Wednesday, October 5, 2022

शेखर कोइराला पक्षले बोलायो भेला, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने

२० असोज, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज छुट्टै भेला गर्दैछ ।

संस्थापनइतर पक्षको डाक्टर शेखर कोइराला पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो ।

आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुनेछ ।

यसका साथै प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन गरिने र उनीहरुको सूची संसदीय समिति ( बोर्ड) मा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल हुने नेता घिमिरेले बताए ।



from Online Khabar https://ift.tt/Y0WpUuM

No comments:

Post a Comment