पहिरोले सडक जोखिम बनाएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ दानाको गुइठेभिर, खामभित्ता, लाटाखोलामा बर्सेनि निरन्तर पहिरो खस्ने तथा कालीगण्डकीले कटान गरिरहेको छ ।

खामभित्तामा तलबाट कालीगण्डकीले कटान गरेको र माथिल्लो खण्डमा संरक्षणबिना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ । काभ्रे, घोप्टेभिर र बादरजुङ भिरमा ‘रकफल’को समस्या छ । मुस्ताङको घासा नजिकै खहरेखोला क्षेत्रमा पहिरो र कालीगण्डकी नदीको कटानको दोहोरो समस्या छ । लेतेखोला क्षेत्रमा पनि पहिरोको समस्या छ ।

पुलमा बाढी र बगर

दानाको रुप्से र घाँसाको खहरेखोलामा २०७७ साउनमा आएको बाढीले निर्माणाधीन पुलको संरचना बगाएको थियो । धार परिवर्तन गरिरहने कालीगण्डकीले मार्फा, स्याङ, जोमसोममा सडकलाई कटानको जोखिम छ । विसं २०८० असारमा कागखोलामा आएको बाढीले कागबेनीमा निर्माण भएको मोटरेबल पुल बगाएको थियो ।

मुस्ताङका खोलामा आउने बाढीले थुपारेको गेग्रानको सतह बढेर पुललाई छुन थालेको छ । पाण्डाखोलाको बाढीले पुलको सतहसम्मै गेग्रान थुपारेको छभने धार परिवर्तन गरिरहने समस्या छ । मार्फाखोलाको बाढीले मोटरेबल पुल निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ ।

समाधानका प्रयास

सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरेको आयोजना प्रमुख झाले बताए ।

कालीगण्डकी नदीको किनार र कडा चट्टान भएको अन्नपूर्ण गाउँपालिकाको भिरकाटे क्षेत्रमा सडकको विकल्पमा तीन सय ८४ मिटर लामो सुरुङ बनाउन डिपिआर तयार पारी बजेट व्यवस्थापनका लागि प्रस्ताव गरिएको छ । ‘रकफल’ हुने काभ्रेभिरको सडकलाई फराकिलो र ग्रेड सुधार गरेर सुरक्षित बनाउन ‘रकएङ्करिङ/रकनेलिङ’ गरिएको छ । रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको भिरबाट खस्ने पहिरो नियन्त्रणका लागि पनि हालै रकएङ्करिङ गरिएको आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले बताए ।

बादरजुङ भिरमा कालीगण्डकीको कटान नियन्त्रणका लागि खोला डाइभर्सन गरेर सडक संरक्षण गर्न थालिएको छ । बाढीले बगाएको निर्माणाधीन रुप्सेखोला र खहरेखोलाको पुलको ठेक्का तोडिएको छ । भुरुङखोला र रुप्सेखोलामा बेलिब्रिज जडान र रुप्सेमा भित्ता काटेर पहिरो पन्छाउने तथा सडक फराकिलो बनाइएको छ ।

बेनी–जोमसोम–कोरला सडकमा बाढी, पहिरो र कटानको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न आवश्यक देखिएको छ । तत्कालीन कटानको जोखिममा रहेको ठाउँमा कालीगण्डकीलाई डाइभर्सन र पहिरो रोकथामका लागि भूमिगत पानी व्यवस्थापन गर्न बजेट व्यवस्थापन गर्नुपर्ने गत जेठमा सडकको अनुगमनमा आएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बताए ।

‘पहिरो र कटानको जोखिम भएको ठाउँमा विस्तृत अध्ययन गरी थप आयोजना सञ्चालन गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘नदी कटान र पहिरो प्रभावित ठाउँमा नियन्त्रणका साथै वैकिल्पक सडक तयार पार्न बजेटको अभाव हुन दिनु हुँदैन ।’

कोरलानाकालाई व्यावसायिक हिसाबले सञ्चालनका लागि पहुँचमार्गलाई सहज बनाउन सडक स्तरोन्नति र पुल निर्माणलाई जतिसक्दो छिटो सम्पन्न गराउन उच्चस्तरबाट पहल गर्नुपर्ने डा श्रेष्ठले बताए ।



from Online Khabar https://ift.tt/Ow9xhUv

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भाना

२८ भदौ, काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीस्थित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

