Wednesday, May 31, 2023

महोत्तरीमा कुटपिटबाट एक जनाको मृत्यु

१८ जेठ, जनकपुरधाम । महोत्तरीम झगडाका क्रममा कुटपिट हुँद एक जनाको मत्यु भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका-१० वटौवाका ५५ वषर्ीय छविलाल मण्डलको कुटपिटबाट मृत्यु भएको हो ।

गत मंगलबार दिउँसो खेतमा सैजन (मुनुङ्गा) काटेको विषयमा छविलाल र स्थानीय २५ वषर्ीय विशाल महतो र २५ वषर्ीय दुर्गा मण्डलबीच विवाद भएको थियो । त्यसक्रममा निधार र छातीमा चोट लागेर छविलाल गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा बुधबार साढे तीन बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

कुटपिट गर्ने दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/aHEX1mr

गर्मी बढेपछि विराटनगर र जीतपुर सिमराका विद्यालयमा २ दिन बिदा

१८ जेठ, विराटनगर । गर्मी बढेपछि विराटनगर महानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ ।

महानगरपालिका र उपमहानगरपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेका हुन् ।

अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय भएको हो ।

गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावना बढेपछि बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

नगर शिक्षा समितिको निर्णयअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे बिदाबाट कट्टा हुनेगरी दुई दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।

पूर्वनिर्धारित परीक्षाहरु भने यथावत रुपमा सञ्चालन हुनेछ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले पनि गर्मीका कारण २० गतेसम्मका लागि विद्यालयलाई बिदा दिने निर्णय गरेको जनाएको छ ।

विराटनगरले १८ र १९ गते बिदा दिए पनि २० गते शनिबार परेकोले विद्यालय आइतबार मात्रै सञ्चालनमा आउनेछन् ।



from Online Khabar https://ift.tt/t1k5J3p

राजारामका ७ किस्सा : शिवहरीलाई बियर र बँदेलको बाहुन भोज, राता मकैलाई काउकुती

सिनेमामा जति रोचक लाग्छन् राजाराम पौडेल, वास्तविक जीवनमा पनि कम छैनन् । खासगरी आफ्ना सहकर्मीलाई सताउने र मजाक गर्ने उनको प्रवृत्ति छ ।

रंगमञ्चमा होस् वा चलचित्र छायांकनमा, राजारामको फेला नपरेका सहकर्मी सायदै छन् । उनी आफ्ना सहकर्मीलाई कुनै न कुनै रुपमा सताउने गर्छन् र हाँसोको पात्र बनाइदिन्छन् । यस्ता अनेक किस्सा छन् राजारामका ।

सहकर्मीका के कुरा, उनले आफ्ना हजुरबुवा र काकालाई समेत छाडेका रहेनछन् ।

१. हजुरबाको जनै

एकदिन हजुरबाले भनेछन्, ‘ए, यहाँ आएर ढाँड मिचिदे ।’ त्यसबेला राजाराम फुच्चे । उनलाई हजुरबाको सामुन्ने डर लाग्थ्यो । उनीमात्र होइन, घरका अरु सदस्य पनि हजुबुवा भनेपछि थुरथुर हुने ।

हजुरबाले बोलाएपछि  राजाराम आज्ञाकारी भएर ढाँड मिच्न गए । ढाँड मिच्दै गर्दा हजुरबा भुसुक्कै निदाए । हजुरबा यसरी चुपचाप निदाएपछि राजाराम किन पो शान्त बस्थे र ? उनको मनमा उटपट्याङ विचार आयो ।

हजुरबुवाको जनै तुर्लुङ्ग झुन्डिएको देखे । उनले त्यही जनै बार्दलीको डन्डीमा बाँधिदिए । अब बाजेको निद्रा खुलेर जुरुक्क उठ्दा कस्तो भयो होला ?

पक्कै पनि हजुरबुवाको पारो तातिएको हुनुपर्छ । तीन दिनसम्म राजाराम हजुरबुवाको अगाडि परेनन् ।

२. काकाको कोटको खल्तीमा झिंगा

काकालाई पनि उनले छाडेनन् । त्यसबेला उनको परिवार पुर्ख्यौली घरमा बस्थ्यो । घर पुरानो थियो र बिजुलीको तारहरु यत्रतत्र लत्रिएको थियो ।

तारमा झिंगा लस्करै बसेको देखेपछि उनको मनमा काउकुती लागिहाल्यो । के गरौं, कसो गरौं । उनले झिंगालाई सरर हातमा तानेर एउटा प्लाष्टिकमा पोको पारे । काकाको कोठामा कोट झुन्ड्याइएको थियो । उनले झिँंगाको पोको त्यही कोटको खल्तीमा हालिदिए ।

भोलिपल्ट काका अफिस जान तयार हुँदै रहेछन्, गोजीमा भुँनुनु आवाज आयो । यसो खल्ती छामेर हेर्दा प्लाष्टिकको पोको भेटियो । निकालेर हेर्दा झिंगा नै झिंगा । यस्तो हर्कत राजारामले गर्छ भन्नेमा शंका भएन । राति काकाले राजारामको सातो लिए ।

३. शिवहरीलाई बियरसहितको बाहुन भोज

एउटा नाटकको रिहर्सल चल्दै थियो । १२ बजेतिर रिहर्सल सकियो । अब कहाँ जाने ? राजारामले शिवहरी पौडेललाई भने, ‘लौ हिँड जाउँ मेरोमा । भाउजुले बँदेलको मासु राखेकी छिन् । त्यहाँ पुगेर बियर पनि खाउँला । जाउँ हिँड ।’

ढिंपी गरेपछि राजारामको पछि लागे शिवहरी । नभन्दै फ्रिजमा बँदेलको मासु पनि रहेछ । राजारामकी श्रीमतीले बँदेलको मासु राम्ररी फ्राइ गरिन् । बियर पनि तयार गरिन् । मस्तसँग दुवैले बियर र मासु खाए । केही समयपछि फेरि भात खाए । भात खाएर हात पनि राम्ररी चुठेका थिएनन्, राजारामले हरिवंश आचार्यलाई फोन गरे । यसो भन्दै, ‘ए हरि तिमीले आज के के गर्‍यौं त । आज ग्रहण लाग्ने दिन । एउटा बाहुनको बच्चालाई खुवाउनुपर्ने दिन । मैले त शिवहरीलाई ल्याएर खुवाएँ ।’

४. राता मकैलाई हैरान

त्यस्ता सहकर्मी सायदै होलान्, जसलाई राजारामले नसताएको होस् । त्यसमा पनि किरण केसी ‘राता मकै’ त उनको सिकार नै भए । एक पटक होइन, पटक-पटक किरण केसीलाई राजारामले हैरान बनाएका किस्सा सर्वत्र छ ।

एकपटक मदनकृष्ण श्रेष्ठको घरमा कुनै कार्यक्रम चलिरहेको थियो । मह संचारमा आवद्ध कलाकारहरुको जमघट हुने नै भयो । सबैजना लस्करै बसिरहेका थिए । भित्तामा एउटा पोस्टर रहेछ । त्यही हेर्ने निहुँले राजाराम जुरुक्कै उठे । अनि सरासर गएर किरण केसीको फिलामा कचक्कै कुल्चिएर फोटो हेर्न उक्लिए । आफ्नै धुनमा बसिरहेका किरण केसी ‘ए मार्‍यो ..मार्‍यो ’ भन्दै चिच्याए ।

५. सरोज खनालसँग भद्दा मजाक

सरोज खनालसँग जोडिएको एउटा किस्सा फिल्मवृत्तमा एकदमै चर्चित छ । कुरा, तीन दशक अघिको हो । त्यसबेला सरोज खनाल चल्तापूर्जा अभिनेतामा गनिन्थे ।

‘सान्नानी’ नामक फिल्म दृश्यांकनका लागि उनीहरु बन्दीपुर गएका थिए । त्यहाँ होटलहरु नभएकाले घर–घरमा बस्नका लागि व्यवस्था गरिएको थियो । सरोज खनाल र राजाराम एउटै कोठामा बसेका थिए ।

त्यही बसेर खाना खाइरहेको बेला एकजना व्यापारी आएछन्, झोलाभरी सामान बोकेर । झोलामा कन्डोमको माला पनि झुन्डिएको रहेछ । राजारामले व्यापारीलाई उक्त कन्डोम मागेछन् ।

कोठामा पुगेर लुगा फेर्दै गर्दा कन्डोम हातमै थियो । यो कन्डोम के गर्ने ? उनले यताउता हेरे । भित्तामा सरोज खनालको जिन्सको हाफ पाइन्ट झुन्ड्याइएको रहेछ । उनले कन्डोम त्यही खल्तीमा हालिदिए ।

पछि उनीहरु सुटिङ सकेर काठमाडौं आए । एकदिन सरोज खनालको फोन आयो, ‘दाइ तपाईंले मेरो खल्तीमा केही हालिदिनु भएको थियो ?’

‘खै मैले त भुलें । के भयो र ?’ राजारामले अनभिज्ञता प्रकट गरे ।

सरोजले भने, ‘कन्डोम हालिदिनु भएको थियो खल्तीमा ?’

‘ए, हो हो ।’

‘हत्तेरी दाइ’ सरोज झोक्किए, ‘कस्तो बर्बाद भो दाइ ।’ के भएछ भने बिहान उठेर उहाँकी श्रीमती सूर्यमाला वाथरुममा लुगा धुन गएकी, सुक्क-सुक्क रुन थालेछ । सरोजले  भनेछ, ‘के भो भन न ?’

सूर्यमालाले फुत्त कन्डोम फ्यालेछिन् । सरोज खनाल छक्क । सरोज खनालले थाहा पाइहाले, यस्तो उटपट्याङ गर्ने राजाराम नै हो । उनले तुरुन्त राजारामलाई फोन लगाए र आफ्नी श्रीमतीलाई ‘आफूले ठट्टा गरेको हो’ भनी सम्झाइबुझाइ गर्न लगाए । अनि सरोज खनालले श्रीमती सूर्यमालालाई फोन दिए ।

सूर्यमाला झोंक्किएर बोलिन्, ‘के हो दाइ यस्तो ?’

राजारामले आगोमा घिउ थपिदिएँ, ‘त्यही त मैले सरोजजीलाई भनेको यस्तोमा लाग्नुहुन्न भनेर । उहाँ मान्दै मान्नुभएन । छाड्दिनुहोस् जे भो, भैगो ।’

सूर्यमालाले रिसाएरै फोन राखिदिइन् । त्यही निहुँमा उनीहरुको झन्डै सम्बन्ध विच्छेद भएको कुरा पछि मात्र राजारामले थाहा पाए ।

६. नाटकमा जब किरण केसीलाई काउकुती लगाए

मह संचारले सुरुवाती दिनहरुमा निरन्तरजसो नाटक मन्चन गरिरहन्थ्यो । यस्तो नाटकमा हरिवंश, मदनकृष्णका साथै किरण केसी, राजाराम पौडेल अभिन्न रुपमा जोडिएका हुन्थे ।

एउटा नाटकमा किरण केसी र राजारामको दृश्य एकसाथ थियो । नाटक भइरहेको थियो । राजारामको संवाद सकिएपछि लुसुक्क किरण केसीको पछाडि गए । अनि दर्शकले भेउ नपाउनेगरी उनलाई काउकुती लगाउन थाले । त्यसबेला न किरण केसी हाँस्न सक्थे, न केही चल्न नै । उनलाई त्यसबेला निकै गाह्रो भएको थियो ।

किरण केसीसँग जोडिएका अरु किस्सा पनि कम्ता रोचक छैन ।

एकपटक छायांकनको क्रममा किरण केसी बिरामी परेछन् । काम गर्नै नसक्ने भएपछि उनले आफूलाई अस्पतालसम्म पुर्‍याउन भनेछन् । राजाराम पौडेल कलाकारितामा आउनुअघि स्वास्थ्यकर्मी पनि भएकाले सुटिङको क्रममा कसैलाई दुःख बिराम भएमा सामान्य औषधि उपचार गरिदिन्थे । त्यसदिन किरण केसीलाई पनि उनले औषधि दिए ।

केही समयसम्म पनि औषधिले खासै प्रभाव नपारेपछि किरणले फेरि अस्पताल जान जिद्दी गरे । मदनकृष्णले पनि राजारामलाई भने, ‘एक पटक अस्पताल लगेर ल्याउनु नि त ।’

राजारामले किरणलाई अस्पताल पुर्‍याएछन् । तर, त्यो अस्पताल भद्रगोल एवं बाहिरबाट फोहोर नै फोहोर । त्यहाँका चिकित्सकसँग राजारामको पहिलेदेखि नै चिनजान रहेछ । जब किरणलाई उनको सामुन्ने पुर्‍याए, तब पो भेद खुल्यो राजारामले त उनलाई पशु अस्पतालमा ल्याएछन् ।

७. धिरेन शाक्यको बडीगार्डले कसो मारेन

त्यसदिन एउटा फिल्मको छायांकनमा अभिनेता धिरेन शाक्यको बडीगार्ड कुर्सीमा मस्त निदाइरहेका रहेछन् । उनको शरीर ठूलो एवं गठिलो थियो । राजाराम पौडेललाई चकचक फुरिहाल्यो । उनले कतैबाट रंग ल्याएर उनको अनुहारभरी लगाइदिए ।

केही समयपछि उनको निद्रा खुल्यो । जसै उनी उठेर यताउता गर्न थाले मान्छेहरु हाँस्न थाले । अरु हाँसेको देखेर उनी पनि हाँस्न थाले । कसो कसो गर्दा उनको हात अनुहारमा पुगेछ र त्यसमा रंग लतपतिएछ । उनी रिसाउँदै कराउन थाले, ‘यो कसले लगाइदियो ?’

राजारामले उनलाई हातको इशाराले बोलाए । अनि दीपकराज गिरीतर्फ संकेत गर्दै उनैले कालो लगाइदिएको भने । सुटिङ अवधिभर उक्त बडीगार्डले दीपकराजलाई घुरेर हेरिरहे । दीपकराजलाई भित्री कुरा केही थाहा भए पो ?

बडीगार्ड किन रिसाए ? किन आफूलाई घुरेर हेरिरहन्छ ? उनले थाहा पत्तो पाएनन् ।



from Online Khabar https://ift.tt/qnmsSNh

सेल्फी लवर्स को खूब पसंद आएगा Vivo का ये नया फोन, 50MP कैमरे फ्रंट कैमरे से है लैस, कीमत बेहद कम!

