Thursday, October 6, 2022

दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः डा. भट्टराई

२१ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव नजिकिंदै गर्दा नेपाली राजनीति थप पातालतिर धसिंदै गएको टिप्पणी गरेका छन् । विहीबार राति एक ट्वीट गर्दै डा. भट्टराईले लेखेका छन्, ‘चुनाव नजिकिंदै गर्दै नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद छ ।’

बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँडमा सहमति नजुटेपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेसँग वार्ता गर्न गएको सन्दर्भमा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । ‘एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो,’ उनले भनेका छन् ।

यसै साता सत्ता राजनीतिबाट टाढा रहने घोषणा गरेका भट्टराईले भनेका छन्, ‘यो अवसरवादको आँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं ।’



from Online Khabar https://ift.tt/dDmFRLz

No comments:

Post a Comment