सो बुलेटिनमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा आज राति पनि हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ ।

त्यसैले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारत मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणाली समेतको प्रभावले नेपालको पश्चिमी भूभागमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरिएको हो ।

भारी र धेरै भारी वर्षाको कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

अहिले पश्चिम नेपालमा कायम पानी पार्ने प्रणालीको प्रभाव शनिबार दिउँसोदेखि क्रमशः सुधार हुँदै जाने सम्भावना छ । शनिबार दिउँसो  कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको मात्र सम्भावना छ । कोशी मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राति भने कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

‘भारी वर्षा’ भन्नाले २४ घण्टाको अवधिमा ५० मिलिमिटरभन्दा बढी र १०० मिलिमिटरसम्म पानी परेकोलाई जनाउँछ । ‘धेरै भारी’ वर्षा भन्नाले २४ घण्टाको अवधिमा १०० मिलिमिटरभन्दा बढी २०० मिलिमिटरभन्दा कम पानी परेको अवस्थालाई जनाउँछ । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा पनि धेरै पानी पर्यो भने त्यो अवस्थालाई ‘अति भारी वर्षा’ भन्ने गरिन्छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तयार पारेको मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली हेर्नुहोस् –

 



from Online Khabar https://ift.tt/KAWEvo1

Wednesday, September 11, 2024

शाम्बालामा पेमाको शान्त विद्रोह

२७ भदौ, काठमाडौं । ‘थ्री एक्ट’ मा पात्रहरुको उत्थान, द्वन्द्व र निष्कर्ष देख्ने रेगुलर रेसिपी अब बिस्तारै बदल्दै जाउँ । यो वर्षको सुरुमै फिडेल देवकोटाको सिनेमा रेड सुटकेस आएको थियो । नवीन सुब्बाले गाउँ आएको बाटोमा त्यसलाई प्रष्ट ध्वनित गरे । अब आएको छ मीनबहादुर भामको शाम्बाला । नेपाली सिनेमाले सुदूर यात्रा गर्ने संकल्प गरेको प्रष्टै छनक मिल्छ । विश्व सिनेमाको लहरमा सगर्व उभिने नेपाली सम्भावनालाई नयाँ पुस्ताका फिल्ममेकरहरुले फराकिलो बनाइदिएका छन् । अनुराग कश्यप, नवाजुद्दिन सिद्दिकी काठमाडौंमा केवल शाम्बाला प्रचार खातिर यो भनिरहेका थिएनन् । उनीहरु आफूभित्र नेपाली सिनेमाले छाडेको असर देखेर आफैं चमत्कृत भइरहेका थिए ।

शाम्बाला अर्थात् रहस्यमयी स्वर्ग । हिन्दु धर्मशास्त्र अनुसार भगवान विष्णुले कलियुग अन्त्य गर्न कल्की अवतारको सहायता लिन्छन् । कलि सुरु भएको भनिएको शाम्बाला आजको युगमा भारत नजिक पर्ने विश्वास गरिन्छ । बुद्ध धर्ममा पनि शाम्बालाको अर्थ छ । आजको अफगानिस्तान नजिकको ठाउँ, जहाँ बुद्धको अन्तिम अवतार पुगेको विश्वास गरिन्छ । अर्थात हिन्दू–बौद्धको मिश्रित अस्तित्व नै शाम्बाला हो ।

हामी शाम्बालाको भूगोलतर्फ अघि बढौं ।

सेता हिमाल र खैरा हिमाली गाउँलाई सुरुका दृश्यहरुमा केही धमिलो देखाइएको छ । सेता हिमालहरु बिस्तारै सुनौला बन्दै जान्छन् । एक जना राम सर (अभिनेता कर्मा) बाहेक डोल्पो भाषा बोल्ने पात्र छन् । नेपाली सिनेमालाई नेपाली सबटाइटलमा हेर्नुको मजा बेग्लै छ ।