Vivo S17 series को बुधवार को चीन में लॉन्च किया गया है. इस सीरीज के तहत Vivo S17, Vivo S17t और Vivo S17 Pro मॉडल्स लॉन्च हुए हैं. फिलहाल हम यहां आपको Vivo S17 Pro के बारे में बताने जा रहे हैं. इस फोन में सेल्फी के लिए 50MP का कैमरा दिया गया है. आइए जानते हैं बाकी खूबियां.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/TONZ7mh

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै, आजै संयुक्त बैठक

१८ जेठ, काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् ।

बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् ।

आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएकोछ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ ।

त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले आज नै भेटघाट गर्ने कार्यक्रम छ ।



from Online Khabar https://ift.tt/dFhgb54

Tuesday, May 30, 2023

बूढानीलकण्ठ नगरपालिका : ‘एक वर्ष सिकाइमै बित्यो’

१७ जेठ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले कार्यकालको पहिलो वर्ष अपेक्षाकृत काम गर्न नसकिएको स्वीकारेका छन् । आर्थिक वर्ष २०७९/८० को पदावधि सिकाइको चरण रहेको उनीहरूको बुझाइ छ ।

निर्वाचन सकिएपछिको एक वर्षमा कार्य प्रणालीमा अब्बल हुन नसके पनि जग बसाउने कार्य भने भएको उपमेयर अनिता लामा बताउँछिन् । ‘एकवर्षे अवधिलाई मूल्यांकन गर्दा यसलाई सिकाइको चरणको रूपमा बुझ्नुपर्दछ’ उपमेयर लामाले भन्छिन्, ‘हाम्रो लक्ष्य एउटा हुन्छ । तर पब्लिकको लक्ष्य अर्कोतिर । पब्लिकले आफ्नो कामको प्रभावकारिता हेर्छ ।’

स्वास्थ्य, शिक्षा, पूर्वाधार, सुशासनका कार्यमा जनअपेक्षाकृत कार्य हुन नसके पनि निराशाजनक अवस्था भने नभएको जनप्रतिनिधिको दाबी छ । गत निर्वाचनमा कांग्रेसबाट प्रमुखको उम्मेदवार बनेका विनोद चालिसे नगरमा प्रगति शून्य रहेको दाबी गर्छन् । ‘वडाध्यक्षले ल्याएका फाइलमा हस्ताक्षर गरिदिने बाहेक नगर प्रमुखको कुनै भूमिका देखिन्न । स-सानो योजनालाई प्राथमिकता दिने काम भएको छ’ प्रमुखमा पराजित चालिसे भन्छन्, ‘योजनाहरूलाई आस्थाको आधारमा सिफारिस गरिएको छ । संघ र प्रदेशमा परेको योजनालाई आस्थाका आधारमा रोक्ने प्रयास भएको छ ।’

स्वास्थ्य चौकीहरूको स्तरीकरण तथा वडाहरूका प्रभावकारी स्वास्थ्य केन्द्रको स्थापना गर्ने उद्देश्य प्रमुखमा निर्वाचित मिठाराम अधिकारीको थियो । तर, एक वर्षमा त्यसका लागि आधार तयार गर्नेसम्मको काम पनि भएको छैन ।

बूढानीलकण्ठ नगरभित्र रहेको कपन बहुमुखी क्याम्पसको अवस्था दयनीय छ । क्याम्पस २ करोड बढी ऋणमा छ । शिक्षकहरूले ८ महिनादेखि तलब पाएका छैनन् । क्याम्पस प्रमुख र व्यवस्थापन समितिको अध्यक्ष फरक-फरक दलमा आस्था राख्ने भएकाले समस्या समाधानमा जटिलता पैदा भएको स्थानीय नेताहरू बताउँछन् । नगरपालिका र प्रदेश सरकारको सहयोगमा भवन निर्माण भए पनि क्याम्पसमा यथेष्ट संकाय छैनन् । त्यसो हुँदा विद्यार्थी आकषिर्त हुन सकेनन् । हाल बीएड र बीबीएसमा मात्रै कक्षा सञ्चालन भइरहेका छन् ।

पूर्वाधारको क्षेत्रमा योजना सम्झौता गर्न ढिलाइ हुने गुनासो नगरभित्र सुनिंदै आएको छ । अनुगमन पनि ढिलो हुने गरेको छ । गुनासो बढी प्राविधिक जनशक्तिमा भएको उपप्रमुख लामा बताउँछिन्

कपन क्याम्पस समस्यामा रहेको नगरका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराई स्वीकार्छन् । ‘बेला-बेला अनुदानका रूपमा नगरपालिकाले सहयोग गर्दै आएको छ । भौतिक पूर्वाधार बनिसक्दा समेत विद्यार्थीको संख्या बढेन । अभावले गर्दा हो’ भट्टराई भन्छन्, ‘नगरपालिकाले नै क्याम्पस सञ्चालन गर्ने कि भन्ने कुरा पनि भइरहेको छ । विज्ञ टोली रहेको अध्ययन कमिटी बन्ने भएको छ । त्यसले दिएको रिपोर्ट अनुसार सञ्चालन गर्ने तयारी छ ।’

नगरभित्र १९ सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयमा सिकाइ क्षमतामा वृद्धि गर्न लागिएको जनप्रतिनिधिको दाबी छ । अर्कोतर्फ, कांग्रेसका स्थानीय नेताहरू सामुदायिक विद्यालयलाई एमाले कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप लगाउँछन् ।

‘सामुदायिक विद्यालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाइएको छ’ मेयरमा पराजित चालिसे भन्छन्, ‘सामुदायिक विद्यालयका प्रधानाध्यापकले एक पिरियड पनि कक्षा लिएका छैनन् । सामुदायिक विद्यालयभित्र समेत पोशाक बिक्री गरेको भेटिएको छ ।’ १९ सामुदायिक विद्यालयमा १९ जना नै एमालेका कार्यकर्तालाई जागिर खुवाइएको चालिसेको आरोप छ । तर, चालिसेको आरोपमा सत्यता नभएको नगर प्रवक्ता भट्टराईको भनाइ छ । उनी भन्छन्, ‘दक्षताको आधारमा विधिसम्मत तरिकाले आवश्यकता अनुुसार छनोट गरिएको छ । कतै पक्षपात छैन ।’

बूढानीलकण्ठ नगरपालिकाभित्र सरकारी जग्गा अतिक्रमण हुने क्रम बेला-बेला चर्चामा आइरहेको हुन्छ । गत निर्वाचनबाट आएका जनप्रतिनिधिले समेत सार्वजनिक जग्गा अतिक्रमित हुने क्रमलाई रोक्न नसकेको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीय केशव पाठकका अनुसार नगरभरिका सबैजसो वडामा सार्वजनिक जग्गा अतिक्रमित भइरहेका छन् ।

कपन क्षेत्रमा प्रत्येक वर्ष बाढीले समस्या ल्याउँछ । त्यसका लागि एमाले-कांग्रेस बीच आरोप-प्रत्यारोप हुने गर्दछ । खोलामाथि बाटो बनाउने कार्यले समस्या आइरहेको स्थानीयको बुझाइ छ । खोलामाथि बाटो बनाउने कार्य यस वर्ष पनि नरोकिएको कांग्रेसका नेताहरू दाबी गर्छन् ।

उता खोलामाथि बाटो हाल्ने र सरकारी जग्गा अतिक्रमित गर्ने कार्यलाई नगरपालिकाले शूल्य सहनशीलता लिने प्रवक्ता भट्टराई बताउँछन् । सार्वजनिक जग्गा संरक्षणका लागि नगर प्रमुखको संयोजकत्वमा समिति समेत रहेको हुन्छ । सार्वजनिक जग्गा मिच्ने कार्यका विषयमा पटक-पटक पालिकाको बैठकमा छलफल भएको उपप्रमुख लामाले बताइन् ।

आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । नगरपालिकाका लागि समस्याको विषय बेरुजु बनेको छ । बेरुजु रकम बढेको उपप्रमुख लामा स्वीकार गर्छिन् । ‘निर्वाचित भएर आउँदै गर्दा २९/३० करोड रुपैयाँ बेरुजु थियो । बेरुजु अझै बढ्दै गएको छ’ लामा भन्छिन्, ‘के कारणले बेरुजु भएको खोजबिन गर्नका लागि दुईपटक गम्भीर छलफल गरेका छौं । किन बेरुजु हुन्छ ? नहुन के गर्नुपर्छ भनेर छलफल गरेका हौं ।’

आफूहरूले देखिने गरी काम गरिरहेको जनप्रतिनिधिको भनाइ छ । सुशासन र नागरिकलाई डेलिभरी दिने कार्यमा असल नियतले काम गरेको उपप्रमुख लामा तर्क गर्छिन् । सेवा प्रवाहलाई प्रभावकारी बनाउन ‘हेल्लो बूढानीलकण्ठ’ सुरु गरेको उनले जानकारी गराइन् ।

‘सेवा प्रवाहमा कुनै गुनासो भए उजुरी गर्ने र त्यसको यथाशक्य कार्यान्वयन गरेका छौं’ लामा भन्छिन्, ‘सेवा प्रवाहलाई चुस्त बनाउन कर्मचारीलाई तालिमको व्यवस्था र सेवा हेरफेर पनि गरेका छौं । कुन व्यक्तिको कुन काममा दख्खल छ त्यस अनुसारको जिम्मेवारीमा लगाएका छौं ।’ जनताले जुनसुकै बेला पनि जनप्रतिनिधिलाई भेट्ने व्यवस्था गरिएको पनि उनले सुनाइन् ।

पूर्वाधारको क्षेत्रमा योजना सम्झौता गर्न ढिलाइ हुने गुनासो नगरभित्र सुनिंदै आएको छ । अनुगमन पनि ढिलो हुने गरेको छ । गुनासो बढी प्राविधिक जनशक्तिमा भएको उपप्रमुख लामा बताउँछिन् । ‘प्रत्येक वडामा एक जना प्रावधिक जनशक्ति खटाएका छौं । योजनाको सुरुवातदेखि पूरा नहुन्जेलसम्म प्रत्येक वडाले आफ्नो इन्जिनियरहरूलाई काममा लगाउँछन्’, लामा भन्छिन् ।

पाँच वर्षअघिदेखिका पूर्वाधारका कामले निरन्तरता प्राप्त गरेको तथा कतिपय कार्य सकिएको जनप्रतिनिधिको दाबी छ । धोबीखोलको सरसफाइ अभियान तथा करिडोरमा दुवैतर्फ ग्रिनरी बनाउने कार्य यस वर्षका उल्लेखनीय कार्य भएको प्रवक्ता भट्टराई बताउँछन् । नगर अस्पतालको स्तरोन्नति, हृयाण्डबल मैदान द्रुततर गतिमा निर्माण, साना-ठूला गरी १० पार्कको निर्माण यसै अवधिमा भएको उनको दाबी छ ।

नगरभित्रको प्रमुख समस्या पानी रहेको स्थानीयको भनाइ छ । एमालेले निर्वाचन अघिको घोषणापत्रमा ‘एक घर एक पानी सहितको धारा’ उल्लेख गरेको थियो । पहिलो वर्ष घोषणापत्र अनुसार पानीका लागि पहल नभएको मेयरमा पराजित चालिसेको भनाइ छ । एमाले र कांग्रेसको विवादले सुवर्णशमशेर खेल मैदानको निर्माणले यस वर्ष पनि गति लिन सकेन । उक्त मैदानका लागि आठ वर्षदेखि बजेट विनियोजन हुँदै आएको छ । व्यवस्थापन समितिले बनाउने कि ठेकेदार लगाउने भन्ने विषयमा विवाद भएर यो काम भइरहेको छैन ।

प्रमुख, उपप्रमुख सहित १३ मध्ये ११ वडा एमालेले जितेको छ । नगर परिषदमा आफू अनुकूल निर्णय गराउन एमालेका लागि सहज छ । २०७८ को जनगणना अनुसार नगरभित्र १ लाख ७७ हजार ५५७ जना बसोबास गर्दछन् ।



from Online Khabar https://ift.tt/go8HaBI

सुर्तीजन्य पदार्थको प्रयोग घटाउन तत्काल पहल थालौं

संसारभर प्रत्येक चार सेकेन्डमा, सुर्ती सेवनका कारण एक व्यक्तिको मृत्यु हुने गर्दछ। सुर्तीजन्य पदार्थको महामारी आज हामीले सामना गरिरहेको ठूला जनस्वास्थ्य जोखिमहरूमध्ये एक हो, जसका कारण बर्सेनि ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। त्यसमध्ये १२ लाख मानिसको मृत्यु अन्य व्यक्तिले गरेको धुम्रपानबाट निस्कने धुवाँका कारण हुने गर्दछ।

नसर्ने रोगहरूको एक प्रमुख कारकको रूपमा रहेको सुर्तीजन्य पदार्थको प्रयोगले हृदय रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, क्यान्सर र मधुमेह निम्त्याउन सक्छ। यसबाहेक, सुर्तीजन्य पदार्थको प्रयोगले निम्त्याउने रोगको उपचारमा लाग्ने ठूलो वित्तीय तथा आर्थिक भारका साथै, यसबाट हुने मृत्यु र अपाङ्गताका कारण मानव पूँजीमा पर्न जाने क्षति पनि उत्तिकै छ।

सुर्तीजन्य पदार्थले ज्यान जोखिममा पार्ने रोगहरू निम्त्याउनुका साथै यसका वित्तीय, आर्थिक र वातावरणीय प्रभावहरू हुँदा समेत सुर्तीजन्य पदार्थको प्रयोग व्याप्त छ। विश्वव्यापी रूपमा, अनुमानित १ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्छन्, तीमध्ये ८० प्रतिशत प्रयोगकर्ता कम र मध्यम आय भएका देशका छन्। र, ती देशहरूमा सुर्तीजन्य पदार्थका कारण लाग्ने रोगहरूको भार सबैभन्दा बढी छ।

नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट बर्सेनि २७ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्‍व स्वास्थ्य संगठन नेपालले सन् २०१९ मा गरेका सर्वेक्षणले नेपालमा प्रत्येक तीनमध्ये एक जनाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको देखाएको छ जसमा सुर्तीजन्य पदार्थको बढी सेवन गर्नेमा पुरुषहरू रहेको पाइएको छ। सर्वेक्षण अनुसार प्रत्येक दुईमध्ये एक जना पुरुषले सुर्तीजन्य पदार्थको सेवन गर्छन्।

अन्य व्यक्तिले गरेको धुम्रपानबाट निस्कने धुवाँको सम्पर्कमा आउनु पनि एक प्रमुख समस्याको रूपमा रहेको छ किनकि प्रत्येक तीनमध्ये एक जना व्यक्ति यसबाट प्रभावित छन्। सर्वेक्षणले अधिकांश सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरू किशोरावस्थामै यसको लतमा पर्ने गरेको पनि देखाएको छ।

विश्‍व स्वास्थ्य सम्मेलनमा २० वर्षअघि एक कानुनी रूपमा बाध्यकारी संयन्त्रको रूपमा पारित गरिएको विश्‍व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोलको पक्ष राष्ट्रको रूपमा नेपाल सरकारले सुर्तीजन्य पदार्थको प्रयोग घटाउने उद्देश्यका साथ विभिन्न नीति ल्याएको छ।

जसमा सुर्तीजन्य पदार्थको प्रयोगमा अनुगमन, प्याकेजिङमा नियमन (नेपालले प्याकेजहरूमा ९० प्रतिशत भाग चेतावनीमूलक सन्देशले ढाक्नुपर्ने अनिवार्य गरेको छ); सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगमा प्रतिबन्ध र सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्धन र प्रायोजनमा प्रतिबन्ध लगायत उपाय समावेश छन्।

यी सबै पहलहरू राष्ट्रहरूलाई सुर्तीजन्य पदार्थ नियन्त्रणका प्रयासहरू कार्यान्वयन र व्यवस्थापन गर्न मद्दत गर्न विश्‍व स्वास्थ्य संगठनले जारी गरेको व्यावहारिक र किफायती उपायहरूको सँगालो ‘एमपावर’ प्याकेजिङ अनुरूप छन्।

वर्तमान र भावी पुस्तालाई सुर्तीजन्य पदार्थको सेवन र सुर्तीजन्य धुवाँको जोखिमबाट हुने हानिकारक प्रभावहरूबाट जोगाउन हामीले सहकार्य गर्न आवश्यक छ

दुर्भाग्यवश, विगत एक दशकमा नेपालले सुर्तीजन्य पदार्थको प्रयोगमा उल्लेख्य कमी ल्याउन सकेको छैन। जुन चिन्ताको विषय हो र सुर्तीजन्य पदार्थ नियन्त्रणका गतिविधिहरूको कार्यान्वयनका लागि तत्काल कदम चाल्नुपर्ने संकेत पनि हो, विशेषगरी: उत्पादन, प्याकेजिङ र बजारीकरण रणनीतिमार्फत सुर्ती उद्योगका सबै प्रकारका हस्तक्षेपहरू रोक्न, सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन अन्तर्गतका कानुनी र सम्बन्धित प्रावधानहरूलाई कडाइका साथ लागू गर्न, सुर्तीजन्य पदार्थमा अन्तःशुल्क दर बढाउन र स्वास्थ्य सेवा प्रतिकार्यलाई सुदृढ बनाउन सुर्तीजन्य पदार्थको लत अन्त्य गर्न र लत छुटाउन प्रभावकारी कदम चाल्न ढिला गर्नुहुँदैन।

सुर्तीजन्य पदार्थको प्रयोग र यस सम्बन्धी स्वास्थ्य सेवा तथा उपचारको लागत घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको सुर्तीजन्य पदार्थमा कर बढाउनु हो। सुर्तीजन्य पदार्थको मूल्यमा १० प्रतिशत कर वृद्धि हुँदा यसको प्रयोगमा ५ प्रतिशत कमि आउने देखिएको छ। यो उपाय अपनाएमा सरकारले आफ्नो स्वास्थ्य कार्यक्रमहरूका लागि आवश्यक थप राजस्व संकलन गर्न सक्छ।

