१५ मंसिर, विराटनगर । विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणले एक–अर्कालाई भुक्तानी तिर्न ताकेता गरेका छन् । विद्युत महसुल तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले महानगरपालिकाको तीन वटा वडाका सडक बत्तीको लाइन काटेको थियो । लगत्तै पत्र लेखेर महानगरपालिकाले सम्पत्ति कर र बिजुलीको पोलको भाडा तिर्न ताकेता गरेको हो ।
विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका अनुसार महानगरपालिकाले सडक बत्तीको मात्रै ८ करोड ६६ लाख ८ हजार ७ सय ७ रुपैयाँ तिर्न बाँकी छ । गत २१ असोजमा बक्यौता तिर्नका प्राधिकरणले गोरखापत्रमा ४५ दिने सूचना निकालेको थियो ।
सडकबत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले महानगरका तीन वटा वडाका सडक बत्तीको विद्युत काटेको प्राधिकरणको विराटनगर वितरण केन्द्र प्रमुख सरोजकुमार साहले बताए । बुधबार प्राधिकरणले काटेको बिजुली महानगरले फेरि जोडेको थियो ।
प्राधिकरणबाट बक्यौता तिर्न दबाब आएपछि महानगरपालिकाले बिहीबार विद्युत प्राधिकरणलाई पत्र लेख्दै सम्पत्ति कर र महानगरभित्र रहेका बिजुलीको पोलको भाडा तिर्न आग्रह गरेको छ । महानगरपालिकाले बिजुलीको खम्बा इन्टरनेट सेवा प्रदायकलाई दिएबापत भएको आम्दानीको १० प्रतिशत बहाल कर पनि तिर्न आग्रह गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बिहीबार प्राधिकरणलाई पठाएको पत्रमा सम्पत्ति कर ३ करोड ८१ लाख ८५ हजार ७३३ रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख छ । महानगरमा २३ हजार १५१ वटा बिजुलीका पोल छन् । महानगरले ती पोलको सात वर्षको ६ करोड १९ लाख २८ हजार ९२५ रुपैयाँ भाडा बुझाउन ताकेता गरेको हो ।
महानगरले १० करोड १ लाख १४ हजार ६५८ रुपैयाँ कर तिर्न अनुरोधसहित पत्र पठाएको पराजुलीले बताए । प्राधिकरणको विराटनगर वितरण केन्द्र र प्रदेश कार्यालय स्थापना भएयता सम्पत्ति कर बुझाएको छैन । प्राधिकरणका कार्यालयहरुले स्थानीय तहबाट नक्सा पास गरेका छैनन् । नक्सापास दस्तुर छुट्टै लाग्ने राजस्व महाशाखा प्रमुख सरोज गौतम बताउँछन् ।
महानगरले बिजुलीको खम्बाको भाडा भने २०७४/७५ सालबाट लिन थालेको हो । महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा बिजुलीको प्रतिपोल भाडा २७५ रुपैयाँ, २०७५/७६ मा ३०० रुपैयाँ, २०७६/७७ मा ३५० रुपैयाँ र २०७७/७८ मा ४०० तोकेको थियो । २०७८/७९ मा ४२५, २०७९/८० मा ४५० र चालु आर्थिक वर्षका लागि ४७५ रुपैयाँ प्रतिपोलको वार्षिक शुल्क तोकेको छ ।
पुरानो समस्या
प्राधिकरणले एक्कासी विद्युत कटौती गरेपछि बक्यौता तिर्नका लागि आग्रह गर्दै पत्र पठाएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए । स्थानीय तह र प्राधिकरणबीच बक्यौताको विषयमा विगतदेखि नै विवाद छ ।
प्राधिकरणले सडक बत्तीको बक्यौता तिर्न ताकेता गरेपछि महानगरपालिकाले पनि सम्पत्ति कर र पोलको कर तिर्न ताकेता गरेको उनले बताए । ‘सबै पालिकाले सडक बत्ती बालेका छन्, देशभरिकै समस्या हो यो (बक्यौता)’, उनले भने, ‘यो पुरानो समस्या हो, अहिले पनि आएको छ ।’ प्राधिकरणले बुझाउनुपर्ने कर बुझाए महानगरपालिकाले पनि आफ्नो बक्यौता बुझाउने उनले बताए ।
विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख साहले महानगरपालिकाले पठाएको पत्र प्राधिकरण केन्द्रीय कार्यालयमा पठाएको बताए । ‘महानगरपालिकाले पनि आफ्नो करको दाबी गरेको छ’, उनले भने, ‘पोलको कर तिर्ने प्राक्टिसमा छैन, महानगरको चिट्ठी मैले माथि पठाएको छु ।’
उनले छलफल गरेर समस्या समाधान गर्ने प्रयास भइरहेको बताए ।
अगर आप 20 हजार से कम में कोई नया स्मार्टफोन खरीदने के बारे में सोच रहे हैं. तो हम आपको यहां OnePlus Nord CE 3 Lite 5G पर मिल रही डील के बारे में बताने जा रहे हैं. ये आपके लिए कई मायने एक अच्छा फोन हो सकता है.
from News in Hindi, Latest News, News https://ift.tt/6G92qON
१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् ।
दुबइ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।
युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकार्य एवं साझेदारी अपरिहार्य भएको बताए ।
दुबइ उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबइ उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताएको उक्त दूतावासले जनाएको छ ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । त्यसअघि प्रधानमन्त्री दाहालले अवुधाबीस्थित ग्रान्ड मस्कको भ्रमण गरेका थिए ।
१४ मंसिर, काठमाडौं । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ । किसिन्जरको कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको रोयटर्सले जनाएको छ ।
रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री भएका थिए ।
भियतनाम युद्धविरामका लागि पहल गरेका कारण सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कार पाएका थिए ।
उनी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए । चीनसँग सम्बन्ध विस्तारका लागि उनी पाकिस्तानको रावलपिण्डीबाट चीन गएका थिए ।
उनले चिनियाँ नेता माओ र राष्ट्रपति निक्सनबीच भेटवार्ता गराएका थिए, जसले चीन–अमेरिका द्वन्द्वलाई अन्त्य गराएको थियो । माओ–निक्सन भेटवार्ता विश्व राजनीतिमा निकै चर्चित छ ।
अमेरिका–चीन शक्ति सन्तुलन कायम राख्न अमेरिकाले पहल गर्नुपर्नेमा जोड दिने किसिन्जरले दुई देशबीच स्थायी सम्वाद पनि आवश्यक रहेको पनि बताउँथे ।
OnePlus Nord CE 3 5G price slash: अगर आप वनप्लस के फैन हैं तो आपके लिए बड़ी खुशखबरी है. ऐसा इसलिए क्योंकि वनप्लस के दमदार 5जी फोन की कीमत में 2000 रुपये की कटौती कर दी गई है.
from News in Hindi, Latest News, News https://ift.tt/8Y59jnN
काठमाडौं । ‘बाइकर्स क्याफे’ । नक्सालस्थित नारायणचौरको सम्मुखमा पुगेपछि तपाईंले यही नामको क्याफे फेला पार्नुहुनेछ, जो चलनचल्तीको भन्दा भिन्न छ ।
प्रवेशद्वारमा देखिन्छ, कतै यात्रामा निस्कन लागेको झैं लाग्ने पुरानो मोडलको हार्ले डेभिडसन । पहिलो र दोस्रो विश्वयुद्ध झेलेको यो बाइक आफैंमा एउटा इतिहास मात्र होइन, प्रतिष्ठाको अर्को नाम पनि हो ।
तर, टु ह्विलर्सको दुनियाँमा सबैलाई लोभ्याउने होर्ले डेभिडसनको कथा होइन यो । यहाँ हार्ले डेभिडसनको प्रसंग किन मात्र जोडिएको हो भने बाइकका सौखिनलाई यसले एकै झट्कामा आकर्षित गर्छ । र, बाइकर्स क्याफेको मूलढोकामा पुर्याउँछ ।
बाइकर्स क्याफे, नाम नै काफी छ ।
शहरमा भर्खरै खुलेको यो यस्तो क्याफे हो, जहाँ तपाईंले नितान्त फरक अनुभूत गर्नुहुनेछ । हिमालयन जाभाले सर्भ गर्ने तात्तातो कफी र परिकारसँगै मोटरसाइकलको संसारमा मनमग्न हुनुहुनेछ ।
खासमा मोटरसाइकल मान्छेको आवश्यकता हो कि सोख ? उत्तर हो, दुवै । छिटो–छरितो यात्राका लागि उपयोगी साधन हो मोटरसाइकल । साथसाथै धेरैका लागि यो सौख र सपना पनि ।
यस्तै सौख र सपनाले शहरमा थुप्रै बाइकर्स क्लब जन्माएको छ । उनीहरु आफ्नो रोज्जा बाइक संग्रह गर्न, स्टन्ट गर्न, बेपर्वाह हुइँकिन वा कतै यात्रामा निस्कन रुचाउँछन् । बाइकका बारेमा चर्चा–परिचर्चा गर्छन् । यात्राका नयाँ नौलो गन्तव्य पहिल्याउँछन् । एकअर्काको यात्रा अनुभव आदनप्रदान गर्छन् । आफ्ना रोज्जा मोटरसाइकल लिएर लामो यात्रामा निस्कनेहरु हुन् वा रेसिङ ट्र्याकमा बेपत्तासँग फन्को लगाउनेहरु नै, मोटरसाइकलसँग उनीहरुको खास लगाव र प्रेम हुन्छ । यस्तै सौखिनहरुका लागि काइदाको थलो हुनसक्छ, बाइकर्स क्याफे ।
‘बाइक लभर्स’लाई लक्षित गरेर सञ्चालनमा ल्याइएको क्याफे हो यो । बाइकका सौखिनहरुले यहाँ हार्दिकतासाथ भेटघाट र भलाकुसारी गर्न सक्छन् । उनीहरुलाई लोभ्याउने र बसौं–बसौं लाग्ने थुप्रै कुरा छन् क्याफेमा ।
बाहिरबाट झट्ट हेर्दा बाइक शोरुम र क्याफेको अनौठो संयोजन देखिन्छ । यसभित्रको साजसज्जा अनौठो अनि रोचक छ । क्याफेमा बाइकलाई आकर्षक ढंगले सजाइएको छ र त्यससँग जोडिएका सरसामग्री संग्रहित गरिएको छ । क्याफेको एकातिर ‘कवाच’ ब्रान्डको राइडिङ गियर्स देख्न सकिन्छ । यो नेपाली ब्रान्ड हो जसलाई महिलाहरुले उत्पादन गरेका हुन् । सुरक्षित यात्राका लागि प्रयोग गरिने यी ज्याकेट, पाइन्टको मूल्य पाँच हजारबाट सुरु हुन्छ ।
क्याफेको एकातिर नेपालका खाँटी बाइक लभर्सको फोटोहरु सजाइएको छ, जहाँ सौरभ ज्योतिदेखि महिला राइडर्स ग्रुप ‘दुई पाङ्ग्रे क्विन्स’सम्म समेटिएका छन् ।
अर्कोतिर साहसिक यात्रा गर्दै नेपालका विभिन्न गन्तव्यमा निस्केका बाइक राइडरहरुको फोटो संग्रह छ । बाइकका सौखिनहरुलाई आफ्नोपन महसुस गराउन हेलमेटदेखि बाइककै इन्जिनमा सजाइएको टेबलसम्मले यो क्याफेलाई पृथक् बनाएको छ । मोटरसाइकलको पार्टपुर्जालाई यसको साजसज्जामा अरु प्रयोग गर्ने योजना छ ।
भनिहालौं, यो गोल्छा ग्रुपले संचालनमा ल्याएको क्याफे हो । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले फरक अवधारणामा यो क्याफे सुरु गरेका हुन् । उनी भन्छन्, ‘बाइक क्रेता र बिक्रेतालाई अभिन्न रुपले जोड्नका लागि यसको अवधारणा ल्याएको हो । साथसाथै बाइकका सौखिनहरुले आपसमा भेटघाट गर्न, अनुभव आदानप्रदान गर्न पनि यो एउटा सहज जक्सन हुनसक्छ ।’
यस क्याफेबाट बाइक किनबेच पनि हुनेछ । खासगरी २०० सीसीभन्दा बढी क्षमताका बाइकहरु यहाँ छन् । पल्सरको एन एवं एनएस सिरिज र केटिएमका सबैजसो बाइक राखिएका छन् ।
बाइक खरिद गर्न चाहनेहरु हुन् वा बाइकका सेरोफेरोमा रमाउनेहरु नै, बाइकर्स क्याफे सजिलो गन्तव्य हुनसक्छ ।
यदि तपाईंको पनि गुगल अकाउन्ट छ र आफ्ना फोटो तथा भिडियोलगायतका सामग्रीहरुको ब्याकअप गुगल ड्राइभमा गर्नुभएको छ भने सतर्क हुनुहोस् । किनकि पछिल्लो पटक गुगल ड्राइभमा गम्भीर समस्या देखिएको छ । जसका कारण गुगल ड्राइभबाट प्रयोगकर्ताका डेटाहरु आफैं डिलिट भैरहेका छन् ।
विश्वभरका कैयन् प्रयोगकर्ताहरुले सोसल मिडियामा यसबारेमा गुनासो गरिरहेका छन् । गुगलले पनि कुनै बगका कारण यस्तो समस्या देखा परेको स्वीकार गरेको छ । साथै यस बारेमा अनुुसन्धान चलिरहेको पनि गुगलको भनाई छ । साथै यो समस्या समाधानका लागि छिटै नै एक नयाँ अपडेट जारी गर्ने पनि गुगलले जनाएको छ ।
गुगलले आफ्नो एक विज्ञप्तिमार्फत् केही प्रयोगकर्ताहरुका गुगल ड्राइभका डेटा डिलिट भएको जानकारी प्राप्त भएको जनाएको छ । यो समस्या अधिकतर गुगल ड्राइभका डेस्कटप प्रयोगकर्ताले भोगेका छन् ।
अब के गर्ने ?
