Sunday, January 1, 2023

जसपाको बैठक बस्दै, सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय गर्ने

१८ पुस, काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक बस्दै छ ।

सोमबार र मंगलबार (आज र भोलि) दुई दिनसम्म चल्ने बैठकले सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय गर्ने नेताहरुले बताएका छन् ।

जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले आजबाट सुरु हुने राजनीतिक समितिको बैठकले सरकारमा जाने कि नजाने भनेर निर्णय गर्ने बताए ।

बैठकमा चुनावको समीक्षा गर्दै राजनीतिक परिस्थितिको विश्लेषण गर्ने र आवश्यक निर्णय लिने उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सहमत भए पनि सरकारमा जाने कि नजाने भन्ने विषयमा भने जसपाका नेताहरुको एकमत छैन ।

पार्टी अध्यक्ष उपेन्द्र यादव सांसद समेत नभएकाले उनले सरकारमा चासो दिएको देखिएको छैन । तर नवनिर्वाचित सांसदसमेत भएका धेरैजसो नेताहरुले भने सरकारमा जानुपर्नेमा जोड दिएका छन् ।

जसपाका प्रवक्ता मनिष सुमनले भने आफूहरुका मुद्दा सम्बोधन भए र शक्ति सन्तुलनमा कुरा मिले सरकारमा सहभागी हुन सकिने बताए ।

जसपाले नागरिकता सम्बन्धी विधेयक ल्याउनुपर्नेमा मुख्य जोड दिंदै आएको छ ।

यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा जारी भएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फर्काइदिएकी थिइन् ।



from Online Khabar https://ift.tt/gieHow3

No comments:

Post a Comment