Thursday, June 2, 2022

नेपाली मूलका दुई जनाले पाए बेलायती महारानीको ‘प्लाटिनम जुब्ली’पदक

लण्डन । बेलायती महारानी एलिजाबेथको गद्दी आरोहणको ७० वर्षगाँठको अवसरमा बेलायतमा कार्यरत नेपाली मूलका दुई जनाले सम्मान पाएका छन् ।

प्लाटिनम जुब्लीको अवसरमा सम्मान पाउनेहरुमा ह्याम्सायरस्थित बजिंस्टोका प्रसारण प्राविधिक इन्द्रप्रसाद लिम्बु र बर्कसायर स्थित फ्रिम्ली हेल्थ एनएचएस ट्रष्टका प्रोफेसनल लिड सुमनराज श्रेष्ठ रहेका छन् ।

ब्रिटिश फोर्सेस ब्रोडकास्टिङ सर्भिसमा कार्यरत लिम्बुलाई सैन्य सेवाका लागि मेम्बर अफ अर्डर अफ द ब्रिटिश इम्पाएर (एमबीई)सम्मान दिइएको छ ।

यस्तै रोयल कलेज अफ नर्सिङ एण्ड नर्स कन्सलट्यान्ट इन क्रिटिकल केयरका प्रोफेसनल लिड श्रेष्ठलाई क्रिटिकल केयर नर्सिङमा पुर्याएको योगदानका लागि मेम्बर अफ अर्डर अफ द ब्रिटिश इम्पाएर (एमबीई) दिइएको छ ।

४३ वर्षीय श्रेष्ठ २१ वर्षदेखि क्रिटिकल केयर क्षेत्रमा कार्यरत छन् । उनी युनिभर्सिटी अफ ब्राइटनमा क्रिटिकल केयर कोर्सका भिजिटिङ लेक्चरर पनि छन् । इन्द्रप्रसाद लिम्बु भने ब्रिटिश आर्म फोर्सेसको ब्रोडकास्टिङ सर्भिसमा कार्यरत छन् ।

महारानीको प्लाटिनम जुब्लीका अवसरमा १ हजार १३४ जनालाई विभिन्न पदवी दिइएको बेलायतको सरकारी कार्यालयको वेभसाइटमा उल्लेख छ ।



from Online Khabar https://ift.tt/hJsvZQe

No comments:

Post a Comment