गुगल ड्राइभमा आफूले संग्रहित गरेका सामाग्रीहरु डिलिट नहोउन् भन्नका लागि तपाईंले तत्कालै त्यहाँ रहेका डेटालाई डाउनलोड गरेर अन्यत्र राख्नुहोस् । यसो गर्नुभयो भने गुगल ड्राइभबाट ती डेटा डिलिट भएपनि तपाईंको कम्प्युटरमा सुरक्षित रहनेछन् ।
१३ मंसिर, काठमाडौं । पछिल्ला वर्ष वैदेशिक रोजगारीमा सीप सिकेर जाने क्रम बढेको छ । २०७८ देखि हालसम्म श्रम स्वीकृति लिएर १५ लाख ६८ हजार श्रमिक विदेश गएकामा सीप सिकेर जानेको संख्या १० लाख दुई हजार रहेको छ । जुन कुल संख्याको ६४ प्रतिशत हाराहारी हो । यद्यपि यो संख्या सन्तोषजनक मान्न नसकिने सरोकारवालाले बताएका छन् ।
सीप सिकेर जानेमध्ये सामान्य सीपमात्र सिक्ने ५५ प्रतिशत, सीप सिकेर अर्धदक्ष बन्ने ८.२ प्रतिशत, व्यवसायिक सीप सिक्ने ०.१३ प्रतिशत र उच्च दक्षको संख्या ०.०२ प्रतिशत छ । विगतमा सामान्य सीप पनि नसिकी जानेहरु धेरै हुने गरेकामा पछिल्ला वर्ष सामान्य सीप भए पनि सिक्ने क्रम बढेको विभागको भनाइ छ ।
आर्थिक वर्ष ०७९/०८० मा ७ लाख ७१ हजार श्रमिक वैदेशिक रोजगारीमा गएकामा २ लाख २ हजार ६१६ अदक्ष थिए । त्यस्तै सामान्य सीप सिकेर जाने ५ लाख ६ हजार ७४६, अर्धदक्ष बन्ने ६० हजार ५५५, व्यवसायिक सीप सिक्ने १ हजार १५३ र दक्ष जनशक्ति २५७ जना थिए ।
पछिल्लो समय सीप सिकेर जानुपर्छ भन्ने चेतना बढ्दै गएको विभागका महानिर्देशक मदन दाहाल बताउँछन् । ‘विश्व श्रम बजारमा दक्ष जनशक्तिको माग पनि बढिरहेको छ, त्यसैले वैदेशिक रोजगारीमा जाँदा सीप सिकेर जानुपर्ने अवस्था सिर्जना भएको छ’, उनले भने ।
त्यस्तै सीप सिकेर गएमा काम गर्ने क्रममा सुरक्षित भइन्छ र कमाइ बढी हुन्छ भन्ने चेतना पनि बढेको दहालको भनाइ छ । ‘कुनै पनि श्रमिकले सीप सिकेर जाँदा उसको मात्र आम्दानी बढेको हुँदैन, त्यसको लाभ मुलुकले पनि पाइरहेको हुन्छ’, उनले भने ।
नेपालले वैदेशिक रोजगारीका लागि विश्वका १११ मुलुक खुला गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरुका अनुसार वैदैशिक रोजगारीमा सीप सिकेर जादा राम्रो काम र सेवा सुविधा पाइन्छ ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार बिना सीप विदेश जाँदा बढी जोखिम हुन्छ । ‘हातमा सीप नभएर गएकाहरुले श्रम पनि उत्तिकै कडा र जोखिमपूर्ण गर्नुपर्छ । त्यति गर्दा पनि कमाइ राम्रो हुँदैन ।’वैदेशिक रोजजारीमा मृत्यु हुने र अंगभंग हुनुको अधिक कारण पनि सीप बिना नै जानुलाई प्रमुख मानिन्छ ।
रोजगारदाताले पनि सीप सिकेकै खोज्छन्
वैदेशिक रोजगारीमा जाने करिब ८० प्रतिशत नेपाली खाडी मुलुक र मलेसिया जान्छन् । विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकामा मलेसियामा दुई लाख ५९ हजार, कतारमा एक लाख ८४ हजार, संयुक्त अरब इमिरेट्स (यूएई) मा एक लाख १२ हजार ७७७ साउदी अरेबियामा एक लाख १२ हजार र कुवेतमा ४३ हजार ५०७ जना गएका थिए ।
खाडी मुलुक र मलेशियामा पनि सीप सिकेका जनशक्ति माग हुन थालेको वैदेशिक रोजगारी व्यवसायी सघंका अध्यक्ष भण्डारी बताउँछन् । ‘प्रविधिको प्रयोग र विकासक्रमले श्रमको प्रकृति फेरिन थालेको छ’, उनले भने, ‘यसको प्रत्यक्ष असर श्रम बजारमा पर्न थालेको छ । खाडीमै पनि अहिले शिक्षित र सीपयुक्त जनशक्तिको माग बढ्न थालेको छ ।’
हालसम्म सीपयुक्त जनशक्ति पूर्वी युरोपका देश रोमानिया, क्रोएशिया आदि देशमा जाने गरेका छन् ।
यद्यपि पछिल्लो तीन वर्षमा १५ लाख ६८ हजार नेपाली श्रम स्वीकृति लिएर विदेश जाँदा ५ लाख ६६ हजार जना भने सीप नसिकी गएको पाइएको छ । सीप सिकेर जानेको संख्या बढे पनि अहिलेको संख्या पर्याप्त नभएको अध्यक्ष भण्डारी बताउँछन् ।
‘राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय बजारमा माग अनुसारको जनशक्ति उत्पादन बढाउन ध्यान दिनुपर्छ’, उनी भन्छन् ।
कोरोना महामारीका बेला घटेको विदेश जाने क्रम पछिल्लो ३ वर्षमा लगातार बढिरहेको छ । आर्थिक वर्ष ०७७/७८ मा ७२ हजार ८९ जना मात्र बिदेश गएकामा ०७८/७९ मा ६ लाख ३० हजार र ०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना बिदेश गएका विभागको तथ्यांक छ ।
iPhone phone sticker: ऐपल आईफोन में एक ऐसा फीचर मिलता है जिसे देख कर एंड्रॉयड वालों को पक्का बुरा महसूस हो सकता है. ये खासियत किसी जादू से कम नहीं है. जानिए क्या है ये और कैसे करें इसका इस्तेमाल....
from News in Hindi, Latest News, News https://ift.tt/qJztnYH
१२ मंसिर, काठमाडौं । ‘पहिलाका कतिपय कार्यक्रम छन् ती असफल भएका छन् । प्रधानमन्त्री रोजगार आदि इत्यादि जे छन्, ती कार्यक्रमले नतिजा राम्रो दिएन, त्यसलाई बदल्छौं ।’
गत १९ वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीका नाममा चलेका अनुदान कार्यक्रमको प्रभावकारिता कमजोर भएकामा असन्तुष्टि जनाएका थिए ।
त्यसको एक महिना नबित्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १४ जेठमा पेश गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रधानमन्त्रीका नामका कार्यक्रमलाई निरन्तरता दिए । पुनर्संरचनाको घोषणा गरिए पनि ती कार्यक्रम गत वर्षहरुकै शैलीमा चलिरहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममा खर्चिएको बजेटले राम्रो प्रतिफल दिन सकेका छैनन् ।
प्रधानमन्त्रीको नाममा रहेका कार्यक्रमहरुको कार्यान्वयन अवस्था, प्रगति र उपलब्धिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नियमित रुपमा प्रतिवेदन लिए पनि प्रभावकारी बनाउन खासै पहल भएको छैन । प्रधानमन्त्री कार्यालयका अधिकारीहरु प्रधानमन्त्रीको नाम जोडिएका कारण मात्र यी कार्यक्रमले निरन्तरता पाएको टिप्पणी गर्छन् ।
अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता धनिराम शर्मा प्रधानमन्त्रीको नाम राखेर कार्यक्रम बनाउनुले त्यो कार्यक्रम राज्यको उच्च प्राथमिकता र महत्वको भएको झल्काउने बताउँछन् । तर यी कार्यक्रमलाई प्रभावकारी बनाउन बेलैमा ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्रीको नाममा कार्यक्रम चलाउँदै त्यसको कार्यान्वयन प्रभावकारी नहुँदो रहेछ भन्ने देखिएको छ’, उनी भन्छन्, ‘यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउनेतर्फ समयमै सोचिएन भने राज्यको लगानीले प्रतिफल दिन सक्दैन ।’
निष्प्रभावी रोजगार कार्यक्रम
सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचनाको घोषणा गरेको थियो । ‘उत्पादनशील रोजगारी सिर्जना गर्ने र श्रम बजारको नतिजामा सुधार गर्ने उद्देश्यसहित कार्यक्रम ढाँचामा परिमार्जन गरिनेछ’, बजेटमा भनिएको थियो । बेरोजगारलाई तालिमसहित न्यूनतम रोजगारी दिने गरी स्थानीय तहले यो कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
१ फागुन २०७५ मा सुरु भएको यो कार्यक्रममा आर्थिक वर्ष २०७९/८० सकिँदासम्म २८ अर्ब ४३ करोड रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा अहिलेसम्म भएको करिब १७ करोड जोड्दा आयोजनाले करिब २८ अर्ब ६० अर्ब रुपैयाँ खर्च गरिसकेको छ । चालु आर्थिक वर्षमा स्थानीय तहबाट नै श्रम, सीप, उद्यमशीलता विकास लगायतका सेवा प्रदान गर्न सक्ने गरी रोजगार सेवा केन्द्रको स्तरोन्नति गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यो कार्यक्रम अन्तर्गत स्थानीय तहहरुले सडक, सिँचाइ, सरसफाइका साना आयोजनाहरु सञ्चालन गरेर बेरोजगारलाई कम्तीमा १०० दिनको रोजगारी दिइरहेका छन् ।
तर नाला सफा गर्ने, सडकको झार उखेल्ने, मन्दिर सरसफाइ गर्ने जस्ता कार्यक्रम सञ्चालन गरेर बजेट सक्ने काम गरेको भन्दै आलोचना पनि हुने गरेको छ । अझ आर्थिक वर्षको अन्तिममा मात्र यो कार्यक्रम सञ्चालन हुँदा बजेट सक्नकै लागि झार उखेल्ने काम गरिएको भन्ने टिप्पणी हुने गरेको छ ।
कार्यक्रमको अधिकांश रकम साना टुक्रे काममा खर्च हुँदै आएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा यो कार्यक्रमले दिगो रोजगारी सिर्जना र पुँजी निर्माणमा योगदान नगरेको औंल्याउँदै आएको छ ।
कार्यान्वयन फितलो हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रमलेे लक्ष्यअनुसार रोजगारी सिर्जना गर्न नसकेको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्मा बताउँछन् । विश्व बैंकको ऋण समेत लगानी भएको यो कार्यक्रमले अपेक्षित नतिजा नदिएकाले सरकारले पुनर्संरचनाको नीति लिनु परेको उनको भनाइ छ ।
यो कार्यक्रममार्फत बेरोजगारलाई निजी तथा अन्य सार्वजनिक निर्माणका काममा समेत परिचालन गर्ने पहल भएको छैन । यस्ता क्षेत्रमा हाल नेपालमा भारतीय श्रमशक्तिको बाहुल्य छ ।
चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन ८ लाख ८५ हजार व्यक्तिले नाम दर्ता गराएका छन् । जसमध्ये ५ लाख जना महिला छन् । सरकारले भने चालु आर्थिक वर्षमा ८६ हजार जनालाई मात्रै १०० दिनको रोजगारी दिन सकिने आँकलन गरेको छ । यस अनुसार झण्डै ८ लाख बेरोजगारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट लाभ लिन नसक्ने देखिएको छ ।
यो वर्ष अहिलेसम्म स्थानीय तहले ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको १ हजार ४०८ आयोजना प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्वीकृत गराएका छन् । हालसम्म कार्यक्रमबाट १ हजार १२८ जनामात्र लाभान्वित भएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव बसन्त बोहरा विपन्न नागरिकका लागि यो कार्यक्रम प्रभावकारी भएको बताउँछन् । तर, शहरी र नगरउन्मुख क्षेत्रमा भने यो कार्यक्रमले प्रभावकारी नतिजा दिन नसकेको उनको स्वीकारोक्ति छ । ‘यो वर्षको कार्यक्रम पनि कार्यान्वयन गर्दा ५ वर्ष पूरा हुन्छ, हामीले अब कार्यक्रम कुन मोडालिटीबाट कसरी सञ्चालन गर्ने भनेर प्रारम्भिक प्रतिवेदन पनि तयार गरिसकेका छौं’, बोहराले भने, ‘५ वर्षको समीक्षा गरेर कार्यक्रमको पुनर्संरचना हुन्छ ।’