विश्व स्वास्थ्य संगठनले राष्ट्रहरूलाई सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा न्यूनतम ७५ प्रतिशत कर लगाउन सिफारिस गदर्छ र विश्व स्वास्थ्य संगठनका धेरै सदस्य राष्ट्रहरूले यो लक्ष्य पहिले नै हासिल गरिसकेका छन्। पछिल्ला केही वर्षमा नेपालले सुर्तीजन्य पदार्थमा लगाएको कर ३० प्रतिशतदेखि ३८ प्रतिशतको बीचमा रहेको छ जुन विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रमा सबैभन्दा कम हो।

उदाहरणका लागि चुरोटको खुद्रा मूल्यमा लगाइने कर श्रीलंकामा ७७ प्रतिशत, थाइल्याण्डमा ७८ प्रतिशत र बंगलादेशमा ७३ प्रतिशत रहेको छ। यसपटक नेपाल सरकारले सुर्तीजन्य पदार्थमा मात्र ३ प्रतिशतले कर बढाएको छ जुन पछिल्लो १० वर्षमा सबैभन्दा कम हो।

स्वास्थ्य क्षेत्रसँगै बहुक्षेत्रीय सहकार्य आवश्यक पर्ने मुद्दाका रूपमा, म सबै सम्बन्धित मन्त्रालय र सांसदहरूलाई सुर्तीजन्य पदार्थमा लगाइने करको नीति परिवर्तनलाई प्राथमिकता दिन आह्वान गर्दछु, जसले निःसन्देह नेपालीको स्वास्थ्य र दीर्घायुमा प्रत्यक्ष प्रभाव पार्नेछ।

सुर्तीजन्य पदार्थ सेवन त्याग्ने प्रयत्नमा मानिसहरूलाई मद्दत गर्न स्वास्थ्य सेवा तथा परामर्श सेवाहरूको प्रावधानमा ध्यान केन्द्रित गर्न पनि आवश्यक छ। सुर्तीजन्य पदार्थ प्रयोगकर्ताहरूमध्ये पर्याप्त सहयोगको अभावमा यसको सेवन त्याग्न चाहने ४ प्रतिशत मात्र सफल हुन्छन्। व्यावसायिक स्वास्थ्य परामर्श तथा प्रभावकारी सेवाहरू मार्फत सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूमा यो लत छुटाउने सम्भावना दोब्बर भन्दा बढी हुन्छ। सुर्तीजन्य पदार्थको लत छुटाउने कार्यक्रमलाई जनस्वास्थ्यमा गरिने लगानीको रूपमा हेरिनुपर्दछ।

नेपालमा सन् २०२५ सम्ममा सुर्तीजन्य पदार्थको प्रयोगमा ३० प्रतिशत सापेक्षिक कमीको राष्ट्रिय लक्ष्य र अन्ततः दिगो विकास लक्ष्यहरू प्राप्त गर्न विभिन्न क्षेत्रहरूमा कार्यान्वयन गर्ने समय आएको छ। यसको कार्यान्वयनमा निष्क्रियता वा ढिलासुस्तीले नसर्ने रोगको बढ्दो भार र अकाल मृत्युका कारण उत्पादकत्वमा ह्रास आई देशमा विनाशकारी आर्थिक प्रभाव मात्र निम्त्याउन सक्छ।

विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा, विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको नियन्त्रणको लागि निरन्तर प्राविधिक सहयोग उपलब्ध गराउने र सरकार तथा साझेदारहरूसँग हातेमाले गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछ।

वर्तमान र भावी पुस्तालाई सुर्तीजन्य पदार्थको सेवन र सुर्तीजन्य धुवाँको जोखिमबाट हुने हानिकारक प्रभावहरूबाट जोगाउन हामीले सहकार्य गर्न आवश्यक छ।

सुर्तीजन्य पदार्थ सेवन नगरौँ, जीवन बचाऔँ।

(लेखक विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख हुन्।)



from Online Khabar https://ift.tt/LPdB8gy

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिंदै   

१७ जेठ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।

चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए ।

आयुर्वेदिकरूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ ।



from Online Khabar https://ift.tt/B3d0x6s

UPI से भी आसान सिस्टम लाने वाला है RBI, मोबाइल नेटवर्क के बिना भेज सकेंगे पैसे, पर सबको नहीं मिलेगी सुविधा

RBI एक लाइटवेट पेमेंट एंड सेटलमेंट सिस्टम लाने वाला है, जो ऐसी परिस्थितियों में पैसे भेजने के काम आएगा जब इंटरनेट काम नहीं करता है. यानी नैचुरल डिजास्टर की स्थिति में या फिर कॉन्फ्लिक्ट वाले इलाकों में ये सिस्टम काम करेगा.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/xD7B2jg

यूनिक टच फीचर के साथ boAt का नया नेकबैंड हुआ लॉन्च, 30 घंटे तक चलेगी बैटरी, बस इतनी है कीमत

boAt ने भारत में अपने नेकबैंड पैटर्न वाले ईयरफोन्स को लॉन्च कर दिया है. इस प्रोडक्ट का नाम Rockerz 255 Touch रखा गया है. इन ईयरफोन्स में फुल-टच स्वाइप फंक्शन दिया गया है. कंपनी के दावे के मुताबिक ये फीचर पहली बार किसी नेकबैंड में दिया गया है. बोट के बाकी प्रोडक्ट की तरह इसकी कीमत भी कम रखी गई है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/DvBs5V8

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउन प्रयत्न रहने छ। ब्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा बढी जोड दिइने उनको भनाइ छ । भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा समेत टुंगोमा पुग्न प्रयास गर्ने मन्त्री साउदले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले पनि भ्रमणमा सके राम्रो गर्ने नसके कुनै नराम्रो काम नहुने बताउँदै आएका छन् ।

यतिबेला भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूमिका नाम राखिएको विषयमा पनि कुरा उठाउन भ्रमण टोलीलाई दबाब छ ।



from Online Khabar https://ift.tt/fTM5YwN

Monday, May 29, 2023

सञ्चयकोषको उपचार खर्च दम्पतीमा विस्तार

१६ जेठ, काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्चलाई दम्पतीमा विस्तार गरेको छ । यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउनेछन् ।

बजेट वक्तव्य पढ्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भने, ‘कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नी समेतलाई समावेश गर्ने व्यवस्था मिलाइनेछ ।’ बजेटमार्फत गरिएको घोषणा कार्यान्वयनमा आए पति सञ्चयकर्ता भए उनकी पत्नीले र पत्नी सञ्चयकर्ता भए उनका पतिले पनि स्वास्थ्य उपचारको सुविधा पाउनेछन् ।

कर्मचारी सञ्चयकोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीका अनुसार, अहिलेसम्म सञ्चयकर्ताले मात्रै उपचार खर्च पाउँदै आएका छन् । सञ्चयकर्ताले सामान्य रोग लागेमा वर्षको १ लाख र जटिल रोग लागेमा सेवा अवधिभर १० लाख रुपैयाँ उपचार खर्च बापत पाउँछन् । त्यसरी रकम पाउँदा उनीहरुले सञ्चय गरेको रकम भने काटिदैन ।

प्रवक्ता सुवेदीले भने, ‘बजेट वक्तव्यले गरेको नयाँ व्यवस्था अनुसार पति वा पत्नी जो सञ्चयकर्ता भएपनि दुवैले खर्च पाउने गरी सुविधा विस्तार भएको हो ।’

अहिले ५ लाख ५५ हजार सञ्चयकर्ताहरु कर्मचारी सञ्चयकोषमा आवद्ध छन् ।



from Online Khabar https://ift.tt/jsR7GEZ

खत्म हुआ इंतज़ार, भारत में इस दिन आ रहा है OnePlus का सबसे प्रीमियम एडिशन फोन, खूबसूरत है लुक

OnePlus 11 5G मार्बल ओडिसी स्पेशल एडिशन की सेल डेट का खुलासा हो गया है. ये फोन काफी प्रीमियम लुक और फीचर्स के साथ आता है. आइए जानते हैं इसकी खासियत के बारे में...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/mfeXoSy

जापान बसेर नेपाली बेसबल प्रचार गर्दै पूर्वकप्तान ईश्वर थापा

१६ जेठ, काठमाडौं । नेपालमा पनि बेसबल खेल खेलिन्छ भनेर धेरै कमलाई जानकारी छ ।
तर खेल्नेमात्र होइन नेपालले बेसबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउन थालेको दशकभन्दा बढी भइरहेको छ ।

अमेरिकाको राष्ट्रिय खेलको रुपमा रहेको बेसबल नेपालमा सुरुआत भएको २० वर्षभन्दा धेरै भएको छ ।

बेसबल सन् १९९० दशकको अन्त्यतिर नेपाल भित्रिएको हो । सन् २०१० पछि अन्तर्राष्ट्रिय नेपालले स्तरमा खेल्न थालेको हो । नेपाल टिमको पहिलो कप्तान हुन् ईश्वर थापा ।

उनले झण्डै एक दशक अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाल टिमको नेतृत्व गरे । नेपालमा हुँदै जापानमा गएर खेलेका उनी नेपालकै पहिलो पहिलो बेसबल खेलाडीसमेत हुन् । हाल जापानलाई नै कर्मभूमि बनाएका थापाले बेसबल भने छाडेका छैनन् । उनी अझै खेलाडीका रुपमा सक्रिय छन् । बेसबलको प्रशिक्षकसमेत छन् । बेसबलसम्बन्धी एउटा संस्था चलाइरहेका छन् ।

ईश्वरको बेसबल करियर

पोखरा फूलबारी चोकका ३४ वर्षीय थापाले सन् २००० देखि नै बेसबल खेल्न थालेका हुन् । राष्ट्रिय प्रतियोगिता हुँदै उनी नेपालको राष्ट्रिय टिमसम्म पुगे ।

जापानको टोली नेपाल घुम्न आएका बेला थापाले पनि बेसबलको ब्याट समात्न सिकेकाका हुन् । ‘सुरुमा म फुटबल र भलिबल खेल्थें । तर, जापानीहरु आएर पोखरामै खेलेको देखेपछि म पनि यसै खेलमा लागेको हो,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने ।

सन् २०११ मा पाकिस्तानको लाहोरमा पहिलो दक्षिण एसियाली बेसबल कप आयोजना भएको थियो । त्यसबाट नेपालको अन्तर्राष्ट्रिय बेसबल यात्रा सुरु भएको हो । थापाले सोही टिमको नेतृत्व गरेका थिए ।

अर्को वर्ष २०१२ मा नेपाले पञ्जाव इन्टरनेशनल स्पोर्टस फेस्टिभलमा सहभागिता जनाएको थियो । ईश्वरकै कप्तानीमा नेपालले बीएफए वेस्ट एसिया कप बेसबल कपको दुई संस्करण खेल्यो । 

नेपालले २०१५ मा इस्लामावादमा भएको १२औं बीएफए वेस्ट एसिया बेसबल कप खेल्यो । सन् २०१७ मा इस्लामावादमै भएको १३औं बीएफए वेस्ट एसिया बेसबल कपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । नेपालले समूह चरणमा इराकलाई पारजित गर्दै सेमिफाइनल पुगेको थियो । तर सेमिफाइनलमा श्रीलंका र तेस्रो स्थानको लागि भएको खेलमा इरानसँग पराजित भयो ।

राष्ट्रिय टिमबाट खेल्नुअघि नै थापा बेसबल खेल्न कै लागि सन् २००९ मा जापान गएका थिए । जहाँ उनले दुई प्रोफेसनल क्लबबाट खेले । ‘सुरुमा २०१० मा एक वर्ष ओसाका हवक्स डि्रममा अनुबन्ध भएँ । त्यसपछि जिरो सिक्स ९०६० बुल्सबाट दुई सिजन खेलेँ,’ थापाले भने । जापानमा खेलेपछि उनी नेपालको पहिलो प्रोफेसनल बेसबल खेलाडी बनेका हुन् ।

ईश्वरले नेपालको लागि पाँच अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । जसमा चार प्रतियोगिता पाकिस्तान र एक श्रीलंकामा गएर खेलेको उनले बताए । पछिल्लो पटक उनले सन् २०१९ मा बीएफए वेस्ट एसिया बेसबल कप खेलेका थिए । जापानमा रहेका उनी त्यसबेला उतैबाट श्रीलंका गएर खेलेका हुन् ।

अहिले उनी जापानमा बच्चाहरुलाई बेसबल सिकाउने तथा नाइन फोर्स क्लबबाट बेसबल खेल्नेसमेत गर्छन् । ‘बेसबलमा लागेको धेरै समय भयो । आफूमा पाएको अनुभव र ज्ञान बाँड्दैछु । नेपाली बच्चाहरु जापान आएर खेल्दा उनीहरुलाई सहयोग पुग्छ,’ उनले थपे ।

भविष्यमा थापाले नेपालमै आएर बेसबलमा केही गर्ने योजनासमेत बनाएका छन् । ‘पछि नेपालमै आएर काम गर्न मन छ । नेपाललाई एसियन च्याम्पियनसिपमा पुर्‍याउन मन छ,’ श्रीमती र छोरासहित ओसाका बस्दै बएका उनले भने ।

नेपाली बेसबल विकासमा ‘निप्पोन एसिया बेसबल फ्रेण्ड क्लब लालीगुराँस’को भूमिका

बेसबल विकासको लागि जापानमा ‘निप्पोन एसिया बेसबल फ्रेण्ड क्लब लालीगुराँस’ नामक संस्थाले अग्रणी भूमिका निभाइरहेको छ ।

निप्पोन एसिया बेसबल फ्रेण्ड क्लब लालीगुराँसका सदस्यहरु ।

थापा आफैं पनि यही संस्थाको माध्यमबाट जापान पुगेका थिए । सुरुमा उनले व्यवसायिक खेलाडीको रुपमा अनुभव बटुले । त्यसपछि खेल्दै बच्चाहरुलाई बेसबल सिकाउँदै गर्न थाले ।

हाल उनी यो संस्थाको अध्यक्ष हुन् । सन् १९९९ मा स्थापना भएको यो संस्थाले स्थापना कालदेखि नै नेपाललगायत विश्वका विभिन्न देशहरुमा बेसबलको विकास र विस्तारको निम्ति निरन्तर रुपमा महत्वपूर्ण भूमिका खेलिरहेको क्लबका हालका अध्यक्ष थापाले बताए । ‘हामीले नेपालबट पनि यू-१६ टिमलाई जापानमा बोलाएर प्रशिक्षण दिने र खेल खेलाउने गरेका थियौं,’ थापाले जापानबाट अनलाइनखबरसँग भने ।

यस संस्थाले नेपालको बेसबल विकासमा पनि सहयोग गर्दै आएको छ । भन्छन्, ‘नेपालबाट युवा खेलाडीलाई जापानमा बोलाएर प्रशिक्षक दिनेदेखि बेसबलका सामग्रीहरु नेपाल पठाउने काम पनि गरेका छौं ।’

विशेषगरी यस संस्थाले जापनमा रहेका नेपालीहरुलाई बेसबलको प्रशिक्षण दिँदै आएको छ । आगामी दिनमा भने जापानमा रहेका नेपालीहरुलाई पनि समेटेर बेसबल क्लब निर्माण गर्ने योजना रहको थापा बताउँछन् । त्यसैका लागि हाल बेसबल सम्बन्धी जानकारी र अभ्यासमूलक कार्यक्रमहरुको आयोजना गरिरहेको उनले जानकारी दिए । अब हरेक महिना निरन्तर रुपमा कार्यक्रमको आयोजना गरिने र इच्छुक जो कोहीले पनि सहभागिता जनाउन सकिने उनले बताए ।

नेपालको बेसबल विकासमा निरन्तर सहयोग गर्दै आएको ‘निप्पोन एसिया बेसबल फ्रेण्ड क्लब लालीगुराँस’ले जापान र नेपालमा विभिन्न प्रतियोगिता र कार्यक्रमहरुमा सहभागिता जनाएको छ । यस संस्थामा अहिले ५० जना सदस्य छन् । संस्था सञ्चालनका लागि सदस्यहरुबाटै वार्षिक ६ हजार रकम उठाउने गरेको उनले बताए ।

क्रिकेट जस्तै बेसबल

ईश्वर थापा ।

बल र ब्याटको माध्यमले खेलिने बेसबल हेर्दा क्रिकेटजस्तै देखिए पनि नियम पूर्णतः फरक छ । प्रत्येक टिममा ९ जना खेलाडी रहने बेसबल सन् १८३९ ताका अमेरिकाबाट सुरु भएको इतिहास छ ।

