Saturday, February 26, 2022

फोडेनको गोलमा सिटी विजयी

१५ फागुन, काठमाडौं । फिल फोडेनले खेलको अन्त्यतिर गरेको एक मात्र निर्णायक गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा एभरटनलाई १-० ले पराजित गरेको छ ।

यस जितपछि लिग लिडर सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता समेत बनाएको छ । सिटीले २७ खेलबा६ ६६ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुल ६० अंकसहित दोस्रो स्थानमा छ ।

सिटीका लागि फोडेनले ८२औं मिनेटमा गोल गरे ।

प्रिमियर लिगकै अन्य खेलमा म्यानचेष्टर युनाइटेड वाटफोर्डसंग गोलरहित बराबरीमा रोकियो । टोटनहमले लिड्स युनाइटेडलाई ४-० ले,एस्टन भिल्लाले ब्राइटन र न्युकासलले ब्रेन्टफोर्डलाई समान २-० ले हरायो भने क्रिस्टल प्यालेस र बर्नलीले १-१ को बराबरी खेले ।



from Online Khabar https://ift.tt/Ijerd2X

No comments:

Post a Comment