Sunday, November 5, 2023

रियल बराबरीमा रोकियो

२० कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिड रायो भालेकानोसँग बराबरीमा रोकिएको छ ।

आइतबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल रायो भालेकानसँग गोलरहित बराबरीमा रोकिएको हो ।

रियलका लागि फेडरिको भर्लभर्डे, जोसेलु, जुड बेलिङघम र भिनियस जुनियरले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

रियले २२ पटक सट प्रयास गरेपनि गोल गर्न सकेन ।

बराबरीपछि रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । रियल लिग लिडर गिरोनाभन्दा २ अंकले पछि छ ।

१२ खेलबाट ३१ अंक सहित गिरोना शीर्ष स्थानमा छ । समान खेलबा६ रियल २९ अंकसहित दोस्रोमा छ । यस्तै बार्सिलोना २७ अंकसहित तेस्रोमा छ ।

भालेकानोसँगको खेलमा रियलका स्टार खेलाडी जुड बेलङघहमको कुहिनोमा चोछ लागे पनि उनले खेल पूरा खेलेका थिए ।



from Online Khabar https://ift.tt/HL2z9cj

No comments:

Post a Comment