सुरुवातमा अनौठो र अफ्ठ्यारो लागे पनि नियम बुझ्न सरल भएकोले हेर्न निकै नै रोचक लाग्ने यो खेल हाल विशेष गरी जापान, अमेरिका, अष्ट्रेलिया, मेक्सिको, चीन, ताइवान, कोरिया लगायतका देशहरुमा बढी लोकप्रिय छ ।

गत मार्चमा सम्पन्न वर्ल्ड बेसबल क्लासिक २०२३ मा अमेरिकालाई पराजित गर्दै जापानले प्रथम स्थान हासिल गरेको थियो । जापानको यो तेस्रो उपाधि हो । यसभन्दा अगाडि सन् २००६ र सन् २००९ मा पनि उपाधि जितेको जापानले सर्वाधिक ३ पकट वर्ल्ड बेसबल क्लासिक जित्ने कीर्तिमानसमेत बनाएको छ ।

नेपालमा बेसबलको विकास

सन् १९८० को दशकमा अमेरिकाबाट र्फकेका युवाहरुको समूहले नेपालमा बेसबलको परिचय गराएका थिए । तर, थोरै मात्र विकास भएको थियो । सन् १९९८ मा जापानको पुल गाइकुन युनिभर्सिटी र सर्कल लालिगुराँसले नेपालको पोखरामा बेसबल प्रमोसन क्याम्पेन सुरु गरेको थियो । उनीहरुले पोखराको स्कुलमा बेसबल सिकाउन थालेका थिए ।

अकामाचु हिरोआकीको नेतृत्वमा रहेका उनीहरुले बेसबल प्रचार समूह बनाएका थिए ।

सन् २००१ मा नेपालमा पहिलो पटक हाई स्कुलमा बेसबल प्रतियोगिता खेलिएको थियो भने सन् २००३ मा काठमाडौं युनिभर्सिटीमा बेसबल खेलिएको थियो । सन् २००५ मा पहिलो बेसबल टिम लालिगुराँस निर्माण भएको थियो ।

सन् २००९ मा नेपाल बेसबल एण्ड सफ्टबल फेडेरेसनको स्थापना भएपछि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि सहभागिता जनाउन थाल्यो ।

नेपालले अहिलेसम्म चार पटक वेष्ट एसिया कप, एक पटक प्रेसिडेन्टल कप र एक पटक साउथ एसियन कपमा भाग लिएको संघका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिए ।

अध्यक्ष न्यौपानेका अनुसार अहिले संघको ४३ जिल्ला संघ छ भने पाँच प्रदेशमा संघ छ । आउने असार २ र ३ गते संघको वार्षिक साधारण सभा हुँदैछ । त्यसअघि जुनियर राष्ट्रिय प्रतियोगिता हुने न्यौपानेले जानकारी दिए ।



from Online Khabar https://ift.tt/3o84ICp

टिंडर वाला आशिक निकला स्कैमर, मिलने आने का झांसा देकर ट्रांसफर करा लिए पैसे, 4.5 लाख डूबे तो खुली आंख

Online Scam: स्कैमर्स की पहुंच अब फेसबुक और वाॅट्सऐप तक ही नहीं रही, बल्कि ये टिंडर जैसे पॉपुलर डेटिंग ऐप्स पर भी लोगों को निशाना बना रहे हैं. हाल ही में एक महिला के साथ धोखाधड़ी का चौंकाने वाला मामला सामना आया है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/L4xnijo

स्वास्थ्य क्षेत्र कार्यक्रम कार्यान्वयनमै शंका

१५ जेठ, काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा स्वास्थ्यका कार्यक्रम कार्यान्वयन हुनेमा भने शंका देखिन्छ ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य क्षेत्रका कतिपय पुराना कार्यक्रमलाई नै निरन्तरता दिंदै गत वर्षकै पुराना कार्यक्रमलाई ‘कपीपेस्ट’ गरेका छन् ।

केही राम्रा कार्यक्रम अघि सारेर कार्यान्वयन नै नहुने विगतका सिलसिलालाई हेर्दा स्वास्थ्य क्षेत्रका कार्यक्रममा ‘कागजी पानामा’ मात्रै सीमित हुने गरेका जानकारहरू बताउँछन् ।

जनस्वास्थ्यविद् डा. शरद वन्त सरकारले ल्याएको कार्यक्रममा कार्यान्वयनको कुनै ठोस आधार नभएको बताउँछन् ।

‘सरकारले ल्याएका सबै कार्यक्रम राम्रा र सकारात्मक खालका छन् । ती कार्यक्रम विगतमा पनि अभिव्यक्त भइसकेका छन् । तर, कार्यान्वयन हुन सकेनन्’ डा. वन्तले टिप्पणी गर्दै भने, ‘यस्ता कार्यक्रम कार्यान्वयन हुने ग्यारेन्टीको कुनै आधार छैन ।’

असफल कार्यक्रमलाई निरन्तरता

सरकारले पुनः सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्ने सबै संघीय अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी– एक स्वास्थ्य संस्था कार्यक्रमको घोषणा गरेको छ । जबकि, चालु आर्थिक वर्षमा पनि दुर्गम क्षेत्रबाट सो कार्यक्रम लागू गर्न सरकार असफल भएपछि पुनः केन्द्रीय अस्पतालबाट सुरु गर्ने जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’ कार्यक्रम दश वटा अस्पतालबाट क्रमशः अगाडि बढाउने घोषणा गरेको थियो । तर, स्वास्थ्य मन्त्रालयले सो कार्यक्रम लागू गर्ने अस्पतालहरूमा पत्राचार गरेसँगै स्वास्थ्य क्षेत्रका विभिन्न संघ–संगठन, चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध जनाएका थिए ।

एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था (कार्यक्रम सञ्चालन) कार्यविधि, २०७७ अनुसार सो कार्यक्रम लागू भएको अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अरू अस्पतालमा काम गर्न पाउने छैनन् । त्यसकारण पनि निजी अस्पताल सञ्चालक र सरकारी चिकित्सक नै यो कार्यक्रम असफल बनाउन लागिपरेका छन् ।

काठमाडौं उपत्यकाका अधिकांश अस्पतालका विभागीय प्रमुख, कन्सल्टेन्ट चिकित्सक तथा मेडिकल अधिकृतहरू निजी अस्पताल र क्लिनिकमा पनि काम गर्छन् । धेरै निजी अस्पतालले सरकारी अस्पतालकै चिकित्सकको नामका आधारमा ब्रान्डिङ गरेका छन् । कतिपय सरकारी चिकित्सकले निजी अस्पतालमा लगानी समेत गरेका छन् । केही सरकारी चिकित्सक भने आफैं क्लिनिक चलाउँछन् ।

सरकारले उक्त कार्यक्रम सञ्चालन गर्नका लागि २४ करोड विनियोजन गरेको छ ।

स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल एक चिकित्सक/स्वास्थ्यकर्मी– एक स्वास्थ्य संस्था दुर्गम क्षेत्रमा प्रभावकारी हुने जिकिर गर्छन् ।

‘जिल्ला तथा स्थानीय अस्पतालमा २४ घन्टा नै स्वास्थ्यकर्मी उपलब्ध यो कार्यक्रमको मुख्य उद्देश्य हो । जसले गर्दा विपन्न, पिछडिएको क्षेत्रका नागरिकले सेवा पाउँछन् । शहरी क्षेत्रमा डाक्टर ड्युटीमै हुन्छन् नि’ डा. प्याकुरेल भन्छन्, ‘यो कार्यक्रम चिकित्सकमुखी होइन, जनतामुखी हुनुपर्छ नि !’

तर, दुर्गम क्षेत्रमा बस्ने चिकित्सकको लागि सरकारले प्रोत्साहन भत्ताको राम्रो व्यवस्था गरिदिनुपर्ने उनको भनाइ छ ।

साथै; मातृ मृत्युदर र नवजात शिशु मृत्युदर बढी भएका स्थानमा लक्षित गरी आमा र नवजात शिशु सुरक्षाको विशेष कार्यक्रम सञ्चालन गरिने सरकारले घोषणा गरेको छ । तर, यो कार्यक्रम गत वर्षको निरन्तरता हो ।

सरकारी तथ्यांक अनुसार नवजात मृत्युदर प्रति हजार जीवित जन्ममा २१ र एक वर्षसम्मका शिशुको मृत्युदर २८ रहेको छ ।

जबकि, एक दशकदेखि नवजात शिशुको मृत्युदरमा कमी ल्याउन सरकार सफल भएको छैन । दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रति हजार जीवित जन्ममा १२ वा सोभन्दा कम र २०३५ मा १० भन्दा कममा ल्याउने सरकारले प्रतिबद्धता जनाएको छ ।

पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी पछिल्ला वर्ष स्वास्थ्य क्षेत्रको भौतिक पक्षमा उल्लेख्य वृद्धि भए पनि अझै पनि सेवा प्रवाहमा गुणस्तरीय नहुँदा नवजात शिशुको मृत्युदर घट्न नसकेको बताउँछिन् ।

‘अहिले पनि गाउँघरमा महिलाले पुरुषले नै खाएको खानेकुरा खाने प्रचलन कायम नै छ । जसले गर्दा गर्भावस्थामा यथेष्ट मात्रा पोषण पुगेको हुँदैन । जसले गर्दा बच्चा कमजोर जन्मिने हुन्छ’ डा. रेग्मी भन्छिन्, ‘यस्ता नवजात शिशुको केही घन्टाभित्र नै मृत्यु हुन्छ ।’

डा. रेग्मीका अनुसार अस्पताल वा घरमै नवजात शिशुमा संक्रमण फैलिएको कारण नै बढी मृत्यु हुँदै आएको छ ।

‘सरकारले आमा र नवजात शिशुमा लगानी गरिरहेको छ । तर, त्यसअनुसारको प्रतिफल पाउन सकिएको छैन । सरकारले हरेक वर्ष हेलिकप्टरबाट उद्धार गर्ने भनेर खर्च छुट्याइरहेको हुन्छ’ डा. रेग्मी भन्छिन्, ‘दूरदराजमा सुविधासम्पन्न डेलिभरी सेवा र जनशक्ति उपलब्ध गराउने हो भने आमा र बच्चाको स्वास्थ्य सेवा नपाएर मृत्यु हुने थिएन ।’

विज्ञहरू पालिकास्तरमै प्रभावकारी संरचना र जनशक्ति पु¥याउनुपर्नेमा जोड दिन्छन् । कम्तीमा स्वास्थ्य संस्थामा हेल्थ असिस्टेन्ट प्राविधिक रूपमा दक्ष नभएको अवस्थामा नवजात जीवनरक्षा प्रभावकारी बन्न सक्दैन । स्वास्थ्य संस्थामा कम्तीमा पनि एमडीजीपी गरेका डाक्टर र पब्लिक हेल्थमा ग्य्राजुएट जनशक्ति भएको खण्डमा गुणस्तरीय सेवा दिन सक्ने उनी बताउँछिन् ।

पूर्वाधारमा जोड तर, दरबन्दीमा ध्यान गएन

सरकारले यस आर्थिक वर्षमा ३२२ स्थानीय तहमा निर्माण भइरहेका ५, १० र १५ शय्याको अस्पतालका लागि ८ अर्ब विनियोजन गरेको छ । त्यस्तै, आगामी वर्ष सम्पन्न हुने १०० अस्पताललाई स्वास्थ्य उपकरण खरिद गर्नका लागि ८२ करोड छुट्याएको छ ।

तर, सरकारले आगामी आर्थिक वर्षमा सबै सरकारी सेवा नियामक निकाय र सार्वजनिक संस्थामा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने घोषणा गरेको छ ।

सरकारी तथ्यांक हेर्ने हो भने केन्द्र मातहतका स्वास्थ्य संस्थाको तथ्यांक केलाउने हो भने ७० प्रतिशतभन्दा बढी विशेषज्ञ दरबन्दी खाली छन् । दुर्गम क्षेत्रमा मेडिकल अफिसर समेत सरकारले पु¥याउन सकेको छैन ।

२० जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको डडेल्धुरा अस्पतालमा एक जना पनि पदपूर्ति हुनसकेको छैन । मेडिकल अधिकृततर्फ १८ जनाको दरबन्दी छ । तर ७ जना मात्र पदपूर्ति भएको छ । उनीहरूमध्ये पनि ४ जना अध्ययन बिदामा भएकाले ३ जनाले धान्नुपरेको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि तीन जना मात्रै कार्यरत छन् । मेडिकल अधिकृतमा भने ६ मध्ये एक जनाको दरबन्दी खाली छ ।

भरतपुर अस्पताल, चितवनमा ७ जना (४७ जनामध्ये) विशेषज्ञ चिकित्सकको दरबन्दी खाली छ । मेडिकल अधिकृतमा दुई दरबन्दीमा पदपूर्ति हुनसकेको छैन ।

भेरी अस्पताल नेपालगञ्जमा ४४ जनाको विशेषज्ञ दरबन्दी छ । तर १९ जना मात्रै चिकित्सक कार्यरत छन् ।

प्रदेशतर्फ कोशीमा ८ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् भने ५९ दरबन्दी रिक्त छ । मेडिकल अधिकृततर्फ ३५ जनाको दरबन्दी भएकोमा १७ मात्रै कार्यरत छन् ।

मधेश प्रदेशमा ५४ जनाको दरबन्दी खाली छ, १९ जना मात्र कार्यरत छन् । यस्तै मेडिकल अधिकृत ६६ जनाको दरबन्दी भएकोमा ३९ जना मात्रै कार्यरत छन् ।

बागमती प्रदेशमा ५ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् भने ४८ दरबन्दी रिक्त छ । मेडिकल अफिसरतर्फ भने दरबन्दी अनुसार ३६ जना चिकित्सक कार्यरत छन् ।

लुम्बिनी प्रदेशमा विशेषज्ञ चिकित्सकको १३३ दरबन्दी रिक्त छ भने ३८ जना कार्यरत छन् । यस्तै मेडिकल अफिसर ११७ मध्ये ७५ दरबन्दी खाली छन् ।

कर्णाली प्रदेशमा १० जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । ६९ दरबन्दी रिक्त छ । मेडिकल अधिकृततर्फ १५७ जनाको दरबन्दीमा ३३ मात्रै कार्यरत छन् ।

सुदूरपश्चिम प्रदेशमा ११औं तहमा एक जना मात्र कार्यरत छन् भने १३ दरबन्दी रिक्त छ । नवौं र दशौं तहमा ६४ दरबन्दी भए पनि ७ जना मात्र कार्यरत छन् । आठौं तहमा २२ जना कार्यरत छन् भने ५१ दरबन्दी रिक्त छ ।

सरकारको बजेट भौतिक पूर्वाधार निर्माणमा केन्द्रित भए पनि दरबन्दी थप गर्न भने पटक–पटक चुकिरहेको डा. प्याकुरेल बताउँछन् ।

‘सरकार भौतिक पूर्वाधार निर्माणमा मात्रै केन्द्रित छ । पूर्वाधार बन्ला, उपकरण पनि पठाउँला तर जनशक्ति त थपिएको छैन’ डा. प्याकुरेल प्रश्न गर्छन् ‘तीन दशकदेखि जनशक्ति थपिएको छैन । भएका दरबन्दीमध्ये पनि आधा रिक्त छन् । यस्तो अवस्थामा गुणस्तरीय सेवा कसरी दिन सकिन्छ ?’

