Wednesday, May 24, 2023

इन्टरले जित्यो कोपा इटालियाको उपाधि

११ जेठ, काठमाडौं । लाउटारो मार्टिनेजले दुई गोल गरेपछि इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा फियोरेन्टिनालाई २-१ ले हराउदै इन्टर च्याम्पियन बनेको हो ।

एक गोलले पछि परेको अवस्थामा मार्टिनेजले दुई गोल गरेपछि इन्टरले पुनरागमन जित निकालेको हो ।

स्टाडियो ओलम्पिको स्टेडियममा खेलको तेस्रो मिनेट निको गोन्जालेजले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए ।

तर २९औं मिनेटमा इन्टरका लागि मार्टिनेजले बराबरी गोल फर्काए । ३७औं मिनेटमा मार्टिनेजले नै व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई अग्रता दिलाए । त्यही अग्रता दोस्रो हाफमा कायम राख्दै इन्टर विजयी भयो ।

इन्टरले १५औं पटक कोपा इटालियाको उपाधि जितेको छ । १४ पटक उपाधि जितेको छिमेकी एसी मिलानलाई पछि पार्दै इन्टर सर्वाधिक कोपा इटालिया जित्नेमा तेस्रो स्थानमा छ । युभेन्ट्सले सर्वाधिक २१ पटक उपाधि जित्दा रोमाले १७ पटक जितेको छ ।



from Online Khabar https://ift.tt/z5wshux

No comments:

Post a Comment