Tuesday, February 15, 2022

शहीद स्मारक बी डिभिजन लिग फागुन १८ देखि

४ फागुन, काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग यही फागुन १८ गतेदेखि सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग १८ फागुनबाट हुने जानकारी गराउँदै मंगलबार एन्फा कम्प्लेक्समा लिगको खेल तालिकासमेत सार्वजनिक गरेको छ ।

सिंगल राउण्ड रोविनका आधारमा हुने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । डेढ महिनाभन्दा कम समयमै लिग सकाउने गरी एन्फाले खेल तालिका सार्वजनिक गरेको छ । लिग चैत २७ मा सकिने तालिका छ ।

लिगको पहिलो दिन तीन खेल हुनेछ । जसमा झम्सिखेल युथ क्लबले श्री भगवतीक्लबसँग खेल्नेछ ।

लिगमा रानी पोखरी कर्नर टिम (आरसिटि), श्री भगवती क्लब, टुसाल युवा क्लब, झम्सिखेल युथ क्लब, ब्वाईज युनियन क्लब, मध्यपुर युथ एसोसियसन, खुमलटार युवा क्लब, श्री कुमारी क्लब, बाँसवारी क्लब, नयाबस्ती युवा क्लब, सरस्वती युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, सामाजिक युवा क्लव र चर्च ब्वाइज युनाइटेड क्लबले खेल्नेछन् ।

सरस्वती गत सिजनको ए डिभिजन लिगबाट घटुवा भएको हो भने चर्च ब्वाइज युनाइटेड ‘सी’ डिभिजन लिग च्याम्पियन तथा वीरगन्ज युनाइटेड र सामाजिक युवा क्लब दोस्रो र तेस्रो स्थानमा रहँदै ‘बी’ डिभिजनमा बढुवा भएका हुन् ।

यस पटक बी डिभिजन लिगबाट दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् । अहिले भइरहेको ए डिभिजन लिगको अन्तिम दुई टोली बी डिभिजनमा घटुवा हुने भएकोले बी डिभिजनबाट पनि शीर्ष दुई क्लब बढुवा गराउन लागेको छ ।

यस्तै बी डिभिजनको पुछारको दुई टोली सी डिभिजनमा घटुवा हुनेछ ।

एन्फाले प्रतियोगितामा सहभागी टिमलाई १२ लाख ५० हजार रुपैया तीन किस्तामा प्रदान गर्नेछ । पहिलो किस्ता ६ लाख, दोस्रोमा ४ लाख र तेस्रो किस्तामा २ लाख ५० हजार प्रदान गरिनेछ ।

‘बी’ डिभिजन च्याम्पियनले १५ लाख प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले १० लाख र तेस्रो हुनेले ५ लाख पाउनेछ ।

लिगमा फियर प्लेखेल्ने टोलीले १ लाख पाउनेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैया पाउनेछन् ।

लिगको प्रत्येक खेलमा विजयी हुने टिमले २५ हजार पाउनेछ भने खेल बराबरी भएको खण्डमा दै टोलीले १०-१० हजार पाउनेछन् ।

बी डिभिजन लिगका लागि हरेक क्लबले कम्तीमा २० देखि दर्ता गर्नुपर्नेछ भने बढीमा ३५ खेलाडी दर्ता गर्न पाउनेछन् । विदेशी खेलाडी भने राख्न पाउनेछैनन् । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ र सि डिभिजन लिग छनोट फुटबल प्रतियोगिता २०७८ मा छनौट भएका ३ वटा क्लबहरुबाट दर्ता भएका खेलाडी बी डिभिजनका लागि दर्ता गर्न नपाउने एन्फाले जनाएको छ ।



from Online Khabar https://ift.tt/CBugVlk

No comments:

Post a Comment