सरकारले काठमाडौं वीर अस्पतालमा रहको वर्न युनिटलाई स्तरोन्नति गरी सुविधासम्पन्न वर्न सेन्टरको विकास गर्ने घोषणा गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार विकास र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको दैलेखको आठविस नगरपालिकामा १०० शय्याको स्याटेलाइट अस्पताल स्थापना गर्ने प्रक्रिया अगाडि बढाइने सरकारको योजना छ ।यस्तै, सं

घीय अस्पतालमा रहेका जनस्वास्थ्यका प्रयोगशाला स्तरोन्नति गरिने कार्यक्रममा उल्लेख छ ।

प्रतिष्ठानलाई एकीकृत गरिने

स्वास्थ्य क्षेत्रका प्रतिष्ठानलाई मितव्ययी, व्यवस्थित र प्रभावकारी बनाउन क्षेत्रगत एकीकृत छाता स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तर्जुमा गरिने भनिएको छ ।

हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राप्ती, कर्णाली, पोखरा, पाटन, मदन भण्डारी, मधेश र बीपी कोइराला गरी ९ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् । ती सबै प्रतिष्ठानले अहिले स्वास्थ्य उपचारसँगै शैक्षिक कार्यक्रम र परीक्षा प्रणाली आ–आफ्नै तरिकाले सञ्चालन गरिरहेका छन् ।

विज्ञहरू एकीकृत छाता ऐन लागू भएमा शैक्षिक कार्यक्रम सुधारदेखि आर्थिक अनियमितता कम हुनसक्ने बताउँछन् ।

प्रत्येक प्रतिष्ठानमा उपकुलपति, रजिष्ट्रार लगायत अलग–अलग जनशक्तिहरू छन् । यसबाट राज्यकोषको अनावश्यक रकम खर्च भइरहेको भन्दै आर्थिक मितव्ययिता अपनाउन सबै निकायलाई समेट्ने एकीकृत छाता ऐन बनाइने भएको हो ।

सबै प्रतिष्ठानलाई समेट्ने गरी एक उपकुलपति बनाइनेछ भने प्रत्येक प्रतिष्ठानमा एक–एक जना डीन तोकिने व्यवस्था नीति तथा कार्यक्रमले गरेको छ ।

९ वटा प्रतिष्ठानका ३० जनाभन्दा बढी पदाधिकारीको तलब भत्तामा सवारी र यातायात खर्च, आवास खर्च, संचारलगायतको करोडौं खर्च हुने गरेको छ ।

तर, प्रतिष्ठानलाई एकीकृत गरिने पुरानो कार्यक्रमलाई निरन्तरता नै दिइएको हो ।

स्वास्थ्य बीमालाई पुनर्संरचना गरिने

सरकारले स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमाका बीच दोहोरोपन नहुने गरी कार्यविधि तर्जुमा गर्ने जनाएको छ । हाल सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत क्यान्सर, मेरुदण्ड, पक्षघात र मिर्गौला प्रत्यारोपण र डायलाइसिस गराइरहेका बिरामीलाई औषधि उपचार खर्च बापत मासिक ५ हजार दिंदै आएको छ ।

यस्तै, विपन्न नागरिकलाई मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियाको उपचारमा एक लाख अनुदान दिंदै आएको छ ।

तर, अबदेखि सामाजिक सुरक्षाको कार्यक्रमलाई क्रमशः स्वास्थ्य बीमाको दायरा अन्तर्गत ल्याउने सरकारको योजना छ । ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिनेछ । स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमा बीच दोहोरोपन नहुने गरी आर्थिक वर्षभित्रै कार्यविधि तुर्जुमा गरिनेछ’ अर्थमन्त्री महतले भने ।

बीमामा आधारित भएर सरकारले स्वास्थ्यमा सबैको पहुँच पु¥याएर नेपाललाई सशक्त बनाउँदै सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ ।

तर, स्वास्थ्य बीमा अवधारणा अनुसार नै नचलेको पूर्व स्वास्थ्य मन्त्री थापा गुनासो गर्छन् । सबै नागरिकको आम्दानीको आधारमा प्रिमियम तोकिदिने र नसक्नेका लागि सरकारले तिर्ने नीतिका साथ सबै स्वास्थ्य सेवालाई बीमामै समेट्ने स्वास्थ्य बीमाको अवधारणा हो । सरकारले अहिले कडा रोग, अंग प्रत्यारोपण बिरामीका लागि छुट्टाछुट्टै कार्यक्रम ल्याएको छ । जबकि, सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत नै बीमामा समेट्नुपर्ने थियो ।

‘जबकि हामीले बनाउन खोजेको तीन हजार तिरेर एक लाखको उपचार पाउने बीमा होइन । कसैले चार हजार तिर्ला, कसैले पाँच हजार तिर्ला, कसैले पचास हजार त कसैले एक लाख तिर्ला, कसैले पाँच लाख तिर्ला’ थापा भन्छन्, ‘तर उपचारका क्रममा दश लाख परे पनि, २० लाख परे पनि, ५० लाख परे पनि, एक करोड परे पनि उपचार चाहिं बीमाले कभर गर्छ भनेर बनाउन खोजिएको हो ।’

आधारभूत स्वास्थ्य सेवा सरकारले संविधानमै निःशुल्क तोकेको छ । त्यसमाथिको स्वास्थ्य सेवा बीमाले समेट्नुपर्ने हो । जबसम्म बीमालाई अनिवार्य बनाउने संरचनामा लैजाँदैनौं तबसम्म, बीमा कार्यक्रम दिगो हुँदैन ।

केन्द्रीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण

सबै केन्द्रीय अस्पतालहरूबाट मिर्गौला प्रत्यारोपण सेवा व्यवस्था मिलाइने सरकारले घोषणा गरेको छ । तर, विज्ञहरू भने सरकारले घोषणा गरे पनि सबै केन्द्रीय अस्पतालमा विज्ञ जनशक्ति अभाव तत्कालै नै सम्भव नहुने जिकिर गर्छन् ।

स्तै केन्द्रीय अस्पतालबाट विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न सक्ने गरी सुपरस्पेशियालिटी सुविधा सहितको शिक्षण अस्पतालको रूपमा विकास गर्ने सरकारको योजना छ ।

बजेटको कार्यक्रम अनुसार निजामती अस्पतालको स्तरोन्नति गरी सुपरस्पेशियालिटी सहितको अस्पताल विकास गरिनेछ । प्रादेशिक अस्पतालको समन्वयमा प्रदेशस्तरमा निजामती अस्पतालको सेवा विस्तार गरी निजामती कर्मचारीलाई सुलभ रूपमा उपचार सेवा दिने व्यवस्था मिलाउने कार्यक्रममा उल्लेख छ ।

यस्तै, बर्सेनि बढ्दै गएको बुढ्यौली उमेरमा देखिने डिमेन्सिया र अल्जाइमर्स रोगको स्क्रिनिङ गरी जेरियाट्रिक वार्ड प्रभावकारी बनाउने जनाएको छ ।

आधारभूत स्वास्थ्य परीक्षण कार्यक्रमले निरन्तरता पाएन

सरकारले नसर्ने रोग रोकथामका लागि ४० वर्ष माथिका नागरिकलाई स्थानीय तहका स्वास्थ्य संस्थामा वर्षमा एक पटक नसर्ने रोगको निःशुल्क स्क्रिनिङ सेवा प्रत्येक वर्ष घोषणा गर्दै आएको थियो ।

सरकारले नीति तथा कार्यक्रम वा बजेटमा पटक–पटक नसर्ने रोग रोकथामका लागि वार्षिक एकपटक रगत र पिसाब निःशुल्क परीक्षण गर्ने योजना अगाडि सारेको थियो । तर, समुदायस्तरमा पुग्न नसकेको कारणले सरकारले पुनः सो कार्यक्रमलाई अगाडि लैजान सकेन ।

तर, जनस्वास्थ्यविज्ञहरू भने यो कार्यक्रमलाई निरन्तरता नपाउँदा भविष्यमा दीर्घ रोगको समस्या भयावह हुने बताउँछन् । पछिल्लो तथ्यांक अनुसार नसर्ने रोगले मृत्युको ७१ प्रतिशत हिस्सा ओगटेको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका नसर्ने रोगका शाखा प्रमुख फणीन्द्र बराल बजेट अभावकै कारण समुदायस्तरमा कार्यक्रम लैजान नसकिएको बताउँछन् ।

‘नीति तथा कार्यक्रममा प्रत्येक वर्ष समावेश हुन्छ, तर बजेट छुट्याइँदैन’ डा. बराल भन्छन्, ‘बजेट नै नभएकाले कार्यक्रमलाई विस्तार गर्न सकिएको छैन ।’

पुराना कार्यक्रम पनि, बजेट पनि घट्यो

सरकारले कतिपय पुरानै विषय र उपलब्धि दोहोर्‍याएको छ । गत आर्थिक वर्षभित्र काठमाडौं उपत्यकामा ३०० शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल, सबै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण गरिने घोषणा भएको थियो ।

यस वर्ष पनि शुक्रराज ट्रपिकल तथा रोग अस्पताललाई ३०० शय्यामा विस्तार गरिने घोषणा गरिएको छ । यस्तैगरी पोखरा, सुर्खेत, डोटी, भरतपुरमा निर्माण भइरहेका प्रादेशिक सरुवा रोग अस्पताललाई आगामी वर्ष सम्पन्न गर्ने सरकारको योजना छ । सरुवा रोग अस्पताल निर्माण र विस्तारका लागि ४६ करोड विनियोजन भएको छ ।

अर्थमन्त्री महतले आधारभूत स्वास्थ्य सुविधा निःशुल्क पाउने नागरिकको मौलिक हकको सुनिश्चित गर्दै सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क पाउने व्यवस्था घोषणा गरेका छन् ।

निःशुल्क वितरण हुने सबै प्रकारका औषधि सबै स्वास्थ्य संस्थामा निरन्तर उपलब्ध हुने व्यवस्था मिलाइने सरकारी अस्पतालमा घोषणा गरेअनुसारको कार्यान्वयन भने हुनसकेको छैन । अर्थात् सेवाग्राहीहरूले निःशुल्क पाइने भनिएको औषधि पनि खरीद गर्नुपर्ने बाध्यता छ ।

आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट घटाएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यको बजेट २० अर्बले घटेको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यमा तीनै तहका लागि गरेर ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

जबकि चालु आर्थिक वर्षमा स्वास्थ्यको बजेट तीन वटै तहका लागि १ खर्ब ३ अर्ब १८ करोड रुपैयाँ दिएको थियो ।



from Online Khabar https://ift.tt/RQCYGuF

Sunday, May 28, 2023

के थियो टिकापुर काण्ड ? कसरी मारिएका थिए ८ जना ?

१५ जेठ, काठमाडौं । राज्य पुनर्संचना गर्दा सिमांकनको  विषयमा असन्तुष्ट थारु समुदायले थरुहट–थारुवान प्रदेशको माग गर्दै पश्चिम नेपालका कैलाली–कञ्चनपुरसहितका जिल्लामा आन्दोलन गर्दै आएका थिए । त्यसविरुद्ध अखण्ड सुदूरपश्चिमको नारासहित पहाडी समुदायले पनि आन्दोलन गर्दै आएका थिए ।

अखण्ड सुदूरपश्चिमको तुलनामा थरुहट–थारुवान संघर्ष समितिको आन्दोलनले चर्को रुप लियो । आन्दोलनकारीले सरकारी कार्यालयहरुमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने अभियान चलाएका थिए । कैलालीको टिकापुरमा ७ भदौ २०७२ मा थारु समुदायले चोक र सार्वजनिक स्थानमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने कार्यक्रम थियो । उनीहरुले सडक बन्द गरेर प्रदर्शन जारी राखेका थिए ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जिल्लामा निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीले उल्लंघन गरेका थिए । आन्दोलनलाई रोक्न छिमेकी जिल्लाहरुबाट समेत झिकाएर प्रहरी फोर्स परिचालन गरिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीको कमाण्ड तत्कालीन सेती अञ्चलका प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने आफैं खटिएका थिए ।

आन्दोलनकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस वडा नम्बर ६ मा प्रहरीसँग झडप भयो । त्यो झडपपछि घरेलु हतियारसहित आएका आन्दोलनकारीले पशुहाट नजिकै एसएसपी न्यौपानेमाथि नै आक्रमण गरे ।

सो घटनामा न्यौपानेसहित नेपाल प्रहरीका प्रहरी निरीक्षक बलराम विष्ट, केशव बोहोरा, प्रहरी हबल्दार लक्षमण खड्का तथा प्रहरी जवान लोकेन्द्र चन्द मारिए । यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरी र आफ्नै घरमा बसेका एक नाबालक टेकबहादुर साउदको पनि मृत्यु भयो ।

टिकापुरमा मारिएका एसएसपी लक्ष्मण न्यौपाने

थरुहट र मधेश आन्दोलनको घटनाको छानबिन गर्न गठित आयोगका प्रमुख एवम् पूर्वन्यायाधीश गिरिशचन्द्र लालका अनुसार नाबालक साउदलाई थ्री नट थ्री बन्दुकको गोली लागेको थियो ।

त्यसको आक्रोशमा भोलिपल्ट रेशमको घर, उनले सन्चालन गरेको एफएम लगायतका संरचनामा आगजनी भयो । थारु समुदायका झण्डै एक सय वटा घरमा लुटपाट र आगजनी भएको थियो यही घटना टिकापुर घटनाको रुपमा चिनिन्छ ।

टिकापुरमा एसएसपीसहित ८ जनाको मृत्यु भएपछि सरकारले दंगा क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्यो । त्यतिबेला कञ्चनपुर, कैलालीसहित थारु बहुल जिल्लाहरु बर्दिया, बाँके, दाङ, रौतहट र सल्र्लाही समेतलाई दंगा क्षेत्र घोषणा गरिएको थियो । कार्यक्षमतामा प्रश्न उठाउँदै कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई सरकारले गृहमन्त्रालयमा तानेको थियो ।

सोही दिन तत्कालीन गृहमन्त्री बामदेव गौतमले संसदमा घटनाबारे जानकारी दिँदै टिकापुरमा बन्चरो, खुकुरी र हँसियासहितका घरेलु हतियार लिएर आएका आन्दोलनकारीले सुनियोजित रुपमा प्रहरी र सशस्त्र प्रहरीलाई घेरा हालेर आक्रमण गरेको बताए । उनले एसएसपी लक्ष्मण न्यौपानेसहितका प्रहरीलाई भालाले हानेर र सशस्त्र प्रहरीका हबल्दारलाई जलाएर मारिएको जानकारी गराए ।

टिकापुरमा घाइते प्रहरीहरु अस्पतालमा ।

यो हिंसात्मक घटनाको योजनाकार रेशम चौधरी भएको भन्ने अभियोग लाग्यो । किनभने उनले नै थारुमुक्ति र थरुहट थारुवान प्रदेशको पक्षमा जागरण अभियान चलाएका थिए ।  यद्यपि उनले हालसम्म पनि आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

टिकापुर घटनापछि भूमिगत भएका चौधरी २०७४ मंसिरमा भएको आम निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट भूमिगत अवस्थामै भारी मत अन्तरले निर्वाचित भएका थिए । तत्कालीन राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उनले वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हाले । तर मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलालीसामु उनले आत्मसमर्पण गरेका थिए । तत्कालीन जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले ११ जनालाई दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो ।

जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए । त्यतिबेलामा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महरा थिए । सांसद पदको सपथपछि पनि रेशमलाई जेलमै पठाइयो ।

एसएसपी लक्ष्मण न्यौपानेको शवयात्रा ।

२०७९ मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा पनि बर्दिया २ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी भने निर्वाचन आयोगले खारेज गरिदिएको थियो । सोही क्षेत्रबाट उनका बुवा लालबिर चौधरी स्वतन्त्र सांसद निर्वाचित भएका थिए । रेशमको उम्मेदवारी खारेज भएपछि लालविरलाई रेशम पत्नी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो ।

जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलालाई उच्च अदालत दिपायलले र उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेका थिए ।

तर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८० जेठ १४ गते आममाफी दिएपछि चौधरी गणतन्त्र दिवसको दिन जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका छन् । रिहा भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै चौधरीले टिकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने भन्दै त्यसका लागि आफूले पनि सघाउने बताए ।



from Online Khabar https://ift.tt/74UHyhb

रेशम चौधरी कारागारबाट रिहा

१५ जेठ, काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज छुटेका छन् ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् ।

मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।

यसपटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।

२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यसै क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

त्यसको अक्रोशमा भोलिपल्ट रेशमको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो । सोही घटनाको योजनाकारका रुपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो ।

घटनाको योजनाकारको आरोप लागेका उनी त्यसपछि भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा उनी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका थिए ।

वारिसनामा उम्मेदवारी दिएर चुनाव जिते पनि प्रमाणपत्र ग्रहण गर्न उनी आफैं आउनु पर्ने भयो । त्यसैले प्रमाणपत्र बुझ्न पाउनुपर्ने मागसहित रिट हाले तर सर्वोच्चले अस्वीकार गरेपछि उनले १५ फागुन २०७४ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरे ।