उनले कार्यक्रमलाई अब सीप प्रवर्द्धन, दक्ष जनशक्ति उत्पादन र उत्पादनको बजारीकरणसँग जोड्न प्रस्ताव गरिएको बताए । चालु आर्थिक वर्षमा भने पुरानै ढाँचाको कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयास भइरहेको बोहराको भनाइ छ ।
कृषि आधुनिकीकरण कार्यक्रम पनि उस्तै
प्रधानमन्त्रीको नाममा चलेको अर्को अनुदानमा आधारित कार्यक्रम हो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन देशैभर बाली र कृषि वस्तुको जोन, सुपर जोन, पकेट र ब्लक बनाएर कृषक र कृषिको जीवनस्तर उकास्ने उद्देश्यले २०७३ सालमा यो परियोजना सुरु गरिएको थियो ।
१० वर्ष चल्ने भनिएको यो आयोजनामा सरकारले एक खर्ब ३० अर्ब ७४ करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । तर, कुल लक्ष्यको ४४ प्रतिशत खर्च भइसक्दा पनि कार्यक्रमले अपेक्षित नतिजा दिन सकेको छैन ।
कृषिको अनुदान घटाउँदै र उत्पादन बढाउँदै जाने उद्देश्यले सुरु भएको यो कार्यक्रमले झन् अनुदान थप्नुपर्ने अवस्था ल्याएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्मा बताउँछन् ।
यो कार्यक्रममार्फत कृषि अनुदानको दुरुपयोग बढेपछि कार्यान्वयन ढाँचामै समस्या रहेको निश्कर्ष निकालेर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ मै पुनर्संरचना गर्ने घोषणा गरेका थिए । पुनर्संरचना गर्दा उनले प्राविधिक र आर्थिक दृष्टिकोणबाट सम्भाव्य केही कार्यक्रम प्रदेशमा हस्तान्तरण गर्ने घोषणा गरेका थिए । तर विद्यमान व्यवस्था जस्ताको तस्तै रहृयो ।
२० वर्षे कृषि विकास रणनीतिको सहयोगी आयोजनाको रुपमा अघि बढाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हाल तीनै तहले सञ्चालन तथा कार्यान्वयन गरिरहेका छन् । तर, मूल रुपमा संघीय सरकार हाबी छ ।
सरकारले परियोजना कार्यान्वयनका लागि जिल्लास्तरमा ५८ वटा संघीय इकाइ खोलेको थियो । तर बजेट र जनशक्तिको कारण देखाएर ४८ मा झारिएको छ ।
यो परियोजनाका प्रवक्ता हिक्मतकुमार श्रेष्ठ चालु आर्थिक वर्षमा ७ वटा प्रदेशलाई परियोजनाका कार्यक्रम सञ्चालनका लागि २० करोड पठाइएको बताए । गत वर्ष १ अर्ब ९९ करोड पाएका स्थानीय तहले चालु आर्थिक वर्षमा ६० करोड मात्रै बजेट पाएका छन् ।
‘पछिल्ला वर्षमा बजेट घटेपछि कार्यक्रममा असर परेको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘प्रभावकारिताबारे नीति अनुसन्धान प्रतिष्ठानमार्फत परियोजनाको मध्यकालीन अध्ययन समीक्षा भइरहेको छ, सो प्रतिवेदनले दिने सुझावका आधारमा कार्यक्रमको पुनर्संरचना गरिने छ ।’
कार्यक्रमका लागि खर्च भएको ठूलो अनुदानले उत्पादन वृद्धिमा खासै योगदान पुर्याउन नसकेको सरकारकै निष्कर्ष छ । २०७८ मा योजना आयोगले गरेको अध्ययनले पनि पनि यो कार्यक्रमको कार्यान्वयनलाई संघबाट क्रमशः प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने उल्लेख थियो ।
त्यसकै आधारमा चालु आर्थिक वर्ष २०८०/८१ मा सरकारले बजेटमा १६ वटा कृषि उत्पादनका सुपरजोन र १७७ वटा जोनमा प्रविधि विस्तार, यान्त्रीकरण, इन्टर्न परिचालन र सिक्दै कमाउँदै लगायतका कार्यक्रमका लागि ३ अर्ब २२ करोड विनियोजन गरेको थियो, जुन गत वर्षहरुमा भन्दा घटेको हो ।
परियोजनाले उद्देश्यअनुसार कृषिका जोन र सुपर जोन पनि विस्तार गर्न सकेको छैन । स्थानीय सम्भाव्यताका आधारमा १० हेक्टरका १५ हजार वटा व्यबसायिक कृषि उत्पादन केन्द्र -पकेट) विकास गर्ने लक्ष्य राखिए पनि परियोजनाले ८ हजार ७१० वटा पकेट मात्र विकास गरेको छ ।
२१ वटा बृहत व्यवसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपर जोन) विकास कार्यक्रम चलाउने भनिए पनि १६ वटा र ३०० व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र -जोन) विकास कार्यक्रम स्थापना गर्ने भनिएकोमा १७७ वटामा सीमित छ ।
नतिजा राम्रो नआएपछि सरकारले स्थापित कृषि क्षेत्रलाई पनि पर्याप्त बजेट दिन छाडेको छ । चालु आर्थिक वर्षमा प्रदेशमा सञ्चालित १५ सयभन्दा बढी ब्लकमध्ये ६६० वटामा र स्थानीय तहमा सञ्चालित १ हजार ५३ पकेट क्षेत्रमा मात्र बजेट दिइएको छ ।
उत्पादन वृद्धिको कार्यक्रम पनि उस्तै
आर्थिक वर्ष २०७९/८० को बजेटमा घोषणा गरिएको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको अवस्था पनि उस्तै छ ।
नेपाली उत्पादनको वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि यो कार्यक्रम घोषणा गरिएको थियो ।
आन्तरिक उत्पादन र उपभोगलाई प्रोत्साहन गर्ने गरी सुरु भएको यो कार्यक्रमका लागि सरकारले निजी क्षेत्रका छाता संघ संगठनसँग सहकार्यको घोषणा गरेको थियो ।
स्वदेशी कच्चा पदार्थमा आधारित लघु, घरेलु, साना र मझौला उद्योगलाई प्रशोधन, प्रविधि स्तरोन्नतिका साथै भण्डारण र बजारीकरणमा सहयोग गर्ने कार्यक्रमको उद्देश्य छ ।
कृषि, तयारी पोशाक, औषधि, फुटवेयर लगायतका उच्च आन्तरिक खपत भएका उद्योगलाई प्रोत्साहन गर्ने पनि भनिएको छ । सरकारी निकायमा स्वदेशमा उत्पादित वस्तुहरू प्रयोग गर्ने घोषणा पनि गरिएको थियो ।
गत आर्थिक वर्षमा यो कार्यक्रमका लागि ३ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर कार्यान्वयनको ढाँचा र कार्यविधि नै टुंगो लगाउन नसकेपछि गत वर्ष बजेट नै खर्च हुन सकेन । चालु आर्थिक वर्षमा भने जम्मा ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्मा चालु आर्थिक वर्षदेखि प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयनमा जाने बताउँछन् ।
सरकार आन्तरिक उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्रीको नाममा कार्यक्रम चलाउने तयारीमा अलमल गरिरहँदा गत साउनदेखि कात्तिक मसान्तसम्म ५० अर्ब ५६ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षमा ५४ अर्ब ७७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
पि्रय साथी, आरामै छौ होला भन्ने विश्वास लिएको छु । तर, केही दिनयता तिमीले सामाजिक सञ्जालमा लेखेका स्टाटसहरूले तिमीलाई सञ्चो छैन कि भन्ने महसुस हुनुका साथै चिन्त्ाा पनि थपिएको छ । यो चिन्ता यस मानेमा कि म तिम्रो मिल्ने साथी न जो परें !
साथी, तिमी राजनीति मार्फत देश परिवर्तन गर्न चाहन्छौ । समाजको कायापलट गर्न चाहन्छौ । गाउँमा भत्केका मनहरूलाई जोड्न चाहन्छौ । यो कुरा तिमीले कुनै भेटमा भनेका थियौ । म तिम्रो त्यो बोलीको वास्तविकताको पर्खाइमा छु । तिमीलाई नियालिरहेको छु ।
तर, अहिले यो पत्र मार्फत म तिमीलाई केही कुरा लेख्दैछु । जुन कुरा तिम्रो राजनीतिक जीवनमा पटक-पटक ठोक्किन सक्लान् । सके कार्यान्वयन गर्नु, नसके महसुस गर्नु ।
साथी, जिन्दगी भने जस्तो छैन
शहरमा बसेर सामाजिक सञ्जालको राजनीतिले तिम्रो गाउँको रामे काकाले तिमीले भनेको कुरा थाहा पाउँदैनन् । किनकि त्यहाँ इन्टरनेट पहुँच छैन । इन्टरनेट मात्रै कहाँ हो र उहाँलाई फेसबुक चलाउन पनि आउँदैन । अझ भनौं उहाँसँग फेसबुक चल्ने हातमा मोबाइल पनि छैन । छ त केवल विदेशिएको छोराको एक बोली सुन्न एक हजार रुपैयाँमा किनेको साधा सेट मोबाइल । त्यो फोन कल गर्न पनि पल्लो घरको सानेको सहयोग लिनुपर्छ भन्ने विषय तिमीलाई राम्रोसँग थाहा छ ।
साथी, मन नदुखाऊ, एउटा कुरा भन्नै पर्ने भयो । कुनै कार्यक्रममा भेट भएर तिम्रो पार्टी सभापति र नेताहरूसँगका तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट गर्ने बित्तिकै तिम्रो गाउँको विकास हुन्छ ? अनि तिमी त्यही फोटो देखाउँदै तिम्रा धेरै साथीसँग आफ्नो पावरको कुरा गर्छौ । त्यो फोटोको पावरले हप्तौं हप्ता चार्ज नपाएको तिम्रो गाउँको रामे काकाको साधा सेट मोबाइल चार्ज हुन्छ जहाँ अझै बिजुली पुगेको छैन ! कि साँझ गाई दुहुन जाँदा टुकी बालेर गोठमा जाने उजेली फुपूले बत्ती पाउँछिन् ?
साथी, हुनत तिमी राजनीतिमा लागेको मान्छे । तिमीलाई परिवार, समाज, देश र देशको परिस्थितिको विषयमा राम्रोसँग थाहा हुनुपर्ने हो । तर, तिमीले सामाजिक सञ्जालमा राखेका स्टाटसले तिमीलाई देशको इतिहास थाहा छैन । तिमीले संविधान अध्ययन गरेका छैनौ । तिमीलाई तिम्रो अधिकार र कर्तव्य थाहा छैन भन्ने विषय मैले आत्मबोध गरिरहेको छु । तिमीलाई यो पनि थाहा छैन कि तिम्रो पार्टीले आज के निर्णय गर्यो ?
तर, तिम्रो दैनिकी म यो पार्टीको हुँ भन्दै छाती फुलाउँदै व्यवसायीलाई चन्दा माग्नमै बितेको देख्छु । मलाई योे कुरा पनि थाहा छ कि तिमी त्यो चन्दाले पाँचतारे होटलमा गएर मज्जाले मस्ती गर्छौ । तिम्रो त्यो मस्तीले तिम्रो गाउँको रामे र साने काकाहरूले राजधानीसम्म पुग्ने सडकमा यात्रा गर्न पाउलान् ?
साथी, तिमी गाउँमा जन्मेर शहरमा पढ्यौ । अहिले तिमीलाई गाउँभन्दा शहर प्यारो छ । कतै सुनेको तिमीलाई आजभोलि गाउँले हुँ भन्न पनि लाज लाग्छ रे ! तिम्रो बुबाले हातका नङ्ग्रा खियाएर तिमीलाई शहर पढाएको त्यही आफ्नो परिचय लुकाउनको लागि हो ? तिम्री आमाले गोरुको गोबर सोहोरेर तिमीलाई उच्च शिक्षा पढाएको त्यही गाउँको भाषा बोल्न आउँदैन भन्नैका लागि हो ? गाउँका हेडसरले सिस्नुपानी लगाउँदै पढ भनेको त्यही तिम्रो गाउँ, समाज र तिम्रो धरातल भुल्नका लागि हो ?
साथी, तिमी त शहरमा पढेको । मैले सोचेको थिएँ, केटो स्मार्ट होला । राजनीति पनि गर्ने भएकोले ठूलो आमसभालाई बोलीबाटै भए पनि प्रभावित पार्न सक्ला । तर, मेरो कल्पना र तिम्रो यथार्थताले मेल खान सकेन । एउटा सानो जमघटमा पनि कामेर बोल्ने, हड्बडाउने र लजाए जस्तो व्यवहार गर्ने बानीले तिम्रो राजनीति कहाँ पुग्ला ?