तर त्यो मज्जामा सुरुमै विस्मय थपिन आउँछ: पेमा (थिन्ले ल्हामो) ले तीन पुरुषसँग एकसाथ बिहे गर्नुपरेको छ– टासी (तेन्जिन दल्ह), कर्मा (सोनाम तोप्देन), दावा (कर्म वाङ्याल गुरूङ) ।

तीन–तीन जना लोग्नेसँग एकसाथ बिहे गर्नुपरेपछि पेमाले निभाउने पत्नीत्व कस्तो हुन जाला ? उनले उनीहरुसँग गर्ने गृहस्थी व्यवहार कस्तो होला ? निर्देशक मीन भामले भित्ताभरि ढाकिने गरी राखिएको एउटा ठूलो ऐनाको रोचक प्रयोग गरेर तिनै पतिलाई एकसाथ दृश्यमा प्रतिविम्बित गराइदिएका छन् । दर्शक यहाँबाट छक्क पर्न सुरु गर्छन् । छक्क पर्ने क्रम सिनेमाभरि रोकिन्न ।

पेमाले एउटा बच्चालाई जिब्रो आकाशमा देखाइरहेकी छिन् । ताराहरुको बीचमा आफ्ना मातापिता खोज्ने त्यो सानो बच्चो खासमा उनको कान्छो लोग्ने हो । उत्तरी डोल्पाको बहुपति प्रथालाई हामीमध्ये कतिपयले सरुभक्तको नाटक थाङ्लामा हेरेका थियौं । अनुप बराल निर्देशित नाटकको क्यानभासलाई मीन भामले तानेर धेरै परसम्म लगिदिएका छन् । यो नसम्झौं कि फिल्म बहुपति प्रथा वरिपरिमात्रै घुमिरहन्छ । यो त ल्हासा गएको जेठो लोग्ने टासीका लागि उपहार दिन भनेर कुरुसले स्वीटर बुनिरहेकी पेमाको हिमाली यात्रा, अनि आफ्नै अन्तर्मनको यात्रासँग पो जोडिन्छ ।

संवादहरुको प्रचुरताले हैरान भइने नेपाली सिनेमा परम्परामा पछिल्लो समय फिडेल देवकोटा, शान्ता नेपाली, दिपक रौनियार, सुजित बिँडारीहरुले बदल्न खोजेका छन् । मीनले त्यस प्रयासको पराकाष्ठा देखाइदिएका छन् ।

पेमाले अन्ततः त्यो सुइटर टासीलाई दिन्छिन् ? वा अरु कुनै निर्णय लिन्छिन्, यो बुझ्न सिनेमा हेर्नुपर्छ । यो कथा जति पेमाको हो, त्यति नै उनको पहेंलो सुइटरको पनि । खोपिएको ढुंगा, सुइटर, फूल, ऐना, हिउँ, आकाश, धनुकाँण, जुत्ता जस्ता नन्लिभिङ थिङ्सहरुले सिनेमालाई अझ बढ्ता जीवन्तता थपेका छन् । अध्यात्मको चाहनामा टाँसिन आइपुग्ने भौतिक आवश्यकतालाई सुइटरले जति अरु कसैले बताउन सक्दैन ।

हिमाली भेगमा बुद्ध धर्म अभिन्न रुपमा गाँसिएको छ । बुद्ध धर्मले सांसारिकता छाडेर अध्यात्मको उचाइ छुने कि घरै बसीबसी अध्यात्मको अनुभूति गहिराइमा भेटाउन सकिन्छ भन्नेबारे विवेचना गर्छ । मीनले कुनै पनि बौद्धमार्गी उपदेशभन्दा एक कदम अघि बढेर सिनेमामा त्यसको परोक्ष व्याख्या दिएका छन् ।

एक ठाउँमा त पेमाले जेठो पति खोज्न आफूसँगै हिँडिरहेको माइलो पति कर्मालाई भन्छिन् नै, ‘तिमी केही भन्नुपर्यो भने खाली यही सुइटरको मात्रै तारिफ गरिबस्छौ ।’ आखिर सुइटरमा कसको हक छ त ? प्रश्न जति भौतिकवादी छ, त्यति नै आध्यात्मिक पनि ।

