Sunday, May 21, 2023

बायर्नलाई पछि पार्दै डर्टमण्ड शीर्ष स्थानमा

८ जेठ, काठमाडौं । जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्डले सोमबार राति १० खेलाडीमा समेटिएको अग्सवर्गलाई ३-० ले पराजित गरेको छ । यस जितपछि डर्टमण्ड बायर्नलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

सिजनको अन्तिम खेल बाँकी रहँदा डर्टमण्डले बायर्नमाथि २ अंकको अग्रता बनाउँदा उपाधि होड रोमाञ्चक बनेको छ ।

अग्सवर्गको मैदानमा डर्टमण्डलाई जिताउन सेबास्टिन हेलरले दुई तथा युलियन ब्रान्टले एक गोल गरे ।

हेलरले ५८औं र ८४औं मिनेटमा गोल गरे भने ब्रान्टले इन्जुरी टाइममा गोल गरे ।

त्यसअघि अग्सवर्गका फेलिक्स उडुओखाईले ३८औं मिनेटमा रातो कार्ड पाउँदा दश खेलाडीमा समेटिएको थियो ।

जितपछि डर्टमण्ड ३३ खेलबाट ७० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट ६८ अंकसहित बायर्न दोस्रो स्थानमा छ ।

अब सिजनको अन्तिम खेलमा डर्टमण्डले मेइन्जसँग घरेलु मैदानमा खेल्नेछ भने बायर्नले एफसी कोल्नको मैदानमा गएर खेल्नेछ ।

अन्तिम खेल जितेमा डर्टमण्डले २०१२ पछि पहिलो पटक बुण्डेसलिगा उपाधि जित्नेछ ।



from Online Khabar https://ift.tt/WmU784n

No comments:

Post a Comment