Tuesday, June 7, 2022

चितवनमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२५ जेठ, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ रमाइलोडाँडामा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ना ७ ख १३७१ नम्बरको तेल ट्यांकरको ठक्करबाट बा ७५ प ६११६ नम्बरको मोटरसाइकल चालक गोरखाको शहिद लखन गाउँपालिका–४ बस्ने अन्दाजी २२/२३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो ।

मंगलबार साँझ प्रदेश ३–०१–०२३ च ५०७४ नम्बरको कारलाई पछाडिबाट आउँदै गरेको बा ७५ प ६११६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा कारको पछाडि पट्टिको साइड लाइटमा ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको  ना ७ ख १३७१ नम्बरको तेल ट्यांकरमा ठोक्किएको थियो ।

मोटरसाइकल ट्यांकरको मुनि छिरेको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक सन्तोषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

ट्यांकर चालक र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  घटनालगत्तै जम्मा भएका स्थानीयले केहीबेर पृथ्वी राजमार्ग अवरुद्ध गरेका थिए । प्रहरीले स्थानीयलाई सम्झाएर राजमार्ग खुलाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



from Online Khabar https://ift.tt/RqAGodv

No comments:

Post a Comment