जेठो पति टासी, जो आफ्नो प्रेमी बनेको थियो । तीन साता जति हिमालै हिमाल हिँडेपछि पुगिने ल्हासा गएको छ टासी । टासीलाई खोज्न अनकन्टार हिमाली यात्रामा हिँड्न पेमालाई समाजको बन्धन, अनि बाध्यतामा परेको अन्तर्मनले अह्राएको छ । पेमाले उनलाई भेटाउँछिन् कि भेटाउँदिनन्, वा अरु थप केही नयाँ खोजी गर्न सफल हुन्छिन्, सिनेमा हेरेर गरिने अनुभूतिलाई यहाँ शब्दमा व्यक्त गर्नु उचित हुँदैन ।

सिनेमामा चानचुन ८० सिन, ८० शट जति छन्, जो आम सिनेमामा देख्न पाइँदैन । सयौं शट वा भनुँ, हजारभन्दा बढी शट खिच्ने प्रचलनमा मीनको हस्तक्षेप चर्चालायक छ । संवादहरुको प्रचुरताले हैरान भइने नेपाली सिनेमा परम्परामा पछिल्लो समय फिडेल देवकोटा, शान्ता नेपाली, दिपक रौनियार, सुजित बिँडारीहरुले बदल्न खोजेका छन् । मीनले त्यस प्रयासको पराकाष्ठा देखाइदिएका छन् ।

थोरै संवाद हुँदैमा सिनेमाले कमजोर अभिव्यक्ति दिन्छ भन्ने सत्य होइन रहेछ । त्यो त शाम्बालामा प्रमाणित नै भएको छ । यसै पनि हिमालमा थोरै जनसंख्या, थोरै संवाद, तर तीव्र अनुभूतिको गहिराइ भेटिन्छ । त्यसको प्रत्यक्ष अनुभूति गर्न कि त आफैं हिमाल जानुपर्यो, कि त शाम्बाला हेर्नुपर्यो ।

मान्छेले जीवनमा बोकीहिँड्ने प्रेमका ढोंगी बुझाइहरुलाई शाम्बाला फिल्मले जुन उचाइमा उक्लिएर भत्काइदियो, त्यो बहसयोग्य छ । शाम्बालाले खासमा एक हदसम्म अपूरो, तर पूर्ण, अनि अस्ताइजाने क्षणहरुको अमर प्रेमकथा रचिदिएको छ । यद्यपि यो सिनेमाको सम्पूर्ण निष्कर्ष होइन ।

पुरुषकेन्द्रित दाम्पत्य प्रेमको व्यावहारिकतामा कमजोर देखिए पनि शाम्बाला निस्सीम प्रेमको व्यापकतामा उदाहरणीय छ । यो अध्यात्मको शुद्धतावादी कथा भने होइन । शाम्बालाको लोकेसनमा रिन्पोचे भेटिन्छन् । त्यहाँको समाजमा भिक्षुमात्रै छैनन् । बरु छन्, चोर पनि । अस्तित्वमा प्रत्येकको आ–आफ्नो मानवीय मूल्य छ ।

अरु सिनेमाजस्तै नर्मल फ्रेममा देखाइने शाम्बालामा जब कथा बढ्दै जान्छ, तब त्यसको ‘एस्पेक्ट रेसियो’ घट्दै जान्छ । क्यानभासहरु ठूला देखिन्छन् । तर जब निर्णायक मोडहरु आउँदै जान्छन्,  पेमाको अनुहार क्लोज अपमा देखाइन्छ, पृष्ठभूमि खुल्दै जान्छन् ।

मीनबहादुर भाम

पेमा प्रेमालु छिन्, तर छिन् विद्रोही पनि । उनको शान्त निर्दोषितालाई उनीभित्रको बोधले जित्दै लैजान्छ । बुद्धि छिप्पिदै जाँदा विवेक पनि पाको बन्दै जान्छ । हिमालै हिमाल हिँडेकी पेमाको प्रेमयात्रालाई सम्पूर्ण रुपमा बुझ्न हामी सिनेमा हलमा मानसिक रुपमा स्थिर बन्न सक्नु अनिवार्य छ ।

