Saturday, February 12, 2022

म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो

१ फागुन, काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा शनिवार साउथह्याम्पटनसँग १-१ को बराबरी खेलेको छ । घरेलु मैदानमा एक गोलको अग्रता लिए पनि युनाइटेडले बराबरीमा चित्त बुझाउनुपर्‍यो ।

ओल्डट्राफोर्डमा भएको खेलको २१औं मिनेटमा जाडोन सान्चोले मार्कुस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा साउथह्याम्पटनले बराबरी गोल फर्कायो । ४८औं मिनेटमा साउथह्याम्पटनका लागि चे एडम्सले गोल फर्काएका थिए ।

बराबरीपछि २४ खेलबाट ४० अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ । तर युनाइटेडले चौथो स्थानमा उक्लने अवसर भने गुमायो । चौथो स्थानको वेष्टह्याम समान अंक भए पनि युनाइटेड गोलअन्तरमा पछि छ ।

साउथह्याम्पटन २४ खेलबाट २९ अंकसहित १०औं स्थानमा छ ।



from Online Khabar https://ift.tt/xuktUqG

No comments:

Post a Comment