पूर्पक्षका लागि थुनामा रहेकै बेला १९ पुस २०७५ मा सांसदको शपथ लिएका उनलाई दुई महिनापछि जिल्ला अदालत, कैलालीले जन्मकैदको सजाय सुनायो भने ३ पुस २०७७ मा उच्च अदालत, दिपालयले सजायलाई सदर गरेको थियो ।



from Online Khabar https://ift.tt/M9AKOfg

ब्रांडेड 5G फोन पर पहली बार इतनी बड़ी छूट, फर्राटेदार चलेगा 5जी नेटवर्क, धड़ल्ले से खरीदने लगे लोग

5G Phone in india: नया 5जी फोन खरीदने की सोच रहे हैं तो आपके लिए अमेज़न पर कई बेहतरीन डील और डिस्काउंट दिया जा रहा है. देखिए लिस्ट और ले आइए घर नया पावरफुल फोन...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3qWMVp2

मूलधारबाट वञ्चित नागरिक नै लोकतन्त्रको सच्चा पहरेदार : राष्ट्रपति पौडेल

१५ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले दिएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेतृत्वप्रति सम्मान तथा यसमा सहभागी राजनीतिक कार्यकर्ता, नागरिक समाजका अगुवालगायत सबैको योगदानको उच्च प्रशंसा गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झना चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ । कुनै एक वंश विशेषमा ज्येष्ठताको आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रको प्रमुख विशेषता हो ।’

उनले गणतन्त्रले उद्देश्यअनुसारको राजनीतिक आचरण र चरित्र खोजेको कुरालाई बिर्सेमा अग्रजहरूको लामो सङ्घर्ष तथा नागरिकको ठूलो बलिदानप्रति नै अपमान गरेको ठहर्ने बताएका छन् ।

”लोकतन्त्रका लागि भएका आन्दोलनको मुख्य वाचा ‘शासन प्रणाली हावा, पानी माटो सुहाउँदो होइन जनता सुहाउँदो हुनुपर्छ र त्यसले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ’ भन्ने थियो । आन्दोलनमा जनतालाई सहभागी हुन तिनताका गरिएका वाचाहरूमा हाम्रो ध्यान कति पुग्न सक्यो कि सकेन भनेर वर्तमानमा आत्मसमीक्षा गर्न जरुरी छ ‘, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन् ।

जनताको अधिकारका लागि एउटै पुस्ताले तीन/तीन पटक सङ्घर्ष र आन्दोलन गर्नुपरेको इतिहास संसारमा विरलै रहेको भन्दै सत्तरी वर्ष सङ्घर्ष गरेर देशमा एउटा प्रणालीको टुङ्गो लगाएको शुभकामना सन्देशमा उल्लेख छ ।

‘जनताको हातमा अधिकार पुगेको छ । देश ग्रामीण विकासको बाटोमा अग्रसर छ । वडा तहदेखिकै हजारौँ जनप्रतिनिधिमार्फत राज्यसत्तामा जनताको पहुँच र अधिकार स्थापित भइरहेको छ । समावेशी व्यवस्था कायम भएको छ । केही व्यक्ति विशेषका आचरण र व्यवहारलाई लिएर जनताको व्यवस्थामाथि नै आँच पु¥याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन’, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको घर आँगनमा सेवा, सुविधा र विकास पुर्‍याउन सर्वोत्कृष्ट माध्यमको काम गर्ने बताउँदै राष्ट्रपति पौडेलले देशको वर्तमान परिस्थितिले त्यसलाई प्रमाणित गर्नुपर्ने मुख्य चुनौती देखिएको बताएका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘यो चुनौतीको सामना गर्न शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्यप्रणाली, सुशासन, जनसहभागितासहितको विकास प्रक्रिया, सामाजिक न्याय, अवसरको न्यायोचित वितरण, रोजगारीमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य आवश्यकता हो । यसका लागि आदर्शप्रेरित, सिद्धान्तनिष्ठ राजनीति, आचरणशील तथा उच्च नैतिक राजनीतिक नेतृत्व पहिलो सर्त हो ।’

राष्ट्रपति पौडेलले विपन्न, निमुखा र मूलधारबाट वञ्चित नागरिक नै लोकतन्त्रको सच्चा पहरेदार भएको बताएका छन् । शुभकामना सन्देशमा उनले भनेका छन्, ‘उहाँहरूको उत्थान नहुँदासम्म समृद्ध नेपाल निर्माण हुँदैन भन्ने कुरालाई ध्यानमा राखी हाम्रा नीति तथा योजनाहरू त्यसैमा केन्द्रित होऊन् भन्ने म चाहन्छु ।’

उनले श्रमशक्ति पलायन हुन रोक्नका लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नपर्ने बताएका छन् । ‘मुलुकको आजको सबैभन्दा दारुण दृश्य भनेकै युवा पुस्ताको विदेश पलायनको लहर हो । सक्षम युवा विदेसिँदा देशलाई चाहिने जनशक्तिको अभावबाट मुलुकले ठूलो मूल्य चुकाउनुपर्छ भन्ने हेक्का समयमै राखेर उनीहरूलाई स्वदेश फर्कने वातावरण तयार गर्न ‘गाउँबाट विचलित भइरहेको मनलाई गाउँमा नै सेवा सुविधा पुर्‍याएर गाउँमा नै बसौँ–बसौँ बनाउने’ वातावरण तयार गर्न आवश्यक छ’, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी उत्पादन, रोजगार र उद्योगधन्दासहितको अवस्था सृजना गर्ने विकास प्रयासको थालनी आजको सबैभन्दा ठूलो आवश्यकता हो । यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्यमान्यतालाई नीति निर्माण तह र नेतृत्वमा बसेका सबैले जीवनशैली र संस्कारका रूपमा व्यवहारतः अपनाउनुपर्ने खाँचो छ ।’

राष्ट्रपति पौडेलले राजनीति नाफा, नोक्सानको हिसाबकिताब मिलाउने पेसा, व्यवसायजस्तो होइन यो त विशुद्ध समाजसेवा हो भन्ने भावना हामी सबैमा जागृत नभएसम्म राजनीतिक नेतृत्वमा पनि गलत प्रवृत्ति र प्रभाव रहिरहने बताएका छन् ।

उनले शुभकामना सन्देशमार्फत राजनीति देश र जनताप्रति समर्पित हुने सेवाभाव हो भन्ने प्रमाणित गर्ने गरी आफ्ना आचरणहरू परिवर्तन गर्न तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था तथा बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक प्रणालीको माध्यमद्वारा राष्ट्रियता र राष्ट्रिय एकता प्रवर्द्धन गर्न आह्वान गरेका छन् ।



from Online Khabar https://ift.tt/qFf6H9P

आज गणतन्त्र दिवस मनाइँदै

१५ जेठ, काठमाडौं । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।

विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । अन्तत: तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे ।

विसं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो ।

पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।

संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष बनिन् । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे ।



from Online Khabar https://ift.tt/dtQ8x4n

Saturday, May 27, 2023

52 डिग्री में भी घर को ठंडा कर देंगे ये AC, एक बार ON कर लिया तो ओढ़नी पड़ जाएगी रजाई

Best AC for Summer: अगर चिलचिलाती गर्मी से परेशान हैं तो आपके लिए फ्लिपकार्ट पर कई ऐसे Air Conditioner लिस्ट किए गए हैं, जो भयंकर गर्मी में भी आपको ठंडा रखने में मदद करेंगा....

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/Z4Jh1i9

जब फेवातालको सिमसार पुर्नेले महानगरको टोलीलाई घेरे…

१४ जेठ, पोखरा । फेवातालको पामे क्षेत्रमा एक व्यक्तिलेे आवास प्रयोजनका लागि सीमसार क्षेत्र पुरिरहेको सूचना पाएपछि पोखरा महानगरको टोली शनिबार त्यता लाग्यो । पोखरा महानगरको ग १ झ ३२० नम्बरको पिकअप गाडीमा नगर प्रहरीसहितको टोली फेवा सीमसार क्षेत्रमा जाँदै गर्दा ग १ ख ८६८७ नम्बरको टिपरसँग आमनेसामने भयो । फेवाताल पुर्न माटो ओसारिरहेको अवस्थामा टिपर भेटिएपछि त्यसका चालकलाई नगर प्रहरीले केरकार गर्न थाले । केरकारका क्रममा खुल्यो, सीमसार क्षेत्र व्यवसायी युवराज खतिवडाले पुर्न लागिरहेका रहेछन् ।

धाडिङका युवराज खतिवडा पोखराका विभिन्न ठाउँमा मापदण्ड मिचेर सटर व्यवसाय गर्दै आएका व्यापारी हुन् । उनी फेवाताल पुरेको आरोपमा पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका छन् ।

‘माथि घाँटीछिना (फेवाताल मुहान)छेउको नाला खन्दा निकालिएको माटो बोकेर सीमसार क्षेत्रमा ल्याउने क्रममा थियो, त्यही क्रममा हामीले मालसहितको गाडी रोकेको हो,’ पोखरा महानगरका नगर प्रहरी सई पुरुषोत्तम थापाले भने, ‘अनुमति छ भने देखाउनुस्, हैन भने जाम् नगरपालिका, त्यसपछि प्रक्रियाअनुसार जाऔंला भन्यौं ।’

त्यही क्रममा त्यहाँ सामान्य विवाद भयो । फेवाताल पुर्न माटो ओसारिरहेको अवस्थामा रंगेहात पक्राउ परेको गाडी नियन्त्रण गर्न सक्ने स्थिति नरहेपछि सई थापाले बैदाम प्रहरी कार्यालयको सहयोग मागे । संयोगबस बैदामका डिएसपी त्यही बाटो हुँदै कतै जाँदै रहेछन् । डिएसपीको निर्देशनपछि माटो बोकेको टिपरलाई अघि लगाएर महानगरको टोली कार्यालय फर्किंदै थियो । पामे आइपुग्दा एकाएक एक हुल युवाले बाटोमा गाडी रोके । टिपरको माटो बाटोमै झार्न लगाए ।

‘डिएसपी साबले माटो बोकेको गाडीलाई हामीसँगै पठाइदिनुभो । पामे बजारभन्दा अलिकति अगाडि आइसकेपछि १५-२० जना केटाहरु ह्वार्ररै आए, टिपरलाई रोकेर बाटोमै माल झारिदिए, त्यसले गर्दा हाम्रो गाडी पनि ब्लक भयो,’ थापाले अनलाइनखबरसँग भने, ‘उनीहरुले हामीलाई कुट्नै खोजे । झगडा नै हुन थाल्यो ।’

व्यवसायी युवराज खतिवडा समर्थक युवाहरुले हातपात गर्न थालेपछि नगर प्रहरीको टोलीले फेरि बैदाम प्रहरीको सहयोग माग्यो । महानगरको गाडी त्यहीँ छोडेर बैदाम प्रहरी कार्यालयको गाडीमा उनीहरु फर्किए । बैदाम प्रहरीले महानगरको टोलीलाई उद्धार गर्यो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले महानगरको गाडी रोक्न संलग्न ७ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । फेवाताल पुर्न प्रयोग भएको टिपरसहित पक्राउ परेका ७ जनालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको र थप अनुसन्धा प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पछिल्लो समय फेवातालको सीमसार क्षेत्र पुर्ने काम तीव्र रुपमा बढेर गएको छ । कृषि प्रयोजनका लागि भन्दै महानगरदेखि अनुमति लिने र मापदण्डविपरीत आवास प्रयोजनका लागि सीमसार पुर्ने काम बढेर गएको हो । व्यवसायी देवेन्द्र केसीले पनि महानगरबाट कृषि प्रयोजनका लागि सहमति लिएर मापदण्डविपरीत फेवाताल पुरिरहेका छन् । तर, त्यसलाई रोक्न महानगर मौन छ ।

निरीह छन् सरोकारवाला निकाय

मापदण्डविपरीत फेवतालको सीमसार पुरिरहेको खबरबाट वडा, महानगर, जिल्ला समन्वय समिति, ताल प्राधिकरण, प्रदेश सरकार बेखबर भने होइनन् । नागरिक समाजले केही दिनअघिमात्रै मुख्यमन्त्रीलाई भेटेरै ताल पुर्ने गतिविधि रोक्न ज्ञापनपत्र बुझाएको थियो ।

तर, सीमसार मास्ने काम भने रोकिएको छैन । नागरिक अगुवा रामबहादुर पौडेल सरोकारवाला निकाय निरीह बन्दा माफियाको रजाइँ बढेको आरोप लगाउँछन् ।

ताल बचाउन पटकपटक आग्रह, ज्ञापनपत्र बुझाउँदा पनि कुनै प्रगति नभएको उनको भनाइ छ । त्यसका लागि मुख्य त स्थानीय सरकार नै लागिपर्नुपर्ने उनको सुझाव छ । ‘सम्बन्धित क्षेत्रका वडा, स्थानीय जनता, जग्गा धनी, महानगर, डिभिजन वन कार्यालय, सिंचाइ कार्यालय, ताल प्राधिकरण सबैलाई यो विषय जानकारी छ । तर, उनीहरु बोल्दैनन्,’ पौडेलले भने, ‘संरक्षित सम्पदा गैरकानुनी रुपमा मास्ने काम भइरहँदा यिनीहरु सबै जवाफदेही हुनुपर्छ ।’

फेवाताल क्षेत्रको जग्गा व्यक्तिको नाममा दर्ता

०७५ वैशाख १६ गतेको सर्वोच्च अदालतको फैसलाले ६५ मिटर भूूभागमा निर्माण भएका अनिधकृत अस्थायी तथा स्थायी सबै प्रकारका संरचना हटाउन आदेश गरेको थियो । ६ महिनाभित्र फैसला कार्यान्वयन गर्न आदेश जारी भए पनि कार्यान्वयनमा भने आएको थिएन । फैसला कार्यान्वयन नभएको भन्दै महानगरले अदलतको अवहेलना मुुद्दासमेत खेपेको थियो ।

अदालतको आदेशको एक वर्षपछि ०७६ जेठ ९ गते महानगरपालिकाले ताल वरिपरि ६५ मिटर क्षेत्रफलमा पर्ने संरचना हटाउन १५ दिने सूूचना पनि निकालेको थियो । तर, उक्त निर्णय कार्यान्वयन नहुँदै उच्च अदालत पोखराले मुुआब्जा र चारकिल्ला कायम गरेर मात्रै संरचना हटाउन आदेश दिएको थियो ।

सर्वोच्चको फैसलाअनुसार तोकिएको समयमा काम नभएपछि २० कात्तिक २०७७ मा सरकारले तत्कालीन जिल्ला विकास समितिका सभापतिसमेत रहेका एमाले नेता पुण्यप्रसाद पौडेल संयोजकत्वमा फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई २०७७ फागुन २ गते चार किल्ला तोकेर सीमांकन प्रतिवेदन बुझाएको थियो ।

०७७ फागुन १८ गतेको राजपत्रमा प्रकाशित भएको उक्त प्रतिवेदनमा पूर्वमा ड्यामसाइट, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी-चंखपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन कायम गर्ने गरी चार किल्ला तोकिएको छ ।

फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किमि -११२५५ रोपनी) कायम गरिएको प्रतिवेदनमा १ हजार ४७९ रोपनी फेवातालबाट अतिक्रमण भएको उल्लेख छ । फेवातालको जग्गामध्ये आठ हजार ७०० रोपनी पानीले ढाकिएको र व्यक्ति तथा सरकारका नाममा र दर्ता छुटेको गरी २५ सय रोपनी क्षेत्रफल कायम गर्नुपर्ने प्रतिवेदनमा उल्लेख थियो ।

पहिले फेवाताल रहेको क्षेत्रको ९१६ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको मालपोत कार्यालयको फिल्ड बुकबाट देखिएको छ । मालपोतबाट छुट दर्ता सुविधा लिएर ४७७ रोपनी थप जग्गा पनि व्यक्तिको नाममा गएको प्रतिवेदनमा छ ।

अदालतको फैसलाका आधारमा पनि फेवातालको ८३ रोपनी जग्गा व्यक्तिको नाममा गएको छ । यसैगरी तत्कालीन राजाको हुकुम प्रमांगीबाट १ रोपनीभन्दा धेरै जग्गा व्यक्तिको नाममा गएको प्रतिवेदनमा उल्लेख छ ।

फेवातालभित्र पर्ने १३३ रोपनी जग्गा व्यक्तिले भोगचलन गरिरहेको र उनीहरूको नाममा दर्ताको प्रक्रियामा रहेको पाइएको छ । यसरी हेर्दा फेवातालको कुल १ हजार ६१० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको हो ।

पोखराका निवर्तमान मेयर मानबहादुुर जिसी नेतृत्वको कार्यपालिका बैठकले फेवातालको मापदण्ड ३० मिटर बनाउने निर्णय गरेको थियो । स्थानीय चुुनावको मुुखैमा बसेको महानगरको ५५ औं कार्यपालिका बैठकले फेवातालको मापदण्ड ३५ मिटर घटाएको थियो ।

महानगरको चैत १६ गते बसेको ५५ औं कार्यपालिका बैठकले फेवासहित पोखराका विभिन्न ९ वटा तालको मापदण्ड घटाएको थियो । तर, तालको मापदण्ड घटाएर चुनावी फण्डा गरेको भन्दै त्यतिबेला नै महानगरले तीव्र आलोचना खेप्नुु परेको थियो ।

तर, महानगरसँग तालहरुको मापदण्ड हेरफेर गर्ने अधिकार नभएको र तालको मापदण्ड घटाउने निर्णय सर्वोच्चकै फैसलाविरुद्ध भएको भन्दै अधिवक्ता खगेन्द्र लामिछानेले सर्वोच्चमा रिट दायर गरेका थिए । उनको रिटउपर न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मुुद्दाको फैसला नभएसम्म तालको घटाइएको मापदण्ड कार्यान्वयन नगर्न असार १४ गते अन्तरिम आदेश जारी गरेको थियो ।



from Online Khabar https://ift.tt/6UjkAME

3 हज़ार रुपये सस्ता हुआ Vivo का गजब का 5G फोन, तोड़ू ऑफर देख खरीदने के लिए दौड़े ग्राहक

Vivo T2 5G price slash: अगर आप कोई नया दमदार एंड्रॉयड फोन खरीदने की सोच रहे हें तो आपके लिए Vivo का ये फोन ज़बरदस्त ऑफर लेकर आया है. इस फोन की खरीद पर 3,000 रुपये की बजत की जा सकती है....

