Saturday, October 23, 2021

फोडेनको दुई गोलमा सिटीको सहज जित

काठमाडौं । फिल फोडेनको दुई गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा ब्राइटनमाथि सजिलो हात पारेको छ ।

शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ४-१ ले पराजित गरेको हो । जितपछि सिटी दोस्रो स्थानमा समेत उक्लेको छ ।

ब्राइटनको मैदानमा भएको खेलमा सिटीका लागि फोडेन २८औं र ३१औं मिनेटमा गोल गरे । त्यसअघि १३औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै अग्रता दिलाएका थिए । रियाद माहरेजले इन्जुरी टाइममा फोडेनकै पासमा गोल थपे ।

ब्राटनका एलेक्सिस माकले ८१औं मिनेटमा पेनाल्टीमा गोल फर्काएका थिए ।

जितपछि सिटी ९ खेलबाट २० अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको चेल्सीको २२ अंक छ ।

ब्राइटन समान खेलबाट १५ अंकसहित चौथो स्थानमा छ ।

लिगकै अन्य खेलमा वाटफोर्डले जोसुअ किङको ह्याट्रकिमा एभरटनलाई ५-२ ले पराजित गरेको छ ।

साउथह्याम्पटन र बर्नलीले २-२ को बराबरी खेल्दै लिड्स युनाइटेड र वल्भ्स तथा क्रिस्टल प्यालेस र न्यूकासल युनाइटेडले १-१ को बराबरी खेलेका छन् ।

तस्वीर : Gabriel Jesus को ट्वीटरबाट



from Online Khabar https://ift.tt/3jrwd2M

No comments:

Post a Comment