Monday, February 14, 2022

कांग्रेस संसदीय दलको बैठक बस्दै

२ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बस्न लागेको हो ।

आज बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्ने कांग्रेसले बताएको छ ।

कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।



from Online Khabar https://ift.tt/QvHcOtX

No comments:

Post a Comment