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/56cTFmd

नेपालमा करिअर नदेखेपछि नर्सहरू विदेशतिर

१४ जेठ, काठमाडौं । सानै हुँदा स्कुलमा सर/मिसले ठूलो भएर के बन्ने सपना छ भनेर सोध्ने प्रश्नमा प्रतिमा निरौलाको जवाफ हुन्थ्यो– नर्स ! बाटोमा सेतो कोटमा सजिएका नर्स देख्दा उनी मनमनै सोच्थिन्, ‘म पनि नर्स बन्न सके देशकै सेवा गर्थें !’ सामान्य घरपरिवारमा जन्मिएकी प्रतिमालाई नर्सिङ पढाउन निरौला परिवारको बलबुताले भ्याएन ।

आफूले देखेको सपना पूरा गर्न उनले छात्रवृत्तिमा नाम निकालिन् । जेनतेन बुबा–आमाले फ्याक्ट्रीमा काम गरेर भए पनि अन्य खर्च जुटाए । २०६९ सालमा पीसीएल नर्सिङ पास गरेपछि तीन वर्ष नोबेल मेडिकल कलेजमा काम गरिन् । त्यसपछि २०७५ सालमा बीएस्सी नर्सिङ पास गरेर पुनः नोबेलमा काम गर्न थालिन् । विडम्बना मेडिकल कलेजले पीसीएल पास गरेर काम गर्न जाँदा भन्दा कम तलब दियो ।

नोबेलले तत्कालीन समयमा पीसीएल पास गरेर काममा जाँदा १५ हजार दियो । त्यसपछि, ब्याचलर्स गरेर जाँदा जम्मा साढे १२ हजार । उनीसँग अरू कुनै विकल्प पनि थिएन । निजी अस्पतालमा सबैतिर उही हालत । नोबेलमा काम गर्दै गर्दा त्रिवि शिक्षण अस्पतालमा २०७६ सालमा करारमा प्रवेश गर्ने मौका पाइन् ।

स्वास्थ्य उपचार नपाएर हजुरआमा गुमाउनु पर्यो । नर्सिङ पेशामा नछिर्दासम्म निरौलालाई लाग्थ्यो, ‘देशमै बुढाबुढीको सेवा गरेर बस्छु ।’ जब स्वास्थ्य सेवा प्रवेश गरेसँगै उनको मनमा प्रश्न खडा भयो— नेपालमै बसेर भविष्य बन्ला र ?

पेशाको सम्मान नहुनु, राजनैतिक अस्थिरता, तलब–सुविधा लगायत कुराले एक दशकमै उनलाई भुक्तभोगी बनाइदियो— ‘अब विदेश जानुबाहेक अन्य विकल्प छैन ।’

सँगै पढेका साथीहरूले विदेशमा एकस्तरको जीवनस्तर सुधार गरे । तर, नेपालमा भने बिहान–बेलुकी हातमुख जोर्न पनि धौ–धौ । ‘उनीहरूको प्रगतिले पनि विदेश जानमै प्रेरित गर्यो’, निरौलाले सुनाइन् ।
त्रिवि शिक्षण अस्पतालमा काम गर्दै जाँदा क्यानडाका लागि प्रक्रिया बढ्यो । आगामी ५ असारमा त्रिवि अस्पतालबाट जागिर छोड्दै उनी ३ साउनमा क्यानडाका लागि श्रीमान्सँगै ‘डिपेन्डेन्ट भिसा’ मा विदेश पलायन हुँदैछिन् ।

‘आर्थिक रूपमा कमजोर भएकै कारण लाखौं पैसा खर्च गरेर कुनै पनि हालतमा बाहिर जाने सोच थिएन । तर, बाध्यताले पनि बाहिर जानुपर्ने अवस्था आयो’ निरौलाले अनलाइनखबरसँग भनिन्, ‘भोलि छोरा–छोरीको भविष्य पनि हेर्नुपर्ने रहेछ ।’

****

‘विकल्प साँघुरिंदै जाँदा मनमा भविष्यको चिन्ता थपिंदो रहेछ । देशमा आर्थिक मन्दी चलिरहेको छ । जागिरको सुनिश्चितता छैन’ नर्स सुमी खड्का गुनासो गर्छिन्, ‘नर्सिङ क्षेत्र सरकारबाट विभेदमा परेपछि बस्न मन नलाग्ने रहेछ ।’

नेपालमा ३० हजार हाराहारीमा नर्स बेरोजगार भएको आकलन छ । निजी अस्पतालमा जागिर खानेले उचित तलब पाउँदैनन् । सरकारीमा एक नर्सले ५० भन्दा बढी बिरामी हेर्नुपर्ने बाध्यता छ । एकातर्फ काम गरिरहेको संस्थाको विरोध नै गर्दा भएको जागिर पनि जाने डर हुन्छ । निजी संस्थाले गरेको श्रमशोषणको मनपरीतन्त्रलाई नियन्त्रण गर्ने सरकारी निकाय पनि मौन छ । नेपालमा भविष्य नहुँदा अधिकांश नर्स विदेशको लागि प्रयासरत छन् ।

गत दुई वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा काम गर्दै आएकी सुमी खड्काले अमेरिकाको नर्सिङ लाइसेन्स पास गरिसकेकी छिन् । अब बाँकी छ त, भिसा आउन ।

पीसीएल नर्सिङ सकेपछि विनायक अस्पताल र नेपाल नेशनल हस्पिटल जस्ता राजधानीकै चर्चित अस्पतालमा काम गर्दा उनको तलब भने ८/१० हजार मात्र थियो ।

नेपालमा काम गर्ने वातावरण, राम्रो तलबभत्ता, पढ्नका लागि पर्याप्त वातावरण नहुने र बढी श्रम गर्नुपर्ने अवस्थाकै कारण विदेश जाने क्रम बढिरहेको उनको भनाइ छ ।

घरपरिवारमा सबै नर्स । कलिलो उमेरमा नर्स नै बन्ने दिमागमा छाप बस्यो । तर, जब जागिर सुरु गरिन्, नर्सिङ पेशाको दयनीय अवस्थाले उनलाई नैराश्य उत्पन्न गरायो ।

‘एक त योग्यता र क्षमता अनुसारको पनि जागिर पाइँदैन । अझै मास्टर डिग्री सकिसकेपछि पनि स्टाफ नर्सको तहमा काम गर्नुपर्ने अवस्था छ । तर, विदेशमा नर्सलाई आकर्षक आम्दानी र उच्च सम्मान पनि छ । जीवनलाई राम्रो बनाउन भए पनि विदेश नै जानुपर्ने सोच आउँदो रहेछ’, खड्का भन्छिन् ।

श्रीमान् पनि पेशाले डाक्टर हुन् । तर, उनीहरू दुवैले नेपालमा थप अवसर देखेनन् । ‘भोलिको भविष्य के हो अनिश्चित छ । आफ्नै पेशामा अपमानित हुनुपर्छ । हामी स्वास्थ्यकर्मीलाई ज्यानमारा भन्दै दैनिक भौतिक आक्रमण भइरहेका छन्’ खड्का प्रश्न गर्छिन्, ‘यसरी काम गरिरहँदा सरकार, अस्पताल प्रशासन, बिरामीका आफन्त कसैबाट पनि उचित सम्मान नपाउँदा कसरी यहाँ बसिरहन मन लाग्ला र ?’

‘मसँगै अध्ययन गरेर साथी विदेश गएर घर, गाडी, पीआर नै पाइसके । तर, नेपालमा बसेकाको भने स्थिति उस्तै छ । कमाइ र सेवा सुविधाको हिसाबले बाहिर जानु नै उचित ठानेकी छु’, खड्का थप्छिन् ।

****

पीसीएल नर्सिङ सिध्याएपछि सुरक्षा शर्मा (नाम परिवर्तन) जागिरका लागि थुप्रै अस्पताल चहारिन् । जागिरै खानका लागि निजी अस्पतालमा महिनौं भोलेन्टियरमै काम गर्नुपर्यो ।

अस्पतालको मेरुदण्डको रूपमा रहेको नर्सिङ पेशाप्रति नैराश्य छाउँदै गएको छ । जसका कारण स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दो र विदेशतिरको आकर्षण हुने संख्या दिन/प्रतिदिन बढिरहेको छ ।

उनका अनुसार काठमाडौंको एक चर्चित अस्पतालले ६ महिना भोलेन्टियरमै काममा लगायो । त्यसपछिको तलब मासिक ११ हजार । साथीहरू धमाधम विदेश पलायन भइरहेका थिए । उनीमा पनि विदेश जाने सोच नआएको होइन तर, आर्थिक कारणले विदेश जान पाइनन् ।

पटक–पटक लोकसेवा परीक्षा दिइन् । चौथो पटकमा नाम निस्कियो । अहिले उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत छिन् ।

सरकारी जागिरमा हुँदा पनि उनलाई नेपाल बस्न पटक्कै मन छैन । अमेरिका जानका लागि प्रोसेस गरिरहेकी छिन् ।

‘अहिले सरकारले तोकेको पारिश्रमिक पाइरहेको भए पनि काम त्यति सहज छैन । एक जना नर्सले धेरै बिरामी हेर्नुपर्छ । कहिलेकाहीं त एक्लैले २०–३० जना बिरामी हेर्नुपर्ने बाध्यता छ’ शर्माले सुनाइन्, ‘तर मलाई अहिले मौका पाए विदेश जान पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ । उतै गएर काम गरौं, जिन्दगीलाई व्यवस्थित बनाऊँ भन्ने लागिरहन्छ ।’

****

बीएस्स नर्सिङ सकेर अस्मिता रिजाल (नाम परिवर्तन) दुई वर्षदेखि एक मेडिकल कलेजमा काम गरिरहेकी थिइन् । तर, पढाइमा भएको रकम र समय अनुरूप तलब नभएपछि उनले जागिर छोडिन् ।

हाल अमेरिका जाने तयारीमा जुटेकी छिन् । ‘लाखौं खर्च गरेर पढ्दा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरभन्दा कम तलबमा काम गरिरहनु परेको छ । यहाँ बसेर भोलिको भविष्य के नै होला र’ रिजाल गुनासो गर्छिन् ।

देश छाड्ने उनको रहर थिएन । तर देशभित्रका मेडिकल कलेजमा न्यून तलब, कामको सम्मान नहुने र सरकारी क्षेत्रमा दरबन्दी नखुल्नु जस्ता कुराले उनले विदेशिने निधो गरेकी छिन् ।

‘अस्पतालमा सधैं डाक्टरको हेपाइ सहनुपर्ने । डाक्टरको गल्ती हुँदा त्यसको कारबाही हामीले भोग्नुपर्ने । न कामको सम्मान छ । दिनरात बिरामीको हेरचाहमा नर्स खटिरहेका हुन्छौं तर, मासिक तलब भने १५/१७ हजार’, रिजालले काम गर्दाको अनुभव सुनाइन् ।

विदेशमा कामको सम्मान छ । नर्सलाई अवसर पनि धेरै छन् । काम अनुसारको उचित तलब पनि छ । ‘अमेरिका लगायत देशमा नर्सको ५–७ लाख कमाइ हुन्छ । केही पैसा जोगाउन सके पनि ठूलो रकम हुन्छ’ उनी भन्छिन्, ‘यसअघि विदेश गएर काम गर्छु भन्ने मनको कुनै पनि कुनामा सोचेको थिइनँ । तर भूकम्प, कोरोना महामारीमा आफ्नो ज्यानभन्दा ठूलो बिरामीको सेवा हो भनेर खटिने नर्स समाजबाट पुरस्कृत हुनुको साटो अपहेलित हुनुपर्यो ।’

अस्पतालको मेरुदण्डको रूपमा रहेको नर्सिङ पेशाप्रति नैराश्य छाउँदै गएको छ । जसका कारण स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दो र विदेशतिरको आकर्षण हुने संख्या दिन/प्रतिदिन बढिरहेको छ ।

विदेश जान दैनिक ४/५ जनाको राजीनामा

पछिल्ला दुई–तीन वर्षयता अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत देशमा नर्स कामकाजमा जाने टे«न्ड बढ्दो छ ।

अमेरिका जाने नर्सको यतैबाट ‘पीआर’ समेत फिक्स हुन्छ । धेरै लगानी नलाग्ने र परिवार समेत लैजान पाउने भएपछि पहिलो रोजाइमा पर्छ । युके, अस्ट्रेलिया, नर्वे, क्यानडा लगायत देशमा पनि नर्सको आकर्षण राम्रो छ ।

त्रिवि शिक्षण अस्पतालमा मात्रै राजिनामा दिने नर्सको संख्या दैनिक ६ जना समेत पुग्छ । अस्पतालकी नर्सिङ निर्देशक कल्पना पिया रञ्जितका अनुसार मंसिरयता करारमा रहेका ६० जना नर्सले राजीनामा दिएका छन् । करारमा मात्रै होइन, स्थायी नर्स पनि मंसिरयता ४–५ जनाले जागिर छोडिसकेका छन् ।

‘अधिकांश नर्सको अमेरिका नै पहिलो रोजाइमा पर्छ । त्यसपछि युके, अस्ट्रेलिया लगायत देश छन् । गंगालाल, पाटन लगायत अस्पतालमा स्थायीमा नाम निस्किएपछि राजीनामा दिन्छन्’ नर्सिङ निर्देशक रञ्जित भन्छिन्, ‘राजीनामा दिएको आजको भोलि जागिर छोड्छन् । अस्पतालमा नर्सको व्यवस्थापन गर्न साह्रै कठिनाइ हुन्छ ।’

अस्पतालले पुस महिनामा २५, त्यसपछिको केही दिनमा ४०, वैशाखमा १२ जना नर्स लिइसकेको छ । अबको केही दिनमा १८ जना नर्स लिने तयारी छ । त्रिविमा कार्यरत नर्स सुमी खड्काका अनुसार ८० प्रतिशतभन्दा बढी नर्सले पहिलो रोजाइमा अमेरिका जानका लागि प्रोसेस गरिरहेका छन् ।

