Thursday, June 2, 2022

मैत्रीपूर्ण खेलमा जापानले पराग्वेलाई ४–१ ले हरायो

२० जेठ, काठमाडौं । दक्षिण अमेरिकी टोली पाराग्वेसँगको मैत्रीपूर्ण खेलमा जापान ४–१ ले विजयी भएको छ ।

होकाइदोमा भएको खेलमा जापानका लागि टाकुमा असानो, डाइची कमाडा, काओरु मितोमा र एओ टानाकाले एक–एक गोल गरे । पाराग्वेका डेर्लिस गोन्जालेजले सान्त्वना गोल फर्काए ।

फिफा वरियतामा जापान २३औं र पाराग्वे ५०औं स्थानमा छन् । अर्को हप्ता जापान र ब्राजिलबीच मैत्रीपूर्ण खेल हुँदै छ ।



from Online Khabar https://ift.tt/EN1fj2Z

No comments:

Post a Comment