Thursday, September 5, 2024

बडिगाड खोलामा एक महिला मृत फेला

२१ भदौ, गुल्मी । गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– १ निवासी ८५ वर्षीया ढलकुमारी घिमिरे बडिगाड खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए ।

घिमिरे गत भदौ ११ गते कसैलाई केही नभनी घरबाट हिँडेको र मृत फेला परेको परिवारका सदस्यहरुको भनाइ छ । परिवारका सदस्यहरुले नै मृत फेला परेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

घिमिरेको शव मुसिकोट नगरपालिका वडानम्बर–४ दिगामचौर स्थित बडिगाड खोला छेउ पानीमा घोप्टो अवस्थामा फेला परेको थियोे ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट आशिष पाण्डेको कमान्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/XpeAjYL

No comments:

Post a Comment