कान्ति बाल अस्पतालमा पनि हालत उस्तै छ । अस्पतालकी नर्सिङ प्रमुख रोशनी लक्ष्मी तुईतुईका अनुसार कान्तिबाट मासिक ४–५ जनाले राजीनामा दिइरहेका हुन्छन् । ‘नेपालमा नर्सलाई काम गर्ने वातावरण छैन । सरकारी सेवामा भएका नर्सलाई पर्याप्त सुविधा छैन । त्यसका साथै दिनरात खटिनुपर्ने हुन्छ । जागिरको सुनिश्चितता नभएका कारण पनि नर्समा विदेश मोह छ’ तुईतुई भन्छिन् ।

भविष्यको सुनिश्चितता, पेशाको सम्मान र व्यक्तिको आत्मसम्मान हुने ठाउँ खोज्नु अहिले नेपाली नर्सको बाध्यता बन्न थालेको छ । ‘अहिले परिवार र बालबच्चाको भविष्यको लागि पनि नर्स अमेरिका, बेलायत, अष्ट्रेलिया जस्ता देशमा सेटल भएपछि शिक्षा लगायत कुरा निःशुल्क नै हुन्छ । त्यसकारण पनि नर्स विदेश जान अहिले तत्पर हुन्छन्’ तुईतुईले थपिन् ।

नर्स बीचमै छोडेर जाँदा तत्काल नै परिपूर्ति हुन नसक्दा अहिले ४० बेडको पेइङ मेडिकल वार्ड २० वेडमा झार्नुपरेको छ ।

तुईतुईका अनुसार आईसीयू वा बालबालिकामा काम गरेका नर्स विदेशको बढी प्राथमिकतामा पर्छन् । त्यसकारण पनि कान्ति, त्रिवि शिक्षण, वीर लगायत अस्पतालमा विदेशमा छिर्नका लागि करारमा भए पनि नर्सको तँछाडमछाड हुने गर्छ ।

बेरोजगार नर्सको संख्या अत्यधिक

नेपाल नर्सिङ परिषद्को तथ्यांक अनुसार हालसम्म नेपालमा ७३ हजार ८८९ जना नर्स, ३७ हजार २०३ एएनएम, ५१ मिडवाइफी, १ हजार ३४१ विशेषज्ञ र ८४८ जना विदेशी नर्सले सेवाका लागि अनुमति (लाइसेन्स) लिएका छन् ।

तर, यसमध्ये २६ हजार ३९३ जना नर्स र १२ हजार ६६० जना एएनएमले मात्र लाइसेन्स नवीकरण गरेका छन् । यो काउन्सिलले ११ वैशाखमा अद्यावधिक गरेको तथ्यांक हो ।

काउन्सिलले हरेक ६ वर्षमा नर्सको लाइसेन्स नवीकरण गर्छ । तर, परिषद्सँग भने नेपालमा कति सक्रिय र कति विदेशी नर्स छन् भन्ने यकिन तथ्यांक छैन ।

पढाइका लागि विदेश जानुअघि नर्सहरूले नर्सिङ काउन्सिलको स्वीकृति लिनुपर्छ । तर, पढाइबाहेक अन्य कामका लागि विदेश जानेहरूले स्वीकृति लिंदैनन् ।

‘कामका लागि विदेश जानेहरूले हामीसँग स्वीकृति नलिने हुँदा यति नै संख्यामा नर्सहरू विदेशमा छन् भन्ने यकिन तथ्यांक हामीसँग छैन’, काउन्सिलकी रजिष्ट्रार शकुन्तला प्रजापति भन्छिन् ।

नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईका अनुसार नेपालमा ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको अनुमानित तथ्यांक छ । तीमध्ये नेपाल सरकारअन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् । यस्तै, करिब १७ हजार नर्स निजी अस्पतालमा र बाँकी शैक्षिक क्षेत्रमा काम गरिरहेका छन् ।

करिब ३० हजार नर्स अहिले पनि बेरोजगार रहेको हुनसक्ने राईको अनुमान छ । यस्तै, करिब २९ हजारले विदेश जानका लागि भेरिफिकेशन लिएका छन् ।

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्ड अनुसार नर्सिङ जनशक्ति पदपूर्ति हुने हो भने चाहिं सरकारी स्वास्थ्य सेवामा अझै ५२ हजार नर्सिङ जनशक्ति चाहिन्छ ।

‘सरकारी अस्पतालमा एक त दरबन्दी कम छ, त्यसमाथि भएको दरबन्दी अनुसार पनि पदपूर्ति भएको छैन’ राई भन्छिन्, ‘सरकारको न्यूनतम सेवा मापदण्ड अनुसार नर्सिङ जनशक्ति नियुक्त गर्ने हो भने अहिले देशमा भएको संख्या अपुग हुने देखिन्छ ।’

‘सरकारले नर्सको बाँच्न पुग्ने सेवा–सुविधा वृद्धि गर्नुपर्छ । निजीदेखि सरकारी अस्पतालसम्म स्वास्थ्य सेवाका मेरुदण्ड रहेका नर्सलाई नेपालमै काम गर्ने आशा जगाउनुपर्छ । नत्र धेरै नर्स असुरक्षित भएर भविष्यको डरले विदेश जाने लहड उत्पन्न हुन्छ’, उनी थप्छिन् ।



from Online Khabar https://ift.tt/EZfOcuC

फेवातालमा डुबेर एक जनाको मृत्यु

१४ जेठ, कास्की । पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २३ खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा ६३ वर्षीय मिन गुरूङको मृत्यु भएको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भएका गुरूङ पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने गर्दथे । शनिबार अपराह्न करिब ४ बजेतिर फेवातालमा माछा मार्न गएका उनी डुबेर बेपत्ता भएका थिए  ।

बेपत्ताको खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली र सशस्त्र प्रहरी बलको टोली खोजतलासमा खटिएको थियो । उद्धार टोलीले शनिबार बेलुकी सवा ७ बजेतिर गुरूङलाई मृत अवस्थामा फेला पारेको थियो ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/ijNFGfl

इस एक प्लान से 9 लोगों की पूरी फैमिली रहेगी खुश, मिलेगा फ्री 5G डेटा और Amazon Prime, कीमत बेहद मामूली!

Airtel अपने ग्राहकों को एक से बढ़कर एक पोस्टपेड प्लान उपलब्ध कराता है. अब कंपनी ने एक नया 599 रुपये का प्लैटिनम फैमिली प्लान पेश किया है. इसमें 9 तक कनेक्शन्स एड किए जा सकते हैं. यानी एक ये प्लान ही बड़ी फैमिली के लिए काफी अच्छा है. इसमें कई बेनिफिट्स भी ग्राहकों को मिलेंगे. आइए जानते हैं.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/lFtijZJ

Friday, May 26, 2023

पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज

१३ जे, म्याग्दी । नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् ।

दुई हजार आठ सय ८३ मिटर उचाइको हुमखोलादेखि तीन हजार पाँच सय ५३ मिटर उचाइमा रहेको भुसकेटमेला पुग्ने अन्नपूर्ण खोला वारिपारिका पाखामा वसन्त ऋतुमा ढकमक्क फुलेको गुराँसले पर्यटक लोभ्याएको हो ।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले अन्नपूर्ण हिमाल आरोहण, पच्चकुण्ड नारच्याङ ताल र मौसिज हर्गोज पदमार्ग भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘फुच्चे गुराँस’ थप आकर्षण बनेको बताए ।

‘मौरिस हर्गोज पदमार्ग आरोहण र पदयात्राका लागि मात्र नभएर नेपालमा मात्र पाइने गुराँसको अवलोकन गर्न सकिन्छ’, उनले भने, ‘झाडीधार वनस्पतिमा पर्ने यो प्रजातिको गुराँस लाङ्टाङ र गोसाइँकुण्ड क्षेत्रमा पाइने अभिलेख भएको छ । अन्नपूर्ण क्षेत्रमा पनि पाइने अभिलेख गराउन पहल गरेका छौा ।’

आधा मिटरदेखि तीन मिटरसम्मको उचाइ हुने यो गुराँस फुलेको बेला पातसँगै निस्कने वनस्पतिविद् कमल मादेनले बताए । उनका अनुसार लाङ्टाङ क्षेत्रमा यो गुराँसलाई किसुर भनेर पनि चिनिन्छ ।

‘अप्रिलदेखि जुन महिनामा फुल्ने यो गुराँस गुलाबी हुन्छ । रोडोडेन्ड्रन कोवानियनमको पातमा रौँजस्ता ससाना भाग देखिन्छन्’, उनले भने, ‘रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । यी नेपालबाहेक संसारका अन्य स्थानमा रेकर्ड भएका छैनन् ।’

वनस्पतिविद् मादेनले सन २०१९ मा नारच्याङदेखि अन्नपूर्ण आधार शिविर भ्रमणमा जाने क्रममा यस प्रजातिका गुराँस पहिचान गर्नुभएको थियो । रोडोडेन्ड्रन कोवानियनम प्रजातिको फूल फुल्दा पात कम पलाएका हुन्छन् ।

सन् १९५० मा बेलायती वनस्पतिविद् ओलेग पोलुनिन नेपालमा अध्ययन गर्न आएका बेला यो प्रजाति लाङ्टाङबाट सङ्कलन गरेका थिए । अध्ययन गर्ने क्रममा यो संसारकै लागि नयाँ प्रजातिको गुराँस भएकाले यसको नाम रोडोडेन्ड्रम कोवानियनम राखिदिएका थिए । उक्त नाम स्कटिस वनस्पतिविद् जोन म्याकक्विन कोवानको सम्मानमा राखिएको थियो ।

रोडोडेन्ड्रन कोवानियनम प्रजातिको गुराँसको उचाइ डेढदेखि तीन मिटरसम्म हुन्छ । यो गुराँस पूर्णरूपमा फुल्दा पात पलाइसकेको हुने मादेनले बताए ।

विश्वमा गुराँसका हजारभन्दा बढी प्रजाति छन् । तीमध्ये नेपालमा ३३ प्रजाति पाइन्छन् । नेपालमा पाइने गुराँसमध्ये दुई वटा रैथाने हुन् । अरु अन्य मुलुकमा पनि पाइन्छन् । रोडोडेन्ड्रन कोवानियनमको फूल गुलाबी रङको हुन्छ ।



from Online Khabar https://ift.tt/3LkmEyc

नेपालको मलेसिया भ्रमण : पहिलो अन्तर्राष्ट्रिय उपाधि लक्ष्य

१३ जेठ, काठमाडौं । डेढ दशकलामो इतिहासमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । अर्को साता मलेसियासँग पाँच टी–२० खेलको शृंखला खेल्न लागेको नेपालको लक्ष्य सिधा उपाधिमा हुनेछ ।

सोमबारदेखि सुरु हुने शृंखलाका लागि नेपाल टिम आज शनिबार मलेसिया जाँदै छ । प्रशिक्षक सामसन जंग थापाले १४ सदस्यीय टिमको घोषणा गरिसकेका छन् । रुविना क्षेत्रीको कप्तानीमा रहने टिममा सबै अनुहार पुरानै छन् ।

नेपालले गत वर्ष एसीसी वुमन्स टी–२० च्याम्पियनसिपपछि ११ महिनाको अन्तरालमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

यसबीचमा घरेलु क्रिकेटमा प्रधानमन्त्री कप र ललितपुर मेयर्स कप गरी दुई प्रतियोगिता आयोजना भएका थिए । मलेसियासँग दुईदेशीय टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।

महिला क्रिकेटले हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय उपाधि र उपलब्धीमा पाइला बढाउन सकेको छैन । यस पटक भने खेलाडीमा रहेको कमजोरी र समस्यालाई सुधार गर्दै नेपाल सकरात्मक नतिजा ल्याउन चाहन्छ । ‘हामी सकेसम्म पाँचैवटा खेल जित्ने प्रयासमा हुनेछौं,’ कप्तान रुविनाले अनलाइनखबरसँग भनिन्, ‘मलेसियासँग हामी जितिरहेका छौं । यसपल्ट पनि त्यो आत्मविश्वास छ ।’

महिला क्रिकेटमा फिटनेसको परम्परागत समस्या केहि हदसम्म समाधान भएको कप्तान रुविनाले बताइन् । नेपाली महिला क्रिकेट टिमले यस शृंखलाका लागि मुलपानी मैदानमा ८ दिनको प्रशिक्षण गरेको छ । प्रशिक्षक सामसन जंग थापा पनि मलेसियामाथि शतप्रतिशत जितको अपेक्षा गर्छन् ।

‘हामी यो सिरिजका सबै खेल जित्ने प्रयासमा छौं । जसका लागि हामीले २ दिन इन्डोर सेसन गर्याैं, २ वटा अभ्यास खेल खेल्यौं र विशेषत हामीले यस छोटो प्रशिक्षण समयमा ब्याटिङ र बलिङमा ध्यान दिएर प्रशिक्षण गरेका छौं,’ प्रशिक्षक थापाले अनलाइनखबरसँगको कुराकानीमा भने ।

टी–२० विश्वकप एसिया छनोट तयारी

नेपाली महिला टिमले आउने भदौमा आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगिता खेल्नेछ । सो प्रतियोगिता पनि मलेसियामा नै हुनेछ । जसका कारण नेपाली महिला क्रिकेट टिमलाई यो सिरिज मलेसियाको पीच र वातारण बुझ्ने अवसर रहेको प्रशिक्षक थापाले बताए ।

उनले भने, ‘आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटका लागि यो सिरिज महत्वपूर्ण हुनेछ । यो सिरिजमा हामीले मलेसियाको कन्डिसन र पिच बुझ्ने अवसर पाउनेछौं ।’

आईसीसी वरीयतामा नेपाल १६ औं स्थानमा छ भने मलेसिया २८ औं स्थानमा छ । वरीयतामा कमजोर भए पनि मलेसियाले पछिल्लो समय थुप्रै अन्तर्राष्ट्रिय एक्सपोजर लिइरहेको छ । जसका कारण नेपालका लागि मलेसिया कमजोर प्रतिस्पर्धी भने पक्कै हुनेछैन । प्रशिक्षक थापा भन्छन्, ‘मलेसिया भखर्रै श्रीलंका टुर गरेर आएको छ । वरीयतामा कमजोर भए हामीले उसलाई बलियो प्रतिस्पर्धीको रुपमा लिएका छौं ।’

नेपालले मलेसियासँग यो सिरिज खेल्न पाउनु आफ्नो स्तर परीक्षण रहेको कप्तान रुविना क्षेत्रीले बताइन् । ‘हाम्रो लागि यो सिरिजमा रिजल्ट एकदमै महत्वपूर्ण हुनेछ । हामीले यो सिरिज भाग्यबस मलेसियामा नै पाएका छौं जसले गर्दा हामीले क्वालिफर्यसको लागि हाम्रो स्तर कस्तो रहेछ भनेर थाहा पाउने मौका हुनेछ,’ कमजोरी पहिचान गरी सुधारको प्रयासमा सहज हुने उनले बताइन् ।

नेपाली टिमले मलेसियाको टिमको हरेक खेलाडीको अध्ययन गर्दै यो सिरिजमा सफलताको तयारी गरेको कप्तान रुबिनाको भनाइ छ । ‘मलेसियाको टिम अगाडी नै घोषणा भएकाले हामीले हरेक खेलाडीको अध्ययन गरेका छौं । उनीहरुले धेरै अलराउन्डर राखेका छन्,’ रुबिनाले भनिन् ।

नेपाल क्रिकेट संघ (क्यान) यो प्रतियोगिता नेपाली महिला क्रिकेटको स्तरोन्नत्तिका लागि महत्वपूर्ण रहेको बताउँछ ।

कोषाध्यक्ष रोशनकुमार सिंहले भने, ‘युगान्डासँगको सिरिज अगाडि हामी १४औं स्थानमा थियौं । हामी १२ औं स्थानमा उक्लिएको भए हामीले आर्थिक र एक्स्पोजरका लागि धेरै फाइदा हुन्थ्यो । यदि महिलाको ग्रेडिङ बढेको खण्डमा आएको पैसा हामी महिलाकै स्तर उन्नतिमा खर्च गर्ने योजनामा छौं ।’

हाल नेपाल क्रिकेट संघ (क्यान)ले यो प्रतियोगिता महिला खेलाडीको वर्गीकरणमा सहयोगी हुने कोषाध्यक्ष सिंहले अनलाइनखबरलाई बताए ।



from Online Khabar https://ift.tt/6JiLF2y