राजनीतिशास्त्र पढ्दै गर्दा देश तथा विदेशको राजनीति, भूगोल, इतिहासको अध्ययन गर । आर्थिक समृृद्धिको सपना देख । गाउँमा फर्केर बालबालिका, युवा अनि वृद्ध बा-आमाहरूसँग घुलमिल होऊ । वनपाखामा घाँस-दाउरा गर्दै विरहका गीत गाउने जमुना दिदीहरूका कथा सुन । वर्षभरि बारीमा तरकारी र अन्न उब्जाएर मल र बजार नपाएका तिम्रा बा-आमाहरूका पीडा सुन
मलाई अझै पनि सम्झना छ, २०७४ सालको चुनावमा तिमी गाउँ गयौ । दुई महिना अगाडि मात्रै गाउँ गए पनि तिम्रो पार्टीले चुनाव जित्यो । त्यो बीचमा तिमी फेरि शहरमै हरायौ । तिम्रो पार्टीलाई जिताएकोमा गाउँलेले पश्चात्ताप महसुुस गरे । २०७९ को चुनावमा पनि सोही व्यवहार देखायौ । चुनावको तयारी दुई महिनाले नै हुने रहेछ ठानेर फेरि चुनाव आउनु दुई महिनाअघि नै गाउँ गयौ । तर, सधैं तिमीले सोचे जस्तै कहाँ हुने रहेछ र ! चुनाव हार्यौ ।
अब त बुझ्यौ होला नि सबै कुरा आफैंले सोचे जस्तो नहुने रहेछ । एउटा गीत छ नि ‘सोचे जस्तो हुन्न जीवन !’ अब गाउँका जनता सचेत भइसकेका छन् । रामे र साने काकाहरू रेडियो सुनेर भए पनि सजग बनिसकेका छन् । तिम्रो पार्टीले चुनाव जितेर अघिल्लो पाँच वर्षमा के काम गर्यो ? अघिल्लो चुनावमा थुप्रै बनावटी नाराहरूलाई व्यवहारमा नउतार्दा २०७४ मा जितेको चुनाव २०७९ मा किन हार व्यहोर्नु पर्यो । तिम्रो पार्टीले बाचा गरेका कुरा धेरै थिए । गाउँमा बिजुली, पक्की सडक, घरघरमा खानेपानी । यी सबै कुरा फगत भए ।
एकछिन मनन् गर त ! तिम्रो गाउँका जनता कति सन्तुष्ट छन् ? गाउँलेले बिजुलीको सुविधा पाएका छन् ? तिमीले नै पढेको विद्यालयले राम्रो शिक्षक पाएको छ ? भएका शिक्षकहरूले तलब पाएका छन् ? गाउँलेले सडकको सुविधा पाए ? अहँ, केही पाएनन् । पाए त केवल अनियमितता, भ्रष्टाचार, सामाजिक विचलन र अभावै अभावको जिन्दगी ।
साथी, तिमीलाई पुनः पुरानो कुरा सम्झाउन मन लाग्यो । २०७४ को स्थानीय तहको चुनाव तिम्रो पार्टीको मान्छेले जितेपछि तिमीले फेसबुकमा लेख्यौ- ‘अब गाउँगाउँमा सिंहदरबार आयो, गाउँसम्म पक्की सडक पुग्यो, बेरोजगार युवाले रोजगारी पाए, जुन हाम्रो पार्टीको योगदान हो, आगामी चुनावमा पनि हाम्रो पार्टीलाई भोट दिएर अत्यधिक मतले जिताइदिनुहोला ।’
साथी, दुःखका साथ भन्नुपर्छ । त्यो भ्रम केका लागि ? तिमीले त्यस्तो स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्दै गर्दा तिम्रो गाउँमा भोकमरी थियो । गाउँमा पक्की सडक पुगेको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तिम्रा गाउँका युवा वैदेशिक रोजगारीका लागि विदेशी भूमिमा जाँदैथिए । उनीहरूका आफन्तहरू विमानस्थलमा बिदाइका हातहरू हल्लाउँदै आँशु झारिरहेका थिए ।
तिम्रा गाउँका स-साना बालबालिकाको खुट्टामा चप्पल थिएन । पुसको कठ्याङ्रिदो जाडोमा लगाउने बाक्लो जाकेट पाएका थिएनन् ती बालबालिकाले ।
१५ वर्ष नपुग्दै विवाहबन्धनमा कति धेरै बाँधिए त्यो त सबैलाई अवगत नै छ, जुन समस्या अहिले पनि यथावत् नै छ । अशिक्षा, जनचेतनाको अभाव, बेरोजगारी, चोरी-डकैती, झै-झगडा, बहुविवाह, छाउपडी प्रथा, घरेलु हिंसा, कच्ची सडक, भोकमरीलगायत अभावहरू झेल्नु परेको तिम्रो गाउँलाई सिंहदरबार भन्ने साहस तिमीले कसरी गर्यौ ? तिम्री आमाले बारीमा जसोतसो उमारेको साग बेचौं भने पनि बजार पाएकी छैनन् । बजार पाइहाले पनि भने जस्तो मूल्य पाउँदिनन् । अनि तिमीले कसरी भन्न सक्यौ ? गाउँमा सिंहदरबार आयो भनेर ।
अँ, अर्को कुरा त लेख्नै बिर्सेछु, तिमी त गाउँको विकास गर्छु भनेर राजनीतिमा लागेको मान्छे । तर, विडम्बना ! पालिकाबाट विकासका लागि बनाइने योजनाहरूको कागजात मिलाएर तिम्रो पार्टीका कार्यकर्ता र कर्मचारीको मिलेमतोमा पैसा खाएको मैले प्रत्यक्ष देखेको छु । गाउँमा नातावाद र कृपावाद फस्टाएको छ । यसतर्फ सचेत बन्नु ।
साथी, हुनत तिमीलाई गाउँको धेरै कुुरा थाहा छ । तर, थाहा हुँदाहुँदै पनि तिमी कसैको परिबन्दमा पर्यौ वा तिम्रो अकर्मण्यता ! जे भए पनि अब तिमी राजनीतिको सपना बुनेको मान्छे । तिमी जस्तो युवाले गाउँको विकास गर्छु भन्ने सोच्नु नै राम्रो कुरा हो । नराम्रो त तिम्रो नामेट हो । तिमी अब ‘तिमी’ बन्न सिक । कसैको उक्साहट र परिबन्दको जालमा नपर । गाउँ बुझ, गाउँले बुझ । आफूलाई बुझ । आफ्नो विरासत र धरातल बुझ ।
राजनीति गर्न राजनीतिशास्त्र पढ । राजनीतिशास्त्र पढ्दै गर्दा देश तथा विदेशको राजनीति, भूगोल, इतिहासको अध्ययन गर । आर्थिक समृृद्धिको सपना देख । गाउँमा फर्केर बालबालिका, युवा अनि वृद्ध बा-आमाहरूसँग घुलमिल होऊ । वनपाखामा घाँस-दाउरा गर्दै विरहका गीत गाउने जमुना दिदीहरूका कथा सुन । वर्षभरि बारीमा तरकारी र अन्न उब्जाएर मल र बजार नपाएका तिम्रा बा-आमाहरूका पीडा सुन ।
हजारौं सपना बोकेर विदेशिएका तर लास बनेर फर्केका परिवारका मर्मस्पर्शी दुःखहरू सुन । वर्षौं वर्ष पढेर जागिर नपाएर मानसिक सन्तुलन गुमाएका साथीहरूका सपना सुन । साथी, शेक्सपियरले भनेका छन्- ‘काम जस्तो कुरा गर, कुरा जस्तो काम गर, झण्डामुनि बस तर दरबार नपस ।’
१२ मंसिर, धनगढी । बझाङमा १४किलो गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खप्तड छान्ना गाउँपालिका-७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खड्कासहित गोरखाको अजिरकोट गाउँपालिका-२ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका-३ का ५५ वषर्ीय राम गुरुङ रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले जानकारी दिए ।
शाहका अनुसार उनीहरुले खड्काको घरमा उद्योग नै खोलेर अवैध रुपमा गाँजाको कारोबार गर्दै आएको खुलेको छ ।
उनीहरुको साथबाट १४ किलो २१० ग्राम गाँजा, गाँजाको दाना र पातसमेत गरेर ७७ किलो ३०५ ग्राम कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
गाँजा बनाउने काममा प्रयोग हुने प्लाष्टिकका ५ वटा बाटा, डिजिटल तराजु, कैंचीं, ब्लेड, कार्टुन टेप, रबरका पोका, गाँजा छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लाष्टिकसमेत बरामद गरिएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
११ मङ्सिर, गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।
‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिए । उनले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे ।
‘इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन’, कार्यालय प्रमुख रिजालले भने, ‘अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।’
कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ । ‘अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ’, कार्यालयको सूचनामा उल्लेख छ ।
प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताए ।
९ मङ्सिर, लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका-१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु मृत्यु भएको हो ।
क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए ।
मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको मृत्युबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताए ।
पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार-१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मङ्गलबार राति छुरा प्रहार गरेका थिए । मदिराले मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेको पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।
छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका हुन् । उनीहरु दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।
स्क्रीन शेयरिंग ऐप के जरिए स्कैमर्स आपकी डिवाइस को कंट्रोल करके आपकी जानकारी हासिल कर सकते हैं और आपके ट्रांजैक्शन पर नजर रख सकते हैं. इन ऐप्स की मदद से ऑनलाइन फ्रॉड को अंजाम दिया जा सकता है.
