३१ भदौ, काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । २८ भदौको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो ।
आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुने छ ।
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण आगामी १९ असोजबाट अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदले सिफारिस गर्ने छ ।
संविधानको धारा २८४(३) मा प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, उक्त प्रावधान कार्यान्वयन भने भइरहेको छैन ।
२८ भदौमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि आठ न्यायाधीशको नाम न्याय परिषदले सिफारिस गरेको जानकारी गराएका थिए ।
न्यायपरिषदले वरियताअनुसार प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको नाम न्यायपरिषद्ले संवैधानिक परिषद्समक्ष सिफारिस गरेको छ ।
रोलक्रम नमिचिएमा वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने अहिलेसम्मको परम्परा अनुसार प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बन्ने छन् ।
from Online Khabar https://ift.tt/DibuYjo
No comments:
Post a Comment