Tuesday, November 7, 2023

हज यात्राका लागि आवेदन दिने म्याद मंसिर १० गतेसम्म थप

२२ कात्तिक, काठमाडौं । नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन दिने म्याद थप गरेको छ । नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकवुल मियाँका अनुसार हज यात्राका लागि आवेदन दिने म्याद मंसिर १० गतेसम्म थप गरिएको छ ।

यसअघि समितिले गत साउन ३० गते सूचना जारी गरेर असोज ३० गतेभित्र आवेदन दिन भनेको थियो । तर यस वर्ष विगतका वर्षहरुभन्दा छिटो हजको आवेदन खुलेकाले मुस्लिम समुदायबाट आवेदनको समय थप गर्न माग हुँदै आएको थियो । सोही माग बमोजिम म्याद थप गरिएको कार्यवाहक अध्यक्ष मियाँले जानकारी दिए ।

सन् २०२४ मा नेपालबाट १ हजार २०० जना इस्लाम धर्मावलम्बी हज गर्न मक्का मदिना जान पाउने गरी साउदी अरब सरकारले कोटा तोकिदिएको छ ।

हज गर्न जान चाहने इच्छुक मुस्लिम समुदायले आवेदन फाराम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गर्न सक्नेछन् । सो फारम भरेर आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबाफत एक लाख ५० हजार रुपैयाँ बुझाई आवेदन दिन सकिन्छ ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी, राहदानीको फोटोकपी, पहिलो किस्ताबाफत एक लाख ५० हजार रुपैयाँ हज समितिको बैंक खातामा जम्मा गरेको सक्कल भौचर, कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्र र आवेदकको बैंक खाताको चेकको फोटोकपी पनि पेस गर्नुपर्ने छ ।

हेर्नुहोस् म्याद थपको सूचना-



from Online Khabar https://ift.tt/iL8073W

No comments:

Post a Comment