from News in Hindi, Latest News, News https://ift.tt/o6ElJFm
९ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् ।
नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँग आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेका हुन् ।
मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गरे ।
भेटका क्अरममा उनीहरूबीच आपसी हित र चासोका विविध विषयका साथै व्यापार, लगानी, विकास सहायता तथा नेपालीलाई कतारमा रोजगारीका अवसर उपलव्ध गराउनेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
८ मंसिर, काठमाडौं । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।
साविक विजेता काठमाडौं रेजर्सले उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलामी एफसीसँग उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।
काठमाडौंको मार्कीमा राष्ट्रिय टिमका युवा स्ट्राइकर हिसुब थपलिया छन् भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नै यथावत छन् । यस्तै पहिलो सिजन काठमाडौं च्याम्पियन बन्दा मार्की र कप्तान रहेका गोलकिपर विकेश कुथु यस पटक इलामको मार्की छन् ।
इलामको मुख्य प्रशिक्षकमा मेघराज केसी छन् । केसी पहिलो सिजन एफसी चितवनका प्रशिक्षक थिए ।
काठमाडौंको टिममा यसपटक धेरै पेरबदल भएको छ । पहिलो संस्करणको उपाधि जित्दाका डिफेण्डर अन्जन राई मात्र टिममा छन् ।
उता इलाममा भने काठमाडौंबाट पहिलो सिजन उपाधि जितेका कप्तान विकेशसहित डिफेण्डरद्वय विमल पाण्डे, आशिष गुरुङ र आशिष राई छन् ।
काठमाडौंमा कप्तानसहित युवा खेलाडीहरुको बाहुल्य छ भने इलाममा राष्ट्रिय टिमबाट खेलेका अनुभवी खेलाडीहरु छन् । गत सिजन चितवनका मार्की रहेका फरवार्ड भरत खवास पनि यस पटक इलाममा छन् । यस्तै राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन पनि इलामकै टिममा छन् ।
साविक विजेता भएकोले काठमाडौंको एक मात्र लक्ष्य उपाधि रक्षा नै रहेको छ । मुख्य प्रशिक्षक बालगोपालले यस सिजन पनि च्याम्पियन नै बन्ने उसको लक्ष्य छ । ‘हामी काठमाडौंको घरेलु टोली हौं । पहिलो सिजन जितेर एउटा तारा राख्यौं अब त्यसमा अर्को तारा थप्ने लक्ष्य छ,’ उनले भनेका छन् ।
त्यसैले नयाँ टोली इलामविरुद्धको पहिलो खेलमा सुखद नतिजासहित उपाधि रक्षा अभियान थाल्ने काठमाडौंको योजना छ । ‘पहिलो खेल सधैं महत्वपूर्ण हुन्छ । प्रिसिजनको तयारी र मैत्रीपूर्ण खेलको प्रदर्शन अनुसार पहिलो खेल खेल्दै राम्रो नतिजाबाट सुरुवात गर्न चाहन्छौं,’ बालगोपाल महर्जनले भने ।
उता डेब्यूटान्ट इलामका प्रशिक्षक केसीले साविक विजेता टोलीविरुद्ध जित निकालेर प्रतियोगिताको सुरुवात गर्न चाहेको बताएका छन् । ‘पहिलो खेलका लागि हाम्रो टिम तयार छ । हामी राम्रो फुटबल नेपाली दर्शकको माझ दिएर पहिलो जितसहित प्रतियोगिता सुरु गर्न चाहन्छौं ।’
यसपटक एनएसएलमा पाँच विदेशी खेलाडी राख्ने पाउने प्रावधान छ । जसले गर्दा सहभागी टोलीहरु पनि उत्साहित छन् । काठमाडौंका प्रशिक्षक बालगोपालले त विदेशी खेलाडी नै धेरै हदसम्म निर्णायक बन्न सक्ने बताए । ‘विदेशी खेलाडीको संख्या बढाएर पाँच बनाइएको छ । जसले गर्दा फाइदा हुन्छ । उनीहरुबाट युवा खेलाडीबाट सिक्ने अवसर पनि हुन्छ । विदेशी खेलाडीको प्रदर्शन निर्णाक हुन सक्छ ।’
काठमाडौंको टिममा घरेलु फुटबलमा खेलिसकेका आन्द्रे निया र जुनिएर एनकुनगुएसहित क्यामरुनका तीन र उज्वेकिस्तानका पाँच खेलाडी छन् ।
पहिलो सिजन च्याम्पियन बन्दा मेसुके ओलोमोउ र स्टेफेन विनोङको जोडी खुबै जमेको थियो । यसपटक पनि विदेशी खेलाडी त्यस्तै प्रभावकारकी हुने हुने प्रशिक्षक महर्जनको विश्वास छ ।
उता इलाममा भने सेनेगलका एकेडेमीबाट चार खेलाडी आएका छन् । उनीहरु क्षमतावान रहेको इलामका प्रशिक्षक केसीले बताए ।
काठमाडौं र इलामबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि उद्घाटन समारोह हुनेछ । जहाँ विभिन्न सांगीत प्रस्तुति हुनेछन् ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का अनुसार उद्घाटन समारोहमा गायकद्वय सुशान्त केसी र वाङ्गदेन शेर्पा तथा ट्वीनी गर्ल्स (प्रिन्सी र प्रिज्मा खतिवडा) को प्रस्तुति हुनेछ ।
कोभिड महामारीका कारण पहिलो संस्करण विना दर्शक आयोजना हादा दर्शकहरुले घरमै बसेर टेलिभिजनमा हेरेका थिए । यसपटक दर्शकसहितको एनएसएल हुँदा आयोजक, सहभागी क्लब र खेलाडी सबै उत्साहित छन् ।
यस्तै आयोजकले डिजे, चियरलिडरदेखि फुड स्टल समेत राख्ने जनाएको छ । मैदानमा एलइडी विज्ञापन बोर्ड पनि राख्ने आयोजकले जनाएको छ ।
एनएसएलमार्फत नेपाली फुटबलको स्तर विकास गर्ने र संस्कार फर्काउने प्रयास रहेको आयोजकले जनाएको छ ।
यस्तो छ खेल तालिका
यसपटक तीन नयाँ टोलीसहित कुल ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता काठमाडौं रेजर्स एफसी, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसी यथावत छन् भने पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसी यस पटक सहभागि छैन ।
यस्तै नयाँ टोलीमा झापा एफसी, स्पोर्टिङ इलाम एफसी र वीरगंज युनाइटेड थपिएका छन् ।
प्रतियोगिताको सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।
सिंगल राउण्ड रोविनमा हुने लिगमा लिगमा कूल ४० खेल हुनेछ । जसमा लिग चरणमा हरेक टोद्यीले एक आपसमा खेल्नेछन् र ३६ खेल हुनेछ । त्यसपछि प्लेअफमा चार खेल हुनेछ । जहाँ शीर्ष दुई टिमले क्वालिफायर खेल्नेछन् र विजेता फाइनल पुग्नेछ । यस्तै तेस्रो र चौथो हुनेले एलिमिनेटर खेल्नेछन् र यसको विजेताले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
६ दिन दुई/दुई खेल हुनेछ । जसमा पहिलो पहिलो दिउँसो १ बजे सुरु हुनेछ र साँझको खेल साढे ५ बजे सुरु हुनेछ । दिउँसो जम्मा ६ खेल मात्र हुनेछ । बाँकी सबै खेल साँझ हुनेछ ।
८ मंसिर, काठमाडौं । मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भू-भागमा मौसम आंशिकरुपमा बदली भएको हो । अन्य भागमा भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार कोशी र आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले वर्षा र हिमपात हुने क्षेत्रमा जाडो बढ्ने भएकोले सतर्कता अपनाउने सचेतसमेत गराएको छ ।
७ मंसिर, धनगढी । धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालीका-५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनारसमेतले अवैध रुपमा सञ्चालन गरेको आई.टी सेन्टरबाट ८ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) कुलदिप चन्दले जानकारी दिए ।
उनकाअनुसार पक्राउ पर्नेमा डोटीको सिखर नगरपालिका-१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार, भारतको उत्तमनगर दिल्ली बस्ने २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने बर्ष २४ को निखिल कुमार रहेका छन् ।
यस्तै भारतको दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु, कञ्चनपुरको पुनर्वास नगरपालिका-६ बस्ने २९ वर्षीय मिनबहादुर सुनार, बेलडाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनार, २८ वर्षका कमल सुनार र २२ वर्षीय जयराम सुनार रहेको डीएसपी चन्दले बताए ।
उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्नालगायत विषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरिकलाई अनलाइनमार्फत ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
वैसे ई-कॉमर्स साइट्स पर त्योहारी सेल खत्म हो गई है. लेकिन, अगर आप कोई नया फोन मिड-रेंज सेगमेंट में खरीदना चाहते हैं तो आपके लिए अच्छी खबर है. दरअसल, रियलमी द्वारा narzo Week Sales के तहत कई स्मार्टफोन्स पर डिस्काउंट दिया जा रहा है. एक अच्छी डील Realme Narzo 60 Pro 5G पर भी दी जा रही है.
from News in Hindi, Latest News, News https://ift.tt/Zip69mv
७ मंसिर, काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले यससम्बन्धी थप विवरण अद्यावधिक गरिसकेको छैन ।
६ मङ्सिर, झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।
शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा तामाङको बसोबास थियो । उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए ।
साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए ।
यसैगरी मेचीनगर नगरपालिका–११ स्थित विशाल दाहालको एकतले पक्की घर जङ्गली हात्तीले भत्काएको छ ।
स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी चार सय किलो धान र दुई सय किलो चामल खाएको पीडित दाहालले जानकारी दिए ।
दिवाली और छठ जैसे त्योहार अब खत्म हो गए हैं. ऐसे में ई-कॉमर्स प्लेटफॉर्म्स पर जारी डील्स और ऑफर्स भी अब नहीं रहे. लेकिन, अगर आप फिर भी अपने लिए एक नया स्मार्टफोन खरीदने के बारे में सोच रहे हैं तो हम यहां 12GB रैम वाले मोटोरोला के फोन पर मिल रहे जबरदस्त ऑफर्स के बारे में बताने जा रहे हैं.
from News in Hindi, Latest News, News https://ift.tt/r0yTmbK
६ मंसिर, गुल्मी । रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएका छन् ।
मंसिर ७ गते परेको हरिबोधनी एकादशीको अवरसमा २ वटा स्थनी तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल र गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सूचना जारी गर्दै रेसुङ्गामा ठुलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरेका छन् ।
एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ ।
मेलालाई व्यवस्थित रुपमा मनाउनको निम्ति कार्यपालिकाको बैठकको निर्णय अनुसार नगर, गाउँपालिका भित्रका संस्था, कार्यालयहरु, माताहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरेका हुन् ।
अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारको काम भइरहेको छ ।
रेसुङ्गा पोखरीमा नुहाएमा भुल गरेर गरेको पाप नष्ट हुने मान्यता रहिआएको छ ।
रेसुङ्गामा दैनीक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशीलगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ ।
यस वर्ष रेसुङ्गा नगरपालिकाले पर्यटकको चहलपहल बढाउन भन्दै ‘जाऔं हिंड रेसुङ्गा’ अभियान पनि सञ्चालन गरेको छ ।
फाइनल खेलमा आयोजक भारतलाई पराजित गर्दै विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।
आइतबार भारतको नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा निकै रोमाञ्चक मात्र भएन त्यो प्रविधिले भरिपूर्ण पनि थियो । उसो त अन्तराष्ट्रिय क्रिकेट म्याचहरुमा पछिल्लो समय प्रविधिको उच्च प्रयोग हुन थालेको छ । जसले गर्दा खेलमा मानवीय अड्कलमाथिको निर्भरता कम भएर खेलमा निष्पक्षतामा वृद्धि भएको छ ।
यदि तपाईं यो विश्वकप क्रिकेटका खेलहरु टेलिभिजनमै हेर्नुभयो भने त्यस्तो अनुभूति पनि पक्कै गर्नुभयो होला । विश्वकप क्रिकेटका टेलिभिजन दर्शकहरुले साँच्चीकै क्यामराको कमालको मज्जा लुट्न पाए । ठूलो संख्याका क्यामरासँगै अत्याधुनिक प्रशारण प्रविधिले गर्दा खेलको प्रत्यक्ष प्रशारणलाई नयाँ उचाइमा पुर्याएको छ ।
यो विश्वकप क्रिकेटका हरेक खेलमा रंगशालामा कतिवटा आधिकारिक क्यामरा प्रयोग गरिए होलान्, तपाईंले अनुमान गर्न सक्नुहुन्छ ?
सायद धेरैलाई थाहा छैन होला । यो विश्वकप क्रिकेटका खेलहरुमा मात्र होइन सुविधा सम्पन्न रंगशालामा हुने उच्चस्तरका अन्तर्राष्ट्रिय क्रिकेट म्याचहरुमा कम्तिमा पनि ३० वटा क्यामरा प्रयोग गरिएको हुन्छ । जुन यस प्रकार छन् :
· बाहिर पटि्टको प्रशारण स्टुडियोका लागि १ क्यामरा
· फिल्ड प्लेलाई समेट्नका लागि १२ क्यामरा
· हक आई क्यामरा ६ वटा
· रन आउट भिडियो कैद गर्नका लागि ४ क्यामरा
· स्ट्राइक जोन दृश्य कैद गर्नका लागि २ क्यामरा
· स्टम्प क्यामरा ४ वटा
· प्रिजेन्टेसन क्यामरा १ वटा
एउटा आधिकारिक क्रिकेट म्याचमा विभिन्न प्रकारका क्यामरा प्रयोग हुन्छन् । यी सबै क्यामराको काम फरक फरक हुन्छ । पर्दामा खेल हेर्ने दर्शकको अनुभूतिलाई उत्कृष्ट बनाउनका लागि यी क्यामराको अधिकतमक कुशलतापूर्वक प्रयोग गरिन्छ । क्रिकेट खेलमा प्रयोग गरिने विभिन्न क्यामराका कामहरु के के हुन् छत ?
मुख्य क्यामरा : यी प्राइमरी क्यामरा हुन् जसलाई रंगशालामा योजनाबद्ध तरिकाले स्थापित गरिएको हुन्छ । यी क्यामरालाई यस्तो प्रकारले सेट गरिएको हुन्छ कि यी क्यामराबाट वाइड एंग शट कैद होस् । यी क्यामराबाट खेलको समग्र दृश्य प्राप्त हुन्छ ।
बाउन्ड्री क्यामरा : यी क्यामरालाई प्रायः बाउन्ड्री लाइनको नजिक देख्न सकिन्छ । यी क्यामराहरु फिल्डिंग एक्सनको क्लोजअप शट खिच्नका लागि प्रयोग गरिन्छ । यी क्यामराको मद्दतले खेलाडीको चालको विस्तृत दृष्य प्राप्त हुन्छ ।
स्टम्प क्यामरा : यी क्यामरालाई स्टम्पको बीचमा इन्स्टल गरिन्छ । यसबाट बलर, ब्याट्सम्यान तथा विकेटकिपरसँग सम्बन्धित जानकारी प्राप्त हुन्छ । यी क्यामराबाट स्टम्पको नजिकको स्लो मोसन रिप्ले हेर्न सकिन्छ ।
स्पाइडर क्यामरा : यसको नामजस्तै कामपनि हुन्छ । यी क्यामरा तलमाथि र तेर्सो सबैतिर घुम्न सक्दछ । यी क्यामराबाट डाइनामिक एरियल शट खिच्न सकिन्छ ।
अल्ट्रा स्लो मोसन क्यामरा : यो हाई स्पीड क्यामराले कुनै पनि चाललाई उच्चतम फ्रेमरेटमा कैद गर्न सक्दछ । यसको सहयोगले स्लो मोसन रिप्लेको डिटेल्स प्राप्त हुन्छ ।
हेलमेट क्यामरा : कहिलेकाहीँ खेलाडिले आफ्नो हेलमेटमा समेत क्यामरा लगाएका हुन्छन् । यो क्यामराको सहयोगमा दर्शकहरुले कुनै पनि ब्याटरले बल कस्तो प्रकारले देख्दछ भन्ने कुरा थाहा पाउँछन् .