यो सिनेमाको एउटा रहस्योद्घाटन गरिहालुँ । स्वयं निर्देशक मीन भामसमेत एउटा दृश्यमा देखिएका छन्, जसलाई दर्शकले पत्ता लगाउनु चुनौतीपूर्ण छ । सिनेमाको प्लटमा निर्देशक आफैं एउटा पात्र हो, जसले कुनै न कुनै खालको हस्तक्षेप गरिरहेको हुन्छ भन्ने देखाउन आफू देखिएको मीनले एउटा संवाद क्रममा यो पंक्तिकारसँग भनेका थिए । आफू पनि यही लिंगभेदी समाजको उत्पादन भएकाले त्यो खालको पक्षपाती दृष्टिकोण कसरी प्रकट हुन्थ्यो भनेर प्रयोग गर्न चाहेको उनले सुनाएका थिए । सिनेमा हेर्दा त्यो पुष्टि भएको देखिन्छ ।

शाम्बाला, जहाँ खासमा कुनै गल्ती वा पापका लागि ठाउँ नहुनुपर्ने हो । तर यो कलियुगका मानिसहरुको बस्ती हो । त्यहाँ स्वतन्त्रता र चाहनाको उडान छ । यसलाई बुझ्न धर्मशास्त्रको पुरानो चस्माले मात्रै पुग्दैन । त्यसैले त पेमालाई बीचैमा छाडेर गुम्बामा फर्केको कर्माको चेतनाको सामाजिकशास्त्रमै अध्ययन हुनुपर्छ ।

सिनेमामा बिर्सन नसकिने पात्र नाम्खा घोडा हो । नाम्खाको अर्थ आकाश हो । नाम्खा घोडा सुतेको कहिल्यै देखिँदैन, उभिएरै निद्रा पु्र्याइरहेको हुन्छ । तर यो सिनेमामा पेमाको ‘नाम्खा’ एक ठाउँमा लम्पसार परिदिन्छ । यस दृश्यले अगाडिको सम्भावनालाई ठूलो संकेतमा भन्न सकेको छ । शाम्बालामा नारीवादको नेपाली भाष्य खडा भएको छ, जहाँ क्षमाशीलतालाई टन्न ठाउँ छ, तर न्यायको चाहनामा सम्झौता छैन ।

हामीले सिनेमाहरुमा कलाकारहरु गाइरहेको, नाचिरहेको देख्छौं, जबकि वास्तविक पार्श्वगायक अर्कै हुन्छ । तर यो सिनेमामा प्रत्येकजसो कलाकारले गाएका छन् । न्हयु बज्राचार्यको संगीतमा आनी छोइङ डोल्माको अन्तिम गीत छाड्ने हो भने बीचका गीतहरुमा पेमाको आवाज स्वयं थिन्लेले गाएकी हुन् । अरु कलाकारले पनि आआफ्नो गीत आफैंले नै वास्तविक रुपमा गाएका छन् ।

उसो त शाम्बालामा कर्माबाहेक लगभग सबै नन्एक्टर हुन् । उम्दा कलाकार कर्मा जति खुल्नसक्थे, त्यो दुर्गम उचाइमा उनी मस्त अभिनयमा रम्न सकेको देखिँदैन । बरु नन्एक्टरहरुको काम तारिफ ए काबिल देखिन्छ ।

मीनले आफ्नो सिनेमालाई ड्रामा, एडभेन्चर, म्याजिक रियलिज्म विधाको भनेर परिभाषित गरेका छन् । यसलाई सायद मिस्टिसिज्म पनि भन्नु उपयुक्त हुन्छ

पेमा बनेकी थिन्ले ल्हामोको खुलेर प्रशंसा गरिएन भने गल्ती हुन्छ । उनी हाँस्दा हामी हाँस्छौं, उनी गल्दा हामी पनि गल्छौं । छटपटे याक, लहडी च्याङ्ग्राहरुलाई समेत हुल बाँधेर सिनेमामा खेलाउन कति परिश्रम पर्यो होला, कल्पनामात्रै गर्दा पनि रमाइलो अनुभूति हुन्छ ।

