Sunday, February 13, 2022

फाबिन्होको गोलमा लिभरपुल विजयी

२ फागुन, काठमाडौं । फाबिन्होले गरेको एक मात्र गोल मद्दतमा लिभरपुलले प्रिमियर लिगमा बर्नलीलाई १-० ले पराजित गरेको छ ।

बर्नलीको मैदानमा आइतबार भएको खेलमा फाबिन्होले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । त्यही गोल नै लिभरपुललाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

जितपछि २४ खेलबाट ५४ अंक जोड्दै दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीलाई पछ्याइरहेको छ । एक खेल बढी खेलेको सिटीको ६३ अंक छ ।

पराजित बर्नली २१ खेलबाट १४ अंकसहित पुछारमा छ ।

लिगकै अन्य खेलमा वल्भ्सले टोटनहमलाई २-० ले पराजित गर्दा न्युकासलले एस्टन भिल्लालाई १-० ले हरायो । लेस्टर सिटी र वेष्टह्याम युनाइटेडले २-२ को बराबरी खेल्दै अंक बाँडे ।



from Online Khabar https://ift.tt/482K1xh

No comments:

Post a Comment