Thursday, July 7, 2022

जाबेर र एलेना फाइनलमा भिड्ने

२४ असार, काठमाडौं । ग्राण्डस्लाम टेनिसमा इतिहास रचेका दुई खेलाडी ओन्स जाबेर र एलेना रेबाकिना विम्बल्डन ओपनको फाइनलमा भिड्ने भएका छन् ।

दुवै खेलाडी पहिलो पटक ग्राण्डस्लाम फाइनल पुगेका हुन् । फाइनल खेल शनिबार हुनेछ ।

जाबेर ग्राण्डस्लाम टेनिस फाइनल पुग्ने पहिलो अफ्रिकी र अरब मुलकी खेलाडी बन्दा रेबाकिना फाइनल पुग्ने पहिलो कजाखस्तानी खेलाडी बनिन् ।

ट्युनिसियन खेलाडी जाबेरले आफ्नो जर्मन साथी तात्जाना मारियालाई ६-२, ३-६, ६-१ ले हराइन् ।

यस्तै रेबाकिनाले पूर्व च्याम्पियन सिमोना हालेपलाई ६-३, ६-३ ले पराजित गर्दै जेबरसँग फाइनल भेट पक्का गरिन् ।



from Online Khabar https://ift.tt/xuLYroQ

No comments:

Post a Comment