कुनै पनि साहित्य वा सिनेमा कुन समयको हो भनेर बहस हुने गर्छ । मीनले कालोपोथी फिल्म बनाउँदा माओवादी युद्ध सुरु भएको राजतन्त्रकाल समय टिपेका थिए । यस सिनेमामा भने कुनै समय बताइएको छैन । खालि पेमाको कान्छो लोग्ने दावाको मिल्के घडी टिकटिक गरिरहन्छ । त्यसले पनि वास्तविक समय भने बताउँदैन ।

सिनेमामा दर्शकको मुटु हल्लाउने थुप्रै दृश्यहरु छन्, जसको चर्चा यो आलेखमा सम्भव छैन । मान्छे मरेपछि न गाड्ने, न त जलाउने, बरु खुला आकाशमुनि गिद्धले खाउन् भनेर चोक्टाचोक्टा छरिदिने अनौठो हिमाली परम्परा यस फिल्ममा देख्न पाइन्छ । पर्यावरणीय चेतनाको उच्चतम अनुभूति शाम्बालाले दिलाउँछ । कथाको समग्र लेखन र प्लट संरचना निर्माणमा अविनाशविक्रम शाह अनि मीनको जुगलबन्दी जमेको देखिन्छ ।

मीनले आफ्नो सिनेमालाई ड्रामा, एडभेन्चर, म्याजिक रियलिज्म विधाको भनेर परिभाषित गरेका छन् । यसलाई सायद मिस्टिसिज्म पनि भन्नु उपयुक्त हुन्छ, जहाँ व्यक्तिको आत्मनिर्णयक्षमता जति प्रष्ट हुँदै आउँछ, नदेखिने पक्षहरुको अनदेखा उपस्थिति पनि उपेक्षा गर्न नमिल्ने खालको छ ।

खासमा मिस्टिसिज्म नेपाली र हिमाली क्षेत्रको कथाशक्ति हो, जसलाई अन्धविश्वास, रुढीवादको ट्यागमा पन्छाएर हामी विश्वमन्चमा कला, साहित्य, सिनेमा पुर्याउन सक्दैनौं । मीनले मिस्टिसिज्मको प्रयोगमा आफूलाई खरो उतारेका छन् । कालोपोथीमा पनि त्यसको प्रयोग भइसकेको छ । ‘ड्रिम सिक्वेन्स’ शटहरु जुन कलर, म्युजिक अनि ‘टेम्पो’ मा खिचिएका छन्, मीनले सिनेमा संसारलाई दिन सक्ने मिस्टिसिज्मको विधा–उपहार यही हो ।

पाली भाषामा लेखिएको शाम्बाला शब्दले हामीलाई सिनेमासम्म लैजान्छ । ‘शाम्बाला’ नेपाली सिनेमा क्षेत्रको लागि एउटा घटना हो । यो सिनेमाका नायक स्वयं निर्देशक मीन भाम हुन्, जसले नेपाली सिनेमाहरुको कथावाचन परम्परालाई अथेन्टिक ढंगले तोड्न सफल भएका छन् ।

५८ सय मिटरदेखि ६२ सय मिटरको उचाइमा खिचिएको शाम्बालाले दिने आनन्द मोहक छ । डोल्पाको तिन्जे, पोल्दे र धो तराप यसमा देख्न पाइन्छ । सिनेमा टिमको धैर्य गर्न सक्ने क्षमताको पूरा परीक्षण शाम्बालामा भएको छ ।

अन्तिममा, केही दिनअघि कलिंगा लिटरेरी फेस्टिभलमा निर्देशक सुजित बिडारीले मसँग संवाद क्रममा एउटा गहिरो कुरा भनेका थिए, ‘निर्देशकले ८० प्रतिशत काम जतिसुकै राम्रोसँग गरे पनि त्यत्तिको भरमा सिनेमाको शक्ति नापिन्न, बरु बाँकी २० प्रतिशतमा कति संघर्ष वा साधना गरे भन्ने कुरा निर्णायक हुन्छ ।’ बिडारीको भनाइ उद्धृत गर्ने हो भने मीनले त्यो २० प्रतिशत परीक्षा मज्जाले पास गरेका छन् ।



from Online Khabar https://ift.tt/78NMEsZ