Tuesday, June 7, 2022

अवैध रुपमा नेपाल भित्राइएको भारतमा निर्मित कोकाकोला बरामद

२५ जेठ, सुनसरी । अवैध रुपमा नेपाल भित्राइएको भारतमा निर्मित कोकाकोला सुनसरी भन्सार कार्यालयले बरामद गरेको छ ।

लौकही नाका हुँदै अवैध रुपमा चोरी पैठारी भैरहेको भन्ने सूचनाका आधारमा गएको भन्सार गस्ती टोलीले को १ ख १७९३ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा भोक्राहा–नरसिंह गाउँपालिका वडा नं ०६ स्थित इसराइल कामत भन्ने स्थानबाट कोकाकोला नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहान नियन्त्रणमा लिइएको उक्त कोकाकोलाको बजार मूल्य करिब एक लाख रुपैयाँ रहेको सुनसरी भन्सार कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको ढुवानीको साधन र मालवस्तु सम्बन्धमुद्दा दर्ता गरी कारबाही शुरु भएको भन्सार कार्यालयले जनाएको छ ।

यसअघि २०७८ वैशाख २१ गते पनि सोही स्थान आसपासबाट करिब ९ लाख मूल्य बराबरको कपडासहित को २ च २७८० नम्वरको पिकअप भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।

जिल्लाको लौकही, उल्टी र घुस्की नाकाबाट कपडा, चिनी, पानीपुरी, रजनीगन्धा, खैनी चोरी पैठारी हुने गरेको स्थानीय बताउँछन् ।



from Online Khabar https://ift.tt/k35MIml

No comments:

Post a Comment