रोबोटिक क्यामरा : यी रिमोट कन्ट्रोल्ड क्यामरालाई विभिन्न ठाउँमा इन्स्टल गरिएको हुन्छ । यी क्यामराबाट फ्लेक्सिबिलिटी तथा एडजस्टेबल कोणबाट खेलको दृश्य प्राप्त हुन्छ । यसबाट कुनै खास दृश्य कैद गर्न सकिन्छ ।
५ मङ्सिर, पेरिस । विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्याएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।
प्रतिबद्धतालाई इमान्दारीताका साथ कार्यान्वयनमा नलगेमा यो शताब्दीमा तापक्रम वृद्धि विनाशकारी २.९ डिग्री सेल्सियससम्म पुग्ने राष्ट्रसङ्घले चेतावनी दिएको छ ।
दुबईमा महत्वपूर्ण कोप-२८ जलवायु वार्ताको ठीक अघि संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गरिएको छ र यसले अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलता उन्मुख रहेको उल्लेख गरेको छ ।
यो वर्ष मानव इतिहासकै सबैभन्दा तातो वर्ष हुने अपेक्षा गरिएको सन्दर्भमा यूएनईपीले भनेको छ, ‘विश्वले बिग्रिएको जलवायु रेकर्डको सङ्ख्या, गति र परिमाणमा चिन्ताजनक गति देखिरहेको छ ।’
कार्बन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै यूएनईपीले भनेको छ, ‘पृथ्वी सन् २१०० सम्ममा २.५ डिग्री सेल्सियस र २.९ डिग्री सेल्सियसको बीचमा विनाशकारी तापको मार्गमा छ । विद्यमान नीति र उत्सर्जन कटौती प्रयासहरूको बाबजुद् विश्वव्यापी तापक्रम वृद्धि तीन डिग्री सेल्सियसतर्फ धकेलिने सम्भावना बढेको छ ।’
सन् २०२१ देखि २०२२ सम्ममा १.२ प्रतिशतले उत्सर्जन वृद्धि भएको विश्वले वायुमण्डलमा हरितगृह ग्याँसको रेकर्ड स्तरलाई प्रोत्साहन गरिरहेको युएनईपीले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आगामी नोभेम्बर ३० देखि शुरु हुने कोप–२८ वार्तामा ‘नाटकीय जलवायु काययोजर्ना’को खाका प्रस्तुत गर्न आह्वान गरेका छन् ।
विश्व नेताहरूले अब पनि जलवायु परिवर्तनको मुद्दामा आफ्ना प्रतिबद्धतालाई पछि धकेल्न वा बेवास्ता गर्न नसक्ने उनले उल्लेख गरे । नेतृत्वको असफलता, कमजोर वर्गप्रतिको विश्वासघात र ठूलो अवसर गुमाएको उल्लेख गर्दै उनले भने, ‘हामी जलवायु परिवर्तनको मुद्दामा सही दिशाभन्दा बाहिर गएका छौं ।’
कोप–२८ को बैठकमा विश्वले निर्णायक कदम चाल्ने तयारी गरिरहेको स्पष्ट सङ्केत गर्दै विश्वले जलवायु परिवर्तन नियन्त्रणको हालको पदचाप प्रभावकारी नभएको भन्दै यसलाई सच्याउनुपर्ने उनले बताए । एएफपी
४ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) स्थापनासँग सम्बन्धित सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा विचाराधीन छ ।
१४ धारामा समेटिएको यस सम्झौताको संग्रहकर्ता भारत सरकार हो । सन् २०१५ मा भारत र फ्रान्सले स्थापना गरेको यो गठबन्धन सौर्य स्रोतमा धनी देशहरुको गठबन्धन हो ।
‘कर्कट रेखा र मकर रेखाको बीचमा पूर्ण रुपमा वा आशिंक रुपमा पर्ने सौर्य ऊर्जा स्रोतमा धनी राष्ट्रहरुलाई तिनका जनतालाई सौर्य ऊर्जाले प्रदान गर्ने समृद्धि, ऊर्जा सुरक्षा र दिगो विकासमा पुर्याउने अवसर उपयोग गर्ने यो गठबन्धनको उद्देश्य छ ।
यो सम्झौताका पक्षधर राष्ट्रले आईएसएमार्फत आफ्ना आवश्यकता अनुरुप सौर्य ऊर्जा अभिवृद्धि गर्ने साझा चुनौतीलाई संयुक्त रुपमा सम्बोधन गर्नेछन् ।
पक्ष राष्ट्रहरुले स्वेच्छिक रुपमा आफ्ना कार्यक्रममार्फत सौर्य लगानी, सौर्य प्रविधि, नवप्रवर्तन, अनुसन्धान र विकास तथा क्षमता अभिवृद्धि समेतका काम गर्नेछन् ।
सम्झौता अनुमोदन गरिसकेपछि सदस्य राष्ट्रले आईएसए अन्तर्गतको संयुक्त कार्यबाट लाभ अपेक्षा गरिएका सौर्य उपयोगको साझा विश्लेषणात्मक चित्राङ्कनका आधारमा सम्बद्ध सूचना आदानप्रदान तथा अद्यावधिक गर्नुपर्ने हुन्छ ।
जसमा सौर्य उपयोगको आवश्यकता र उद्देश्य, ती उद्देश्य प्राप्त गर्न अवलम्बन गरिएका वा अवलम्बन गर्नुपर्ने घरेलु उपाय र पहलकदमी, मूल्य शृङ्खला र प्रचारप्रसार प्रक्रियामा देखिएका अवरोध पर्छन् ।
आईएसएको सम्पूर्ण कामकाजका सम्बन्धमा निर्णय लिन सदस्य राष्ट्रहरुको सभा रहन्छ । उक्त सभाले महानिर्देशकको चयन र बजेटको अनुमोदन सहितका कार्य गर्नेछन् ।
प्रतिनिधि सभामा विचाराधीन यो सम्झौता नेपालले अनुमोदन गरेमा नेपाल सरकारले पनि संग्रहकर्ता भारतलाई अनुमोदन भएको प्रमाणित प्रतिहरु हिन्दी, अंग्रेजी र फ्रान्सेली भाषामध्ये एउटामा पठाउनुपर्ने हुन्छ
सम्झौताको धारा ५ अनुसार पक्ष राष्ट्रहरुको सामूहिक कार्यमा सहयोग गर्न अर्को एक सचिवालय रहन्छ । सचिवालयमा प्रमुख कार्यकारी अधिकृतका रुपमा महानिर्देशक रहन्छन् । महानिर्देशकको कार्यावधि चार वर्षको हुन्छ । एकै व्यक्तिले दुई कार्यकालसम्म महानिर्देशकको जिम्मेवारी पाउन सक्छन् ।
सम्झौताको धारा ६ मा बजेट तथा वित्तीय स्रोतसम्बन्धी व्यवस्था छ । सचिवालयमा आङ्गिक कोष स्थापना गरिएको छ र त्यसमार्फत सचिवालय सञ्चालन र अन्य कार्यहरु गरिन्छ । यो कोषमा भारतले सुरुमै कोष खडा गर्न, पूर्वाधार निर्माण तथा सन २०१६/०१७ देखि २०२०/२१ सम्मका लागि २ करोड ७० लाख अमेरिकी डलर सहयोग गरेको थियो । यसका अतिरिक्त भारतीय ऊर्जा निगम र भारतीय नवीकरण ऊर्जा विकास एजेन्सी नाम भारत सरकारको सार्वजनिक संस्थानहरुले आईएसए कोष स्थापना गर्न दश/दश लाख अमेरिकी डलर सहयोग गरेका थिए ।
यस सम्झौतामा हस्ताक्षर गरी अनुमोदन, स्वीकृति वा समर्थनको लिखत पेश गर्ने राष्ट्रहरु आइएसएको सदस्य हुन्छन् । सम्झौतामा हस्ताक्षर र लागू हुने सम्बन्धी व्यवस्था धारा १३ मा छ । राष्ट्रहरुले आ-आफ्नो संवैधानिक प्रक्रिया अनुसार सम्झौताको अनुमोदन, स्वीकृति वा समर्थन गर्न सक्नेछन् । धारा १३(१) अनुसार अनुमोदनको लिखत पेश भएको तिसौं दिनदेखि सम्झौता लागू हुनेछ ।
राष्ट्रहरुले सम्झौता अनुमोदन गरेपछि त्यसको प्रमाणित प्रतिहरु पठाउनुपर्छ । ती प्रतिहरु संग्रहकर्ता राष्ट्र भारतले अन्य पक्ष राष्ट्रहरुलाई पनि पठाउनुपर्छ । कुनै पनि देशले सम्झौता अनुमोदन गरेको प्रमाणित प्रति पठाउँदा तीन वटा भाषा हिन्दी, अंग्रेजी र फ्रान्सेली मात्रै प्रयोग गर्न सक्छन् ।
‘सम्झौताको धारा १४(४) मा भनिएको छ, ‘हिन्दी, अंग्रेजी, र फ्रान्सेली भाषाका प्रतिहरु समान रुपले प्रामाणिक हुने यो सम्झौता संग्रहकर्ता समक्ष दाखिला गरिनेछ ।’ सन् २०१६ मा पनि यसको निर्णयको प्रतिहरु यी तीन भाषामा प्रामाणिक हुने गरी हस्ताक्षर भएको थियो ।
प्रतिनिधि सभामा विचाराधीन यो सम्झौता नेपालले अनुमोदन गरेमा नेपाल सरकारले पनि संग्रहकर्ता भारतलाई अनुमोदन भएको प्रमाणित प्रतिहरु हिन्दी, अंग्रेजी र फ्रान्सेली भाषामध्ये एउटामा पठाउनुपर्ने हुन्छ ।
संघीय संसद सचिवाललयका प्रवक्ता एकराम गिरीका अनुसार कुनै पनि सन्धि सम्झौता अनुमोदनका लागि आएको खण्डमा प्रतिनिधि सभा वा राष्ट्रिय सभामा दर्ता हुन सक्दछ ।
सन्धि सम्झौता अगाडि बढ्ने विधायिकी व्यवस्थापन प्रक्रिया पनि छ । जस अनुसार दर्ता भएको सन्धि/सम्झौता पेश हुन्छ । त्यसमाथि छलफल हुन्छ । सम्बन्धित मन्त्रीले जवाफ दिन्छन् । त्यसपछि अनुमोदन गर्ने वा नगर्ने भन्ने प्रस्ताव प्रस्तुत हुन्छ ।
अनुमोदन गर्ने प्रस्ताव पारित भएको खण्डमा त्यसको जानकारी अर्को सभामा जानुपर्ने भए त्यसको सन्देश पठाइन्छ । अर्को सभामा जानु नपर्ने भए सम्झौता अनुमोदन गर्ने प्रस्ताव पारित भएको जानकारी महासचिवले र महासचिव अनुपस्थित रहेको अवस्थामा सचिवले सम्बन्धित मन्त्रालयलाई गराउँछ ।
सौर्य गठबन्धनको वेबसाइटअनुसार आइएसएमा हाल ९५ राष्ट्र सदस्य छन् । यसको महानिर्देशकमा डा. अजय माथुर छन् । उनी १५ मार्च २०२१ मा महानिर्देशकमा चयन भएका हुन् ।
संविधानको धारा २७९ मा सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन गर्ने सम्बन्धी व्यवस्था छ । जहाँ संघीय संसदको दुवै सदनबाट र प्रतिनिधि सभाबाट मात्रै पनि अनुमोदन हुन सक्छ ।
संविधानले चार प्रकृतिका सन्धि सम्झौताको परिकल्पना गरेको छ । शान्ति र मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सीमाना र प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँट । यी चार विषयसँग सम्बन्धित सन्धि सम्झौता अनुमोदन संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले गर्नुपर्ने शर्त राख्नुपर्ने व्यवस्था संविधानको धारा २७९(२) मा छ ।
तर, शान्ति र मैत्री, प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँटसँग सम्बन्धित विषयका सन्धि वा सम्झौता मध्ये राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर नपर्ने साधारण प्रकृतिका सन्धि वा सम्झौता भए त्यसको अनुमोदन वा समर्थन प्रतिनिधि सभाको बैठकमा उपस्थित सदस्यहरूको साधारण बहुमतबाट हुन सक्ने व्यवस्था २७९(२) मै छ ।
यस आधारमा कुनै पनि सन्धि सदनबाट अनुमोदन हुने वा नहुने निर्णय लिइन्छ । ‘संसदबाट अनुमोदन भएको सन्धि सम्झौताको सम्बन्धमा त्यसको जानकारी प्राप्त भएपछि सम्बन्धित मन्त्रालय वा कार्यपालिकाले कुन भाषामा लेखी पठाउने उसैले तय गर्दछ । किनभने सम्झौता गर्ने कार्यपालिकाले हो’, संसद सचिवाललयका प्रवक्ता गिरी भन्छन् ।
४ मंसिर, मङ्गलबारे (इलाम) । इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका-९ धारापानीका १२ वर्षीय अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
आइतबार साँझ मेची राजमार्गस्थित रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख वासुदेव खतिवडाका अनुसार धानुषाधाम नगरपालिका–९ धारापानीका २० वर्षीया गणेशकुमारी मोक्तानको अनुहारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
दुर्घटनामा परी घाइते सोही ठाउँ बस्ने ११ वर्षीया समीक्षा मोक्तान, १२ वर्षीय शेखर मोक्तान, १२ वर्षीया निर्जला मोक्तान, ३६ वर्षीया अञ्जु लामा, २ वर्षीया स्नेहरिका लामा र ९ वर्षीया रिजा लामाको अवस्था पनि सामान्य रहेको प्रहरीको भनाइ छ ।
घाइते हुने अन्यमा ११ वर्षीया काजल नायक, १४ वर्षीया निकिसा मोक्तान, ११ वर्षीया रितु लामा, ४० वर्षीया सुनमाया लामा, २० वर्षीया कविता घिसिङ, १३ वर्षीया सौगात लामा, १४ वर्षीया वर्षा तामाङ, १५ वर्षीय सिद्धार्थ तामाङ, १७ वर्षीया स्वेच्छा लोप्चान, १२ वर्षीया बिबिसा मोक्तान, १५ वर्षीया रोजिना तामाङ र २८ वर्षीया कल्पनाकुमारी लामा हुनुहुन्छ । त्यसैगरी ३१ वर्षीया शान्ता पाख्रिन, १८ वर्षीया सन्ध्या मोक्तान, ४० वर्षीया तुल्मा लामा, ३५ वर्षीया मनवती लामा, ३० वर्षीया ज्ञानु लामा, १८ वर्षीया प्रतीक्षा लामा, ४५ वर्षीया लालकुमारी रहेका छन् ।
साथै १५ वर्षीय करण मोक्तान, १६ वर्षीया कुसुम घिसिङ र ६० वर्षीया शान्तामाया तामाङ, ३५ वर्षीय अनिल परियार, ३० वर्षीया रचना घिसिङ, ३५ वर्षीय सञ्जीव तामाङ, १८ वर्षीया रेणु घिसिङ र १६ वर्षीया समीक्षा लामा पनि दुर्घटनामा परी घाइते भएका छन् ।
घाइतेको उद्धार गरी झापाका विभिन्न अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ ।
भारत में सर्दियों का मौसम आ चुका है. ऐसे में लोग अब हीटर-गीजर खरीद रहे हैं. हालांकि, अगर आप घर के लिए AC खरीदना चाहते हैं तो आप अभी ऑफ सीजन में एक जबरदस्त डील का फायदा सैमसंग के एसी पर उठा सकते हैं. आइए जानते हैं क्या है डील.
