Tuesday, August 2, 2022

क्याम्पस प्रमुखका नियुक्ति खारेज गर्न नेविसंघको माग

१८ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेका क्याम्पस प्रमुख पदमा गरिएका नियुक्ति खारेज गर्न माग गरेको छ ।

आफूखुसी जुनियर व्यक्तिलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै नेविसंघले नियुक्ति खारेज गर्न माग गरेको हो ।

संघले मंगलबार विज्ञप्ति जारी गर्दै रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस पक्लिहवा र गौरादह क्याम्पस झापाले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य, अनुभवी र सिनियर प्राध्यापकको नियुक्ति गर्नु पर्नेमा जुनियर र आफुखुशी नियुक्त गरेको भन्दै विरोध गरेको छ ।

संघले नियुक्ति खारेज गर्न ४८ घण्टे ‘अलि्टमेटम’ दिँदै मंगलबार रामपुर क्याम्पस खैरहनी र कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन तालाबन्दी समेत गरेको छ ।



from Online Khabar https://ift.tt/HY1fit2

No comments:

Post a Comment