Tuesday, February 15, 2022

मेस्सी पेनाल्टीमा चुके पनि एमबाप्पेको गोलमा पीएसजीले रियललाई हरायो

४ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पानिस क्लब रियल मड्रिडलाई १-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा किलिएन एमबाप्पेले इन्जुरी टाइममा पीएसजीका लागि गोल गरे ।

लिओनल मेस्सीले दोस्रो हाफमा पेनाल्टी चुकाउँदा पीएसजीका लागि अग्रता लिने अवसर गुमेको थियो । ६२औं मिनेटमा मेस्सीको पेनाल्टी प्रहार रियलका गोलकिपर थिबाउट कोर्तवाले बचाए ।

बराबरीतर्फ अग्रसर खेलको इन्जुरी टाइमको चौथो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई जिताएका हुन् ।

यी दुई टोलीबीच दोस्रो लिगको खेल मार्च ९ मा रियलको मैदानमा हुनेछ ।



from Online Khabar https://ift.tt/n193HXS

No comments:

Post a Comment