from News in Hindi, Latest News, News https://ift.tt/bDZcn2Y
३ मंसिर, काठमाडौं । क्याटालोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुनको विरोधमा शनिबार मड्रिडको सडकमा दशौं हजार स्पेनीले प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजलाई गद्दारको संज्ञा दिंदै जेल हाल्न माग गरेका छन् ।
समाजवादी नेता सान्चेज यसै साता स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका हुन् ।
प्रहरीका अनुसार स्पेनको राजधानीको मध्यभागमा रहेको र सामान्यतया रियल मड्रिडका समर्थकले विजयको उत्सव मनाउने प्लाजा सिबेल्समा करिब एक लाख ७० हजार मानिस भेला भएका थिए ।
दक्षिणपन्थी युरोपियन पिपुल्स पार्टीद्वारा वितरित स्पेनी र अन्य युरोपेली झण्डा बोकेका सबै उमेरका प्रदर्शनकारीहरूबाट ‘क्याटालोनिया स्पेन हो’, ‘सान्चेज, गद्दार हुन्’, ‘सान्चेजलाई जेल हाल,’ भन्ने नारा सुन्न सकिन्थ्यो ।
‘बास्क देश एकातिर र क्याटालोनिया अर्कोतिर होस् र केही भएन भन्नका लागि पेड्रो सान्चेज स्पेनलाई टुक्राटुक्रा पार्न चाहनुहुन्छ,’ मड्रिडबाट अवकाश प्राप्त ६५ वर्षीया प्रदर्शनकारी मारिया एन्जेल्स गालानले भनिन् ।
सन् २०१८ देखि सत्तामा रहेका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेज जुलाईमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी नेता अल्बर्टो नुनेज फेइजुपछि दोस्रो स्थानमा आएका थिए ।
बहुमतमा पुग्नका लागि आवश्यक पर्ने मतको बदलामा साञ्चेजले क्याटालोनियाको सन् २०१७ को पृथकतावादी प्रयासमा संलग्न भएको आरोपमा मुद्दा चलाइएका पृथकतावादी नेता र कार्यकर्ताहरूका लागि विवादास्पद आममाफी विधेयक पारित गर्नेलगायत थुप्रै सहुलियतहरू स्वीकारेका थिए ।
‘मलाई लाग्छ, यो लडाइँ अब सुरु हुन्छ,’ प्रदर्शनमा सहभागी ५१ वर्षीय उद्यमी मारियानाले भनिन् ।
आफूलाई ‘समाजवादी तर सान्चेजस्तो व्यक्ति नभएको बताउने ६५ वर्षीय लुइस गैरिडोले प्रधानमन्त्रीले ‘यो (शर्त)मूल्य’ स्वीकार गर्न नहुने बताए । ‘म स्पेन यसरी विभाजित होस् भन्ने र डुबोस् भन्ने चाहन्नँ’, उनले भने ।
भीड मध्याह्नतिर जम्मा भएको केही क्षणको भाषणपछि शान्तिपूर्ण रूपमा तितरबितर भएको थियो ।
मड्रिडस्थित सोसलिस्ट पार्टीको मुख्यालय अगाडि विगत दुई हप्तादेखि हरेक दिन प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा केही विकृति देखिएका छन् भने दर्जनौं व्यक्ति पक्राउ परेका छन् । एएफपी
२ मंसिर, धनगढी । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ ।
धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जानकारी दिए ।
स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको बताउँदै एसपी पालले धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालन गरिएको थियो ।
आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
आगलागीबाट क्षति भएका पसलहरू –
१. दलबहादुर भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर एण्ड सु-सेन्टर (जुत्ता चप्पलको होलसेल गोदाम)
२. टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप (बेवी सपको गोदाम)
३. बासुदेव भट्टले संचालन गरेको भट्ट सपिङ्ग सेन्टर (ब्याग हाउस)
४. जगतबहादुर बलायरले संचालन गरेको सुभिक्षादेवी सपिङ्उ सेन्टर (कपडाको गोदाम)
५. यसोदा साउदले संचालन गरेको न्यु सदीक्षा इन्टरप्राईजेजी(कपडा,जुत्ता,व्यागको गोदाम)
६. गौरी भण्डारीले संचालन गरेको भण्डारी सु-सेन्टर (जुत्ता चप्पलको गोदाम)
७. सारथी अस्पताल कैलाली
८. जानकी भट्टले संचालन गरेको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स (व्याग हाउस)
२ मंसिर, धनगढी । कैलालीमा अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एक जना सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रकाउ परेका छन् ।
धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायकप्रहरी निरीक्षक रमेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदिप चन्दले २६ कात्तिकमा अस्पतालबाट ल्यापटप चोरी गरेको आरोप लागेपछि भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल ४३ नम्बर गण दार्चुलामा कार्यरत भण्डारी तालिमका लागि पोखरामा थिए । उनी तिहारको बिदामा आएका बेला धनगढी पुगेका थिए ।
स्वस्तिक अस्पतालको सीसीटीभी फुटेजमा ल्यापटप चोरी गर्ने व्यक्ति सशस्त्र प्रहरीका असई भण्डारी रहेको खुलेपछि प्रहरीले सशस्त्र प्रहरीलाई पत्राचार गर्दै सहयोग मागेको थियो । प्रहरीको पत्रपछि सशस्त्र प्रहरीको सहयोगमा बिहीबार भण्डारी पक्राउ परेका हुन् ।
सीसीटीभी फुटेजमा भण्डारीले अस्पतालबाट कात्तिक २६ गते राति ११ बजेर ४८ मिनेटतिर ल्यापटप चोरी गरेको देखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
१ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीबाट तीन खेलाडीले डेब्यु गरेका छन् ।
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणको खेलमा युएई विरुद्ध नेपालका छिरिङ गुरुङ, योगेश गुरुङ र अन्जन राईले डेब्यु गरेका हुन् ।
उक्त खेलमा पहिलो रोजाईँमा खेल्दै डिफेण्डर छिरिङले डेब्यु गरेका हुन् । जावलाखेल युथ क्लबबाट घरेलु फुटबल खेल्ने छिरिङले राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाएका हुन् र पहिलो पटकमै उनले डेब्युको अवसर पाए ।
यस्तै थ्रीस्टारका युवा डिफेण्डर योगेश गुरुङ र नेपाल पुलिस क्लबबाट खेल्ने अर्का डिफेण्डर अन्जन राईले पनि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् ।
योगेश ४६औं मिनेटमा अमृत श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । यस्तै अन्जनले ८५औं मिनेटमा छिरिङको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरे ।
छिरिङ र योगेशसहित फरवार्ड राजेश परियार पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।
छनोट अन्तर्गत समूहको दोस्रो खेल नेपालले मंसिर ५ गते दशरथ रंगशालमा यमनसँग खेल्नेछ ।
३० कात्तिक, काठमाडौं । मोहम्मद शमीको घातक बलिङ तथा विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।
अब भारतले फाइनलमा बिहीबारको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुने खेलको विजेतासँग खेल्ने छ । फाइनल खेल आइतबार अहमदाबादमा हुने छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा ३९७ रन बनाएको थियो ।
३९८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ३२७ रनमा अलआउट भयो । डिरेल मिचेलले सर्वाधिक १३४ रन योगदान गरे । उनले ८५ बलमा शतक पूरा गरे । कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिपले ४१ रन बनाए ।
कप्तान विलियम्सन र मिचेलले १८१ रनको साझेदारी गरे । ओपनरद्वय ड्वेन कोनभे र रचिन रविन्द्रले समान १३/१३ रन बनाए ।
विलियम्सन र मिचेल क्रिजमा टिकिरहे भारतको हातबाट खेल गुम्ने सम्भावना देखिएको थियो । तर भारतका बलर मोहम्मद शमीले ३३ औं ओभरमा उनीहरुको साझेदारी तोडे । उनले विलिम्सनलाई ६९ रनमा आउट गरे । त्यही ओभरमै उनले टम लेथमलाई पनि पेभेलियनको बाटो देखाए । त्यसपछि भारतीय टिम र प्रशंसकहरुमा आशाको सञ्चार जाग्यो ।
यद्यपि ग्लेन फिलिप्स र डेरेल मिचेलले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै खेल फेरि न्यूजिल्याण्डको पक्षमा मोड्ने प्रयास गरेका थिए । तर यो जोडीलाई जसपि्रत बुमराहले ४३ औं ओभरमा तोडे । फिलिप्सले ४१ रन बनाए ।
भारतको जितमा मोहम्मद शमीले सर्वाधिक सात विकेट लिए । जसपि्रत बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले समान १/१ विकेट लिए ।
मोहम्मद समीले टप अर्डरका ब्याटर ड्वेन कोनभे, रचिन रविन्द्र, केल विलिम्सन, डिरेल मिचेल र टम ल्याथम लगायतलाई आउट गरेका थिए ।
यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३९७ रन बनाएको थियो ।
भारतका लागि कप्तान रोहित शर्माले ४७, विराट कोहलीले ११७ र श्रेयस ऐयरले १०५ रन बनाए । शुभमन गिलले ८० र केएल राहुल ३९ रनमा नटआउट रहे ।
कोहलीको यो ५० औं शतक हो । कोहलीले वान डे क्रिकेटमा सचिन तेन्दुलकरको रेकर्ड तोडे । तेन्दुलकरले ४९ शतक बनाएका थिए ।
बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले तीन विकेट लिए ।
२९ कात्तिक, काठमाडौं । आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहे पनि दिनभरी नै टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
अघिल्लो दिन नै दिदीबहिनीहरुले दाजुभाइलाई पान–सुपारी आदि दिएर भाइटीकाको निम्तो दिन्छन् ।
दिदीबहिनी र दाजुभाइ मिलेर पूजा सामग्री तयार गर्छन् । पूजा सामग्रीमा कलश, दियो, गणेश, ओखर, तोरीको तेल, बिमिरो, फूलमाला, दूबो, लावा, आदि तयार गरिन्छ ।
त्यसपछि भाइटीका लगाउन सुरु गर्नुअघि केही विधिहरु पूरा गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश, गणेशसँगै बिमिरोलाई राखेर दिदीबहिनीहरुले पूजा गर्नुपर्छ ।
मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा गर्नुपर्छ ।
त्यसपछि दाजुभाइको चिरञ्जिवी र मंगल कामना गर्दै घरको ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने चलन छ ।
दाजुभाइ टीका लगाउन बसेको आसन वरिपरि पानी र तेलको सात घेराले छेकेर दाजुभाइलाई फूल, अक्षता, लाभा आदिले पूजा गर्ने, कपालमा तेल लगाइदिने आदि गरिन्छ ।
त्यसपछि टीका लगाइदिन सुरु हुन्छ । हिन्दू धर्मशास्त्रमा टीका लगाइदिँदा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको प्रयोग गर्नुपर्ने उल्लेख छ । यद्यपि नेपालका विभिन्न स्थानमा सातवटा रंगको टीका लगादिने चलन छ ।
टीका लगाइदिइसकेपछि मखमली, सयपत्री, गोदावरीलगायतका फूलको वा दुबोका माला लगाइदिने गरिन्छ । तिहारमा मखमली, दूबो र सयपत्री मालाको विशेष महत्व छ । मखमली कहिल्यै नओइलाउने, दूबो सधैं हरियो रहिरहने र सयपत्रीको रंग कहिल्यै नउड्ने भएकाले भाइटीकामा तिनै मालाको प्रयोग गर्ने चलन छ ।
दिदीबहिनीहरुले दाजुभाइलाई टीका लगाइदिइसकेपछि दाजुभाइले दिदीबहिनीहरुलाई टीका लगाइदिनुपर्छ र दक्षिणा, उपहार आदि साटासाट गरिन्छ ।
त्यसपछि दिदीबहिनीहरुले सँघारमा ओखर फुटाउने चलन छ । ओखर फुटेजस्तै शत्रुहरु पनि टुक्रा–टुक्रा भएर नास हुने विश्वास छ ।
भाइटीका लगाउने विधि र परम्परा नेपालका विभिन्न स्थानमा फरक–फरक छ । तर यसको महत्व भने साझा छ । भाइटीकाको दिनले दिदीबहिनी र दाजुभाइबीच आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउने र अटल सौभाग्य तथा ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ ।
२९ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।
टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।
भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको छ ।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् ।
२८ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।
‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिकक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा अझै छ । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।
म्हः (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ ।
भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ । भक्तपुर नगरपालिकाको निर्णयअनुसार यसो गरिएको हो । देशभरका धेरै नेवार समुदायले भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म) पूजा गर्दैछन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ ।
हरिवंश आचार्यको नाम अगाडि झुन्ड्याइने विशेषण के हो ? जवाफ सरल छ, ‘हास्य अभिनेता ।’ कहीँ कतै तपाईंले उनलाई गायक भनी सम्बोधन गरेको पाउनुहुन्न । तर, औंला भाँचेर गन्ने हो भने उनको स्वरबद्ध गीतको संख्या लगभग त्यती नै छ, जति औसत गायकको हुनेगर्छ ।
गाउनु एउटा कुरा भयो । तर, उनले गाएका थुप्रै गीत मान्छेको मुख मुखमा झुण्डिएको छ । जस्तो साझा बसमा जो पनि चढ्दछ, चन्चले–चन्चले, हाम्री आमा साह्रै नि बाठी छे’, ‘दाल भात तरकारी’, ‘साराङ्गी रेटौंला’ । यो क्रम तन्काउँदै जाँदा ‘काउली’ हुँदै ‘ए केटा मादलु पड्का’ सम्म आइपुग्छ । तिहारको पूर्वसन्ध्यमा हामीले भेट्दा पनि उनी गीत रेकर्डिङकै लागि तारतम्या मिलाइरहेका थिए ।
त्यसैले हामीले हरिवंशसँग हाँसोठट्टाको कुरा गरेनौं, गीत संगीतको फेरो समातेर उनको गायकीबारे कुराकानी ग¥यौं ।
सुरुमा एउटा औपचारिक प्रश्न सोधौं, आजभोलि के गर्दै हुनुहुन्छ ?
