Monday, February 7, 2022

सरकारले फाप्ला मैदानका लागि ३८ बिगाह जग्गा उपलब्ध गराउने

२५ माघ, काठमाडौं । सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले फाप्ला अन्तर्राष्ट्रिय रंगशाला र खेल ग्रामका लागि ३८ बिगाहा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम निर्माण अभियान (ड्रिम फाप्ला) का अभियन्ता सुवास शाहीले रंगशाला निर्माणका लागि सरकारले ३८ बिगाहा जग्गा उपलब्ध गराएको जनाएका छन् ।

‘नेपाल सरकार मन्त्रlपरिषद्को बैठकले ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम’लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ विघा जग्गा उपलब्ध गराएकोमा अत्यन्त हर्षानुभूति भएको छ । यस महागौरवको योजनालाई कार्यान्वयन गर्न उच्चस्तरीय विकास समिति निर्माण गरेकोमा अत्यन्त गौरवान्वित र हर्षित छौं,’ सरकारको निर्णयपछि शाहीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

झण्डै एक दशकदेखि फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियानमा शाही लागेका थिए ।

सन् २०१५ मा ड्रिम फाप्ला (फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान) अभियान सुरु भएको थियो । जसमा ७० हजार दर्शमताको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिकल्पना गरिएको थियो ।

धनगढी प्रिमियर लिगको आयोजक धनगढी क्रिकेट एकेडेमी एकेडेमीका अध्यक्षसमेत रहेका सुवास शाहीले यस अभियानलाई सफल पार्न लागिपर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।



from Online Khabar https://ift.tt/HiYGSsl

No comments:

Post a Comment