Thursday, February 10, 2022

‘शक्तिमान’ अब ठूलो पर्दामा

सोनी पिक्चर्सले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । ९० को दशककोे सर्वाधिक हिट टीभी शो ‘शक्तिमान’को भूमिकालाई चाडै नै पर्दामा ल्याउने तयारी भएको सोनी पिक्चर्सले उल्लेख गरेको छ ।

यसका लागि सोनी पिक्चर्सले चलचित्र निर्माणको अधिकार खरिद गरेको होे । ‘शक्तिमान’ सिरियलका चर्चित कलाकार मुकेश खन्ना र सोेनी पिक्चर्सले यो चलचित्रलाई निर्माण गर्नेछन् ।

तर, ठूलो पर्दामा शक्तिमानको भूमिका कसले निर्वाहा गर्दैछन् भन्ने बिषयमा कुनै पनि जानकारी दिइएको छैन । तर, नाम चलेका एक सुपरस्टारले नै यो भूमिकामा काम गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । बलिउडको अहिलेसम्मकै ठूलो सुपरहिरो चलचित्रको रुपमा ‘शक्तिमान’ निर्माण हुने बताइएको छ ।

सिरियल ‘शक्तिमान’ टेलिभिजनको सर्वाधिक लोकप्रिय कार्यक्रम हो । यसमा मुकेश खन्नाले काम गरेका थिए । जसलाई बालबालिकाले अत्याधिक मन पराएका थिए ।



from Online Khabar https://ift.tt/mM7gvtE

No comments:

Post a Comment