नयाँ फिल्म ‘महाजात्रा’को सुटिङमा छु । त्यससँगै दुई वटा गीत रेकर्डको काम पनि भइरहेको छ । हाम्रो सरोज ओली भाईसँग सहकार्यले गीत गाउने थप उर्जा दिएको छ । सरोज भाईसँगको गीत काउली, मादलु पड्का धेरै राम्रो भयो । सोही गीतको सफलताले अरु गीतहरु गउनका लागि पनि जाँगर मिल्यो ।
हरिवंश आचार्य भन्नसाथ हास्य अभिनेताको झल्को आइहाल्छ । तर, अहिले त तपाईं गीत गाउन र म्युजिक भिडियोमा बढी देखिन थाल्नुभयो नि ?
मेरो मूलकर्म भनेको अभिनय हो । त्यसमा पनि हास्यव्यांग । त्यही विधाबाट स्थापित भएँ पनि । गीत गाउने चाहिँ मेरो कर्म भन्दा सौख हो । मलाई गीत गाउनभन्दा बढी सुन्न मनपर्छ । गीत सुन्न मनपर्ने भएकाले गाउन पनि बेलाबेला जाँगर चल्छ ।
कुनै कुरामा लाग्नुको पछाडि दुईवटा कारण हुनेरहेछ, एउटा चाहिँ आफ्नो रहर वा सौख । दोस्रो चाहिँ, त्यसले प्राप्त गर्ने सफलता । मलाई गीत संगीतमा लाग्नका लागि यी दुबै कुराले उक्साएको छ ।
रहरले एउटा गीत गायो, श्रोता मन पराइदिन्छन् । श्रोताले मन पराइदिएपछि अर्को गाउन मन पर्छ ।
यसमा अर्को पनि कुरा छ । फिल्म, नाटकका लागि लामो तयारी गर्नुपर्छ । लामै ग्याप पनि हुन्छ । सो ग्यापलाई परिपूर्ति गर्न पनि गीत गाउने र म्युजिक भिडियो बनाउने काम भइरहेको हो ।
गायनमा चाहिँ कसरी लाग्नुभयो, संगीत सिक्नु भएको छ ?
संगीत सिकेको छैन । आफ्नै ढंगले गाइदिएको हो । तर, हार्मोनियम, मादल, गीतार चाहिँ पहिले पहिले सिकेको हो । गायक तथा संगीतकार राम थापा र गजेन्द्र लामासँग पहिलेदेखि चिनजान थियो । उहाँहरुले गाएको सुन्थें, हेर्थें । पछि मदन दाई (मदनकृष्ण श्रेष्ठ)ले पनि स्टुडियोमा गाएको. सुनें ।
त्यस समयमा एउटा स्टुडियोमा लगानीकर्ताको रुपमा पनि म थिएँ । त्यहाँ गीत रेडर्क भइरहेको हुन्थ्यो । अरुले गाएको देख्दा मैले पनि गाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर, गाउने. आत्मबल थिएन ।
यो गीत जतापनि बज्न, गाउन थालियो । मलाई यसले थप हौसला मिल्यो । अर्को गीत लेखें र गाएँ, ‘साझा बसमा जो पनि चढ्दछ ।’ यो गीत पनि उत्तिकै चल्यो ।
तपार्ईंले गीत गाउँदा अरुले के भन्थें ? प्रतिक्रिया कस्तो हुन्थ्यो ?
गीत चलेपछि धेरैले तारिफ गर्न थाले । म दंग परें । नेपाल टेलिभिजनको वार्षिकोत्सवमा ‘चन्चले’ गीत गाए पछि तत्कालिन कार्यकारी निर्माता रोशन प्रताप राणाले भिडियो बनाइदिनुभयो । जुन अत्याधिक चल्यो
। आफ्नो गीत अरुले गाएको सुन्दा झन् मज्जा आउँदो रहेछ म खुशी भएँ तर फुर्किन । त्यसपछि झन् मेहेनत गरेर गीत गाउन अग्रसर भएँ ।
प्राय आफुले गाउने गीत आफै लेख्नुहुन्छ ? अरुले गीत दिदैन भनेर हो वा आफैले राम्रो गीत लेख्न सक्छु भनेर ?
मलाई अरुको गीत गाउछु भन्न असहज लाग्थ्यो । किनभने मैले संगीत सिकेको थिइन । कसैको गीत जिम्मा लिएर पछि चलेन भने गीत खेरो गएको जस्तो हुन्छ भन्ने लाग्यो । त्यसैले गीत मागिन । गीत माग्न लाज पनि लाग्थ्यो ।
यस्तो अवस्थामा गीत लेख्नु मेरो बाध्यता पनि थियो । आफै लेखेको गीत त धक फुकाएर गाउन पाइयो नि । गीत लेखेर मोवाइलमा रेकर्ड गर्थें र नजिकका साथीभाईलाई सुनाउँथे । उनीहरुले राम्रो भनेपछि रेकर्ड गर्थें ।
गीत कसरी तयार गर्नुहुन्छ ? तयार भइसकेपछि कसलाई पहिला सुनाउनुहुन्छ ?
मुड राम्रो भएको बेला एक दुई लाइन कविता फुर्छ । त्यही कविता बढाउँदै लाने र संगीतमा ढल्दै लाने गर्छु । पहिला आफै सुन्छु । त्यसपछि घरमा श्रीमती र नजिकका साथीभाईलाई सुनाउँछु । यति गर्दा चित्त बुझे अगाडि बढ्छु, नभए यत्तिकै छाड्छु ।
गीत लेख्ने, गाउने मात्र होइन म्युजिक भिडियो पनि खेल्ने गर्नुहुन्छ । कति बने म्युजिक भिडियो ?
म्युजिक भिडियो मेरो सिमित छन् । हालसम्म २० वटा जति बनाएको छु । पहिलो ‘चन्चले चन्चले गरेको थिएँ जसमा पुरानो फुटेज जोडेर लिप्सिंग गरिएको थियो । ‘हाम्री आमा सारै नै बाठी छिन’, ‘सारंगी रेटौला’ जस्ता गीत लोक प्रिय भए । त्यसपछि केहि गीतहरु गरें, जुन त्यति चलेनन् । पछिल्लो समय गरेको ‘काउली राम्रो भयो ।
गीत गाउन रमाइलो कि अरुको गीत सुन्न ?
म संगीतप्रेमी हो । गीत गाउन र सुन्न दुबैमा रमाइलो अनुभव गर्छु । गीत गाउने शास्त्रयि अनुभव नभए पनि मेरो यसमा ठुलो लगाव छ । यस्ता गीतले मेरो मन छुन्छ । गजल तथा क्लासकिल गीत सुनरिहेको हुन्छु । प्राय घरमा बस्दा एउटा न एउटा गीत बजिरहेकै हुन्छ ।
मनपर्ने गायक कोही छन् ?
गीत संगीतको क्षेत्रमा सबैभन्दा मनपर्ने स्वर समा्रट नारायण गोपाल हुन् । अरु पनि धेरै नयाँ तथा पुरानो गायक गायिका हुनहुन्छ, मेरो रोजाईको । एकजनाको नाम लिन पनि मुस्किल छ । धेरैजना चलेका गायक गायिकासँग मैले पनि गीत गाउने मौका पाएको छु ।
गीत कसरी हिट हुन्छ ? तपाईंको त धेरै गीत हिट भएका छन् ?
गीत गाउदैमा हिट हुन्छ भन्ने हुँदैन । गीत हिट हुन प्रकृतिले दिएको स्वर हुनुपर्छ । दिनमा पाँच सय गीत रेकर्ड हुन्छ, जसमध्ये चार वटा जति हिट हुन्छ ।
यद्यपि गीत चाहिँ जति सुन्यो उति सुनिरहनु मन लाग्छ । यो एकपटक सुनेपछि सकिदैन । जब गीत हिट हुन्छ, मान्छेले पटक पटक त्यही गीत सुन्छन् । हास्यव्यांग, फिल्ममा त्यस्तो हुँदैन । हास्यव्यांग सुरुमा हेर्दा जति रमाइलो लाग्छ, त्यसपछि जति हे¥यो, उति कम हाँस उठ्न थाल्छ । तर, गीत चाहिँ जति सुन्यो उत्ति राम्रो लाग्न थाल्छ ।
हुनपनि अहिले यो सानोतिनो उद्योग नै बनिसकेको छ । यसमा धेरैजना सहभागी छन्, धेरैले रोजगारी पाएका छन् ।
तपाईंलाई आफ्नै स्वर कति मनपर्छ ?
मेरो स्वर हाइ पिचको छ । सुफी जस्ता हाइपिचको संगीत सिकेको भए म पनि गाउन सक्ने रहेछु । अहिले मेरो स्वरसँग फिट हुने गायिका भेटिन गाह्रो छ । त्यसैले प्राय गीत एकल गाउनुपर्छ ।
आफ्नो स्वर नराम्रो लाग्दैन । विद्यालयका बच्चाहरु मैले गाएको गीतमा नाचेको देख्दा आफु ठिकै ठाउँमा छु जस्तो लाग्छ ।
२७ कात्तिक, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा आइतबार राति सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सोही ठाउँ बस्ने चालक २२ वर्षीय तारा चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो ।
उनको उपचारका क्रममा राति नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको दाबी छ ।
२७ कात्तिक, काठमाडौं । यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देश भित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो ।
तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो । लक्ष्मी पूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत् गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो ।
बचत विद्युत् भारत निर्यात
देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात पनि गरिएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मी पूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो ।
लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो ।
यस वर्ष लक्ष्मी पूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मी पूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए ।
कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए । उनले गत वर्षभन्दा लक्ष्मी पूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे ।
जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन क्षमता भएतापनि प्राधिकरकणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो ।
प्राधिकरणका स्वामित्वका अन्य विद्युत् गृहहरुबाट ४२० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमे लगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत् गृहहरुबाट ५२२ मेगावाट, निजी क्षेत्रका विद्युत् गृहहरुबाट ९९७ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो ।
विगत वर्षमा झैँ यस वर्ष लक्ष्मी पूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।
२०७३ को लक्ष्मी पूजाकै दिनबाट देशलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरिएको थियो । अहिले मुलुक लोडसेडिङबाट मुक्त मात्र छैन देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात पनि भइरहेको छ ।
प्राधिकरणले लक्ष्मी पूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।