Thursday, June 2, 2022

बैतडीमा दुई जनाको मृत्यु

२० जेठ, बैतडी । छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु भएको छ । एक जनाको भिरबाट लडेर मृत्यु भएको छ भने अर्को एक जना मृत फेला परेका छन् ।

पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो । बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले जानकारी दिए ।

यस्तै सिगास–१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन् । धामी स्थानीय गाजरीबजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए । घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/DX1oM0f

No comments:

Post a Comment