Saturday, October 23, 2021

बागलुङमा खोलामा बगेर बालक बेपत्ता, एक जनाको शव भेटियो

७ कात्तिक, बलेवा (बागलुङ) । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका – ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन- ७ धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन बेपत्ता भएका हुन् । उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयवासीले बताएका छन् ।

नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए । बेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

नजिकै रहेको पुलको विकल्पमा अस्थायीरूपमा बनाइएको साँघुमा उनीहरू पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ ।

यस्तै जैमिनी नगरपालिकामा एक जना मृत फेला परेका छन् । जैमिनी -२ ठेउलेखोलाका किनारमा सिस्नेरका ४५ वर्षीय दलवीर सार्की मृतावस्थामा फेला हुन् ।

 



from Online Khabar https://ift.tt/3m5Wjdt

No comments:

Post a Comment